प्रेमचन्दको प्रसिद्ध उपन्यास ‘निर्मला’ को सारसंक्षेप

निर्मला प्रेमचन्द (३१ जुलाई १८८०- ८ अक्टुवर १९३६) को एक प्रसिद्ध उपन्यास हो। प्रेमचन्दको जन्म भारतको बनारसमा भएको थियो। उनको साहित्यिक यात्रा सन् १९०३ बाट शुरू भएको थियो। उनले निर्मला उपन्यास सन् १९२५ मा लेखेका थिए र यसको प्रकाशन सन् १९२७ मा भएको थियो। उनले निर्मलाभन्दा पहिले धेरै उपन्यास लेखेका थिए। निर्मलालाई उनको लोकप्रिय उपन्यासहरूमध्ये एक मानिन्छ। यसलाई आज पनि पाठकहरू उत्तिकै रूचिपूर्वक पढ्दछन्। यो उपन्यासमा मनोवैज्ञानिक पक्ष मुख्य रूपमा रहेको देखिन्छ। यसमा लेखकले सबभन्दा महत्त्वपूर्ण पात्रलाई कलात्मक परिपक्वतासँगै पेश गरेका छन्। यसमा मनोविश्लेषण  र नैतिकता पनि देखिन्छ। निर्मला उपन्यासमा मुख्यगरी महिलाका मुद्दासँग सम्बन्धित विषयहरू छन्। यसमा महिलाहरूको विरूद्धमा हुने सामाजिक खराबीहरूको उल्लेख गरिएको छ, जसमा दाइजोको अभिशाप र अनमेल विवाहको खराब परिणाम, महिलाहरूको विवशता र उत्पीडन, प्रौढ उमेरका मानिसहरूको यौन वासना र कम उमेरका केटीहरूसँगको पुनर्विवाहको खतर्नाक परिणाम, एक युवती सौतेनी आमा र एकै उमेरको सौतेनी छोराको बीचमा यौन सम्बन्ध र मनोवैज्ञानिक संघर्ष तथा यौन दूराचारको व्यथा एवं यसको भयंकर शिक्षाप्रद परिणाम, आदि विषयहरूलाई स्पष्ट रूपमा चित्रण गरिएको छ। यो उपन्यासले महिलाहरूका विभिन्न मनोवैज्ञानिक र सामाजिक मुद्दामाथि पनि प्रकाश पार्दछ।

निर्मला उदयभान नामको एक प्रसिद्ध वकिलका चार सन्तानहरूमध्ये सबभन्दा जेठी छोरी हुन्। उनको उमेर १५ वर्षको थियो। उनी एक सुन्दर र सुशिल केटी थिइन्। निर्मलाकी एउटी बहिनी कृष्णा र चन्द्रभान र सूरजभान नामका दुई भाइ थिए। भालचन्द्र नामको एक वकिलको सबभन्दा जेठो छोरा भुवनचन्द्रसँग निर्मलाको विवाह सुनिश्चित हुन्छ र विवाहको मिति तय गरिन्छ, त्यसपछि विवाहको तयारी पूरा गरिन्छ। यही बीचमा निर्मलाको पितालाई एउटा दोषी करार गरिएको अपराधीले चक्कुले आक्रमण गरिदिन्छ। उनी उपचारबाट ठीक हुँदैनन् र मर्दछन्। निर्मलाको पिताको यसरी मृत्यु भएपछि उनको परिवारमा दुःखको सागर मडारिन्छ र उनको विवाह पनि भंग हुन्छ। निर्मलाको हुनेवाला दुलाहा भुवनचन्द्रले दाइजोको लालचमा निर्मलासँग विवाह गर्न अस्वीकार गरिदियो। किनकि निर्मलाकी आमा दाइजो दिनसक्ने अवस्थामा थिइनन्।

यसपछि निर्मलाकी विधुवा आमा कल्याणी निराश र लाचार हुन्छिन्। त्यसपछि एउटा पण्डितको परामर्श अनुसार उनले विवश भएर निर्मलाको विवाह एक बुजुर्ग वकिलसँग गरिदिन्छन्। निर्मलाको पति तोताराम ४० वर्षको वकिल थियो। उसकी पहिलो पत्नीको मृत्यु भएको थियो। उसका तीन छोराहरू र एक विधुवा बहिनी थिइन्। तोताराममा यौन वासना र कामुकता प्रचुर मात्रामा थियो। उसले निर्मला प्राप्त गरेपछि आफ्ना सन्तानबाट टाढा लापर्वाही ढंगले बस्दछ। निर्मलाको चरित्र पवित्र हुँदा पनि उनले समाज र आफ्नो पतिको गतल दृष्टिको शिकार हुनुपर्दछ। यसबाट उनले समाजमा अनादरको सामना गर्नुपर्दछ।

