प्राकृतिक विज्ञान र दर्शनशास्त्र

स्रोत – Frederick Engels – Dialectics of Nature, Progress Publishers, Moscow

लेखक – फ्रेडरिक एङ्गेल्स। नेपाली रूपान्तरण – रमेश सुनुवार

बुखनर

प्रवृत्तिको उद्भव । जर्मन दर्शनको भौतिकवादमा गमन – विज्ञानमाथि नियन्त्रणको अन्त्य भयो – सतही भौतिकवादी लोकप्रियकरण देखापर्नु, जसमा भौतिकवादले विज्ञानको अभावको क्षतिपूर्ति गर्नुपर्‍यो । बुर्जुवा जर्मनी र आधिकारिक जर्मन विज्ञानको गंभीर अवन्नतिको समयमा यसको विकास १८५०-६० । फोक्ट, मालेशत्त, बुख्नर । पारस्परिक विश्वास । डार्विनवादको आगमननद्वारा नयाँ उत्प्रेरणा, जुन यी महानुभावहरूद्वारा तुरुन्तै एकाधिकरण गरियो ।

उनीहरूलाई निर्बाध छोड्न सकिन्थ्यो र निम्न कुराहरूबाहेक जर्मन कूपमण्डूकको लागि अनिश्वरवाद शिक्षण, इत्यादिको साँघुरो भए पनि अप्रशंसनीय नहुने उनीहरूको कार्यमा उनीहरूलाई रहन दिन सकिन्थ्यो :

१) दर्शनशास्त्रको विरुद्ध लक्षित अपशब्द (उद्धृत गरिनुपर्ने अनुच्छेदहरू), जुन हरेक चीजको बावजूद जमर्नीको गौरव हो, र २) प्रकृतिसम्बन्धी सिद्धान्तहरूलाई समाजमा लागू गर्ने र समाजवादलाई पुनर्रचना गर्ने परिकल्पना । यसप्रकार उनीहरूले हामीलाई उनीहरूको टिप्पणी गर्न विवश बनाए ।

सर्वप्रथम, उनीहरूले आफ्नो क्षेत्रमा के उपलब्धि हासिल गर्दछन् ? उद्धरणहरू ।

२. मोड बिन्दु, पृष्ठ १७० – १७१ । यो हठात् हेगेलवाद कहाँबाट ? द्वन्द्ववादमा संक्रमण |

