कम्युनिष्ट पार्टीको संगठन र यसको ढाँचा

कम्युनिष्ट पार्टीहरूको संगठनात्मक संरचना, तिनीहरूको कामको विधि  र सामग्रीमाथि दिशानिर्देशन

(१२ जुलाई १९२१ मा कम्युनिष्ट अन्तर्राष्ट्रियको तेस्रो महाधिवेशनको २४औं सत्रमा स्वीकृत “कम्युनिष्ट पार्टीहरूको संगठनमाथि प्रस्ताव”)

अंग्रेजी भर्सन पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् –

लेखक – भी. आइ. लेनिन

(१) सामान्य सिद्धान्त

सर्वहारा वर्गको अग्रदस्ता

१)पार्टीको संगठनलाई परिस्थिति र त्यसक‍ो कार्यको उद्देश्यको अनुकूल ढाल्नु पर्दछ। क्रान्तिकारी वर्गसंघर्षका सबै क्रममा तथा समाजवाद स्थापना अर्थात् साम्यवादी समाजको पहिलो चरणतर्फ अग्रसर हुँदै त्यसपछिको संक्रमण कालमा कम्युनिष्ट पार्टीले अग्रदस्ताको, सर्वहारा वर्गको अग्रिम चौकीको काम गर्नुपर्दछ।

२)कम्युनिष्ट पार्टीहरूको संगठनको कुनै पूर्ण रूपले अचुक र कहिल्यै नबदलिने स्वरूप हुँदैन। सर्वहाराको वर्गसंघर्षका परिस्थितिहरू विकासको  निरन्तर प्रक्रियाको क्रममा परिवर्तनशील हुन्छन् तथा सर्वहारा वर्गको अग्रदस्ताको संगठनले यी परिवर्तनहरू अनुरूप स्वरूपहरूको खोज पनि निरन्तर जारी राख्नुपर्दछ। यसप्रकारले सम्बन्धित पार्टीको संगठनको विशेष बदलिएको स्वरूपको निर्धारण पनि प्रत्येक अलग-अलग देशका परिस्थितहरूले गर्नेछन्।

तर संगठनको यसप्रकारको विभेदीकरणका निश्चित सीमाहरू हुन्छन्। यी सम्पूर्ण विशेषताहरुको बाबजुद, विभिन्न देशहरूमा र सर्वहारा क्रान्तिका विभिन्न चरणहरूमा परिस्थितिहरूको समानताको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको लागि आधारभूत महत्त्व छ। यसबाट सबै देशहरूमा कम्युनिष्ट पार्टीहरूको संगठनको लागि समान आधार तयार हुन्छ।

यस आधारमा कम्युनिष्ट पार्टीहरूको संगठनलाई विकसित गर्नु आवश्यक हुन्छ । तर विद्यमान पार्टीहरूको ठाउँमा नयाँ आदर्श पार्टीहरू स्थापित गरिनु तथा संगठनको कुनै पूर्ण रूपले सही स्वरूप र आदर्श विधान बनाउने उद्देश्य सामुन्ने राखिनु आवश्यक छैन।

क्रान्तिको माध्यम

३)अधिकांश कम्युनिष्ट पार्टीहरूको लागि तथा विश्वभरीका क्रान्तिकारी सर्वहाराको संयुक्त दलको रूपमा कम्युनिष्ट अन्तर्राष्ट्रियको लागि उनीहरूको अवस्थामा यो समान लक्षण हुन्छ कि उनीहरूले अझै पनि हावी भएका पूँजीपति वर्गको विरूद्ध लड्नु छ। यी सबैको लागि जबसम्म स्थिति अगाडि बढ्दैन, निर्णायक र निर्देशक लक्ष्य पूँजीपति वर्गलाई हराउनु तथा उसको हातबाट सत्ता लिनु हो। त्यसकारण, पूँजीवादी देशहरूका कम्युनिष्ट पार्टीहरूको संगठन सम्बन्धी कार्यहरूको निर्णायक तत्व यस्ता संगठनहरूलाई खडा गर्नु हुनुपर्दछ, जसले सत्तारूढ वर्गहरूमाथि सर्वहारा क्रान्तिको विजयलाई संभव तथा सुनिश्चित बनाइदिन्छन्।

नेतृत्वको संगठन

४)कुनै पनि कार्यको लागि नेतृत्व एक आवश्यक शर्त हुन्छ। तर विश्वको इतिहासको सबभन्दा ठूलो संघर्षको लागि त त्यो सबभन्दा बढी अनिवार्य छ। कम्युनिष्ट पार्टीको संगठन सर्वहारा क्रान्तिमा कम्युनिष्ट नेतृत्वको संगठन हो।

राम्रो नेता बन्नको लागि स्वयं पार्टीसँग राम्रो नेतृत्व हुनुपर्दछ। त्यसकारण हाम्रो संगठनात्मक कार्यको मूल उद्देश्य सर्वहारा वर्गको क्रान्तिकारी आन्दोलनमा नेतृत्वकारी स्थान ग्रहण गर्नको लागि सुयोग्य नेतृत्वकारी कमिटीहरू अन्तर्गत कम्युनिष्ट पार्टीहरूलाई संगठित र प्रशिक्षित गर्नु हुनुपर्दछ।

५)बढीभन्दा बढी संभावित प्रहार शक्ति तथा संघर्षको सँधैं बदलिंदो अवस्थाहरूमा कम्युनिष्ट पार्टी र उसको नेतृत्वकारी कमिटीहरूमा आफूलाई यी अवस्थाहरू अनुरूप ढाल्ने क्षमता – यी दुवैको जीवन्त योगदान नै क्रान्तिकारी वर्गसंघर्षमा नेतृत्वको अर्थ हो।

यसको अतिरिक्त सफल नेतृत्वको लागि सर्वहारा जनतासँग निकटतम् सम्बन्ध नितान्त आवश्यक छ। यसप्रकारको सम्बन्ध बेगर नेतृत्वले जनताको अगुवाई गर्दैन। बढीभन्दा बढी ऊ जनताको पछि-पछि हिड्न सक्दछ।

कम्युनिष्ट पार्टीको संगठनभित्र सजीव एकता जनवादी केन्द्रीयताद्वारा हासिल गरिनुपर्दछ।

