चिनियाँ कम्युनिष्ट पार्टीको विधान

(२२ अक्टुवर २०२२ को चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनमा संशोधित तथा पारित)

स्रोत https://english.www.gov.cn/news/topnews/202210/26/content_WS635921cdc6d0a757729e1cd4.html

English मा पढ्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्

सामान्य कार्यक्रम

चीनको कम्युनिष्ट पार्टी चिनियाँ श्रमिक वर्ग, चिनियाँ जनता र चिनियाँ राष्ट्रको अग्रदस्ता पार्टी हो। यो चिनियाँ विशेषतासहितको समाजवादको लागि नेतृत्व गर्ने मुख्य पार्टी हो र यसले चीनको उन्नत उत्पादक शक्तिहरूको विकासात्मक माग, चीनको उन्नत संस्कृतिको लागि अभिमुखीकरण र चीनियाँ जनताहरूको सबभन्दा बढी संभावित बहुमतका मौलिक हितहरूको प्रतिनिधित्व गर्दछ। पार्टीको सर्वोच्च आदर्श र अन्तिम लक्ष्य साम्यवादको प्राप्ति हो। 

चीनको कम्युनिष्ट पार्टीले मार्क्सवाद-लेनिनवाद, माओत्सेतुङ विचार, देङ सियाओपिंग सिद्धान्त, तीन प्रतिनिधि सिद्धान्त, विकासको वैज्ञानिक दृष्टिकोण र नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा प्रयोग गर्दछ।

मार्क्सवाद-लेनिनवादले मानव समाजको इतिहासको विकासलाई नियन्त्रण गर्ने नियमहरूलाई प्रकट गर्दछ। यसको मूल सिद्धान्त सही छ र यसमा अथाह जीवनशक्ति छ। चिनियाँ कम्युनिष्टहरूद्वारा अपनाइएका साम्यवादका उच्चतम् आदर्शलाई समाजवादी समाज पूर्ण रूपमा विकसित र अत्यधिक उन्नत भएपछि साकार बनाउन सकिन्छ। समाजवादी व्यवस्थाको विकास एवम् सुधार एक लामो ऐतिहासिक प्रक्रिया हो। मार्क्सवाद-लेनिनवादका मूल सिद्धान्तहरूलाई कायम राख्न र चिनियाँ जनताहरूद्वारा चुनिएका चीनका विशिष्ट परिस्थिति अनुकूल मार्गको अनुशरण गरेपछि चीनको समाजवादी उद्देश्य अन्ततः विजयी हुनेछ। कमरेड माओत्सेतुङलाई आफ्नो मुख्य प्रतिनिधिको रूपमा लिएर चिनियाँ कम्युनिष्टहरूले मार्क्सवाद-लेनिनवादका आधारभूत सिद्धान्तहरूलाई चिनियाँ क्रान्तिको वास्तविक अभ्याससँग जोडेर माओत्सेतुङ विचारको विकास गरे। माओत्सेतुङ विचारधारा चीनमा मार्क्सवाद-लेनिनवादको प्रयोग र विकास हो; यो चीनको क्रान्ति र निर्माणसँग सम्बन्धित सैद्धान्तिक विचार र अनुभवहरूको सारांश हो, जुन व्यवहारमा सही सावित भएको छ; र यो चीनको कम्युनिष्ट पार्टीको सामूहिक ज्ञानको सघनीकरण हो। माओत्सेतुङ विचारको मार्गदर्शनमा चीनको कम्युनिष्ट पार्टीले साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवादको विरूद्ध लामो क्रान्तिकारी संघर्षमा सबै जातीय समूहहरूका चिनियाँ जनताको नेतृत्व गर्‍यो, नयाँ जनवादी क्रान्तिमा जित हासिल गर्‍यो र जनवादी गणतन्त्र चीन, जनताको जनवादी अधिनायकत्वको स्थापना गर्‍यो। जनगणतन्त्र चीनको स्थापनापछि चीनको कम्युनिष्ट पार्टीले समाजवादी परिवर्तन गर्न, नयाँ जनवादबाट समाजवादमा संक्रमणलाई पूरा गर्न, आधारभूत समाजवादी प्रणालीको स्थापना गर्न र समाजवादी अर्थव्यवस्था, राजनीति र संस्कृति विकास गर्नमा सफलतापूर्वक जनताको नेतृत्व गर्‍यो।

चीनको कम्युनिष्ट पार्टीको ११औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकपछि चिनियाँ कम्युनिष्टहरूले आफ्ना प्रमुख प्रतिनिधिका रूपमा कमरेड देंग सियाओपिंगलाई लिएर जनगणतन्त्रको स्थापनापछि प्राप्त सकारात्मक र नकारात्मक दुवै अनुभवहरूको विश्लेषण गरे,  मस्तिष्कलाई मुक्त गरे र तथ्यहरूबाट सत्यको खोजी गरे। उनीहरूले सम्पूर्ण पार्टीको ध्यान आर्थिक विकासमा केन्द्रित गरिदिए र सुधार एवं खुलापनको शुरूवात गरे,  जसबाट समाजवादमा विकासको एक नयाँ  युगको शुरूवात भयो;  उनीहरूले विस्तारै चिनियाँ विशेषतासहितको समाजवादको निर्माणको लागि कार्यदिशा, सिद्धान्त र नीती तयार गरे, चीनमा समाजवादको निर्माण, सुदृढीकरण र विकासमाथि आधारभूत सवालहरूमा स्पष्टता ल्याए र यसरी देंग सियाओपिंग सिद्धान्त स्थापना गरे। देंग सियाओपिंग सिद्धान्त समकालीन चीनमा अभ्यास र युगको विशेष विशेषतासहित मार्क्सवाद-लेनिनवादका आधारभूत सिद्धान्तहरूको संयोजनको उत्पादन हो; यो नयाँ ऐतिहासिक परिस्थितिमा माओत्सेतुङ विचारकै निरन्तरता र विकास हो;  यसले चीनमा मार्क्सवादको विकासको लागि एक नयाँ चरणको प्रतिनिधित्व गर्दछ; यो समकालीन चीनको मार्क्सवाद हो र चीनको कम्युनिनष्ट पार्टीको सामूहिक ज्ञानको सघनता हो;  र यसले चीनको समाजवादी आधुनिकीकरणको निरन्तर प्रगतिको मार्गदर्शन गर्दछ।

चीनको कम्युनिष्ट पार्टीको १३औं केन्द्रीय समितिको चौथो पूर्ण बैठकपछि चिनियाँ कम्युनिष्टहरूले कमरेड जियाङ जमिनलाई मुख्य प्रतिनिधिको रूपमा लिएर व्यवहारमा चिनियाँ विशेषतासहितको समाजवाद विकसित गरी समाजवाद के हो  र कसरी निर्माण गर्ने भन्ने बारेमा आफ्नो बुझाइलाई गहन बनाएका छन्। र, कस्तो पार्टी बनाउने तथा कसरी बनाउने र पार्टी तथा देशलाई शासन गर्न बहुमूल्य अनुभव कसरी बटुल्ने भन्ने तीन प्रतिनिधि सिद्धान्तको निर्माण भयो। तीन प्रतिनिधि सिद्धान्त मार्क्सवाद-लेनिनवाद, माओत्सेतुङ विचार र देङ सियाओपिंग  सिद्धान्तको निरन्तरता र विकास हो, यसले आजको संसार र चीनमा भएका विकास र परिवर्तनहरूले पार्टी र सरकारमाथि राख्ने नयाँ माँगहरूलाई दर्शाउँदछ। पार्टी निर्माणलाई सुदृढ र सुधार गर्न र चीनको समाजवादको आत्मसुधार र विकासलाई बढावा दिनको लागि एक शक्तिशाली सैद्धान्तिक उपकरण  चीनको कम्युनिष्टको पार्टीको सामूहिक ज्ञान र एक मार्गदर्शन विचारधाराको सघनीकरण हो, यसलाई पार्टीले लामो समयसम्म कायम राख्नुपर्दछ। तीन प्रतिनिधि सिद्धान्तको सँधै अभ्यास गर्ने कुरा सुनिश्चित गर्नु पार्टीको आफ्नो विकासको जग हो, पार्टी शासनको आधारशिला हो, र पार्टीको शक्तिको स्रोत हो।

पार्टीको १६औं राष्ट्रिय महाधिवेशनपछि चिनियाँ कम्युनिष्टहरूले कमरेड हु जिन्ताओलाई आफ्नो प्रमुख प्रतिनिधिको रूपमा लिएर देङ सियाओपिङको सिद्धान्त  र तीन प्रतिनिधिको सिद्धान्तलाई आफ्नो मार्गदर्शनको रूपमा लिने काम जारी राखे। विकासका नयाँ मागहरूको आधारमा उनीहरूले कस्तो प्रकारको विकासलाई पछ्याउने र नयाँ परिस्थितिमा यसलाई कसरी अगाडि बढाउने भन्ने  सम्बन्धमा गहिरो बुझाई विकसित गरे र  प्रमुख प्रश्नहरूको जवाफ दिए। यसरी विकासमा वैज्ञानिक दृष्टिकोण तयार भयो, जसले जनतालाई पहिलो स्थानमा राख्दछ र व्यापक, सन्तुलित तथा दीगो विकासको आव्हान गर्दछ। विकासमा वैज्ञानिक दृष्टिकोण एक वैज्ञानिक सिद्धान्त हो, जुन समयसँगै अगाडि बढ्दै मार्क्सवाद-लेनिनवाद, माओत्सेतुङ विचार, देङ सियाओपिंग सिद्धान्त र तीन प्रतिनिधिको सिद्धान्त अनुरूप जारी छ। यो पूर्ण  रूपले विकासमा मार्क्सवादी दृष्टिकोण र कार्यप्रणालीको प्रतीक हो र यसले चिनियाँ सन्दर्भमा मार्क्सवादलाई अपनाउनमा एक ठूलो उपलब्धिको प्रतिनिधित्व गर्दछ। यो चीनको कम्युनिष्ट पार्टीको सामूहिक ज्ञान र एक मार्गदर्शक विचारधाराको सघनीकरण हो, जसलाई चिनियाँ विशेषतासहितको समाजवादको विकासमा दीर्घकालीन रूपले कायम राखिनुपर्दछ।

पार्टीको १८औं महाधिवेशनपछि चिनियाँ कम्युनिष्टहरूले कमरेड  सि जिनपिंगलाई आफ्नो प्रमुख प्रतिनिधिको रूपमा लिएर चीनको विशिष्ट वास्ताविकता र उत्कृष्ट परम्परागत संस्कृतिसहित मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई एकीकृत गर्दै हाम्रो समयका प्रमुख प्रश्नहरूको ठोस उत्तर प्रदान गरेका छन्, जस्तो कि नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद कस्तो हुनुपर्दछ र हामीले यसलाई कसरी कायम राख्नु तथा विकास गर्नुपर्दछ, यसरी नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादमा  सि जिनपिंगका विचारलाई आकार दिइएको छ। यो विचार मार्क्सवाद-लेनिनवाद, माओत्सेतुङ विचार, देङ सियाओपिंग सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासमा वैज्ञानिक दृष्टिकोणको निरन्तरता र विकास हो। यो समकालीन चीन र २१औं शताब्दीको मार्क्सवाद हो, जुन यो युगको सर्वश्रेष्ठ चिनियाँ संस्कृति र लोकाचारको प्रतीक हो। यसले पार्टी र जनताको व्यावहारिक अनुभव तथा सामूहिक ज्ञानको सघनीकरणको प्रतिनिधित्त्व गर्दछ, यो चिनियाँ विशेषतासहितको समाजवादको सैद्धान्तिक प्रणालीको एक महत्त्वपूर्ण घटक हो, र सम्पूर्ण पार्टी तथा सबै चिनियाँ जनताको लागि महान प्रयासको लागि कार्वाहीको एक मार्गदर्शन हो, र यसलाई दीर्घकालिक रूपमा कायम राख्नुको साथै लगातार विकास गरिनुपर्दछ। नयाँ युगको लागि चिनियाँ विशेषतासहित समाजवादमा सि जिनपिंग विचारको मार्गदर्शनमा चिनियाँ कम्युनिष्ट पार्टीले सबै जातीय समूहहरूका चिनियाँ जनतालाई एक महान संघर्ष गर्न, एक महान परियोजना विकसित गर्न, एक महान उद्देश्यलाई अगाडि बढाउन, एक महान सपनालाई साकार पार्न, चिनियाँ विशेषतासहितको समाजवादको एक नयाँ युगको शुरूवात गर्न, प्रथम शताब्दीका  लक्ष्यहरूलाई पूरा गर्न र दोस्रो शाताब्दीका लक्ष्यलाई पूरा गर्नको लागि नयाँ यात्रा शुरू गर्ने एक ठोस प्रयासमा नेतृत्व गरेको छ।

अन्ततः सुधार र खुलापनको शुरूवातपछि चीनका सबै उपलब्धी र प्रगतिको मूल कारण के हो भने पार्टीले एक मार्ग बनाएको छ, एक सैद्धान्तिक प्रणाली बनाएको छ, र चिनियाँ विशेषतासहितको समाजवादको लागि एक संस्कृति विकसित गरेको छ। पार्टीका सबै सदस्यहरूलाई गहिराइपूर्वक कदर गर्नुपर्नुपर्दछ, दीर्घकालिक रूपले कायम राख्नुपर्दछ र पार्टीले कठिनाईपूर्वक विकसित गरेको यो मार्ग, सैद्धान्तिक प्रणाली, समाजवादी प्रणाली र संस्कृतिलाई विकसित गर्ने काम जारी राख्नुपर्दछ। पार्टीका सबै सदस्यहरूले चिनियाँ विशेषतासहितको समाजवादको महान ब्यानरलाई उच्च राख्नुपर्दछ, यसको मार्ग, सिद्धान्त, प्रणाली र संस्कृतिमा दृढतापूर्वक विश्वास राख्नुपर्दछ, लडाइँको भावनालाई अगाडि बढाउनुपर्दछ र आफ्नो लड्ने क्षमताको निर्माण गर्नुपर्दछ, पार्टीको मूल सिद्धान्त र मूल लाइनलाई लागू गर्नुपर्दछ। र, आधारभूत नीति तथा आधुनिकीकरणलाई अगाडि बढाउन, चीनको पुनर्एकीकरणलाई प्राप्त गर्न, एवं विश्व शान्तिको रक्षा गर्न तथा सामान्य विकासलाई बढावा दिने तीन ऐतिहासिक कार्यहरूलाई पूरा गर्ने प्रयास गर्नुपर्दछ, र दोस्रो शताब्दीका लक्ष्य र राष्ट्रिय कायाकल्पको चिनियाँ सपनालाई साकार पार्नुपर्दछ।

आफ्नो स्थापना देखि नै चीनको कम्युनिष्ट पार्टी चिनियाँ जनताको लागि खुशी र चिनियाँ राष्ट्रको कायाकल्पको आफ्नो मूल आकांक्षा तथा संस्थापक मिशनप्रति सही रहेको छ। विगत शताब्दीमा आफ्ना प्रयासहरूको माध्यमबाट पार्टीले चिनियाँ जनताको भविष्यलाई मौलिक रूपले बदलिदिएको छ, चिनियाँ राष्ट्रको कायाकल्पको लागि सही मार्ग खोलेको छ, मार्क्सवादको बलियो जीवनशक्तिको प्रदर्शन गरेको छ, विश्व इतिहासको पाठ्यक्रमलाई गहिराइपूर्वक प्रभावित गरेको छ र आफूलाई त्यो समयको अग्रदूत बनाइदिएको छ। दीर्घकालीन अभ्यासको आधारमा पार्टीले निम्नलिखित मामिलाहरूमा मूल्यवान ऐतिहासिक अनुभव प्राप्त गरेको छ : पार्टीको नेतृत्वलाई कायम राख्नु, जनतालाई पहिलो स्थानमा राख्नु, सैद्धान्तिक नवप्रवर्तनलाई अगाडि बढाउनु, स्वतन्त्र रहनु,  चिनियाँ मार्गको अनुशरण गर्नु,  विश्वव्यापी दृष्टि कायम राख्नु, नयाँ जमिन तोड्नु, आफ्नो खुट्टामा उभिनु,  संयुक्त मोर्चालाई बढावा दिनु र आत्मसुधारको लागि प्रतिबबद्ध रहनु। यी बुँदा प्रेरणाका समृद्ध स्रोत हुन्, जसलाई पार्टी र जनताले मिलेर बनाएका हुन्। हामीले तिनीहरूलाई कदर गर्नुपर्दछ, तिनीहरूलाई लामो समयसम्म कायम राख्नुपर्दछ र अभ्यासको माध्यमबाट तिनीहरूलाई समृद्ध र विकसित गर्ने काम जारी राख्नुपर्दछ।

चीन यतिबेला समाजवादको प्रारम्भिक चरणमा छ र आउने लामो समयसम्म यस्तै रहनेछ। यो इतिहासको एक यस्तो चरण हो, जसलाई नजरअन्दाज गर्न सकिंदैन। किनभने चीन आर्थिक र सामाजिक रूपमा पिछडिएको थियो, अहिले समाजवादी आधुनिकीकरणमा प्रगति गरिरहेको छ; यसमा एक शताब्दीभन्दा बढी समय लाग्नेछ। चीनमा समाजवादको विकास चीनको आफ्नो परिस्थितिबाट शुरू हुनुपर्दछ, चिनियाँ विशेषातासहितको समाजवादको मार्गको अनुशरण गर्नुपर्दछ, र चिनियाँ आधुनिकीकरणको मार्गको माध्यमबाट राष्ट्रिय कायाकल्पलाई व्यापक रूपले बढावा दिनुपर्दछ। वर्तमान चरणमा चिनियाँ समाजमा प्रमुख अन्तर्विरोध उत्कृष्ट जीवनको लागि जनताको बढ्दो आवश्यकता र असन्तुलित तथा अपर्याप्त विकासको बीचमा छ। घरेलु कारक र अन्तर्राष्ट्रिय प्रभाव दुवैको कारणले आउने लामो समयसम्म एक निश्चित मात्रामा वर्गसंघर्ष विद्यमान रहनेछ,  र केही परिस्थितिमा यो अझ बढी स्पष्ट हुनसक्दछ, यद्यपि यो अब प्रमुख अन्तर्विरोध होइन। चीनमा समाजवादको निर्माणमा मूल कार्य उत्पादक शक्तिलाई अझ मुक्त गर्नु र विकसित गर्नु हो र विस्तारै-विस्तारै समाजवादी आधुनिकीकरण हासिल गर्नु हो र यो उद्देश्यको लागि उत्पादन सम्बन्ध र उपरिसंरचनाभित्र ती तत्व र क्षेत्रलाई सुधार गर्नु हुन्छ,  जुन उत्पादक शक्तिको  विकासको लागि अनुपयुक्त छ। पार्टीले त्यो प्रणालीसहित आधारभूत आर्थिक प्रणालीहरूलाई कायम राख्नु र सुधार्नुपर्दछ, जसको माध्यमबाट सार्वजिक स्वामित्वको मुख्य आधार हुन्छ र स्वामित्वका विविध रूप एकसाथ विकसित हुन्छन्, जबकि यसको साथसाथै वितरणका कैयौं रूप विद्यमान हुन्छन् र समाजवादी बजार अर्थव्यवस्था हुन्छ। योभन्दा पहिले केही क्षेत्र र केही जनतालाई समृद्ध बनाउनको लागि प्रोत्साहित गर्नुपर्दछ, विस्तारै-विस्तारै सबैको लागि समान समृद्धिको लक्ष्यलाई साकार गर्नुपर्दछ र उत्पादन तथा सामाजिक सम्पदाको विकासको आधारमा उत्कृष्ट जीवनको लागि जनताका बढ्दो आवश्यकताहरूलाई पूरा गर्नुपर्दछ र जनताको सर्वाङ्गीण विकासलाई बढावा दिनुपर्दछ। देशमा शासन गर्न र त्यसको कायाकल्प गर्नमा विकास पार्टीको सर्वोच्च प्राथमिकता हो। पार्टीले विकासको जनकेन्द्रित दर्शनप्रति प्रतिबद्ध हुनुपर्दछ। यसलाई विकासको यो नयाँ चरणको सटिक बोध हुनुपर्दछ, नवप्रवर्तनात्मक, हरित, खुला र साझा विकासको एक नयाँ दर्शन लागू गर्नुपर्दछ। विकासको एक नयाँ प्याटर्नलाई बढावा दिने प्रयासहरूमा तीव्रता ल्याउनुपर्दछ, जसले घरेलु र अन्तर्राष्ट्रिय आर्थिक प्रवाहको बीचमा सकारात्मक अन्तर्सम्बन्ध पेश गर्दछ,  र उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउँदछ। पार्टीको कामको प्रत्येक वस्तुलाई परीक्षण गर्ने सामान्य प्रारम्भिक बिन्दु र मापदण्ड के हो भने यसले समाजवादी उत्पादक शक्तिको विकासलाई लाभ पुर्‍याउनुपर्दछ, समाजवादी चीनको समग्र शक्ति बढाउनको लागि मद्दत गर्नुपर्दछ। पार्टीले श्रम, ज्ञान, प्रतिभा र रचनात्मकताको सम्मान गर्नुपर्दछ र के कुरा सुनिश्चित गर्नुपर्दछ भने विकास जनताको लागि हो र आम जनतामा निर्भर हुन्छ, र यसको फल जनताहरूको बीचमा साझा गरिन्छ। चिनियाँ विशेषतासहितको समाजवादको लागि पाँच-क्षेत्रीय एकीकृत योजना र चार-आयामिक व्यापक रणनीतिअनुसार पार्टीले समन्वित आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक र पारस्थितिक उन्नतिलाई बढावा दिनुपर्दछ र सबै मामिलहरूमा एक आधुनिक समाजवादी देश निर्माणका प्रयासहरूको समन्वय गर्नु, व्यापक रूपले सुधारलाई गहन बनाउनु, चीनको कानून-आधारित शासनलाई पूर्ण रूपले अगाडि बढाउनु र हरेक मामिलामा पार्टी स्वशासनलाई बलियो बनाउनुपर्दछ। नयाँ युगको नयाँ यात्रामा आर्थिक र सामाजिक विकासको रणनीतिक उद्देश्य मूल रूपमा २०३५ सम्म समाजावदी आधुनिकीकरणलाई साकार बनाउनु र यो शताब्दीको मध्यसम्ममा चीनलाई एक आधुनिक समाजवादी देश बनाउनु हो।

