चेर्नीशेभ्स्कीको प्रसिद्ध उपन्यास ‘के गर्ने ?’ को सारसंक्षेप

के गर्ने ? (What is to be done ?) – निकोलाई चेर्नीशेभ्स्की (Nikolay Chernyshevsky)

‘के गर्ने’ निकोलाई चेर्नीशेभ्स्की (२४ जुलाई १८२८- २९ अक्टुबर १८८९) को एक प्रसिद्ध उपन्यास हो। चेर्नीशेभ्स्की एक महान लेखक तथा विचारक, दार्शनिक, पत्रकार र समालोचक थिए। उनका रचनाहरूले कैयौं इतिहास निर्माताहरूलाई प्रभावित गरेको थियो। मार्क्स, एंगेल्स र लेनिन पनि चेर्नीशेभ्स्कीबाट धेरै प्रभावित थिए। रूसका क्रान्तिकारीहरूको सम्पूर्ण पुस्तामा चेर्नीशेभ्स्कीको गहन प्रभाव थियो। उनको उपन्यास ‘के गर्ने’ ले समाजमा अत्यन्तै प्रभावकारी स्थान छोडेको थियो। यसले मार्क्सवादी, क्रान्तिकारी र शून्यवादीहरूलाई समेत प्रेरित गरेको थियो।  यसले इतिहास निर्माताहरूको एउटा सम्पूर्ण पुस्तालाई शिक्षित र दीक्षित गर्नमा धेरै महत्त्वपूर्ण भूमिका निभाएको थियो। यसले विशेषगरी युवा समुदायमा गहन प्रभाव पारेको थियो। यो उपन्यासले आफ्नो समयका प्रगतिशील युवाहरूको सामुन्ने व्यावहारिक कार्वाहीको एक ठोस योजना प्रस्तुत गरेको थियो। यसमा एकदम नयाँ प्रकारका मानिसहरूको जीवनको कथा प्रस्तुत गरिएको छ। उनीहरूका सर्वथा नयाँ प्रकारका नैतिक र सामाजिक विचार थिए र नयाँ प्रकारको पारिवारिक जीवन थियो। उनीहरू आफ्नो श्रमको सहायताबाट जीवनयापन गर्ने मानिस थिए। उनीहरू आफ्नो व्यावहारिक जीवनका उदाहरणबाट मानिसहरूलाई समाजवादका विचारबाट विश्वासप्रद बनाउँथे।

चेर्नीशेभ्स्कीले ‘के गर्ने ?’ उपन्यास जेलमा लेखेका थिए र सन् १८६३ मा प्रकाशित भएको थियो। उनलाई सामाजिक-राजनीतिक संघर्ष गर्दा जेल हालिएको थियो र यसमा पनि त्यही विषयमाथि चर्चा गरिएको छ। यसमा सामूहिक स्वामित्व, मुक्त प्रेम, वैज्ञानिक शिक्षा, गरीबी निवारण र अन्य दार्शनिक र राजनीतिक प्रश्नहरूको उल्लेख गरिएको छ। यो उपन्यासको रूसी सांस्कृतिक इतिहास र उन्नाइशौं शताब्दीको उत्तरार्धमा क्रान्तिकारी रूसी युवाहरूमा व्यापक प्रभाव पर्यो। यो कृति एक प्रवृत्तिगत उपन्यास हो। यसमा लेखकको मुख्य उद्देश्य समाजलाई बदल्नको लागि एक खाका प्रस्तुत गर्नु हो। यसमा विवाह र महिला-पुरूष सम्बन्धको भूमिकामाथि जोड दिएको छ।