दुई दार्शनिक धाराहरू छन्, अधिभूतवादी जसका स्थिर प्रवर्गहरू छन्, द्वन्द्ववादी (एरिस्टोटल र विशेषगरी हेगेल) जसका तरल प्रवर्गहरू छन्; यसका प्रमाणहरूको रूपमा कि आधार र आधेय, कारण र कार्य, तादात्म्यता र भिन्नता, दृश्य र सारका यी स्थिर प्रतिपक्षहरू अस्वीकार्य छन्, कि विश्लेषणले देखाउादछ एउटा ध्रुव पहिले नै अर्कोमा भ्रूणको रूपमा विद्यमान हुन्छ, कि एउटा निश्चित बिन्दुमा एउटा ध्रुव अर्कोमा रुपान्तरित हुन्छ, र सम्पूर्ण तर्क केवल यिनै प्रगतिउन्मुख अन्तर्विरोधहरूबाट विकसित हुन्छ । स्वयं हेगेलमा यो रहस्यमय बनेको छ, किनभने यी प्रवर्गहरू पूर्व – अस्तित्वको रूपमा देखापर्दछन् र वास्तविक जगतको द्वन्द्वात्मकता चाहिं केवल यिनीहरूको प्रतिबिम्ब मात्र । यथार्थमा यो ठीक विपरीत छ : मस्तिष्कको द्वन्द्वात्मकता केवल वास्तविक जगतको प्रकृति र इतिहास दुबैको – गतिका रूपहरूको प्रतिबिम्ब मात्र हो । विगत शताब्दीको अन्तसम्म, वस्तुत: १८३० सम्म, प्रकृति – वैज्ञानिकहरूले पुरानो अधिभूतवादद्वारा राम्रोसँग काम चलाउन सक्दथे, किनभने वास्तविक विज्ञान यान्त्रिक विज्ञानभन्दा पर गएको थिएन भूगोलीय र खगोलीय यान्त्रिकी । तथापि उच्च गणितले द्विविधा पहिले नै प्रस्तुत गरिसकेको थियो, जसले सदा विपरीत पुष्टि गर्दै, र यस्ता प्रस्थापनाहरू अगाडि सार्दै, जुन निम्न गणितको लागि बिलकूल अर्थहीन लाग्दछन्, निम्न गणितको नित्य सत्यलाई एउटा निषिद्ध दृष्टिकोणको रूपमा लिन्छ । यहाँ उक्त अनमनीय प्रवर्गहरू विलुप्त हुन्छन्, गणित एउटा यस्तो क्षेत्रमा आइपुग्दछ, जहाँ यस्ता सरल सम्बन्धहरूले पनि, जस्तैः केवल अमूर्त मात्रा, निकृष्ट अनन्तता, पूर्णतया एक द्वन्द्वात्मक रूप ग्रहण गर्दछन्, र गणितज्ञहरू अचेतन ढंगले र आफ्नो इच्छाविपरीत, द्वन्द्ववादी हुन बाध्य हुन्छन् । यी अन्तर्विरोधलाई समाधान गर्न, उच्च र निम्न गणितहरूलाई समन्वय गर्न, आफ्नो बोधलाई स्पष्ट गर्न गणितज्ञहरूद्वारा प्रयुक्त कुटिलताहरू, तिकडमहरू र युक्तिहरूभन्दा हास्यास्पद अरु केही छैन कि उनीहरू जुन एउटा अस्वीकार गर्न नसकिने नतिजामा आइपुगेका छन्, त्यो केवल अर्थहीन कुरा होइन, र सामान्यतया त्यो अनन्त गणितको प्रारम्भ-बिन्दु, विधि र परिणामलाई तार्किक रूपले व्याख्या गर्नु हो ।

तर पनि, अब सब कुरा बिल्कुल भिन्न छ । रसायनशास्त्र, भौतिक वस्तुहरूको अमूर्त विभाज्यता, निकृष्टअनन्तता- परमाणुवादिता । शरीरविज्ञान – कोशिका ( विभाजनद्वारा विकासको जैविक प्रक्रिया व्यक्ति र जाति दुवैको, तार्किक द्वन्द्ववादको सर्वाधिक आकर्षक परीक्षा), र अन्ततः प्रकृतिका शक्तिहरूको तद्रूपता र तिनीहरूको परस्पर रूपान्तरणीयता, जसले प्रवर्गहरूको सम्पूर्ण स्थिरतालाई अन्त गर्दछ । तथापि, अधिकांश प्रकृति-वैज्ञानिकहरू अझै पुराना अधिभूतवादी प्रवर्गहरूमा दृढतापूर्वक टाँसिन्छन् र निरीह हुन्छन्, जब यी आधुनिक तथ्यहरूलाई, जसले मानौं प्रकृतिको द्वन्द्वात्मकतालाई सिद्ध गर्दछन्, तार्किक ढंगले व्याख्या गर्नु र एक अर्कोको सम्बन्धमा ल्याउनु पर्दछ । र, यहाँ चिन्तन आवश्यक हुन्छ: परमाणुहरू र अणुहरू, आदिलाई सूक्ष्मदर्शक यन्त्रद्वारा अवलोकन गर्न सकिंदैन, यसको विपरीत केवल चिन्तनको प्रक्रियाद्वारा मात्र बुझ्न सकिन्छ । रसायनशास्त्रीहरू (शोर्लमर बाहेक, जो हिगेलसँग परिचित थिए) र भर्कोको cellular pathology तुलना गर्दा, अन्ततः उक्त निरीहतालाई सामान्य पदावलीहरूमा व्यक्त गरिनु पर्दछ । रहस्यवादबाट मुक्त द्वन्द्ववाद प्रकृतिविज्ञानको लागि पूर्णतया अनिवार्य बन्दछ, जसले त्यो क्षेत्रलाई परित्याग गरेको छ, जहाँ अनमनीय प्रवर्गहरू पर्याप्त हुन्छन्, जसले तर्कशास्त्रको निम्न गणितको प्रतिनिधित्व गर्दछन्, जुन यसका दैनिक उपकरणहरू हुन् । दर्शनले आफूलाई सफाया गरेकोमा विज्ञानसँग मरणोपरान्त प्रतिशोध लिन्छ, र, अझ वैज्ञानिकहरूले दर्शनद्वारा प्राप्त प्रकृति विज्ञानका सफलताहरूबाट पनि देखेका । हुनसक्दछन्, दर्शनसँग केही कुरा छ, जुन उनीहरूको आफ्नै विशेष क्षेत्रमा उनीहरूको भन्दा उच्चतर छ (लीबनिज- अनन्तताको गणितका संस्थापक, जसको मुकाबलामा आगमनात्मक बयल न्यूटन एक चोरीकर्ता र भ्रष्टको रूपमा देखापर्दछन्; कान्ट – जसको ब्रम्हाण्डको उत्पत्तिको सिद्धान्त लाप्लासभन्दा अगाडि आएको थियो; ओकेन – जर्मनीमा विकासक्रमको सिद्धान्त स्वीकार्ने प्रथम व्यक्ति; हिगेल – जसको प्रकृति-विज्ञानहरूको बोधगम्य वर्णन र तार्किक समूहन् समग्र भौतिकवादी बकवासभन्दा ठूलो उपलब्धि हो)

