source – https://indianstrategicknowledgeonline.com/_viewresult_cict.php?t=Maoist%20Documents&start=0
English मा पढ्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्
भाषान्तरण तथा सम्पादन – नारायण गिरी
प्रस्तावना
वर्तमान मस्यौदा दस्तावेजलाई व्यापक छलफल पछि सेप्टेम्बर २००४ मा तत्कालीन सीपीआई (एमएल) [पीडब्ल्यू] र एमसीसीआईको संयुक्त केन्द्रीय समितिद्वारा अन्तिम रूप दिइएको हो। फेब्रुअरी २००३ र सेप्टेम्बर २००४ को बीचमा दुवै तत्कालीन पार्टीहरूको उच्चरीय प्रतिनिधिमण्डलहरूको बीचमा आयोजित द्विपक्षीय बैठकको एक श्रृंखलामा गहन छलफलपछि पाँच मस्यौदा तयार गरिएको थियो। संयुक्त केन्द्रीय समितिको बैठकमा पाँच मस्यौदा दस्तावेजहरूको गहिराइपूर्वक अध्ययन गररियो, विगत तीन दशक र त्यसभन्दा बढी समयको क्रममा क्रान्तिकारी अभ्यासको माध्यमबाट प्राप्त समृद्ध अनुभवहरूको स्वतन्त्र रूपले आदान-प्रदान गरियो, र अन्तर्राष्ट्रिय विकासको पृष्ठभूमिमा भारतीय क्रान्तिको सामु आउने जटिल सवालहरूमा आम सहमति बन्यो।
वर्तमान दस्तावेज – पार्टी विधान – दुई पूर्ववर्ती पार्टीका दस्तावेजहरूमध्ये सबै सकारात्मक बुँदाहरूको संश्लेषण हो, साथै जनयुद्ध छेड्ने, संशोधनवाद र भारतीय तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका दायाँ र बायाँ अवसरवादी प्रवृत्तिहरूको विरूद्ध लड्ने र हाम्रो देशका विभिन्न भागहरूमा एक स्थिर तथा सुसंगत क्रान्तिकारी आन्दोलनको निर्माणको क्रममा तिनीहरूको अनुभव हो।
हामी तत्काल मार्गदर्शन र कार्यान्वयनको लागि वर्तमान दस्तावेजलाई आफ्नो नयाँ एकीकृत पार्टीको सम्पूर्ण श्रेणी र फाइल समक्ष राखिरहेका छौं। साथै यो एकीकृत पार्टीको आगामी महाधिवेशनको लागि एक मस्यौदा हो भन्ने कुरा ध्यानमा राख्नुपर्दछ। त्यसकारण, पार्टीका सबै सदस्यहरूको सहभागिता र जहाँ आवश्यक हुन्छ, त्यहाँ संशोधनको सुझाव दिएर यसलाई अझ समृद्ध बनाउनु पर्दछ। यसप्रकार यसलाई भारतीय क्रान्तिका मूलभूत समस्याहरूलाई हल गर्न र त्यसलाई जिततर्फ अगाडि बढाउनको लागि पार्टीको हातमा एक प्रभावकारी हतियार बनाउनु हो।
केन्द्रीय समिति (पी)
२१-९-२००४
भारतीय कम्युनिष्ट पार्टी (माओवादी)
भाग १ : सामान्य कार्यक्रम
भारतीय कम्युनिष्ट पार्टी (माओवादी) भारतीय सर्वहारा वर्गको एकीकृत राजनीतिक अग्रदस्ता हो। मार्क्सवाद-लेनिनवाद-माओवाद यसका गतिविधिका सबै क्षेत्रमा यसको विचारलाई मार्गदिर्देशन गर्ने वैचारिक आधार हो। कम्युनिष्ट पार्टीको तात्कालिक उद्देश्य वा कार्यक्रम नव-औपनिवेशिक रूपले अप्रत्यक्ष शासन, शोषण र शोषण अन्तर्गतका अर्ध-औपनिवेशिक, अर्धसामन्ती व्यवस्थालाई पल्टाएर विश्व सर्वहारा क्रान्तिको एक भागको रूपमा भारतमा नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउनु र पूरा गर्नु हो, हाम्रो क्रान्तिका तीन लक्ष्य – साम्राज्यवाद, सामन्तवाद र दलाल ठूला पूँजीपति वर्गलाई नियन्त्रण गर्नु हो। पार्टीको अन्तिम लक्ष्य वा अधिकतम् कार्यक्रम साम्यवादी समाजको स्थापना हो। यो नयाँ जनवादी क्रान्ति सशस्त्र कृषि क्रान्तिकारी युद्ध अर्थात् दीर्घकालीन जनयुद्धको माध्यमबाट पूरा गरिनेछ र क्षेत्रगत सत्ता कब्जा गर्नु यसको केन्द्रीय कार्य हुनेछ। शहरलाई ग्रामीण इलाकाहरूबाट घेरेर र यसरी अन्ततः तिनीहरूमाथि कब्जा गरेर दीर्घकालीन जनयुद्ध संचालन हुनेछ। यसकारण ग्रामीण इलाकाहरूसँगसँगै दीर्घकालीन जनयुद्ध शुरूदेखि नै पार्टीको कामको आकर्षणको केन्द्र रहनेछ। यो क्रान्तिको सम्पूर्ण प्रक्रियाको क्रममा पार्टी, सेना र संयुक्त मोर्चाले तीन जादुगरी हतियारहरूको भूमिका निभाउनेछन्। यिनीहरूको अन्तर्सम्बन्धमा पार्टीले प्राथमिक भूमिका निभाउनेछ, जबकि सेना र संयुक्त मोर्चा पार्टीको हातमा दुई महत्त्वपूर्ण हतियार हुनेछन्। किनकि सशस्त्र संघर्ष नै संघर्षको सर्वोच्च एवं मुख्य रूप हुनेछ र सेना यो क्रान्तिको संगठनको सर्वोच्च रूप रहनेछन्, त्यसकारण सशस्त्र संघर्षले निर्णायक भूमिका निभाउनेछ। जबकि संयुक्त मोर्चा सशस्त्र संघर्षलाई अगाडि बढाउन र सशस्त्र संघर्षको लागि बनाइनेछ। जनसंगठन र जनसंघर्ष आवश्यक र अपरिहार्य छ तर तिनीहरूको उद्देश्य युद्धको सेवा गर्नु हो। पार्टीको तात्कालिक र सबभन्दा आवश्यक कार्य छापामार क्षेत्र तथा छापामार अड्डाहरूलाई विकसित र परिवर्तित गरी पूर्ण जनमुक्ति सेना तथा आधारक्षेत्रहरूको स्थापना गर्नु हो। नयाँ जनवादी क्रान्ति (NDR) पूरा गरेपछि पार्टी ढिला नगरीकन र अवरोध बिना समाजवादको स्थापनाको दिशामा अगाडि बढ्नेछ। किनभने नयाँ जनवादी क्रान्तिले पहिलेदेखि नै समाजवादको जग राख्नेछ र त्यसकारण कुनै ढिलाइ हुनेछैन। यसपछि, पार्टीले सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत क्रान्तिलाई जारी राख्दै साम्यवादलाई साकार पार्ने दिशामा अघि बढिरहनेछ।
समाजवादी समाजले एक धेरै लामो ऐतिहासिक कालखण्डलाई समेट्दछ। यो पूरा ऐतिहासिक कालमा वर्ग, वर्ग अन्तर्विरोध र वर्गसंघर्ष रहनेछन्। समाजवादी मार्ग र पूँजीवादी मार्गको बीचमा पनि संघर्ष जारी रहनेछ। केवल सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तमा निर्भर रहेर र त्यसलाई अगाडि बढाएर मात्र यी सबै अन्तर्विरोधहरूको सही समाधान हुन सक्दछ। यस सन्दर्भमा, माओत्सेतुङको नेतृत्वमा महान सर्वहारा सांस्कृतिक क्रान्ति (GPCR) सर्वहारा वर्गको अधिनायकत्वलाई सुदृढ गर्न र त्यहाँ पूँजीवादी पुनर्स्थापनाको खतरा विरूद्ध लड्न पूँजीपति वर्ग र अन्य सबै शोषक वर्ग विरूद्ध सर्वहारा वर्गले समाजवादको अवस्थामा गरेको महान राजनीतिक क्रान्ति थियो। पार्टीले सर्वहारा अन्तर्राष्ट्रियवादलाई पनि उच्च राख्नेछ र अन्तर्राष्ट्रिय स्तरमा वास्तविक मार्क्सवादी-लेनिनवादी-माओवादी (M-L-M) शक्तिहरूलाई एकताबद्ध गर्नमा तथा बलियोसँग योगदान दिन जारी राख्नेछ। मार्क्सवादी-लेनिनवादी-माओवादी शक्तिहरूलाई एकजुट गर्दै, यसले सम्पूर्ण संसारका उत्पीडित जनता र राष्ट्रसँग एकता स्थापित गर्नेछ र साम्राज्यवाद तथा सबै प्रतिक्रियावादको विरूद्धमा सर्वहारा क्रान्तिलाई पूरा गर्ने दिशामा अगाडि बढ्नको लागि उनीहरूसँग आफ्नो लडाइँ जारी राख्नेछ, जसबाट विश्वस्तरमा साम्यवादलाई साकार पार्ने मार्ग प्रशस्त हुनेछ।