(२)जनवादी केन्द्रीयताको बारेमा

वर्गसंघर्षको लागि पार्टीमा जनवाद र केन्द्रीयताको वास्तविक मेल आवश्यक

६)कम्युनिष्ट पार्टीको संगठनमा जनवादी केन्द्रीयताको एकमात्र अर्थ सर्वहारा जनवाद र केन्द्रीयताको वास्तविक मेल, यी दुवैको एक-अर्कोसँग मेल हुनु हो। यसप्रकारको सम्मिलन, केवल पार्टीको समुच्च संगठनद्वारा लगातार सामान्य कार्वाहीहरूको आधारमा, निरन्तर सामान्य संघर्षहरूको आधारमा मात्र संभव हुन सक्दछ। कम्युनिष्ट पार्टी संगठनमा केन्द्रीकरणको अर्थ कृत्रिम र यान्त्रिक केन्द्रीकरण हुँदैन, बरू त्यो कम्युनिष्ट कार्वाहीहरूको केन्द्रीकरण हुन्छ, अर्थात् यसको अर्थ एक यस्तो नेतृत्वको निर्माण हुन्छ, जुन युद्धको लागि तयार होस् र सँगसँगै आफूलाई हरेक परिस्थिति अनुकूल ढाल्ने क्षमता राखोस्। औपचारिक वा यान्त्रिक केन्द्रीकरण एक यस्तो औद्योगिक नोकरशाहीको हातमा “सत्ता” को केन्द्रीकरण हुन्छ, जुन बाँकी सदस्यहरू र संगठन बाहिरका क्रान्तिकारी सर्वहारा जनसमुदायमाथि हावी हुन्छ। केवल साम्यवादका दुश्मन मात्र के भन्न सक्दछन् भने सर्वहारा वर्गसंघर्षको संचालन गर्दै र कम्युनिष्ट नेतृत्वाई केन्द्रीकृत गर्दै, कम्युनिष्ट पार्टी सर्वहारा वर्गमाथि शासन गर्ने कोशिस गरिरहेका छन्। यस्तो दावी गर्नु एक झुट हो। पार्टीभित्र सत्ताको लागि होड वा प्रभुत्को लागि टकरावले कम्युनिष्ट अन्तर्राष्ट्रियद्वारा स्वीकृत जनवादी केन्द्रीयताको आधारभूत सिद्धान्तहरूसँग बिल्कुल मेल खाँदैन।

नोकरशाही र औपचारिक जनवाद – दुवै हैन

पुराना, गैरक्रान्तिकारी मजदूर आन्दोलनको संगठनमा एउटा त्यही किसिमको सर्वव्यापी द्वीविधता (वा द्वैतवाद) विकसित भएको छ, जस्तो कि बुर्जुवा राज्यमा; अर्थात् नोकरशाह र “जनता” को बीचको द्विविधता। पूँजीवादी माहौलको सुविचारित प्रभाव अन्तर्गत, कामहरूको एक विशेष किसिमको विभाजन विकसित भएको छ, साझा उद्यमहरूको जीवन्त सहमेलको ठाउँ एक बाँझो किसिमको औपचारिक जनवादले लिएको छ र संगठन एकातिर सक्रिय पदाधकिरी र अर्कोतिर निस्क्रिय जनतामा बाँडिएको छ। क्रान्तिकारी मजदूर आन्दोलनले पनि पूँजीवादी माहौलबाट केही हदसम्म द्विविधताको यो रूझानलाई अनिवार्य रूपले विरासतमा हासिल गरेको छ।

व्यवस्थित ढंगले र लगातार जमेर गरिएका राजनीतिक र सांगठनिक कार्यको माध्यमबाट र लगातार सुधार तथा परिष्कारद्वारा कम्युनिष्ट पार्टीले आधारभूत रूपमा यो विरोधलाई समाप्त गरिदिनुपर्दछ।

७)एक समाजवादी जन-पार्टीलाई एक कम्युनिष्ट पार्टीमा बदल्ने बेलामा, पार्टीले पुरानो व्यवस्थालाई अपरिवर्तित छोडेर आफूलाई केन्द्रीय नेतृत्वको हातमा प्राधिकारको संकेन्द्रणसम्म मात्र सीमित राख्नु हुँदैन। केन्द्रीकरण केवल कागजमा मात्र सीमित रहनु हुँदैन, बरू वास्तवमा व्यवहारमा आउनुपर्दछ र यो केवल तब संभव हुनसक्दछ, जबकि आम सदस्य यो महसुस गरून् कि यो केन्द्रीय ‘प्राधिकार’ उनीहरूका आम कार्वाहीहरू र संघर्षहरूको एक मूलभूत रूपले प्रभावकारी उपकरण हो। अन्यथा, यसलाई जनताले पार्टीभित्र नोकरशाहीको रूपमा देख्नेछन् र त्यसकारण, हरेक प्रकारको केन्द्रीकरण, हरेक प्रकारको नेतृत्व र सबै अनुवर्ती अनुशासनको विरोधलाई बल प्रदान गर्नेछ, नोकरशाहीको विपरीत ध्रुबमाथि अराजकतालाई बल प्रदान गर्नेछ।

संगठनमा केवल औपचारिक जनवादले न त नोकरशाही र न अराजकताको प्रवृत्तिलाई नै हटाउँदछ, बरू यसको विपरीत यी प्रवृत्तिहरूको यही औपचारिक जनवादले उब्जाउ जमिनको काम गर्दछ। त्यसकारण, एक बलियो नेतृत्व तयार गर्ने उद्देश्यमा संगठनको केन्द्रीकरण तबसम्म सफल हुन सक्दैन, जबसम्म त्यसलाई औपचारिक जनवादको आधारमा हासिल गर्ने कोशिस गरिनेछ। पार्टीभित्र त्यसका निर्देशक निकायहरू (अर्थात् नेतृत्वकारी कमिटीहरू) र सदस्यहरूको बीचमा तथा पार्टी र पार्टी बाहिरका सर्वहारा जनसमुदायको बीचमा जीवन्त साहचार्य र आपसी सम्बन्धहरूलाई विकसित गर्नु र कायम राख्नु यसको आवश्यक पूर्वशर्त हो।

(४)कम्युनिष्ट क्रियाकलापको कर्तव्य

पार्टी-सदस्यको सर्वोपरी कर्तव्य

८)कम्युनिष्ट पार्टी क्रान्तिकारी मार्क्सवादको प्रशिक्षण दिने पाठशाला हुनुपर्दछ। संगठनका विभिन्न अंगहरू र सदस्यहरूको बीचमा जैविक (वा जीवन्त) सम्बन्ध पार्टी-गतिविधिहरूको दैनिक आम कार्यहरूको माध्यमबाट स्थापित हुन्छ।

कानूनी अवस्था अन्तर्गत काम गर्ने कम्युनिष्ट पार्टीहरूमा आज पनि दैनिक पार्टी-कार्यहरूमा अधिकांश सदस्य नियमित रूपले भाग लिंदैनन्। यी पार्टीहरूका यही सबभन्दा ठूला कमजोरी हुन्, जुन यिनीहरूको विकासमा लगातार अस्थिरता कायम रहने आधारभूत कारण हुन्।

९)मजदूर वर्गको प्रत्येक पार्टीको कम्युनिष्ट रूपान्तरणको पहिलो चरणमा उसको सामुन्ने कुन खतरा विद्यमान रहन्छ भने त्यसले केवल एक कम्युनिष्ट कार्यक्रमलाई स्वीकार गरी आफ्नो प्रचारमा पुराना सिद्धान्तहरूको स्थानमा कम्युनिष्ट शिक्षाहरूलाई सामेल गरेर र विरोधी शिविरका पदाधिकारीहरूलाई हटाएर त्यसको ठाउँमा कम्युनिष्ट पदाधिकारीहरूलाई बहाल गरेर मात्र सन्तुष्ट हुन्छ। कम्युनिष्ट कार्यक्रमलाई मान्नुको अर्थ केवल कम्युनिष्ट बन्ने अभिप्रायलाई स्पष्ट गर्नु हो। यदि कम्युनिष्ट क्रियाशीलताको अभाव छ र आम सदस्यहरूको निस्क्रियता कायम रहन्छ भने पार्टीले कम्युनिष्ट कार्यक्रमलाई स्वीकार गरेको बेलामा आफ्नो लागि जुन प्रतिज्ञा गर्दछ, त्यसको एक सामान्य भाग पनि पूरा गर्न पाउँदैन। यस्तो किन हुन्छ भने यो कार्यक्रमलाई लागू गर्ने पहिलो शर्त पार्टीको निरन्तर दैनिक कार्यहरूमा उसका सबै सदस्यहरू भाग लिने हो।

