शारीरिक शिक्षाको एक अध्ययन

१ अप्रिल, १९१७

स्रोत : न्यू यूथ (ला ज्यूनेसी),  १ अप्रिल १९१७, भोलम ३, अंक २।

माओत्सेतुङको प्रारम्भिक लेख (जाओकी वेनगाओ), १९८९, पृष्ठ ६५-८१।

अनुवाद :  स्टुआर्ट श्राम, माओत्सेतुङको राजनीतिक विचार, पृष्ठ १५२-१६०।

हाम्रो देश शक्तिको खोजीमा छ। सैन्य भावनालाई प्रोत्साहित गरिएको छैन। जनसंख्याको भौतिक स्थिति दिनप्रतिदिन बिग्रिदै गएको छ। यो धेरै हैरान बनाउने घटना हो। शारीरिक शिक्षाका प्रवर्तकहरूले समस्याको सारलाई बुझेका छैनन्, र त्यसकारण तिनीहरूको प्रयास लामो समयसम्म चलेपनि प्रभावकारी रहेका छैनन्। यदि यही स्थिति रहिरह्यो भने हाम्रो कमजोरी अझ बढ्नेछ। आफ्ना लक्ष्यहरूलाई प्राप्त गर्नु र आफ्नो प्रभाव महसुस गर्नु बाह्य मामिला हो, परिणाम हो। हाम्रो शारीरिक शक्तिको विकास एक आन्तरिक मामिला हो, एक कारण हो। यदि हाम्रो शरीर बलियो भएन भने हामी शत्रु सैनिकहरूलाई देख्ने वित्तिकै डराउनेछौं, त्यसपछि कसरी हामी आफ्नो लक्ष्य प्राप्त गर्न सक्छौं र आफ्नो सम्मान कसरी बनाउन सक्छौं ? शक्ति कसरतमा निर्भर हुन्छ र कसरत आत्म-जागरूकतमा निर्भर हुन्छ। शारीरिक शिक्षाका समर्थक विभिन्न तरीकालाई आविष्कार गर्नमा असफल भएका छैनन्। यदि उनीहरूका प्रयास पनि असफल रहे भने यसको कारण बाहिरी शक्तिले हृदयलाई प्रेरित गर्नको लागि पर्याप्त छ भन्ने हो……..

यदि हामी शारीरिक शिक्षालाई प्रभावकारी बनाउन चाहन्छौं भने हामीले मानिसहरूको व्यक्तिपरक दृष्टिकोणलाई प्रभावित गर्नुपर्नेछ र उनीहरूलाई शारीरिक शिक्षाप्रति जागरूक हुनको लागि प्रेरित गर्नुपर्नेछ। यदि कोही समस्याप्रति सचेत हुन्छ भने शारीरिक शिक्षाको लागि एक कार्यक्रम सजिलैसँग आउनेछ,  र  हामी आफ्नो लक्ष्यलाई प्राप्त गर्नेछौं तथा निश्चित रूपले आफ्नो प्रभाव महसुस गर्नेछौं………..

(१) शारीरिक शिक्षाको व्याख्या  

शारीरिक शिक्षाले जीवनलाई व्यवस्थित राख्नमा मद्दत गर्दछ। यसको व्याख्या गर्नमा पूर्व र पश्चिम भिन्न छन्। जुआंग झोउले भान्साको उदाहरणको अनुसरण गरे, कन्फ्यूसियसले धनुर्धारी र सारथीको पाठलाई अपनाए। जर्मनीमा शारीरिक शिक्षाले सबभन्दा धेरै लोकप्रियता हासिल गरेको छ। सम्पूर्ण देशमा बारबन्दी फैलिएको छ। जापानमा बुशिडो छ। यसको अतिरिक्त भर्खरै हाम्रो देशका परम्पराहरूको पालना गर्दै जूडो एक सह्रानीय स्तरसम्म विकसित भएको छ। हामीले यी उदाहरणहरूको परीक्षण गर्दा के देख्दछौं भने तिनीहरू सबै शरीर विज्ञानको अध्ययनबाट शुरू हुन्छन्………