सम्पूर्ण कार्यकालमा पार्टीका कमरेडहरूले ज्वारभाटाविरूद्ध जाने साहस गर्ने क्रान्तिकारी भावनालाई कदर गर्नुपर्दछ, मार्क्सवादको अभ्यास गर्नुपर्दछ, संशोधनवादको होइन, एकताको लागि काम गर्नुपर्दछ र विभाजनको लागि होइन, खुला र स्पष्ट हुनुपर्दछ र छलछाम र षड्यन्त्रमा सामेल हुनुहुँदैन, आफू र जनताको बीचको अन्तर्विरोधलाई सही ढंगले छुट्ट्याउन र तिनीहरूलाई सही ढंगले सम्हाल्न सक्षम हुनुपर्दछ, वाम र दक्षिण अवसरवाद तथा गैरसर्वहारा प्रवृत्तिसँग लड्नको लागि सिद्धान्तलाई व्यवहारसँग एकाकार गर्ने, जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्ने र आलोचना तथा आत्मालोचनाको अभ्यास गर्ने शैली विकसित गर्नुपर्दछ।
बाटो अप्ठेरो भए पनि भविष्य पक्कै उज्यालो छ। हाम्रा पार्टीका सबै सदस्यले विश्वस्तरमा साम्यवादको लागि उच्च संघर्षमा आफ्नो जीवन समर्पित गर्नुपर्दछ, उनीहरूले दृढ रहनुपर्दछ, कुनै बलिदानबाट डराउनु हुँदैन र जित हासिल गर्नको लागि हरेक कठिनाइलाई पार गर्नुपर्दछ।
भाग २ : पार्टी, झण्डा, उद्देश्य
धारा १ : पार्टीको नाम : भारतीय कम्युनिष्ट पार्टी (माओवादी)
धारा २ : झण्डा : पार्टीको झण्डा रातो रंगको हुन्छ, जसको बीचमा सेतो रंगको हँसिया हथौडा छापिएको हुन्छ। हँसिया हथौडा खंभाको किनारामा रहनेछ। झण्डाको लम्बाई चौडाईको अनुपात ३:२ हुन्छ।
धारा ३ : (क) भारतीय कम्युनिष्ट पार्टी (माओवादी) भारतीय सर्वहारा वर्गको एकीकृत अग्रदस्ता हो। यसले मार्क्सवाद-लेनिनवाद-माओवादलाई आफ्नो मार्गदर्शक विचारधाराको रूपमा लिन्छ।
(ख)नयाँ जनवादी क्रान्तिको अवधिभर पार्टी भूमिगत रहनेछ।
धारा ४ : लक्ष्य र उद्देश्य :
पार्टीको तात्कालिक उद्देश्य केवल दीर्घकालीन जनयुद्धको माध्यमबाट साम्राज्यवाद, सामन्तवाद र दलाल नोकरशाही पूँजीवादलाई उखेलेर फ्याँकी भारतमा नयाँ जनवादी क्रान्तिलाई पूरा गर्नु र सर्वहारा वर्गको नेतृत्वमा जनताको जनवादी अधिनायकत्व स्थापित गर्नु हो। यसले अगाडि बढेर समाजवादको स्थापनाको लागि संघर्ष गर्नेछ। पार्टीको अन्तिम उद्देश्य सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति जारी राखेर साम्यवाद ल्याउनु हो र यसरी पृथ्वीबाट मानिसद्वारा मानिसको शोषणको व्यवस्थालाई समाप्त गर्नु हो।
भारतीय कम्युनिष्ट पार्टी (माओवादी) स्वयंलाई जनताको सेवा र क्रान्तिको लागि समर्पित गर्दछ, जनताप्रति उच्च स्नेह र सम्मान राख्दछ, जनतामाथि भरोसा गर्दछ र उनीहरूबाट सिक्नमा इमान्दार रहनेछ। पार्टी सबै प्रतिक्रियावादी षड्यन्त्र र संशोधनवादी चालका विरूद्ध सतर्क रहनेछ।
धारा ५ : पार्टीले सर्वहारा अन्तर्राष्ट्रियवादको झण्डालाई बुलन्द राख्नेछ र अन्तर्राष्ट्रिय स्तरमा मार्क्सवादी-लेनिनवादी-माओवादी शक्तिहरूको एकता हासिल गर्नमा आफ्नो उचित योगदान दिनेछ।
भाग ३ : सदस्यता
धारा ६ : १६ वर्ष उमेर पुगेका भारतका कुनै पनि बासिन्दा (मजदूर, किसान, श्रमजीवी जनता, निम्मपूँजीपति वर्ग वा कुनै अन्य क्रान्तिकारी वर्गसँग सम्बन्धित) मार्क्सवाद-लेनिनवाद-माओवादलाई दैनिक क्रियाकलापमा आफ्नो मार्गदर्शक विचारधाराको रूपमा स्वीकार गर्ने, पार्टीको कार्यक्रम र विधानलाई स्वीकार्ने, अनुशासनको पालना गरी पार्टीको कुनै एक इकाई अन्तर्गत पार्टी गतिविधिमा सक्रिय सहभागिता जनाउने, त्यस क्रममा आइपर्ने खतराको सामना गर्न तयार भई नियमित रूपमा सदस्यता शुल्क र पार्टी युनिटले तय गरेको शुल्क तिर्न सहमत भएपछि पार्टी सदस्य बन्न सक्नेछन्।
धारा ७ : सामान्यतः पार्टीका सदस्यहरूलाई प्राथमिक पार्टी इकाइहरूको माध्यमबाट व्यक्तिहरूको रूपमा भर्ती गरिन्छ। सदस्यताको लागि प्रत्येक आवेदकको सिफारिस पार्टीका दुई सदस्यद्वारा गरिनुपर्दछ; उनीहरूलाई तिनको बारेमा पूर्ण जानकारी हुनुपर्दछ र पार्टीलाई आवश्यक जानकारी प्रदान गर्नुपर्दछ। र, पार्टी सदस्यताको लागि आवेदकले एक आवेदन दिनुपर्नेछ।
धारा ८ : सम्बन्धित प्राथमिक इकाईले आवेदकको जाँच गर्नेछ र यो काम पार्टीसँगसँगै जनताको बीचमा गोप्य रूपमा गरिनेछ। अनिवार्य रूपले आवेदनलाई सम्बन्धित पार्टी सेल/यूनिटद्वारा सिफारिस गरिनुपर्दछ र अर्को उच्च पार्टी समितिद्वारा अनुमोदित गरिनुपर्दछ। आवेदकलाई उमेदवार सदस्यको रूपमा पार्टीमा सहभागी गराइनेछ। उमेदवारलाई सदस्यता दिएपछि उसलाई कम्तीमा ६ महिनासम्म निगरानीमा राखिनुपर्दछ – श्रमिक वर्ग, भूमिहीन-गरीब किसान र कृषि मजदूरहरूका आवेदकहरूको लागि; मध्यम किसान, निम्न पूँजीपति वर्ग र शहरी मध्यम वर्गको लागि एक वर्ष; र अन्य वर्ग तथा अन्य पार्टीबाट आउनेहरूको लागि दुई वर्ष। एसीदेखि लिएर अन्य सबै उच्च पार्टी समितिहरूलाई पनि समान पद्धति अपनाउँदै नयाँ सदस्यता दिने अधिकार हुन्छ।
धारा ९ : सामान्यतः पार्टीका सदस्यहरूलाई पार्टी इकाईको मार्गदर्शनमा काम गर्ने पार्टी गतिविधिको लागि आयोजित कार्यकर्ता समूहबाट प्रवेश दिइनेछ। उनीहरूले उमेदवार सदस्यको रूपमा स्वीकार गर्नुभन्दा पहिले कम्तीमा ६ महिनाको लागि सम्बन्धित पार्टी इकाईद्वारा तय गरिएको पार्टी गतिविधिमा सामेल हुनुपर्दछ।
धारा १० : उमेदवारको अवधि समाप्त हुनेबेलासम्म, सम्बन्धित पार्टी इकाईले समीक्षापछि कारण बताएर पूर्ण सदस्यता दिन सक्नेछ वा तिनको उमेदवारीलाई अर्को ६ महिनाको लागि बढाउन सक्नेछ। यो निर्णयको सूचना अर्को उच्च समितिलाई दिइनुपर्दछ। माथिल्लो समितिले तल्लो समितिद्वारा लिइएका निर्णयहरूलाई बदल्न वा संशोधन गर्न सक्दछ। आंचलिक/जिल्ला समितिले नयाँ सदस्तालाई मंजुरी दिनुपर्दछ। एसएसी/राज्य समितिले अन्ततः अनुमोदन गर्नेछ।
धारा ११ : पार्टी सदस्यताको लागि सबै आवश्यक योग्यता भएको विदेशमा रहने कुनै भारतीयलाई सदस्ता दिन सकिन्छ; भारतमा स्थायी रूपले रहने कुनै विदेशीलाई पनि सदस्यता दिन सकिन्छ।
यदि अन्य मार्क्सवादी-लेनिनवादी समूहका कुनै सदस्य हाम्रो पार्टीमा सामेल हुन चाहन्छन् भने तिनलाई अर्को उच्च समितिको अनुमोदनबाट प्रवेश दिन सकिन्छ। यदि तिनको स्थिति मूल पार्टीमा प्राथमिक सदस्यको छ भने तिनलाई जिल्ला उपक्षेत्रीय समितिको अनुमोदनबाट पूर्ण सदस्यको रूपमा सामेल गरिनेछ। यदि ती मूल पार्टी एसी सदस्य छन् भने राज्य/क्षेत्रीय समितिको अनुमोदन अन्तर्गत प्रवेश दिइनेछ। यदि ती मूल पार्टीमा जिल्ला वा क्षेत्रीय स्तरको स्थानमा थिए भने वा क्षेत्रीय समितिमाथिको स्थानमा थिए भने तिनलाई केन्द्रीय समितिद्वारा प्रवेश दिइनेछ।
