संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-७

इभान पेत्रोभिच पाभलोभ (Ivan Petrovich Pavlov) र उनको आविष्कार

उनको जन्म २६ सेप्टेम्बर १८४९ मा रूसको रियाजानमा भएको थियो। पाभलोभ प्रतिवर्ती क्रिया या वातानुकूलित प्रतिक्रियाको सिद्धांत (principle of reflex action or conditioned response) खोजकर्ता हुन्। भोक, मुखमा राल आउनु र खाना खानु हाम्रो जीवनको एक सामान्य प्रक्रिया हो, जसको बारेमा हामी खासै सोच्दैनौं। वैज्ञानिक पाभलोभले सबभन्दा पहिले यो सरल प्रक्रियामा मस्तिष्कद्वारा नियन्त्रित गतिविधिहरूको एक ठूलो संख्या हुन्छ भन्ने कुरा बताए। पाभलोभको प्रयोग धेरै साधारण थियो। उनले के देखाए भने यदि एउटा कुकुरलाई एउटा घण्टीको आवाजमा मात्र खान दिइयो भने घण्टीको आवाज सुन्नेवित्तिकै  त्यहाँ खाना नभए पनि उसको मुखमा राल आउन लाग्छ। पाभलोभको प्रयोगले के कुरा प्रमाणित गरिदियो भने भोजनको पाचन केवल जैव-रासाइनिक गतिविधिमा मात्र  निर्भर हुँदैन, बरू राल आउने, आदि जस्ता गतिविधि हाम्रो मस्तिष्कमाथि पनि भर पर्दछ। पाभलोभले यो प्रक्रियालाई अनुकूलित प्रतिक्रिया (Conditioned Reflex) भने र सिक्ने यो क्रियालाई अनुकूलन भने। पाभलोभ के कुरा पनि देखाए भने कुकुरले उसले पहिले नदेखेको खानामाथि कुनै प्रतिक्रिया दिँदैन।

पाभलोभले अनुकूलित प्रतिक्रिया मस्तिष्कद्वारा नियन्त्रित हुन्छ र यसरकाण यो केवल विकसित मस्तिष्कयुक्त प्राणीहरूमा मात्र पाइन्छ भन्ने कुरा प्रमाणित गरिदिएका थिए। पाभलोभका सिद्धान्तहरूले तन्त्रिका तन्त्रको बारेमा बुझ्नको लागि धेरै सहयोग गर्यो। उनका यी सिद्धान्तहरूको शिक्षा र मनोविज्ञानमा धेरै प्रयोग गरियो।

पाभलोभले सन् १९०४ मा नोवेल पुरस्कार प्राप्त गरेका थिए। पाभलोभका आमा-बाबु उनलाई पादरी बनाउन चाहन्थे र त्यसकारण उनलाई थियोलोजिकल सेमिनारीमा पठाइयो। उनले सन १८७५ मा सेन्ट पीटर्सबर्गबाट चिकित्साशास्त्रमा स्नातक गरे र सन् १८७९ मा फिजियोलोजीमा पीएचडी गरेका थिए। उनी पिटर्सवर्गमा ‘इन्स्टिच्यूड अफ एक्सपेरिमेन्टल मेडिसिन’ को फिजियोलोजी विभागमा सन् १८९१ देखि १९३६ सम्म निर्देशक पदमा रहेका थिए। उनले सन् १८९७ देखि १९१४ सम्म सेन्ट पिटर्सवर्गमा सैन्य चिकित्सा एकेडेमीमा एक प्रोफेसरको रूपमा काम गरेका थिए। उनले आफ्नो मृत्य नहुन्जेलसम्म आफ्नो प्रयोगशालामा सक्रिय रूपले काम गरिरहे। उनले अनुकूलित प्रतिक्रियाको आफ्नो प्रसिद्ध खोजको अतिरिक्त पाचन र राल आउने कुरासँग सम्बन्धित कैयौं अन्य खोजहरू पनि गरे। उनका विचारले मनोविज्ञानको व्यवहारवादी सिद्धान्तमा धेरै ठूलो भूमिका खेले। उनको मृत्यु २७ फेब्रुअरी १९३६ मा रूसको मस्कोमा भयो।