(२) हाम्रो जीवनमा शारीरिक शिक्षाको स्थान

शारीरिक शिक्षा सद्गुण र ज्ञानको शिक्षाको पुरक हो। यसको अतिरिक्त गुण र ज्ञान दुवै शरीरमा रहन्छन्। शरीर बिना न त गुण हुन्छ र न ज्ञान नै हुन्छ। यसलाई बुझ्नेहरू विरलै हुन्छन्। मानिसहरू या त ज्ञानमाथि जोड दिन्छन् या नैतिकतामाथि। ज्ञान निश्चित रूपले मूल्यवान छ, किनभने यसले मानिसलाई जनवारहरूबाट अलग गर्दछ। तर ज्ञान कहाँ निहित हुन्छ ? नैतिकता पनि मूल्यवान छ; यो सामाजिक व्यवस्था तथा हामी र अरूको बीचमा समानताको आधार हो। तर सद्गुण कहाँ हुन्छ ? यो शरीरमा ज्ञान र सद्गुण छ, यसमा रथ जस्तै ज्ञान छ र कक्ष जस्तै नैतिकता छ। शरीर त्यो रथ हो, जसमा ज्ञान हुन्छ, त्यो कक्ष हो, जसमा सद्गुण हुन्छ। बच्चाहरू उचित उमेरमा पुगेपछि प्राथमिक विद्यालयमा प्रवेश गर्दछन्। प्राथमिक विद्यालयमा शरीरको विकासमा विशेष ध्यान दिनुपर्दछ; ज्ञानमा प्रगति र नैतिक प्रशिक्षण गौण महत्त्वका हुन्छन्। पोषण र हेरविचार प्राथमिक हुनुपर्दछ, शिक्षण र अनुशासन पुरक हुनुपर्दछ। वर्तमान समयमा अधिकांश मानिसहरूलाई यो कुरा थाहा छैन र यसको परिणाम के हुन्छ भने पढाइको कारण बच्चा बिरामी हुन्छन् व कम उमेरमा नै मर्दछन्। माध्यमिक र उच्च विद्यालयहरूमा शिक्षाका तीन पक्षहरूमा समान रूपले जोड दिइनुपर्दछ। वर्तमान समयमा अधिकतम् मानिसहरू ज्ञानमाथि आवश्यकताभन्दा बढी जोड दिन्छन्। माध्यमिक विद्यालयका वर्षहरूमा शरीरको विकास अझैसम्म पूरा भएको हुँदैन। त्यसकारण आज शारीरिक विकासमा सहायक कारक कम छ र बाधक कारक असंख्य छ, तब के शारीरिक काम रोकिंदैन ?  हाम्रो देशको शिक्षा व्यवस्थामा आवश्यक पाठ्यक्रम गाईको रौं जत्तिकै घना हुन्छन्। यहाँसम्म कि एउटा सख्त, बलियो शरीरयुक्त वयस्कले पनि यसलाई सहन गर्न सक्दैन, एक्लै ती मानिस जो वयस्कतासम्म पुगेका छैनन्, वा कमजोर छन्। शिक्षकहरूको इच्छामा अट्कल लगाउँदै कसैलाई के आश्चर्य हुन्छ भने के उनीहरूले विद्यार्थीहरूलाई थकाइदिन, उनीहरूको शरीरलाई दमन गर्न र उनीहरूको जीवनलाई बर्बाद गर्नको लागि यस्तो बोझिल पाठ्यक्रम बनाएका थिएनन्। कति बेवकूफ ! एकमात्र विपत्ति, जुन मानिसमाथि आउन सक्दछ, त्यो शरीर नहुनु हो। चिन्ताको अरू कुरा के छ ? यदि कसैले आफ्नो शरीरलाई सुधार्न चाहन्छ भने अन्य चीजहरू आफैं आउनेछन्। शरीरको सुधारको लागि शारीरिक शिक्षाभन्दा बढी प्रभावकारी केही पनि हुँदैन। शारीरिक शिक्षाले वास्तवमा हाम्रो जीवनमा प्रथम स्थान राख्छ। शरीर बलियो भएपछि व्यक्ति ज्ञान र नैतिकतामा तीव्रतापूर्वक अगाडि बढ्न सक्छ र दूरगामी लाभ उठाउन सक्छ। यसलाई हाम्रो अध्ययनको एक महत्वपूर्ण हिस्सा मानिनुपर्दछ। सिक्नुका आफ्ना आवश्यक र सहायक हिस्सा हुन्छन् र मामिलाहरूको अन्त र शुरूवात हुन्छ। “प्रथम के हो र अन्तिम के हो भन्ने कुरा जान्नुले व्यक्तिलाई मार्गको निकट ल्याउनेछ” (कन्फ्यूशियस, महान सिकाई (डेस्क्यू))  