कम्युनिष्ट संगठनको कला कुन क्षमतामा निहित छ भने यसले सर्वहारा वर्ग-संघर्षको लागि प्रत्येकलाई प्रयोग गर्दछ, सबै पार्टी सदस्यहरूमा पार्टी कार्यक्रमहरूको विभाजन गर्दछ तथा आफ्ना सदस्यहरूको माध्यमबाट क्रान्तिकारी आन्दोलनतर्फ सर्वहारा जनसमुदायको ठूलो हिस्सालाई लगातार आकर्षित गर्दछ। यसको अतिरिक्त, उसले सम्पूर्ण आन्दोलनको बागडोर आफ्ना हातमा केवल आफ्नो शक्तिको बलमा मात्र होइन, बरू आफ्तो प्रतिष्ठा (अथुरिटी), ऊर्जा, अपेक्षतया बढी अनुभव, अपेक्षतया बढी सर्वतोमुखी जानकारी र क्षमताहरूको बलमा कायम राख्नु हुन्छ।

१९)एउटा कम्युनिष्ट पार्टीले हरेक ढंगले के कोशिस गर्नुपर्दछ भने उससँग केवल सही अर्थमा सक्रिय सदस्य रहून् तथा उसले प्रत्येक आम पार्टी कार्यकर्ताहरूसँग के माग गर्नुपर्दछ भने त्यो विद्यमान अवस्थामा, जहाँसम्म उसको लागि संभव हुन्छ, आफ्नो सम्पूर्ण शक्ति र समय पार्टीलाई देओस् र यसप्रकारका सेवाहरूमा आफ्नो सर्वोत्तम शक्तिलाई समर्पित गरिदेओस्।

स्वाभाविक रूपमा, कम्युनिष्ट पार्टीको सदस्यताको लागि कम्युनिष्ट विश्वासहरूको अतिरिक्त औपचारिक पंजीकरण, पहिलो एक उमेदवारको रूपमा र त्यसपछि एक पूर्ण सदस्यको रूपमा तथा यसको साथै निर्धारित शुल्कको नियमित भुक्तानी, पार्टी पत्रिकाको सदस्यता, आदि अनिवार्य शर्तहरू हुन्। तर सबभन्दा महत्त्वपूर्ण काम प्रत्येक सदस्यले पार्टीको दैनिक कार्यहरूमा भाग लिनु हो।

प्रत्येक सदस्यले कुनै न कुनै पार्टी-इकाईको सदस्य हुनुपर्दछ

११)पार्टी कार्यलाई सम्पन्न गर्ने उद्देश्यले प्रत्येक सदस्यले नियमको रूपमा कुनै सानो कार्य समूह, कुनै कमिटी, कुनै आयोग, कुनै ठूलो समूह, फ्र्याक्सन वा न्यूक्लियसको पनि सदस्य हुनुपर्दछ। केवल यसप्रकारले मात्र पार्टीको समुचित विभाजन हुनसक्नेछ, निर्देशन हुन सक्नेछ तथा त्यसलाई पूरा गर्न सकिनेछ।

निस्सन्देह,  के कुरा भन्नु आवश्यकता छैन भने स्थानीय संगठनका सदस्यहरूको आम बैठकमा सदस्यहरूले उपस्थित रहनुपर्दछ। पार्टीको कानूनी अस्तित्वको अवस्थामा, कानूनी परिस्थितिहरूमा हुने यी नियमित आम बैठकहरूको सट्टा स्थानीय प्रतिनिधिहरूका बैठकहरूलाई तिनीहरूको विकल्प बनाइदिनु अन्तिम बुद्धिमानी हुँदैन। सबै सदस्यहरूको लागि नियमित रूपले यी बैठकहरूमा उपस्थित रहनु अनिवार्य हुनुपर्दछ। तर कुनै पनि अवस्थामा केवल यही मात्र पर्याप्त छैन। यी बैठकहरूको तयारीको अर्थ नै साना-साना समूहहरूमा काम वा यो उद्देश्यको लागि नियुक्ति गरिएका कामरेडहरूद्वारा गरिएका काम, मजदूरहरूको आम सभा, प्रदर्शनहरू तथा जनकार्वाहीहरूको तयारी तथा प्रभावकारी ढंगले तयारीको यो अवसरको प्रयोग हो। यी सारा गतिविधिहरूसँग जोडिएका असंख्य कार्यभारहरूको ध्यानपूर्वक अध्ययन साना-साना समूहहरूमा मात्र हुन सक्दछ र घनीभूत ढंगले यी कार्भार साना-साना समूहहरूले नै सम्पन्न गर्न सक्दछन्। कार्कर्ताहरूका असंख्य साना-साना समूहहरूमा बाँडिएका समुच्च सदस्यताद्वारा यसप्रकारको लगातार जारी रहने दैनिक कार्यहरूलाई निरन्तर नचलाइकन सर्वहारा वर्गको संघर्षमा भाग लिनको लागि अत्यन्त परिश्रमले गरिएको प्रयासले पनि हामीलाई केवल यी संघर्षलाई प्रभावित गर्ने कमजोर र निरर्थक प्रयत्नहरूसम्म नै लिएर जानेछन्। यसले हामीलाई सर्वहाराको महत्त्वपूर्ण क्रान्तिकारी शक्तिहरूलाई एक एकीकृत प्रभावकारी कम्युनिष्ट पार्टीको रूपमा संगठित गर्ने आवश्यक कार्यतिर लैजादैन।

कारखानाहरूमा बनेका पार्टी-सेलहरू (साना कमिटीहरू) को महत्त्व

१२) समसामयिक आन्दोलनात्मक कार्वाही, पार्टी शिक्षा, समाचारपत्रहरूका कार्य, साहित्य विवरण, सूचना सेवाहरू र अन्य नियमित पार्टी सेवाहरू, आदि पार्टी गतिविधिहरूका हरेक शाखाहरूका दैनिक कार्यहरूको लागि पार्टी-सेलहरूको गठन अनिवार्य छ।

कारखाना र कार्यशालाहरूमा, ट्रेड-यूनियनहरूमा, सर्वहारा संघसंगठनहरूमा, सैनिक इकाईहरू, आदिमा जहाँसुकै पनि कम्युनिष्ट पार्टीका केही सदस्य वा उमेदवार सदस्य हुन्छन्, दैनिकका कम्युनिष्ट कार्यहरूको कार्यान्वयनको लागि आधारभूत समूह कम्युनिष्ट न्यूक्लियस हुन्छन्। यदि एकै कारखाना वा एकै यूनियन,आदिमा पार्टी सदस्यहरूको संख्या बढी हुन्छ भने न्यूक्लियसलाई एक फ्र्याक्सनको रूपमा विस्तारित गरिदिइन्छ तथा यसका कार्यहरूको निर्देशन आधारभूत समूहहरूद्वारा गराइन्छ।

यदि एक धेरै व्यापक स्तरमा आम प्रतिपक्षी फ्र्याक्सन बनाउनु वा पहिलेदेखि नै विद्यमान यस्ता कुनै फ्र्याक्सनमा भाग लिनु आवश्यक हुन्छ भने कम्युनिष्टहरूले त्यसभित्र विशेष न्यूक्लियस बनाएर नेतृत्व आफ्नो हातमा लिने कोशिस गर्नुपर्दछ।