⁕        ⁕        ⁕

अस्तित्वको लागि संघर्षको आधारमा समाजवाद र राजनीतिक अर्थशास्त्रसम्बन्धी निर्णय बनाउने बुख्नरको दवीबारे : हेगेल (विश्वकोश, १, पृ. ९), सम्पूर्णबारे |

राजनीति र समाजवादबारे । जसको बोधको लागि विश्वले प्रतीक्षा गरेको छ, पृ. ११ ।

पृथक्करण, सहअस्तित्व र अनुक्रम । हेगेल, विश्वकोश, पृ. ३५ ६. ऐन्द्रिकको, विचारको निर्धारणको रूपमा ।

हेगेल, विश्वकोश, पृ. ४० । प्राकृतिक परिघटना – तर बुख्नरमा चिन्तन गरिएको छैन, केवल नक्कल मात्र उतारिएको छ, त्यसकारण यो सतही छ । पृष्ठ ४२ । सोलोनका नियमहरू “ उनको शिरबाट उत्पादित थिए – बुख्नर आधुनिक समाजको लागि त्यही काम गर्न समर्थ छन् ।

पृष्ठ ४५ । अधिभूतवाद – वस्तुहरूको विज्ञान- गतिहरूको विज्ञान होइन । पृष्ठ ५३। “अनुभवमा प्रत्येक चीज मनमाथि निर्भर हुन्छ, जुन हामीले यथार्थताको सम्बन्धमा धारण गर्दछौं । महान मन आफ्नो अनुभवमा महान हुन्छ; र परिघटनाहरूको विविधापूर्ण खेलमा एकैपटक वास्तविक महत्त्वको बिन्दु ग्रहण गर्दछ ।”

पृष्ठ ५६ । मानव व्यक्ति र इतिहासको बीचमा समानान्तरता – भ्रूणविज्ञान र जीवाश्म विज्ञानको बीचमा समानान्तरता ।

⁕        ⁕        ⁕

जसरी फूरिये गणितीय कविता हुन् र अझै प्रयोग गरिन्छ, त्यसैगरी हेगेल द्वन्द्वात्मक कविता हुन् ।