(३) शारीरिक शिक्षाको अघिल्लो दुरूपयोग र तिनीहरूलाई हटाउने मेरो पद्धति

शिक्षाका तीन रूप समान रूपले महत्त्वपूर्ण हुन्छन् : अहिलेसम्म विद्यार्थीहरूले नैतिक र बौद्धिक शिक्षामाथि धेरै ध्यान दिएका छन्, तर शारीरिक शिक्षाको उपेक्षा गरेका छन्। दुर्भाग्यपूर्ण यसको परिणाम के भएको छ भने उनीहरू आफ्नो पिठ्यू झुकाउँछन् र शिर झुकाउँदछन्;  उनीहरूका “सेता र पातला हात” छन्; (कविता क्रम १० को  उन्नाइस पुराना कविताहरू (गुशी शिजिउ शो) बाट “टाढा, धेरै टाढा गाइ चराउने तारा” ।)  जब उनीहरू कुनै पहाडमा चढ्दछन्,  तब उनीहरूको सास फुल्न लाग्छ, र जब उनीहरू पानीमा हिड्दछन्, तब उनीहरूका खुट्टामा ऐठन हुन्छ। यही कारणले गर्दा यान्जीको जीवन छोटो थियो र जिया यीको युवा अवस्थामा नै मृत्यु भयो। जहाँसम्म वांग बो र लू ओलिनको कुरा छ,  उनीहरूमध्ये एकको मृत्यु युवा अवस्थामा नै भयो र अर्को पक्षघातको शिकार भयो। यी सबै नैतिकता र ज्ञानमा उच्च योग्यता भएका व्यक्ति थिए। तर एकदिन यस्तो आउनेछ,  शरीरको रक्षा गर्न नसक्दा त्यससँगै नैतिकता र बुद्धि पनि नष्ट हुन्छ। केवल उत्तरका मानिसहरू मात्र “हतियारहरू मुनि सुत्ने र पछुतो बिना मृत्युको सामना गर्न सक्षम छन्।”(कन्फ्यूसियस, द डक्ट्रिन अफ मिन, X, ४) । यान र झाओका क्षेत्रहरूमा कैयौं नायक थिए र शहीद तथा योद्धा प्रायः लियांगजूबाट आउँथे। छिङ्ग राजवंशको शुरूआतमा यान जिझाईले तरवारबाजीको कला सिक्नको लागि ग्रेटवालको उत्तरमा एक हजार ली(६ एक ली ‍= ५०० मीटर वा = ०.३१ माइलको बराबर हुन्छ।) भन्दा बढीको यात्रा गरे। उनले वीर सैनिकहरूसँग लडाइँ गरेर जित हासिल गरे। त्यसकारणले उनले भने : “यदि कसैमा साहित्यिक वा सैन्य कलाको अभाव छ भने के यो सच्चा मार्ग हो ?”……जहाँसम्म हामी विद्यार्थीहरूको सवाल छ,  एउटा स्कूलको स्थापना र त्यसका शिक्षकहरूद्वारा दिइने निर्देशन केवल बाह्य एवम् वस्तुनिष्ठ पक्ष हुन्। हामीसँग आन्तरिक र व्यक्तिपरक पक्ष पनि छ। जब केहीको निर्णय उसको हृदयमा हुन्छ, तब शरीरका सबै अंगले उसका आदेशहरूको पालना गर्दछन्। सौभाग्य र दुर्भाग्य हाम्रा आफ्नै खोज हुन्। “मलाई गुणवान बन्नु छ र लिनुहोस् ! सद्गुण हातमा छ। ” (७कन्फ्यूशियस, एनालेक्ट्स, ७ : २९।) । शारीरिक शिक्षाको बारेमा यी कुरा कति धेरै सत्य छन् ! यदि हामीमा कार्य गर्ने इच्छाशक्ति भएन भने बाह्य र आन्तरिक उद्देश्य परिपूर्ण भए पनि तिनीहरूले हामीलाई लाभ पुर्याउन सक्दैनन्। त्यसकारण हामीले शारीरिक शिक्षाको कुरा गर्दा व्यक्तिगत पहलबाट शुरूवात गर्नुपर्दछ।

