शिक्षाको बारेमा

 (नेपाली शिक्षकहरूको प्रतिनिधिमण्डलसँग कुराकानीको अंश)

२९ अगस्ट १९६४

यो Selected Works of MAO TSETUNG VOL. 9 बाट निकालिएको अंश हो; बाँकी क्रमशः प्रकाशित हुँदै जानेछन् –  

स्रोत : Long live Mao Zedong Thought (Wansui), 1968, Vol. 5, page 169-174, Translation- Jerome Chen, Mao Papers, page 21-23.

हाम्रो शिक्षा समस्याहरूले भरिएको छ, जसमा सबभन्दा प्रमुख जडसूत्रवाद हो। हामी आफ्नो शिक्षा प्रणालीमा सुधारको प्रक्रियामा छौं। स्कूलका वर्ष धेरै लामा छन्, पाठ्यक्रम अति धेरै छन्, र शिक्षणका विभिन्न तरीकाहरू सन्तोषजनक छैनन्।  बच्चाहरू पाठ्यपुस्तक र अवधारणाहरू सिक्दछन्, जुन (केवल) पाठ्यपुस्तक र अवधारणाहरू बनेर रहन्छन्; उनीहरू अरू केही जान्दैनन्। (उनीहरू) आफ्ना चार अंगहरूको उपयोग गर्दैनन्; न (उनीहरू) पाँच प्रकारका अन्नहरू नै चिन्दछन्। कति बच्चाहरूलाई त गाई, घोडा, कुखुरा, कुकुर र सुँगुर के हुन् भन्ने कुरा पनि थाहा छैन; न उनीहरू चामल, केनरीको विउ, मकै, गहुँ, कोदो र जुनेलोको बीचमा फरक नै बताउन सक्छन्।  एउटा विद्यार्थी स्नातक हुँदा पहिले नै ऊ बीस वर्षभन्दा माथि भइसकेको हुन्छ। स्कूलका वर्षहरू धेरै लामा छन्, पाठ्यक्रम अति धेरै छन् र शिक्षण पद्धति कल्पनाको सट्टा इन्जेक्सनद्वारा हुन्छ। परीक्षा पद्धति उमेदवारहरूलाई शत्रु मानेर उनीहरूमाथि धराप थाप्ने हुन्छ। (हाँसो) त्यसकारण म तपाईंहरूलाई के सल्लाह दिन्छु भने चिनियाँ शिक्षा प्रणालीमा कुनै पनि प्रकारको अन्धविश्वास नराख्नुहोस्। यसलाई एक असल व्यवस्था नमान्नुहोस्। कुनै पनि कठोर परिवर्तन कठिन हुन्छ (किनकि) धेरै मानिसहरूले यसको विरोध गर्नेछन्। वर्तमान समयमा केही मानिस नयाँ तरीकाहरूलाई अपनाउनमा सहमत हुन सक्छन्, तर धेरै असहमत हुनेछन्। शायद म तपाईंहरूमाथि चीसो पानी खन्याइरहेको छु। तपाईंहरू केही असल कुरा देख्ने आशा गर्नुहुन्छ, तर म तपाईंहरूलाई केवल त्यही कुरा बताउँदछु, जुन खराब छ। (हाँसो)

यद्यपि, म केही पनि राम्रो छैन भनिरहेको छैन। उदाहरणको लागि उद्योग र भूविज्ञानलाई लिनुहोस्। पुरानो समाजले हाम्रो लागि  केवल २०० भूवैज्ञानिक र प्राविधिक छोडेका थिए; अहिले हामीसँग २००,००० भन्दा बढी छन्।

सामान्य रूपमा भन्ने हो भने इन्जिनियरिङमा विशेषज्ञता राख्ने बुद्धिजीवीहरू धेरै राम्रा हुन्छन्, किनभने उनीहरू वास्तविकताको सम्पर्कमा हुन्छन्। वैज्ञानिक, शुद्ध वैज्ञानिक खराब हुन्छन्, तर पनि तिनीहरू ती मानिसहरूभन्दा राम्रा हुन्छन्, जो कला विषयका विशेषज्ञ छन्। (उदारवादी) कला विषय वास्तविकताबाट पूर्ण रूपले अलग छ। इतिहास, दर्शन र अर्थशास्त्रका विद्यार्थीहरूलाई वास्तविकताको अध्ययनसँग कुनै सरोकार छैन; उनीहरू यो संसारका चीजहरूसँग सबभन्दा बढी अनभिज्ञ छन्।

जस्तो कि मैले पहिले नै भनेको छु, हामीसँग केही पनि अद्भुत छैन, केवल ती चीजहरू छन्, जुन हामीले सामान्य मानिसहरूबाट सिकेका छौं। अवश्य, हामीले थोरै मार्क्सवाद-लेनिनवाद सिकेका छौं,  तर केवल मार्क्सवाद-लेनिनवादबाट काम चल्दैन। (हामीले) चीनका विशेषताहरू र तथ्यहरूबाट शुरूआत गर्दै चिनियाँ समस्याहरूको अध्ययन गर्नुपर्दछ। हामी चिनियाँ, जसमा म पनि सामेल छु, चीनको बारेमा धेरै जान्दैनौं। हामीलाई के थाहा थियो भने हामीले साम्राज्यवाद र उसका समर्थकहरूको विरूद्धमा लड्नुपर्दछ, तर हामीलाई यो कसरी गर्ने भन्ने थाहा थिएन। त्यसकारण हामीले चीनको स्थितिहरूको अध्ययन गर्नु थियो, जसरी तपाईंहरू आफ्नो देशको स्थितिहरूको अध्ययन गर्नुहुन्छ। हामीले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनादेखि लिएर सम्पूर्ण देशको मुक्तिसम्म, चिनियाँ परिस्थितिहरूको लागि उपयुक्त नीतिहरूको चरणबद्ध रूपमा निर्माण गर्नमा एक लामो समय, पूरै अठ्ठाइस वर्ष बितायौं।