कुनै कम्युनिष्ट न्यूक्लियसलाई, जहाँसम्म उसको वरिपरिको सवाल छ, त्यसमा खुला भएर वा यहाँसम्म कि आम जनताको सामुन्ने खुल्ला रूपमा काम गर्नुपर्दछ वा पर्दैन, यो कुरा विशेष मामिलाको विशेष स्थितिमा, यसो गर्नमा निहित खतराहरू र नियमहरूको गम्भीर अध्ययनको परिणामहरूमा निर्भर हुनेछ।

१३) पार्टीभित्र आम अनिवार्य कार्यहरूको व्यवस्था लागू गर्नु र यस्ता साना वर्किङ समूहहरूलाई संगठित गर्नु कम्युनिष्ट जन-पार्टीहरूको लागि एक विशेष रूपले कठिन कार्य हो। यो काम एक झट्कामा गर्न सकिंदैन। यसले अथक परिश्रम, परिपक्व चिन्तन र अत्यधिक ऊर्जाको माग गर्दछ।

यो विशेष रूपले महत्त्वपूर्ण छ कि संगठनको यो नयाँ रूपलाई प्रारम्भदेखि नै सावधानीपूर्वक र राम्रोसँग सोचविचार गरेर लागू गर्नुपर्दछ। एक औपचारिक स्कीम अनुसार प्रत्येक संगठनका सबै सदस्यहरूलाई साना-साना न्यूक्लियसहरू र समूहहरूमा बाँडिदिनु तथा यिनीहरूलाई आम दैनिक पार्टी कार्य गर्ने आदेश दिनु त धेरै सजिलो काम हुनेछ। तर यस किसिमको शुरूवात त कुनै शुरूवात नगर्नुभन्दा पनि खराब हुन्छ। यसबाट यी महत्त्वपूर्ण नयाँ परिवर्तनहरूप्रति पार्टी सदस्यहरूमा असन्तोष र रोष मात्र पैदा हुनेछ।

कम्युनिष्ट सेलहरूको संगठन गर्ने विधि  

यस्ता अनेक योग्य संगठनकर्ताहरूसँग सल्लाह लिनु, सिद्धान्तमा तर्कपूर्ण आस्था राख्ने र तिनीहरूमा प्रेरित कम्युनिष्टहरू हुनु तथा उनीहरू देशका विभिन्न केन्द्रहरूको आन्दोलनहरूसँग पूर्ण रूपले परिचित हुनु, र त्यसपछि यी नयाँ परिवर्तनहरूलाई (अर्थात् नयाँ क्रान्तिकारी सांगठनिक ढाँचा बनाउने विषयक निर्णयहरूलाई) लागू गर्नको लागि एक विस्तृत आधारको रूपरेखा तयार गर्नु उपयुक्त हुन्छ। यसपछि प्रशिक्षित संगठनकर्ताहरू वा सांगठनिक कमिटीहरूले मौकामा सीधा काम सम्हाल्नुपर्दछ, समूहहरूका प्रथम नेताहरूको चुनाव गरिनुपर्दछ तथा प्राथमिक चरणहरूको काम शुरू गरिदिनु पर्दछ। त्यसपछि पार्टीका सबै संगठनहरू, वर्किङ समूहहरू, न्यूक्लियसहरू र अलग-अलग सदस्यहरूलाई ठोस, स्पष्ट रूपमा परिभाषित कार्यभारहरू सुम्पिनुपर्दछ र यी कार्यभारहरूलाई यसरी प्रस्तुत गरिनुपर्दछ कि तत्कालै ती उपयोगी, वांछनीय र पूरा गर्न योग्य लागून्। जहाँ आवश्यक हुन्छ उनीहरूलाई यी कार्यभार कसरी पूरा गर्ने भनेर व्यवहारिक प्रदर्शनद्वारा बताउनुपर्दछ। साथसाथै उनीहरूलाई ती गलत कदमहरूको बारेमा पनि चेतावनी दिइनुपर्दछ, जसबाट विशेषगरी बच्नु छ।

१४) पुनर्गठनको यो कार्यलाई व्यवहारमा कदम-कदममा पूरा गरिनुपर्दछ। शुरूमा स्थानीय संगठनमा कार्यकर्ताहरूको बढी न्यूक्लियस वा समूह बनाइनु हुँदैन। पहिला साना मामिलाहरूमा अलग-अलग महत्त्वपूर्ण कारखानाहरू र ट्रेड-यूनियनहरूमा गठित केन्द्रक (न्यूक्लियस) सही ढंगले काम गरिरहेका छन् तथा पार्टी क्रियाशीलताका अन्य प्रमुख शाखाहरूमा पनि कार्यकर्ताहरूका आवश्यक समूह गठित गरिसकिएका छन्, केही हदसम्म तिनीहरूको सुदृढीकरण पनि भइसकेको छ (उदाहरणको लागि, सूचना, संचार, नारी आन्दोलन, आन्दोलनको विभाग, समाचारपत्रको कार्य, बेरोजगार आन्दोलन, आदिमा) भन्ने कुरा सिद्ध गरिनुपर्दछ। यसमा पहिलेको नयाँ सांगठनिक ढाँचा एक सुनिश्चित सीमासम्म व्यहारमा आउनुपर्दछ; संगठनको पुरानो ढाँचालाई सोचविचार नगरीकन तोड्नुहुँदैन।

यसको साथै कम्युनिष्ट संगठनको यो आधारभूत कार्यभारलाई हरेक ठाउँमा अधिकतम ऊर्जा लगाएर पूरा गरिनुपर्दछ। यो केवल एक कानूनी पार्टीको लागि मात्र नभएर एक गैरकानूनी पार्टीको लागि पनि धेरै मेहनतको काम हो।

जबसम्म सर्वहारा वर्गसंघर्षका सबै केन्द्रीय स्थानहरूमा कम्युनिष्ट न्यूक्लियसहरू, फ्र्याक्सनहरू र कार्यकर्ताहरूका समूहहरूको एक व्यापक संजालले काम गर्न लाग्दैन; तबसम्म प्रत्येक पार्टी सदस्यले आफ्नो हिस्साको दैनिक क्रान्तिकारी कार्य पूरा गर्न लाग्दैन र यो उसको लागि स्वाभाविक तथा आदतको हिस्सा बन्दैन, तबसम्म पार्टीको यो कार्यभारलाई पूरा गर्ने कठिन श्रमसाध्य आन्दोलन चैनपूर्वक बस्न सक्दैन।

कामको अनुसन्धान

१५) यो आधारभूत सांगठनिक कार्यभारले पार्टीको नेतृत्वदायी निकायहरूमा पार्टी-कार्यको लगातार निर्देशन गर्ने र त्यसमाथि सुनियोजित प्रभाव पार्ने कुराको जिम्मेवारी प्रदान गर्दछ। यसले पार्टीका संगठनहरूको नेतृत्वमा सक्रिय कमरेडहरूबाट विविध किसिमका बोझ उठाउने माग गर्दछ। जो मानिसहरूलाई कम्युनिष्ट गतिविधिहरूको लागि जिम्मेवार बनाइएको छ, उनीहरूको काम केवल के हेर्नु मात्र होइन भने सबै स्त्री-पुरूष कमरेड सामान्य रूपमा पार्टी कार्यमा लागेका छन्, बरू उनीहरूले व्यवस्थित ढंगले र परिस्थिति विशेषमा एक आम दिशाको बोधसँगै कार्य-विशेषको आफ्नो व्यावहारिक जानकारीको आधारमा ती कमरेडहरूको सहायता गर्नुपर्दछ र यस्ता कामहरूको निर्देशन गर्नुपर्दछ। आफ्ना आर्जित अनुभवहरूको आधारमा उनीहरू स्वयंले आफ्ना कामहरूको क्रममा भएका गल्तीहरुलाई खोज्ने कोशिस गर्नुपर्दछ, कामका तरीकाहरूमा लगातार सुधार गर्नुपर्दछ र एक क्षणको लागि पनि संघर्षका उद्देश्यहरूलाई आँखाबाट ओझेल पर्न दिनु हुँदेन।