यदि कुनै बुर्जुवा वा संशोधनवादी पार्टीको कुनै सामान्य सदस्य त्यो पार्टीलाई छोडेर हाम्रो पार्टीमा सामेल हुन चाहन्छन् भने तिनको आवेदनको सिफारिस पार्टीका दुई सदस्यद्वारा गरिनेछ, जसमध्ये एक कम्तीमा दुई वर्षको लागि पार्टीको सदस्य हुनेछ। तिनको उमेदवारीको सदस्यतालाई अर्को उच्च समितिद्वारा स्वीकार गर्नुपर्नेछ। यसरी नै यदि कुनै क्षेत्रीय स्तर वा त्योभन्दा माथि जिम्मेवारी भएको बुर्जुवा वा संशोधनवादी पार्टीको कुनै सदस्य हाम्रो पार्टीमा सामेल हुन चाहन्छन् भने तिनको आवेदनको सिफारिस पार्टीका दुई सदस्यद्वारा गरिनुपर्दछ, जसमध्ये एक कम्तीमा पाँच वर्षदेखि पार्टीको सदस्य हुनुपर्दछ। तिनको सदस्यता राज्य समिति वा केन्द्रीय समितिद्वारा स्वीकार गरिनुपर्दछ।
धारा १२ : सदस्यता शुल्क रू. १० प्रतिवर्ष हुन्छ। सम्बन्धित इकाईले पार्टी सदस्यको आर्थिक स्थितिको आँकलन गरेपछि मासिक पार्टी लेवी तय गर्नेछ।
धारा १३ : सिद्ध भएको गद्दार, शत्रु दलाल, पेशावादी, खराब चरित्रका व्यक्ति, पतीत र यस्तै विदेशी वर्गतत्वहरूलाई पार्टीमा प्रवेश दिइनेछैन।
धारा १४ : शोषक वर्गको कुनै पनि व्यक्तिलाई पार्टीमा त्यतिखेरसम्म प्रवेश दिइनेछैन, जतिबेलासम्म उसले आफ्नो सम्पत्ति पार्टीलाई बुझाउँदैन र जनतासँग गहिराइपूर्वक घुलमिल हुँदैन।
भाग ४ : पार्टी सदस्यहरूको अधिकार र कर्तव्य
पार्टी सदस्यहरूको कर्तव्य
धारा १५ : उनीहरूले मार्क्सवाद-लेनिनवाद-माओवादको जीवन्त अध्ययन गर्नेछन् र त्यसलाई लागू गर्नेछन्। भारतको ठोस स्थितिमा तिनले रचनात्मक, दृढ र व्यवहारमा सक्षम हुनुपर्दछ। तिनले पार्टीको वैचारिक, राजनीतिक र संगठनात्मक दिशाको साथसाथै शैली र कार्यपद्धतिको पहुँच अनुभवबाट आफ्नो चेतनालाई विकसित गर्ने प्रयास गर्नुपर्दछ।
धारा १६ : तिनले पार्टीको वैचारिक र राजनीतिक आधारको रक्षा गर्नेछन् र विभिन्न प्रकारका गैर-सर्वहारा प्रवृत्तिहरू, संशोधनवादी नीति, प्रवृत्ति र कार्यशैली; ‘वाम’ र दक्षिणपन्थी अवसरवाद, अर्थवाद, संसदवाद, विधिवाद, सुधारवाद, उदारवाद, संप्रदायवाद, अनुभववाद, व्यक्तिवाद, जडसूत्रवाद र अराजकतावादी अवधारणा र प्रवृत्तिहरूको विरूद्धमा लगातार वैचारिक र राजनीतिक संघर्ष गर्नेछन्।
धारा १७ : तिनले पार्टीका अंगका दस्तावेज र पत्रिकाहरूको नियमित रूपले अध्ययन गर्नुपर्दछ र पार्टीको साहित्यलाई लोकप्रिय बनाउन तथा पार्टी कोष जम्मा गर्नमा पहल गर्नुपर्दछ।
धारा १८ : पार्टीका सदस्यहरूले उनीहरू जोडिएका पार्टी इकाई र संगठहरूको दैनिक कार्यमा सक्रिय तथा नियमित रूपले भाग लिनुपर्दछ। उनीहरूले पार्टी कार्यदिशा,कार्यक्रम, नीति, सिद्धान्त, निर्देशन र निर्णहरूको पालना गर्नुपर्दछ।
धारा १९ : प्रत्येक सदस्यले सशस्त्र कृषि क्रान्तिकारी युद्धमा अर्थात् दीर्घकालीन जनयुद्ध र क्रान्तिकारी जनसंघर्षका अन्य रूपमा भाग लिन र अग्रणी भूमिका निभाउनको लागि तयार हुनुपर्दछ । उनीहरूले युद्धमा भाग लिन र राजनीतिक सत्तामाथि कब्जा गर्नको लागि दीर्घकालीन जनयुद्धमा नेतृत्व दिनको लागि तयार रहनुपर्दछ।
धारा २० : उनीहरूले आफ्ना व्यक्तिगत हितलाई पार्टी र जनताको हितको अधिनमा गर्नुपर्दछ। पार्टी सदस्यहरूले महान जनताको हितको लागि लड्नुपर्दछ, महान जनतासँग जोडिनुपर्दछ, उनीहरूबाट सिक्नुपर्दछ, उनीहरूमाथि भरोसा गर्नुपर्दछ र महान जनतासँग पार्टीको सम्बन्धलाई बलियो बनाउनुपर्दछ। उनीहरूले जनताको सच्चा सेवक हुनुपर्दछ, उनीहरूको लागि सबै कुरा बलिदान गर्नुपर्दछ र उनीहरूका समस्याको समाधानको लागि जनतासँग जानुपर्दछ अर्थात् “जनताबाट जनतालाई” को सिद्धान्तमा कायम रहनुपर्दछ। उनीहरूले जनताका समस्याहरूको बारेमा चिन्तित हुनुपर्छ, तिनीहरूको समाधानको लागि प्रयास गर्नुपर्दछ, ती सबै चीजहरूको बारेमा समयमा पार्टीलाई सूचित गर्नुपर्दछ र पार्टी कार्यदिशा तथा नीतिलाई बुझ्नुपर्दछ।
धारा २१ : उनीहरू स्वयंले अभ्यास गर्नुहुँदैन, र लिंग, जाति, राष्ट्रियता, धर्म, क्षेत्र, तथा जनजातिको आधारमा भेदभाव एवं फुटाउ र शासनको शासक वर्गको नीतिको विरद्धमा सर्वहारा वर्गको दृष्टिकोणसँगै लगातार लड्नुपर्दछ।
धारा २२ : एक-अर्कोको सहायता गर्ने उद्देश्यले उनीहरूले मित्रवत आलोचना र आत्मा-आलोचनाद्वारा सामूहिक कार्य गर्ने पद्धति विकसित गर्नुपर्दछ। उनीहरूसँग काम गर्ने दृष्टि पनि हुनुपर्दछ।
उनीहरूमा आलोचना गर्ने र अलग-अलग विचार राख्नेहरूसँग पनि काम गर्ने प्रवृत्ति हुनुपर्दछ र विशाल बहुमतसँग एकजुट हुनमा सक्षम हुनुपर्दछ, जसमा गलत तरीकाले उनीहरूको विरोध गरेका तर इमान्दारीपूर्वक आफ्ना गल्तीहरूलाई सुधारिरहेका व्यक्तिहरू पनि सामेल हुन्छन्।
धारा २३ : उनीहरूले सिद्धान्त र व्यवहारमा पार्टीको एकता, पार्टी समितिको कार्यप्रणाली र पार्टी अनुशासनलाई दृढतापूर्वक स्वीकार गर्नुपर्दछ।
उनीहरूले पार्टीको गोपनीयताको रक्षा गर्नुपर्दछ । उनीहरूले पार्टीको रक्षा गर्नुपर्दछ र दुश्मनको आक्रमणको विरूद्धमा आफ्नो पक्ष राख्नुपर्दछ। उनीहरूले गुटबन्दीको विरूद्धमा पार्टीको एकताको रक्षा गर्नुपर्दछ। उनीहरूले आफ्नो क्रान्तिकारी कार्यप्रति पेशेवर दृष्टिकोण विकसित गर्नुपर्दछ र आफ्नो कौशल, ज्ञान तथा सर्वहारा दृष्टिकोणको स्तर विकसित गर्नुपर्दछ।
धारा २४ : पार्टी सदस्यहरूको अधिकार :
(क)सम्बन्धित स्तरको पार्टी समितिमा चुनाव गर्ने र चुनिने अधिकार
(ख) पार्टी पत्रिका, दस्तावेज, परिपत्र, आदि प्राप्त गर्ने अधिकार, र पार्टीका बैठक तथा पार्टीका अंगमा पार्टीको राजनीतिक र संगठनात्मक कार्यदिशा, नीति र निर्णय तथा तिनीहरूलाई लागू गर्दा आउने समस्याहरूको बारेमा स्वतन्त्र रूपले छलफल गर्ने अधिकार।
(ग) समिति/इकाईको निर्णयबाट कुनै पनि असहमतिको मामिलामा सम्बन्धित समिति/इकाईको एक सदस्यले निर्णयलाई पूरा गर्नको लागि बफादार रहनुपर्दछ, आफ्नो असहमतिपूर्ण राय कायम राख्नुपर्दछ र कुनै पनि र अर्को बैठकमा विषयको पुनर्वासको माग गर्नुपर्दछ, अथवा तिनले आफ्नो राय आफ्नो सम्बन्धित पार्टी इकाईको माध्यमबाट विचारको लागि माथिल्लो समिति, केन्द्रीय समितिलाई पठाउन सक्दछन्, सम्बन्धित समिति ६ महिनाभित्र समस्याको समाधान गर्नमा असफल रह्यो भने सीधैं आफ्नो राय पठाउने अधिकार पनि हुन्छ। यद्यपि विषयलाई पुन खोल्ने वा नखोल्ने भन्ने कुरा तय गर्नु समितिको विवेक हुन्छ।