(हाम्रो) शक्तिको स्रोत जनता हुन्। यदि कुनै चीजले जनताहरूको इच्छाको प्रतिनिधित्व गर्दैन भने त्यो राम्रो हुँदैन। (हामीले) जनताबाट सिक्नुपर्दछ, आफ्ना नीतिहरू बनाउनुपर्दछ र फेरि जनतालाई शिक्षित गर्नुपर्दछ। त्यसकारण यदि हामी शिक्षक बन्न चाहन्छौं भने सबभन्दा पहिले हामीले शिष्य बन्नुपर्छ। कुनै पनि शिक्षकले (उसको वृत्तिविकास) शिक्षकको रूपमा गर्दैन। एक शिक्षक बनेपछि ऊ स्वयंले कसरी सिक्दछ भन्ने बुझ्नको लागि जनताबाट सिक्ने काम जारी राख्नुपर्दछ। त्यसकारण शिक्षकहरूको प्रशिक्षणमा मनोविज्ञान र शिक्षाका पाठ्यक्रम हुन्छन्। जसले जे (कसैले) सिक्दछ त्यो बेकार हुन्छ, यदि (उसले) बास्तविकतालाई बुझेन भने।

छिन-गुवा विश्वविद्यालय विज्ञान र इन्जिनियरिङ संकायसँग जोडिएको एक कारखाना हो किनकि विद्यार्थीहरूले (दुवै) किताबबाट सिक्नुपर्दछ र काम गर्नुपर्दछ। तर (हामी) कला संकायको लागि साहित्य कारखाना, इतिहास कारखना, अर्थशास्त्र कारखाना वा उपन्यास कारखाना जस्ता कारखानाहरू स्थापित गर्न सक्दैनौं; यी संकायहरूले सम्पूर्ण समाजलाई आफ्नो कारखाना मान्नुपर्दछ। तिनीहरूका शिक्षक र विद्यार्थीहरूले किसान र शहरी श्रमिकहरूसँगसँगै कृषि र उद्योगहरूसँग पनि सम्पर्क बनाउनुपर्दछ। अन्यथा तिनीहरूको स्नातक के काममा आउँछ र ? उदाहरणको लागि कानूनका विद्यार्थीहरूलाई लिनुहोस्। यदि उनीहरू समाजमा हुने अपराधहरूलाई बुझ्दैनन् भने उनीहरू कानूनका असल विद्यार्थी हुन सक्दैनन्। कानूनको कारखाना स्थापित गर्ने प्रश्न नै उठ्दैन; त्यसकारण समाज उनीहरूको कारखाना हो।

तुलनात्मक रूपमा भन्ने हो भने वास्तविकतासँग सम्पर्कको कमीको कारण हाम्रा कला संकायहरू सबभन्दा पछाडि छन्। विद्यार्थी र शिक्षक केवल कक्षामा काम गर्दछन्। दर्शन किताबी दर्शन हो। यदि दर्शनले समाजबाट, जनताबाट र प्रकृतिबाट नसिक्ने हो भने दर्शनको के उपयोग हुन्छ र ? यो केवल अस्पष्ट विचारहरूले मात्र बनेको हुनसक्छ। तर्कशास्त्र पनि त्यही हो। (कसैले) यदि कुनै पाठ्यपुस्तकलाई केवल एक पटक पढ्दछ भने उसलाई यसको बारेमा बढी बोध हुँदैन। तर प्रयोगबाट विस्तारै-विस्तारै बुझिन्छ। मैले तर्कशास्त्र पढ्दा धेरै बुझिनँ। जब मैले यसको प्रयोग गरेँ, तब मैले यसलाई बुझेँ।

म तर्कशस्त्रको कुरा गरिरहेको छु। व्याकरण पनि यस्तै हो, जुन पढेर मात्र बुझिंदैन। तर जब कसैले वास्तवमा लेखिरहेको छ, तब उसलाई वाक्य संरचनाको उपयोग बोध हुन्छ। हामी प्रचलित प्रयोग अनुसार लेख्छौं तथा बोल्छौं, र वास्तवमा व्याकरणको अध्ययन गर्नु आवश्यक छैन। जहाँसम्म अलंकारको सवाल छ, यो एक वैकल्पिक विषय हो। महान लेखक हमेशा अलंकारवादी हुँदैनन्। म स्वयंले अलंकारको अध्ययन गरेँ, तर यसलाई बिल्कुल बुझ्न सकिनँ। के तपाईंहरू लेख्नुभन्दा पहिले यसको अध्ययन गर्नुहुन्छ ?

फूटनोट

.कन्फ्यूशियसद्वारा लिखित एनालेक्ट्सको  एक उद्दरण।

. बच्चाहरूको क्लासिक थ्रि क्यारेक्टर क्लासिक (सेन जी जिंग) बाट एक उद्धरण।

. बेइजिङको पश्चिमी बाहिरी इलाकामा।



5 responses to “शिक्षाको बारेमा”

  1. You have a strong mind and heart. So happy to see you. Stay the course, soon you will have a breakthrough.

    Christina

    Liked by 1 person

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started