समाजवादको प्राथमिक चरणमा चीनको कम्युनिष्ट पार्टीको मूल लाइन चीनका सबै जनतालाई आत्मनिर्भर र अग्रणी प्रयासमा एकसाथ लानु,  आर्थिक विकासलाई केन्द्रीय कार्य बनाउनु, चार प्रमुख सिद्धान्तहरूलाई कायम राख्नु, र सुधार तथा खुलापनको प्रतिबद्ध रहनु हो,  ताकि चीन एक महान आधुनिक समाजवादी देश बन्न सकोस्, जुन समृद्ध, बलियो, जनतान्त्रिक, सांस्कृतिक रूपले उन्नत, सामन्जस्यपूर्ण र सुन्दर होस्।

समाजवादको उद्देश्यको नेतृत्व गर्दै चीनको कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यको रूपमा आर्थिक विकासप्रति आफ्ना प्रतिबद्धताहरूलाई जारी राख्नुपर्दछ, र अन्य सबै कार्यहरूले सहायक भूमिका निभाउनुपर्दछ तथा केन्द्रको सेवा गर्नुपर्दछ। पार्टीले विज्ञान र शिक्षाको माध्यमबाट चीनलाई सशक्त बनाउने रणनीति गुणात्मक कार्यबल विकसित गर्ने रणनीति, नवप्रवर्तन-संचालित विकास रणनीति, ग्रामीण जीवनीकरण रणनीति, समन्वित क्षेत्रीय विकास रणनीति, दीगो  विकास रणनीति र सैन्य-नागरिक एकीकरण रणनीति लागू गर्नेछ। यसले प्राथमिक उत्पादक शक्तिको रूपमा विज्ञान र प्रविधिको भूमिका, प्राथमिक स्रोतसाधनको रूपमा प्रतिभाको भूमिका र विकासलाई अगाडि बढाउने प्राथमिक शक्तिको रूपमा नवप्रवर्तनको भूमिकालाई पूरा महत्त्व दिनेछ, विज्ञान र प्रविधिमा प्रगतिको लाभ उठाउनेछ, गुणस्तरमा सुधार गर्नेछ। देशको कार्यबल र अर्थव्यवस्थाको उच्च-गुणस्तरीयता तथा बढी कुशल, न्यायसंगत, टिकाऊ र सुरक्षित विकासलाई सुनिश्चित गर्दछ।

चार प्रमुख सिद्धान्त – समाजवादको मार्गमा रहिरहनु, जनताको जनवादी अधिनायकत्वलाई कायम राख्नु, चीनको कम्युनिष्ट पार्टीको नेतृत्वलाई कायम राख्नु र मार्क्सवाद-लेनिनवाद र माओत्सेतुङ विचारलाई कायम राख्नु – ले देश निर्माणको जग बनाउँदछन्। समाजवादी आधुनिकीकरणको सम्पूर्ण पाठ्यक्रममको क्रममा पार्टीले चार प्रमुख सिद्धान्तहरूको पालना गर्नुपर्दछ र बुर्जुवा उदारीकरणको विरोध गर्नुपर्दछ।

सुधार र खुलापनप्रति निरन्तर प्रतिबद्धता एक बलियो चीनको मार्ग हो। केवल सुधार र खुलापनको माध्यमबाट मात्र हामी चीनको विकास गर्नसक्छौं, समाजवादको विकास गर्न सक्छौं र मार्क्सवादको विकास गर्न सक्छौं। पार्टीले चिनियाँ विशेषतासहितको समाजवादी प्रणालीमा व्यापक रूपले पुनर्निर्माण, सुधार र विकास गर्नुपर्दछ, र चीनको प्रणाली तथा शासन क्षमतालाई आधुनिक बनाउनुपर्दछ। पार्टीले उत्पादक शक्तिको विकासमा बाधा पुर्‍याउने आर्थिक संरचनालाई मौलिक रूपले सुधार गर्नुपर्दछ र समाजवादी अर्थतन्त्रलाई समर्थन र सुधार गर्नुपर्दछ; र यस अनुरूप यसले राजनीतिक संरचनात्मक सुधार तथा अन्य क्षेत्रमा सुधार गर्नुपर्दछ। पार्टीले चीनलाई संसारको लागि खुला बनाउन र मानव समाजका सबै उपलब्धिहरूलाई अपनाउन तथा तिनीहरूबाट सिक्ने मौलिक राष्ट्रिय नीतिलाई कायम राख्नुपर्दछ। सुधार र खुलापनलाई अगाडि बढाउनमा पार्टी निडर र खोजपूर्ण हुनुपर्दछ तथा नयाँ आधार तोड्न साहासी हुनुपर्दछ; पार्टीले सुधार सम्बन्धी निर्णय लिने वैज्ञानिक प्रकृतिमा सुधार गर्नुपर्दछ, बढी व्यवस्थित, समग्र र समन्वित तरीकाबाट सुधारलाई अगाडि बढाउनुपर्दछ र अभ्यासको माध्यमबाट नयाँ दृष्टिकोण अपनाउनुपर्दछ।

चीनको कम्युनिष्ट पार्टीले समाजवादी अर्थव्यवस्था विकसित गर्नमा जनताको नेतृत्व गर्नेछ। यो अर्थव्यवस्थाको सार्वजनिक क्षेत्रलाई बलियो बनाउन र विकासित गर्नमा दृढ रहनेछ तथा गैर-सार्वजनिक क्षेत्रको विकासलाई प्रोत्साहन गर्न, समर्थन गर्न र मार्गदर्शन गर्नमा दृढ रहनेछ। यसले स्रोतसाधन निर्धारणमा बजार शक्तिको निर्णायक भूमिका निभाउनेछ र सरकारले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्ने कुरा सुनिश्चित गर्नेछ, र व्यापक आर्थिक विनियमनको लागि एक बलियो प्रणाली स्थापित गर्नेछ। पार्टीले शहरी र ग्रामीण विकास, क्षेत्रहरूको बीचमा विकास, आर्थिक र सामाजिक विकास, मानव जाति तथा प्रकृतिको बीचमा सम्बन्ध र घरेलु विकास एवम् संसारको लागि खुलपानलाई सन्तुलित गर्नको लागि काम गर्नेछ। यसले आर्थिक संरचनालाई समायोजित गर्नेछ, विकास मोडेललाई बदल्नेछ र आपूर्ति-पक्षको रचनात्मक सुधारलाई अगाडि बढाउनेछ। पार्टीले नयाँ औद्योगिकीकरण, सूचनाप्रविधिको प्रयोग, शहरीकरण र कृषि आधुनिकीकरणको समकालिक विकासलाई बढावा दिनेछ र एक नयाँ समाजवादी ग्रामीण इलाकाहरूको निर्माण गर्नेछ, चिनियाँ विशेषतासहितको औद्योगिकीकरणको एक नयाँ मार्ग अपनाउनेछ र चीनलाई एक नवप्रवर्तनात्मक तथा विज्ञान र प्रविधिमा विश्वव्यापी नेता बनाउनेछ।

चीनको कम्युनिष्ट पार्टीले समाजवादी जनवादको विकासमा जनताको नेतृत्व गर्नेछ। यो पार्टीले नेतृत्वको जैविक एकता, जनताद्वारा देश संचालन गर्ने र कानूनमा आधारित शासनलाई संरक्षित गर्नेछ, राजनीतिक विकासको चिनियाँ समाजवादी मार्ग तथा  चिनियाँ विशेषतासहितको कानूनी समाजवादी शासनको मार्गको अनुशरण गर्नेछ, समाजवादी जनवादको विस्तार गर्नेछ, चिनियाँ विशेषतासहितको कानूनी समाजवादी शासन प्रणालीको विकास गर्नेछ, र कानूनी समाजवादी शासनयुक्त देशको निर्माण गर्नेछ, जसबाट जनताको जनवादी अधिनायकत्वलाई बलियो बनाउन सकियोस् र एक समाजवादी राजनीतिक सभ्यताको विकास गर्न सकियोस्।  यसले जन-महाधिवेशन प्रणाली, बहुदलीय सहयोग र राजनीतिक परामर्शको कम्युनिष्ट पार्टीको नेतृत्वयुक्त प्रणाली, क्षेत्रीय जातीय स्वायत्त प्रणाली र प्राथमिक स्तरमा सार्वजनिक स्वशासनको प्रणालीलाई कायम राख्नेछ र यसमा सुधार गर्नेछ। पार्टीले एक व्यापक, पूर्ण र धेरै बलियो सम्पूर्ण प्रक्रियायुक्त जनताको जनवादको विकास गर्नेछ, परामर्शी जनवादको व्यापक, बहुस्तरीय र संस्थागत विकासलाई अगाडि बढाउनेछ, र राज्य तथा सामाजिक मामिलाहरूको व्यवस्थापन एवं आर्थिक र सांस्कृतिक ममिलाहरूको व्यवस्थापनमा जनताको अधिकारको रक्षाको लागि इमान्दारीपूर्वक कार्य गर्नेछ। यसले मानवाधिकारको सम्मान र सुरक्षा गर्नेछ। पार्टीले विचारहरूको स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहित गर्नेछ र जनतान्त्रिक चुनाव, परामर्श,  निर्णय लिने, प्रशासन तथा निरीक्षणको लागि ठोस प्रणाली एवं प्रक्रिया स्थापित गर्नको लागि काम गर्नेछ। यसले चिनियाँ विशेषतासहितको कानूनी समाजवादी व्यवस्थामा सुधार गर्नेछ र राज्यका सबै कार्यहरूलाई कानूनी शासनमा ल्याउनको लागि कानूनको कार्यान्वयनलाई बलियो बनाउनेछ।

चीनको कम्युनिष्ट पार्टीले उन्नत समाजवादी संस्कृति विकसित गर्नमा जनताको नेतृत्व गर्नेछ। यसले समाजवादी सांस्कृतिक-नैतिक प्रगतिलाई बढावा दिनेछ, सदाचारको नियमसँगै कानूनी शासनको अभ्यासलाई सुनिश्चित गर्नेछ, र सुधार, खुलापन एवं समाजवादी आधुनिकीकरणको लागि शक्तिशाली वैचारिक सुनिश्चितता, प्रेरणा र बौद्धिक समर्थन प्रदान गर्ने तथा चीनमा एक बलियो समाजवादी संस्कृति विकसित गर्नको लागि सम्पूर्ण देशको सोच र नैतिकतासँगसँगै विज्ञान र संस्कृतिको ज्ञानलाई बलियो बनाउनको लागि काम गर्नेछ। यसले मूल समाजवादी मूल्यहरूको प्रणालीलाई बलियो बनाउनेछ, मार्क्सवादलाई आफ्नो मार्गदर्शक विचारधाराको रूपमा कायम राख्नेछ, चिनियाँ विशेषतासहितको समाजवादको सामान्य आदर्शलाई बढावा दिनेछ, एक राष्ट्रिय भावनालाई बढावा दिनेछ, जसमा देशभक्ति केन्द्रमा हुन्छ र सुधार एव नवप्रवर्तनमा केन्द्रित समयको भावना केन्द्रित हुन्छ, मूल समाजवादी मूल्यहरूलाई विकसित गर्नेछ र तिनीहरूको अभ्यास गर्नेछ, र सम्मान तथा अपमानको समाजवादी अवधारणाको समर्थन गर्नेछ। यसले जनताको राष्ट्रिय गरिमा,आत्मविश्वास र आत्मनिर्भरताको भावनालाई बलियो बनाउ काम गर्नेछ, पतनशील पूँजीवादी र सामन्ती विचारको क्षयकारी प्रभावबाट रक्षा गर्नेछ तथा सबै सामाजिक खराबीहरूलाई खत्तम गर्नेछ,  चीनका जनता उच्च आदर्श र नैतिक अखण्डताका जनता हुन् र सुसंस्कृत एवं अनुशासित छन् भन्ने कुरा देखाउने प्रयास गर्नेछ। यसले आफ्ना सदस्यहरूलाई साम्यवादका महान आदर्शको बारेमा उत्कृष्ट ढंगले शिक्षित गर्नेछ। पार्टीले शैक्षिक, वैज्ञानिक र सांस्कृतिक उपक्रमहरूलाई विकसित गर्ने, उत्कृष्ट पारंपरिक चिनियाँ संस्कृतिको रचनात्मक विकास र नवप्रवर्तनात्मक विकासलाई बढावा दिन, हाम्रो क्रान्तिकारी संस्कृतिलाई अगाडि बढाउन, एक उन्नत समाजवादी संस्कृति विकास गर्न र हाम्रो देशको सांस्कृतिक नरम शक्तिलाई बढाउने प्रयास गर्नेछ। पार्टीले वैचारिक कार्यहरूमा बलियोसँग अग्रणी स्थिति कायम राख्नेछ, विचारधाराको क्षेत्रमा मार्क्सवादको मार्गदर्शक स्थितिलाई लगातार बलियो बनाउनेछ र आम वैचारिक जगलाई बलियो बनाउनेछ, जसले सम्पूर्ण पार्टी र सबै चिनियाँ जनताको ठोस प्रयासलाई रेखांकित गर्दछ।

चीनको कम्युनिष्ट पार्टीले एक सामंजस्यपूर्ण समाजवादी समाजको निर्माणमा जनताको नेतृत्व गर्नेछ। जनवाद र कानूनी शासन, समानता र न्याय, इमान्दारिता र भाइचारा, जोश र जीवनशक्ति, स्थिरता र व्यवस्था तथा मानव जाति र प्रकृतिको बीचमा सद्भावका समग्र माग अनुरूप एवम् एकसाथ निर्माण गर्ने र एकसाथ साझा बनाउने सिद्धान्त अनुरूप एक समाजमा, पार्टीले जनताको सबभन्दा ठूलो, सबभन्दा तात्कालिक र सबभन्दा व्यावहारिक समस्याहरूको हल गर्ने काम गर्नेछ। यसो गर्दा यसले जीवनस्तरलाई सुनिश्चित गर्न र सुधार्नमा ध्यान  केन्द्रित गर्नेछ। यसले विकासका फल जनताको लागि बढीभन्दा बढी नयायसंगत लाभयुक्त होस्, उनीहरूलाई सन्तुष्टिको बढी भावना प्राप्त गर्नमा मद्दत गरोस् भन्ने कुरा सुनिश्चित गर्नको लागि काम गर्नेछ, र सबै जनताले आफ्नो क्षमताको महसुस गरून्, समाजमा आफ्नो उचित स्थान पाउन सकून् र सद्भावपूर्वक रहून् भन्ने कुरा हेर्ने कोशिस गर्नेछ। पार्टीले सामाजिक शासनको लागि नयाँ दृष्टिकोणलाई बलियो र विकसित बनाउनेछ। यसले हामी र दुश्महरूको बीचमा अन्तर्विरोध तथा जनताको बीचमा अन्तर्विरोधलाई, यी दुवै अलग-अलग प्रकारका अन्तर्विरोधहरूको बीचमा कडाइपूर्वक फरक छुट्याउनेछ र तिनीहरूलाई ठीकसँग सम्हाल्नेछ। यसले कानून र व्यवस्था कायम राख्नको लागि व्यापक उपयोगलाई बलियो बनाउनेछ, र राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय हितलाई खतरामा पार्ने वा सामाजिक स्थिरता या आर्थिक विकासलाई खतरामा पार्ने आपराधिक गतिविधिहरूलाई पार गर्नको लागि दृढ संकल्पसहित र कानूनअनुसार काम गर्नेछ, र स्थायी सामाजिक स्थिरता कायम राख्दै अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनेछ। पार्टीले राष्ट्रिय सुरक्षाको लागि समग्र दृष्टिकोण अपनाउनेछ, सुरक्षा सुनिश्चित गर्दै विकासलाई बढावा दिनेछ र चीनको सम्प्रभुता, सुरक्षा तथा विकास हितहरूको दृढतापूर्वक रक्षा गर्नेछ।

चीनको कम्युनिष्ट पार्टीले समाजवादी पर्यावरणीय सभ्यताको निर्माणमा जनताको नेतृत्व गर्नेछ। यसले पर्यावरणीय सभ्यताको अन्तर्निहित दर्शनलाई बलियो बनाउनेछ, प्रकृतिको सम्मान गरिनुपर्दछ, त्यसलाई अनुकूल बनाउनुपर्दछ र संरक्षण गर्नुपर्दछ; पूर्ण रूपमा के बुझ्नुपर्दछ भने सफा पानी र हराभरा पहाड अमूल्य सम्पत्ति हुन्; स्रोतसाधनहरूको संरक्षण र पर्यावरणको रक्षाको मौलिक राष्ट्रिय नीतिको पालन गर्नुपर्दछ; स्रोतसाधन संरक्षण र पर्यावरण संरक्षणलाई प्राथमिक दिने र प्रकृति स्वयंलाई पुनर्स्थापित गर्ने सिद्धान्तलाई काम राख्नु; र विकासको लागि एक सकारात्मक मार्ग अपनाउनु पर्दछ,जसले बढ्दो उत्पादन, उच्च जीवनस्तर र स्वस्थ पर्यावरण प्रणालीलाई सुनिश्चित गर्दछ। पार्टीले एक स्रोतसाधन संरक्षण, पर्यावरण अनुकूल समाज बनाउने कोशिस गर्नेछ, यथासंभव सुदृढ पर्यावरण संरक्षण प्रणालीलाई लागू गर्नेछ, र स्थानीय रूपरेखा, औद्योगिक संरचना, उत्पादनका तरीकाहरूलाई आकार दिने काम गर्नेछ, र स्रोसाधन संरक्षण तथा पर्यावरण संरक्षणको लागि अनुकूल हुने, जनताको लागि असल काम गर्ने र रहने वातावरण तयार गर्ने एवं चीनियाँ राष्ट्रको लागि दीगो विकास सुनिश्चित गर्ने जस्ता जीवनका तरीकाहरूको लागि काम गर्नेछ।

चिनियाँ कम्युनिष्ट पार्टीले जनमुक्ति सेना र अन्य जनताका सशस्त्र सेनामाथि आफ्नो पूर्ण नेतृत्व कायम गर्नेछ; सेनालाई बलियो बनाउनमा सि  जिनपिंगको सोचलाई लागू गर्ने; जनमुक्ति सेनाको राजनीतिक निष्ठालाई बढाएर सुधार गर्ने, विज्ञान तथा प्रविधि, कर्मचारी तालिम र सेनालाई कानूनबमोजिम संचालन गरी बलियो बनाउने, पार्टीको आदेश पालना गर्ने, लड्न र जित्नसक्ने उत्कृष्ट आचरण कायम राख्नसक्ने जनशक्ति निर्माण गर्नेछ; हाम्रा जनताका सशस्त्र सेनालाई विश्वस्तरीय मानकसम्म उन्नत गर्नेछ; जनमुक्ति सेनाले नयाँ युगमा आफ्नो मिशन र कार्यलाई पूरा गरोस् भन्ने कुरा सुनिश्चित गर्नेछ;  र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने, मातृभूमिको रक्षा गर्ने  र समाजवादी आधुनिकीकरणमा भाग लिनमा जनमुक्ति सेनाको भूमिकालाई पूरा गर्नेछ।