एडवर्ड जेनर (Edward Jenner) र उनको आविष्कार

उनको जन्म १७ मई १७४९ मा इंग्ल्याण्डको बर्कलेमा भएको थियो। एडवर्ड जेनर smallpox (शितला) रोगको भ्याक्सिनका आविष्कार हुन्। १८औं शताब्दीमा स्मलपक्सको महामारी संसारभरी र विशेषगरी यूरोपमा फैलिएको थियो। यही बेला ब्रिटिश चिकित्सक एडवर्ड जेनरले यी रोगीहरूको उपचारको बारेमा सोचे। उनले गाइमा पाइने स्मलपक्सको बारेमा अध्ययन गरे र स्मलपक्सबाट पीडित गाइको थुनको छालामा एकप्रकारको तरल निकाले। त्यसपछि त्यसलाई एउटा केटाको शरीरमा इन्जेक्सन दिए। त्यो केटो केहीसमयसम्म ज्वरोले ग्रसित भयो तर छिट्टै उसलाई ठीक भयो। त्यसपछि जेनरले एउटा अर्को साहसिक प्रयोग गर्ने निश्चय गरे र उनले स्मलपक्सबाट पीडित व्यक्तिको शरीरको छालाबाट थोरै तरललाई लिएर त्यो केटाको शरीरमा इन्जेक्सन दिए। अब त्यो केटो स्मलपक्सबाट पीडित भएन। त्यसपछि जेनरले यो प्रयोग आफ्ना रोगीहरूलाई स्मलपक्सबाट बचाउनको लागि गरे। यसपछि उनका यिनै तरीकारहरूबाट नै भ्याक्सिन बनाउने मार्ग खुल्यो र मानव जातिले धेरै ज्यान लिने महामारीबाट मुक्ति पाए। स्मलपक्स संसारबाट अहिले समाप्त भइसकेको छ। यसको श्रेय एडवर्ड जेनरलाई नै दिइन्छ।

जेनर एक पादरीका छोरा थिए। सन् १७६२ मा जेनरले डा. डेनियल लुडलोसँग शिक्षार्थीको रूपमा काम गरेका थिए। सन् १७७० मा उनले लण्डनका प्रसिद्ध सर्जन र शरीर-रचना वैज्ञानिक जोन हन्टरसँग काम गरे। सन् १७७३ बाट उनले बर्कलेमा स्वयं चिकित्सा सेवा दिन शुरू गरेका थिए। स्मलपक्सको निदानको खोजको क्रममा उनले एक ८ वर्षको केटो जेम्स फिप्समाथि आफ्नो प्रयोग गरेका थिए र यहीँबाट भ्याक्सिनेसनको विचार उनको दिमागमा आयो। उनको यो कामले स्मलपक्सलाई इंग्ल्याण्डमा सन् १८७२ सम्म नियन्त्रण गर्यो। सन् १९८० सम्म यसलाई पूर्ण रूपले अन्त्य गरियो। उनको खोजबाट हाम्रो शरीरले कसरी एन्टीबडी बनाएर विभिन्न रोगहरूसँग प्रतिरक्षा गर्दछ भन्ने कुरा पनि थाहा भयो। २६ जनवरी १८२३ मा इंग्ल्याण्डमा उनको मृत्यु भयो।

