हरारीको पुस्तक ‘होमो डेयस (भविष्यको संक्षिप्त इतिहास)’ – एक अध्ययन

‘होमो डेयस : भविष्यको संक्षिप्त इतिहास’ जेरूसेलमको हिब्रू विश्वविद्यालयका इजरायली प्रोफेसर युवाल नोहा हरारीले लेखेको एक चर्चित पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०१५ मा हिब्रू भाषामा प्रकाशित भएको थियो भने सेप्टेम्बर २०१६ मा यसको अंग्रेजी संस्करण संयुक्त राज्यमा प्रकाशित भएको थियो। पछि फेब्रुअरी २०१७ मा अमेरिकामा पनि यो पुस्तक प्रकाशित भयो। यो पुस्तकमा लेखकले आफ्नो ऐतिहासिक सर्वेक्षणसँग सम्बन्धित नैतिक मुद्दाहरू सँगसँगै घटनाहरू र विशिष्ट मानवीय अनुभवहरूको वर्णन गर्दै चीजहरू घटित हुने तरीकाको विवरण दिन्छन्। उनी होमो सेपियन्सद्वारा एक प्रजातिको रूपमा आफ्नो अस्तित्व र विकासको क्रममा हासिल गरिएका क्षमताहरूमाथि बढी ध्यान केन्द्रित गर्दछन्, जुन अरूभन्दा उत्कृष्ट थियो। होमो डेयसमा मानवताको वर्तमान क्षमता र उपलब्धिको वर्णन गरिएको छ र भोलिको भविष्यवाणी गर्ने प्रयास गरिएको छ। यसमा एउटा मानिसले खुशी प्राप्त गर्ने, अमरता हासिल गर्ने र ईश्वरकै जस्तो शक्ति प्राप्त गर्ने प्रयासको संभावना उल्लेख गरिएको छ; यो ती सबै विचारहरूको आधार बन्दछ, जुन हरारीले होमो डेयसमा प्रस्तुत गरेका छन्।

सम्पूर्ण पुस्तकमा हरारीले विगत र वर्तमानका प्रमाणहरूको आधारमा भविष्यमा खुशी, अमरता र ईश्वरका जस्ता शक्तिहरूलाई महसुस गराउने धेरै तरीकाहरूमाथि अनुमान लगाएका छन्। उनका अनुसार होमो सेपियन्सले आफ्नो अस्तित्वको समयमा देखिएका धेरै उपलब्धिहरूको माध्यमबाट संसारको सार्थकतालाई अगाडि ल्याउनमा महत्त्वपूर्ण भूमिका खेल्यो। यद्यपि हरारीको मान्यता के पनि छ भने प्रविधिको प्रगतिको कारण होमो सेपियन्सले जीवनमा नियन्त्रण गुमाएको छ, जसबाट मानिसको आफ्नो जीवनलाई अर्थ दिने क्षमता कम भएको छ। समयसँगै पृथ्वीमा मानिसका उपलब्धीहरू र भविष्यमा यो कस्तो देखिन्छ भन्ने बारेमा उल्लेख गरिएका यी  विरोधाभाषी विचारले  नै यो पुस्तक पढ्नको लागि रोचक लाग्दछ।

सन् २०१७ मा प्रकाशित भएपछिदेखि नै होमो डेयसलाई धेरै पाठकहरूले रूचाए र पुस्तकले मिडियाहरूको अत्यन्तै ध्यानाकर्षित गर्‍यो। धेरै प्रसिद्ध मिडियाहरूले पुस्तकमाथि लेख र समीक्षाहरू प्रकाशित गरे। द गार्जियन र द न्यू योर्क टाइम्स जस्ता मिडियाहरूले आ-आफ्ना समीक्षाहरूको माध्यमबाट हरारीका भावनाहरूको विश्लेषण गरे। टाइम म्यागजिनले २०१७ का  शीर्ष दस गैर-काल्पनिक पुस्तकहरूमा स्थान दियो। यो पुस्तक अहिलेसम्म १५ भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ।

इतिहास विषयका इजरायली प्रोफेसर युवाल नोहा हरारीको जन्म २४ फेब्रुअरी १९७६ मा इजरायलको किर्यात आटा शहरमा भएको थियो। हरारी इजराइलको तेस्रो ठूलो शहर हाइफामा लेवनानी र पूर्वी यूरोपीय मूलको एक यहूदी परिवारमा हुर्किए। उनले १९९३ देखि १९९८ सम्म जेरूसलमको हिब्रू विश्वविद्यालयमा भाग लिए र त्यहाँ उनले मध्ययुगीन र सैन्य इतिहासमा विशेषज्ञता हासिल गरे। पछि उनी जीसस कलेज, अक्सपोर्डमा सामेल भए र त्यहाँ उनले २००२ मा डाक्टरेटको पढाइ पूरा गरे। उनले रोथ्सचाइल्ड परिवारद्वारा आर्थिक सहयोगबाट संचालित एक इजरायली परोपकारी फाउण्डेसन याद हनादिभमा इतिहास विषयमा पोस्ट-डक्टरेटको अध्ययन पनि गरे। अहिले हरारी धेरै प्रकारका पुस्तकहरू लेख्नु सँगसँगै जेरूसलमको हिब्रू विश्वविद्यालयमा इतिहास विभागका एक स्थायी प्रोफेसरको रूपमा काम गर्दछन्। उनी विश्व इतिहास र व्यापक ऐतिहासिक प्रक्रियाको बारेमा बढी लेख्दछन्। हरारीले लेखेको एक प्रशिद्ध पुस्तक सेपियन्स (मानव जातिको संक्षीप्त इतिहास) ३० भन्दा बढी भाषाहरूमा अनुवाद भएको छ। २०१६ मा प्रकाशित उनको यो पुस्तक ‘होमो डेयस’ ले २१औं शताब्दीमा मानिसद्वारा व्यवस्थित गरिने ठूला परियोजनाहरूको विश्लेषण गर्छ। यो पुस्तकका लाखौं प्रतिहरू विक्री भइसकेका छन्। हरारीको लेखनले चेतनाका अवधारणाहरू, बुद्धिको अर्थ र स्वतन्त्र इच्छाको विश्लेषण गर्दछ। यो उनको यही अवधारणा र उत्कृष्ट लेखन कौशल हो, जसले उनलाई धेरै पुरस्कार जित्न समेत सक्षम बनाएको छ। सन् २००९ र २०१२ मा उनले आफ्नो रचनात्मकता र मौलिकताको लागि  दुई पटक पोलोनस्की  पुरस्कार जिते। २०११ मा उनलाई सेनाको इतिहासमा एक उत्कृष्ट लेख (Runciman np) को लागि  ‘सोसाइटी अफ मिलिट्री हिस्ट्री’ बाट पुरस्कार मिल्यो। यी पुरस्कारको अतिरिक्त हरारीलाई सन् २०१२ मा ‘योंग इजरायली एकेडेमी अफ साइन्सेज’ को लागि चुनिएको थियो।

यो पुस्तकमा विषयवस्तुहरूलाई साहित्यको कुनै विशेष भागमा हावी हुने विचारहरूको रूपमा वर्णन गरिएको छ। लगभग सबै मामिलामा साहित्यका टुक्रा एउटा विषय वा तिनीहरूमध्ये धेरैमा केन्द्रित हुन्छन्। यहाँ ज्ञानलाई मानवीय अनुभव मानिएको छ। मानवतावादको प्रगतिसँगै मानिसले केही सच्चाइहरूको बारेमा कसरी जानकारी प्राप्त गर्दछन् भन्ने कुरा बदलिएको छ। उदाहरणको लागि,  मध्यकालीन युरोपमा ज्ञान तर्क र शास्त्रहरू बराबर छन्। वैज्ञानिक क्रान्तिको युगको क्रममा ज्ञानमा सुधार भएको थियो, किनभने यसलाई गणित र अनुभवजन्य तथ्याङ्कद्वारा परिभाषित गरिएको थियो। जबकि वैज्ञानिक क्रान्तिको युगमा मध्यकालीन युरोपीय युगबाट सुधार देखियो तर यसमा अर्थ र मूल्य जस्ता तत्वहरूको अभाव थियो। यसपछि मानवतावादी दृष्टिकोणको प्रयोगबाट संवेदनशीलता र अनुभवहरूको विकास भयो। यी अनुभवहरूले मानिसलाई आफ्ना संवेदनशीलता, भावना र संवेदनाहरूलाई सुधार्नमा मद्दत गरे। मानवतावादी दृष्टिकोणले जीवनलाई अज्ञानताबाट टाढा लैजाने एक विधिको रूपमा दर्शाउँदछ। यसको उद्देश्य आन्तरिक  परिवर्तन प्राप्त गर्ने मार्ग देखाउनु पनि हो।

यो पुस्तकले के दर्शाउँदछ भने मानवतावाद तीन मुख्य शाखाहरूमा विभाजित छ : समाजवादी मानवतावाद; उदार मानवतावाद र विकासवादी मानवतावाद। समाजवादी मानवतावादको मान्यता अनुसार मानिसहरूमा आफ्नो आत्म-अन्वेषणको उपयोग यसरी गर्ने क्षमता छ, जसले उनीहरूलाई आफ्नो जीवनमा सफलता प्राप्त गर्नमा सक्षम बनाउँदछ। उदार मानवतावादका अनुसार सबै मानिसहरू एक-अर्कोको लागि मूल्यवान मानिन्छ, जहाँ उनीहरू आफ्ना अनुभवहरुको उपयोग केही गतिविधिहरूलाई प्रभावित गर्नको लागि गर्न सक्दछन्, जसलाई संसारका मानिसहरूले महत्त्वपूर्ण मान्दछन्। अन्तमा विकासवादी मानवतावादले आफ्नो जरा डार्विनको विकासवादी सिद्धान्तबाट लिन्छ, विशेष रूपले जहाँ प्राकृतिक छनौट र संघर्षलाई मानवताको विकासको रूपमा जारी राख्दछ।

भीड व्यक्ति होइन – मानवतावादको लागि खतराहरूमध्ये एक समग्र रूपले तिनीहरूको महत्त्व हुने संभावना हुनु र व्यक्तिगत रूपले बढी सफलता प्राप्त गर्ने संभावना नहुनु हो। विज्ञानले के सुझाब दिन्छ भने ‘एल्गोरिदम’ को तुलनामा मानिस अहिले कम अद्वितीय छ। उनीहरूका विशेषताहरूले पनि पर्यावरणीय र आनुवंशिक दुवै कारकहरूबाट आकार लिन्छन्। यद्यपि बाहिरी एल्गोरिदमले मानिसले स्वयं जान्नेभन्दा धेरै बढी जान्ने संभावना छ। एल्गोरिदमलाई पनि महत्त्वपूर्ण मानिन्छ, किनभने तिनीहरूमा मानिसहरूलाई दास बनाउने संभावना कम हुन्छ। उनीहरूले मानिसहरूलाई एक एकीकृत रूपमा तिनीहरूको महत्त्वको महसुस गराउन सक्दछन्, जहाँ उनीहरू आफ्नो बुद्धिमा सुधार गर्न सक्दछन्।