चीनको कम्युनिष्ट पार्टीले समानता, ऐक्यबद्धता, पारस्परिक सहयोग र सद्भावको आधारमा जातीय समूहहरूको बीचमा समाजवादी सम्बन्धलाई संरक्षण र विकास गर्नेछ;  जातीय अल्पसंख्यकहरूबाट अधिकारीहरूलाई प्रशिक्षित गर्न र तिनीहरूको चयन गर्नको लागि सक्रिय रूपले काम गर्नेछ; जातीय अल्पसंख्यकहरू र जातीय अल्पसंख्यकहरूको सघनतायुक्त क्षेत्रलाई आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा मद्दत गर्नेछ;  चिनियाँ राष्ट्रको लागि समुदायको बलियो भावनालाई बढावा दिनेछ; र सबै जातीय समूह समान विकास र समृद्धिको लागि मिलेर काम गरून् भन्ने कुरा सुनिश्चित गर्नेछ। पार्टीले धर्ममाथिको आफ्नो मूल नीतिलाई पूर्ण रूपले लागू गर्नेछ, र धार्मिक विश्वासलाई आर्थिक तथा सामाजिक विकासमा योगदान दिनको लागि प्रोत्साहित गर्नेछ।

चीनको कम्युनिष्ट पार्टीले सबै श्रमिक, किसान र बुद्धिजीवीहरू तथा अन्य सबै राजनीतिक दलहरू, पार्टीमा असंलग्न व्यक्ति एवं चीनका सबै जातीय समूहका देशभक्तहरूलाई सबै समाजवादीहरूलाई अँगालेर संभव भएसम्म व्यापक देशभक्तिपूर्ण संयुक्त मोर्चाको विकास र विस्तार गर्न आग्रह गर्नेछ; श्रमिक, समाजवादी उद्देश्यको लागि काम गर्ने सबै देशभक्तहरू, मातृभूमिको एकीकरणलाई समर्थन गर्ने सबै देशभक्तहरू र चिनियाँ राष्ट्रको पुनरूत्थानमा समर्पित सबै देशभक्तहरूलाई पनि आग्रह गर्नेछ। हङकङ र मकाउ विशेष क्षेत्रका देशबासीहरू र ताइवानका साथै विदेशमा रहेका चिनियाँहरू लगायत सबै चिनियाँ जनताको एकतालाई सुदृढ गर्न पार्टीले निरन्तर काम गर्नेछ। यसले हङकङ र मकाउमा दीर्घकालिक समृद्धि तथा स्थिरतालाई बढावा दिनेछ, “ताइवानको स्वतन्त्रता” चाहने पृथकतावादीहरूको दृढतापूर्वक विरोध गर्नेछ र उनीहरूलाई निरूत्साहित गर्नेछ, र एक देश, दुई प्रणालीको नीतिलाई पूर्ण रूपले, इमान्दारीपूर्वक र दृढतापूर्वक लागू गरी मातृभूमिको एकीकरण हासिल गर्नेछ। चिनियाँ कम्युनिष्ट पार्टीले शान्तिको स्वतन्त्र परराष्ट्र नीतिलाई कामय राख्नेछ, शान्तिपूर्ण विकासको बाटोमा अगाडि बढ्नेछ, जित-जितको खुलापनको रणनीतिलाई जारी राख्नेछ,  घरेलु र अन्तर्राष्ट्रिय दुवै स्थितिमा विचार गर्नेछ, र सक्रिय रूपले अन्य देशसँग सम्बन्धलाई बढावा दिनेछ, चीनको सुधार, खुलापन तथा आधुनिकीकरणको लागि एक अनुकूल अन्तर्राष्ट्रिय वातावरण विकसित गर्ने प्रयास गर्नेछ। अन्तर्राष्ट्रिय मामिलामा यसले शान्ति, विकास, निष्पक्षता, न्याय, जनवाद र स्वतन्त्रताका प्रिय मानवताका साझा मूल्यहरूलाई कायम राख्नेछ, साझा हितहरूको पालना गर्दै न्यायलाई कायम राख्नेछ, चीनको स्वतन्त्रता र सम्प्रभुताको रक्षा गर्नेछ, आधिपत्यवाद र सत्ताको राजनीतिको विरोध गर्नेछ, विश्व शान्तिको रक्षा गर्नेछ; मानव प्रगतिलाई बढावा दिनेछ, मानव जातिको लागि साझा भविष्य भएका जनसमुदायको निर्माणको लागि काम गर्नेछ, र एक खुला समावेशी, स्वच्छ तथा सुन्दर संसारको निर्माणलाई अगाडि बढाउनेछ, जसमा शान्ति, सार्वभौमिक सुरक्षा र आम समृद्धि होस्। यसले सम्प्रभुता र क्षेत्रीय अखण्डताको लागि पारस्परिक सम्मान, पारस्परिक अनाक्रमण, आन्तरिक मामिलाहरूमा पारस्परिक अहस्तक्षेप, समानता र पारस्परिक लाभ तथा शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तहरूको आधारमा चीन र अन्य देशको बीचमा सम्बन्धको विकास गर्नेछ। पार्टीले चीन र उसका वरिपरिका देशको बीचमा असल छिमेकी सम्बन्धलाई विकास गर्नको लागि लगातार काम गर्नेछ। यसले छलफल र सहकार्यको माध्यमबाट साझा विकास हासिल गर्ने सिद्धान्तको पालना गर्नेछ र ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ लाई अगाडि बढाउनेछ। चीनको कम्युनिष्ट पार्टीले स्वतन्त्रता, पूर्ण समानता, पारस्परिक सम्मान र एक-अर्कोको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त अनुसार कम्युनिष्ट पार्टी र अन्य देशका अन्य राजनीतिक दलहरूसँग सम्बन्ध विकास गर्नेछ।

दोस्रो शताब्दीको लक्ष्य र राष्ट्रिय कायाकल्पको चिनियाँ सपनालाई साकार पार्नको लागि सबै जातीय समूहका चिनियाँ जनताहरूको नेतृत्व गर्नको लागि, चीनको कम्युनिष्ट पार्टीले आफ्नो मूल लाइनको पालना गर्नुपर्दछ; पार्टीको समग्र नेतृत्वलाई कायम राख्नु र बलियो बनाउनुपर्दछ; आत्म-पर्यवेक्षण गर्नुपर्दछ र हरेक मामिलामा स्वशासनलाई बलियो बनाउनुपर्दछ; पार्टीको महान संस्थापक भावनाको समर्थन गर्नुपर्दछ, जसमा सत्य र आदर्शलाई कायम राख्ने, बलिदानको भयबिना बहादुरीपूर्वक लड्ने र पार्टीप्रति बफादार र जनताप्रति बफादार रहने सिद्धान्त सामेल छन्; यसको दीर्घकालीन शासनक्षमता, यसको उन्नत प्रकृति र यसको शुद्धतालाई बलियो बनाउनुपर्दछ, र सुधार तथा नवप्रवर्तनको भावनामा पार्टी निर्माणको महान नयाँ परियोजनालाई अगाडि बढाउनको लागि व्यापक कदम उठाउनुपर्दछ। यसले आफ्नो राजनीतिक निर्माणलाई सर्वोपरी सिद्धान्तको रूपमा बढाउनु पर्दछ र पार्टीको राजनीतिक कार्यमा जोड दिने, विचाधारालाई बलियो बनाउने, संगठनहरूलाई एकताबद्ध बनाउने, आचरणमा सुधार गर्ने र अनुशासन कायम राख्ने, संस्थापक विकासमा सँधै जोड दिने तथा भ्रष्टाचारको विरूद्धमा लडाइँ जारी राख्ने कुरा सुनिश्चित गर्नको लागि व्यापक प्रयास गर्नुपर्दछ, यसरी पार्टीलाई सबै मामिलामा अत्यधिक प्रभावकारी ढंलगे तयार गरिनेछ र सामाजिक परिवर्तनलाई अगाडि बढाउनको लागि स्वयंको परिवर्तनको उपयोग गरिनेछ। पार्टीले जनताको हितमा आफूलाई निर्माण गर्ने र जनताको लागि शासन संचालन गर्ने सिद्धान्तलाई कायम राख्नपर्दछ र यसको असल परम्परा र सकारात्मक कार्यशैली फस्टाइरहेको हेर्नुपर्दछ। यसले आफ्नो नेतृत्व र शासनका तरीकामा सुधार गर्न र भ्रष्टाचारको विरोध गर्न, नैतिक पतनलाई रोक्न र जोखिमको सामना गर्ने आफ्नो क्षमतालाई बलियो बनाउनको लागि लगातार काम गर्नुपर्दछ। यसले स्वयंलाई शुद्ध गर्न, सुधार्न र उत्कृष्टता प्राप्त गर्ने आफ्नो क्षमतालाई लगातार बलियो बनाउनुपर्छ। यसले लगातार आफ्नो वर्गीय जगलाई बलियो बनाउनुपर्दछ, आफ्नो जनाधारको विस्तार गर्नुपर्दछ, आफ्नो रचनात्मकता, एकजुटता र चुनौतिहरूको सामना गर्ने तत्परतालाई बढाउनुपर्दछ र स्वयंलाई सँधै सिक्ने, सेवाउन्मुख र नवप्रवर्तनात्मक मार्क्सवादी शासक पार्टीको रूपमा तयार गर्नुपर्दछ। यसरी पार्टीले सँधै समयको अग्रपङ्तिमा उभिनमा सक्षम हुनुपर्दछ र चीनका सबै जनताको नेतृत्व गर्नमा सक्षम एक बलियो केन्द्र बन्नुपर्दछ, किनभने उनीहरू चिनियाँ विशेषतासहितको समाजवादको मार्गमा अगाडि बढिरहनेछन्। स्वयंको निर्माणमा, पार्टीले निम्नलखित ६ मूलभूत आवश्यकताहरूलाई पूरा गर्नको लागि दृढ संकल्पसहित काम गर्नुपर्दछ।

(१) पार्टीको आधारभूत कार्यदिशाको पालना। सम्पूर्ण पार्टीले देंग सियाओपिंग सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त, विकासमा वैज्ञानिक दृष्टिकोण, नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादमा सि जिनपिंग विचार र कार्वाहीमा एकता हासिल गर्नको लागि पार्टीको आधारभूत कार्यदिशाको उपयोग गर्नुपर्दछ, लामो समयसम्म यो कार्यलाई जारी राख्नुपर्दछ। पार्टीले के सुनिश्चित गर्नुपर्दछ भने सुधार र खुलापनलाई चार प्रमुख सिद्धान्तसहित एकतामा गर्नुपर्दछ, प्रयासका सबै क्षेत्रमा आफ्नो आधारभूत कार्यदिशा लागू गर्नुपर्दछ, र “वाम” एवं दक्षिणपन्थका सबै गलत प्रवृत्तिहरूको विरूद्ध संघर्ष गर्नुपर्दछ, दक्षिपन्थी प्रवृत्तिहरूको विरूद्धमा सतर्कता कायम राख्नुपर्दछ, तर मुख्य रूपले “वामपन्थी” प्रवृत्तिहरूबाट रक्षा गर्नुपर्दछ। सम्पूर्ण पार्टीले राजनीतिक निर्णय, सोच र कार्यान्वयनको क्षमतामा सुधार गर्नुपर्दछ र पार्टी सिद्धान्त, दिशा, विचार र नीतिलाई लागू गर्नमा बढी प्रेरित र दृढ बन्नुपर्दछ।

(२)मस्तिष्कलाई मुक्त गर्ने, तथ्यहरूबाट सत्य खोज्ने, समयसँगै अगाडि बढ्ने र यथार्थवादी तथा व्यावहारिक प्रतिबद्धता हुनुपर्दछ। पार्टीको सोच आफ्नो सबै कार्यहरूमा वास्तविकतापूर्वक अगाडि बढ्नु,  सिद्धान्तलाई व्यवहारसँग एकाकार गर्नु, तथ्यहरूबाट सत्य खोजी गर्नु र व्यवहारको माध्यमबाट सत्यलाई प्रमाणित र विकसित गर्नु हो। पार्टीका सबै सदस्यहरूले यो सोचलाई कायम राख्नुपर्दछ, सक्रिय रूपले खोज गर्नुपर्दछ र साहसपूर्वक प्रयोग गर्नुपर्छ, आधार ब्रेक गर्ने र नववर्तनको काम गर्नुपर्दछ, र रचनात्मकतासहित काम गर्नुपर्दछ; नयाँ स्थितिको अध्ययन गर्नुपर्छ, नयाँ अनुभवहरूमाथि विचार गर्नुपर्दछ र नयाँ समस्याहरूको समाधान गर्न कहिल्यै बन्द गर्नुहुँदैन;  र अभ्यासको माध्यमबाट मार्क्सवादलाई समृद्ध र विकसित बनाउनुपर्दछ तथा चिनियाँ सन्दर्भमा एवं हाम्रो समयका आवश्कयताहरूको लागि मार्क्सवादको अनुकूलनलाई अगाडि बढाउनुपर्दछ।

(३) नयाँ युगको लागि पार्टीको संगठनात्मक कार्यदिशाको पालन गर्नुपर्दछ। पार्टीले नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादमा सि जिनपिंगको विचारलाई पूर्णरूपले लागू गर्नुपर्दछ; उच्च क्षमतायुक्त अधिकारीहरूलाई प्रशिक्षित गर्नको लागि संगठनात्मक प्रणालीमा सुधार गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ, जुन पार्टीप्रति बफादार, स्वच्छ र जिम्मेवार हुनुपर्दछ र सबै क्षेत्रका प्रतिभाशाली जनतालाई एकसाथ लैजानका लागि जुन देशभक्त र समर्पित हुनुपर्छ; र अधिकारीहरूको चयन नैतिक सत्यनिष्ठा र क्षमता दुवैको आधारमा गर्नुपर्दछ,  जसमा सत्यनिष्ठालाई बढी महत्त्व दिइनुपर्दछ, र योग्यताको आधारमा पार्टीको समग्र नेतृत्वलाई कायम राख्न र बलियो बनाउन तथा चिनियाँ विशेषतासहितको समाजवादलाई कायम राख्न एवं विकसित गर्नको लागि एक बलियो संगठनात्मक सुनिश्चितता प्रदान गर्न सकिन्छ। सम्पूर्ण पार्टीले पार्टी संगठनका राजनीतिक र संगठनात्मक कार्यहरूलाई उत्कृष्ट बनाउनको लागि काम गर्नुपर्दछ, असल अधिकारीहरूलाई प्रशिक्षित गर्नु र तिनीहरूलाई छनौट गर्नुपर्दछ, जसको हाम्रो पार्टी र जनतालाई आवश्यकता छ,  कर्मचारीहरूको एउटा ठूलो टीम तयार गर्नुपर्दछ, जुन समयको मिशनलाई पूरा गर्नमा सक्षम होस् र राम्रोसँग काम गर्नको लागि तयार होस्। समाजवादी उद्देश्यमा हरेक ठाउँबाट प्रतिभाशाली क्षमतालाई एकसाथ ल्याउनुपर्दछ, यसरी संगठनात्मक रूपले पार्टीको मूल सिद्धान्त, मूल कार्यदिशा र मूल नीतिलाई पूर्ण रूपले कार्यान्वयन र लागू गर्ने कुरा सुनिश्चित गर्नुपर्दछ।

(४) पूर्ण हृयदले जनताको सेवामा समर्पित हुनुपर्दछ। श्रमिक वर्ग र जनताको अधिकतम् संभव बहुमतका हितहरूको अतिरिक्त पार्टीको आफ्नो कुनै विशेष हित हुँदैन। यसले समय जनताका हितहरूलाई सर्वोच्च प्राथमिकता दिनेछ, उनीहरूसँग सुख-दुःखलाई साझा गर्नेछ र उनीहरूसँग निकटतम् सम्बन्ध कायम राख्नेछ। यसले जनताको लागि शक्तिको उपयोग गर्नेछ, उनीहरूको लागि चिन्ता प्रदर्शित गर्नेछ र उनीहरूको हितमा काम गर्नेछ, कुनै पनि सदस्यलाई जनताबाट अलग हुन वा उनीहरूभन्दा माथि हुने व्यवहार गर्ने अनुमति दिइनेछैन। पार्टीको लागि सबभन्दा ठूलो राजनीतिक लाभ जनतासँग उसको घनिष्ठ सम्बन्ध हो, जबकि एक शासक दलको रूपमा उसको सामुन्ने सबभन्दा ठूलो संभावित खतरा जनतासँग दूरी बढाउनु हो। पार्टीको आचरण र जनतासँग पार्टीको सम्बन्ध पार्टीको लागि सबभन्दा महत्त्वपूर्ण हुन्छ। आफ्नो कार्यमा पार्टीले  “जनताबाट र जनतालाई” को सिद्धान्तलाई पालना गर्दै, सबै कुरा जनताको लागि हो र सबै कुरा जनतामै निर्भर हुन्छ भन्ने कुरालाई दृष्टिगत गर्दै जनदिशाको पालना गर्नेछ। र, पार्टीका सही विचारहरूलाई जनताको स्वेच्छिक कार्वाहीमा अनुवाद गर्नेछ।

(५) जनवादी केन्द्रीयतालाई कायम राख्ने संकल्प लिनुपर्दछ। जनवादी केन्द्रीयताले जनवादको आधारमा निर्मित केन्द्रीयतावादलाई केन्द्रीकृत मार्गदर्शनको माध्यमबाट जनवादसँग जोड्दछ। यो पार्टीको मौलिक संगठनात्मक सिद्धान्त र दैनिक पार्टी गतिविधिहरूमा जनदिशाको प्रयोग दुवै हो। पार्टीले अन्तर्पार्टी जनवादलाई पूर्ण रूपले प्रोत्साहित गर्नुपर्दछ, आफ्ना सदस्यहरूलाई प्रमुख स्थितिमा सम्मान गर्नुपर्दछ, उनीहरूको जनवादी अधिकारको रक्षा गर्नुपर्दछ, र हरेक स्तरमा पार्टी संगठन तथा सबै पार्टी सदस्यहरूको पहल र रचनात्मकतालाई बढावा दिनुपर्दछ। सही केन्द्रीयताको अभ्यास गरिनुपर्दछ;  पार्टीका सबै सदस्यहरूलाई राजनीतिक अखण्डता कायम राख्न, ठूलो परिप्रेक्ष्यमा सोच्न, नेतृत्व केन्द्रलाई कायम राख्न र तालमेल कायम राख्ने आवश्यकतालाई दृढतापूर्वक ध्यान दिनुपर्छ, र कमरेड सि जिनपिंगसहित केन्द्रीय समितिको अधिकार र केन्द्रीकृत, एकीकृत नेतृत्वलाई बलियोसँग कायम राख्नुपर्दछ, ताकि सम्पूर्ण पार्टीको एकता, ऐक्यबद्धता र ठोस कार्वाही सुनिश्चित हुनसकोस् र पार्टीका निर्णयको गतिशील र प्रभावकारी कार्यान्वयनको सुनिश्चित हुनसकोस्। पार्टीले आफूभित्र राजनीतिक गतिवधिलाई बलियो र विनियमित बनाउनेछ; अन्तरपार्टी  राजनीतिक गतिविधिहरूलाई बढी राजनीतिक उन्मुख, अद्यावधिक, सैद्धान्तिक र प्रभावकारी बनाउनुपर्दछ; एक सकारात्मक र स्वस्थ अन्तरपार्टी राजनीतिक संस्कृतिको विकास गर्नुपर्दछ; र पार्टीभित्र इमान्दारी तथा सत्यनिष्ठायुक्त एक बलियो राजनीतिक पर्यावरण प्रणालीलाई बढावा दिनुपर्दछ। आफ्नो आन्तरिक राजनीतिक गतिविधिमा पार्टीले सही आलोचना र आत्मालोचना गर्नेछ, सैद्धान्तिक मामिलामा बहसमा सामेल हुनेछ, र सच्चाईलाई कायम राख्नेछ तथा गल्तीहरूलाई सुधार्नेछ। पार्टीले एक जीवन्त राजनीतिक स्थिति बनानउको लागि कडा मेहनत गर्नेछ, जसमा केन्द्रीयता र जनवाद दुवै, अनुशासन र स्वतन्त्रता दुवै, इच्छाशक्तिको एकता र सहजताको व्यक्तिगत भावना दुवै सामेल हुन्छ।