⁕        ⁕        ⁕

संरन्धताको गलत सिद्धान्त (जसअनुसार विभिन्न असत्य पदार्थहरू, केलोरिक, आदि, एक अर्कोका छिद्रहरूमा रहन्छन्, तर पनि एक अर्कोलाई भेदन गर्दैनन्) हेगेलद्वारा मनको एउटा विशुद्ध कल्पनाको रूपमा प्रस्तुत गरिएको छ ( विश्वकोश, १, पृ. २५९ । हेर्नुहोस् उनको ‘तर्कशास्त्र’ पनि) ।

⁕        ⁕        ⁕

हेगेल, विश्वकोश, १, पृ. २०५ – २०६, परमाणविक भारहरूको सम्बन्धमा एउटा भविष्यसूचक अनुच्छेद जुन तत्कालीन भौतिक दृष्टिकोणहरूको विपरीत छ, र वैचारिक निर्धारणहरूको रूपमा परमाणुहरू र अणुहरूको सम्बन्धमा पनि, जसमा चिन्तनले निर्णय गर्नु पर्दछ ।

⁕        ⁕        ⁕

यदि हेगेलले प्रकृतिलाई आफ्नो परकीयकरणमा नित्य “विचार” को अभिव्यक्तिको रूपमा मान्दछन् भने र यदि यो एउटा गंभीर अपराध हो भने, शरीररचना वैज्ञानिक रिचार्ड ओवेनको बारेमा हामीले के भन्ने :

“मूलरूपको विचार यस ग्रहमा विविध ढाँचाहरूअन्तर्गत मासमा अभिव्यक्त भएको थियो, जुन ती पशुजातिहरूका अस्तित्वभन्दा धेरै पहिले थियो, जसले यथार्थता त्यसलाई दृश्य बनाउँदछन् ।” (अवयवहरूको प्रकृति, १८४९)

यदि यो कुरा एक रहस्यमय प्रकृति वैज्ञानिकद्वारा भनिन्छ, जो यसबाट कुनै अर्थ बोध गराउँदैन भने, चुपचाप जान दिइन्छ, तर एक दार्शनिकले यही कुरा भन्दछ, जो यसबाट कुनै अर्थ बोध गराउँदछ, र वास्तवमा कुनै सही कुरा बोध गराउँदछ, यद्यपि उल्टो रूपमा भने, तब यो रहस्यवाद र एक भयानक अपराध हुन्छ ।

⁕        ⁕        ⁕

प्राकृतिक-वैज्ञानिक चिन्तन । सृष्टिसम्बन्धी अगासिजको योजना, जसअनुसार सृष्टि कार्यमा ईश्वर सामान्यबाट विशेष र व्यक्तिमा अग्रसर भए, जसमा उनले सर्वप्रथम खास मेरुदण्डी सृष्टि गरे, त्यसपछि खास स्तनधारी, खास शिकारी जन्तु, खास बिरालो, र अन्त्यमा मात्र सिंह, इत्यादि ! अर्थात्, सबभन्दा पहिले मूर्त वस्तुहरूको आकारमा अमूर्त विचार र त्यसपछि मूर्त वस्तुहरू ! ( हेर्नुहोस् ह्याकेल, पृ. ५९)

⁕        ⁕        ⁕

ओकेनमा (ह्याकेल, पृ. ८५) प्राकृतिक विज्ञान र दर्शनशास्त्रको बीचको द्वैतताबाट उत्पन्न भएको बकवास स्पष्ट हुन्छ । चिन्तनको मार्गद्वारा ओकेनले प्रोटोप्लाज्म र कोषको आविष्कार गर्दछन्, तर यसले प्राकृतिक-वैज्ञानिक अनुसन्धानका दिशाहरूमा विद्यमान विषयलाई अनुसरण गरेको देखिदैन – यो चिन्तनद्वारा नै सम्पन्न गरिनु पर्दछ ! र, जब प्रोटोप्लाज्म र कोषको आविष्कार गरियो, ओकेन सामान्यत: प्रसिद्धिहीन भए ।