माथिबाट तलसम्म रिपोर्टिङ – नेतृत्वको एक मुख्य जिम्मेवारी

१६) हाम्रो समुच्च पार्टी कार्यको दायित्व या त सैद्धान्तिक अथवा व्यावहारिक धरातालहरूमा प्रत्यक्ष संघर्ष या त्यसपछि यो संघर्षको तयारी हो। अहिलेसम्म यो काममा विशेष दक्षता हासिल गर्ने मामिलामा धेरै कमजोरीहरू रहेका छन्। कामका कैयौं यस्ता पर्याप्त महत्त्वपूर्ण क्षेत्र छन्, जसमा पार्टी गतिविधिहरू केवल कहिलेकाहीँ संचालित हुन्छन्। उदाहरणको रूपमा, कानूनी स्थितिहरूमा काम गर्ने पार्टीहरूले जासुस पुलिसका मानिसहरूको मुकाविला गर्ने क्षेत्रमा अत्यन्तै कम काम गरेका छन्। पार्टी कमरेडहरूको शिक्षाको काम सामान्यतः एक-अर्काको दर्जाको जसरी केवल कहिलेकाहीँ गरिन्छ र त्यो पनि यति सतही ढंगले कि सदस्यहरूको धेरै ठूलो भागलाई पार्टीको अत्यन्त महत्त्वपूर्ण प्रस्तावहरूमध्येबाट अधिकांशको, यहाँसम्म कि पार्टी कार्यक्रम र कम्युनिष्ट अन्तर्राष्ट्रियका प्रस्तावहरू सम्मको जानकारी हुँदैन। पार्टी संगठनहरूको एक सम्पूर्ण व्यवस्थाद्वारा पार्टीका सबै कार्यकारी कमिटीहरूभित्र शिक्षाको काम नियमित रूपले र लगातार जारी रहनुपर्दछ। त्ययसपछि लगातार उच्चतम् स्तरको विशेष दक्षता हासिल गर्न सकिन्छ।

१७)कम्युनिष्ट क्रियाशीलताका कर्तव्यहरूमा कामहरूको रिपोर्ट दिने कुरा पनि सामेल हुन्छ। यो पार्टीका सबै संगठनहरू र सबै अंगहरूको सँगसँगै प्रत्येक सदस्यको कर्तव्य हो । छोटा-छोटा समयावधिहरूका आम रिपोर्टहरू हुनुपर्दछ। पार्टीका विशेष कमिटीहरूका कामहरूको विशेष रिपोर्ट हुनुपर्दछ। के आवश्यक छ भने रिपोर्टिङको कामलाई यसरी व्यवस्थित गरिदिनु पर्दछ कि यो कम्युनिष्ट आन्दोलनको सर्वश्रेष्ठ परम्पराको रूपमा स्थापित बनोस्।

प्रत्येक संगठनले आफ्नो नेतृत्वदायी कमिटीहरूलाई रिपोर्ट दिन्छ

१८) पार्टीले आफ्नो त्रैमासिक रिपोर्ट कम्युनिष्ट अन्तर्राष्ट्रियको नेतृत्वकारी नियकालाई दिनुपर्दछ। पार्टीका प्रत्येक संगठनले आफ्नो रिपोर्ट आफ्नो ठीक माथिल्लो नेतृत्वदायी कमिटीलाई दिनुपर्दछ (उदाहरणको लागि स्थानीय शाखाहरूको मासिक रिपोर्ट उनीहरूसँग सम्बन्धित पार्टी कमिटीलाई  दिनुपर्दछ) ।

प्रत्येक न्यूक्लियस, फ्र्याक्सन वा कार्यकर्ताका समूहले त्यो पार्टी निकायलाई आफ्नो रिपोर्ट पठाउनु पर्दछ, जसको नेतृत्व अन्तर्गत उसलाई राखिएको छ। अलग-अलग सदस्यले आफ्नो रिपोर्ट त्यो न्यूक्लियस वा कार्यकर्ताहरूको समूहलाई (अर्थात् उसको नेतालाई) दिन्छन्, जसका उनीहरू सदस्य छन्। कुनै विशेष रूपले सुम्पिएको जिम्मेवारीलाई पूरा गर्दा उनीहरू त्यो पार्टी  निकायलाई रिपोर्ट गर्दछन्, जसद्वारा उक्त कामको आदेश दिइएको हुन्छ।

रिपोर्ट जतिसक्दो छिटो हुनुपर्दछ। पार्टी कमिटी वा व्यक्तिद्वारा लिखित रिपोर्ट माग्ने आदेश नभएसम्म रिपोर्ट भरसक मौखिक हुनुपर्दछ। रिपोर्ट संक्षिप्त र निर्दिष्ट कार्यमा केन्द्रित हुनुपर्दछ। रिपोर्ट पाउने व्यक्तिको प्रकाशित गर्न नसकिने रिपोर्टहरूलाई सुरक्षित राख्ने तथा महत्त्वपूर्ण रिपोर्टहरूलाई अविलम्ब सम्बन्धित नेतृत्वदायी कमिटीहरूमा पठाउने जिम्मेवारी हुन्छ।

रिपोर्ट यस्तो हुनुपर्दछ

१९) यी सबै रिपोर्टहरू स्वाभाविक रूपमा केवल रिपोर्ट पठाउनेले आफूद्वारा गरिएका कार्यहरूको विवरणसम्म मात्र सीमित हुनुहुँदैन। यी रिपोर्टहरूमा ती परिस्थितिहरूको बारेमा पनि सूचना हुनुपर्दछ, जसको जानकारी कामको क्रममा हुन्छ र जसको हाम्रो संघर्षको लागि केही महत्त्व हुन्छ;  विशेषगरी यस्ता जानकारी, जसको आधारमा हाम्रा भविष्यका कामहरूमा परिवर्तन वा सुधार गर्न सकिन्छ। यी रिपोर्टहरूमा कामको सुधारका ती सुझावहरूलाई पनि सामेल गरिदिनुपर्दछ, जसको कामको क्रममा अवश्य महसुस भएको होस्।

कम्युनिष्ट पार्टीका सबै न्यूक्लियसहरू, फ्र्याक्सनहरू र कार्यकताका समूहहरूमा उनीहरूद्वारा प्रस्तुत गरिएका वा उनीहरूद्वारा प्रस्तुत गरिने ती सम्पूर्ण रिपोर्टहरूमाथि विस्तृत बहस हुनुपर्दछ। यस्ता बहसहरूले एक नियमित आदत बन्नुपर्दछ।