प्रश्न के उठ्छ भने के विवेक गुमाएर मानिसले आफ्नो मार्ग गुमाउनेछ, खासगरी तथ्याङ्क र प्रविधिको प्रयोगबाट। मानिसलाई श्रेष्ठ, अचेतन एल्गोरिदममा बदलिंदैछ। तथ्याङ्कसँग जोडिएका  नकारात्मक अवधारणाहरूको बाबजुद अझै पनि कुनै स्ष्ट संकेत छैन कि यो मानवतावादभन्दा अगाडि जानेछ। होमो सेपियन्स सामान्यतः यसरी अगाडि बढेको छ कि उसको वरिपरिको संसारको बारेमा उसको धारणामा सुधार आएको छ, यसको साथसाथै उनीहरूसँग यसको लागि मूल्य पनि छ।

डेभिड रनसीमनका अनुसार हरारी आफ्नो कितावमा जे कुरा गरिरहेका छन्, त्यसको भविष्यवाणी नगर्ने र विशेष रूपमा मानिसको बारेमा भविष्यवाणी नगर्ने कुरालाई लिएर सावधान रहन्छन्। हरारीलाई थाहा छ – भविष्य अज्ञात छ र उनी पछि गलत निर्णय लिइयोस् भन्ने चाहँदैनन्। जहाँ लेखकले संभावित भविष्यको बारेमा आफ्ना सबभन्दा महत्त्वपूर्ण विचारहरू राख्ने विकल्प चुने, त्यहाँ रनसीमनको मान्यता अनुसार यो मानिस र जनावरहरूको बीचमा वर्तमान सम्बन्धको एक अप्रत्यक्ष सन्दर्भ हो। मानिस बुद्धिका जनावरहरूको समान स्थितिमा हुन्छन्,जहाँ  चेतना अलग गर्ने कारक बन्छ र संभवतः ती मानिसहरूको हातमा पीडित हुन्छन्, जससँग अधिक बुद्धि हुन्छ। रनसीमन पनि हरारीद्वारा प्रस्तुत विचारसँग सहमत देखिन्छन्। उनी के संकेत गर्दछन् भने मानिस र जनावरहरूको बीचमा देखिने अधिकांश परिवर्तन तिनीहरूको एक-अर्कोको बीचमा साझा गरिने कुराकानीमा आधारित हुन्छन्, यसको साथै तिनीहरू आफ्नो वरिपरिको वातावरणलाई कसरी बुझ्छन्। यसरी यो मामिलाले के कुराको संकेत गर्दछ भने निकट सम्पर्कसँगै मानिस र जनावर केही वशेषताहरूलाई साझा गर्ने र बुद्धिको उत्कृष्ट स्तर प्राप्त गर्ने संभावना राख्दछन्।

डेभिड रनसिमनका अनुसार हरारीलाई के कुराको चिन्ता छैन भने रोबोटले मानिसहरूसँग त्यस्तै व्यवहार गर्नेछ, जस्तो उनीहरू झिंगाहरूसँग हिंसा र रूचिको कमीसँगै गर्दछन्। यसको साटो उनी के चाहन्छन् भने मानिसले औद्योगिक कृषि प्रणालीमा जनावरहरूसँग कस्तो व्यवहार गर्दछन् भन्ने कुरामाथि विचार गरोस्। उदाहरणको लागि जब सुँगुरहरूले असुविधाजनक परिस्थितिहरूको सामना गर्नुपर्दछ वा जब उनीहरू बच्चाहरूबाट अलग हुन्छन्, तब उनीहरूलाई पीडा हुन्छ। हरारीको मन्यता अनुसार मानिसहरूले जनावरहरूसँग व्यवहार गर्ने तरीकामा परिवर्तन हुनुपर्दछ किनभने समयसँगै मानिसहरूले पनि संभवतः यही प्रकारको सामना गर्नुपर्ने हुनसक्छ। यस्ता परिवर्तनहरूको माध्यमबाट तिनीहरूलाई अन्य जनावरहरूको विरूद्ध जुन प्रमुख लाभ प्राप्त छन्, त्यसलाई अक्षुण्ण राख्ने संभावना हुन्छ। अन्तरभावनाहरूको पक्षमा आँकिएको छ, जहाँ उनी अन्य जनावरहरूको लागि के महत्त्वपूर्ण छ भन्ने कुरा निर्धारित गर्ने संभावना राख्दछन्। यसको साथै उनी विशिष्ट उपाय पनि चुन्न सक्दछन् ताकि जनावरहरूलाई तिनीहरूको जीवनका विभिन्न चरणमा उत्कृष्ट जीवनको परिणाम प्राप्त होस् भन्ने कुरा सुनिश्चित गर्न सकियोस्।

जेनिफर सीनियरका अनुसार हरारी ‘होमो डेयस’ को बीचमा भएका परिवर्तनहरूको वर्णन गर्नमा धेरै अगाडि छन्, जसले मानिसहरूको कौशलमा प्रगति देखेको छ। यसप्रकार भविष्यका मानिसमा वर्तमानको तुलनामा उत्तम विशेषताहरू हुने संभावना छ। सीनियर हरारीलाई प्रभावकारी र स्पष्ट तरीकबाट प्रस्तुतिको लागि तथा स्रोतहरूको एक विस्तृत श्रृंखलाबाट जानकारी संश्लेषित गरेकोमा धेरै सम्मान दिन्छन्। उनका अनुसार लेखकसँग पाठकलाई मानिसभित्र भएका परिवर्तनहरू अनुरूप विभिन्न सिद्धान्तकारहरूद्वारा राखिएका दृष्टिकोणहरूको एक विस्तृत श्रृंखला देखाउने मौका छ। सीनियरका अनुसार हरारीले होमो डेयसबाट धारण गरिएका  विभिन्न पदहरूद्वारा प्रदर्शित विशिष्टता पनि देखाए। विशेष रूपले प्रत्येक चरणमा उनका बीचमा अलग-अलग विशेषताहरूको विकास भयो, जसबाट उनलाई विभिन्न गतिविधिहरू संचालन गर्नमा सहज भयो। यसलाई उनका पूर्ववर्तीहरूले उचित रूपमा सम्हाल्न सकेनन्।

सीनियरको तर्क अनुसार पुस्तक पढ्दै गर्दा पाठक बढी तयारी अवस्थामा रहनु आवश्यक हुन्छ, जसबाट उनीहरूलाई पढ्ने क्रममा विभिन्न अन्तर्दृष्टिहरूको बारेमा बढी आलोचनात्मक हुने कुराको अनुमति मिल्दछ। के मानिन्छ भने हरारीद्वारा प्रदान गरिएका केही जानकारीहरूको वैधता र तर्कको अभावको कारण धेरै विद्वानहरूले आलोचना गरेका छन्। त्यसकारण,  ‘होमो डेयस’ को सोच लेखक स्वयंको अनुमानबाट बढी निर्धारित हुन्छ, जहाँ अन्य व्यक्तिहरूद्वारा राखिएका विचारहरूसँग स्थिरताका केही स्तरहरूलाई कायम राख्नको लागि धेरै कम छ, किनकि यो विशेष रूपले वर्तमानको समग्र विकाससँग सम्बन्धित छ। यद्यपि हरारी एक निर्वाध तर्क प्रदान गर्दछन्, तर पनि यसमा केही यस्ता तत्व छन्, जसमा वास्तविकताका  प्रमाणहरूको कमी छ र यसमा सामेल जानकारीको सटिकता निर्धारित गर्नको लागि थप जाँच गर्ने आवश्यकता हुनसक्दछ। यसको साथै अन्तर्दृष्टि पनि हुन सक्दछन्, जुन हुन सक्दैनन्। मानिसले अहिलेसम्म जुन महान प्रगति गरेको छ, त्यसलाई निर्धारित गर्नमा यो आवश्यक छ।

रीकू सयुजका अनुसार ‘होमो डेयस’ एक युगान्तकारी विकासको भविष्वाणीको खोजको प्रतिनिधित्व हो; जस्तो कि अपेक्षित थियो, विकास भयो र व्यक्तिहरूको जीवनभित्र विभिन्न क्षेत्रहरूमा प्रगति देखियो, जसमा कृषि,  संज्ञानात्मक क्षमताहरू र औद्योगिक क्रान्ति सामेल थिए। के देखिन्छ भने सयुजले मानवद्वारा गरिएका विकासहरूको माध्यमबाट हासिल गरिएका सफलताहरूको प्रतिनिधित्वको लागि हरारीको सराहना गरे, विशेष रूपले होमो डेयससँग सम्बन्धित सफलताहरूको लागि। विशेषगरी मानव जातिले विगत कैयौं वर्षहरूमा सामना गरेका केही प्रमुख शत्रुहरूलाई हराउने मौका पाएको छ, जसध्ये केही युद्ध र अनिकाल पनि सामेल छन्। उनका अनुसार लेखकले यी कुरा बताउँदै जानकारीलाई सही ढंगले प्रस्तुत गरेका छन् – कसरी मानिस विभिन्न तरीकाहरूलाई निर्धारित गर्नको लागि निरन्तर अघि बढिरहेको छ, जसको माध्यमबाट ऊ आफ्नो अस्तित्वको खोजी गर्न सक्दछ, एउटा अवधारणा जुन प्रमुख रूपले सामुन्ने आउने केही चुनौतीहरूबाट पार पाउने पक्षमा आधारित छ। वर्षौदेखि यसमा सफलता प्राप्त गर्नको लागि कडा उपायहरू स्थापित गरिएका छन्। सयुजको घोषणा अनुसार हरारी भविष्यमा हुने परिवर्तनहरूलाई देखाउनमा सत्यवादी रहेका छन्। उदाहरणको लागि, मानिस मेशिन जस्तै बन्नको लागि अगाडि बढिरहेको छ, कसरी मानिसहरूले विभिन्न क्षेत्रहरू वा उद्योगहरूमा आफ्नो दक्षतामा थप सुधार गर्नको लागि स्वचालनको खोजी गर्नमा लगातार लक्ष्य राखेका छन् भन्ने तथ्यबाट यसको संकेत मिल्दछ। जसरी मानिसले आफ्ना प्रथाहरूलाई अगाडि बढाउन चाहन्छ, निरन्तर सफलताको लागि संघर्ष संभवतः मानवताको मूल्यमाथि हुनेछ।

होमो डेयसमा हरारीले घटित नभएका कुराहरूको पनि इतिहास लेखेका छन्। उनले वर्तमान तथ्यहरूको आधारमा भविष्यको इतिहास तयार गरेका छन्। यो पुस्तकमा विषयवस्तु आफैमा अनौठा छन्। हरारीका अनुसार मानिस ईश्वर बन्नमा धेरै निकट पुगिसकेको छ। यो पुस्तक मानव सभ्यतामा सर्वोच्चता भावको बढ्दो संघर्षको कथा हो। लेखकका अनुसार मानिस ईश्वरको ठाउँ लिन चाहन्छ तर धेरै ठूलो संख्यामा मानव जातिको सामु बेकार हुने खतरा रहेको छ। हरारीले प्रविधिमा बढ्दो निर्भरता र दैनिक बढिरहेको वैज्ञानिक प्रगतिको आधारमा भविष्यको कहानी उल्लेख गरेका छन्। उनले डाटा विश्लेषण र कृत्रिम बौद्धिकताले मानिसमाथि कम्प्यूटर हावी हुने कुरा उल्लेख गरेका छन्। मानवीय भावना र संवेदनाहरूलाई यन्त्रले नियन्त्रण गर्नसक्ने संभावनालाई उल्लेख गरेका छन्। लेखकले तीव्र रूपमा खत्तम भइरहेका जंगलहरू, लोप भइरहेका पशुपक्षीहरू र ग्लोबल वार्मिङको पनि चर्चा गरेका छन्। पुस्तकमा मानव सभ्यताका नवीनतम् परिवर्तनहरूको रूपमा रेखांकित गर्दै कैयौं पक्षहरूलाई उद्घाटित गरिएको छ। यसले मानव सभ्यताको इतिहास र वर्तमानसँग जोडिएका घटनाहरूबाट भविष्यको इतिहास लेख्दछ।