जेराल्ड मौरिस एडेलम्यान (Gerald Maurice Edelman) र उनको आविष्कार

उनको जन्म १ जुलाई १९२९ मा अमेरिकाकाको न्यूयोर्कमा भएको थियो। उनले शरीरको प्रतिरक्षा प्रणालीको खोज गरेका थिए। प्रकृतिले मानिसलाई रोग उत्पन्न गर्ने ब्याक्टेरिया, आदिबाट बच्नको लागि दुईप्रकारका सुरक्षा संयन्त्र दिएको छ। पहिलो रगत र शरीरका अन्य ग्रन्थीहरूमा पाइने लिम्फ कोशिका, दोस्रो लिम्फ कोशिकाद्वारा उत्पन्न गरिने एन्टीबडी हो। मुख्य रूपमा हामीले एन्टीबडी कुनै प्रकारको प्रोटीन हो भन्ने कुरा थाहा पाएका थियौं तर उनको सटीक संरचनाको खोजले यसलाई अझै विस्तार गरेको थियो। प्रोटीन एमिनो एसिडका श्रृंखला हुन् र यी सबै एमिनो एसिडको अनुक्रमको निर्धारण गर्ने आवश्यकता थियो।

ब्रिटिश वैज्ञानिक प्रो. रोडने आर. पोर्टर पनि यो काम गर्नको लागि मुख्य भूमिका खेलिरहेका थिए। एडेलम्यानले आफ्ना प्रयोगहरूबाट के कुरा पत्ता लगाए भने एन्टीबडीमा एमिनो एसिडका एक मात्र होइन, बरू दुई श्रृंखला हुन्छ। तीमध्ये एक लामो र गह्रौं तथा अर्को छोटो र हल्का हुन्छ। उनको यो खोजले उत्कृष्ट एन्टिबायोटिक औषधिको लागि नयाँ मार्ग खोलिदियो। पछि पोर्टरले यी श्रृंखला कसरी आपसमा अल्झिन्छन् भन्ने कुरा पत्ता लगाए। उनको यो शोधले एन्टिबडीको संरचनामा धेरै प्रकाश पार्यो र यी एन्टिबडीले ब्याक्टेरियाबाट हाम्रो रक्षा कसरी गर्दछन् भन्ने कुरा बुझ्न धेरै सहयोग मिल्यो। उनको यो खोजबाट हामीलाई अंग प्रत्यारोपणमा पनि सहयोग मिल्यो। एडेलम्यान र पोर्टरलाई उनीहरूको यो खोजको लागि सन् १९७२ मा संयुक्त रूपमा नोबेल पुरस्कार प्राप्त भएको थियो।

एडेलम्यानका पिता न्यूयोर्कमा एक चिकित्सक थिए। न्यूयोर्क पब्लिक स्कूलमा आफ्नो शिक्षा पूरा गरेपछि उनले उर्निसस कलेज, पेन्सिल्भेनियामा मेडिकल स्कूलमा भर्ना भए। उनले चिकित्सकको रूपमा अमेरिकी सेनाको लागि पेरिसमा काम गरेका थिए। पछि न्यूयोर्क फर्केर उनी रोकफेलर विश्वविद्यालयमा प्रोफेसर बने। उनी नेशनल एकेडेमी अफ साइन्सेज र अन्य धेरै एकेडेमीहरूमा सदस्य पनि रहे। सन् १९५४ मा उनलाई पेन्सिल्भेनिया विश्वविद्यालयका स्पेंसर मोरिस पुरस्कारबाट सम्मान गरिएको थियो। उनले इम्यूनो-ग्लोब्यूलिनको संरचनामा काम गरे र यी सल्फाहाईड्रल पुलबाट जोडिएका दुईप्रकारका प्रोटीनले बनेका हुन्छन् भन्ने कुरा पत्ता लगाए। उनले अणु र कोशिकाहरूको विभाजनका नयाँ तरीकाहरूको पनि खोज गरे। सन् १९६९ मा मानव इम्युनो-ग्लोब्युलिनको एमिनो एसिड सिक्वाइन्सको पनि पत्ता लगाए। अनुसन्धानमा उनको रूचि प्रोटीनको संरचना, विरूवाको उत्परिवर्तन (plant mutagens) कोशिकाहरूको सतहको अध्ययनमा पनि थियो। १७ मई २०१४ मा क्यालिफोर्नियामा उनको मृत्यु भयो।