न्यूक्लियसहरू र कार्यकर्ताका समूहहरूमा कुन सावधानी अपनाइनुपर्दछ भने विरोधी संगठनहरू, विशेषगरी निम्न पूँजीवादी मजदूर संगठनहरू र मुख्यगरी समाजवादी पार्टीहरूका संगठनहरूमा विशेष ध्यान दिने र तिनीहरूको रिपोर्ट दिनको लागि जिम्मेवार अलग-अलग पार्टी-सदस्यहरू वा सदस्यका समूहहरूलाई नियमित रूपले बदलियोस् (अर्थात् यी जिम्मेवारीहरू बदल्दै-बदल्दै सुम्पिनुपर्दछ।)

(५)हाम्रो प्रचार क्रान्तिकारी हुन्छ

२०) खुला क्रान्तिकारी संघर्षसँग जोडिएको हाम्रो मुख्य आम कर्तव्य क्रान्तिकारी प्रचार र आन्दोलन चलाउनु हो। यो कार्य र यसको संगठन अझै पनि मुख्यतः जनसभाहरूमा समय-समयमा दिइने भाषणहरूको माध्यमबाट पुरानो कृत्रिम ढंगले चलाइन्छ तथा भाषण र लेखहरूमा अन्तर्निहित क्रान्तिकारी सारतत्वमाथि विशेष ध्यान दिइँदैन।

मजदूरहरूका आम हितहरू र आकांक्षाहरूको आधारमा, खासगरी उनीहरूका आम संघर्षहरूको आधारमा, कम्युनिष्ट प्रचार र आन्दोलनको कार्वाहीलाई यसरी चलाउनुपर्दछ कि त्यसले मजदूरभित्र आफ्नो जरा जमाओस्।

स्मरणयोग्य सबभन्दा महत्त्वपूर्ण बुँदा के हो भने प्रचारको चरित्र क्रान्तिकारी हुनुपर्दछ; त्यसकारण कम्युनिष्ट नारा र ठोस प्रश्नहरूमाथि आफ्नो समग्र कम्युनिष्ट दृष्टिको बारेमा हामीले ध्यान दिनुपर्दछ र विशेषगरी सोचविचार गर्नुपर्दछ।

एक सही दृष्टिसम्म पुग्नको लागि केवल पेशेवर प्रचारकहरू र आन्दोलनकर्ताहरूलाई मात्र होइन, बरू अन्य सबै पार्टी सदस्यहरूलाई पनि सावधानीपूर्वक निर्देशित (शिक्षित) गरिनुपर्दछ।

कम्युनिष्ट प्रचार र नाराहरूको प्रमुख रूप

२१) कम्युनिष्ट प्रचारका प्रमुख रूप यी हुन् : (क) व्यक्तिगत रूपले गरिएका मौखिक प्रचार, (ख) औद्योगिक र राजनीतिक मजदूर आन्दोलनमा सहभागिता र (ग) पार्टीका पत्रपत्रिकाहरू र साहित्यको वितरणद्वारा प्रचार। कानूनी वा गैरकानूनी पार्टीका हरेक सदस्यले प्रचारका यी रूपहरूमध्ये कुनै एक वा अर्कोमा नियमित रूपले सहभागी हुनुपर्दछ।

व्यक्तिगत प्रचारको कार्वाही कार्यकर्ताहरूको विशेष समूहहरूद्वारा सुव्यवस्थित ढंगले घर-घर गएर बातचितद्वारा सम्झाउने-बुझाउने, सहमत गर्ने कार्वाहीको रूपमा चलाइनुपर्दछ। प्रचारको यस्तो कार्वाही यसरी चलाइनुपर्दछ कि क्षेत्रमा एउटा पनि घर नछुटून्। अपेक्षाकृत ठूला नगरहरूमा पोस्टरहरू र पर्चाहरूको वितरणको विशेष रूपले संगठित गरिएको प्रचार अभियानले आम रूपमा सन्तोषजनक परिणाम दिन्छ।

जुन देशहरूमा जनसंख्यामा राष्ट्रिय अल्पसंख्यक पनि सामेल छन्, त्यहाँ ती अल्पसंख्यकहरूको सर्वहारा हिस्साहरूमा प्रचार र आन्दोलन चलाउने दिशामा आवश्यक ध्यान दिनु पार्टीको कर्तव्य हो। स्पष्ट छ, प्रचार र आन्दोलनको यो कार्वाही उक्त राष्ट्रिय अल्पसंख्यकहरूका भाषाहरूमा पनि चलाइनु पर्दछ, जसको लागि पार्टीले आवश्यक विशेष निकायहरूको निर्माण गर्नुपर्दछ।

२२) ती पूँजीवादी देशहरूमा, जहाँ सर्वहारा वर्गको विशाल बहुमत क्रान्तिकारी चेतनाको स्तरमा अझै पुग्नसकेको छैन, कम्युनिष्ट आन्दोलनकारीहरूले यी पिछडिएका मजदूरहरूको चेतनालाई ध्यानमा राखेर र क्रान्तिकारी पंङ्तिमा यिनीहरूको प्रवेश सहज बनाउनको लागि लगातार कम्युनिष्ट प्रचारका नयाँ रूपहरूको खोजी गरिरहनु पर्दछ। आफ्ना नाराहरूको माध्यमबाट कम्युनिष्ट प्रचारलाई ती प्रस्फुटित भएका, अचेतन्, अपूर्ण, ढुलमुल र अर्धपूँजीवादी क्रान्तिकारी प्रवृत्तिहरूलाई उठाउनु र सामुन्ने ल्याउनु पर्दछ, जुन मजदूरहरूका दिमागमा पूँजीवादी परम्पराहरू र अवधारणहरू माथि हावी हुनको लागि संघर्ष गरिरहेका हुन्छन्।

साथै कम्युनिष्ट प्रचारले सर्वहारा जनसमुदायको सीमित एवम् अस्पष्ट मागहरू र आकांक्षाहरूसम्म मात्र सीमित रहेर सन्तुष्ट हुनुहुँदैन। यी मागहरू र आकांक्षाहरूमा क्रान्तिकारी भ्रूण विद्यमान रहन्छन् र यी सर्वहारा वर्गलाई कम्युनिष्ट प्रचारको प्रभाव अन्तर्गत ल्याउने साधन हुन्छन्।

मजदूर वर्गको दैनिक संघर्षको नेतृत्व गर्नुपर्दछ

२३) सर्वहारा जनसमुदायको बीचमा कम्युनिष्ट आन्दोलन (वा आन्दोलनात्मक प्रचार) को काम यसरी चलाउनु पर्दछ कि संघर्षरत सर्वहाराले हाम्रा कम्युनिष्ट संगठनलाई साहसी, बुद्धिमान, ऊर्जस्वी र यहाँसम्म कि स्वयं मदजूर आन्दोलनको हरहमेशा वफादार नेताको रूपमा जानून्।