अध्याय अनुसार पुस्तकको सारांश

पुस्तकको पहिलो अध्यायद न्यू ह्यूमन एजेण्डा’ हो। यसले एक परिचयात्मक अध्यायको रूपमा कार्य गरेको छ। यसमा केही चुनौती र उपलब्धीहरूको विवरण दिइएको छ, जसलाई मानिसले समयसँगै अनुभव गरिरहेको छ। यो अध्यायमा हरारी अतीत र भविष्यमाथि चर्चा गर्दछन्, विशेष रूपमा तेस्रो सहस्राब्दीमा के अनुभव गर्न सकिन्छ भन्ने सम्बन्धमा। लेखक ती चुनौतीहरूको चर्चा गर्दछन्, जसको सामना मानिसहरूले अन्य समयमा गर्नुपर्‍यो, जस्तो कि महामारी, भोकमरी र हिंसा। तेस्रो सहस्राब्दीमा मानवता अकाल, प्लेग र युद्धमा ‘लगाम’ लगाउनमा कामयाव रह्यो। यसरी नै भविष्यमा मानिसहरूले ती समस्याहरूलाई समाधान गर्नुपर्ने संभावना छ, जुन वर्तमानमा हाम्रो लागि एक ठूलो टाउको दुखाइको विषय छ। हरारी कुन कुरामाथि पनि चर्चा गर्दछन् भने भविष्यका मानिस आफ्नो सामुन्ने आउने चुनौतीहरूको समाधानमा धेरै सक्रिय रहनेछन्। उदाहरणको लागि उनीहरूले अकालको स्थितिको सामना गर्नुपर्दा यसलाई भाग्यमाथि छोड्ने संभावना कम हुन्छ; बरू उनीहरू यसलाई भ्रम मान्नेछन् र यस्तो कहिल्यै हुन दिँदैनन्। लेखकका अनुसार यस्ता असफलताहरूको सामना गर्दा हामी अब आफ्ना काँध हल्लाउँदैनौं। अर्को शब्दमा,  उनीहरू आफ्नो सामु आउने असफलताको सामना गर्नको लागि विशिष्ट रणनीतिहरूको पहिचान गर्न इच्छुक हुन्छन्। तिनको मान्यता अनुसार उनीहरूका सामु आउने विभिन्न समस्याहरूसँग लड्नको लागि धेरै कुरा हुन्छ, त्यसकारण समस्याहरूका कारणहरूलाई निर्धारित गर्न र यसलाई प्रभावकारी ढंगले सम्हाल्नको लागि पर्याप्त प्रगति गर्न मानिस जाँच आयोग स्थापित गर्नमा बढी रूचि लिनेछन्। रणनीतिको लक्ष्य यस्ता स्थितिहरूलाई पुनः घटित हुनबाट रोक्नु पनि हुनेछ।

लेखक कुन कुरामाथि पनि चर्चा गर्दछन् भने प्रत्येक गुज्रिरहेको वर्षसँगै मानिस महामारीको सामना गर्नुको कारणले बढीभन्दा बढी चिन्तित भएको छ, जसमध्ये केही सार्स, इबोला, स्वाइन फ्लू र ब्लाक डेथ……सामेल छन्। चुनौतीहरूको बाबजुद मानिस समयसँगै यिनीहरूलाई नियन्त्रण गर्नमा सफल भएको छ, जहाँ अब तिनीहरूको प्रभाव प्रारम्भिक स्थापनाको तुलनामा कम छ। यसप्रकार स्थितिले के संकेत गर्दछ भने भविष्यका मानिस अझ बढी परिष्कृत र ती विभिन्न स्वास्थ्य समस्याहरूको समाधानमा सक्षम हुनेछन्, जसको हामी आज सामना गरिरहेका छौं। ठीक त्यसरी नै जसरी ‘चिकेनपक्स’ लाई पूर्ण रूपले समाप्त गरिएको थियो, भविष्यका मानिसहरूमा उनीहरूको सामु आउने विभिन्न रोगहरूलाई पूर्ण रूपले खत्तम गरिरिदिने धेरै संभावना छ।

हरारीद्वारा प्रस्तुत विचारले केही प्रमुख परिणाम प्रस्तुत गर्दछन्, जुन तेस्रो सहस्राब्दीमा प्राप्त गर्न सकिन्छन्। अतीतमा गरिएका प्रगतिहरूले भविष्यमा धेरै उत्कृष्ट परिणामहरूको संभावना दर्शाउँदछन्, किनभने मानिसले अनुसन्धान कार्यलाई जारी राख्दछ। लेखका अनुसार घातक रोगहरूको क्षेत्रमा भएको प्रगतिले भविष्यको पुस्तालाई आशावादी देखाउँदछ। विशेष रूपले उनको मान्यता अनुसार मानिसका जटिलताहरू र बुद्धिमा वृद्धि हुने संभावना छ, जसबाट उनीहरू आफ्नो सामुन्ने आउने समस्याहरूलाई बढी सक्षमतापूर्वक सम्हाल्न सक्नेछन्।

दोस्रो अध्याय ‘द एन्थ्रोपोसिनमा’ मा लेखक मानिस ती विशेषताहरूलाई प्राप्त गर्नको लागि विकसित भएको हो, जुन जनावरहरूको तुलनमा धेरै उत्कृष्ट छ भन्ने दृष्टिकोण प्रस्तुत गर्दछन्। विशेष रूपले उनले के नोट गरे भने मानिस त्यस बेलादेखि ‘ईश्वर’ बनेको हो। पदको बाबजुद तिनीहरूले त्यो दया र न्याय कायम राख्नको लागि धेरै कम काम गरे, जसको श्रेय सामान्यः देवताहरूलाई दिइन्छ; बरू उनीहरूले आफ्ना घृणित कार्य जारी राखेका छन्, जसको कारण जनावरहरूको संख्यामा उल्लेखनीय गिरावट आएको छ, विशेष रूपले जंगली जनावरहरूको संख्यामा। कुन जनावरलाई जीवित राख्ने र कुनलाई मारिदिने भन्ने कुराको छनौट मानिसले गर्दछन्। यसरी आज जर्मनीमा केवल सयभन्दा कम ब्वाँसा छन्, जबकि देश पाँच लाखभन्दा बढी पाल्तु कुकुरहरूको घर हो। यो अध्यायमा के कुरा पनि बताइएको छ भने जहाँ संसारमा केवल ४० हजार सिंह बचेका छन्, त्यहीँ लगभग ६०० मिलियन पाल्तु बिरालाहरू छन्। हरारीका अनुसार के स्पष्ट छ भने “एन्थ्रोपोसीनले संसारलाई अभूतपूर्व तरीकाले बदलिदिएको छ।” यसको प्रभाव प्रायः जलवायु परिवर्तनमा देखिन्छ, एक यस्तो स्थिति, जसले संसारमा विभिन्न जनावरहरूको वितरणलाई बदलिदिएको छ, तिनीहरूमध्ये केहीको संख्यामा कमी आएको छ।

यो अध्यायमा के बताइएको छ भने कृषि र औद्योगिक क्रान्तिहरूको उदयको जनावर र मानिसहरूको बीचमा विद्यमान सम्बन्धहरुमाथि कति ठूलो प्रभाव पर्‍यो होला। मानिसले लगातार कुन विचार बनाइराखेको छ भने उसको खाद्यान्नको बढ्दो आवश्यकताको कारण धेरै भूमिको खोजी गर्नु आवश्यक भएको छ । यसको अर्थ के हुन्छ भने जंगली जनावरहरूको बासस्थान संभावित रूपले नष्ट हुनेछ र यसबाट तिनीहरूको संख्यामा गिरावट आउनेछ। घरेलु पशुहरूको संख्या (जसमध्ये केहीलाई खाद्यान्नको उद्देश्यले पालिन्थ्यो) पनि मानिसको एकमात्र लाभको लागि धेरै वृद्धि भएको छ। लेखक यो तथ्यलाई पनि अगाडि राख्न चाहन्छन् कि कृषि क्रान्तिद्वारा गरिएका परिवर्तनहरूले अब घरेलु जनावरहरू र अझै पनि जंगली जनावरहरूको बीचमा एक मुख्य समानता विकसित गरिएको छ। उदाहरणको लागि,  जहाँ  जंगली सुँगुर सिंहका संभावित आक्रमणहरूको क्रममा  खाना र पानीको खोजीमा जंगलमा रहन्छन्, त्यहीँ मानिसद्वारा पालिएका सुँगुरलाई “शिकारी र प्राकृतिक विपतहरूको विरूद्ध” सुरक्षित र संरक्षित राखिन्छ।

मानिसको विकासलाई एक महत्त्वपूर्ण अवधारणा मानिएको छ। विकासले मानिसहरूलाई केही यस्ता ऐतिहासिक विशेषताहरू हासिल गर्ने मौका दिन्छ, जसले उनीहरूलाई बढी नियन्त्रण गर्नको लागि विवस बनाउँदछ। लेखकका अनुसार, “होमो सेपियन्सले ती अवरोधहरूलाई तोडिदियो, जसले संसारलाई स्वतन्त्र पारिस्थितिक क्षेत्रहरूमा विभाजित गरेको थियो।” हरारीले प्रकृतिलाई वशमा पार्नको लागि मानिसद्वारा अपनाइएका तरीकाहरूलाई देखाउन निर्विवाद तथ्यहरूलाई लागू गरे। यो तर्कको माध्यमबाट उनको उद्देश्य मानिसको बढिरहेको क्षमतालाई देखाउनु हो, जसले आफ्नो अस्तित्वको खोजीमा प्रकृतिमाथि धेरै उत्कृष्ट नियन्त्रण प्राप्त गर्नको लागि आफ्नो शक्तिको उपयोग गर्न जारी राख्दछन्। हरारीले मानिसहरूका कार्यहरूको जनावरहरूमाथि अप्रत्यक्ष प्रभाव पर्दछ भन्ने कुरा पनि देखाएका छन्। उदाहरणको लागि, ग्लोबल वार्मिङलाई मानवीय गतिविधिहरूको अवांछनीय परिणाम मानिन्छ, जसले जनावरहरूको अस्तित्वलाई नोक्सान पुर्‍याउँदछ।