यो उपन्यासले रूसी किसान कम्युनमा आधारित साना समाजवादी सहकारी समिति निमार्णको वकालत गर्दछ। यसमा बुद्धिजीवीको कर्तव्य श्रमिक जनतालाई शिक्षित बनाउनु र पूँजीवादलाई हटाएर समाजवादको मार्गमा लानु हो भन्ने कुरा स्पष्ट पारिएको छ। उपन्यासमा एक पात्र राखमेतोभ दार्शनिक, भौतिकवादी र क्रान्तिकारीको प्रतीक बनेको छ। यो उपन्यासकी मुख्य पात्र भेराले अन्य युवतीहरूलाई पनि आफ्नो जस्तै दुर्दशाबाट मुक्त गराउन चाहन्छिन्। उनले वास्तविक जीवनमा आफ्नो सिलाई सहकारी र आवासीय कम्युन बनाएर आफू र अन्य युवतीहरूलाई आर्थिक रूपले स्वतन्त्र र आत्मनिर्भर बनाउने प्रसास गर्छिन्। उपन्यासमा भेराले अरू पात्र लोपखोभ र किरसानोभको बीचमा खराबीको दार्शनिक र सैद्धान्तिक बहस सृजना गरेकी छिन्। यसरी नै उपन्यासमा भेराले लोपुखोभसँग गरेको विवाहको संदेहलाई उजागर गरिएको छ, यो एकविवाह र विषमलैंगिक सामाजिक मापदण्ड अनुरूप छैन। अन्तिममा उपन्यासमा भेराको माध्यमबाट कृषि काल्पनिकतालाई निर्माण गर्ने कुरा दर्शाइएको छ। भेराले एक प्राविधिक र वैज्ञानिक चमत्कारपूर्ण क्रिस्टल महल देख्छिन्। भेराको स्वप्न-मार्गदर्शनले काल्पनिक समाजको आधारको रूपमा सम्पूर्ण महिलाहरू र पुरूषहरूको बीचमा समान अधिकारको वकालत गर्दछ। यहीं नै भेराले स्वयंलाई स्वप्न-मार्गदर्शनको रूपमा पहिचान गर्छिन्।

उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा

यो उपन्यासको शुरूवात एक अज्ञात व्यक्तिद्वारा होटलमा आएर भोजन, ओच्छ्यान र विहान जगाउने बारेमा सोधेपछि हुन्छ। त्यसपछि उसले ढोका बन्द गरिदिन्छ र पूरै रात उसको बारेमा केही पनि थाहा हुँदैन। वेटरले भोलिपल्ट उसलाई जगाउनको लागि ढोका खटखटाउँछ तर उसले कुनै प्रतिक्रिया पाउँदैन र अन्ततः पुलिससँग सम्पर्क गर्दछ। पुलिसले ढोका खोलेपछि लाइटनी पुलसँग जोडिएको एउटा नोटबाहेक कोठा खाली पाउँछन्। पुलिसले मुख्य नोकरलाई त्यो दिन पुलमा विहान अढाई बजे एक गोलीको आवाज सुनिएको थियो र यसलाई आत्महत्या मानिएको थियो भन्ने कुरा सूचित गर्छन्। तर त्यहाँ कुनै लाश प्राप्त भएको थिएन। यसपछि केही मानिसहरूले के निष्कर्ष निकाले भने यो आत्महत्या थियो, अन्य मानिस जड्याहाँ थिए र अरू व्यवहारिक जोकर थिए। यसपछि उपन्यासमा नायिका भेरा पाभलोभ्ना आफ्नी दासीको लागि भेराको विवाहमा लाउने एउटा पोशाक तयार गरिरहेकी दृश्य उल्लेख गरिएको छ। दासी माचाले उनलाई एउटा पत्र दिन्छिन्, जसको कारणले भेरा क्रोधित हुन्छिन्। त्यसपछि भेरा आफ्नो हुनेवाला पतिसँग झगडा गर्न लाग्छिन् र उसलाई त्यहाँबाट जान भन्छिन्।