(४) शारीरिक शिक्षाको उपयोगिता

मानिस एक प्राणी भएकोले उसको लागि गति सबभन्दा महत्त्वपूर्ण हुन्छ। मानिस एक तार्किक प्राणी हो, उसका क्रियाकलापहरूको कुनै कारण हुनुपर्दछ। तर क्रियाशीलता (गति) सम्मानको पात्र किन हो ?  तर्कसंगत क्रियाशीलता सम्मानको पात्र किन हो ?  गतिले जीविकोपार्जनमा मद्दत गर्दछ भन्नु सामान्य कुरा हो। आन्दोलन (गति) ले राष्ट्रको रक्षा गर्दछ भन्नु प्रभावकारी हुन्छ। तर पनि यिनीहरूमध्ये कुनै पनि मूल कारण होइन। आन्दोलनको उद्देश्य केवल हाम्रो जीवनको रक्षा गर्नु र हाम्रो हृदयलाई खुशी राख्नु हो। झू शी सम्मानमाथि जोड दिन्छन्, र लू जिउयूआन सौहार्दतामा जोड दिन्छन्। सौहार्दता शान्ति हो, सम्मान कार्वाही होइन; यो केवल शान्ति हो। लाओत्सेका अनुसार अ-सक्रियता नै अन्तिम लक्ष्य थियो; बुद्धले शान्ति र चिन्तनका तरीकाहरूको खोजी गरे। झू र लूका शिष्यहरूद्वारा चिन्तनको कलाको सम्मान गरिन्छ। हालै यस्ता मानिसहरू सामुन्ने आएका छन्, यी गुरूहरूको अनुशरण गर्दै चिन्तनका तरीकाहरूको कुरा गरेका छन्,आफ्ना तरीकाहरूको प्रभावकारिताको बारेमा डिंग हाँकेका छन्, र व्यायाम गर्नेहरूप्रति तिरस्कार व्यक्त गरेका छ, जसबाट उनीहरू आफ्नो शरीरलाई बर्बाद गरिरहेका छन्। यो संभवतः एउटा तरीका हो, तर म यसको नक्कल गर्ने जोखिम उठाउँदिनँ। मेरो विनम्र रायमा, स्वर्ग र पृथ्वीमा केवल गति (आन्दोलन) छ।

प्रायः के भन्दै गरेको सुनिन्छ भने मन र शरीर दुवै एकै समयमा परिपूर्ण हुन सक्दैनन्, जो मानिसले दिमागको उपयोग गर्दछन्, तिनीहरूको शारीरिक स्वास्थ्य कमजोर हुन्छ र जसको शरीर बलियो हुन्छ, उसमा सामान्यतः मानसिक क्षमता कम हुन्छ। यसप्रकारका कुरा पनि बेतुके हुन् र केवल ती मानिसहरूमाथि लागू हुन्छ, जो इच्छाशक्तिमा कमजोर छन् र कार्यमा कमजोर छन्, जुन सामान्यतः  श्रेष्ठ मानिसहरूको मामिलामा हुँदैन। कन्फ्यूशियसको मृत्यु ७२ वर्षको उमेरमा भयो,  र मैले उनको शरीर स्वस्थ थिएन भनेर सुनिनँ। बुद्धले आफ्ना सिद्धान्तहरूको प्रचार गर्दै लगातार यात्रा गरे र वृद्धावस्थामा उनको मृत्यु भयो। जिससलाई अन्यायपूर्वक मर्ने दुर्भाग्य थियो। जहाँसम्म मोहम्मदको कुरा छ, उनले आफ्नो बायाँ हातमा कुरान र दायाँ हातमा तरवार पक्रिएर दुनियाँलाई आफ्नो अधिनमा पारे। यी सबै व्यक्तिहरू ऋषि कहलिए र महानतम् विचारकहरूमध्ये हुन्………

शारीरिक शिक्षाले केवल शरीरलाई बलियो बनाउने मात्र होइन, बरू यसले हाम्रो ज्ञानलाई पनि बढाउँदछ। एउटा भनाइ छ :  मस्तिष्कलाई सभ्य बनाउ र शरीरलाई जंगली बनाउ। यो एक उपयुक्त भनाइ हो। मस्तिष्कलाई सभ्य बनाउनको लागि सबभन्दा पहिले शरीरलाई जंगली बनाउनुपर्दछ। यदि शरीरलाई जंगली बनाइयो भने सभ्य मनले त्यसको अनुशरण गर्नेछ। ज्ञानमा संसारका चीजहरूलाई जान्नु र तिनीहरूका नियमहरूलाई बुझ्ने कुरा सामेल हुन्छ। यो मामिलामा हामीले आफ्नो शरीरमाथि भरोसा गर्नुपर्दछ,  प्रत्यक्ष अवलोकनले कान र आँखामा निर्भर गर्दछ, र प्रतिबिम्ब मस्तिष्कमा निर्भर हुन्छ। कान र आँखा साथै मस्तिष्कलाई शरीरका अंग मान्न सकिन्छ। शरीर उत्तम भएपछि ज्ञान पनि उत्तम हुन्छ। त्यसकारण कसैले के भन्न सक्दछ भने ज्ञान अप्रत्यक्ष रूपले शारीरिक शिक्षाको माध्यमबाट प्राप्त गरिन्छ। अनेक आधुनिक विज्ञानहरूको अध्ययन गर्नको लागि शारीरिक शक्तिको आवश्यकता हुन्छ, चाहे त्यो स्कूलमा होस् वा स्वतन्त्र अध्ययनको माध्यमबाट। जो यसको बराबर छ, ऊ बलियो शरीरयुक्त व्यक्ति हो;  जो यसको बराबर छैन, ऊ कमजोर शरीरयुक्त व्यक्ति हो। बलियो र कमजोरको बीचमा विभाजनले जिम्मेवारीको क्षेत्रलाई निर्धारित गर्दछ, जुन प्रत्येकले ग्रहण गर्न सक्छ।