तेस्रो अध्याय ‘द ह्यूमन स्पार्क’ मा हरारी होमो सेपियन्स संसारको सबभन्दा शक्तिशाली प्रजाति हो भन्ने कुरा नोट गर्दछन्। उनी होमो सेपियन्सले संसारका अन्य जनावरहरू – ब्वाँसा, हात्ती र सुँगुर……..को तुलनामा उत्कृष्ट नैतिक अधिकार राख्दछन् भन्ने कुरा पनि संकेत गर्दछन्। यसप्रकार उनीहरूसँग तिनीहरूको विरूद्ध केही स्तरको अधिकार प्रयोग गर्ने शक्ति छ, जसबाट के थाहा  हुन्छ भने मानिस आफ्नो इच्छा अनुसार कुनै पनि कार्यमा सामेल हुने विकल्प चुन्न सक्दछन्। उनी यो  कुरा पनि संकेत गर्दछन कि महत्त्वको दृष्टिकोणले मानिस जनावरहरूसँग सम्बन्धबाट अगाडि बढिसकेको छ। हरारी घोषणा गर्दछन् – केवल होमो सेपियन्ससँग मात्र सचेतन दिमाग हुन्छ, जसबाट ऊ उत्कृष्ट ढंगले सोच्न र अरूको लागि चिन्ता देखाउनमा सक्षम हुन्छ। लेखक विभिन्न भौगोलिक स्थानहरूबाट मानिसको बीचमा एक स्पष्ट अन्तरतिर पनि संकेत गर्दै अगाडि बढ्दछन्। उदाहरणको लागि, अमेरिकीहरूको एक सामान्य धारणा के छ भने उनीहरू अन्य देशका मानिसहरूको तुलनामा बढी मूल्यवान छन्, जस्तो कि अफगानी। परिणामस्वरूप, उनीहरूलाई आफ्नो इच्छा अनुसार कुनै पनि प्रकारको कार्वाहीमा सामेल हुने मौका मिल्छ, जसबाट संसारमा उनीहरूको स्थिति साथै उनीहरू सम्मानको हकदार भएको कुरा देखाउने एक तरीका हो। हरारीका अनुसार विभिन्न मानव समूहहरूको बीचमा संघर्ष छ, जसले राम्रोसँग कुराकानी गर्ने उनीहरूको क्षमतालाई घटाउँदछ। यसबाट सहयोग गर्ने र उनीहरूद्वारा अनुभव गरिने उल्लेखनीय चुनौतीहरूको सामना गर्ने क्षमता पनि कम हुनजान्छ।

लेखक कसरी मानिसका विचारहरूको बाबजुद अन्य प्राणी पनि त्यति जटिल छन्, जति उनीहरू छन् भन्ने कुरा दर्शाउँदछन्। उदाहरणको लागि, यहाँसम्म कि एककोशीय जीवहरूमा पनि धेरै कम अंग हुन्छन्, जसले उनीहरूलाई प्रकाश र अध्यारोलाई अलग गर्ने क्षमता प्रदान गर्दछन्, तर पनि यो त्यही विशेषता हो, जुन मानिसका आँखाहरूद्वारा साझा गरिन्छ। यसप्रकार संसारमा सबै जीवले विभिन्न प्रकारका जटिलताहरूलाई साझा गर्दछन्, जसलाई वेवास्ता गर्नुहुँदैन। र, यो सुनिश्चित गर्नको लागि अरू धेरै उपाय गरिनु आवश्यक हुन्छ कि सबै प्राणी र मानिसहरूलाई एक-अर्कोको अस्तित्वको लागि समान रूपले महत्त्वपूर्ण तथा महान प्रभावयुक्त मानियोस्।

लेखकको सुझाव अनुसार मानिस जनावरहरूको तुलना धेरै शक्तिशाली छ, यो दावी धेरै तर्कपूर्ण छ। विभिन्न अवधारणाहरू शक्तिसँग सम्बन्धित छन् र यिनीहरूलाई केवल एक चरद्वारा परिभाषित गर्न सकिंदैन। यद्यपि के कुरा साँचो छ भने मानिसहरूमा केही जटिलताहरू हुन्छन्, जुन कुनै अरू जनावरहरूमा हुँदैन, तर के पनि मानिन्छ भने ती सबै महत्त्वपूर्ण छन् र यसरी उनीहरूमा केही विशेषताहरू छन्, जसले उनीहरूलाई अद्वितीय बनाउँदछ। लेखकका अनुसार “जित लगभग प्रायः तिनीहरूकै हुन्छ, जसले राम्रो सहकार्य गरेका छन्।” मानिस र जनावर दुवै एक-अर्कोको लागि धेरै लाभकारी छन् र त्यसकारण यस्तो सम्बन्ध बनाउन सक्दछन्, जसले एक-अर्कोलाई अस्तित्वमा रहनमा सहयोग गर्नेछन्।

चौथो अध्याय ‘द स्टोरीटेलर्स’ मा हरारी जनावर र होमो सेपियन्सको बीचमा विद्यमान विरोधाभासमाथि चर्चा गर्दछन्। उदाहरणको लागि, उनी के संकेत गर्दछन् भने जनावर (जस्तो कि चिम्पान्जी र ब्वाँसाहरू……), “दोहोरो वास्तविकता” मा रहन्छन् र आफ्नो पर्यावरणमा विभिन्न वस्तुहरूको बारेमा पूर्ण रूपले जागरूक हुन्छन्। जनावरहरूलाई घेर्ने केही वस्तुहरूमा चट्टान, रूख र नदीहरू सामेल छन्। यसको साथै उनीहरू आफ्नो जीवनमा यस्ता वस्तुहरूको प्रभावबाट सचेत हुन्छन्, किनभने यी उनीहरूलाई भयभीत, खुशी र इच्छायुक्त बनाउनुसँग सम्बन्धित हुन्छन्। यसको विपरीत “सेपियन्स त्रि-स्तरीय वास्तविकतामा रहन्छन्” । यसप्रकार रूख, नदी र चट्टानहरूलाई जान्नुको अतिरिक्त होमो सेपियन्ससँग धन, निगम, राष्ट्र र देवताहरूको बारेमा पनि जानकारी हुन्छ – जसबाट उनीहरू प्रस्तुत गरिएका विशिष्ट तत्वहरूको प्रभाव कसरी पर्ने संभावना छ भन्ने कुरा जान्नको लागि बढी सक्षम हुन्छन्। होमो सेपियन्सको लागि केही उल्लेखनीय निगमहरूमा गुगल, माइक्रोसफ्ट, आदि सामेल छन्।

यो कुरा देवताहरूसँग सम्बन्धित भएकोले होमो सेपियन्सका केही समूह येशु र उनका शिक्षाहरूका अनुयायी देखिन्छन् र उनीहरूलाई ईशाई भनिन्छ। उनीहरूको धारणा के छ भने उपायहरूको माध्यमबाट विश्वव्यापी मान्यता प्राप्त गर्नको लागि उठाइने विशिष्ट कदमहरूको पहिचान गर्दै आफ्नो जीवनमा केही स्तरको सन्तुष्टि प्राप्त हुने संभावना छ, जुन उनीहरूको लागि महत्त्वपूर्ण हुनेछ। यसले संभवतः होमो सेपियन्सलाई ती विशिष्ट नैतिक कार्यहरूको पहिचान गर्नको लागि प्रेरित गर्नेछ, जसको तिनीहरू संसारमा पालन गर्ने संभावना राख्दछन्; यसको साथै उदारवादको स्तरको पनि निर्धारण गर्नेछन्, जुन उनीहरूको हुने संभावना हुन्छ। हरारीका अनुसार देवता “मानव कल्पनाको अतिरिक्त कतै पनि अस्तित्वमा थिएनन्”, र उनीहरूको उद्देश्य मानिसद्वारा हासिल गरिएका  प्रायः उपलब्धिहरू कुनै रहस्यमय शक्तिहरूको देन नभएर उनीहरू स्वयंको देन हो भन्ने देखाउनु हो।

जनावरहरू र होमो सेपियन्सको बीचमा अन्तरलाई प्रदर्शित गर्नको लागि (विशेष रूपले यस सम्बन्धमा उनीहरू आफ्नो वरिपरिको वातावरणलाई कसरी बुझ्छन्) हरारीको उद्देश्य मानिसहरूको श्रेष्ठतालाई दोहोर्‍यानु हो। जनावर र मानिसहरूमा आफ्नो पर्यावरणको सम्बन्धमा क्रमशः द्वी-दृष्टिकोण र त्रि-दृष्टिकोणमा अन्तर पनि तिनको दृष्टिकोणलाई देखाउनमा महत्त्वपूर्ण छ। लेखकको लक्ष्य मानिसहरूलाई बढी मूल्य दिने आवश्यकतालाई दर्शाउनु हो, तर पनि उनीद्वारा प्रदान गरिएका अधिकांश जानकारी पोस्ट गरिएका दावीहरूको विपरीत छन्। उनी के देखाउँदछन् भने जनावरहरू र प्रकृतिका अन्य तत्वहरूको स्थानको सम्बन्धमा मानिसहरूको उल्लेखनीय नकारात्मक परिणाम भएका छन्। उनका अनुसार “जसरी इतिहास सामुन्ने आयोग, नदीहरू, भय र इच्छाहरूको मूल्यमा देवताहरू, राष्ट्रहरू र निगमहरूको प्रभाव बढ्दै गयो।” यो विचार पनि सत्य छ कि निगम, राष्ट्र र देवताले मानिसहरूलाई जनावरहरूबाट अलग गर्दछन्। यसप्रकार यो स्थिति यस्ता मानिसहरूलाई पर्यावरणप्रति बढी जागरूक बन्न र एक-अर्कोसँग घनिष्ठ सम्बन्ध बनाउनको लागि आफ्नो जीवनमा गरिने परिवर्तनहरूको बारेमा जागरूक गर्नमा सफलता प्राप्त गर्ने संभावना हो।

पाँचौं अध्याय ‘द अड कपल’ ले मानव समाजहरूको बीचमा कथाहरूको भूमिकामाथि प्रकाश पार्दछ। लेखकको भनाइ अनुसार कथाहरू “वस्तुनिष्ट वास्तविकतामा हावी हुन्छन्”, यसरी सजिलैसँग सत्यापनयोग्य र वैधता स्थापित हुन्छ। उनको सुझाब के छ भने निगमहरू (कर्पोरेसन्स), राष्ट्रहरू र देतावहरूसँग सम्बन्धित कथाहरूले संसारभरी केन्द्रीय स्थान लिएको छ र मानिसहरूको बीचमा एक महत्त्वपूर्ण भूमिका निभाएको छ। यसबाट परिप्रेक्ष्य र सम्बन्धको विश्वव्यापी रूपको विस्तार भएको छ, जुन उनीहरूलाई एक-अर्कोसँग राख्नु आवश्यक हुन्छ।

हरारीको भनाइ अनुसार “मिथक मानव जातिमा हावी छ”, जहाँ मानिसहरूको जीवनको वरिपरिका विभिन्न अवधारणाहरूको बारेमा विश्वास उनीहरूद्वारा गरिएका कार्यहरूको एक प्रमुख निर्धारक थियो। उदाहरणको लागि, बाइबल, स्वर्गको आदेश वा सोबेकका महान देवतामा विश्वासले मानिसहरूलाई चार्ट्रेस क्याथेड्रल, चीनको ग्रेट वाल र फ्यूम ताललाई विकसित गर्नको लागि प्रेरित गर्‍यो। यो धर्ममा विश्वास पनि हो, जसले के दर्शाउँदछ भने “मानिस नैतिक कानूनहरूको एक प्रणालीको अधीनमा छ, जसको हामीले आविष्कार गरेका होइनौं र जसलाई हामी बदल्न सक्दैनौं।” यसरी मानिसलाई एक धेरै उच्च शक्तिद्वारा निर्देशित गरिन्छ, जसले जीवनको सम्बन्धमा उनीहरूले कुन प्रकारका मान्यताहरू र धारणाहरूलाई कायम राख्नु आवश्यक भन्ने कुरा निर्धारित गर्दछ।