⁕        ⁕        ⁕

होफम्यान (Ein Jahrhundert chemie unter den Hohenzollern मा) प्रकृति दर्शनलाई उद्धृत गर्दछन् । बेलट्रिस्ट, रोजेनक्रेन्जबाट एक उद्धरण, जसलाई वास्तविक कुनै पनि हेगेलवादीले मान्दैन । प्रकृति दर्शनलाई रोजनक्रेन्जको लागि जिम्मेवार बनाउनु त्यति मूर्खता हो, जति होफम्यानले होएनजोलर्नहरूलाई चुकन्दर चिनीसम्बन्धी मागरग्ग्राफको आविष्कारको लागि जिम्मेवार बनाउनु ।

सिद्धान्त र अनुभववाद ।- पृथ्वीको थेप्चोपन न्यूटनद्वारा सैद्धान्तिक रूपले स्थापित गरिएको थियो । क्यासिनीहरू र अन्य फ्रान्सेलीहरूले त्यसपछि लामो समय, आफ्ना अनुभवपरक नापहरूको आधारमा, मानिरहे कि पृथ्वी अण्डाकार छ र ध्रूबीय अक्ष सबभन्दा लामो छ ।

⁕        ⁕        ⁕

यदि कसैले, उदाहरणको लागि, टी. टम्पसन (विद्युतबारे ) लाई पढ्दछ भने, यूनानीहरूप्रति अनुभववादीहरूको तिरस्कारले एक अनौठो दृष्टान्त प्राप्त गर्दछ, जहाँ डेभीजस्ता मानिसहरू र फेराडे पनि अन्धकारमा छामछुम गर्दछन् (विद्युतीय झिल्का, आदि), र त्यस्ता परीक्षणहरू गर्दछन्, जसले भौतिक रासायनिक परिघटनासम्बन्धी एरिस्टोटल र प्लिनीका कथाहरूमध्ये एउटा कथाको स्मरण गराउँदछन् । ठीक यही नयाँ विज्ञानमा अनुभववादीहरूले ती प्राचीनहरूको अन्ध खोजीलाई पूर्णतया पुनरुत्पादन गर्दछन् । र, जब फेराडे आफ्नो प्रतिभाद्वारा सही मार्गमा पुग्दछन्, कूपमण्डूक टम्पसनले यसको विरोध गर्नु पर्दछ । (पृ. ३९७)

⁕        ⁕        ⁕

ह्याकेल, (Anthropogenie), पृ. ७०७ ।

“जगत सम्बन्धी भौतिकवादी दृष्टिकोणअनुसार, पदार्थ वा द्रव्य गतिभन्दा पहिले विद्यमान थिए अथवा शब्दतः पदार्थले बल सृजना गर्‍यो ।” यो त्यति नै असत्य हो, जति कि बलले पदार्थ सृजना गर्‍यो भन्ने कथन, किनभने बल र पदार्थ अविभाज्य छन्।

उनले आफ्नो भौतिकवाद कहाँबाट प्राप्त गर्दछन् ?

⁕        ⁕        ⁕

‘लक्ष्य कारण’ र ‘निमित्त कारण’ ह्याकेलद्वारा (पृ. ८९, ९० ) उद्देश्यपूर्ण ढंगले काम गर्ने र यान्त्रिक ढंगले काम गर्ने कारणहरूमा रूपान्तरित गरिए, किनभने उनको लागि ‘लक्ष्य कारण’ = ईश्वर त्यसैगरी उनको लागि ‘यान्त्रिक’, जुन कान्टबाट ग्रहण गरिएको थियो, = अद्वैतवादिता, यान्त्रिकीको अर्थमा यान्त्रिक होइन । भाषाको यस्तो भ्रमबाट, बकवास अपरिहार्य हुन्छ । ह्याकेलले यहाँ कान्टको ‘उद्देश्यवादको आलोचना’ को बारेमा जे भन्दछन्, त्यो हेगेलसँग मेल खाँदैन । (दर्शनको इतिहास ( खण्ड ३), अनुच्छेद ६०३ )