(घ)कुनै पनि सदस्यले आफ्नो इकाईको अतिरिक्त कुनै अन्य पार्टी सदस्यको विरूद्धमा आलोचना अर्को उच्च समितिलाई पठाउने अधिकार हुन्छ। कुनै पनि पार्टी सदस्यलाई कुनै पनि पार्टी समितिद्वारा लिइने निर्णयहरूको आलोचना र सुझाव अर्को उच्च समितिको माध्यमबाट केन्द्रीय समितिसम्म पठाउने अधिकार हुन्छ।
(ङ) उमेदवारका सदस्य र पार्टीका सदस्यहरूको कर्तव्य तथा अधिकार समान हुन्छ तर एउटा फरक छ। उमेदवार सदस्यहरूलाई चुनाव गर्ने वा निर्वाचित हुने वा भोट दिने कुनै अधिकार हुँदैन।
(च) कुनै पनि इकाई वा पार्टीका सदस्यलाई सजाय दिने स्थितिमा विशिष्ट मामिलाको सम्बन्धमा विस्तृत्व स्पष्टीकरण र छलफल तिनको उपस्थितिमा आयोजना गरिनुपर्दछ र निर्णयको सम्बन्धमा लिखित रूपमा उच्च समितिलाई जानकारी पठाउनुपर्दछ।
भाग ५ : पार्टीको संगठनात्मक सिद्धान्त
धारा २५ : (क)पार्टीको संगठनात्क सिद्धान्त जनवादी केन्द्रीयता हो। पार्टीको संरचना र आन्तरिक जीवन यही सिद्धान्तमा आधारित हुन्छ। जनवादी केन्द्रीयताको अर्थ आन्तरिक पार्टी जनवाद र केन्द्रीकृत नेतृत्व अन्तर्गत आन्तरिक पार्टी जनवादमा आधारित केन्द्रीयता हो। खुला हृदयले छलफल गर्दै र पार्टी काममा एकजुट हुँदै यस्तो राजनीतिक माहौल बनाउनुपर्दछ, जहाँ केन्द्रीयता र जनवाद, अनुशासन र स्वतन्त्रता, इच्छाशक्तिको एकता र मनको व्यक्तिगत सहजता र जीवन्तता – यी सबै विद्यमान हुनुपर्दछ। यस्तो माहौलमा मात्र जनवादी केन्द्रीयताको सिद्धान्तलाई सफलतापूर्वक लागू गर्न सकिन्छ।
(ख) संगठनात्मक संरचनाको लागि जनवादी केन्द्रीयताको सबभन्दा महत्त्वपूर्ण सिद्धान्त भनेको सबै स्तरमा अग्रणी समितिहरूको चुनाव अनिवार्य रूपले जनवादी छलफलको आधारमा गरिनु हो। सबै स्तरमा सम्मेलन, प्लेनम र निर्वाचित समितिलाई उच्चस्तरीय समितिबाट अनुमोदन प्राप्त हुनेछ।
अनिवार्य रूपमा सम्पूर्ण पार्टीले व्यक्ति संगठनको अधिनमा हुन्छ, अल्पसंख्यक बहुमतको अधिनमा हुन्छ, तल्लो स्तर माथिल्लको स्तरको अधिनमा हुन्छ, र सम्पूर्ण पार्टी केन्द्रीय समितिको अधिनमा हुन्छ भन्ने सिद्धान्तको पालना गर्नेछ।
(ग) पार्टीको अग्रणी समितिले महाधिवेशन/सम्मेलन वा प्लेनममा संगठनात्मक रिपोर्ट प्रस्तुत गर्नेछ। यी समितिले पार्टीभित्र र बाहिर दुवै ठाउँमा जनताको राय सुन्नेछन् र तिनीहरूप्रति जवाफदेही हुनेछन्। पार्टीका सदस्यहरूलाई आलोचना गर्ने र आफ्नो राय/संकल्प उच्च समितिमा पठाउने अधिकार हुनेछ; यदि पार्टीको कुनै सदस्यको दृष्टिकोण अलग छ भने पनि उसले आफ्नो विचार उच्च समिति र यहाँसम्म कि केन्द्रीय समितिसम्म पठाउन सक्दछ।
(घ)समितिको नेतृत्वले प्रत्येक सदस्यलाई एक निर्दिष्ट क्षेत्र र मोर्चामा पार्टीको नेतृत्व दिने जिम्मेवारी उठाउनुपर्दछ। उनीहरूले यसबाट प्रत्यक्ष अनुभव लिनेछन् र यो अनुभवबाट प्राप्त ज्ञानले उच्च समितिहरूद्वारा दिइएका विशेष जिम्मेवारीलाई छोडेर अन्य समितिको मार्गदर्शन गर्नमा मद्दत गर्न सक्दछ। केन्द्रीय समितिले केन्द्रीय समिति लगायत सबै प्रमुख समितिका कुनै पनि सदस्य दिनसक्नेछ।
(ङ) अग्रणी कमिटीहरूले नियमित रूपले आफ्ना तल्ला समितिहरूलाई रिपोर्ट पठाउनुपर्दछ र आफ्ना निर्णयहरूको बारेमा तुरून्त सूचित गर्नुपर्दछ। सबै तल्ला समितिहरू यसरी नै आ-आफ्ना गतिविधिहरूको बारेमा उच्च समितिलाई नियमित रिपोर्ट दिनको लागि जिम्मेवार हुन्छन्।
(च) केही विशेय कार्य सुम्पिइएकाहरूलाई छोडेर पार्टीको प्रत्येक सदस्य पार्टी इकाईमध्ये कुनै एकको सदस्य हुनेछ।
(छ) निर्णय लिनुभन्दा पहिले पार्टीको प्रत्येक सदस्यले सम्बन्धित पार्टी इकाईमा स्वतन्त्र रूपले र पूर्ण रूपले छलफल गर्न सक्दछन्। तिनले पार्टीका नीति तथा विभिन्न समस्याहरूमाथि आफ्नो राय व्यक्त गर्न सक्दछन् र कहिलेकाहीँ यसको कारण बताउँदै अन्तिम राय व्यक्त गर्नबाट बच्न सक्दछन्। तर निर्णय लिएपछि सबैले त्यसको दृढतापूर्वक पालना गर्नुपर्दछ। यद्यपि, यदि कुनै सदस्यले अझै पनि अलग राय राख्दछन् भने तिनलाई यो सुरक्षित राख्ने अधिकार हुन्छ। महाधिवेशन/सम्मेलनमा छलफल भएर निर्णय लिएको तुरुन्तै पछि ती विषयहरूमा छलफल गर्नु जायज हुँदैन।
कुनै पनि सदस्यले सम्बन्धित समितिमा नयाँ मुद्दामा छलफल गर्न सक्दछन्। यदि तिनलाई मुद्दा पूरा पार्टीसँग सम्बन्धित छ भन्ने लाग्छ भने तिनले आफ्नो राय आफ्ना समितिहरूको माध्यमबाट केन्द्रीय समितिसम्म वा/र विशेष परिस्थितिमा सीधैं पठाउन सक्दछन्। यदि केन्द्रीय समितिका एक-तिहाई सदस्यले यस्तो मान्दछन् र यसको समाधानको लागि प्लेनम बोलाउन पनि चाहन्छन् भने यसलाई कम्तीमा राज्य समितिसम्म प्रसारित गरिन्छ। यदि राज्य समितिको बहुमत यो मागसँग सहमत छ भने केन्द्रीय समितिले प्लेनम बोलाउनेछ। यस्तो विशेष परिस्थितिमा पनि केन्द्रीय समितिले मुद्दाको समाधानको लागि जनवादी पद्धतिको पालना गर्ने कुरा सुनिश्चित गर्नेछ।
(ज) कार्यनीति र पद्धति बीचको अन्तरलाई ध्यानमा राख्दै प्रत्येक इकाईले पार्टीको सामान्य कार्यदिशा उच्च समितिद्वारा दिइएका कार्यहरू कार्यान्वयनका नयाँ तरीकाहरूलाई विकसित गर्नमा पहल गर्ने स्वतन्त्रता हुन्छ।
(झ) यदि कुनै सदस्य गिरफ्तार हुन्छन् भने तिनलाई सबै जिम्मेवारीबाट मुक्त गरिनेछ र सदस्यतालाई निगरानीमा राखिनेछ। शत्रुद्वारा हिरासतको अवधिको क्रममा वा जेलमा वा बाहिर आएपछि तिनको व्यवहारको आधारमा तिनको सदस्यता जारी/रद्द गरिनेछ। यदि जारी राखियो भने तिनलाई पार्टीले अन्यथा निर्णय नगरेसम्म गिरफ्तारी हुनुभन्दा अगाडि रहेको पार्टी समितिमा राखिनेछ।
(ञ) पार्टी समितिमा सबै स्तरमा आलोचना र आत्मालोचनाको पद्धतिको अभ्यास गरिनेछ। समितिको कामकाजमा नोकरशाही, व्यक्तिवादी, उदारवादी, अतिजनवादी, बहुकेन्द्रीय गुटवादी प्रवृत्तिहरूको विरूद्धमा निरन्तर संघर्ष हुनुपर्छ। समितिहरूले सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्वको आधारमा काम गर्नुपर्दछ।
(ट) अरूको गल्ती सुधार्दा कमरेड्ली सम्बन्ध र पारस्परिक सहयोग वृद्धि हुन्छ। कुनै पार्टी सदस्यको कामको समीक्षा पार्टी जीवनमा तिनको समग्र अभ्यासको आधारमा गरिनुपर्दछ, सानातिना गल्तीहरूको आधारमा होइन।
(ठ) घरेलु र अन्तर्राष्ट्रिय मुद्दामा निर्णय लिने अधिकार केवल केन्द्रीय समितिलाई हुनेछ। स्थानीय मुद्दा एवं समस्याहरूको सम्बन्धमा विभिन्न स्तरमा निर्णय सम्बन्धित समितिद्वारा लिइनेछन्, जुन उच्च समितिद्वारा लिइएका निर्णय अनुरूप हुन्छन्।