पाँचौं अध्यायमा बताइए अनुसार कथाहरू समयसँगै भएका परिवर्तनहरू सँगसँगै मानव जीवनमा तिनीहरूको प्रभावलाई देखाउनमा महत्त्वपूर्ण छन्। यसले “आधुनिक संसार पूर्व-आधुनिक संसारभन्दा धेरै फरक छ” भन्ने विचारलाई पनि अगाडि बढाउँदछ। के मानिन्छ भने मानिसहरूको वर्तमान स्थितिलाई प्रभावित गर्ने घटनाहरूबाट पाठ लिने उनीहरूको क्षमतामा सुधार हुने संभावना छ, यसको साथै ती कार्यहरूबाट पनि, जुन उनीहरू त्यही उद्देश्यको लागि चुन्दछन्। मानिसहरू आफ्ना नैतिक मान्यताहरूबाट पनि राम्रोसँग निर्देशित हुन्छन्। यद्यपि हरारी के देखाउँदैनन् भने समाजमा उचित नैतिक स्थितिको लागि वस्तुनिष्ठ रूपले के निर्धारित गरिएको छ; उनी सबभन्दा मनपर्ने समूहको निर्धारण नगरीकन मानिसहरूका विभिन्न समूहहरूको नैतिक स्थितिको बारेमा चर्चा गर्दछन्।

अध्याय छ ‘द मोर्डन कभेनेन्ट’ को बारेमा हरारीको उद्देश्य आधुनिकता जीवन जिउने तरीका हो भन्ने कुरा देखाउनु हो र यसले मानिसहरूलाई विभिन्न चरणहरूमा कुन प्रकारका अनुभवहरू हुने संभावना छ भन्ने परिभाषित गर्दछ। यसले मानव प्रगतिका ती तत्वहरूलाई छुने अवधारणाहरूलाई पनि निर्धारित गर्दछ, जुन सामान्यतः मानिसहरूसँग हुन्छ, र यसप्रकारको कदमको उनीहरूको जीवनमा के सामान्य प्रभाव पर्ने संभावना हुन्छ। आधुनिकतामाथि विभिन्न विचारहरूको बाबजुद सम्बन्धित अवधारणाहरूमध्ये एउटा एक-अर्कोसँग उनीहरूको कुराकानीमा आधारित छ। आधुनिकताले ती परिवर्तनहरूमा पनि सीम तय गर्दछ, जसलाई मानिसहरू आफ्नो जीवनमा अघि बढ्नुसँगै अपनाउन चाहन्छन्। लेखक मानिसको जीवनमा ब्रम्हाण्डीय क्षेत्रको प्रभावमा परिवर्तन आएको छ भन्ने कुरा पनि दर्शाउँदछन्, जहाँ उनी के भन्दछन् भने “आधुनिक समयसम्म, अधिकांश संस्कृतिहरूको मान्यता मानिसहरूले कुन महान ब्रम्हाण्डीय योजनामा भूमिका निभाउँदछन् भन्ने थियो।” आधुनिक समयमा मानिसहरूको ब्रम्हाण्डीय क्षमतामा विश्वास कम भएको छ।

हरारीका अनुसार वर्षौंका प्रवृत्तिहरूले केही विश्वव्यापी घटनाहरूको सम्बन्धमा मानिसहरूका धारणाहरूलाई निर्धारित गरेका छन्। उदाहरणको लागि, उनले के नोट गरेका छन् भने “काष्ठकर्मी, धातुकर्मी र रोटी बनाउने मानिस सहमत हुने संभावना छैन।” संसारमा तिनीहरूका आयामका स्तरहरूलाई हेरेर उनीहरू संभवत आस्थाप्रति आफ्ना विश्वासहरूको बारेमा अलग-अलग विचारहरूको सन्दर्भ दिइरहेका छन्, जस्तो कि जीवित रहन र आफ्ना परिवारहरूलाई खुवाउनको लागि उनीहरूका आवश्यकताहरूले चमत्कार र चिकित्साको सम्बन्धमा तिनका थोरै विश्वासमाथि कति ठूलो प्रभाव परेको छ। यस्ता मानिसहरू ती घटनाहरूको बारेमा बढी चिन्तित हुने संभावना छ, जसलाई उनीहरू मात्रात्मक मान्दछन्, र जो एक-अर्कोको बारेमा तिनका धारणाहरूको निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउँदछन्। यसरी उनीहरू संसारमा आफ्नो स्थितिमा सुधार गर्ने कोशिस गर्न सक्दछन्।

आधुनिकता जीवनको तरीका हो र कति चीजहरू यससँग जोडिएका छन् भन्ने दृष्टिकोण यो अध्यायमा दिइएका उदाहरणहरूभन्दा पर छन्। के स्पष्ट  छ भने आधुनिकताले “हाम्रो मृत्युसम्म हाम्रो जीवनलाई नियन्त्रित गर्दछ।” जसरी विविध क्षेत्रहरूमा महत्त्वपूर्ण प्रगति भएका छन्, मानिस पहिलेदेखि अनुभव गरिएका समस्याहरूसँग सामना गर्नमा सफलता प्राप्त गर्ने दिशामा  नयाँ  तरीकाले काम गर्नेप्रति बढी उन्मुख भइरहेका छन्। उदाहरणको लागि चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएको छ, जसबाट रोगहरूको सम्बन्धमा प्राप्त ज्ञानको समग्र स्तरमा वृद्धि भएको छ,  यसको साथै ती विशिष्ट तरीकाहरूबाट पनि तिनीहरूको सामना गर्न सकिन्छ। खाद्य उत्पादनका उत्कृष्ट तरीकाहरूलाई पनि अपनाइएको छ, जसबाट बढिरहेको जनसंख्याको राम्रोसँग हेरविचार सुनिश्चित हुनसकोस्। त्यसकारण यो अवधारणाले के दर्शाउँछ भने आधुनिकताले मानिसहरूको जीवनको गुण सुधारमा सहायता गरेको छ, र तिनीहरूलाई राम्रोसँग सामना गर्नको लागि उनीहरूद्वारा अनुभव गरिने विशिष्ट चुनौतीहरूको पहिचान गर्नको लागि बढी सक्रिय हुन सक्षम बनाएको छ।

सातौं अध्याय ‘द ह्यूमनिस्ट रिभोल्यूसन’ ले  के कुरा प्रदान गर्दछ भने मानवलाई शक्ति प्रदान गर्ने तत्वहरू मध्ये एक “जीवनलाई अर्थ दिने” महान् ब्रह्माण्डीय योजनामा ​​निर्भर नगरी विभिन्न जीवन प्रक्रियाहरू मार्फत सोच्ने क्षमता हो। यसमा के पनि भनिएको छ भने वर्तमान समयमा मानिससँग पहिलेको तुलनामा अत्यन्तै धेरै शक्ति छ। उदाहरणको लागि,  लेखकको सुझाब के छ भने मानिसको जीवनले ईश्वरप्रति थोरै श्रद्धाले संसारमा केही स्तरको अवस्थालाई जन्म दिनेछ र सामाजिक पतनतिर लिएर जानेछ भन्ने धारणालाई पार गरेको छ। लेखक सिरिया र नेदरल्याण्डको बीचको तुलनालाई उदाहरण  दिन्छन्। उनको भनाइ अनुसार नेदरल्याण्ड मुख्य रूपले नास्तिक समाज भएपनि यो ईश्वर-भयभीत सिरियाको तुलनामा कैयौं बढी शान्तिपूर्ण छ। त्यसकारण यो चित्रणको उद्देश्य कुन विचारलाई प्रर्दशित गर्नु हो भने मानिस त्यो स्तरसम्म विकसित भएको छ, जसमाथि ऊ ती विशिष्ट तरीकाहरूलाई हेर्नमा धेरै सक्षम छ,  जसमा ऊ ब्रम्हाण्डीय शक्तिमाथि ध्यान नदिइकन आदेश प्राप्त गर्न सक्दछ। यसबाट के कुरा पनि प्रमाणित भएको छ भने मानिस “बाहिरी पर्यवेक्षण” को  सम्पर्कमा नआइकन पनि स्वयंलाई  राम्रोसँग व्यवस्थित गर्न सक्दछ।

यो अध्यायमा लेखकद्वारा दिइएका विचारहरूको उद्देश्य कसरी मानिस ब्रम्हाण्डीय शक्ति (कस्मिक पावर्स) बाट माथि उठ्न र स्वयंलाई उत्कृष्ट ढंगले व्यवस्थित गर्ने स्थितिमा आउन सफल भएको छ भन्ने कुरा प्रदर्शित गर्नु हो।  यसले केही नैतिक विचारधाराहरूलाई निर्धारित गर्ने मौका प्रदान गर्दछ, जसलाई उनीहरू जीवनका केही स्तरलाई प्राप्त गर्नको लागि खोज्न सक्दछन्, जुन अरूको लागि धेरै महत्त्वपूर्ण हुनेछ। यद्यपि मानिसहरूको जीवनमा ईश्वरको आवश्यकताको बारेमा हरारीको व्याख्या धेरै हदसम्म व्यक्तिपरक लाग्दछ। यसरी यसले पाठकका विश्वासहरूसँगसँगै ईश्वरको स्थितिको बारेमा उनको बुझाइमाथि धेरै निर्भर गर्दछ किनकि यो ती नैतिक गुणहरूमाथि केही स्तरको नियन्त्रण प्राप्त गर्नुसँग सम्बन्धित छ, जसलाई मानिसहरू सामान्यतः धारण गर्दछन्, किनभने उनीहरू समाजको जिम्मेवार सदस्य बन्ने प्रयास गर्दछन्। यो अध्यायको उद्देश्य समाजमा नैतिक स्थिति व्यक्तिहरूमा आधारित प्राथमिक हो भन्ने कुरा देखाउनु पनि हो। उदाहरणको लागि, यसले के दर्शाउँदछ भने “यदि कुनै कार्यबाट कसैलाई नराम्रो लाग्दैन भने यसमा केही पनि गलत हुन सक्दैन।”