सर फ्रेडरिक ग्रांट बेन्टिङ (Sir Frederick Grant Banting) र उनको आविष्कार

उनको जन्म १४ नोभेम्बर १८९१ मा क्यानडाको ओंटारियोमा भएको थियो। बेन्टिङ इन्सुलिनको खोज गर्ने एक हड्डी रोग विशेषज्ञ थिए। इन्सुलिनको कमीको कारण मधुमेय रोग लाग्छ। इन्सुलिन सामान्यतः प्यांक्रियाजमा बन्दछ र रगतद्वारा यसको संचार हुन्छ। यदि कुनै कारणले इन्सुलिन प्यांक्रियाजमा पर्याप्त मात्रामा तयार भएन भने कुनै पनि व्यक्ति मधुमेहबाट ग्रसित हुन्छ। इन्सुलिनको खोजभन्दा पहिले डाइभिटिजको कुनै उपचार थिएन। बेन्टिङले आफ्ना सहयोगीहरूसँग मिलेर इन्सुलिनको खोज गरे। उनले एउटा कुकुरको प्यांक्रियाजको नसा बाँधिदिए र केही समयपछि ल्यांगरहेन्सका आइसलेट्सका कोशिकाहरूमा इन्सुलिन बनेको देखे। त्यसपछि बेन्टिङले इन्सुलिनलाई निकाल्नमा पनि सफलता प्राप्त गरे। इन्सुलिनसँगै रोगीहरूको उपचारमा धेरै ठूलो राहत महसुस भयो र उनीहरूको घाउ पनि सजिलैसँग सामान्य व्यक्तिजस्तै निको भयो। बेन्टिङले आफ्नो सम्पूर्ण काम केवल ८ महिनामा एक साधारण प्रयोगशालामा गरे।

बेन्टिङ एक महान चिकित्सक थिए। उनले आफ्नो खोजमा म्याकलिओड र बेस्टको योगदानलाई स्वीकार गरे। यी तीनैजना वैज्ञानिकहरूलाई सन् १९२३ मा संयुक्त रूपमा नोवेल पुरस्कार प्राप्त भयो। सन् १९१६ मा बेन्टिङले टोरेन्टो विश्वविद्यालयबाट चिकित्सा शिक्षा प्राप्त गरेका थिए र त्यहाँ एमडीको उपाधि लिएका थिए। उनले लण्डनको ओंटारियोमा एक सर्जनको रूपमा आफ्नो अभ्यास शुरू गरेका थिए। वेस्टर्न ओंटारियो विश्वविद्यालयमा उनले शरीरविज्ञानको शिक्षा पनि दिए। सन् १९३५ मा बेन्टिङलाई नाइटको उपाधि मिलेको थियो। दोस्रो विश्वयुद्धको बेलामा उनी सेनामा पनि सामेल भएका थिए। मधुमेहको उपचारको लागि उनले इन्सुलिन हर्मोनको खोज गर्नुकका साथै त्यसलाई शुद्ध रूपमा निकाले। उनले के कुरा पनि बताए भने इन्सुलिनको एउटा अणु ५१ एमिनोएसिडबाट बनेको हुन्छ, जुन अलग-अलग स्तनधारी जीवहरूमा अलग-अलग हुन्छ।  २१ फेब्रुअरी १९४१ मा क्यानडाको न्यूफाउण्डल्याण्डमा एक विमान दुर्घटनामा उनको मृत्यु भयो।