(ड) कुनै पार्टी सदस्यलाई अर्को क्षेत्रमा स्थानान्तरित गर्दा तिनलाई त्यो क्षेत्रमा समान स्तरको जिम्मेवारीयुक्त पार्टी सदस्यको रूपमा मान्यता दिइनेछ। कुनै सदस्यलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा स्थानान्तरित गरेको बेला तिनको बारेमा सबै विवरण लिखित रूपमा सम्बन्धित इकाईमा पठाइनेछ।
भाग ६ : पार्टी अनुशासन
धारा २६ : पार्टीको एकताको रक्षा गर्न, लड्ने क्षमता बढाउन र जनवादी केन्द्रीयताको नीति लागू गर्नको लागि पार्टी अनुशासन आवश्यक हुन्छ। फलामे अनुशासन बिना कुनै पनि क्रान्तिकारी पार्टीले युद्धमा जनतालाई सक्षम नेतृत्व दिन सक्दैन तथा क्रान्तिको उत्तरदायित्व पूरा गर्न सक्दैन। पार्टीको अनुशासन नेतृत्वसहित पार्टीका सबै सदस्यहरूको लागि समान हुन्छ।
धारा २७ : (क) पार्टी, पार्टी कार्यक्रम वा संगठनात्मक संरचनाको लक्ष्य र उद्देश्यलाई अस्वीकार गर्नु वा तिनीहरूको उल्लंघन गर्नु अनुशासनहीनता समान हुनेछ र यस्ता गतिविधिहरूमा सामेल सदस्य वा इकाई अनुशासनात्मक कार्वाहीको लागि उत्तरदायी हुनेछन्।
(ख)पार्टी सदस्यले पार्टी अनुशासनको उल्लंघन गरेपछि सम्बन्धित पार्टी इकाईले उच्च समितिको अनुमोदनको अधिनमा उचित अनुशासनात्मक उपाय, चेतावनी, गम्भीर चेतावनी, पार्टी पदबाट निलम्बित गर्ने,पदबाट हटाउने, पार्टीको सदस्यता निलम्बित गर्ने वा रद्द गर्ने, पार्टीबाट निष्कासन, आदि गर्नेछ। पार्टीको सदस्यता रद्द गर्ने र निष्कासनको काम अर्को उच्च समितिको मंजुरीपछि मात्र लागू हुनेछ। पार्टीको सदस्यता निलम्बित गरेको बेलामा समयसीमा निर्दिष्ट गरिनेछ, जुन एकवर्षभन्दा बढी हुनुहुँदैन। अर्को उच्च समितिले निलम्बनको पुष्टि गर्नेछ।
(ग) कुनै पार्टी इकाईले अनुशासनको उल्लंघन गर्दा उच्च समितिले इकाईलाई आंशिक रूपले पुनर्गठित गर्नको लागि गाली गर्ने जस्ता अनुशासनात्मक उपाय अपनाउनेछ। इकाई भंग गर्नको लागि अर्को उच्च समितिको अनुमोदन आवश्यक हुन्छ।
(घ) केन्द्रीय समितिको कुनै सदस्यले गम्भीर रूपमा पार्टी अनुशासनको उल्लंघन गर्दछन् (शत्रु दलालको रूपमा कार्य गर्दछन् वा खुल्ला रूपमा पार्टी गतिविधिमा सामेल हुन्छन्) भने तिनलाई पदबाट हटाउने वा पार्टीबाट निष्कासित गर्ने अधिकार केन्द्रीय समितिलाई हुनेछ। तर यस्तो उपाय केन्द्रीय समितिको दुईतिहाइ सदस्यले आफ्नो मंजुरी दिएपछि मात्र लागू हुन्छ।
(ङ) पार्टी इकाई वा पार्टी सदस्य जसमाथि कार्वाही गरिएको हो, त्यसलाई पहिले नै आरोपपत्र प्रस्तुत गरिनेछ। यदि इकाई वा सदस्यलाई यस्तो अनुशासनात्मक उपाय अनुचित थियो भन्ने लाग्छ भने इकाई वा सदस्यले आपत्ति जनाउन सक्छन्, निर्णयको समीक्षा गर्ने अनुरोध गर्न सक्दछन् वा उच्च समितिमा अपिल गर्न सक्दछन्। यस्ता अपिललाई सम्बन्धित तल्लो समितिद्वारा ढिलो नगरीकन उच्च समितिमा पठाउनुपर्छ। प्रत्येक सदस्यलाई आफ्ना समिति/इकाईमा व्यक्तिगत रूपले आफ्नो प्रतिरक्षा गर्ने वा निजविरूद्ध अनुशासनात्मक कार्वाही गर्ने उच्च समितिमा आफ्नो लिखित स्पष्टीकरण प्रस्तुत गर्ने अधिकार हुन्छ।
धारा २८ : (क) कुनै सदस्य वा पार्टी इकाईलाई सुधार्नको लागि छलफल र सम्झाउनको लागि अन्य सबै विकल्प असफल भएपछि मात्र सजाय दिइनुपर्दछ। सजाय दिएपछि पनि सुधार्ने प्रयास गर्नुपर्दछ। रोगीलाई बचाउने र रोगलाई ठीक गर्ने नीति अपनाउनु पर्दछ। विशेष परिस्थितिमा पार्टीको सुरक्षा र सम्मानको रक्षाको लागि यथाशीघ्र सजाय दिइनुपर्दछ।
(ख) तल्लो समितिले माथिल्लो समितिको कुनै पनि सदस्यलाई कुनै अनुशासनात्मक कार्वाही गर्न सक्दैन। यद्यपि, दोहोरो सदस्यको मामिलामा उनीहरू उच्च समितिका सदस्यहरूको बारेमा आफ्नो आरोप र सुझाव सम्बन्धित समितिमा लिखित रूपमा पठाउन सक्दछन्।
(ग) पार्टीलाई गम्भीर नोक्सान हुने पार्टी अनुशासनको घोर उल्लंघनको मामिलामा यदि तिनलाई पार्टीमा आफ्नो सदस्यता पद जारी राख्ने अनुमति दिइन्छ भने कुनै सदस्यलाई पार्टी सदस्यबाट संक्षेपमा निलम्बित गर्न सकिन्छ, आरोपपत्र तय हुने र स्पष्टीकरण प्राप्त हुने बेलासम्म तिनको समिति वा उच्च समितिद्वारा तिनलाई पदबाट हटाइदिइन्छ। यस्ता अनुसन्धानात्मक कदम उठाइएको बेलामा सम्बन्धित समितिले त्यो अवधि निर्दिष्ट गरिनुर्दछ, जसद्वारा विषयमा अन्तिम निर्णय लिइनेछ।
(घ) यदि कुनै पार्टी सदस्य वा उमेदवार सदस्य (वा कुनै पनि स्तरको कुनै सदस्य) ले पार्टीका गतिविधिहरूमा भाग लिंदैनन् वा उचित कारण नबताइकन ६ महिनासम्म पार्टीका निर्णयलाई लागू गर्दैनन्, सदस्ता नवीकरण गर्दैनन् र सदस्यता शुल्क तथा लेवी भुक्तान गर्दैनन् भने तिनले स्वेच्छाले पार्टीबाट आफ्नो नाम फिर्ता लिएको मानिनेछ र तिनको सदस्यता यात निलम्बित गरिन्छ वा रद्द गरिनेछ। आर्थिक मामिलामा भ्रष्ट, राजनीतिक रूपमा पतीत, चरित्रहीन भएका वा पार्टी-गोपनीयतामा विश्वासघात गर्ने सदस्यहरू दण्डका भागिदार हुनेछन्।
(ङ)पार्टीद्वारा उठाइएका सबै अनुशासनात्मक कार्वाहीहरूमा सबभन्दा कठोर पार्टीबाट निष्कासन र रद्दीकरण हो। त्यसकारण यस्ता निर्णय लिँदा सम्बन्धित पार्टी इकाईले अत्याधिक सावधानी अपनाइनुपर्दछ। सम्बन्धित सदस्यलाई सुधार्नको लागि सबै प्रयासहरू असफल भएपछि मात्र यस्ता उपाय उठाइनेछन्। पार्टी सदस्यहरूको अपिलको सम्बन्धित उच्च समितिद्वारा सावधानीपूर्वक परीक्षण गरिनुपर्दछ र जुन परिस्थितिमा उनीहरूले गल्ती गरे, त्यसको गहन समीक्षा गरिनुपर्दछ।
(च) जुन व्यक्तिहरूको पार्टी सदस्यता रद्द गरिएको छ वा जसले राजीनामा दिएका छन्, उनीहरू पुनः पार्टीमा सामेल हुने इच्छा व्यक्त गर्दछन् भने सम्बन्धित समितिले पूर्ण जाँचपछि निर्णय लिनुपर्दछ। सदस्यता कम्तीमा ६ महिनाको अवधिसम्म अभ्यासको माध्यमबाट परीक्षणपछि मात्र दिनुपर्दछ। विश्वासघातलाई छोडेर केवल राज्य वा केन्द्रीय समितिले मात्र पार्टीबाट निष्कासित सदस्यहरूलाई स्वीकार गर्न सक्दछ। यद्यपि, तल्ला समितिहरूले यस सम्बन्धमा सिफारिस पठाउन सक्छन्।
भाग ७ : पार्टीको संगठनात्मक संरचना
धारा २९ : (क) पार्टी संगठनको गठन भौगोलिक विभाजन वा उत्पादन क्षेत्र अनुसार गरिनेछ।
(ख) पार्टीको गठन पेशेवर (पूर्णकालीन) र अल्पकालीन गरी दुई प्रकारका सदस्यताबाट गरिनेछ।
धारा ३० : विभिन्न स्तरमा पार्टीको संरचना यसप्रकार हुनेछ :
(क) पार्टीको सर्वोच्च संस्था केन्द्रीय समिति हुनेछ। केन्द्रीय समितिभन्दा तल विशेष क्षेत्र समिति/विशेष अंचल समिति/राज्य समिति हुनेछन्; त्यसपछि क्षेत्रीय समिति, आंचलिक समिति/जिल्ला/डिभिजन समिति, उप-क्षेत्रीय/उप-विभागीय समिति, क्षेत्र समिति, स्थानीय स्तरका समितिहरू जस्तै गाउँ/वस्ती/फ्याक्ट्ररी, कलेज पार्टी समितिहरू हुनेछन्। नगर र शहर समितिको गठन गरिनेछ र सम्बन्धित उच्च समितिले कमिटीको स्थिति तय गर्नेछ।