(६) दृढ आत्म-पर्यवेक्षण र स्वशासनको अभ्यास गर्नमा दृढता हुनुपर्दछ। पूर्ण र कठोर पार्टी स्वशासन सुनिश्चित गर्नु एक निरन्तर प्रयास हो र आत्म-सुधार एक यस्तो यात्रा हो, जसको कुनै अन्त छैन। नयाँ परिस्थितिमा पार्टीले शासन, सुधार र खुलापन, बजार अर्थव्यवस्था र बाहिरी वातावरणमा जुन परीक्षाको सामना गर्नुपर्दछ, त्यो लामो, जटिल र गम्भीर छ; ड्राइभको अभाव, अक्षमता, जनताबाट अलगाव, निष्क्रियता र भ्रष्टाचारको खतरा सम्पूर्ण पार्टीको सामु अधिक स्पष्ट रूपले विद्यमान छ। पार्टीले सम्पूर्ण प्रक्रियामा र त्यसको स्वपरीक्षण तथा स्वशासनका सबै पक्षहरूमा  दृढ मानक र उपाय लागू गर्ने कुरलाई दृष्टिगत गर्नेछ। पार्टीले स्वशासन नियमानुसार गर्ने र समस्याहरूको लक्षण तथा मूल कारण दुवैको समाधान गर्ने कुराको सुनिश्चित गर्नेछ। पार्टीले लगातार पार्टी नियमहरूको प्रणालीमा सुधार गर्नुपर्दछ,पार्टी अनुशासनको पालनालाई सुनिश्चित गर्न सर्वोच्च प्राथमिकता दिनुपर्दछ, आफ्ना सदस्यहरूलाई बढी संगठनप्रति जागरूक हुन अनुशासनको बलियो भावना राख्नमा मद्दत गर्नुपर्दछ, र पार्टी अनुशासनभन्दा पहिले प्रत्येक सदस्य समान छन् भन्ने कुरा दृष्टिगत गर्नको लागि काम गर्नुपर्दछ। पार्टीले पूर्ण र कठोर पार्टी स्वशासनको लागि प्रमुख र निरीक्षण जिम्मेवारी ग्रहण गर्ने कुरा सुनिश्चित गर्नेछ; पार्टीका प्रमुख अंग र नेतृत्व पदहरूमा पार्टीका सदस्यहरू, विशेष रूपले प्रमुख नेतृत्व पदमा बसेका व्यक्तिको निगरानीलाई बलियो बनाइएको छ; र आन्तरिक निरीक्षण प्रणालीमा लगातार सुधार गरिरहिएको छ। पार्टीले आचरणमा सुधार, सत्यनिष्ठाको निर्माण र भ्रष्टाचार निवारणको प्रयासलाई तीव्र बनाउनेछ; भ्रष्टाचारमा शून्य-सहिष्णुताको नीति लागू गर्नुपर्दछ; र अधिकारीहरूसँग भ्रष्ट हुने दुस्साहस, अवसर र इच्छा नहोस् भन्ने कुरा सुनिश्चित गर्नको लागि एकीकृत प्रयास गर्नुपर्दछ।

चीनको कम्युनिष्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतासहितको समाजवादको सबभन्दा आवश्यक गुण र यो व्यवस्थाको सबभन्दा ठूलो शक्ति हो। राजनीतिक नेतृत्वको लागि पार्टी सर्वोच्च शक्ति हो। यसले देशका हरेक भागमा प्रयासका सबै क्षेत्रमा समग्र नेतृत्व प्रदान गर्दछ। पार्टीले सुधार, खुलापन र समाजवादी आधुनिकीकरणका मागहरूप्रति ढल्नुपर्दछ; वैज्ञानिक, जनवादी र कानूनी शासनको अभ्यास गर्नको लागि प्रतिबद्ध रहनुपर्दछ र आफ्नो नेतृत्वलाई बलियो बनाउनु र सुधार्नुपर्दछ। पार्टीले समग्र स्थितिको मार्गदर्शन गर्न र सबै पक्षको कामको समन्वयको सिद्धान्तमा कार्य गर्दै सम्बन्धित स्तरमा अन्य सबै संगठनहरूको बीचमा नेतृत्वको भूमिका निभाउनु पर्दछ। पार्टीले आर्थिक विकासको नेतृत्व गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ, आर्थिक विकासको काममा ध्यान केन्द्रित गर्नको लागि दिलदिमाग र कार्यलाई एकजुट बनाएर सबैको शक्तिलाई संगठित र समन्वित गर्नुपर्दछ,र सर्वांगीण आर्थिक र सामाजिक विकासलाई बढावा दिनुपर्दछ। पार्टीले जनवादी र वैज्ञानिक निर्णय लिने अभ्यास गर्नुपर्दछ; सही दिशा-निर्देश सिद्धान्त र नीति बनाउनु र लागू गर्नुपर्दछ; आफ्नो संगठनात्मक, प्रचार र शैक्षिक कार्यलाई उचित प्रभावपूवक पूरा गर्नुपर्दछ;  र पार्टीका सबै सदस्यहरूले अनुकरणीय र अग्रणी भूमिका निभाउनुपर्दछ। पार्टीले देशको संविधान र कानूनको दायरामा रहेर काम गर्नुपर्दछ। यसले राज्यको विधायिक, न्यायिक, प्रशासनिक तथा पर्यवेक्षी अंग, आर्थिक र सांस्कृतिक संगठन एवं जनताको संगठनले स्वतन्त्र रूपमा, जिम्मेवारीपूर्वक र सहकार्यात्मक रूपमा आफ्नो पहलमा सक्रिय रूपले काम गरून् भन्ने कुरा सुनिश्चित गर्नुपर्दछ। पार्टीले ट्रेडयूनियन, कम्युनिष्ट युथ लीग, महिला संघ र अन्य जनसमूह संगठनहरूमा आफ्नो नेतृत्वलाई बलियो बनाउनुपर्दछ, उनीहरूले आफ्नो राजनीतिक चेतना, उन्नत प्रकृति र जनताप्रति अभिमुखीकरणलाई संरक्षण गरून् र बलियो बनाउन् तथा आफ्नो भूमिकालाई पूरा गरून् भन्ने कुरा सनिश्चित गर्नुपर्दछ। पार्टीले विकास र बललिंदो परिस्थिति अनुरूप ढल्नुपर्दछ, आफ्नो नेतृत्व प्रणाली र नेतृत्व शैलीमा सुधार गर्नुपर्दछ र शासन गर्ने आफ्नो क्षमतालाई बलियो बनाउनुपर्दछ। पार्टीका सदस्यहरूले पार्टी बाहिरका जनतासँग मिलेर सहयोग गर्नुपर्छ र चिनियाँ विशेषतासहितको समाजवादको निर्माण गर्नको लागि मिलेर प्रयास गर्नुपर्दछ।

भाग १ – सदस्यता

धारा १ : कुनै पनि दूरदर्शी चिनियाँ श्रमिक, किसान, सशस्त्र बलका सदस्य, बुद्धिजीवी वा अठार वर्ष पुगेका र पार्टी कार्यक्रम तथा संविधानलाई स्वीकार गर्ने र पार्टी संगठनमध्ये कुनै एकमा सक्रिय रूपले सामेल हुने र काम गर्ने, पार्टीका संकल्पहरूलाई पूरा गर्न तथा नियमित सदस्यता शुल्क तिर्न इच्छुक कुनै अन्य सामाजिक स्तरका व्यक्तिले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यताको लागि आवेदन दिन सक्छन्।

धारा २ : चीनको कम्युनिष्ट पार्टीको सदस्य चिनियाँ श्रमिक वर्गको अग्रणी सेनानी हो, जोसँग कम्युनिष्ट चेतना हुन्छ।

चीनको कम्युनिष्ट पार्टीका सदस्यहरूले सम्पूर्ण हृदयदेखि जनताको सेवा गर्नुपर्दछ, कुनै पनि व्यक्तिगत बलिदान दिनको लागि तयार हुनुपर्दछ र साम्यवादलाई साकार पार्नको लागि आफ्नो जीवन समर्पित गर्नुपर्दछ।

चीनको कम्युनिष्ट पार्टीका सदस्य सदैव श्रमिक जनताको साधारण सदस्य रहनेछन्। कम्युनिष्ट पार्टीको कुनै पनि सदस्यले व्यक्तिगत स्वार्थ र कानून तथा नीतिको माध्यमबाट प्रदान गरिएको आफ्नो काममा संलग्न अधिकारभन्दा बहिर कुनै पनि व्यक्तिगत लाभ वा विशेषाधिकारको पछि लाग्नु हुँदैन।

धारा ३ : पार्टीका सदस्यहरूले निम्नलिखित दायित्वहरूलाई पूरा गर्नुपर्दछ :

१)मार्क्सवाद-लेनिनवाद, माओत्सेतुङ विचार, देंग स्याओपिंग सिद्धान्त, तीन प्रतिनिधि सिद्धान्त, विकास र वैज्ञानिक दृष्टिकोण र नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादमा सि जिनपिंग विचारको कर्तव्यनिष्ठापूर्वक अध्ययन गर्नुपर्दछ, पार्टी कार्यदिशाको, सिद्धान्त र नीतिहरूको अध्ययन गर्नुपर्दछ; र पार्टीको मौलिक विचार प्राप्त गर्ने, पार्टीको इतिहासको अध्ययन गर्ने, आफ्नो सामान्य, वैज्ञानिक, कानूनी र पेशेवर ज्ञानमा सुधार गर्ने, र जनताको सेवा गर्ने आफ्नो क्षमतालाई बलियो बनाउनको लागि लगनशिलतापूर्वक काम गर्ने संकल्प हुनुपर्दछ।

२) राजनीतिक अखण्डता कायम राख्ने, ठूलो परिप्रेक्ष्यमा सोच्ने,  नेतृत्व केन्द्रको पालना गर्ने र केन्द्रीय पार्टी नेतृत्वसँग तालमेल कायम राख्ने आवश्यकताको बारेमा जागरूकतालाई बलियो बनाउनुपर्दछ; चिनियाँ विशेषतासहितको समाजवादको मार्ग, सिद्धान्त, प्रणाली र संस्कृतिमा आश्वस्त रहनुपर्दछ; र पार्टी केन्द्रीय समिति तथा समग्र रूपमा पार्टीमा कमरेड सि जिनपिंगको मुख्य स्थितिलाई कायम राख्नुपर्दछ र केन्द्रीय समितिको अधिकार तथा त्यसको केन्द्रीकृत, एकीकृत नेतृत्वलाई कायम राख्नुपर्दछ। पार्टीको आधारभूत विचारधारा, सिद्धान्त र निति लागू गर्नुपर्दछ; सुधार, खुलापनको नेतृत्व गर्नुपर्दछ, र समाजवादी आधुनिकीकरण, जनताको आर्थिक विकास एवं सामाजिक प्रगतिको लागि कडा मेहनत गर्न तथा उत्पादन, कार्य, अध्ययन र सामाजिक गतिविधिहरूमा एक अनुकरणीय र अग्रणी भूमिका निभाउनको लागि प्रोत्साहित गर्नुपर्दछ।

३) पार्टी र जनताको हित सबभन्दा पहिले आउँदछन् भन्ने सिद्धान्तको पालना गर्नुपर्दछ, व्यक्तिगत हितलाई पार्टी र जनताको हितको अधिनमा गर्नुपर्दछ, कठिनाहरूलाई सबभन्दा पहिले सहनुपर्दछ र सबभन्दा पछि सुखसुविधाहरूको आनन्द लिनुपर्दछ,  सार्वजनिक हितको लागि निस्वार्थ भावले काम गर्नुपर्दछ र महत्त्वपूर्ण योगदान दिनुपर्दछ।

४)पार्टीको राजनीतिक अनुशासन र नियमहरूमा अत्याधिक जोड दिँदै सचेत रूपले पार्टी अनुशासनको पालना गर्नुपर्दछ; राज्यका कानून र नियमहरूको पालना गर्न, पार्टी र राज्यका रहस्यहरूको दृढतापूर्वक रक्षा गर्न, पार्टीका निर्णयहरूलाई कार्यान्वयन गर्न, रोजगारी बाँडफाँडमा पार्टीका निर्णयहरूको पालना गर्न र पार्टी कार्यहरूलाई तत्परतापूर्वक पूरा गर्नमा एक राम्रो उदाहरण स्थापित गर्नुपर्दछ।

५) पार्टीको ऐक्यबद्धता र एकतालाई कायम राख्नुपर्दछ, पार्टीप्रति बफादारिता र इमान्दारिताको अभ्यास गर्नुपर्छ, तिनीहरूका कार्य तिनका शब्द अनुरूप सत्य होस् भन्ने कुरा सुनिश्चित गर्नुपर्दछ, सबै गुटबन्दी र गुटगत गतिविधिहरूको दृढतापूर्वक विरोध गर्नुपर्दछ, र देखावटी समर्थन अन्य दोहोरो व्यवहार र कुनै पनि प्रकारको षड्यन्त्रको विरोध गर्नुपर्दछ।

६) वास्तविक आलोचना र आत्मा-आलोचनामा संलग्न रहनुपर्दछ, पार्टीको सिद्धान्तको उल्लंघन गर्ने बयान र कार्य तथा कमी तथा गल्तीहरूलाई उजागर गर्ने र सही गर्ने साहस राख्नुपर्दछ, र भ्रष्टाचार र खराब आचरणका अन्य रूपहरूको दृढतापूर्वक संघर्ष गर्नुपर्दछ।

७) जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्नुपर्दछ, पार्टीका विचारहरूलाई उनीहरूसँग साझा गर्नुपर्दछ, मुद्दा उठ्दा उनीहरूसँग परामर्श गर्नुपर्दछ, उनीहरूका विचार र मागहरूको बारेमा पार्टीलाई अद्यावधिक राख्नुपर्दछ र उनीहरूका वैध हितहरूको रक्षा गर्नुपर्दछ।

८) नयाँ समाजवादी रीति-रिवाज तथा प्रथाहरूलाई बढावा दिनुपर्दछ; मूल समाजवादी मूल्य र सम्मान तथा अपमानको समाजवादी अवधारणाको अभ्यास गर्न मार्गप्रशस्त गर्नुपर्दछ; कम्युनिष्ट नैतिकतामा विजय प्राप्त गर्नुपर्दछ; चिनियाँ राष्ट्रका पारंपरिक गुणहरूको वकालत गर्नुपर्दछ, र कुनै पनि क्षण कठिनाइ र खतरा उत्पन्न हुने वित्तिकै अगाडि बढेर देश र जनताका हितहरूको रक्षाको लागि बलिदान दिन नडराइकन बहादुरीपूर्वक लड्नुपर्दछ।

धारा ४ : पार्टी सदस्यहरूले निम्न अधिकारहरूको उपयोग गर्नेछन् :

१) प्रासंगिक पार्टी बैठकमा भाग लिने, प्रासंगिक पार्टी दस्तावेज पढ्ने र पार्टी शिक्षा एवं प्रशिक्षणबाट लाभ उठाउने।

२) पार्टी बैठक र पार्टी समाचारपत्र एवं पत्रिकाहरूमा पार्टी नीतिसँग सम्बन्धित प्रश्नहरूमाथि छलफलमा भाग लिने।

३) पार्टीको कामको सम्बन्धमा सुझाव र प्रस्ताव दिने।

४) कुनै पनि पार्टी संगठन वा कुनै सदस्यको पार्टी बैठकमा राम्रोसँग आलोचनाको प्रस्ताव गर्ने; पार्टीको कुनै संगठन वा सदस्यद्वारा कुनै पनि अनुशासनात्मक वा कानूनी उल्लंघनलाई जिम्मेवारीपूर्वक उजागर गर्ने वा पार्टीलाई रिपोर्ट गर्ने; अनुशासन वा कानून उल्लंघन गर्ने सदस्यको विरूद्धमा अनुशासनात्मक कार्वाहीको माग गर्ने; र कुनै पनि अक्षम क्याडरलाई बर्खास्त गर्ने वा बदल्ने माग गर्ने।

५) मतदानमा भाग लिने र चुनावमा उठ्ने।

६) उनीहरूको विरूद्धमा गरिने अनुशासनात्मक कार्वाहीमा निर्णय लिने वा उनीहरूको काम र व्यवहारको मूल्यांकन गर्नको लागि पार्टी संगठनद्वारा आयोजित छलफलमा उपस्थित हुने र आफ्नो पक्ष राख्ने; पार्टीका अन्य सदस्यले आफ्नो तर्फबाट साक्ष्य र तर्क दिन सक्दछन्।

७) आरक्षक वयान दिने र केन्द्रीय समितिसहित उच्च स्तरमा पार्टी संगठन समक्ष आफ्नो विचार प्रस्तुत गर्ने, पार्टीको कुनै प्रस्ताव वा नीतिसँग असहमतिको मामिलामा विचाराधीन प्रस्ताव वा नीती लागू भएको बेला त्यसलाई दृढतापूर्वक लागू गर्ने शर्तमा प्रस्तुत गर्ने।

८) केन्द्रीय समितसहित कुनै उच्चस्तरीय पार्टी संगठनलाई अनुरोध, अपिल वा आरोप प्रस्तुत गर्ने र सम्बन्धित संगठनले एक जवाफदेही उत्तर जारी गरोस् भन्ने कुराको अनुरोध गर्ने।

केन्द्रीय समितिसहित कुनै पनि स्तरमा कुनै पनि पार्टी संगठनले पार्टी सदस्यलाई उपरोक्त अधिकारहरूबाट वंचित अधिकार छैन।

धारा ५ : नयाँ पार्टी सदस्यहरूलाई पार्टी शाखाको माध्यमबाट प्रवेश दिइनुपर्दछ,  जसको लागि राजनीतिक अखण्डतालाई प्राथमिक मापदण्डको रूपमा कायम राखिनुपर्दछ र व्यक्तिगत प्रवेशको सिद्धान्तको पालना गरिनुपर्दछ।

पार्टी सदस्यताको लागि आवेदकले एक आवेदन पत्र पूरा गर्नुपर्दछ र पार्टीका दुई सदस्यहरूद्वारा यसको सिफारिस गरिनुपर्दछ। आवेदनलाई सम्बन्धित पार्टी शाखाको एक सामान्य बैठकमा स्वीकार गरिनुपर्दछ र अर्को स्तरमा पार्टी संगठनद्वारा अनुमोदित गरिनुपर्दछ, र आवेदकले पूर्ण सदस्यता प्रदान गर्नुभन्दा पहिले परीक्षण अवधिको लागि निरीक्षणबाट गुज्रिनुपर्नेछ।

कुनै  आवेदकको सिफारिस गरेको बेला पार्टी सदस्यले आवेदकको सोच, चरित्र, व्यक्तिगत रेकर्ड र काममा प्रदर्शनलाई बुझ्ने प्रयास गर्नुपर्छ र आवेदकले पार्टी कार्यक्रम र संविधान, सदस्यताको मापदण्ड तथा सदस्यको अधिकार र दायित्वको बारेमा बुझ्नुपर्छ। र, तदनुसार पार्टी संगठनलाई जिम्मेवारीपूर्वक रिपोर्ट गर्नुपर्दछ।

पार्टी शाखा समितिले पार्टी सदस्यताको लागि आवेदकको सम्बन्धमा पार्टीभित्र र बाहिर सम्बन्धित व्यक्तिहरूको राय माग्नेछ, गहन जाँच गर्नेछ, र आवेदकले पार्टी मापदण्डलाई पूरा गर्दछ भन्ने विश्वास गर्दै आवेदनमाथि छलफलको लागि एक सामान्य बैठकमा प्रस्तुत गर्नेछ।

सदस्यताको लागि कुनै आवेदकको प्रवेशलाई मन्जुरी दिनुभन्दा पहिले अर्को स्तरमा पार्टी संगठनले आवेदकसँग कुरा गर्नको लागि पार्टी  सदस्यलाई नियुक्त गर्नुपर्दछ, ताकि उसलाई राम्रोसँग जान्न सकियोस् र पार्टीको बारेमा उसको बुझाइलाई गहन बनाउनमा मद्दत मिल्न सकोस्।

असाधारण परिस्थितिमा पार्टी केन्द्रीय समिति वा सिधैं केन्द्रीय सरकारको अधिनमा रहेको कुनै प्रान्त, स्वायत्त क्षेत्र वा नगरपालिकाको समितिले कुनै नयाँ पार्टी सदस्यलाई सीधैं प्रवेश दिन सक्छ।

धारा ६ : एक परीक्षणकालीन पार्टी सदस्यले पार्टी झण्डा समक्ष प्रवेशको सपथ लिनुपर्दछ। शपथमा लेखिकएको छ : चीनको पार्टीमा सामेल हुने, पार्टीको कार्यक्रमलाई कायम राख्ने, पार्टी विधानका प्राव्धानहरूलाई पालना गर्ने, पार्टी सदस्यका दायित्वहरूलाई पूरा गर्ने, पार्टीका निर्णयहरूलाई पूरा गर्ने, पार्टी अनुसशासनलाई दृढतापूर्वक पालना गर्ने, पार्टी गोपनियताको रक्षा गर्ने, पार्टीप्रति बफादार रहने, कडा मेहनत गर्ने, जीवनभर साम्यवादको लागि लड्ने, पार्टी र जनताको लागि आफ्नो सबै कुरा बलिदान गर्न सँधैं तयार रहने र पार्टीसँग कहिल्यै विश्वासघात नगर्ने मेरो इच्छा हो।

धारा ७ : परीक्षणकालीन सदस्यको परीक्षावधि एक वर्ष हुन्छ। पार्टी संगठनले परीक्षणकालीन सदस्यको मार्गदर्शन र निरीक्षण गर्नको लागि इमान्दारीपूर्वक कार्य गर्नुपर्दछ।

एक परीक्षणकालीन सदस्यको दायित्व पूर्ण सदस्य समान नै हुन्छ। भोट दिने र चुनावमा उठ्ने अधिकारको अपवादबाहेक परीक्षणकालीन सदस्यको अधिकार पूर्ण सदस्य समान नै हुन्छ।