शारीरिक शिक्षाले केवल ज्ञानलाई बढाउने मात्र होइन, बरू भावनाहरूलाई पनि सन्तुलित गर्दछ। भावनात्मक शक्ति अत्यन्तै महान हुन्छ। पूर्वजहरूले तिनीहरूलाई तर्कबाट अनुशासित गर्ने प्रयास गरे। त्यसकारण उनीहरूले सोधे, ‘के मास्टर (अर्थात्, कारण) हमेशा सतर्क रहन्छ ?’  उनीहरूले यो पनि भने : ‘व्यक्तिले तर्कद्वारा हृदयलाई अनुशासित गर्नुपर्दछ।’ तर तर्क हृदयबाट निक्लिन्छ, र हृदय शरीरमा रहन्छ। हामी प्रायः के देख्दछौं भने कमजोर व्यक्ति आफ्ना भावनाहरूको दास हुन्छन् र तिनीहरूमाथि काबू पाउनमा असमर्थ हुन्छन्। जसका इन्द्रियहरू अपूर्ण छन् वा जसका अंग खराब छन्, उनीहरू प्रायः अत्याधिक आवेगको नियन्त्रणमा हुन्छन्, र बुद्धि उनीहरूलाई बचाउनमा असमर्थ हुन्छ। त्यसकारण शरीर उत्तम एवम् स्वस्थ भएपछि मात्र भावनाहरू सही हुन्छन् भन्ने कुरालाई अटल नियम भन्न सकिन्छ………..

शारीरिक शिक्षाले केवल भावनाहरूमा सामन्जस्य पैदा गर्ने मात्र होइन, बरू इच्छाशक्तिलाई पनि बलियो बनाउँदछ। शारीरिक शिक्षाको महान उपयोगिता यसैमा निहित छ। शारीरिक शिक्षाको मुख्य सिद्धान्त सैन्य वीरता हो। साहस, निडरता, दुस्साहस र दृढता जस्ता सैन्य वीरताका वस्तुहरू इच्छाशक्तिका विषयहरू हुन्। म यसलाई उदाहरणसहित बुझाउँदछु। बरफको पानीमा आफ्नो खुट्टा धोएपछि हामीलाई साहस र निडरतासँगसँगै दुस्साहस पनि मिल्छ। सामान्तयः कुनै पनि प्रकारको व्यायाम यदि निरन्तर गर्ने हो भने हामीलाई दृढतामा प्रशिक्षित गर्नमा मद्दत मिल्नेछ। लामो दूरीको दौड दृढताको विशेष रूपले असल प्रशिक्षण हो। “मेरो तागतले पहाडलाई उखेलेर फ्याँक्यो, मेरो ऊर्जा संसारमा हावी भयो”(८इतिहासकारका अभिलेखहरूमा जियांग यूलाई समर्पित एक कविताबाट)- यो साहस हो। “यदि मैले लूलानको शिर काटिन भने कसम खान्छु कि म फर्किन्नँ”(९बयानको श्रेय कमाण्डर फू जीएजीलाई दिइन्छ, जसले हान सम्राट झाओ डि (८६-७३ बीसी) को सेवा गरेका थिए।) – यो निडरता हो।  परिवारलाई राष्ट्रबाट प्रतिस्थापित गर्नु – यो दुस्साहस हो । “(यू) आठ वर्षसम्म आफ्नो घरबाट टाढा थिए, र पनि उनी तीन पटक घरको ढोकाबाट गुज्रिए, तर पनि उनले प्रवेश गरेनन्”१०(१०मेन्सियस, III, I, IV, 7.) – यो दृढता हो। यी सबै दैनिक शारीरिक शिक्षाको आधारमा नै पूरा गर्न सकिन्छ। इच्छा कुनै व्यक्तिको वृत्तिविकासको पृष्ठाधार हो।