(ख) सबै समितिले आफ्ना सचिवहरूको चुनाव गर्नेछन्। सबै समितिहरूले आन्दोलनको आवश्यकता र समितिको आकार अनुसार सचिवालय बनाउन सक्छन्। सबै समिति र सचिवालयका सचिव समान स्तरका हुन्छन् र उनीहरूसँग त्यो समिति समान अधिकार हुनेछ, जसमा उनीहरूले भाग लिएका हुन्छन्। यद्यपि, सचिव र सचिवालयसँग विशेष कर्तव्य र जिम्मेवारीहरू हुन्छन्।
(ग) एरिया कमिटीभन्दा अगाडिका सबै प्रमुख समितिहरूको गठन केवल पेशेवर क्रान्तिकारीबाट मात्रै गठन गरिनेछ।
(घ)पार्टी महाधिवेशन सम्पूर्ण पार्टीको सर्वोच्च अधिकार क्षेत्र हो। महाधिवेशनद्वारा चुनिएको केन्द्रीय समिति दुई महाधिवेशनको बीचमा सर्वोच्च प्राधिकारयुक्त हुन्छ।
(ङ) एसएसी/एसजेडसी/एससी सम्मेलनद्वारा चुनिएका विशेष क्षेत्र समिति/विशेष क्षेत्रीय समिति/राज्य समिति एसएसी/एसजेडसी/राज्य स्तरमा सर्वोच्च प्राधिकारी हुन्छ।
(च)क्षेत्रीय सम्मेलनद्वारा चुनिएको क्षेत्रीय समिति क्षेत्रीय स्तरमा सर्वोच्च प्राधिकारी हुन्छ। क्षेत्रीय समितिको गठन आन्दोलनको आवश्यकता अनुसार राज्यलाई विभाजित गरी वा विभिन्न राज्यका भागहरूलाई मिलाएर गर्न सकिन्छ।
(छ) यसरी नै जोनल/जिल्ला/डिभिजनल र सब-जोनल/सब-डिभिजनल समितिहरूको चुनाव तिनीहरूसँग सम्बन्धित स्तरका सम्मेलनहरूमा गरिनेछ। क्षेत्र स्तरीय सम्मेलनमा क्षेत्र समितिहरूको चुनाव गरिन्छ।
(ज) सम्बन्धित स्तरको सम्मेलनमा नगर/शहर समितिको चुनाव गरिन्छ ।
(झ) पार्टी सेल – यसमा एउटा गाउँमा, वा दुई वा तीन गाउँलाई मिलाएर, वा एक कारखाना, वा शैक्षणिक संस्थान, वा एक इलाका, वा दुई वा तीन इलाकाहरूलाई मिलाएर तीनदेखि पाँच सदस्य हुन्छन्। जनसंगठनहरूमा इकाई, सेलहरूको गठन गरिनेछ।
(ञ) दुई सम्मेलन वा महाधिवेशनहरूको बीचको अवधिमा सम्बन्धित स्तरमा चुनिएका समितिहरू सर्वोच्च निकाय हुन्छन्।
(ट) सबै समितिहरूले आ-आफ्ना सचिवहरूको चुनाव गराउँदछन्।
(ठ) विभिन्न क्षेत्रमा पार्टीको कामलाई कुशलतापूर्वक चलाउनको लागि विभिन्न स्तरमा नेतृत्वका विभिन्न उपसमितिहरू र आयोगहरूको गठन गर्न सकिन्छ।
आधारभूत इकाई :
धारा ३१ : (क) पार्टी सेल पार्टीको आधारभू इकाई हुनेछ। पार्टी सेलको गठन क्षेत्रगत अथवा व्यवसायगत रूपमा गर्न सकिन्छ। पार्टी सेल दैनिक क्रियाकलापहरूको केन्द्र हो। सेलहरूमा सदस्य न्यूनतम् ३ र अधिकतम् ५ हुनेछन्। सेलका सदस्यले पूर्ण पार्टी सदस्यको रूपमा आफ्ना जिम्मेवारी र कर्तव्यलाई पूरा गर्नेछन् र उनीहरू पार्टी सदस्यताका सबै अधिकारहरूको लाभ उठाउनेछन् (उमेदवारका सदस्यहरूलाई छोडेर)। सेलले आफ्नो सचिवको चुनाव गर्नेछन्।
(ख) उमेदवार सदस्यले पनि पार्टी सेलको निर्णय अनुसार काम गर्नेछन्। उनीहरू छलफलमा भाग लिनेछन् र पार्टीका निर्देशनहरूको पालना गर्नेछन्, तर निर्णय लिने बेलामा उनीहरूसँग मतदानको अधिकार हुँदैन।
(ग) क्षेत्रगत पार्टी सेलहरूको गठन गर्दा कारखाना एवं जनसंगठनहरू पनि पार्टी सेल बनाउने प्रयास गरिनेछ।
(घ) यदि कुनै क्षेत्रमा दुई वा दुईभन्दा बढी सेल छन् भने एसीभन्दा तल एक समिति बनाउन सकिन्छ।
(ङ) पार्टी सेल कुनै क्षेत्रको व्यापक जनता र पार्टीको बीचको एक जीवन्त कडी हो। यो सेलले पूर्ण पहलका साथ व्यापक जनताको क्रान्तिकारी युद्धको नेतृत्व गर्नेछ। यसले कारखाना, इलाका र किसान क्षेत्रका जनतालाई पार्टीको राजनीतिक कार्यदिशा र लक्ष्यहरूको निकट ल्याउनको लागि र निरंकुश अर्ध-औपनिवेशिक, अर्धसामन्ती राज्य-व्यवस्थाको विरूद्धमा क्रान्तिकारी युद्धमा जुझारू कार्यकर्ता र पार्टी अनुयायीहरूलाई सामेल गर्नको लागि अथक प्रयास गर्नेछ। यसले शुरूदेखि नै जनतालाई गोप्य रूपले र दीर्घकालीन जनयुद्धको रणनीति र कार्यनीति अनुसार कार्य गर्नको लागि शिक्षित गर्ने कुरामा जोड दिन्छ। पार्टीका ३-५ कार्यकर्ताहरूको चयन गरी उनीहरूलाई एक समूहमा संगठित गरेर तिनीहरूलाई दलीय राजनीतिको शिक्षा दिनु तथा सदस्यको रूपमा संगठित गर्नु पार्टी सेलहरूका महत्त्वपूर्ण जिम्मेवारीहरू हुन्।
भाग ८ : पार्टी महाधिवेशन
धारा ३२ : अखिल भारतीय महाधिवेशन आयोजना गर्ने निर्णय केन्द्रीय समितिद्वारा गरिनेछ। पार्टी महाधिवेशन पाँच वर्षमा एक पटक आयोजित गरिनेछ। विशेष परिस्थितिमा यसलाई या त स्थगित गरिनेछ वा केन्द्रीय समितिको बहुमतद्वारा निर्णय पहिले लिइनेछ।
धारा ३३ : पार्टी महाधिवेशनले महाधिवेशन संचालनको लागि अध्यक्ष मण्डलको चुनाव गर्दछ र निम्नलिखित कार्यहरूको निर्वाह गर्दछ :
(क) यसले विगतको महाधिवेशन पछिको पार्टीको राजनीतिक र संगठनात्मक समीक्षा गर्दछ।
(ख) यसले पार्टी कार्यक्रम, पार्टी विधान र रणनीतिक तथा कार्यनीति, वित्तीय नीतिलाई अपनाउँदछ र अन्य नीतिगत विषयहरूलाई तयार गर्दछ।
(ग) राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिको मूल्यांकन गर्दछ र कार्य निर्धारित गर्दछ।
(घ) केन्द्रीय समितिका सदस्यहरूको संख्य तय गर्दछ र केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय सदस्यहरूको चुनाव गर्दछ।
(ङ) यसले वित्तीय विवरणहरूको पुष्टि गर्दछ ।
धारा ३४ : (क) केन्द्रीय समितिले पार्टीको महासचिवको चुनाव गर्दछ। यसले आन्दोलनको आवश्यकताको आधारमा एक पोलिटब्यूरोको पनि चुनाव गर्दछ, र एक केन्द्रीय समितिको बैठकबाट दोस्रोको अवधिको बीचमा पार्टी कार्यदिशा र केन्द्रीय समितिका निर्णयहरू अनुसार राजनीतिक, संगठनात्मक र सैन्य निर्णय लिनेछ र अर्को केन्द्रीय समितिको बैठकमा आफ्ना निर्णयहरूको पुष्टि गराउनेछ। यसले क्षेत्रीय ब्यूरो, सीएमसी र अन्य उप-समिति तथा विभागहरूको पनि स्थापना गर्नेछ। महासचिवले पोलिटब्यूरोमा इन्चार्जको रूपमा पनि काम गर्दछन्।
(ख)आफ्नो पार्टी अंग चलाउनको लागि केन्द्रीय समितिले प्रत्येक अंगको लागि सम्पादकीय बोर्ड नियुक्त गर्नेछ। महासचिव केन्द्रीय समितिको सैद्धान्तिक-वैचारिक अंगका प्रधान सम्पादक हुन्छन्।
धारा ३५ : महाधिवेशनको बीचको अवधिमा विशेष समस्याहरूको समाधानको लागि केन्द्रीय समितिले केन्द्रीय प्लेनम बोलाउन सक्दछ। यो प्लेनमले त्यस अवधिमा पार्टी कार्यदिशा र नीतिसँग सम्बन्धित समस्याहरूमाथि छलफल र निर्णय लिन सक्दछ। यसरी नै केन्द्रीय समितिमा नयाँ सदस्यहरूको चुनाव वा केन्द्रीय समिति सदस्यहरूलाई हटाउने कार्य पनि केन्द्रीय प्लेनमद्वारा गर्न सकिन्छ।