यसलाई हासिल गर्नको लागि कम्युनिष्टहरूले मजदूरहरूका सबै प्रारम्भिक संघर्षहरू र आन्दोलनहरूमा भाग लिनुपर्दछ तथा कामका घण्टा, कामका परिस्थितिहरू, ज्याला, आदिलाई लिएर उनीहरू र पूँजीपतिहरूको बीचमा हुने सबै टकरावहरूमा मजदूरका हितहरूको रक्षा गर्नुपर्दछ। कम्युनिष्टहरूले मजदूर वर्गको जीवनका ठोस प्रश्नहरूमाथि पनि ध्यान दिनुपर्दछ। उनीहरूले यी प्रश्नहरूको सही समझदारी हासिल गर्नमा मजदूरहरूको सहायता गर्नुपर्दछ। उनीहरूले मजदूरहरूको ध्यान सर्वाधिक स्पष्ट अन्यायहरुतिर आकर्षित गर्नुपर्दछ तथा आफ्ना मागहरूलाई व्यावहारिक तथा सटिक रूपले सूत्रबद्ध गर्नमा उनीहरूको सहायता गर्नुपर्दछ। यसरी उनीहरूले मजदूर वर्गभित्र एकजुटताको स्पिरिट र देशका सबै मजदूरहरू भित्र एक एकीकृत मजदूर वर्गको रूपमा, जुन सर्वहाराको विश्व सेनाको एक हिस्सा हो,सामुदायिक हितहरूको चेतना जागृत गर्न सक्नेछन्।

केवल यसप्रकारका दैनिकका प्रारम्भिक कर्तव्यहरूको पूर्ति गरेर तथा सर्वहाराका सबै संघर्षमा भाग लिएर मात्र कम्युनिष्ट पार्टी एक सच्चा कम्युनिष्ट पार्टीको रूपमा विकसित हुन सक्दछ। केवल यसप्रकारका तरीकाहरूलाई अपनाएर नै उसले घिसेपिटे, तथाकथित युद्ध समाजावदी प्रचार गर्ने, केवल नयाँ सदस्य भर्ती गर्ने तथा सुधार र  सबै संसदीय संभावनाहरूको प्रयोग गर्नसक्ने संभावनाहरू वा असंभावनाहरूका कुरा गरिरहने प्रचारकहरूबाट आफूलाई अलग गर्न सक्नेछ। शोषकहरूको विरूद्ध चल्ने शोषितहरूको दैनिक संघर्ष  र विवादहरूमा पार्टी-सदस्यहरूको आत्मत्यागपूर्ण र सचेतन सहयोग केवल सर्वहारा अधिनायकत्वको विजयको लागि मात्र नभएर त्योभन्दा पनि बढी यो अधिनायकत्वलाई कायम राख्नको लागि नितान्त आवश्यक हुन्छ। पूँजीवादका आक्रमणहरूको विरूद्धमा साना-साना संघर्षहरूमा श्रमिक जनताहरूको नेतृत्व गरेर मात्र कम्युनिष्ट पार्टीले पूँजीपति वर्गमाथि प्रभुत्व स्थापित गर्ने संघर्षमा सर्वहारा वर्गको सुव्यवस्थित नेतृत्व गर्ने क्षमता प्राप्त गर्दै श्रमिक जनसमुदायको अग्रगामी दस्ता बन्न सक्नेछ।

प्रत्येक संघर्षको अग्रपंक्तिमा

२४) खासगरी हड्ताल, तालाबन्दी र मजदूरहरूको ठूलो परिणाममा बर्खास्तीलाई लिएर हुने मजदूर आन्दोलनहरूमा सहभागिताको लागि कम्युनिष्टले सम्पूर्ण शक्ति लगाएर लामबन्द हुनुपर्दछ।

मजूरहरूद्वारा काम गर्ने परिस्थितिहरूमा सामान्य सुधारहरूको मागलाई लिएर चलाइने आन्दोलनहरूप्रति तिरस्कारको दृष्टि अपनाउनु वा कम्युनिष्ट कार्यक्रम र अन्तिम लक्ष्यको प्राप्तिको लागि सशस्त्र क्रान्तिकारी संघर्षको आवश्कयताको नाममा उनीहरूप्रति निस्कृयताको दृष्टि अपनाउनु कम्युनिष्टहरूको लागि भारी भूल हुनेछ। मजदूर आफ्ना जुन मागहरूलाई लिएर पूँजीपतिहरूसँग लड्नको लागि तयार र सहमत हुन्छन्, तिनीहरू चाहे जतिसुकै साना र सामान्य किन नहुन्, कम्युनिष्टहरूले संघर्षमा सामेल हुनको लागि ती मागहरू साना भएको बहाना बनाउनु हुँदैन। हाम्रो आन्दोलनात्मक गतिविधिहरूको विरूद्ध यसप्रकारको अभियोगको गंजाइश रहनुहुँदैन कि हामी मजदूरहरूलाई मूर्खतापूर्ण हड्तालहरू वा अन्य अबुझ कार्वाहीहरूको लागि हलचल मच्चाउँछौं र उक्साउँदछौं। संघर्षरत जनताहरूको बीचमा कम्युनिष्टहरूले उनीहरू हिम्मतिला र संघर्षमा प्रभावकारी भूमिका निभाउने मानिस हुन् भन्ने प्रतिष्ठा आर्जित गर्ने चेष्ठा गर्नुपर्दछ।

आंशिक मागहरूको लागि लड्न सिक्नुपर्दछ

२५) दैनिक जिन्दगीका केही सबभन्दा मामुली सवालहरूमा ट्रेड-यूनियन आन्दोलनभित्र काम गर्ने कम्युनिष्ट सेलहरू (वा फ्र्याक्सनहरू) ले व्यवहारमा स्वयंलाई लगभग असहाय सिद्ध गरेका छन्। साम्यवादका सामान्य सिद्धान्तहरूको बारेमा प्रवचन गर्दै जानु र त्यसपछि ठोस सवाल सामन्ने आउँदा साधारण संघधिपत्यवादीहरूको नकारात्मक दृष्टिकोणको चक्करमा फस्न सजिलो त हुन्छ तर उपयोगी हुँदैन। यो व्यवहार केवल पहेलो आम्स्टर्डम अन्तर्राष्ट्रिय*(*“आम्स्टर्डम अन्तर्राष्ट्रिय” दोस्रो अन्तर्राष्ट्रियको  नै एक अर्को नाम हो। यो कार्ल काउत्सकी र अन्यका सामाजिक जनवादका विचारधाराहरूलाई मान्ने यूरोपीय पार्टीहरूको  अन्तर्राष्ट्रिय संघ थियो, जसले प्रथम विश्वयुद्धको क्रममा विश्व सर्वहारा क्रान्तिको लक्ष्यसँग गद्दारी गरी ‘पितृभूमिको रक्षा’ को अन्धराष्ट्रवादी नारा दिएको थियो र साथै राज्य र क्रान्ति विषयक मार्क्सवादका आधारभूत शिक्षाहरू र  सर्वहारा अन्तर्राष्ट्रियतावादको  परित्याग गरी मध्यमार्गी वा दक्षिणपन्थी अवसरवादी  वा संशोधनवादी अवस्थिति अपनाएको थियो। ट्रेडयूनियन आन्दोलनमा यिनीहरू  कुलीन मजदूरहरूको र मध्यमवर्गको प्रतिनिधित्व गर्दथे र यिनीहरूका यूनियनहरू केवल अर्थवादी संघर्ष र सुधार-सम्झौताको  राजनीति गरी सर्वहारा वर्गको क्रान्तिकारी चेतना र राजनीतिक संघर्षको धार चम्काएर पूँजीपति वर्गको  सेवा गर्थे र आज पनि गरिरहेका छन्।) को हातमा खेल्नु बराबर हो।

यसको विपरीत कम्युनिष्टहरूले आफ्नो व्यवहारमा प्रत्येक प्रश्नको व्यावहारिक पक्षको सावधानीपूर्वक गरिएका अध्ययनबाट मात्र निर्देशित हुनुपर्दछ।