आठौं अध्याय ‘द टाइम बम इन द लेबोरेटरी’ मा के भनिएको छ भने वर्तमान संसारमा मानव अधिकार, व्यक्तिवाद, स्वतन्त्र बजार र लोकतन्त्रका उदार तत्वहरूको वर्चस्व छ। यद्यपि,  त्यही युगको वैज्ञानिक प्रगतिले उदार व्यवस्था प्राप्त गर्ने दिशामा बनेको  जगमथि भारी प्रभाव पारेको छ। अर्को शब्दमा, यसले के दर्शाउँछ भने मानिस उदारवादी हुने कुराप्रति धेरै चिन्तित छ। लेखकका अनुसार  “मानिसहरू निश्चित रूपले बाहिरी शक्ति र आकस्मिक घटनाहरूबाट प्रभावित हुन्छन्।” उनीहरू अलग-अलग तरीकाहरूलाई स्थापित गर्ने प्रयास गर्दछन्, जसबाट उनीहरू केही प्रकारका  मान्यताहरू प्राप्त गर्न सकून्। यसबाट अन्य मानिसहरूलाई ती विशिष्ट तरीकाहरू पहिचान गर्नमा बढी रूचि हुनसकोस्, जसमा उनीहरूलाई महत्त्व दिइने संभावना हुन्छ। यसरी थोमस जेफरसन, रूसो र लकको प्रतिनिधित्त्वको माध्यमबाट परिवर्तनको एक समुद्र छ, जहाँ विज्ञानका निष्कर्षहरूले मानिहरूको स्वतन्त्रताको खोजीमा सुधार गरेका छन्।

यो ‘स्वतन्त्र इच्छा’ को बोधको माध्यमबाट पनि हो कि मानिसले अर्को व्यक्तिलाई छुरा प्रहार गर्ने व्यक्तिलाई आरोपको दोषी ठहराउनुको कारण निर्धारण गरेको छ। जस्तो कि के प्रतीत हुन्छ भने यस्तो व्यक्तिले हत्यालाई चुन्नको लागि आफ्नो स्वतन्त्र इच्छाको प्रयोग गर्‍यो, यही कारणले ऊ आफ्नो अपराधको लागि पूर्ण रूपले जिम्मेवार छ। किनकि उसले अरूको जीवनलाई समाप्त गर्ने आफ्नो निर्णय स्वयं लिएको थियो, त्यसकारण त्यो व्यक्तिलाई कार्वाहीको लागि पूर्ण रूपले जिम्मेवार ठानिनुपर्दछ, किनभने व्यक्तिलाई आफूद्वारा गरिएका वास्तविक कार्यहरूको महसुस होस् भन्ने कुरा सुनिश्चित गर्नको लागि ठूला कदमहरू उठाइएका छन्। त्यो व्यक्तिलाई यो कुरा पनि निर्धारित गर्ने संभावना छ कि उसले गरेको कामको लागि उसले पूर्ण रूपले भुक्तान गर्नुपर्दछ, किनकि अरूलाई नोक्सान पुर्‍याउने विकल्प चुनेर उसले आफ्नो भविष्यका केही स्वतन्त्रताहरूलाई कम गर्ने काम पनि गरिरहेको थियो। मानिसहरू के सोच्दछन् भने उनीहरू “आफ्ना इच्छा र निर्णयहरू अनुसार कार्य गर्न” को लागि स्वतन्त्र छन्। त्यसकारण, उनीहरूलाई अन्य मानिसहरूमाथि राम्रो प्रभाव पार्ने आवश्यकता हुन्छ, तर यसको साथै उनीहरूलाई व्यक्तिगत निर्णय लिने कुराको पनि अनुमति दिइनु पर्दछ।

यो अध्यायले के देखाउँछ भने कसरी मानिस मुख्य रूपले निर्णयद्वारा निर्देशित हुन्छन्, जहाँ तिनीहरू सामान्यतः संभव हुने विशिष्ट निर्णयहरूको नियन्त्रणमा हुन्छन्। सामान्यतः मानिस कुनै व्यक्तिको रूचिलाई प्रतिबिम्बित गर्नको लागि दायाँ-बायाँ स्वीच दबाउने निर्णय लिन्छन्। जस्तो कि यो उदार व्यवस्थासँग सम्बन्धित छ – मानिस सहज हुने केही प्रथाहरूलाई प्रस्तुत गर्नको लागि स्वतन्त्र इच्छाको अवधारणातिर अग्रसर हुने संभावना छ, साथसाथै यसलाई उनीहरू आफ्नो जीवनको हिस्सा बनाउन चाहन्छन्। यसको साथै स्वतन्त्र इच्छाको अवधारणाको माध्यमबाट उनीहरू कसरी जीवन जिउन चाहन्छन् साथै उनीहरू कुन हदसम्म लोकतन्त्र प्राप्त गर्न सक्दछन्,जसको उनीहरूको व्यक्तिगत जीवनमा प्रभाव पर्दछ भन्ने कुरा निर्धारित गर्न चाहन्छन्। यसरी  यो अध्यायमा देखाइए अनुसार स्वतन्त्र इच्छा महत्त्वपूर्ण छ किनभने यसले केही यस्त प्रथाहरूलाई प्रदर्शित गर्ने संभावना हुन्छ, जसमाथि मानिसहरूलाई जीवनमा तिनीहरूको भूमिका र मूल्यलाई देखाउनको लागि भरोसा गर्ने आवश्यकता हुन सक्दछ। स्वतन्त्र इच्छाको उचित प्रयोगले मानिसहरूलाई ती प्रथाका अवधारणाहरूमा रूचि लिनको लागि प्रेरित गर्नेछ, जसमा उनीहरू सामेल हुन चाहन्छन्, यसको साथै सम्पूर्ण समाजमा अपराध र गलत प्रथाहरूको बारेमा उनीहरूको दृष्टिकोण पनि हुन सक्दछ।

नवौं अध्याय ‘द ग्रेट डिकपलिङ’ मा लेखक कुन दृष्टिकोणमा पुनः चिन्तन गर्दछन् भने  मानिस कसरी उनीहरू अद्वितीय छन् र जनावरहरूको सम्बन्धमा एक मूल्यवान स्थान राखद्छन् भन्ने मान्दछन्। यद्यपि हरारी तीन व्यवहारिक विकास देखाउँदछन्, जसले यो विश्वासलाई अप्रचलित बनाउन सक्दछन्। तिनीहरूमध्ये एक कसरी “प्राविधिक विकासले मानिसहरूलाई आर्थिक र सैन्य रूपले बेकार बनाइदिन्छ।” भन्ने हो। यसरी प्राविधिक विकास मानिसहरूको आर्थिक क्षमता र सुरक्षाको भावनामा सुधारको मूल्यमा उनीहरूलाई अझ धेरै परिस्कृत बनाउनमा बढी केन्द्रित हुन्छ। यसको अतिरिक्त,  हरारीको भनाइ अनुसार अत्याधिक प्राविधिक प्रगतिको अर्थ के हो भने मानिसको लागि आर्थिक र सैन्य उपयोगिताको त्यो स्तरलाई प्राप्त गर्नमा असफल हुने उच्च संभावना छ, जुन उनीहरूको लागि आवश्यक हुन सक्दछ। जसरी प्रविधिहरू अगाडि बढ्दै गइरहेका छन्, मानिस दुई महत्त्वपूर्ण विशेषताहरू गुमाउनको लागि विवश छन्,  जसमा बुद्धि र चेतना सामेल छ। लेखकका अनुसार “उच्च बुद्धि हमेशा एक विकसित चेतना  सँगसँगै अगाडि बढ्दछ।” जस्तो कि संकेत गरिएको छ, सेनाहरूले तिनीहरू बिना ठीकसँग काम गर्ने संभावना कम छ, र त्यसकारण उन्नत प्रविधिसँग उनीहरूको सम्बन्धबाट हुने प्रभावहरू प्रति राम्रोसँग उन्मुख हुने आवश्यकता हुन्छ। यस्तो पनि विचार छ कि “जीव एल्गोरिदम हो”; प्राकृतिक छनौटले संसारमा तिनको अस्तित्वलाई आकार दिन्छ, र जसलाई स्थितिको लागि उपयुक्त मानिन्छ तिनीहरू सबभन्दा खराब परिदृष्यहरूमा पनि जीवित रहन्छन्।

मानिसले आफ्नो शक्ति गुमाउन सक्ने विभिन्न तत्वहरूको प्रस्तुतिलाई विशेष रूपले महत्त्वपूर्ण मानिन्छ, किनभने यो अन्य जनावरहरूको तुलनामा संसारमा तिनीहरूको स्थितिसँग सम्बन्धित छ। किनकि “मानिससँग हमेशा एक अद्वितीय क्षमता हुन्छ”, उनीहरूलाई आफ्नो वरिपरिका उत्तम अवसरहरूको पहिचान गर्ने क्षमता सँगसँगै स्वयंको वातावरणमा जीवित रहनको लागि सुसज्जित मानिन्छ। मानिसहरूको बीचमा महत्त्वपूर्ण विशेषताहरूको रूपमा मानिने केही अवधारणाहरू भनेको उनीहरूमा बुद्धि र विकेक सामेल हुनु हो। यसरी जहाँ मानिस प्रविधिको प्रयोगमा अति भरोसा गर्दछन्, उनीहरू दुई गुणहरू र आफ्नो जीवनमा तिनीहरूको महान नियन्त्रणको भावना गुमाउनका लागि विवश छन्। यद्यपि सहानुभूति देखाउने आवश्यकतालाई महत्त्व दिने संभावना कम छ, तर उनीहरूलाई सफलताको समानान्तर स्तर प्राप्त गरेको देख्नमा रूचि सर्वोपरि छ। मानिसको बीचमा बुद्धिको कम स्तरबाट उनीहरूको अगाडिको प्रगतिको क्षमतामा पनि कमी आउने संभावना छ, जुन उनीहरूका पूर्ववर्तीहरूद्वारा विभिन्न क्षेत्रहरूमा गरिएको थियो।

दसौं अध्याय ‘द ओसियन अफ कन्ससनेस’ मा भविष्यमा नयाँ धर्महरूको विकास कसरी हुन्छ भन्ने कुरा बताइएको छ। यद्यपि यी नयाँ धर्महरू र विज्ञानको क्षेत्रको बीचमा गहिरो सम्बन्ध हुन्छ। के मानिएको छ भने मध्य पूर्वका मदरसाहरू वा अफगानिस्तानका गुफाहरूको विपरीत यस्ता नयाँ धर्म अनुसन्धान प्रयोगशालाहरूबाट आउने संभावना छ। मानिसहरूलाई आफ्नो दैनिक जीवनलाई हल गर्नको लागि प्रविधिको उपयोगको माध्यमबाट धेरै आशा देखाउने संभावना छ, जसबाट कुन संभावना बढिरहेको छ भने “प्रविधि-धर्मले एल्गोरिदम र जीनको माध्यमाट मुक्तिको बाचा गरी संसारलाई जित्न सक्नेछन्।” यसरी संसारभरिमा केवल कथाहरूको रूपमा बताइने विभिन्न गतिविधिहरूको विपरीत मानिसले ती विभिन्न तत्वहरूमाथि ध्यान केन्द्रित गर्ने संभावना राख्दछन्, जसलाई उनीहरूले वास्तविकतमा घटित हुँदै गरेको देखेका छन्।