आन्द्रेयेस भेसेलियस (Andreas Vesalius) र उनको आविष्कार

भेसेलियसको जन्म ३१ डिसेम्बर १५१४ मा बेल्जियमको ब्रसेल्समा भएको थियो। उनलाई पश्चिमी जगतका आधुनिक शरीर रचनाशास्त्रका संस्थापक मानिन्छ। उनी शरीर वैज्ञानिक, चिकित्सक र शरीर विज्ञानमा संसारको सबभन्दा प्रभावकारी पुस्तक  ‘डी ह्यूमेनी कर्पोरिस फेब्रिका’ (De humani corporis fabrica) का रचनाकार थिए। उनका पिता एक औषधि निर्माणकर्ता थिए। उनको प्रारम्भिक शिक्षा ब्रसेल्समा भयो । सन् १५३० को शुरूमा नै उनी लाबेन विश्वविद्यालयमा भर्ना भए। सन् १५३३ मा उनले पेरिसबाट चिकित्साशास्त्रमा प्रारम्भिक पढाई पूरा गरे। त्यसपछि उनलाई जेकोबस सिल्भिस जोहान गुइंटरको शिष्य बन्ने अवर मिल्यो।

शुरूमा सिल्भियनको निर्देशनमा भेसेलियसले अन्य प्राणीको चिरफार गरेर शरीररचनाको अनुभव प्राप्त गरे। पछि उनले मानव शरीरको पनि चिरफार गरे। सन् १५३७ मा भेसेलियसले चिकित्साशास्त्रमा स्नातकको उपाधि प्राप्त गरे। सन् १५३८ मा उनले एक पुस्तक प्रकाशित गरे, जसमा शरीरमा रहेका सिरा र धमनीहरूका तन्त्रको विस्तृत विवरण थियो। यसपछि पादुआ विश्वविद्यालयमा उनलाई शरीर रचनाशास्त्र र शल्य चिकित्साशास्त्त्र विभागमा प्रमुख पद प्राप्त भयो। नियुक्ति भएको तीन हप्ताभित्र उनले पहिलो सार्वजनिक व्याख्यान दिए र तीन महिनाभित्र आफ्ना नवीनतम् प्रयोगहरूबाट तत्कालीन समाजलाई आश्चर्यचकित बनाए। उनी आफ्ना हातले चिरफार गरेर देखाउँथे। उनी शरीरभित्रका विभिन्न अंगहरूको बारेमा चित्र र नक्साहरूको प्रयोग गरेर बुझाउँथे। उनी शुरूमा प्राचीन चिकित्सक ग्यालेनका अनुयायी थिए, तर उनले ग्यालेन वास्तविकताभन्दा पर भएको पाए।

जुलाई १५४३ मा उनले आफ्ना प्रयोगहरूको रचना तयार गरे। त्यसपछि उनलाई त्यतिबेलाका राजा चार्ल्स प्रथमले राजकीय चिकित्सक नियुक्त गरे। तर त्यतिबेला त्यहाँ राजनीतिक वातावरण राम्रो थिएन। त्यसकारण उनी तीर्थयात्रा जाने बहानामा भेनिस आए। सन् १५४३ मा प्रकाशित भेसेलियसको रचना अद्भुत थियो। यसले त्यतिबेलासम्मका सम्पूर्ण कार्यलाई पुराना र प्रारम्भिक सिद्ध गरिदियो। यसले शरीर भित्रका अंगहरूको विवरण दिनमा अति शुद्धता र स्पष्टता अपनाएको थियो। यसमा मानव सिरका विभिन्न आकार तथा मांशपेशीहरूको सटीक विवरण पनि दिएको थियो। उनले मस्तिष्कको कार्यप्रणालीको बारेमा पनि बुझाउने प्रयास गरे। भेसेलियसले आफ्ना रचनाहरूमा मानव शरीरको रचनालाई शुद्धता र सूक्ष्मतापूर्वक लगातार प्रस्तुत गरे र तत्कालीन विद्वत समाजमा चमत्कारपूर्ण काम गरे। उनका रचनाहरूको नवीन संस्करण र पुनर्मुद्रण उनकै जीवनकालमा भइरहेका थिए। भेसेलियस पछि नयाँ पद स्वीकार्न जेरूसलम गएका थिए, तर फर्किंदा १५ अक्टुवर १५६४ मा युनानको एक द्वीपमा उनको देहान्त भयो।