अर्कोतिर तोतारामकी बहिनी निर्मलाको विरूद्धमा छोराहरूलाई भड्काउँछिन्। निमर्लाकै समान उमेर भएको तोतारामको जेठो छोरा मनसाराममा मनोवैज्ञानिक प्रतिक्रिया शुरू हुन्छ। यसको परिणामस्वरूप ऊ क्षयरोगको शिकार हुन्छ र अन्तमा उसको मृत्यु हुन्छ। तोतारामको अर्को छोरालाई साधुको भेषमा केही ठगले अपहरण गर्दछन् र तेस्रो छोरा जयराम खराब संगतको कारणले घरबाट भाग्छ। यस्तो प्रतिकूल परिस्थितिमा निर्मला मानसिक रूपमा विक्षुब्ध हुन्छिन्। तोताराम आर्थिक रूपले पनि टाट पल्टिन्छ र उसको सम्पूर्इ परिवार बर्बादीतिर जान्छ। उसको घर पनि लिलाम भइरहेको हुन्छ। त्यसपछि तोताराम मानसिक रूपमा निर्बल हुन्छ। यही बीचमा निर्मलाले छोरी जन्माउँछिन्। यता तोताराम भने घरबाट बेपत्ता हुन्छ।

निर्मलाको छिमकेमा सुधा नामकी एक छिमेकी आउँछिन्। सुधा दयालु र शिक्षित केटी हुन्छिन्। उनको पतिको नाम भुवनचन्द्र हुन्छ, जो पहिले निर्मलाको हुनेवाला पति थियो। अहिले ऊ एउटा डाक्टर भएको हुन्छ। सुधाले तुरून्तै के कुरा पत्ता लगाउँछिन् भने उसको पतिले दाइजोको लोभमा निर्मलासँग विवाह गर्न अस्वीकार गरेको थियो। सुधालाई यो कुराले धेरै नराम्रोसँग प्रभावित गर्दछ। यसको परिणास्वरूप उनले निर्मलाकी बहिनी कृष्णाको विवाह आफ्नो देवरसँग गरिदिन्छिन्। विवाहको दिन निर्मलालाई भुवनचन्द्र उसको हुनेवाला पति थियो भन्ने कुरा स्पष्ट हुन्छ।

कृष्णाको विवाहपछि निर्मला र सुधाको मित्रता अझ गहिरो हुँदै जान्छ। सुधाको पति पनि कामूक हुन्छ र एक दिन निर्मलालाई आफ्नो वासनाको शिकार बनाउन चाहन्छ तर यो कार्यमा ऊ सफल हुँदैन। त्यसपछि सुधाद्वारा रंगे हात पक्राउ खान्छ। यो घटनापछि उसले लाजले गर्दा आफैले आफ्नो जीवन समाप्त गरिदिन्छ। सुधाको जीवनको बर्बादीलाई देखेर निर्मला धेरै कमजोर हुन्छिन् र यो धक्काबाट थकित भएर उनको मृत्यु हुन्छ। त्यसपछि वृद्ध र कमजोर अवस्थामा पुगेको तोतारामले निर्मलाको चितामा आगो लगाउँछ। यसरी उपन्यासको अन्त्य हुन्छ।

यसरी निर्मला उपन्यासमा प्रेमचन्दले दाइजो प्रथा र अनमेल विवाहको मार्मिक चित्रण गरेका छन्। यो उपन्यासमा सहमति बिना विवाह र दाइजोको कारण हुने दुष्प्रभावलाई सटीकतापूर्वक वर्णन गरिएको छ। यसको साथै यसमा एउटी नारीको सहिष्णुताको पनि अर्थपूर्ण ढंगले वर्णन गरिएको छ। एउटी नारीले कसरी सम्पूर्ण खराबीहरू र विपरीत परिस्थितिहरूको सामना गर्न सक्छिन् भन्ने कुरा स्पष्ट रूपमा चित्रण गरिएको छ।

सन्दर्भ स्रोत

  1. निर्मला – प्रेमचन्द, हिन्दी, चाँद कार्यालय इलाहावाद


Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started