कुनै परीक्षणकालीन सदस्यको परीक्षावधि पूरा भएपछि पार्टी शाखामा के उसलाई पूर्ण सदस्यको रूपमा स्वीकार गर्न सकिन्छ भन्ने कुरामा तुरून्त छलफल गर्नुपर्दछ।  कर्तव्यनिष्ठापूर्वक आफ्ना दायित्वहरूलाई पूरा गर्ने र पूर्ण सदस्यताको मापदण्डहरूलाई पूरा गर्ने एक परीक्षणकालीन सदस्यको स्थिति परीक्षण कालको अन्तमा पूर्ण सदस्यमा बदलिन्छ; निरन्तर अवलोकन शिक्षा आवश्यक ठानिएको बेलामा परीक्षावधि बढाउन सकिन्छ, तर एकवर्षभन्दा बढी होइन; कुनै परीक्षणकालीन सदस्यले आफ्नो दायित्वलाई पूरा गर्न वा पूर्ण सदस्यताको मापदण्डलाई पूरा गर्नमा असफल रहेको अवस्थामा उसको परीक्षणकालीन सदस्यता रद्द गरिनेछ। कुनै परीक्षणकालीन सदस्यलाई पूर्ण सदस्यता दिने, परीक्षण अवधि बढाउने वा परीक्षणकालीन सदस्यतालाई रद्द गर्ने कुनै पनि निर्णयमा पार्टी शाखाको सामान्य बैठकमा छलफल गरी पारित गरिनुपर्दछ र अर्को स्तरमा पार्टी संगठनद्वारा अनुमोदित गरिनुपर्दछ।

कुनै परीक्षणकालीन सदस्यको परीक्षावधि त्यो दिनबाट शुरू हुनेछ, जुन दिन पार्टी शाखाको सामान्य बैठकले उसलाई परीक्षणकालीन सदस्यको रूपमा स्वीकार गर्ने निर्णय पारित गर्नेछ। पार्टीको सदस्यताको अवधिको गणना त्यो दिनबाट गरिनेछ, जुन दिन उसलाई परीक्षावधि पूरा गरेपछि पूर्ण सदस्यता प्रदान गरिन्छ।

धारा ८ : पार्टीको प्रत्येक सदस्यले पदको परवाह नगरीकन पार्टीको कुनै शाखा, समूह वा अन्य दिइएका इकाईमा सामेल हुनुपर्दछ; पार्टी संगठनको नियमित गतिविधिमा भाग लिनुपर्दछ; र पार्टीभित्र तथा बाहिर दुवै ठाउँमा जनताको निगरानीलाई स्वीकार गर्नुपर्दछ। नेतृत्वका पदमा बसेका पार्टी सदस्यहरूले आफ्ना सम्बन्धित पार्टी समितिहरू वा अग्रणी पार्टी सदस्य समूहद्वारा आयोजित नेतृत्व पदहरूका पार्टी सदस्यहरूका बैठकहरूमा भाग लिनुपर्दछ। पार्टीको कुनै पनि विशेष सदस्यलाई पार्टी संगठनको नियमित गतिविधिमा भाग लिन वा पार्टीभित्र र बाहिरका जनताहरूको निगारानीबाट छुट दिइनेछैन।

धारा ९ : पार्टीका सदस्यहरूलाई पार्टीबाट हट्ने स्वतन्त्रता हुन्छ। यदि कसैले पार्टी सदस्यता फिर्ताको अनुरोध गर्दछ भने सम्बन्धित पार्टी शाखाको एक सामान्य बैठकमा छलफलपछि पार्टी सूचीबाट उसको नाम हटाउने घोषणा गरिनेछ र अर्को स्तरमा पार्टी संगठनमा फिर्ताको रिपोर्ट दर्ज गराइनेछ।

यस्तो स्थितिमा यदि कुनै पार्टी पार्टी सदस्यमा क्रान्तिकारी इच्छाशक्तिको कमी पाइन्छ वा त्यो पार्टी-सदस्यको दायित्व वा पार्टी सदस्यको मापदण्डलाई पूरा गर्नमा असफल हुन्छ भने सदस्यको पार्टी शाखाले उसलाई शिक्षा दिने र एक निर्धारित समय सीमाभित्र स्थिति सुधार्ने कुरा आवश्यक हुन्छ। यदि शिक्षाको प्रयासपछि पनि कुनै परिवर्तन हुँदैन भने तिनलाई पार्टीबाट हट्ने आग्रह गरिनेछ। यस्तो स्थितिमा कुनै सदस्यलाई पार्टीबाट हट्ने आग्रह गर्दा यो मामिलामा सम्बन्धित पार्टी शाखाको एक सामान्य बैठकमा छलफल गरिनेछ र निर्णय लिइनेछ, त्यसपछि अनुमोदनको लागि अर्को स्तरमा पार्टी संगठनलाई प्रस्तुत गरिनेछ। यदि कुनै पार्टी सदस्यलाई नाम फिर्ता लिने आग्रह गरिन्छ र ऊ यसो नगर्ने कुरामा अडिग रहन्छ भने यो मामिलामा पार्टी सूचीबाट तिनको नाम हटाउने निर्णय लिन छलफलको लागि सम्बन्धित पार्टी शाखाको एक साधारण बैठकमा प्रस्तुत गरिनेछ, त्यसपछि निर्णय अनुमोदनको लागि अर्को स्तरमा पार्टी संगठनलाई प्रस्तुत गरिनेछ।

एउटा पार्टी सदस्यले कुनै उचित कारण बिना नै आफ्नो पार्टी संगठनको नियमित गतिविधिमा भाग लिन, सदस्यता शुल्क तिर्नमा असफल हुन्छ, वा लगातार ६ महिनासम्म पार्टीद्वारा सुम्पिएका कार्य गर्न असफल रहन्छ भने तिनले सदस्यता छोडिएको मानिनेछ। त्यसपछि सम्बन्धित पार्टी शाखाले एक सामान्य बैठकको माध्यमबाट पार्टी रोलबाट तिनको नाम हटाउने निर्णय लिनुपर्दछ र यसलाई अनुमोदनको लागि अर्को स्तरमा पार्टी संगठनलाई रिपोर्ट गर्नुपर्दछ।

भाग २ : पार्टीको संगठनात्मक प्रणाली

धारा १० : पार्टी आफ्नो कार्यक्रम र संविधानको माध्यमबाट तथा जनवादी केन्द्रीयताको आधारमा संगठित एक अभिन्न निकाय हो। पार्टीका जनवादी केन्द्रीयताका आधारभूत सिद्धान्तहरू यसप्रकार छन् :

१) व्यक्तिगत पार्टीका सदस्यले पार्टी संगठनलाई, अल्पसंख्यकले बहुमतलाई, तल्लो तहका पार्टी संगठनले उच्च तहको पार्टी संगठनलाई, र पार्टीका सबै संगठन र सदस्यहरूले राष्ट्रिय महाधिवेशन तथा पार्टी केन्द्रीय समितिलाई मान्दछन्।

२) पार्टीका सबै स्तरका अग्रणी निकाय, उनीहरूद्वारा पठाइएका प्रतिनिधि अंग र गैरपार्टी संगठनहरूमा अग्रणी पार्टी सदस्य समूहलाई छोडेर चुनावद्वारा उत्पन्न हुन्छन्।

३) पार्टीको सर्वोच्च अग्रणी संस्था राष्ट्रिय महाधिवेशन र केन्द्रीय समिति हो, जसलाई यसले चुन्दछ। पार्टीका स्थानीय अग्रणी संस्थाहरू प्रत्येक स्तरमा पार्टी महाधिवेशन र पार्टी समितिहरू हुन्, जसलाई उनीहरू चुन्दछन्। पार्टी समितिहरू जिम्मेवार हुन्छन् र तिनीहरूले समान स्तरमा पार्टी महाधिवेशनलाई आफ्नो कामको रिपोर्ट दिनुपर्दछ।

४) उच्चस्तरीय पार्टी संगठनले नियमित रूपले तल्लो स्तरका संगठनहरू र सामान्य पार्टी सदस्यका विचारहरूलाई सुन्नेछन्, र उनीहरूद्वारा उठाइएका समस्याहरूमाथि तुरून्त प्रतिक्रिया दिनेछन्। तल्लो स्तरका पार्टी संगठनले आफ्नो कामको बारेमा रिपोर्ट गर्नेछन् र उच्चस्तरका पार्टी संगठनहरूबाट निर्देशनको अनुरोध गर्दछन्; साथै उनीहरू आफ्नो अधिकारको क्षेत्रभित्रका मामिलालाई स्वतन्त्र रूपमा र जिम्मेवारीपूर्वक सम्हाल्नेछन्। उच्च र निम्नस्तरका पार्टी संगठनले सूचनाहरूको आदान-प्रदान गर्नेछन् र एक-अर्कोको समर्थन र निगरानी गर्नेछन्। पार्टी संगठन सबै स्तरमा नियमानुसार पार्टी मामिलामा पारदर्शिता अपनाउनेछन्, जसबाट पार्टीका सदस्यहरूलाई आन्तरिक पार्टी मामिलाको राम्रोसँग जानकारी प्राप्त गर्नमा मद्दत मिल्नेछ र उनीहरूलाई भाग लिने बढी अवसर प्राप्त हुनेछ।

५) सबै स्तरमा पार्टी समितिहरू कार्यविभाजनको आधारमा व्यक्तिगत जिम्मेवारीसहित सामूहिक नेतृत्वको संयोजनको सिद्धान्तमा काम गर्नेछन्। सबै प्रमुख मुद्दाहरूमा निर्णय सामूहिक नेतृत्व, जनवादी केन्द्रीयता, बैठकपूर्व चिन्तन र बैठकमा आधारित निर्णय लिने सिद्धान्तानुसार सम्बन्धित पार्टी समितिद्वारा छलफलको माध्यमबाट गरिनेछ। पार्टी समितिका सदस्यले सामूहिक निर्णय र कार्य विभाजन अनुसार आ-आफ्ना दायित्वलाई पूरा गर्नको लागि गम्भीरतापूर्वक कार्य गर्नेछन्।

६) पार्टीले सबैप्रकारका व्यक्तिवादको निषेध गर्दछ। पार्टी नेताका गतिविधि पार्टी र जनताको निगरानीको अधिनमा हुन्छ भन्ने कुरा सुनिश्चित गरिनेछ, साथै पार्टी र जनताको हितको प्रतिनिधित्व गर्ने सबै नेताहरूको प्रतिष्ठालाई कायम राखिनेछ।

धारा ११ : सबै स्तरमा पार्टी महाधिवेशनका प्रतिनिधिहरू र पार्टी समितिका सदस्यहरूको चुनावले मतदाताहरूको इच्छालाई प्रतिबिम्बित गर्नेछ। चुनाव गोप्य मतदानहरूद्वारा हुनेछ। उमेदवारहरूको सूचीमा पार्टी संगठन र मतदाताहरूद्वारा पूर्ण रूपले विचार-विमर्श र छलफल गरिनेछ। प्रत्यक्ष रूपमा औपचारिक चुनाव गराउनको लागि चुनिने व्यक्तिहरूको संख्याबाट अधिक संख्यामा उमेदवारहरूलाई नामांकन गर्ने विधि अपनाउन सकिन्छ, वा यो पद्धतिको उपयोग सबभन्दा पहिले प्रारम्भिक चुनावमा गर्न सकिन्छ ताकि पछि हुने औपचारिक चुनावको लागि उमेदवारीको सूची तयारी गर्न सकियोस्। मतदाताहरूलाई उमेदवारहरूको बारेमा सोधपुछ गर्ने, उमेदवारहरूको परिवर्तनको अनुरोध गर्ने वा उमेदवार नभएको व्यक्तिलाई मतदान गर्ने अधिकार छ। कुनै पनि संगठन वा व्यक्तिले कुनै पनि प्रकारले कुनै मतदातालाई भोट दिन वा उमेदवारलाई मतदन गर्न बाध्य पार्नु हुँदैन।

यदि कुनै पनि स्तरमा स्थानीय पार्टी महाधिवेशन वा प्राथमिक स्तरमा पार्टी महाधिवेशनको लागि प्रतिनिधिको चुनावको क्रममा पार्टी विधानको कुनै पनि प्रकारले उल्लंघन गरिएको मानिन्छ भने अनुसन्धान र सत्यापनपछि अर्को स्तरमा पार्टी समितिले चुनावलाई अमान्य घोषित गर्ने र उचित उपाय गर्ने निर्णय जारी गर्नेछ, र यो निर्णयको औपचारिक घोषणा र कार्यान्वयन भन्दा पहिले अनुसन्धान र अनुमोदनको लागि अर्को स्तरको पार्टी समितिलाई रिपोर्ट गर्नेछ।

सबै स्तरका पार्टी महाधिवेशनका प्रतिनिधिहरूको लागि एक कार्यकाल प्रणाली अपनाइनेछ।

धारा १२ : केन्द्रीय समिति र सबै स्तरका स्थानीय समितिहरूले तत्काल समाधानको लागि आवश्यक पर्ने प्रमुख समस्यामा छलफल र निर्णय गर्न प्रतिनिधिहरूको सम्मेलन बोलाउनेछन्। भाग लिने प्रधिनिधिहरूको संख्या र प्रतिनिधिहरूको सूची तयार गर्ने प्रक्रिया सम्मेलन आयोजना गर्ने पार्टी समितिद्वारा निर्धारित गरिनेछ।

धारा १३ : कुनै नयाँ पार्टी संगठनको गठन वा कुनै विद्यमान पार्टी संगठन भंग हुने प्रत्येक घटनामा उच्चस्तरीय पार्टी संगठनद्वारा निर्णय लिइनुपर्दछ।

कुनै पनि स्तरमा स्थानीय पार्टी संगठनको महाधिवेशन हुँदा वा प्राथमिक स्तरको पार्टी संगठनको महाधिवेशन चलिरहेको छैन भने अर्को स्तरको पार्टीले संगठनले आवश्यक ठानेमा तल्लो स्तरको पार्टी संगठनका लागि जिम्मेवार व्यक्तिलाई स्थानान्तरण वा तोक्न सक्नेछ।

पार्टीको केन्द्रीय समितले र प्रत्येक स्तरका स्थानीय समितिहरूले प्रतिनिधि अंगहरू पठाउन सक्नेछन्।

धारा १४ : पार्टीको केन्द्रीय समिति र प्रत्यक्ष केन्द्रीय सरकारको अधिनका प्रान्त, स्वायत्त क्षेत्र र नगरपालिकाहरूका समितिले अनुशासन निरीक्षण प्रणाली लागू गर्नेछन्, र आफ्नो कार्यकालभित्र, आफ्नो अधिकार क्षेत्र अन्तर्गतका सबै इलाका, विभाग, उद्यम र सार्वजनिक संस्थानका पार्टी संगठनहरूको निरीक्षण गर्नेछन्।

पार्टी केन्द्रीय समिति र राज्य परिषद अन्तर्गतका विभाग र कार्यालयहरूका प्रमुख पार्टी सदस्य समूह वा पार्टी समितिहरूले आफ्नो कामको आवश्यकता अनुसार निरीक्षण गर्नेछन्।

शहर (प्रान्त र लीगसहित) र काउन्टी (काउन्टीस्तरीय शहर, जिल्ला र ब्यानरसहित) का पार्टी समितिहरूले एक अनुशासन निरीक्षण प्रणाली स्थापित गर्नेछन्।

धारा १५ : तल्लो स्तरको संगठनलाई प्रभावित गर्ने कुनै महत्त्वपूर्ण मुद्दामा निर्णय लिएको बेला, कुनै पनि स्तरमा पार्टीको एक अग्रणी निकायले सामान्य परिस्थितिमा तल्लो स्तरको संगठनको राय माग्नेछ। तल्लो स्तरको संगठन सँधै जसरी नै आफ्ना कार्य र शक्तिको प्रयोगमा सक्षम छ भन्ने कुरा सुनिश्चित गरिनेछ। असाधारण परिस्थितिलाई छोडेर कुनै पनि उच्चस्तरीय अग्रणी निकायले तल्लो स्तरको संगठनले नियन्त्रण गर्ने कुनै पनि मामिलामा हस्तक्षेप गर्नेछैन।

धारा १६ : केवल पार्टीको केन्द्रीय समितिसँग प्रमुख राष्ट्रिय नीतिमाथि निर्णय लिने शक्ति हुन्छ। कुनै विभाग वा इलाकाको पार्टी संगठनले यस्ता नीतिको सम्बन्धमा केन्द्रीय समितिलाई सुझाव दिन सक्छ, तर अनुमति बिना पार्टी बाहिर कसैले निर्णय लिनेछैन वा आफ्नो विचार व्यक्त गर्नेछैन।

तल्लो स्तरको पार्टी संगठनले उच्च स्तरको पार्टी संगठनका निर्णयहरूलाई दृढतापूर्वक लागू गर्नुपर्दछ। यस्तो स्थितिमा यदि कुनै तल्लो स्तरको संगठनले उच्च स्तरको संगठनको निर्णयलाई आफ्नो इलाका वा विभागको विशिष्टि परिस्थितिको लागि अनुपयुक्त ठान्छ भने उसले निर्णय संशोधन गरियोस् भनेर अनुरोध गर्न सक्दछ। यदि उच्चस्तरीय संगठनले आफ्नो मूल निर्णयलाई कायम राख्ने निर्णय लिन्छ भने तल्लो स्तरको संगठनले निर्णयको पालना गर्नुपर्दछ र सार्वजनिक रूपमा कुनै पनि मतभेद व्यक्त गर्नबाट बच्नुपर्दछ, तर अर्को स्तरको पार्टी संगठनलाई रिपोर्ट गर्ने अधिकार सुरक्षित हुन्छ।

सबै स्तरमा पार्टी संगठनद्वारा संचालित प्रचारमा उपयोग गरिने समाचारपत्र, पत्रिका र अन्य मिडियामा पार्टीको दिशा, सिद्धान्त नीति र संकल्पहरूको बारेमा जानकारी हुनुपर्दछ।

धारा १७ : कुनै मामिलामा छलफल गर्न र निर्णय लिनमा पार्टी संगठनले बहुमतको सम्मान गर्ने अल्पसंख्यकको सिद्धान्तलाई कायम राख्नुपर्दछ। यदि कुनै प्रमुख मुद्दामा निर्णय लिइँदै छ भने मतदात गराउनुपर्दछ। अल्पसंख्यक वर्गका भिन्न-भिन्न विचारहरूमाथि गम्भीरतापूर्वक विचार गरिनुपर्दछ। कुनै प्रमुख मुद्दामा असहमतिको मामिलामा, जहाँ प्रत्येक दृष्टिकोणको समर्थनमा संख्याले सूक्ष्मतापूर्वक मेल खान्छ, संकटकालीन स्थितिलाई छोडेर जब बहुमतको दृष्टिकोण अनुसार कार्वाही गरिनुपर्दछ, तब निर्णयमा ढिलाइ गरिनुपर्दछ, अगाडिको जाँच, अनुसन्धान र अर्को मतदान हुनुभन्दा पहिले विचारहरूको आदानप्रदान गरिनुपर्दछ। असाधारण परिस्थितिमा असहमतिको सूचना अर्को स्तरको पार्टी संगठनलाई पनि दिन सकिन्छ र फैसलाको अनुरोध गर्न सकिन्छ।

यस्तो स्थितिमा जब व्यक्तिगत पार्टी सदस्यले आफ्नो पार्टी संगठनको तर्फबाट कुनै प्रमुख मुद्दामा एक विचार व्यक्त गर्दछ, जुन संगठनको विद्यमान निर्णयको दायराभन्दा पर जान्छ भने सामग्रीलाई पूर्व छलफल र निर्णयको लागि संगठनमा पठाउनुपर्दछ, वा निर्देशनको लागि अर्को स्तरको पार्टी संगठनमा पठाउनुपर्दछ। पार्टीको कुनै पनि सदस्यले, चाहे उसको इच्छा जेसुकै भए पनि, कुनै ठूलो मूद्दामा निर्णय लिनमा एक्लै कार्य गर्न सक्दैन। संकटकालीन स्थितिमा जब कुनै व्यक्तिको निर्णय अपरिहार्य हुन्छ, तब घटनाको तुरून्त पछि मामिलाको सूचना उसको पार्टी संगठनलाई दिइनुपर्दछ। कुनै पनि नेताले मनमानी ढंगले निर्णय लिन सक्दैन वा स्वयंलाई आफ्नो पार्टी संगठनभन्दा माथि राख्न सक्दैन।

धारा १८ : केन्द्रीय, स्थानीय र प्राथमिक स्तरमा पार्टीका सबै संगठनहरूले पार्टी निर्माणमा गम्भीरतापूर्वक ध्यान दिनुपर्दछ;  पार्टीको प्रचार, शैक्षिक र संगठनात्मक कार्य, अनुशासन निरीक्षण, जनतासँग यसको काम र संयुक्त मोर्चासँग सम्बन्धित यसका कार्यहरूमा नियमित रूपले छलफल र जाँच गर्नुपर्दछ; र पार्टीभित्र तथा बाहिर वर्तमान सोच एवं राजनीतिक प्रवृत्तिको सावधानीपूर्वक अध्ययन गर्नुपर्दछ।