बारूक एस. ब्लमबर्ग (Baruch S. Blumberg) र उनको आविष्कार

उनको जन्म २८ जुलाई १९२५ मा अमेरिकाका पेन्सिल्भेनियामा भएको थियो। ब्लमबर्गले हेपाटाइटिस-बीको प्रतिरक्षाको लागि भ्याक्सिनको खोज गरेका थिए। कलेजोमा भाइरसको संक्रमणपछि जन्डिस हुन्छ। ब्लमबर्गको समयसम्म जन्डिसको उपचार असंभव थियो। किनभने कुनै एन्टिबायोटिक औषधिले यो रोगलाई असर गर्दैनथ्यो। सामान्य रूपमा जन्डिस दुई प्रकारले हुन्छ – एक दुषित भोजनबाट हुन्छ र अर्को संक्रमित रगतबाट फैलिन्छ। दोस्रो प्रकारको जन्डिस एक घातक भाइरसको कारण फैलिन्छ, जसलाई हेपाटाइटिस-बी भनिन्छ र यसबाट कलेजोको क्यान्स पनि हुन्छ।

ब्लमबर्गले यो हेपाटाइटिस-बीसँग सम्बन्धित तीन प्रकारका खोज गरे – पहिलो, उनले त्यो भाइरसका ती पदार्थहरूको बारेमा पहिचान गरे, जसको कारण हाम्रो शरीरले यो भाइरसको विरूद्ध एन्डिबडी बनाउँदछ, र उनले यो भाइरस पनि पत्ता लगाए। दोस्रो, उनले यी विशिष्ट प्रकारका इन्टिबडीहरूको पहिचान गरेर हेपाटाइटिस-बीलाई जान्ने विधि पनि विकसित गरे। तेस्रो, उनले हेपाटाइटिस-बीको प्रतिरक्षाको लागि भ्याक्सिन बनाउनमा पनि सफलता हासिल गरे। ब्लमबर्गलाई उनका यी उपलब्धिहरूको लागि सन् १९७६ मा ड्यानियल कार्लटन गाजदुसेकसहित संयुक्त रूपमा चिकित्साशास्त्रतर्फको नोवेल पुरस्कार प्राप्त भएको थियो।

ब्लमबर्गले आफ्नो प्राथमिक शिक्षा फ्लेटबुश येशिवा स्कूलबाट प्राप्त गरे। त्यसपछि सन् १९४३ मा उनी नैसेनामा सामेल भए र यहीँबाट आफ्नो कलेजको पढाई सके। उनले न्यूयोर्कको यूनियन कलेजबाट अन्डर-ग्र्याजुएशन गरे र कोलम्बिया विश्वविद्यालयबाट सन् १९४६ मा गणितमा स्नातक गरे। पछि उनी पेन्सिलभेनिया विश्वविद्यालयमा चिकित्सा र मानव विज्ञानका प्रोफेसर बने। फिलाडेल्मियामा क्लीनिकल रिसर्च इन्स्टिच्यूट फर क्यान्स रिर्सचका सहायक निर्देशक पनि बने। सन् १९५७ देखि १९६४ सम्म उनले नेशनल इन्स्टिच्यूड अफ हेल्थमा काम गरेका थिए। सन् १९६४ मा उनी इन्स्टिच्यूट अफ क्यान्सर रिसर्चमा सामेल भएर एक अनुसन्धान कार्यक्रम शुरू गरे। ब्लमबर्गलाई एक समर्पित जीवाणु वैज्ञानिक र मानववैज्ञानिकको रूपमा जानिन्छ। पछि उनी पेन्सिलभेनिया विश्वविद्यालयमा मेडिकल साइन्सका प्रोफेसर पनि भए। ५ अप्रिल २०११ मा अमेरिकाको क्यालिफोर्नियामा उनको मृत्यु भयो।

क्रमशः

संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-१

संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-२

संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-३

संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-४

संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-५

संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-६



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started