ह्याकेलमा ध्रुबताको अर्को उदाहरण : यान्त्रिकवाद = अद्वैतवाद, र जीवात्मवाद अथवा उद्देश्यवाद = द्वैतवाद । कान्ट र हेगेलमा पहिले नै भित्री उद्देश्य द्वैतवादको विरोध हो । जीवनमा प्रयोग गरिएको यान्त्रिकता एउटा निस्सहाय प्रवर्ग हो, बढीमा हामी रासायनिकताको बारेमा कुरा गर्न सक्दछौं, यदि हामी नामहरूको सबै बोधलाई परित्याग गर्न चाहन्छौं भने । उद्देश्य : हेगेल, ५, पृ. २०५ :

“यसप्रकार यान्त्रिकताले आफूलाई समग्रताको एक प्रवृत्तिको रूपमा त्यसमा अभिव्यक्त गर्दछ, जहाँ यसले प्रकृतिलाई आफ्नो लागि एक समुच्चयको रूपमा धारण गर्न खोज्दछ, जसलाई आफ्नो धारणाको लागि कुनै अन्यको आवश्यकता पर्दैन – एक समग्रता जुन लक्ष्य र असाधारण बोधमा पाइँदैन, जुन त्यहाँ संगठित हुन्छ ।”

तर पनि कुरा यो हो कि यान्त्रिकवाद ( र अठारौं शताब्दीको भौतिकवाद पनि) अमूर्त आवश्यकताबाट हट्दैन, र त्यसैकारण संयोगबाट पनि । पदार्थले स्वयं आफूबाट चिन्तनशील मानव मस्तिष्कको विकास गर्दछ भन्ने कुरा यान्त्रिकवादको लागि एउटा विशुद्ध आकस्मिक कुरा हो, यद्यपि अनिवार्य रूपले निर्धारित हुन्छ, कदमपछि कदम, जहाँ यो घटित हुन्छ । तर सत्य यो छ कि पदार्थको प्रकृति नै चिन्तनशील वस्तुहरूको विकासक्रमतिर अग्रसर हुनु हो, त्यसैकारण यो सदा अनिवार्यतः देखिन्छ, जहाँ-जहाँ यसको लागि (सबै स्थानहरू र समयहरूमा अभिन्न होइन) आवश्यक अवस्थाहरू विद्यमान हुन्छन् ।

थप, हेगेल, ५, पृ. २०६ :

“नतिजास्वरूप, बाह्य आवश्यकताको यसको सम्बन्धमा, यो सिद्धान्त (यान्त्रिकवादको) ले उद्देश्यवादको विरुद्धको रूपमा अनन्त स्वतन्त्रताको चेतना प्रदान गर्दछ, जसले आफूभित्र जेजति छ, त्यसलाई कुनै निरपेक्ष चीजको रूपमा स्थापित गर्दछ, जुन तुच्छ अथवा घृणास्पदसमेत छ र यहाँ एक अधिक सार्विक चिन्तनले केवल असीमित रूपमा बन्दी अथवा रुग्नसमेत अनुभव गर्न सक्दछ ।”

यहाँ, पुनः, प्रकृतिमा पदार्थ र गतिको भव्य बर्बादी । सौर परिवारमा संभवतः बढीमा तीन ग्रहहरू छन्, जसमा जीवन र चिन्तनशील वस्तुहरू अस्तित्वमा रहन सक्दछन्- वर्तमान अवस्थाहरूमा । र, समुच्च विशाल साधन तिनीहरूको हितको लागि !