आवश्यक परेमा केन्द्रीय समितिले आफ्नो विद्यमान संख्याको एक चौथाइभन्दा बढी सदस्यहरूलाई दुईतिहाइ सदस्यहरू सहमत भएमा सदस्यहरू छान्न सक्नेछ।
धारा ३६ : विशेक्ष क्षेत्र, राज्य/क्षेत्रीय, विशेष क्षेत्रीय, क्षेत्रीय र उपक्षेत्रीय/जिल्ला/डिभिजनल प्लेनम हरेक तीन वर्षमा एक पटक आयोजित गरिनेछ।
विशेष परिस्थितिमा यिनीहरूलाई पहिले पनि आयोजना गर्न सकिन्छ वा स्थगित पनि गर्न सकिन्छ। यद्यपि क्षेत्रीय सम्मेलन/प्लेनम हरेक दुई वर्षमा एक पटक आयोजित गरिनुपर्दछ। यी सम्मेलनले आ-आफ्नो स्तरसँग सम्बन्धित समस्याहरूमाथि छलफल गरी निर्णय लिनेछन्, पार्टी कार्यदिशा र नीतिमाथि आफ्नो राय उच्च समितिमा पठाउनेछन् र यदि आवश्यक भयो भने वैकल्पिक सदस्यहरूसहित सम्बन्धित समितिहरूको चुनाव गर्नेछन्।
धारा ३७ : उपरोक्त स्तरका सम्मेलनहरूको बीचको अवधिमा यदि आवश्यक भयो भने अर्को उच्च समितिको अनुमोदनबाट प्लेनम बोलाउन सकिन्छ। विभिन्न समितिहरूको अधिकार क्षेत्र अन्तर्गत आउने क्षेत्रका समस्याहरूमाथि तिनीहरूका सम्बन्धित प्लेनममा छलफलपछि निर्णय लिन सक्नेछन्, सम्बन्धित समितिका सदस्यहरूलाई या त चुन्न सकिन्छ या हटाउन सकिन्छ। यदि कुनै समितिको पूर्ण प्लेनम विशेष परिस्थितिको कारण आयोजना गर्न सकिएन भने सम्बन्धित समितिले अर्को उच्च समितिको अनुमोदनबाट आफ्ना सम्बन्धित शक्तिहरूको एक चौथाई हिस्सा समायोजित गर्न सक्दछ।
धारा ३८ : (क) महाधिवेशनसहित विभिन्न सम्मेलनहरूमा प्रतिनिधिहरूको संख्या विभिन्न स्तरका समिति र पार्टी महाधिवेशनका निर्यण अनुसार सदस्ता शक्ति अनुसार सम्बन्धित समितिद्वारा तय गरिनेछ।
(ख) सम्बन्धित समितिहरूलाई महाधिवेशन र अन्य विभिन्न स्तरका सम्मेलनमा भाग लिने प्रतिनिधिहरूको संख्याको दस प्रतिशतसम्म विशेष रूपले आमन्त्रित गर्ने अधिकार हुन्छ। पर्यवेक्षक तथा गैर-मतदान प्रतिनिधिहरूलाई पनि सम्बन्धित समितिको सम्मेलनमा आमन्त्रित गर्न सकिन्छ।
धारा ३९ : केन्द्रीय समितिले महाधिवेशनको प्रक्रिया शुरू हुनुभन्दा पहिले केन्द्रीय कमिटीद्वारा तय गरिए अनुसार पर्याप्त समय दिँदै पार्टी महाधिवेशनमा छलफलको लागि सबै पार्टी सदस्यहरूलाई प्रासंगिक मस्यौदा दस्तावेज जारी गर्नेछ। तल्लो स्तरका सम्मेलन र सदस्यहरूद्वारा प्रस्तुत मस्यौदामा सबै संशोधन केन्द्रीय समितिलाई पठाइनुपर्दछ, जुन उनीहरूले पार्टी महाधिवेशन समक्ष राख्नेछन्।
पार्टी महाधिवेशनका प्रतिनिधिहरूलाई मस्यौदा दस्तावेजमा संशोधन पेश गर्ने अधिकार हुन्छ। मस्यौदा दस्तावेजको अध्ययन गरेपछि यदि कुनै समिति प्रतिनिधि /प्रतिनिधि मण्डलले वैकल्पिक दस्तावेजलाई स्थानान्तरित गर्न चाहन्छ भने त्यसलाई तुरून्त केन्द्रीय समितिमा सूचित गर्नुपर्दछ, र केन्द्रीय समितिले दस्तावेजको मस्यौदा तयार गर्नको लागि सम्बन्धित प्रतिनिधि/प्रतिनिधि मण्डल समितिलाई दिइने समयको बारेमा निर्णय लिनेछ। सम्बन्धित समितिका प्रतिनिधि/प्रतिनिधि मण्डलहरूको केन्द्रीय समितिद्वारा तय गरिएको निर्धारित समयभित्र दस्तावेजको मस्यौदा तयार गर्नुपर्दछ र यसप्रकार यसलाई केन्द्रीय समितिमा प्रस्तुत गर्नुपर्दछ। केन्द्रीय समितिले यसलाई आफ्ना टिप्पणीसहित प्रसारित गर्ने अधिकार राख्दछ।
धारा ४० : निवर्तमान केन्द्रीय समितले महाधिवेशनमा गठन गरिने नयाँ केन्द्रीय समितिका सदस्यहरूको एक प्यानल प्रस्ताव दिनेछ।
कुनै पनि प्रतिनिधिलाई प्यानलमा कुनै पनि नाममाथि आपत्ति जनाउने अधिकार हुनेछ, या जुन सदस्यको नाम प्रस्तावित गरिएको छ, उसको पूर्व मंजुरीसहित एक नयाँ प्यानलको प्यानलको प्रस्ताव पनि गर्न सक्दछ। यदि कुनै वैकल्पिक केन्द्रीय समिति छैन भने हात उठाएर निर्णय लिइनेछ, वैकल्पिक प्रस्तावको मामिलामा केन्द्रीय समितिसहित सबै समितिहरूको चुनाव गोप्य मतदानद्वारा गरिनेछ।
धारा ४१ : विभिन्न स्तरमा प्लेनमका प्रतिनिधिहरूको संख्या र प्रतिनिधिहरूको चयनको आधार सम्बन्धित समितिहरूद्वारा तय गरिनेछ।
भाग ९ : केन्द्रीय समितिको अधिकार एवं कर्तव्य
धारा ४२ : केन्द्रीय समितिको चुनाव पार्टी महाधिवेशनद्वारा गरिनेछ। दुई पार्टी महाधिवेशनको बीचमा केन्द्रीय समिति पार्टीको सर्वोच्च अग्रणी संस्था हुन्छ। केन्द्रीय समितिले सम्पूर्ण पार्टीको प्रतिनिधित्व गर्दछ र पार्टीको तर्फबाट पूरा अधिकारसहित महत्त्वपूर्ण निर्णय लिन सक्दछ। केन्द्रीय समितिले वर्षमा कम्तीमा एक पटक बैठक गर्नेछ।
धारा ४३ : केन्द्रीय समितिले पार्टीको सुचारू कामकाजको लागि पोलिटब्यूरो, केन्द्रीय सैन्य आयोग, क्षेत्रीय ब्यूरो र विभिन्न उपसमितिहरूको गठन गर्न सक्दछ। पोलिटब्यूरो समान स्तरको हो र त्यसलाई केन्द्रीय कमिटीको समान अधिकार हुन्छ। यद्यपि, यसका विशेष कर्तव्य र जिम्मेवारी छन्, जसलाई यसले दुई केन्द्रीय समितिका बैठकहरूको बीचमा केन्द्रीय समितिको तर्फबाट पूरा गर्नेछ।
धारा ४४ : केन्द्रीय समितिको अनुशासनको घोर उल्लंघन, गम्भीर पार्टी विरोधी गतिविधि र जघन्य गुटगत गतिविधिहरूको लागि कुनै पनि केन्द्रीय समितिको सदस्यलाई कदम उठाउन सकिन्छ र हटाउन सकिन्छ। दण्डित सदस्यलाई महाधिवेशन समक्ष अपील गर्ने अधिकार हुन्छ। मामिलाको फैसला वा समाधान नहुन्जेलसम्म केन्द्रीय समितिको फैसला कायम रहनेछ। यदि केन्द्रीय समितिका दुइ तिहाई सदस्य सहमत भए भने उनीहरू केन्द्रीय समितिको कुनै पनि सदस्यलाई हटाउने निर्णय लिन सक्दछन्।
धारा ४५ : यदि कुनै पद रिक्त हुन्छ र आन्दोलनको आवश्यकता हुन्छ भने केन्द्रीय समितिले कुनै पनि सदस्यलाई केन्द्रीय समितिमा समायोजित गर्न सक्दछ। आवश्यक पर्दा केन्द्रीय समितिले यसका दुई तिहाइ सदस्यहरूको सहमतिमा आफ्नो विद्यमान शक्तिको एक चौथाईभन्दा बढी सदस्यहरूलाई सहयोजित गर्न सक्दछ। तर यसलाई अर्को महाधिवेशनमा अनुमोदन गरिनुपर्दछ। वैकल्पिक सदस्यहरूमध्ये सहविकल्प बनाइनुपर्दछ, यदि कुनै वैकल्पिक सदस्य छैन भने केन्द्रीय कमिटीले अन्यमध्येबाट सहविकल्प बनाउन सक्दछ।
धारा ४६ : सीसीएसले केन्द्रीय समितिको बैठकको मिति र समय तय गर्नेछ र बैठकको एजेण्डा पहिले नै उपलब्ध गराउनेछ। यदि केन्द्रीय समितिका एक तिहाई सदस्यले केन्द्रीय समितिको बैठकको माग गर्दछन् भने सचिवले बैठक बोलाउनुपर्दछ।