जुन व्यक्तिहरूको शरीर सानो र कमजोर हुन्छ, तिनीहरूको व्यवहार चंचल हुन्छ। जसको छाला खुकुलो हुन्छ, उनीहरू मुलायम र रूखो स्वभावका हुन्छन्। यसप्रकार शरीरले मस्तिष्कलाई प्रभावित गर्दछ। शारीरिक शिक्षाको उद्देश्य मांसपेशीहरू र हड्डीहरूलाई बलियो बनाउनु हो;  परिणामस्वरूप ज्ञानमा वृद्धि हुन्छ, भावनाहरूमा सामन्जस्यता हुन्छ र इच्छाशक्ति बलियो हुन्छ। मांशपेशी र हड्डीहरू हाम्रो शरीरकै हुन्; ज्ञान, भावना र इच्छाहरू हाम्रो मस्तिष्ककै हुन्छन्। शरीर र हृदय दुवै सहज भएपछि मात्र कसैले पूर्ण सामन्जस्यको कुरा गर्न सक्दछ। त्यसकारण शारीरिक शिक्षा हाम्रो जीवनको पोषण र हाम्रो मस्तिष्कलाई प्रशन्न गर्नुको अतिरिक्त अरू केही होइन।

(५)व्यायामलाई मन नपराउनुका कारणहरू

व्यायाम शारीरिक शिक्षाको सबभन्दा महत्त्वपूर्ण हिस्सा हो। आजभोलि विद्यार्थी सामान्यतः व्यायामलाई मन पराउँदैनन्। यसका चार कारण छन् – (१) उनीहरूमा आत्म-जागरूकता हुँदैन। यदि कुनै चीजलाई व्यवहारमा ल्याउनु छ भने सबभन्दा पहिले त्यसमा आनन्द लिनुपर्दछ। व्यक्तिले किन र यसकारणलाई विस्तारपूर्वक बुझ्नुपर्दछ। किन र यसकारणलाई विस्तारपूर्वक जान्नु नै आत्म-जागरूकता हो। मानिसले सामान्यतः व्यायाम र स्वयंको बीचको अन्तर्सम्बन्धलाई जान्दैनन् – वा उनीहरू यसलाई सामान्य शब्दमा त जान्दछन्, तर गहिराइपूर्वक होइन…….(२) उनीहरू आफ्नो लामो समयदेखि स्थापित आदतहरूलाई बदल्न सक्दैनन्। हाम्रो देशले सदैव साहित्यिक उपलब्धिमा बल दिएको छ। मानिस छोटा कपडा लाउन हिच्किचाउँछन्।११(११ ताओवादी क्लासिक जुआंग्जीको एक अध्याय अनुसार झाओके राजा वेनको तरवारबाजीको पोशाकको तरीका।) त्यसकारण सामान्य भनाइ के छ भने “एउटा असल मानिस सैनिक बन्दैन”……..(३) व्यायामलाई जबर्जस्ती प्रचारित गरिएको छैन………(४) विद्यार्थीहरूलाई व्यायाम शर्मानक हुन्छ भन्ने लाग्छ। मेरो विनम्र अवलोकनका अनुसार, यो वास्तवमा व्यायामलाई मन नपराउने उनीहरूको प्रमुख कारण हो। लहराइरहेको वस्त्र, धीमा चाल, गम्भीर, शान्त दृष्टि – यिनीहरूले समाजद्वारा सम्मानित एक असल आचरणलाई गठन गर्दछन्। कसैले अचानक आफ्नो हात किन फैल्याउनुपर्छ वा एउटा खुट्टालाई किन उजागर गर्नुपर्दछ, फैल्याउनुपर्छ र तल झुकाउनु पर्दछ ? के यो अनौठौ छैन ? त्यसकारण यस्ता मानिस छन्, जो उनीहरूको शरीरलाई व्यायामको आवश्यकता छ भन्ने कुरा राम्रोसँग जान्दछन् र यसको अतिरिक्त उनीहरू यसो गर्न धेरै चाहन्छन्, तर उनीहरू यसो गर्न सक्दैनन्। यस्ता मानिस छन्, जो समूहमा व्यायाम गर्न सक्दछन्, एक्लै हैन, र यस्ता मानिस छन्, जो गोप्य रूपमा व्यायाम गर्न सक्दछन् तर सार्वजनिक रूपमा होइन। संक्षेपमा भन्ने हो भने यो सबै शरमको भावनाको कारणले हो। यी चारै कुरा व्यायामलाई मन नपराउनुका कारण हुन्। पहिलो र चौथो व्यक्तिपरक हुन्; र तिनीहरूलाई बलल्ने कुरा हामीमाथि निर्भर हुन्छ : दोस्रो र तेस्रो वस्तुपरक छन्, र तिनीहरूलाई बदल्ने कुरा अरूमाथि निर्भर हुन्छ : “श्रेष्ठ व्यक्ति जे चाहन्छ त्यो स्वयंमा छ,”१२(१२ कन्फ्यूशियस, एनालेक्ट्स, २५:२०) जो अन्यमाथि निर्भर गर्दछ, त्यसको कम महत्त्व हुन्छ।