लेखकका अनुसार प्रविधिको शक्तिमा मानिसहरूको बढी विश्वासले एक ठूलो प्रभाव पैदा गर्नको लागि विवश हुन्छ। प्रविधिको उपयोग ‘एक सर्वोच्च मानव मोडल’ बनाउनको लागि गरिरहिएको छ। यस सम्बन्धमा मानिसले ध्यानको त्यो स्तर गुमाउने संभावना छ, जसको उनीहरूलाई आवश्यकता हुन्छ, किनिक यो उनीहरूको वरिपरिको संसारसँग सम्बन्धित छ। त्यसकारण मानिस प्रविधिकको सामान्य प्रभावमा बढी ध्यान दिनको लागि विवस छ, खासगरी यो सोच्ने आवश्यकतालाई  कम गरी जीवनलाई सरल बनाउने कुरासँग सम्बन्धित छ। यो पनि संकेत हो कि “विभिन्न सामाजिक-आर्थिक वास्तविकताहरू र दैनिक दिनचर्याले चेतनाका विभिन्न अवस्थारहरूको पोषण गर्‍यो।” त्यसकारण उनीहरू आफ्ना चुनौतिहरूको सामना गर्नमा आत्म-जागरूकता र विश्वासका क्षमताहरूको प्रदर्शन गर्ने संभावना राख्दछन्।

यो  अध्यायमा दिइएका दावीहरूले मानिसहरूको जीवनमा ‘डाटा’ को कुन हदसम्म भूमिका हुने संभावना छ भन्ने कुराको स्पष्ट संकेत दिन्छन्। “उत्कृष्ट सेपियन्स दिमागलाई अचानक विशाल अन्तर्विषय क्षेत्रसम्म पहुँच प्राप्त भयो।” विशेष रूपले मानिस यसलाई उच्च स्तरको महत्त्वसँगै हेर्ने संभावना राख्दछन्, किनभने उनीहरू वर्षौंदेखि अनुभव गरिएका विभिन्न समस्याहरूलाई हल गर्ने आशामा केही अवधारणाहरूलाई अपनाउँदछन्। यो प्रक्रियाको माध्यमबाट मानिसहरूलाई उनीहरूद्वारा अनुभव गरिने समस्याहरूको साथसाथै सफलता प्राप्त गर्नको लागि गरिने आवश्यक उपायहरूको गहिरो बोध हुने संभावना हुन्छ। यस्ता मानिसहरूलाई आफ्ना समस्याहरूको सम्बन्धमा सफलता मिल्ने संभावना पनि हुन्छ। डाटाले  संभवतः मानिसहरूलाई उनीहरूद्वारा अनुभव गरिने केही चुनौतीहरू पत्ता लगाउनमा मद्दत गर्नेछ, साथै ती विशिष्ट उपायहरूको पहिचान गर्नेछ, जुन उनीहरूमाथि लागू हुने संभावना हुन्छ।

एघारौं अध्याय ‘द डाटा रिलिजन’ मा डाटाले वर्तमानमा मानिसहरूको जीवनमा सम्बन्ध राख्ने स्थिति र भूमिकालाई स्वीकार गर्ने कुरा उल्लेख गरिएको छ। यसले के दर्शाउँदछ भने ब्रम्हाण्ड डाटा प्रवाहले भरिएको छ, र त्यो सामान्य प्रभावसँग जोडिएको छ, जुन डाटा प्रोसेसिङको संसारभर हुने विभिन्न घटनाहरूमाथि प्रभाव पर्ने संभावना हुन्छ। यो अध्यायले के पनि दर्शाउँछ भने डाटा दुई वैज्ञानिक ज्वारीय तरंगहरूको बीचमा परस्पर क्रियाबाट पैदा भएको थियो, जसमा चार्ल्स डार्विनद्वारा प्रतिपादित विचार र साथै एल ट्यूरिङद्वारा प्रदान गरिएका विचार पनि सामेल थिए। हरारीको चर्चा अनुसार “कुनै पनि घटना वा इकाईको मूल्य डाटा प्रोसेसिङमा त्यसको योगदानबाट निर्धारित हुन्छ।” यस सम्बन्धमा केही मानिसहरूले पछि यस्ता साधन स्थापित गरेका छन्, जसबाट उनीहरू अन्यमाथि कुनै प्रकारको शक्ति प्राप्त गर्नको लागि डाटाको उपयोग गर्न सक्दछन्। उनीहरूको लक्ष्य त्यो विशिष्ट कार्वाहीको बारेमा जानकारी प्राप्त गर्नु पनि हो, जसमा उनीहरू सामेल हुने संभावना राख्दछन् । किनकि उनीहरू यस्तो स्थिति बनाउने प्रयास गर्दछन्, जहाँ उनीहरू एक-अर्कोको लागि मूल्यवान हुन सक्दछन्। लेखक के कुरा पनि स्पष्ट पार्दछन् भने “एक्काइशौं शताब्दीमा डाटा-प्रोसेसिङका स्थितिहरू पुनः बदलिनेछन्।” यसप्रकारका परिवर्तनहरूबाट विद्यमान समस्याहरूको लागि विभिन्न समाधानहरूलाई जन्म दिने संभावना हुन्छ, किनभने युद्ध जस्ता पहिलेदेखि विद्यमान चुनौतीहरूको सामना गर्ने दिशामा प्रगति गरिरहिएको छ।

यो अध्यायले के कुरा दर्शाउँदछ भने कसरी डाटावाद समाजको एक महत्त्वपूर्ण हिस्सा हो, र कसरी यसबाट मानिसहरूले अरूलाई हेर्दछन् र पर्यावरणसँग कुराकानी गर्दछन् भन्ने कुरा निर्धारित गर्ने संभावना हुन्छ। लेखकका अनुसार “इन्टरनेटको उदयले हामीलाई आउने चिजहरूको स्वाद दिन्छ”,  यसबारेमा – कसरी मानिस अहिले कैयौं चीजहरूको बारेमा गहिरो जानकारीको पहिचान गर्नमा सक्षम छन्, जसको बारेमा उनीहरूले पहिले धेरै कम जान्दथे भन्ने उदाहरणबाट स्पष्ट हुन्छ। जसरी मानिसहरू डाटाको प्रयोगमा धेरै जोड दिन्छन्, उनीहरू यो प्रक्रियामा एक सम्पूर्ण नयाँ संसारको खोज गर्ने संभावना राख्दछन्। उदाहरणको लागि मानिस इन्टरनेटको उपयोगको राजनीतिक जगतमा के प्रभाव पर्न सक्दछ, विशेषगरी यसको लोकतन्त्रमा के प्रभाव पर्न सक्दछ भन्ने कुरा जान्नको लागि विवस छ। डाटाको प्रयोगबाट मानिसहरूलाई वास्तविक सूचकांक प्रदान गरी अर्थव्यवस्थामा सुधार हुने पनि संभावना छ। किनभने तिनीहरूले समयसँगै भएका परिवर्तनसँगसँगै ती उपायहरूलाई पनि दर्शाउनेछन्, जसलाई स्थितिमा सुधारको लागि उठाउने आवश्यकता हुनसक्दछ। तिनीहरूले विभिन्न मानिसहरूको पहिचान गर्ने पनि संभावना राख्दछन्, जससँग उनीहरू यस्ता चुनौतीहरूको प्रभावकारी ढंगले सामना गर्नको लागि कुराकानी गर्न सक्दछन्।

यो पुस्तकलाई अझ संक्षिप्त रूपमा  यसरी  स्पष्ट पार्न सकिन्छ–  

होमो सेपियन्स एक दिन ईश्वर जस्तै बन्न सक्छ र उसलाई होमो डेयस भनिनेछ। किनभने विस्तारै-विस्तारै मानिसले विज्ञान-प्रविधिमा अत्याधिक प्रगति गर्नेछ। एक दिन मानिसले आफ्नो इच्छानुसार गुण भएको बच्चा पैदा गर्न सक्नेछ। आज पनि ‘डिजाइनर बेबी’ को अवधारणा चलिरहेको छ। यदि कुनै भ्रूणमा बौद्धिकताको जिन हालियो भने त्यो बच्चा धेरै बुद्धिमान हुनेछ। यस्तै प्रतिरोधात्मक, आदि जिन हालेर उसको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ। यसरी हजारौं वर्षपछि मानिस समाजमा ‘सुपरमेन’ हुनेछ, जसमा बलवान गुण हुनेछन्। यसरी नै उमेरको प्रक्रियालाई  पनि शायद रोकिनेछ। र, मानिस कहिल्यै बूढो हुँदैन। मानिसको उमेर पनि शायद हजारौं साल हुनेछ। प्रविधिको कारणबाट मानिसले पर्यावरणलाई पनि जित्नेछ। उसले चाहनानुसार वर्षा र घामको सृजना गर्न सक्नेछ। यस्तो बिल्कुल संभव छ। किनभने ७० हजार वर्ष पहिलेको होमो इरेक्टस एक दिन होमो सेपियन्स बन्छ भनेर कसैले पनि सोचेको थिएन। सेपियन्स शिकारबाट आज इन्टरनेटसम्म पुगेको छ। यसरी नै आउने हजारौं वर्षमा उसले के-के गर्नेछ भन्ने कुराको यसै अनुमान लाउन सकिंदैन।

मानिसले एक दिन आफ्ना सबै समस्याहरूलाई समाधान गर्नसक्नेछ। उसले अकाल, महामारी, हिंसा, आदिमाथि पूर्णतया विजय प्राप्त गर्नेछ। ‘सुपर-टेक्नोलोजी’ को मद्दतले उसले यो सबै कार्य गर्नेछ। ‘सुपरह्यूमन’ हामीभन्दा १०० गुना बुद्धिमान हुने संभावना छ। त्यसकारण उनीहरूले समस्याहरूको तुरून्तै समाधान गर्न सक्नेछन्। साथै मानिसले अमरताको खोजी गर्ने पनि कोशिस गर्नेछ। किनकि केही प्राणी कहिल्यै मर्दैनन्। जस्तो कि ब्याक्टेरिया हमेशा दुईमा विभाजित हुन्छन् तर मर्दैनन् भन्ने मान्यता राखिन्थ्यो। मानिसले पनि यस्तै जिनको खोजी गरी कहिल्यै मृत्यु नहुने हुनसक्छ। र, उसका अंगहरूबाट त्यसको नयाँ ‘भर्सन’ पैदा हुनसक्छ। यस्तो काम रूखबोटविरूमा त हुन्छ नै। भित्तीले पुच्छर काटिदा नयाँ उमार्दछ। यसमाथि धेरै खोज भइरहेको छ। यसले के संकेत दिन्छ भने भविष्यमा  यी सबैबाट नयाँ प्रविधि बनाउन सकिनेछ।

तर प्रविधि उच्च हुनुको फाइदा केवल सम्भ्रान्तहरूलाई मात्र मिल्नेछ। गरीब र मध्यम वर्गले केवल बेकार भएर रहनुपर्नेछ। उनीहरूको क्षमताको कुनै काम हुनेछैन। किनकि सबै कुरा कृत्रिम बौद्धिकता र रोबोट्सबाट संचालित हुनेछ। श्रम गर्ने मानिसहरूको श्रमको कुनै काम हुनेछैन। त्यसको बदलामा आधुनिक मेशिनहरूले ती कामहरूलाई अति छिटो गरिदिनेछन्। घरको काम पनि रोबोटले नै गर्नेछ। हस्पिटलमा अपरेशन पनि रोबोटले नै गर्नेछ। यसरी बेकार बर्ग अगाडि बढेर विलुप्त पनि हुनसक्छ।