भाग ३ – केन्द्रीय पार्टी संगठन

धारा १९ : पार्टीको राष्ट्रिय महाधिवेशन हरेक पाँच वर्षमा एकपटक आयोजना गरिन्छ र केन्द्रीय समितिद्वारा बोलाइन्छ। केन्द्रीय समितिले आवश्यक ठानेमा वा प्रादेशिक तहका एकतिहाइभन्दा बढी पार्टी संगठनहरूले अनुरोध गरेमा राष्ट्रिय महाधिवेशन छिट्टै बोलाउन सकिन्छ। असामान्य परिस्थितिलाई छोडेर यसलाई स्थगित गर्न सकिंदैन।

राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरूको संख्या र तिनीहरूको चुनावलाई नियन्त्रण गर्ने प्रक्रिया केन्द्रीय समितिद्वारा निर्धारित गरिनेछ।

धारा २० : पार्टीको राष्ट्रिय महाधिवेशनका कार्य र शक्ति यसप्रकार छन् :

१)केन्द्रीय समितिको रिपोर्टलाई सुन्नु र परीक्षण गर्नु;

२) अनुशासन निरीक्षणको लागि केन्द्रीय आयोगको रिपोर्टको परीक्षण गर्नु;

३) पार्टीसँग सम्बन्धित प्रमुख मुद्दामा छलफल गर्नु र निर्णय लिनु;

४) पार्टीको विधानलाई संशोधन गर्नु;

५) केन्द्रीय समितिको चुनाव गर्नु; र

६) अनुशासन निरीक्षणको लागि केन्द्रीय आयोगको चुनाव गर्नु।

धारा २१ : पार्टीको राष्ट्रिय सम्मेलनको कार्य र शक्ति प्रमुख मुद्दामा छलफल गर्नु र निर्णय लिनु तथा सदस्यहरूलाई बदल्नु एवं केन्द्रीय समिति र अनुशासन निरीक्षणको लागि केन्द्रीय आयोगका अतिरिक्त सदस्यहरूको चुनाव गर्नु हो। प्रतिस्थापित वा नवनिर्वाचित गरिने केन्द्रीय समितिका सदस्यहरू र वैकल्पिक सदस्यहरूको संख्या पार्टीको राष्ट्रिय महाधिवेशनद्वारा केन्द्रीय समितिको लागि चुनिएका पूर्ण र वैकल्पिक सदस्यहरूसँग सम्बन्धित कुल योगको पाँचौं हिस्साभन्दा बढी हुनेछैन।

धारा २२ : पार्टीको केन्द्रीय समित पाँच वर्षको अवधिको लागि चुनिन्छ। राष्ट्रिय महाधिवेशन ढिलो वा चाँडो बोलाइएको अवस्थामा सोही अनुसार अवधि छोट्याइन्छ वा लम्ब्याइन्छ। केन्द्रीय समितिका सदस्यहरू वा वैकल्पिक सदस्यहरूको पार्टी सदस्यताको अवधि कम्तीमा पाँच वर्ष हुनुपर्दछ। केन्द्रीय समितिका सदस्यहरू र वैकल्पिक सदस्यहरूको संख्या राष्ट्रिय महाधिवेशनद्वारा निर्धारित गरिनेछ। केन्द्रीय समितिका खाली सिटहरू उनीहरूद्वारा चुनिएका भोटको संख्याको क्रममा वैकल्पिक सदस्यहरूद्वारा भरिनेछ।

केन्द्रीय समितिको पूर्ण बैठक केन्द्रीय समितिको राजनीतिक ब्यूरोद्वारा बोलाइन्छ र यसलाई वर्षेनी कम्तीमा एकपटक बोलाउनु पर्दछ। राजनीतिक ब्यूरोले पूर्ण बैठकमा आफ्नो कामको रिपोर्ट गर्नेछ र तिनको निगरानी स्वीकार गर्नेछ।

राष्ट्रिय महाधिवेशनको सत्र नचलिरहेको बेलामा केन्द्रीय समितिले आफ्नो प्रस्तावलाई लागू गर्नेछ, पार्टीका सबै कार्यहरूलाई निर्देशित गर्नेछ र बाहिरी सम्बन्धमा चीनको कम्युनिष्ट पार्टीको प्रतिनिधित्त्व गर्नेछ।

धारा २३ : राजनीतिक ब्यूरो, राजनीतिक ब्यूरोको स्थायी समिति र पार्टीको केन्द्रीय समितिको महासचिवको चुनाव केन्द्रीय समितिको पूर्ण बैठकमा गरिनेछ। केन्द्रीय समितिको महासचिव राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यहरूमध्येबाट बनाइनुपर्दछ।

केन्द्रीय समितिको पूर्ण सत्रको बीचमा राजनीतिक ब्यूरो र त्यसको स्थायी समितले केन्द्रीय समितिका कार्य र शक्तिहरूको प्रयोग गर्नेछ।

केन्द्रीय समितिको सचिवालय केन्द्रीय समितिको राजनीतिक ब्यूरो र उसको स्थायी समितिको कार्यकारी निकाय हो। सचिवालयका सदस्यहरूलाई राजनीतिक ब्यूरोको स्थायी समितिद्वारा मनोनित गरिन्छ र उनीहरूलाई केन्द्रीय समितिको पूर्ण बैठकमा अनुमोदित गरिन्छ। केन्द्रीय समितिको महासचिव राजनीतिक ब्यूरो र त्यसको स्थायी समितिको बैठक बोलाउनको लागि जिम्मेवार हुन्छ र सचिवालयको कामको अध्यक्षता गर्नेछ। पार्टीको केन्द्रीय सैन्य आयोगका सदस्यहरूको निर्णय केन्द्रीय समितिद्वारा गरिन्छ; केन्द्रीय सैन्य आयोगको अध्यक्षले आयोगको काममा समग्र जिम्मेवारी लिन्छ।

अर्को राष्ट्रिय महाधिवेशन चलिरहेको बेला केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय प्रमुख निकाय र नेताहरूले त्यसको क्रमिक केन्द्रीय समितिबाट नयाँ केन्द्रीय नेतृत्व र नेताहरू चयन नभएसम्म पार्टीको दैनिक कार्यको अध्यक्षता गरिरहनेछन्।

धारा २४ : चिनियाँ जनमुक्ति सेनामा पार्टी संगठनले केन्द्रीय समितिको निर्देशन अनुसार आफ्नो काम गर्नेछन्। केन्द्रीय सैन्य आयोग सशस्त्र बलमा पार्टीको काम र राजनीतिक कार्यहरूको लागि जिम्मेवार हुन्छ, र सशस्त्र बलमा पार्टीको संगठनात्मक प्रणाली तथा अंगहरूलाई निर्धारित गर्नेछ।

भाग ४ : स्थानीय पार्टी संगठन

धारा २५ : एक प्रान्त, स्वायत्त क्षेत्र, प्रत्यक्ष केन्द्र सरकारको अधिनको नगरपालिका, जिल्लामा विभाजित शहर, स्वायत्त प्राप्त, काउन्टी, स्वायत्त काउन्टी,  जिल्लामा विभाजित नभएका शहर, वा नगरपालिका जिल्लाका पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा एकपटक आयोजना गरिन्छ।

प्रत्येक स्थानीय पार्टी महाधिवेशन स्थानीय समितिद्वारा सम्बन्धित स्तरमा बोलाइन्छ। असाधारण परिस्थितिमा, र अर्को स्तरको पार्टी समितिको मंजुरीसँगै, स्थानीय पार्टी महाधिवेशनलाई अगाडि बढाउन वा स्थगित गर्न सकिन्छ।

प्रत्येक स्तरमा स्थानीय पार्टी महाधिवेशनमा प्रतिनिधिहरूको संख्या र तिनीहरूको चुनावलाई नियन्त्रण गर्ने प्रक्रिया सम्बन्धित स्तरमा स्थानीय पार्टी समितिद्वारा निर्धारित गरिनेछ र अर्को स्तरको पार्टी समितिलाई अनुमोदनको लागि रिपोर्ट गरिनेछ।

धारा २६ : प्रत्येक स्तरमा स्थानीय पार्टी महाधिवेशनको कार्य र शक्ति यसप्रकार छन् :

१) सम्बन्धित स्तरमा स्थानीय पार्टी समितिको रिपोर्टलाई सुन्नु र परीक्षण गर्नु;

२) सम्बन्धित स्तरमा अनुशासन निरीक्षणको लागि स्थानीय आयोगको रिपोर्टको परीक्षण गर्नु;

३) आफ्नो स्थानीय क्षेत्रको दायरामा प्रमुख मुद्दामा चर्चा गर्नु र प्रस्तावहरूलाई अपनाउनु; र

४) सम्बन्धित स्तरमा अनुशासन निरीक्षणको लागि स्थानीय पार्टी समिति र आयोगको चुनाव गराउनु।

धारा २७ : कुनै प्रान्त, स्वायत्त क्षेत्र, प्रत्यक्ष केन्द्र सरकारको अधिनको नगरपालिका, जिल्लामा विभाजित शहर वा स्वायत्त प्रान्तको पार्टी समिति पाँच वर्षको अवधिको लागि चुनिन्छ। यस्तो समितिको कुनै सदस्य वा वैकल्पिक सदस्यको पार्टी सदस्यताको अवधि कम्तीमा पाँच वर्ष हुनुपर्दछ।

एक काउन्टी, स्वायत्त काउन्टी, जिल्लामा विभाजित नभएका शहर वा नगरपालिका जिल्लाको पार्टी समिति पाँच वर्षको अवधिको लागि चुनिन्छ। यस्ता समितिको कुनै सदस्य वा वैकल्पिक सदस्यको अवधि कम्तीमा तीन वर्ष हुनुपर्दछ।

यस्तो स्थितिमा कुनै पनि स्तरमा स्थानीय पार्टी महाधिवेशनलाई अगाडि लैजादा वा स्थगित गरिदिँदा अघिल्लो महाधिवेशनद्वारा चुनिएको समितिको कार्यकाल तदनुसार घटाउने वा बढाउने गरिन्छ।

प्रत्येक स्तरमा स्थानीय पार्टी समितिका सदस्य र वैकल्पिक सदस्यहरूको संख्या अर्को स्तरमा सम्बन्धित पार्टी समितिद्वारा निर्धारित गरिनेछ। प्रत्येक स्तरमा स्थानीय पार्टी समितिका खाली सिटहरू त्यो समितिका वैकल्पिक सदस्यहरूद्वारा उनीहरूले निर्वाचित गरेका मत संख्याको आधारमा भरिनेछन्।

हरेक स्तरमा स्थानीय पार्टी समितिको कम्तीमा दुई वर्षमा एक पूर्ण सत्र बोलाइनेछ।

हरेक स्तरमा स्थानीय पार्टी समितिहरूले उनीहरूको स्थानीय पार्टी महाधिवेशनको सत्र नभइरहेको बेलामा अर्को स्तरमा पार्टी संगठनका निर्देशनहरू र सम्बन्धित स्तरमा पार्टी महाधिवेशनका प्रस्तावहरूको पालना गर्दै आफ्नो स्थानीय क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्नेछन्, र अर्को स्तरमा पार्टी समितिलाई नियमित अन्तरालमा आफ्नो कामको रिपोर्ट दिन्छन्।

धारा २८ : हरेक स्तरमा स्थनीय पार्टी समितिहरूले आफ्नो पूर्ण सत्रमा स्थायी समिति, सचिव र उपसचिवहरूको चुनाव गर्नेछन्, र अनुमोदनको लागि अर्को उच्चस्तरीय पार्टी समितिलाई रिपोर्ट गर्नेछन् । प्रत्येक स्तरमा स्थानीय पार्टी समितिको स्थायी समितिले स्थानीय पार्टी समितिका कार्य र शक्तिको प्रयोग त्यो पूर्ण सत्रमा नहुँदा गर्नेछ। नयाँ स्थायी समितिको चुनाव हुने बेलासाम्म स्थायी समितिले स्थानीय पार्टी महाधिवेशनको अर्को सत्रको क्रममा दैनिक कार्यहरूको अध्यक्षता गरिरहनेछ। 

हरेक स्तरमा स्थानीय पार्टी समितिका स्थायी समितिले नियमित रूपमा आफ्ना पार्टी समितिहरूको पूर्ण सत्रमा आफ्नो कामको रिपोर्ट गर्नेछन् र तिनको निगरानी स्वीकार गर्नेछन्।

धारा २९ : एक प्रान्तीय पार्टी समिति, वा समकक्ष संगठन, एक प्रान्त वा स्वायत्त क्षेत्रको पार्टी समितिद्वारा धेरै काउन्टीहरू, स्वायत्त काउन्टीहरू, वा शहरहरूलाई समेट्ने प्रान्तमा पठाइएको एक प्रतिनिधि अंग हो। यसले प्रान्त वा स्वायत्त क्षेत्रको पार्टी समितिले दिएको अधिकार अनुसार दिइएको प्रान्तमा आफ्नो कामको नेतृत्व गर्दछ।

भाग ५ : प्राथमिक स्तरका पार्टी संगठनहरू

धारा ३० : जुनसुकै उद्यम, गाउँपालिका, सरकारी निकाय, विद्यालय, अस्पताल, अनुसन्धान संस्थान, उपजिल्ला तथा समुदाय, सामाजिक संस्था, जनमुक्ति सेनाको कम्पनी, र तीन वा बढी पूर्ण पार्टी सदस्यहरू भएका कुनै अन्य प्राथमिक स्तरका कार्य इकाईमा प्राथमिक तहको पार्टी संगठन बनाइनेछ।

प्राथमिक तहका पार्टी संगठनहरूले आफ्नो कामको आवश्यकता र पार्टी सदस्य संख्याका आधारमा तथा उच्चस्तरीय पार्टी संगठनको अनुमोदनबाट प्राथमिक स्तरीय पार्टी समिति, सामान्य पार्टी शाखा समिति, वा पार्टी शाखा समितिहरू स्थापित गर्नेछन्।

एक प्राथमिक स्तरको पार्टी समितिको चुनाव एक सामान्य बैठक वा प्रतिनिधिहरूको बैठकको माध्यमबाट गरिन्छ र एक सामान्य पार्टी शाखा समिति वा एक पार्टी शाखा समितिको चुनाव एक सामान्य बैठकको माध्यमबाट गरिन्छ, र यी समितिहरूको लागि उमेदवारहरूलाई मनोनयन गर्दा पार्टी र गैरपार्टी दुवै सदस्यहरूको राय व्यापक रूपमा मागिनेछ।

धारा ३१ : एक प्राथमिक स्तरको पार्टी समिति, एक सामान्य पार्टी शाखा समिति वा एक पार्टी शाखा समिति तीनदेखि पाँच वर्षको अवधिको लागि चुनिन्छ। प्राथमिक स्तरका पार्टी समितिहरू, सामान्य पार्टी शाखा समितिहरू र पार्टी शाखा समितिका सचिवहरू तथा उपसचिवहरूको चुनावको परिणाम अनुमोदनको लागि उच्चस्तरीय पार्टी संगठनलाई सूचित गरिनेछ।

धारा ३२ : प्राथमिक स्तरका पार्टी संगठनले सामाजिक संगठनको आधारभूत इकाईमा महत्त्वपूर्ण भूमिका निभाउँदछन्; तिनीहरू पार्टीका सबै कार्य एवं चुनौतीहरूको सामाना गर्ने क्षमताका जग हुन्। तिनीहरूका मुख्य कार्यहरू यसप्रकार छन् :

१)जनतासँग संवाद गर्नु र पार्टीको कार्यदिशा, सिद्धान्त, नीति, पार्टी केन्द्रीय समिति तथा अन्य उच्चस्तरीय पार्टी संगठनका प्रस्ताव एवं स्वयंका संकल्पहरूलाई लागू गर्नु; पार्टी सदस्यहरूको अनुकरणीय र अग्रणी भूमिकालाई पूरा गर्नको लागि, उनीहरूको कामको उत्कृष्टता प्राप्त गर्नको लागि, र पार्टीका अधिकारीहरू एवं गैरपार्टी अधिकारीहरूसँगसँगै पार्टीका सदस्यहरू र गैरपार्टी सदस्यहरूलाई उनीहरूको कार्य-इकाईका कार्यहरूलाई पूरा गर्नको लागि एकजुट र संगठित गर्नु।

२) पार्टीका सदस्यहरूलाई मार्क्सवाद-लेनिनवाद, माओत्सेतुङ विचार, देंग सियाओपिंग सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त, विकासमा वैज्ञानिक दृष्टिकोण र नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादमा सि जिनपिंग विचारको कर्तव्यनिष्ठापूर्वक अध्ययन गर्नको लागि संगठित गर्नु; पार्टीका सबै सदस्यहरूको लागि पार्टी विधान, पार्टी नियम, पार्टीको इतिहास र महासचिव सि जिनपिंगका प्रमुख नीतिहरूको अध्ययन गर्ने र पार्टी मानकहरूलाई पूरा गर्ने आवश्यकतालाई नियमित र संस्थागत बनाउनु; पार्टीको कार्यदिशा, सिद्धान्त, नीति र संकल्पहरूको अध्ययन गर्नु; पार्टीको मौलिक ज्ञान प्राप्त गर्नु; र सामान्य, वैज्ञानिक, कानूनी तथा व्यावहारिक ज्ञानमा सुधार गर्नु।

३) पार्टीका सदस्यहरूको मार्गदर्शन, व्यवस्थापन, रेखदेख र सेवा गर्नु, उनीहरूको क्षमताको सुधार गर्नु, आदर्श र दृढ विश्वासप्रति उनीहरूको प्रतिबद्धतालाई गहिरो बनाउनु, उनीहरूको पार्टी भावनालाई बलियो बनाउनु र उनीहरूलाई पार्टी संगठनका गतिविधिहरूमा नियमित रूपमा भाग लिने कुरा सुनिश्चित गर्नु; आलोचना र आत्मालोचना गतिविधिलाई परिणाममुखी बनाउनु, र पार्टी अनुशासनलाई कायम राख्नु तथा लागू गर्नु; पार्टी सदस्यले कर्तव्यनिष्ठापूर्वक आफ्नो दायित्वलाई पूरा गरून् र आफ्नो अधिकार उल्लंघनबाट रक्षा गरून् भन्ने कुराको दृष्टिगत गर्नु; र प्रवासी पार्टी सदस्यहरूको व्यवस्थापनमा सुधार गर्नु।

४) जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्नु, नियमित रूपले उनीहरूको आलोचना र पार्टी सदस्य तथा पार्टी कार्यहरूको रायलाई बुझ्ने प्रयास गर्नु, उनीहरूको वैध अधिकार र हितहरूको रक्षा गर्नु र उनीहरूको राजनीतिक सोचबाट सम्बन्धित कार्यहरूलाई प्रभावकारी ढंगले गर्नु।

५) पार्टीका सदस्यहरू र जनताको पहल तथा रचनात्मकतालाई पूरा मौका दिनु, उनीहरूमध्ये उत्कृष्ट प्रतिभायुक्त जनताको खोजी गर्नु, उनीहरूको पोषण गर्नु र उनीहरूको सिफारिस गर्नु, र उनीहरूलाई सुधार, खुलापन तथा समाजवादी आधुनिकीकरणमा आफ्नो कौशल एवं बुद्धिमत्ताको योगदानको लागि प्रोत्साहित गर्नु।

६) पार्टी सदस्यताको लागि सक्रिय आवेदकहरूलाई मार्गदर्शन र प्रशिक्षित गर्नु,  सदस्य भर्तीसँग सम्बन्धित नियमित कार्यमा भाग लिनु, र उत्पादन एवं कार्यमा सबभन्दा अगाडि रहनेहरू र युवा पुस्ताको बीचमा पार्टी सदस्यहरूको भर्तीलाई बढी महत्त्व दिनु।

७) पार्टीका अधिकारी र अन्य सबै कर्मचारीले राज्यको कानून र विनियम पालन गरून्, र कर्मचारीहरूले राज्यको वित्तीय तथा आर्थिक विधि एवं विनियमको दृढतापूर्वक पालन गरून्, र उनीहरूले राज्य, राज्य सामूहिक वा जनताका हितहरूलाई उल्लंघन नगरून् भन्ने सुनिश्चित गर्नु।

८) पार्टीका सदस्य र जनतालाई सचेत रूपले अस्वीकार्य प्रथाहरूको विरोध गर्न र अनुशासन वा राज्य कानूनका सबै उल्लंघनहरूको विरूद्धमा दृढतापूर्वक लड्नको लागि प्रोत्साहित गर्नु।

धारा ३३ : उपजिल्ला, नगरपालिका र शहरहरूमा प्राथमिक स्तरका पार्टी समितिहरू र गाउँ तथा समुदायहरूका पार्टी संगठन सबै प्राथमिक स्तरका संगठनहरूले  सबै स्तरका संगठनहरूमाथि समग्र नेतृत्व प्रदान गर्नेछन्, र त्यहाँको प्रशासनिक, आर्थिक र जनताका स्वशासित संगठनहरूद्वारा कार्य र शक्तिको प्रयोगलाई समर्थन र सुनिश्चित गर्नेछन्।