धारा ४७ : केन्द्रीय समिति वा पोलिट ब्यूरोलाई आफ्ना कुनै सदस्य वा सदस्यहरूलाई कुनै इकाई वा कुनै क्षेत्रको काममा जाँचको लागि पठाउनसक्ने अधिकार हुन्छ। केन्द्रीय समितिलाई कुनै पनि समिति भंग गर्ने र यसरी कुनै पनि स्तरमा कुनै पनि आयोजक समिति बनाउने अधिकार हुन्छ।
धारा ४८ : यदि आवश्यक भयो भने केन्द्रीय समितिले दुई महाधिवेशनको बीचमा विशेस सम्मेलन र प्लेनम बोलाउन सक्दछ। केन्द्रीय समितिले विभिन्न समितिका अन्य सदस्यहरूको निर्णय गर्नेछ, जसले सीसीएमको अतिरिक्त यो प्लेनममा भाग लिनेछन्।
भाग १० : पार्टीमा आन्तरिक बहस
धारा ४९ : सम्पूर्ण पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपले एकजुट गर्न र आफ्नो तरीकामा सुधार गर्नको लागि गहन विचार-विमर्श गर्नु अति आवश्यक हुन्छ। यो पार्टी सदस्यहरूको जनवादी अधिकार हो। हामीले पार्टीका विभिन्न स्तरका सम्बन्धित समितिहरूमा खुला हृदयबाट र बेलगाम बहसको माध्यमबाट रणनीतिसँग सम्बन्धित प्रश्नहरूलाई हल गर्ने प्रयास गर्नुपर्दछ। आवश्यकता पर्दा उच्च समितिहरूको सहायता एवं सल्लाह लिइनेछ। पार्टी सदस्यहरूको जनवादी अधिकारको नाममा कुनै विषयमा अन्तहीन बहसबाट पार्टीको कार्यप्रणालीलाई नै नोक्सान हुन्छ। त्यसकारण कुनै पनि प्रकारको विवादास्पद बहस या छलफलको अनुमति सम्बन्धित समितिका दुई तिहाई सदस्यहरूको सहमति पछि मात्र दिन सकिन्छ।
धारा ५० : यदि कुनै सदस्य वा समितिसँग पार्टीको आधारभूत कार्यदिशाको बारेमा अलग-अलग विचार छ र त्यसले पार्टीमा यसको प्रसारको माग गर्दछ भने केन्द्रीय समितिलाई यो माग स्वीकार गर्ने वा नगर्नेमा अन्तिम निर्णय लिने अधिकार हुन्छ।
धारा ५१ : यदि कुनै केन्द्रीय समितिको सदस्यको अखिल भारतीय वा अन्तर्राष्ट्रिय प्रश्नको सम्बन्धमा भिन्न विचार छ र तिनले यो विचारलाई सम्पूर्ण पार्टीमा लैजाने माग गर्दछन् भने यस्तो स्थितिमा उपरोक्त विचारलाई राज्य/क्षेत्रीय समिति अथवा केन्द्रीय समितिको एक तिहाई सदस्यहरूका अनुसार कुनै पनि स्तरमा पठाइनेछ। तर राज्य/क्षेत्रीय समितिका सदस्यले केन्द्रीय समितिको अनुमति बिना आफ्ना अलग-अलग विचार तल्लो स्तरका समितिहरूमा पठाउन सक्दैनन्।
धारा ५२ : यदि कुनै तल्लो स्तरको समिति वा समितिको सदस्यको केन्द्रीय समितिको राजनीतिक संगठनात्मक कार्यदिशामाथि अलग-अलग विचार छ भने तिनले पार्टी समितिको कार्यप्रणाली अनुसार आफ्ना विचार केन्द्रीय समितिमा पठाउन सक्नेछन्। आवश्यकता पर्दा केन्द्रीय समितिले यी विचारलाई आफ्नो रायसहित सम्पूर्ण पार्टीमा पठाउन सक्नेछ।
धारा ५३ : पार्टीमा सबै जनवादी बहसहरू केन्द्रीय समितिको नियन्त्रणमा वा त्यसको निर्देशनमा विशेष क्षेत्र/राज्य र क्षेत्रीय समितिहरू वा पार्टीका सबै स्तरमा पठाइनेछ।
भाग ११ : जनसेनामा पार्टी कार्य
धारा ५४ : जनसेना पार्टीको प्रमुख साधन हो। त्यसकारण पार्टी यो उपकरणको उपयोग क्रान्तिको कार्यलाई पूरा गर्नको लागि जनतालाई जगाउन, संगठित गर्न, परिचालन गर्न र हतियाबन्द गराउनमा गर्नेछ।
यसले सामाजिक उत्पादनमा पनि भाग लिनेछ। केवल दीर्घकालीन जनयुद्धको माध्यमबाट, सर्वोच्च हतियारको रूपमा जनसेनासहित पार्टीले साम्राज्यवाद, सामन्तवाद र दलाल ठूला पूँजीपतिहरूका हितको प्रतिनिधित्व गर्ने वर्तमान प्रतिक्रियावादी राज्यसत्तालाई उखेलेर फ्याँकी राजनीतिक सत्तामाथि कब्जा गर्ने काम गर्नेछ र यसरी एक नयाँ जनवादी राज्यको स्थापना गर्नेछ। यसले देशको रक्षा गर्नेछ, समाजवादो लक्ष्यसँगै नयाँ जनवादी क्रान्तिको जितको रक्षा गर्नेछ। पार्टीले मार्क्सवाद-लेनिनवाद-माओवादको हतियारबाट सेनालाई शिक्षित गर्नेछ।
धारा ५५ : पार्टीले शुरूदेखि नै सेनामाथि पूर्ण नियन्त्रण राख्नेछ। किनकि पार्टीले क्रान्तिको समग्र राजनीतिक रणनीति र कार्यनीति तय गर्दछ, त्यसकारण यसले दीर्घकालीन जनयुद्धको विकासको स्तरलाई सामुन्न राखेर सेनामा पार्टी संगठनको कामकाज र रूपलाई पनि तय गर्दछ। केन्द्रीय समितिद्वारा गठित केन्द्रीय सैन्य आयोगले पार्टीको सैन्य कार्यदिशा सँगसँगै केन्द्रीय समितिका नीति, निर्देशन र निर्णयहरू अनुसार सैन्य मामिलाको संचालन गर्नेछ। यो आलोकमा सैन्य अभियानको संचालनको लागि विभिन्न स्तरमा सैन्य आयोग र कमाण्डहरूको गठन गरिनेछ। जनसेनाको नेता र आयोजक हुनुको नाताले पार्टीले विभिन्न स्तरमा सेनाका सबै मामिलाहरूमा नेतृत्वदायी र अग्रणी भूमिका निभाउनेछ।
धारा ५६ : यो जनसेना तीन सैन्य बलहरूबाट गठित हुनेछ, जुन मुख्य बल, द्वितीयक बल र आधार बल हुन्।
धारा ५७ : हाम्रा छापामार सेनामा प्लाटून, कम्पनी र त्यसभन्दा माथिल्लो स्तरका सबै संरचनाहरूमा पार्टी कमिटीहरू हुनेछन्। पार्टी सदस्यहरूलाई लिएर पार्टी शाखाको गठन गरिनेछ। विभिन्न दस्तामा पार्टी सेल र शाखाहरू हुनेछन्। आवश्यक भएको ठाउँमा त्यही स्तरमा पार्टी कमिटीको गठन गरिनेछ. पार्टीका सदस्य पनि मिलिशियामा कायम रहनेछन् र त्यहाँ अग्रणी र नेतृत्वदायी भूमिका निभाउनेछन् ।
धारा ५८ : सैन्य संरचनाका सबै सदस्यले सम्बन्धित पार्टी समितिहरूको नेतृत्वमा कार्य गर्नेछन्। यी पार्टी समितिका निर्णयहरूलाई सम्बन्धित सैन्य संरचनाहरूद्वारा लागू र कार्यान्वयन गरिनेछ। पीएलजीएमा पार्टी सदस्यहरूलाई उनीहरूको सम्बन्धित स्तर अनुसार पार्टी सम्मेलन/प्लेनममा आमन्त्रित गरिन्छ। सामान्य रूपमा प्लाटून स्तर र त्योभन्दा माथिका सैन्य संरचनाहरूमा पार्टी समितिको चुनाव त्यस स्तरमा आयोजित सम्मेलनहरूमा गरिनेछ।
भाग १२ :
धारा ५९ : जनसंगठनहरूका कार्यकारी समितिहरूमा पार्टी फ्र्याक्सनहरूको गठन गरिनेछ। पार्टी फ्र्याक्सनले जनसंगठनका कार्यकारी समितिहरूलाई सही र ठोस स्थिति अनुरूप उचित पद्धति अपनाएर मार्गदर्शन गर्नेछन्। फ्र्याक्सन समितिहरूले गोप्य रूपमा कार्य गर्नेछन्। फ्र्याक्सनको मार्गदर्शन गर्ने पार्टी समिति/सदस्यको रायलाई अन्तिम राय मानिनेछ। यदि फ्र्याक्सन समितिका सदस्यहरूमा कुनै मतभेद भयो भने उनीहरूले आफ्नो राय लिखित रूपमा सम्बन्धित पार्टी समिति/उच्च समितिलाई पठाउनेछन्। सम्बन्धित पार्टी समितिले आ-आफ्ना स्तरमा विभिन्न जनसंगठनहरूका फ्र्याक्सन समितिहरूको मार्गदर्शन गर्नेछन्
भाग १३ : पार्टी कोष
धारा ६० : पार्टी कोष सदस्यता शुल्क, लेवी, डोनेशन, कर र अन्य सजायहरूको माध्यममबाट प्राप्त गरिनेछ।
धारा ६१ : पार्टीका सदस्यहरूद्वारा भुक्तान गरिने लेवी उनीहरूको सम्बन्धित राज्य समितिमा तय र जम्मा गरिनेछ।
Leave a comment