(६) व्यायामका तरीकाहरू कम हुनुपर्दछ

जेंग वेन्झेंगले ओच्छ्यानमा जानुभन्दा पहिले आफ्ना खुट्टा धोए र खाना खाएपछि एक हजार पाइला हिँडे, यो पद्धतिबाट उनलाई धेरै फाइदा भयो। एउटा असी वर्षको मानिस अझै स्वस्थ थियो। आफ्नो स्वस्थ्य कसरी राम्रो बनाइराख्छौं भनेर सोध्दा उनले भने, “म पेटभरी खाना खादिनँ, यति नै हो।” आजभोलि व्यायामका तरीकाहरू धेरै विविध छन्, जति म गन्न सक्छु, त्यो भन्दा पनि बढी। यद्यपि धेरै अंक अथवा धेरै सय पनि हुन सक्दछन्, “जंगलमा एउटा हाँगा पक्षी रहनको लागि पर्याप्त हुन्छ, र यदि उसले नदीमा पानी पिउँछ भने आफ्नो पेटको क्षमता भन्दा बढी पिउँदैन।”१३(१३ Zhuangzi, I, 4.) । हामीसँग केवल यो शरीर र केवल यी इन्द्रियहरू, हड्डिहरू, आन्द्रा र नसाहरू छन्। यद्यपि व्यायामका धेरै सय तरीकाहरू छन्, तर ती सबैको उद्देश्य रक्तसंचारमा सुधार गर्नु हो। यदि एउटा विधिले यसलाई पूरा गर्न सक्दछ भने सय विधिहरूको परिणाम एक समान नै हुन्छ। त्यसकारण अन्य उनान्सय तरीकाहरूबाट छुटकारा पाउन सकिन्छ। “हाम्रा आँखाले एक समयमा केवल एकै चीज देख्न सक्छन्; हाम्रा कानले एक समयमा केवल एकै ध्वनि सुन्न सक्दछन्।”१४ (१४ Xunzi, Vol. 1.) । मांशपेशीहरू र हड्डीहरूलाई प्रशिक्षित गर्नको लागि सयौं अलग-अलग तरीकाहरूको प्रयोग गर्नुले केवल तिनीहरूलाई हैरान मात्र बनाउँछ ………

(७) व्यायाम गरेको बेलामा हामीले ध्यान दिनुपर्ने कुराहरू

हामीले सबै चीजहरूमा दृढता राख्नुपर्दछ। व्यायाम कुनै अपवाद होइन। मानौं दुई जना मानिस व्यायाम गर्दछन्। एउटाले व्यायाम गर्दछ र फेरि रोकिन्छ, अर्को आफ्नो व्यायामा निरन्तर लागिरहन्छ। परिणाममा अवश्य फरक आउनेछ। सबभन्दा पहिले, व्यायाममा दृढताले रूचि पैदा गर्छ। सामान्यतः जो विश्राममा छ, उसले स्वयंलाई गतिमा स्थापित गर्न सक्दछ; यसलाई हल्लाउनको लागि केही त हुनु नै पर्छ र यो केही केवल रूचि हुन सक्दछ…..