अग्रणी पार्टी सदस्य समूह वा राज्यको स्वामित्व भएका उद्यमहरूका पार्टी समितिहरूले नेतृत्वको भूमिका निभाउनेछन्, सही दिशा तय गर्नेछन्, ठूलो तस्वीरलाई ध्यानमा राख्नेछन्, पार्टीको नीति र सिद्धान्तहरूको कार्यान्वयनलाई सुनिश्चित गर्नेछन्, र नियमानुसार आफ्ना उद्यमका प्रमुख मुद्दाहरूमाथि छलफल गरेर निर्णय लिन्छन्। राज्यको स्वामित्व भएका वा सामूहिक उद्यमहरूमा प्राथमिक स्तरका पार्टी संगठनले आफ्नो कामलाई आफ्नो उद्यमको संचालनमा केन्द्रित गर्नुपर्दछ। प्राथमिक स्तरका पार्टी संगठनले आफ्ना उद्यमभित्र पार्टी र राज्यका सिद्धान्त तथा नीतिको कार्यान्वयनको सुनिश्चित र निगरानी गर्नेछन् तथा शेयरधनीहरूको बोर्ड,  निर्देशक मण्डल, पर्यवेक्षकहरूको बोर्डको समर्थन गर्नेछन्, र प्रबन्धक (वा कारखाना निर्देशक) ले कानून अनुसार आफ्ना कार्य र शक्तिको प्रयोग गर्नेछ। उनीहरूले पूर्ण हृयदका साथ श्रमिक र कार्यालय कर्मचारीहरूमा भरोसा गर्नेछन् र श्रमिक प्रतिनिधि महाधिवेशनको कामको समर्थन गर्नेछन्;  र उनीहरूले उद्यमको प्रमुख मुद्दामा निर्णय लिनमा भाग लिनेछन्। उनीहरूले स्वयं आफ्नो संगठनात्मक विकासलाई बलियो बनाउनेछन् र राजनीतिक सोच, सांस्कृतिक-नैतिक प्रगतिका प्रयास, संयुक्त मोर्चासँग सम्बन्धित कार्य  तथा ट्रेडयूनियनहरू, कम्युनिष्ट युथ लीग संगठन, महिला संगठन र अन्य जनताका समूह संगठनहरूमा कामको नेतृत्व लिनेछन्।

गैरसार्वजनिक क्षेत्रका संस्थाहरूमा प्राथमिक स्तरका पार्टी संगठनले पार्टीका सिद्धान्त र नीतिहरूलाई लागू गर्नेछन्, आफ्ना उद्यमहरूलाई राज्य कानून र विनियमहरूको पालनाको मार्गदर्शन र निगरानी गर्नेछन्, ट्रेडयूनियन, कम्युनिष्ट युथ लीग संगठनहरूमा नेतृत्व गर्नेछन्, र अन्य जनताका समूह संगठन, श्रमिक र कार्यालय कमर्चारीहरूको बीचमा एकता र सामन्जस्यतालाई बढावा दिन्छन्, सबै पक्षहरूको वैध अधिकार र हितको रक्षा गर्नेछन्, र उनीहरूको उद्यमको स्वस्थ विकासलाई बढावा दिनेछन्।

सामाजिक संगठनहरूमा प्राथमिक स्तरका पार्टी संगठनले जनतासँग संवाद गर्नेछन् र पार्टी कार्यदिशा, सिद्धान्त तथा नीतिलाई अगाडि बढाउनेछन्, ट्रेडयूनियन, कम्युनिष्ट युथ लीग संगठनहरूमा नेतृत्व गर्नेछन्, र अन्य जनताका समूह संगठन, आफ्ना पार्टी सदस्यहरूको मार्गदर्शन र व्यवस्थापन गर्दछन्, जनताको नेतृत्व र सेवा गर्दछन्, पार्टीको उद्देश्यलाई अगाडि बढाउँदछन्। प्राथमिक स्तरका पार्टी संगठनले प्रशासनिक नेताहरूको अधिनका सार्वजनिक संस्थानमा महत्त्वपूर्ण भूमिका निभाउनेछन्। पार्टी समितिको नेतृत्वमा प्रशासनिक नेताहरूको चार्ज अन्तर्गत सार्वजनिक संस्थानहरूमा प्राथमिक स्तरका पार्टी संगठनले प्रमुख मुद्दाहरूमा छलफल गर्नेछन् र निर्णय लिनेछन् र साथै प्रशानिक नेता आफ्नो कार्य शक्तिको पूर्ण रूपले उपयोग गर्नमा सक्षम छ भन्ने कुरा सुनिश्चित गर्नेछन्।

पार्टी वा राज्यका कार्यालयहरूमा प्रत्येक स्तरमा प्राथमिक स्तरका पार्टी संगठनले मुख्य प्रशासकहरूलाई उनीहरूका कार्यलाई पूरा गर्न र उनीहरूको काममा सुधार गर्नमा सहायता गर्नेछन्;  उनीहरूले मुख्य प्रशासकसहित पार्टीका सबै सदस्यहरूको मार्गदर्शन, व्यवस्थापन र रेखदेख गर्नेछन्, तर आफ्ना कार्य इकाईहरूको कामलाई निर्देशित गर्नेछैनन्।

धारा ३४ : पार्टी शाखा पार्टीका आधारभूत संगठन हुन्; तिनीहरू पार्टीका सदस्यहरूलाई प्रत्यक्ष मार्गदर्शन, व्यवस्थापन र रेखदेख गर्न तथा जनतालाई संगठित गर्न, उनीहरूसँग संवाद गर्न, एकजुट गर्न र उनीहरूको सेवा गर्नको लागि जिम्मेवार हुन्छन्।

भाग ६ : पार्टी पदाधिकारी

धारा ३५ : पार्टी पदाधिकारी पार्टीको उद्देश्यका मेरूदण्ड हुन् र जनताका जनसेवक हुन्, र उनीहरू पार्टीप्रति वफादार, स्वच्छ र जिम्मेवार हुन्छन्। पार्टी पदाधिकारीहरूको चयन उनीहरूको नैतिक निष्ठा र पेशेवर क्षमता दुवैको आधारमा गरिनेछ – पहिलेकोलाई बढी प्राथमिकता दिँदै – र उनीहरूको उत्पत्तिको आधारमा होइन, बरू उनीहरूको योग्यताको आधारमा । यसले पार्टीका मुद्दालाई पहिलो स्थानमा राख्ने र निष्पक्ष तथा इमान्दार अधिकारीहरूको चयन गर्नेछ;  यसले पक्षपातको विरोध गर्नेछ; र यसले पदाधिकारीहरूको एक यस्तो टुकडी विकसित गर्ने प्रयास गर्नेछ, जुन बढी क्रान्तिकारी, युवा, राम्रोसँग शिक्षित र बढी पेशेवर हुन्छ।

पार्टीले आफ्ना पदाधिकारीहरूको शिक्षा, प्रशिक्षण, चयन, मूल्यांकन र निरीक्षणलाई बढी महत्त्व दिन्छ र उत्कृष्ट युवा पदाधिकारीहरूको प्रशिक्षण तथा चयनलाई विशेष महत्त्व दिन्छ। पार्टीले क्याडर प्रणालीमा सुधारको दिशामा प्रगति हासिल गर्नको लागि सक्रिय रूपले काम गर्नेछ।  

पार्टीले महिला पदाधिकारीहरू र जातीय अल्पसंख्यक पदाधिकारीहरूको प्रशिक्षण र पदोन्नतिलाई बढी महत्त्व दिनेछ।

धारा ३६ : हरेक स्तरमा पार्टी पदाधिकारीहरूले दृढ विश्वास राख्नुपर्दछ, जनताको सेवाको लागि प्रतिबद्ध हुनुपर्दछ, मेहनती र व्यावहारिक हुनुपर्दछ, जिम्मेवारी लिनुपर्दछ र स्वच्छ तथा इमान्दार हुनुपर्दछ। उनीहरूले यो विधानको धारा ३ मा निर्धारित पार्टी सदस्यको रूपमा आफ्ना दायित्वलाई पूरा गर्नमा एक असल उदाहरण स्थापित गर्नुपर्दछ र निम्नलिखित आधारभूत आवश्यकताहरूलाई पूरा गर्नुपर्दछ :

१) आफ्ना कर्तव्यहरूको पालन गर्नमा सक्षम हुनको लागि मार्क्सवाद-लेनिनवाद, माओत्सेतुङ विचार, देंग सियाओपिंग सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासमा वैज्ञानिक दृष्टिकोणको आवश्यक बुझाइ राख्नुपर्दछ; नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादमा सि जिनपिंगको विचारलाई लागू गर्न नेतृत्व गर्नुपर्दछ; व्यावहारिक समस्याहरूको विश्लेषण र समाधानमा मार्क्सवादी पद, दृष्टिकोण र तरीकाहरूको उयोग गर्ने प्रयास गर्नुपर्दछ; अध्ययन, राजनीतिक एकता र सत्यनिष्ठाप्रति स्वयंको प्रतिबद्धताको माँग गर्नुपर्दछ; र कुनै पनि जटिलता र कठिनाइको परीक्षामा उभिनमा सक्षम हुनुपर्दछ।

२) साम्यवादको उच्च आदर्श र चिनियाँ विशेषतासहितको समाजवादमा दृढ विश्वास राख्नुपर्दछ,  पार्टीको आधारभूत कार्यदिशा, सिद्धान्तलाई लागू गर्नुपर्दछ, र नीति, सुधार र खुलापनलाई अगाडि बढाउन दृढ संकल्प प्रदर्शित गर्नुपर्दछ, आधुनिकीकरणको लागि स्वयंलाई समर्पित गर्नुपर्दछ, समाजवादको निर्माणमा कडा मेहनत गर्नुपर्दछ, कार्यसम्पादन मूल्याङ्कनमा सही दृष्टिकोणलाई बढावा दिनुपर्छ, र व्यवहारमा, जनताको दृष्टिमा र समयसँग कायम रहने ठोस उपलब्धिहरू हासिल गर्नुपर्दछ।

३) मस्तिष्कको मुक्ति, तथ्यबाट सत्यको खोज, समयसँगै अगाडि बढ्ने र नयाँ धरातल तोड्ने तथा नवप्रवर्तनप्रति प्रतिबद्धता कायम राख्नुपर्दछ; अनुसन्धान र खोजलाई लगनपूर्वक गर्नुपर्दछ, जसबाट पार्टीका सिद्धान्त तथा नीतिहरूलाई तिनका इलाका वा विभागहरूका परिस्थितिसँग जोड्न सकियोस् र काम उत्कृष्ट प्रभावबाट गरिएको छ भन्ने कुरा सुनिश्चित गर्न सकियोस्; सच्चा बन्नुपर्दछ, व्यहावरिक कार्य गर्नुपर्दछ र ठोस परिणाम प्राप्त गर्नुपर्दछ।

४) क्रान्तिकारी उद्देश्यप्रति समर्पित रहनुपर्दछ र राजनीतिक जिम्मेवारीको प्रबल भावना राख्नुपर्दछ, व्यावहारिक अनुभव राख्नुपर्दछ, र प्रमुख पदमा उत्कृष्टता प्राप्त गर्नको लागि आवश्यक संगठनात्मक क्षमता, सामान्य शिक्षा र विशेष ज्ञान राख्नुपर्दछ।

५) जनताद्वारा उनीहरूमा निहित शक्तिको प्रयोग त्यसरी नै गर्नुपर्दछ, जसरी गरिनुपर्ने हुन्छ, सिद्धान्तवादी बन्नुपर्दछ, विषयलाई कानूनअनुसार सम्हाल्नुपर्दछ, इमान्दारी र सत्यनिष्ठाको अभ्यास गर्नुपर्दछ, जनताको लागि लगनशिलतापूर्वक काम गर्नुपर्दछ, उदाहरण पेश गर्नुपर्दछ, कडा मेहन गर्नुपर्दछ र इमान्दारीपूर्वक बाँच्नुपर्दछ, जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्नुपर्दछ, पार्टीको जनशक्तिलाई कायम राख्नुपर्दछ, पार्टी र जनताको आलोचना तथा निरीक्षणलाई सचेत रूपले स्वीकार गर्नुपर्दछ, तिनीहरूको नैतिक आत्मसाधनालाई बलियो बनाउनुपर्दछ, पार्टीको भावना र उच्च नैतिक मानकलाई समर्थन गर्नुपर्दछ, एक आदर्श बन्नुपर्दछ, आत्मसम्मान, आत्मचिन्तन, आत्मसावधानी र आत्मप्रेरणाको अभ्यास गर्नुपर्दछ, औपचारिकताको लागि औपचारिकताको प्रथा, नोकरशाही, सुखवाद र अपव्ययको विरूद्धमा लड्नुपर्दछ, र विशेषाधिकार प्राप्त मानसिकता तथा प्रथा एवं व्यक्तिगत लाभको लागि शक्तिको दुरूपयोग गर्ने कुनै पनि कार्यको विरोध गर्नुपर्दछ।

६) पार्टीको जनवादी केन्द्रीयतालाई कायम राख्नुपर्दछ, जनवादी तरीकाबाट काम गर्नुपर्दछ, ठूलो तस्वीरलाई ध्यानमा राख्नुपर्छ, र अन्य साथीहरूसँग एकजुट हुन तथा काम गर्नमा कुशल हुनुपर्दछ, जसमा अलग विचार भएका व्यक्तिहरू पनि सामेल हुन्छन्।

धारा ३७ : पार्टी पदाधिकारीहरूले गैर-पार्टी पदाधिकारीहरूलाई राम्रो सहयोग गर्ने, उनीहरूको सम्मान गर्ने र उनीहरूबाट सिक्नमा खुल्ला विचारयुक्त हुनुपर्दछ।

सबै स्तरका पार्टी संगठनहरूले व्यावहारिक शिक्षासँगै प्रतिभाशाली गैर-पार्टी सदस्यहरूको खोज गर्न र नेतृत्व पदहरूको लागि सिफारिस गर्नमा असल हुनुपर्दछ, र उनीहरूले आफ्ना पदअनुसार अधिकारको आनन्द लिऊन् र पूर्ण रूपले आफ्नो भूमिका निभाउन सकून् भन्ने कुरा सुनिश्चित गर्नुपर्दछ।

धारा ३८ : हरेक स्तरमा नेतृत्वको स्थितिमा पार्टी सदस्य, चाहे जनवादी प्रक्रियाको माध्यमबाट चुनिएको होस् वा कुनै अग्रणी निकायद्वारा नियुक्त गरिएको होस्,  जीवनभरी पदमा रहँदैनन् र उनीहरूलाई तिनीहरूको पदबाट स्थानान्तरित वा मुक्त गर्न सकिन्छ।

जुन पदाधिकारीहरूको उमेर र स्वास्थ्यले उनीहरूको कामलाई जारी राख्नको लागि अयोग्य बताउँदछन्, उनीहरूले राज्यको नियमानुसार सेवनिवृत्त हुनुपर्दछ।

भाग ७ : पार्टी अनुशासन

धारा ३९ : पार्टी अनुशासनले पार्टी संगठनले हरेक स्तरमा र पार्टीका सबै सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहितालाई जनाउँदछ। यो पार्टी एकता र ऐक्यबद्धताको रक्षा गर्न तथा पार्टीका कार्यहरूलाई पूरा गर्नलाई सुनिश्चित गर्ने कुरा निश्चित गर्नु हो। पार्टी संगठनहरूले पार्टी अनुशासनको कडाईपूर्वक पालना र व्यवस्थापन गर्नुपर्दछ। कम्युनिष्ट पार्टीका सदस्यहरूले सचेत रूपले पार्टी अनुशासनका अवरोधहरूलाई स्वीकार गर्नुपर्दछ।

धारा ४० : पार्टी अनुशासनमा मुख्य रूपले रानीतिक र संगठनात्मक अनुशासन एवं अखण्डता, जनता, कार्य र जीवनको सम्बन्धमा अनुशासन सामेल हुन्छ। 

जुन सदस्यहरूले पार्टी अनुशासनको उल्लंघन गरेका छन्, पार्टी संगठनले तिनीहरूलाई गाली गर्नेछन् र शिक्षित गर्नेछन्, उनीहरूलाई आत्म-परीक्षण गर्ने आदेश दिनेछन्, उनीहरूलाई चेतावनी दिनेछन्, वा उनीहरूका गल्तीको प्रकृति र गम्भीरताको आधारमा, पुनरावृत्तिलाई रोक्नको लागि गल्तीबाट सिक्ने, रोगीलाई बचाउनको लागि बिरामीको उपचार गर्ने, दृढ अनुशासन लागू गर्ने, प्रत्येक उल्लंघनकर्तालाई जवाफदेही ठहराउने र खोज गर्ने सिद्धान्तलाई ध्यानमा राख्दै उनीहरूको विरूद्ध अनुशासनात्मक कार्वाही गर्नेछन् र समस्याहरूलाई शीघ्र पत्ता लगाउनेछन् तथा तिनीहरू प्रकट हुँदा ठीक गर्नेछन्। निगरानी र अनुशासन प्रवर्तनका चार रूपहरूको प्रयोग गरिनेछ, के कुराको सुनिश्चित गरिन्छ भने जसले सामान्य दूराचार गरेका छन्, उनीहरूलाई ” रातो हुने र पसिना आउने” हुन्छ; आधिकारिक पदहरूमा दण्ड र संगठनात्मक समायोजनलाई पार्टी स्व-पर्यवेक्षण तथा स्वशासनको महत्त्वपूर्ण साधनको रूपमा नियोजित गरिन्छ;  र जसले गम्भीर अनुशासनात्मक र/ वा आपराधिक उल्लंघन गरेका छन्, उनीहरूलाई पार्टीबाट निष्कासित गरिन्छ।

पार्टीभित्र कुनै पनि सदस्यलाई व्यवहारमा पार्टी विधान राज्य कानूनको उल्लंघनमा कुनै पनि कदम उठाउन, कुनै अन्य व्यक्तिको विरूद्धमा प्रतिशोध लिन वा फसाउन सख्त मनाही छ। आपत्तिजनक संगठन र व्यक्तिहरूलाई पार्टी अनुशासन र राज्य कानूनअनुसार जवाफदेही ठहराइनुपर्दछ।

धारा ४१ : पार्टीका सदस्यहरूको लागि अनुशासनात्मक कार्वाहीका पाँच रूप छन् : चेतावनी, गम्भीर चेतावनी, पार्टीभित्रको कुनै पदबाट हटाउनु, पार्टीभित्र परीक्षण, र पार्टीबाट निष्कासन।

पार्टीका सदस्यहरूलाई दुई वर्षभन्दा बढी अवधिको लागि पार्टीभित्र परीक्षणमा राखिंदैन। परीक्षण अन्तर्गत पार्टीको कुनै सदस्यलाई भोट दिने वा चुनावमा उठ्ने कुराको कुनै अधिकार हुँदैन। अनुशासनात्मक परीक्षण कालबाट गुज्रिसकेको र वास्तवमा आफ्ना गल्तीहरूलाई सुधारेको एक पार्टी सदस्यलाई पार्टी सदस्यको रूपमा आफ्नो अधिकार बहाल गरिनेछ। जुन पार्टी सदस्यले पश्चाताप गर्न अस्वीकार गर्दछ, उसलाई पार्टीबाट निष्कासित गरिनेछ।

निष्कासन पार्टीभित्र अनुशासनात्मक कार्वाहीको अन्तिम रूप हो। निष्कासनमाथि निर्णय लिन वा मंजुरी दिनमा हरेक स्तरका पार्टी संगठनले विषयसँग सम्बन्धित सबै दस्तावेजहरू र रायलाई सावधानीपूर्वक हेर्नेछन्।

धारा ४२ : पार्टी सदस्यको विरूद्धमा गरिने कुनै पनि अनुशासनात्मक कार्वाहीमा पार्टी शाखाको सामान्य बैठकमा छलफल र निर्णय लिइनुपर्दछ, र अनुमोदनको लागि प्राथमिक स्तरको पार्टी समितिलाई रिपोर्ट गर्नुपर्दछ। सम्बन्धित मुद्दा महत्त्वपूर्ण वा जटिल भएमा, वा कुनै सदस्यलाई पार्टीबाट निष्कासन गर्ने हो भने मुद्दा विशेषको आधारमा काउन्टी स्तर वा माथिल्लो स्तरमा परीक्षण वा अनुमोदन गर्न अनुशासन निरीक्षणको लागि पार्टी आयोगलाई सूचित गरिनेछ। असाधारण परिस्थितिमा पार्टी समिति वा काउन्टी स्तरमा वा त्योभन्दा माथिको अनुशासन निरीक्षण आयोगलाई पार्टी सदस्यको विरूद्ध गरिने अनुशासनात्मक कार्वाहीमा प्रत्यक्ष निर्णय लिने अधिकार हुन्छ।