विशेषगरी उपन्यासको कथा भेरा रोजाल्स्की पाभलोभ्नाको जीवन वरिपरि नै घुम्छ । भेरा पाभलोभ्ना एक बुद्धिमान युवति हुन्छिन्। भेरा आफ्नी अत्याचारी आमा, षड्यन्त्रकारी पिता र एउटा सानो भाइसँग बसेकी हुन्छिन्।  उनी आफ्नी दमनकारी आमाको शासनमा हुन्छिन् । उनकी आमा भेराको विवाह उनीहरू बस्ने टिनामेन्ट ब्लकको मालिकको छोरो, सुखवादी युवा सैन्य अधिकारीसँग गराउन चाहन्छिन्। भेराका आफ्नै आकांक्षाहरू छन्, उनी आफ्नो घरपरिवारबाट मुक्त हुन चाहन्छिन्। उनी आफ्नो भाइको शिक्षक लोपुखोभ नामक एक मेडिकल विद्यार्थीको शिक्षकसँग मित्रता कायम गर्छिन्। लोपुखोभ र भेरा आफ्नी आमाको शंकाबाट बच्न तथा समाजवाद, लैंगिक समानता, विज्ञान र मागी विवाहबाट बच्ने तरीकाको बारेमा छलफलको लागि व्यक्तिगत रूपमा भेट्न शुरू गर्दछन्। समयक्रमसँगै उनीहरूमा एक-अर्कोको लागि भावना विकसित हुन्छ। भेरा लोपुखोभद्वारा पढाइने किताबहरूबाट प्रेरित भएर ऊसँग दार्शनिक छलफल गर्छिन्। अन्ततः दुवैलाई के महसुस हुन्छ भने लोपुखोभले भेरासँग विवाह गरेर उनलाई एक प्रेमविहीन विवाह र परिवारप्रतिको आजीवन दासताबाट बचाउन सक्छ। त्यसकारण उनीहरू चुपचाप भाग्छन् । त्यसपछि उसले उनीसँग विवाह गरेर उनलाई आफ्नी आमा र अवांछित प्रेमीको नाकमुनिबाट खोस्दछ।

विवाहपछि उनीहरूले पूर्ण रूपमा योजनाबद्ध तरीकाले एकसाथ घर बसाउँछन्। उनीहरू आफ्ना मान्यता अनुसार रहने उद्देश्य लिन्छन् र एक विस्तृत नियमहरूको एउटा प्रणाली तयार गर्दछन्।  उनीहरू फरक-फरक कोठामा एउटै घरमा बस्छन्, जसमा केवल अनुमति लिएर मात्र अर्को व्यक्तिको कोठामा प्रवेश मिल्छ। उनीहरूले एक-अर्कोलाई अधिकतम् समानता, गोपनियता र स्वतन्त्रता दिन्छन्। खाना, चियापानी, आदिको लागि  एक तटस्थ कोठाको व्यवस्था गरिएको छ; भेराले त्यसलाई तहखाना भन्छिन् र उनी उत्पीडनको आफ्नो विगत जीवनबाट मुक्तिको महसुस गर्छिन्। यसले विवाहभन्दा पहिलेको उनको जीवन र अपेक्षाहरूलाई दर्शाउँदछ।

भेरा केवल आफ्नो लागि मात्र आर्थिक स्वतन्त्रताको आकांक्षा राख्दिनन्, बरू अन्य युवतीहरूलाई पनि त्यो भाग्यबाट बचाउने इच्छा राख्छिन्, जसको उनले सामना गरेकी हुन्छिन्। लोपुखोभसँग लामो छलफलपछि भेराले वित्तीय स्वतन्त्रता हासिल गर्नको लागि एक सिलाइकर्मीको रूपमा एउटा सानो व्यवसाय स्थापित गर्ने निर्णय गर्छिन्। यसमा लिंगीय समानताको उनको इच्छा बलियो हुन्छ। र, केही अरू केटीहरूको सहयोगबाट व्यवसायलाई अगाडि बढाउँदै विस्तार गर्छिन्। उनी अन्य शाखा खोल्छिन् र एक सहकारी संस्था संचालन गर्छिन्, जसमा सबै केटीहरू एकसाथ बस्दछन् एवं नाफा बाँड्दछन्। उनीद्वारा बनाइएका कार्यशाला र आवासगृहहरूको विवरण लामो र विस्तृत हुन्छ, यो विचारबाट प्रेरित भएर काल्पनिक काम तथा बस्ने ठाउँको संभावनाको लागि गरिन्छ, यसबाट कसैको आफ्नो व्यक्तिगत स्वार्थ समूहका हितहरूसँग जोडिन्छ, जसबाट व्यक्ति र सामान्य भलाईको लागि सर्वोत्तम स्थिति बन्छ। यसका अन्य धेरै कथाहरू उपन्यासमा सम्बन्धित छन्। यसमा कम्युनको साझा व्यवस्था, मुनाफाको समान वितरण, लोपुखोभ तथा उनका सबभन्दा असल साथी र सहपाठी अलेक्जेण्डर किरसानोभ जस्ता शिक्षित व्यक्तिहरूद्वारा प्रदान गरिने कक्षा, आदि विषय उल्लेख गरिएको छ। कम्युन विस्तार भएर अन्य कम्युनको निर्माण हुँदै जान्छ।