निरन्तर दैनिक व्यायामबाट रूचि उत्पन्न हुन्छ। सबभन्दा राम्रो तरीका हो दिनमा दुई पटक व्यायाम गर्नु – उठेपछि र ओच्छ्यानमा जानुभन्दा पहिले – नग्न अवस्थामा;  अर्को सबभन्दा राम्रो तरीका हो हल्का कपडा पहिरिनु। अति धेरै कपडा लगाउँदा हिडडुल गर्नमा अवरोध हुन्छ। यदि कसैले यसलाई दैनिक रूपमा गर्दछ भने व्यायामको विचार लगातार बनिरहन्छ र कहिले अवरोध हुँदैन। आजको व्यायाम भोलिको व्यायामको निरन्तरता हो र यसरी भोलिको अभ्यासतिर लिएर जान्छ। व्यक्तिगत व्यायामको अवधि लामो हुनुहुँदैन; तीन मिनेट पर्याप्त हुन्छ। यसप्रकार स्वाभाविक रूपले एक निश्चित रूचि पैदा हुनेछ। अर्को,  व्यायाममा दृढताले आनन्द पैदा गर्न सक्छ। लामो समयसम्म व्यायामले राम्रो परिणाम दिन सक्छ र व्यक्तिगत मूल्यको भावनालाई जन्म दिन सक्छ। परिणामस्वरूप हामी आनन्दपूर्वक अध्ययन गर्न सक्छौं र हरेक दिन हाम्रा सद्गुणहरूमा केही न केही प्रगति देख्न सकिन्छ। हाम्रो हृदय असीम खुशीले भरिएको छ किनकि हामीले प्रयास गरेका छौं र परिणाम प्राप्त गरेका छौं। आनन्द र रूचि अलग-अलग हुन्। रूचि व्यायामको मूल हो र आनन्द त्यसको परिणाम हो। कार्यबाट रूचि र परिणामबाट आनन्द उत्पन्न हुन्छ। दुवै स्वाभाविक रूपले भिन्न छन्।

मनको एकाग्रता बिना दृढताले शायदै परिणाम दिन सक्दछ। यदि हामी घोडामा दौडदै फूलहरूलाई हेर्दछौं भने, भलै हामी प्रत्येक दिन हेर्दछौं, तिनीहरूलाई नदेखे जस्तै हुन्छ। यदि कुनै व्यक्तिको हृदयले आकाशमा हाँसको अनुशरण गर्दछ भने ऊ त्यो व्यक्तिसँग प्रतिस्पर्धा गर्न सक्दैन, जो यस बीचमा ध्यानपूर्वक अध्ययन गरिरहेको छ। त्यसकारण व्यक्तिले आफ्नो सम्पूर्ण ध्यान व्यायाममा केन्द्रित गर्नुपर्छ। व्यायामको बेलामा मस्तिष्क व्यायाममा नै हुनुपर्दछ। बेकार र भ्रमित विचारहरूलाई एकातिर राखिदिनु पर्दछ……..

श्रेष्ठ व्यक्तिको आचरण सुसंस्कृत र आकर्षक हुन्छ, तर व्यायामको बारेमा यसो भन्न सकिंदैन। व्यायाम जंगली र अशिष्ट हुनुपर्दछ। घोडामाथि बसेर छलाङ मार्नु र एकै समयमा गोली चलाउनमा सक्षम हुनु; एक युद्धबाट अर्को युद्धसम्म जानु; चिच्याहटबाट पहाडलाई हल्लाइदिनु; र आफ्नो क्रोधको गर्जनाले आकाशको रंगलाई हल्लाइदिनु; जियांग यूको जसरी पहाडलाई उखेल्ने शक्ति  र यू जीको जसरी निशाना भेद्ने दुस्साहस – यी सबै क्रूर र असभ्य छन्  र यसको विनम्रतासँग कुनै लिनुदिनु छैन। व्यायाममा प्रगति गर्नको लागि व्यक्तिले जंगली बन्नुपर्दछ। यदि कुनै व्यक्ति जंगली छ भने ऊसँग धेरै जोश र बलिया मांसपेशी तथा हड्डीहरू हुनेछन्। व्यायामको विधि कठोर हुनुपर्दछ; तब मात्र कसैले स्वयंलाई गम्भीरतापूर्वक लागू गर्न सक्दछ र व्यायाम गर्न सजिलो हुन्छ। यी दुई चीजहरू शुरूआती मानिसहरूको लागि विशेष रूपले महत्त्वपूर्ण छन्।

व्यायाममा हामीले तीन कुराहरूमा ध्यान दिनुपर्छ :  (१) दृढता, (२) आफ्नो सम्पूर्ण शक्तिको एकाग्रता, र  (३) यो क्रूर र असभ्य होस्। अरू पनि धेरै चीजहरू छन्, जसमाथि ध्यान दिनु आवश्यक हुन्छ। यहाँ मैले केवल सबभन्दा महत्त्वपूर्ण कुराहरूको संकेत दिएको छु।



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started