केन्द्रीय समितिको कुनै सदस्य वा वैकल्पिक सदस्यलाई चेतावनी वा गम्भीर चेतावनी दिने कुनै पनि निर्णयको परीक्षण केन्द्रीय अनुशासन निरीक्षण आयोगको स्थायी समितिद्वारा गरिनेछ र पुनः अनुमोदनको लागि केन्द्रीय समितिमा प्रस्तुत गरिनेछ। कुनै पनि स्थानीय समितिको कुनै सदस्य वा वैकल्पिक सदस्यलाई कुनै पनि गम्भीर स्तरमा चेतावनी दिने कुनै पनि निर्णय वा गम्भीर चेतावनीलाई अनुमोदनको लागि अर्को स्तरमा अनुशासन निरीक्षणको लागि आयोगलाई प्रस्तुत गरिनेछ र आयोगलाई रेकर्डमा राख्नको लागि त्यही स्तरमा पार्टी समितिलाई रिपोर्ट गरिनेछ।

पार्टीभित्र कुनै पनि स्तरमा केन्द्रीय समिति वा स्थानीय समितिको कुनै सदस्य वा वैकल्पिक सदस्यलाई उसको पदबाट हटाएर अनुशासित गर्ने कुनै पनि निर्णय अनुशासनात्मक परीक्षण, वा पार्टीबाट निष्कासनलाई पार्टी समितिको पूर्ण बैठकमा दुईतिहाई बहुमतबाट अनुमोदित गरिनुपर्दछ, जसमा विचाराधीन सदस्य वा वैकल्पिक सदस्य सामेल हुन्छ। पूर्ण बैठक सत्रमा नभएको बेला पार्टी समितिको पूर्ण बैठकमा पुष्टिको प्रतीक्षा गरेको बेला निर्णय पहिलो केन्द्रीय समितिको राजनीतिक ब्यूरो वा स्थानीय पार्टी समितिको स्थायी समितिद्वारा लिन सकिन्छ। कुनै पनि स्तरमा पार्टी समितिका कुनै पनि सदस्य वा वैकल्पिक सदस्यलाई अनुशासित गर्नमा यस्ता कार्वाहीहरूको उपयोग अर्को स्तरमा अनुशासन निरीक्षणको लागि आयोगको स्थायी समितिद्वारा परीक्षणको अधिनमा हुन्छ, र पुनः अनुशासन निरीक्षण गर्न आयोगद्वारा अनुमोदनको लागि आयोगको समान स्तरमा पार्टी समितिलाई प्रस्तुत गरिनेछ।

गम्भीर आपराधिक उल्लंघन गरेको केन्द्रीय समितिको कुनै सदस्य वा वैकल्पिक सदस्यको पार्टीबाट निष्कासनको निर्णय केन्द्रीय समितिको राजनीतिक ब्यूरोद्वारा गरिनेछ; कुनै पनि स्तरमा गम्भीर आपराधिक उल्लंघन गरेको स्थानीय पार्टी समितिको कुनै सदस्य वा वैकल्पिक सदस्यको निष्कासनमाथि सम्बन्धित स्तरमा पार्टी समितिको स्थायी समितिद्वारा निर्णय लिइनेछ।

धारा ४३ : कुनै पार्टी संगठनले कुनै पार्टी सदस्यको विरूद्धमा अनुशासनात्मक कार्वाहीको निर्णय लिइरहेको बेलामा उसले यथासंभव निष्पक्ष रूपले तथ्यहरूको जाँच र सत्यापन गर्नुपर्दछ। विचाराधीन पार्टी सदस्यलाई अनुशासनात्मक निर्णय र आधारित तथ्यहरूलाई देखाउनुपर्दछ, र तिनलई स्पष्टीकरण दिन र आफ्नो रक्षामा बोल्ने मौका दिनुपर्दछ। यदि सदस्यले निर्णयलाई स्वीकार गर्दैन भने ऊ अपिल गर्न सक्दछ, र सम्बन्धित पार्टी संगठनमा अपिललाई तुरून्त व्यवस्थित र प्रेसित गर्नुपर्दछ, र यसलाई रोक्नु वा दबाउनु हुँदैन। गलत विचार वा अनुचित दावीमाथि कायम रहने व्यक्तिलाई गाली र शिक्षाको पात्र बनाइनेछ।

धारा ४४ : यदि कुनै पार्टी संगठन पार्टी अनुशासन कायम राख्नमा असफल भयो भने त्यसलाई जवाफदेही ठहराइनुपर्दछ।

यस्तो स्थितिमा जब कुनै पार्टी संगठनले गम्भीर रूपले पार्टी अनुशासनको उल्लंघन गर्दछ र आफ्नो गल्तीलाई सुधार्न असमर्थ हुन्छ भने अर्को स्तरको पार्टी समितिले तथ्यलाई स्थापित र सत्यापित गरेपछि विषयको गम्भीरताको आधारमा संगठनलाई पुनर्गठन गर्ने वा भंग गर्ने निर्णय लिनुपर्दछ, यो निर्णयलाई परीक्षण र अनुमोदनको लागि अर्को स्तरको पार्टी समितिमा रिपोर्ट गर्नुपर्दछ, र पुनः औपचारिक रूपले निर्णयको घोषणा र कार्यान्वयन गर्नुपर्दछ।

भाग ८ : अनुशासन निरीक्षणको लागि पार्टीका अंग

धारा ४५ : पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोगले पार्टीको केन्द्रीय समितिको नेतृत्वमा कार्य गर्नेछ। प्रत्येक स्तरमा अनुशासन निरीक्षणको लागि स्थानीय आयोग र अनुशासन निरीक्षणको लागि प्राथमिक स्तरको आयोगले सम्बन्धित स्तरमा पार्टी समिति र अर्को स्तरमा अनुशासन निरीक्षणको लागि आयोगको दोहोरो नेतृत्वको लागि कार्य गर्नेछन्। अनुशासन निरीक्षणको लागि एक आयोगले अनुशासन निरीक्षणको लागि तल्लो स्तरको आयोगमा आफ्नो नेतृत्व बलियो बनाउनेछ।

प्रत्येक स्तरमा अनुशासन निरीक्षणको लागि पार्टी आयोगले सम्बन्धित स्तरमा पार्टी समितिहरूको समान अवधिको लागि कार्य गर्नेछन्।

अनुशासन निरीक्षणको लागि पार्टीको केन्द्रीय आयोगले एक पूर्ण सत्रमा आफ्नो स्थायी समिति, सचिव र उपसचिवहरूको चुनाव गर्नेछ, र अनुमोदनको लागि चुनाव परिणामलाई केन्द्रीय समितिमा रिपोर्ट गर्नेछ। प्रत्येक स्तरमा अनुशासन निरीक्षणको लागि स्थानीय आयोगले आफ्नो पूर्ण सत्रमा आफ्नो स्थीय समिति, सचिव र उपसचिवहरूको चुनाव गर्नेछ। चुनाव परिणाम सम्बन्धित स्तरमा पार्टी समितिको माध्यमबाट जानुपर्दछ र अनुमोदनको लागि अर्को स्तरको पार्टी समितिलाई सूचित गरिनुपर्दछ। प्राथमिक स्तरको पार्टी समितिले अनुशासनको निरीक्षणको लागि एक आयोगको गठन गर्नुपर्दछ वा केवल एक अनुशासन निरीक्षण आयुक्तको नियुक्ति गर्नुपर्दछ भन्ने कुरा विशिष्ट परिस्थितिको आलोकमा अर्को स्तरको पार्टी संगठनद्वारा निर्धारित गरिनुपर्दछ। सामान्य पार्टी शाखा र पार्टी शाखाका समितिहरूमा अनुशासन निरीक्षण आयुक्त हुनेछन्।

अनुशासन निरीक्षणको लागि पार्टीका केन्द्रीय र स्थानीय आयोगले प्रासंगिक नियमानुसार सबै पार्टी र राज्यका अंगहरूलाई सम्बन्धित स्तरमा र राज्यको स्वामित्वमा भएका उद्यमहरू तथा सार्वजनिक संस्थानहरूमा अनुशासन निरीक्षण दल पठाउनेछन्। यस्तो अनुशासन निरीक्षण समूहको नेताले निरीक्षण अन्तर्गत कार्य इकाईहरूमा अग्रणी पार्टी संगठनको प्रासंगिक बैठकमा भाग लिनेछन्। सम्बन्धित कार्य इकाईहरूमा अग्रणी पार्टी संगठनले तिनको कामको समर्थन गर्नुपर्दछ।

धारा ४५ : हरेक स्तरमा अनुशासन निरीक्षणको लागि पार्टीको आयोग यस्तो निकाय हो, जसमाथि विशेष रूपले आन्तरिक निरीक्षण गर्ने जिम्मेवारी हुन्छ, जसका मुख्य कार्यहरू यसप्रकार छन् :

पार्टीको विधान र अन्य नियमहरूको रक्षा गर्नु, पार्टी कार्यदिशा, सिद्धान्त, नीति र संकल्पहरूको कार्यान्वयनको निगरानी गर्नु, हरेक मामिलामा सख्त पार्टी स्वशासन सुनिश्चित गर्नु, पार्टी आचरणमा सुधार ल्याउनमा आफ्ना सम्बन्धित पार्टी समितिहरूको सहायता गर्नु, र भ्रष्टाचार निवारणका प्रयासहरूको आयोजना र समन्वय गर्नु,  तथा पार्टी एवं राज्य प्रणालीहरूमा सुधार गर्नु।

हरेक स्तरमा अनुशासन निरीक्षणको लागि पार्टीका आयोगहरूको कर्तव्य निरीक्षण गर्नु, अनुशासन लागू गर्नु र जवाफदेहीता सुनिश्चित गर्नुपर्दछ। उनीहरूले पार्टी सदस्यहरूलाई पार्टी अनुशासनको पालना गर्ने उनीहरूको कर्तव्यको बारेमा शिक्षित राख्नको लागि काम गर्नेछन् र पार्टी अनुशासन कायम राख्ने बारेमा निर्णय लिनेछन्;  उनीहरूले पार्टी संगठन र नेतृत्व पदका पार्टी सदस्यहरूद्वारा कर्तव्यको प्रदर्शन र शक्ति प्रयोगको निगरानी गर्नेछन्, पार्टीका सदस्यहरू र आम जनता दुवैद्वारा गरिएका गुनासाहरू र रिपोर्टहरूलाई स्वीकार गर्नेछन् र सम्हाल्नेछन्, चेतावनीपूर्ण कुराकानी गर्नेछन् र मौखिक तथा लिखित सोधपुछ गर्नेछन्; उनीहरूले पार्टी संगठन वा सदस्यहरूद्वारा गरिने विधान वा पार्टीका अन्य नियमहरूको उल्लंघनको महत्त्वपूर्ण वा जटिल मामिलाको परीक्षण गर्नेछन् र तिनीहरूको निवारण गर्नेछन् तथा यसमा सामेल पार्टी सदस्यहरूको विरूद्ध अनुशासनात्मक कार्वाहीमाथि निर्णय लिनेछन् वा त्यसलाई रद्द गर्नेछन्; उनीहरूले जवाफदेहीताको अनुशरण गर्नेछन् वा जवाफदेहिता लागू गर्ने प्रस्ताव राख्नेछन्; उनीहरूले पार्टी सदस्यहरूद्वारा गरिएका गुनासाहरू तथा अपिलहरूलाई निवारण गर्नेछन्; र उनीहरूले पार्टी सदस्यहरूका अधिकारको रक्षा गर्नेछन्।

प्रत्येक स्तरमा अनुशासन निरीक्षणको लागि आयोगहरूले विशेषगरी महत्त्वपूर्ण वा जटिल मुद्दाहरू सम्हाल्दा आउने समस्या र तिनका परिणामको बारेमा सम्बन्धित स्तरमा पार्टी समितिलाई रिपोर्ट गर्नेछ। प्रत्येक स्तरमा अनुशासन निरीक्षणको लागि स्थानीय आयोग र अनुशासन निरीक्षणको लागि प्राथमिक स्तरको आयोगले अर्को स्तरमा अनुशासन निरीक्षणको लागि आयोगहरूलाई रिपोर्ट पनि प्रस्तुत गर्नेछन्।

यदि कुनै पनि स्तरमा अनुशासन निरीक्षणको लागि आयोगले सम्बन्धित स्तरमा पार्टी समितिको कुनै सदस्यद्वारा पार्टी अनुशासनको उल्लंघनको बारेमा पत्ता लगाउँछ भने उसले तथ्यहरूलाई सत्यापन गर्नको लागि प्रारम्भिक कदम उठाउन सक्छ, र यदि विषय दर्ज गर्नु आवश्यक छ भने विषयलाई सम्बन्धित स्तरमा पार्टी समिति र अर्को स्तरमा अनुशासन निरीक्षणको लागि आयोगमा रिपोर्ट गर्नुपर्दछ; यदि पार्टी समितिको स्थायी समितिको कुनै सदस्य सामेल छ भने विषयको सूचना दिइनेछ र अर्को स्तरमा अनुशासन निरीक्षणको लागि आयोगद्वारा प्रारम्भिक सत्यापन गरिनेछ, र यदि विषयको जाँच गर्नु आवश्यक छ भने विचाराधीन अनुशासन निरीक्षण आयोगले यसलाई अनुमोदनको लागि सम्बन्धित स्तरको पार्टी समितिलाई रिपोर्ट गर्नुपर्दछ।

धारा ४७ :  अनुशासन निरीक्षणको लागि उच्चस्तरीय आयोगहरूलाई तल्लो स्तरीय आयोगहरूको कामको जाँच गर्ने र कुनै मामिलामा तिनीहरूका निर्णयलाई अनुमोदित वा संशोधित गर्ने शक्ति हुन्छ। यदि संशोधित गरिने निर्णयलाई सम्बन्धित स्तरको पार्टी समितिद्वारा पहिले नै अनुमोदित गरिसकिएको छ भने संशोधनलाई अर्को स्तरको पार्टी समितिद्वारा अनुमोदित गरिनुपर्दछ।

यदि कुनै स्तरमा अनुशासन निरीक्षणको लागि कुनै स्थानीय आयोग वा अनुशासन निरीक्षणको लागि प्रारम्भिक स्तरको आयोग सम्बन्धित स्तरमा पार्टी समितिद्वारा कुनै मुद्दा सम्हालेको बेला लिइएका निर्णयसँग असहमत छ भने यसले अर्को स्तरमा आयोगलाई मुद्दाको पुनर्परीक्षण गर्ने अनुरोध गर्न सक्दछ; यदि स्थानीय वा प्राथमिक स्तरको आयोगले पार्टी समितिद्वारा सम्बन्धित स्तरमा वा त्यसका कुनै सदस्यद्वारा गरिएको अनुशासन उल्लंघनको पत्ता लगाउँछ भने, र यदि पार्टी समिति त्यो उल्लंघनलाई संबोधन गर्नमा असफल हुन्छ भने वा गलत तरीकाले संबोधन गर्दछ भने आयोगलाई उच्चस्तरीय आयोगमा अपिल गर्ने र मुद्दा निवारणमा सहायताको अनुरोध गर्ने अधिकार हुन्छ।

भाग ९ : प्रमुख पार्टी सदस्य समूह

धारा ४८ : केन्द्रीय वा स्थानीय राज्य अंग, जनताका संगठन, आर्थिक वा सांस्कृतिक संस्थान, वा अन्य गैरपार्टी संगठनहरूको निकायमा एक अग्रणी पार्टी सदस्य समूहको गठन गर्न सकिन्छ। यस्तो समूहले अग्रणी भूमिका निभाउनेछ। यसका मुख्य कार्यहरू यसप्रकार छन् : पार्टी कार्यदिशा, सिद्धान्त र नीति लागू होस् भन्ने कुरा सुनिश्चित गर्नु; आफ्नो कार्य इकाईभित्र पार्टी निर्माणमा नेतृत्वलाई बलियो बनाउनु र हरेक मुद्दामा सख्त पार्टी स्वशासनको अभ्यास गर्नको लागि आफ्नो जिमेवारीलाई पूरा गर्नु; आफ्नो कार्यइकाईभित्र प्रमुख महत्त्वका विषयहरूमा छलफल गर्नु र निर्णय लिनु, पदाधिकारीहरूलाई उचित प्रभावबाट व्यवस्थापन गर्नु; प्राथमिक स्तरका पार्टी संगठनका संरचनाहरूलाई समायोजित गर्नु, नयाँ पार्टी सदस्यहरूलाई स्वीकार गर्ने र पार्टी सदस्यहरूलाई अनुशासित गर्ने कामसहित महत्त्वपूर्ण मुद्दामा छलफल र निर्णय लिनु; गैरपार्टी अधिकारीहरू र जनतालाई पार्टी र राज्यद्वारा उनीहरूलाई सुम्पिएका कार्यहरूलाई पूरा गर्नको लागि प्रोत्साहित गर्नु; र कार्य इकाईका पार्टी संगठनहरू र प्रत्यक्ष रूपमा यस अन्तर्गत आउने जनताहरूको काममा  नेतृत्व गर्नु।

धारा ४९ :  एक अग्रणी पार्टी सदस्य समूहको संरचनाको निर्माण पर्टी संगठनद्वारा गरिन्छ, जसले यसको स्थापनालाई मंजुरी दिन्छ। एक अग्रणी पार्टी सदस्य समूहले सचिव र आवश्यक पर्दा उपसचिवको नियुक्ति गर्नेछ।

एक अग्रणी पार्टी सदस्य समूहले त्यो पार्टी संगठनको नेतृत्वलाई स्वीकार गर्नुपर्दछ, जसले यसको स्थापनालाई मंजुरी दिन्छ।

धारा ५० : राज्यका विभागहरूमा पार्टी समितिहरू स्थापित गर्न सकिन्छ, जसले तिनका तलका कार्य इकाईहरू र प्रासंगिक कार्य इकाईहरूका प्रमुख अंगहरूमा केन्द्रीकृत नेतृत्वको अभ्यास गर्दछन्। पार्टीको केन्द्रीय समितिले तिनीहरूको स्थापनाको लागि विशिष्ट प्रक्रिया निर्धारित गर्नेछ र उनीहरूका कार्य, शक्ति र क्रियाकलापलाई परिभाषित गर्नेछ।

भाग १० : पार्टी र चीनको कम्युनिष्ट युथ लीगको बीचमा सम्बन्ध

धारा ५१ : चीनको कम्युनिष्ट युथ लीग चीनको कम्युनिष्ट पार्टीको नेतृत्वमा दूरदर्शी युवाहरूको एक जनसमूह संगठन हो; यो ठूलो संख्यामा युवाहरूको लागि चिनियाँ विशेषतासहितको समाजवाद र साम्यवादको बारेमा अभ्यासको माध्यमबाट सिक्ने एक स्कूल हो; यो पार्टीको सहयोगी र आरक्षित शक्ति हो। कम्युनिष्ट युथ लीगको केन्द्रीय समितिले पार्टीको केन्द्रीय समितिको नेतृत्वमा काम गर्दछ। कम्युनिष्ट युथ लीगका स्थानीय शाखा सम्बन्धित स्तरमा सम्बन्धित पार्टी समिति र लीगका उच्चस्तरीय संगठनको नेतृत्वमा आउँदछन्।

धारा ५२ : हरेक स्तरमा पार्टी समितिले कम्युनिष्ट युथ लीग संगठनहरूमा आफ्नो नेतृत्व बलियो बनाउनु पर्दछ र लीगले अधिकारीहरूको चयन र प्रशिक्षणमा ध्यान दिनुपर्दछ। पार्टीले कम्युनिष्ट युथ लीगलाई दृढ समर्थन दिनुपर्दछ किनभने यसले आफ्नो काम जीवन्त र रचनात्मक तरीकाले गर्दछ, जुन युवाहरूको विशेषता र आवश्यकता अनुरूप छ, र लीगको अग्रणी भूमिका तथा  पार्टीलाई युवा पुस्तासँग जोड्ने पुलको रूपमा यसको भूमिलाई पूरा गर्नुपर्दछ।

काउन्टी स्तरमा वा त्योभन्दा तल वा उद्यम तथा सार्वजनिक संस्थानहरूमा लीग समितिका पार्टी सदस्य रहेका सचिवहरूले गैरमतदान सहभागीहरूको रूपमा पार्टी समिति वा आफ्नो सम्बन्धित स्तरका पार्टी समितिका स्थायी समितिको बैठकमा भाग लिन सक्दछन्।

भाग ११ : पार्टीको प्रतीक र झण्डा

धारा ५३ : चीनको कम्युनिष्ट पार्टीको प्रतीक चिन्ह हथौडा र हँसियाबाट बनेको हुन्छ।

धारा ५४ : चिनियाँ कम्युनिष्ट पार्टीको झण्डा सुनौलो प्रतीकले कोरिएको एक रातो झण्डा हो।

धारा ५५ : पार्टीको प्रतीक र पार्टीको झण्डा चीनको कम्युनिष्ट पार्टीको प्रतीक र चिन्ह हो। हरेक स्तरका पार्टी संगठन र सबै पार्टी सदस्यले पार्टी प्रतीक र पार्टी झण्डाको पवित्रताको रक्षा गर्नेछन्। पार्टीको प्रतीक चिन्ह र झण्डाको निर्माण तथा उपयोग नियमानुसार गरिनुपर्दछ।



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started