यही बीचमा भेराको लोपुखोभको साथी र सहपाठी किरसानोभसँग प्रेम हुन्छ। लोपुखोभलाई भेरासँग उसको विवाह केवल उनलाई स्वतन्त्रता हासिल गर्नमा सहयोग गर्नको लागि थियो र ऊ अब वास्तविक प्रेमको मार्गमा उभिएको छ भन्ने कुराको महसुस हुन्छ । लोपुखोभको भेराप्रति अनुराग कम भएको छैन भन्ने कुरा उसलाई थाहा हुन्छ र अन्ततः भेरासँग समस्यामाथि छलफल गर्नुभन्दा पहिले नै घटनामाथि हेरफेर गर्ने कोशिस गर्दछ।  त्यसपछि उसले भेराको खुशीमाथि अवरोध सृजना नहोस् भनेर एक असाधारण व्यक्ति राखमेतोभको सहायता र मार्गदर्शन अन्तर्गत स्वयंलाई दृश्यबाट वेपत्ता बनाउँछ र आफ्नो आत्महत्याको नाटक बनाउँदछ, जसको बारेमा प्रस्तावनामा वर्णन गरिएको छ। त्यसपछि किरसानोभ र भेरा एक-अर्कोसँग विवाह गर्नको लागि स्वतन्त्र हुन्छन्। र, अन्ततः किरसानोभ र भेराले विवाह गर्दछन्। पछि राखमेतोभले भेरालाई लोपुखोभको नक्कली आत्महत्याको बारेमा बताउँदछ। यद्यपि सीमस्ट्रेस कम्युनको आफ्नो कामबाट सन्तुष्ट भएर भेराले डाक्टर बन्ने र यसप्रकारको पेशामा सामेल हुने महिलाहरूको विरूद्धमा सार्वजनिक पूर्वाग्रहलाई तोड्नको लागि चिकित्सकको अध्ययन गर्न शुरू गर्छिन्।

उपन्यासको अन्तिम खण्ड किरसानोभ र उसले उपचार गरिरहेको बिरामीमा केन्द्रित छ। यी युवती आंशिक रूपमा आफ्नो इच्छा अनुसार विवाह गर्ने स्वतन्त्रताको कमीको कारण पीडित छिन्। किरसानोभले केवल यो समस्याको समाधान मात्र गर्दैन, बरू उनले विवाह गर्न चाहेको मानिस एक लम्पट र कमजोर साथी हो भन्ने कुराको विश्वास दिलाउन पनि सहयोग गर्दछ। त्यसपछि ती महिलाले चार्ल्स ब्यूमोंटलाई भेट्छिन र ऊसँग प्रेम गर्न लाग्छिन्। एउटा व्यक्तिले के दावी गर्दछ भने ऊ एक अमेरिकी उद्योगपति हो र आंशिक रूपले रूसमा हुर्किएको हो। चार्ल्सले युवतीलाई भेराको घेरातिर लैजान्छ, जसमा उनी तुरून्तै सामेल हुन्छिन्। अन्तमा चार्ल्स र ती महिलाले विवाह गर्दछन्। भेराले पहिलो पटक चार्ल्सलाई भेट्छिन् र उनले चार्ल्स अमेरिकाबाट फर्किएको लोपुखोभ हो भन्ने कुरा पत्ता लाउँछिन्।  त्यसपछि उपन्यासको बाँकी भागमा सबै खुशीपूर्वक एकसाथ रहन्छन्।

सन्दर्भ स्रोत

  • WHAT IS TO BE DONE? – Nikolai Chernyshevsky, Translated by Michael R. Katz, Annotated by William G. Wagner, Cornell University Press, Ithaca and London.


Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started