विस्तारै-विस्तारै मानवताको मृत्यु हुनेछ। मानवताको अर्थ मानिसका भावना, इच्छा, विचार, आदिको संरचना हो। मानवतालाई एकदिन डिजिटलवाद र रोवोटवादले प्रतिस्थापन गरिदिनेछ। जस्तो कि आज पनि मानिस एक-अर्कोसँग कुरा गर्नुको सट्टा आफ्नो मोवाइल फोनमा नै व्यस्त रहन बढी मन पराउँदछन्। यस्तै मानिसहरू ‘भर्चुअल’ वास्तविकतामा जिउन लाग्छन्।

समयसँगै मानिसले स्वयंलाई प्रविधिसँग पनि जोड्न सक्छ। उदाहरणस्वरूप मुटुको ठाउँमा एक यन्त्र लगाउँदा बढी प्रभावकारी हुनसक्छ। यसबाट कहिल्यै हृदयघात आउनेछैन र न मुटु सम्बन्धी रोगहरू नै लाग्नेछ। यस्तै उच्च परिष्कृत कृत्रिम अंगले मानव अंगहरूलाई प्रतिस्थापन गर्न सक्दछन्। मस्तिष्कको ठाउँमा कम्प्यूटर लगाउने संभावना पनि हुनसक्छ। यसरी ‘साइबर्ग’ को युग पनि आउन सक्छ। यो सबै कुरा फिल्मी होइनन्। मानिसले जुन चीजको कल्पना गर्दछ, त्यसलाई कार्यरूपमा पनि बदलिदिन्छ। जस्तो कि हजरौं वर्ष पहिले हामी आकाशमा उड्नेछौं भन्ने कुरा कसैलाई पनि थाहा थिएन। तर प्लेनको आविष्कारबाट यो संभव भयो।

सेपियन्स भनेको तर्कशील र चेतनशील मानव हुन्छ। एक दिन कम्प्यूटरको सेपियन्स यति बढ्नेछ कि उसले हामीभन्दा धेरै बुझ्नेछ। हामी त भावनात्मक र चेतनात्मक निर्यण लिन्छौं, जुन गलत पनि हुन्छन्। तर कृत्रिम बौद्धितामा आधारित कम्प्यूटरले बौद्धिक निर्णय लिनेछन्। मानिसहरूले आफ्नो प्रेम जीवन, कार्य र वृत्ति विकासको लागि पनि कम्प्यूरबाट निर्देशन लिनेछन्। जस्तो कि कैयौं पटक केही मानिसहरूले प्रेममा अन्धो भएर आफ्नो लागि गलत साथी चुन्दछन्। तर कम्प्यूटरले आफ्नो तर्कशक्तिबाट मानिसलाई असल सार्थी चुन्नमा सहयोग गर्नेछ। यसबाट मानवीय संवेदना विलुप्त हुनेछ। भावनाको लागि कुनै ठाउँ रहँदैन। हरेकले बुद्धिले निर्णयले लिनेछन्।

विस्तारै यति उच्च प्रविधिमा आधारित एल्गोरिदम बन्नेछन् कि मानिसलाई विभिन्न क्याटागोरीमा विभाजन गर्न सकिन्छ। कृत्रिम बौद्धिकताले को राजनीतिकर्मी बन्नेछ र को अपराधी बन्नेछ, आदि कुरा पहिले नै बताउनेछ। अपराधीलाई अपराध गर्नुभन्दा पहिले नै जेल हाल्न पनि सकिन्छ, ताकि अपराध नहोस्। यसको साथै जीव विज्ञानमा प्रगति भएपछि जिन सम्पादनको मद्दतले नयाँ जिनहरू पनि निकालिने संभावना हुन्छ। मान्यता र नैतिकताको पनि नयाँ परिभाषा हुनेछ। जुन अधिकतम् मानिसहरूलाई राम्रो हुन्छ, त्यही शायद मान्यता र नैतिकता हुनेछ।

एक दिन संसारको धर्म ‘डाटावाद’ बन्नेछ। कृत्रिम बौद्धिकताको दृष्टिमा मानव डाटाभन्दा बढी केही पनि हुनेछैनन्। यदि कसैले इन्टरनेटमा किताब सर्च गर्‍यो भने कृत्रिम बौद्धिकताले त्यसलाई किताको विज्ञापन देखाउनेछ। यदि कसैले आतंककारी समूहको बारेमा पढिरहेको छ भने उसमाथि निगरानी राखिनेछ र उसलाई गिरफ्तार पनि गर्न सकिनेछ। यसरी मार्केटिङदेखि लिएर सुरक्षा, आदिसम्म कृत्रिम बौद्धिकता सामेल हुनेछ। यसले पल-पल सम्पूर्ण संसारको डाटा एकत्रित गरिरहन्छ र त्यसैको आधारमा निर्णय बनाउनेछ। जसले यो डाटालाई नियन्त्रण गर्न पाउनेछ, उसैले यो संसारमा शासन गर्नेछ।

समयसँगै संसार एक ‘म्याट्रिक्स’ बन्न सक्दछ। मानिस मेशिन बन्नेछन् र मेशिन मानिस बन्नेछन्। कुनै भेदभाव रहनेछैन। हुन सक्छ सबै कुरा हाम्रै दिमागमा घट्न लाग्नेछन्। यो संसारमा पहिले नै धेरै निर्जीव प्रणालीले काम गरिरहेका छन्। यसरी नै मानव संसार पनि कुनै निर्जीव प्रणाली जसरी नै चल्नेछ। मानव विचार केवल डाटाभन्दा बढी केही हुँदैन। तिनीहरूलाई ‘इनपुट’ र ‘आउटपुट’ जसरी नै प्रयोगमा ल्याइनेछ।

अन्ततः कृत्रिम बौद्धिकता  यति विस्तार हुनेछ कि होमो सेपियन्स विलुप्त हुनेछन्। र, यसको बदलामा होमो डेयस आउनेछन्। यो कृत्रिम बौद्धिकताले बनेको हुन्छ र ईश्वर जस्तै हुन्छ – अजर-अमर। जसरी होमो सेपियन्सले होमो नियन्डरथलेन्सिलाई विलोप गरिदिएको थियो, त्यसरी नै होमो डेयसले पनि एक दिन होमो सेपियन्सलाई विलोप गरिदिनेछ।

अन्तमा,  हरारीले होमो डेयस (भविष्यको संक्षिप्त इतिहास) लेखेर इतिहासको  परिभाषा बदलिदिएका छन्। आफ्नो पहिलो पुस्तक सेपियन्समा हरारीले  समग्र मानव जातिको आजसम्मको यात्राको वर्णन गरेका थिए तर होमो डेयसमा उनले नभएको कुराको इतिहास लेखिदिएका छन् त्यो पनि आजका तथ्यहरूको आधारमा । मानिस वास्तवमा ‘ईश्वर’ (होमो अर्थात् मानिस र डेयस अर्थात ‘ईश्वर’) बन्नमा धेरै निकट पुगेको छ। तर समस्या के छ भने धेरै कम संख्यामा मानिस ईश्वर बन्नेछन् र धेरै ठूलो संख्यामा मानव जाति बेकार हुनेछन्। हरेक नयाँ युगमा मानव जातिले के गर्नेछ भन्ने कुरा पत्ता लगाउन सकिन्छ तर आउने समय यस्तो छ कि धेरै मानिसहरूले के गर्नेछन् भन्ने कुराको अनुमान लगाउन अझै असंभव छ। हरारीका अनुसार मानिस अन्य जीवहरूभन्दा अलग हुनुको कारण प्रविधि हो। आगोमाथि विजय प्राप्त गरेर, कृषिको शुरूवात गरेर, भाषाको प्रयोगबाट मानिसले वृहत स्तरमा आपसी सहयोग जुटाउन सकेको हो, जसको कुनै अरू प्रजातिमा कुनै उदाहरण छैन। जो शारीरिक रूपमा बलिया थिए वा जो तीक्ष्ण बौद्धिक थिए, उनीहरूले समाजमा शक्ति आर्जन गरे। त्यसपछि यन्त्रको आविष्कार भयो, जसले मानिस र जनावर दुवैको शारीरिक बललाई निरर्थक बनाइदियो। त्यसपछि बुद्धिको तीक्ष्णता मानव जातिको एकमात्र विशिष्टता थियो। आज हामी चौथो औद्योगिक क्रान्तिको समयमा छौं। आज एल्गोरिदम, ठूला डाटा र कृतिम बौद्धिकताले के प्रमाणित गरिदिएको छ भने कम्प्युटर मानिसभन्दा धेरै गुना बुद्धिमान छ। फरक यति मात्र छ कि कृत्रिम बौद्धिकताको कुनै चेतना हुँदैन र न भएको नै देखिंदैछ। तर समस्या के छ भने चेतनाको आवश्यकता कसैलाई छैन। सबभन्दा राम्रो घोडाभन्दा बढी प्रभावकारी एउटा कमजोर कार हुन्छ । घोडाले महसुस गर्न सक्दथ्यो तर कारले गर्दैन तर आज हामी सबै कारको प्रयोग गर्न सक्दछौं। यसरी  महसुस गर्ने मानिसहरूको ठाउँमा यन्त्रहरू धेरै उत्कृष्ट डाक्टर, इन्जिनियर, प्राविधिक, वकिल, ड्राइभर, शिक्षक, आदि बन्न सक्दछन्। यिनीहरूलाई न त तलबको आवश्यकता हुन्छ र न संगठनको नै। यस्तो स्थिति मानव जातिको इतिसहासमा पहिलो पटक निर्मित भएको छ। हरारी के प्रश्न गर्दछन् भने सबै कार्य मेशिनले गरेपछि मानिसले के गर्नेछन् ? त्यो समय कस्तो होला, जब विज्ञानले हामीलाई मर्न दिंदैन र मेशिनले हामीलाई बाँच्न दिँदैन ?  चिन्ताको विषय के छ भने यो समय १००-२०० प्रश्नहरू भन्दा टाढा छैन, बरू यस्तो समय शुरू भइसकेको छ। दुईदेखि तीन दशकमा नै हामी स्वयंले यो समयलाई भोग्न शुरू गर्नेछौं। हरारीको प्रश्न हामी सबैको प्रश्न हो। यसरी उनको यो पुस्तकले इतिहास र विद्यमान समयलाई दृष्टिगत गर्दै मानव प्रजातिको भविष्यको जानकारी प्रदान गर्दछ। हरारी यो पुस्तक मार्फत् मानिसहरूलाई धेरै कुरा सोच्न विवश बनाउँदछन्।

सन्दर्भ सामग्रीहरू

  1. https://www.studypool.com/studyGuides/Andrea Barraza
  2. Homo Deus  (A Brief History of Tomorrow) – Yuval Noah Harari, Penguin Random House, UK, 2016
  3. होमो डेयस (आने वाले कल का संक्षिप्त इतिहास, युवा नोआ हरारी,  हिन्दी संस्करण, अनुवाद – मदन सोनी, मंजुल पब्लिशिंग हाउस, दिल्ली)
  4. https://www.amarujala.com/kavya/book-review
  5. https://www.hindipronotes.com/category/best-self-help-books-summary-in-hindi
  6. https://www.bhaskar.com/lifestyle/happy-life/


2 responses to “हरारीको पुस्तक ‘होमो डेयस (भविष्यको संक्षिप्त इतिहास)’ – एक अध्ययन”

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started