जैविक वस्तुमा भित्री उद्देश्य, हेगेलका अनुसार (५, पृ. २४४), आवेगको माध्यमबाट संचालन हुन्छ । Pas trop fort. आवेगले एकल जीवित वस्तुलाई यसको विचारद्वारा धेर-थोर तारतम्यमा ल्याउँदछ भन्ने मानिन्छ । यसबाट सम्पूर्ण भित्री उद्देश्य स्वयं कति वैचारिक निर्धारण हो भन्ने देखिन्छ । र, अझै लामार्क यसमा अन्तर्भूत छन् ।

⁕        ⁕        ⁕

प्रकृति वैज्ञानिकहरूले के विश्वास गर्दछन् भने उनीहरूले आफूलाई दर्शनशास्त्रबाट यसलाई बेवास्ता गरेर अथवा अपशब्द प्रयोग गरेर मुक्त गर्दछन् । तर पनि, उनीहरूले चिन्तनबिना कुनै प्रगति गर्न सक्दैनन्, र चिन्तनको लागि उनीहरूलाई वैचारिक निर्धारणको आवश्यकता पर्दछ । तर उनीहरूले यी प्रवर्गहरूलाई विचार नगरीकन तथाकथित शिक्षित व्यक्तिहरूको सामान्य चेतनाबाट ग्रहण गर्दछन्, जुन धेरै पहिले कालातीत भइसकेका दर्शनशास्त्रहरूका अवशेषहरूद्वारा थिचिएको हुन्छ, अथवा दर्शनशास्त्रको त्यो अल्पांशबाट ग्रहण गर्दछन्, जुन विश्वविद्यालयमा अनिवार्य रूपले सुनिन्छ (जुन न केवल आंशिक मात्र हुन्छ, बरु त्यस्ता मानिसहरूका दृष्टिकोणहरूको खिचडी पनि हुन्छ, जुन अत्यधिक विविध र प्राय: निकृष्टतम सम्प्रदायहरूमा पर्दछन्), अथवा सबै प्रकारका दार्शनिक लेखनहरूको आलोचनारहित तथा अव्यवस्थित अध्ययनबाट ग्रहण गर्दछन् । त्यसकारण तिनीहरू दर्शनशास्त्रको कम दासतामा छैनन्, बरु अधिकांश मामिलाहरूमा निकृष्टतम् दर्शनशास्त्रको दासतामा छन्, र जसले दर्शनशास्त्रलाई अत्यधिक गाली गर्दछन्, उनीहरू नै वास्तवमा निकृष्टतम दर्शनशास्त्रहरूका अति विकृत अवशेषहरूका दासहरू हुन् ।

⁕        ⁕        ⁕

प्रकृति वैज्ञानिकहरूले आफूलाई मनपर्ने जुनसुकै दृष्टिकोण ग्रहण गरून्, उनीहरू अझै दर्शनशास्त्रको प्रभुत्व अन्तर्गत छन् । प्रश्न यो मात्र हो कि उनीहरू एउटा निकृष्ट, बजारु दर्शनशास्त्रको प्रभुत्वमा पर्न चाहन्छन् वा एउटा सैद्धान्तिक चिन्तन रूपको प्रभुत्वमा, जुन चिन्तनको इतिहास र यसका उपलब्धिहरूसँगको परिचयमाथि निर्भर हुन्छ ।

“भौतिक विज्ञान, अधिभूतवादबाट सावधान रहनू”, बिलकूल ठीक छ, तर भिन्नै अर्थमा ।

प्रकृति वैज्ञानिकहरूले पुरानो अधिभूतवादका अवशेषहरूसँग साटफेर गरेर दर्शनशास्त्रलाई आफ्नो भ्रामक अस्तित्व लम्ब्याउन दिन्छन् । जब प्राकृतिक र ऐतिहासिक विज्ञान द्वन्द्ववादद्वारा सुसम्पन्न हुन्छ, तबमात्र सम्पूर्ण दार्शनिक कसमल- चिन्तनको विशुद्ध सिद्धान्तभन्दा बाहेक अन्य – सकारात्मक विज्ञानमा विलीन हुँदै निरर्थक हुनेछ ।



2 responses to “प्राकृतिक विज्ञान र दर्शनशास्त्र”

  1. सुंदर टिपणी

    Liked by 1 person

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started