उदाहरणस्वरूप सबै कामकाजी सम्झौता (तलव र कामको अवस्थासँग सम्बन्धित) को सैद्धान्तिक रूपमा विरोध गरी आफूलाई सन्तुष्ट गर्नुको सट्टा उनीहरूले आम्स्टर्डम अन्तर्राष्ट्रियका नेताहरूको सिफारिस अनुसार  भएका विशेष प्रकारका सम्झौताहरू (तलब सम्बन्धी सम्झौताहरू) लाई लिएर हुने संघर्षको नेतृत्व गर्नुपर्दछ। अवश्य के आवश्यक छ भने सर्वहाराको क्रान्तिकारी तत्परताको मार्गमा खडा गरिने कुनै पनि अवरोधको भर्त्सना गरिनुपर्दछ र त्यसको प्रतिरोध गरिनुपर्दछ र के पनि सर्वविदित छ भने पूँजीपतिहरू र उनीहरूका आर्म्स्टर्मपन्थी भाडाका टट्टुहरूको उद्देश्य हरेक प्रकारका कामकाजी सम्झौताहरूमा मजदूरहरूको हात बाँध्ने हुन्छ। त्यसकारण कम्युनिष्टहरूको कर्तव्य उनीहरूले यसप्रकारका सम्झौताहरूको वास्तविकताको बारेमा मजदूरहरूलाई सावधान गर्नु हुन्छ। कम्युनिष्टहरूले मजदूरहरूको मार्गमा बाधा नपर्ने यस्ता सम्झौताहरूको वकालत गरी यो कामलाई सबभन्दा राम्रो ढंगले परिणाम दिन सक्दछन्।

ट्रेड-यूनियन संगठनहरूद्वारा बेरोजगारी, बिमारी र अन्य मामिलाहरूमा हासिल गरिएका सुविधाहरूको बारेमा पनि यही गरिनुपर्दछ। संघर्ष-कोषको स्थापना हड्ताली तलब दिनु, आदि स्वयंमा यस्ता कदम हुन्, जसको समर्थन गरिनुपर्दछ।

त्यसकारण यस्ता कार्वाहीहरूको सैद्धान्तिक रूपमा विरोध गर्नु गलत हुन्छ। तर कम्युनिष्टहरूले मजदूरहरूको सामु यो स्पष्ट गरिदिनुपर्दछ कि यसप्रकारका कोषहरूको संग्रह गर्ने र तिनीहरूको प्रयोग गर्ने आम्स्टर्डवादी नेताहरूद्वारा बताइएका तरीका मजदूर वर्गका सबै हितहरूको विरूद्ध छन्। बिमारीको लाभ, आदिको सम्बन्धमा कम्युनिष्टहरूले मजदूरहरूको तलबमा एक हिस्सा लिने व्यवस्था तथा स्वेच्छाको आधारमा जम्मा गरिने कोषहरूको सम्बन्धमा लागू गरिएका सबै अनिवार्यताका शर्तहरूलाई खत्तम गर्ने कुरामा जोड दिनुपर्दछ। तर पनि केही ट्रेडयूनियन सदस्य स्वयं अंशदान गरी बिमारीको लाभ हासिल गर्न इच्छुक छन् भने यसलाई यसरकाण सीधैं रोकिनु हुँदैन कि यसबाट मानिसहरूद्वारा हामीलाई गलत ठान्ने शंका रहोस्। घनिभूत व्यक्तिगत प्रचारद्वारा यस्ता मजदूरहरूलाई उनीहरूको निम्नपूँजीवादी धारणाहरूबाट मुक्त गरी आफ्नो पक्षमा गर्नु आवश्यक हुन्छ।

संशोधनवादी र सुधारवादी ट्रेडयूनियन नेताहरूको ठोस ढंगले पर्दाफास गर्नुपर्दछ

२६) सामाजिक जनवादीहरू र निम्न पूँजीवादी ट्रेडयूनियन नेताहरू तथा विभिन्न लेवर पार्टीका नेताहरूको विरूद्ध संघर्षमा सम्झाउने-बुझाउने भन्दा बढी आशा गर्न सकिंदैन। उनीहरूको विरूद्ध संघर्ष धेरै जोडपूर्वक चलाइनुपर्दछ र यसको सबभन्दा राम्रो तरीका के हो भने उनीहरूलाई तिनीहरूका अनुयायीहरूद्वारा अलग गरिदिइनुपर्दछ र मजदूरहरूलाई पूँजीवादका हातमा खेलिरहेका यी गद्दार समाजवादी नेताहरूको असली चरित्रसँग परिचित गराइदिनुपर्दछ। कम्युनिष्टहरूले यी तथाकथित नेताहरूको पर्दाफाँस गर्न दृढतापूर्वक कोशिस गर्नुपर्दछ र यिनीहरूमाथि सर्वाधिक प्रचण्ड तरीकाले आक्रमण गर्नुपर्दछ।

यी आम्स्टर्डमपन्थी नेताहरूलाई केवल पहेलो भन्नु कुनै पनि हालतमा पर्याप्त हुँदैन। लगातार तथा व्यावहारिक उदाहरणद्वारा यिनीहरुको “पहेलोपन” लाई प्रमाणित गर्नुपर्दछ। ट्रेडयूनियनहरूमा, राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रमिक व्यूरोमा,  पूँजीवादी मन्त्रिपरिषदहरूमा तथा प्रशासनहरूमा उनीहरूको गतिविधिहरूमा, सम्मेलन तथा संसदहरूमा उनीहरूका गद्दारी पूर्ण भाषणहरूमा, उनीहरूको भारी प्रेस वक्तव्यहरू र लिखित सन्देशहरूमा निकृष्ट उपदेशहरूमा र सबभन्दा बढी (तलबमा धेरै सामान्य बढोत्तरीसम्मको संघर्षसहित) सबै संघर्षहरूमा उनीहरूका ढुलमुलपन र हिच्किचाहटले भरिएका रवैयामा हामीलाई लगातार यस्ता अवसर मिल्नेछन् कि सीधासादा भाषण र प्रस्तावहरूद्वारा उनीहरूको गद्दार व्यवहारको पर्दाफास गर्न सकियोस्।

फ्र्याक्सनहरूले आफ्ना व्यवहारिक अग्रगामी गतिविधिहरू सुव्यवस्थित ढंगले संचालन गर्नुपर्दछ। कम्युनिष्टहरूले ट्रेडयूनियनहरूका ती साना पदाधिकारीहरूद्वारा गरिने बहानाहरूलाई आफ्नो प्रगति अभियानमा बाधा बन्न दिनु हुँदैन, जसले आफ्ना इमान्दार अभिप्रायको बावजुद केवल आफ्नो कमजोरीको कारण नियम-कानूनहरू, यूनियनका फैसलाहरू र आफ्ना बरिष्ठ पदाधिकारीहरूका निर्देशनहरूको आड लिने गर्दछन्। यसको विपरीत उनीहरूले नोकरशाही यन्त्रहरूद्वारा मजदूरहरूको मार्गमा खडा गरिएका सबै वास्तविक र काल्पनिक बाधाहरूलाई हटाउने मामिलामा तल्लो स्तरका अधिकारीहरूद्वारा सन्तोषप्रद कार्यमा जोड दिनुपर्दछ।

फ्र्याक्सनहरूले यसरी काम गर्नुपर्दछ

२७)ट्रेडयूनियन संगठनहरूका सम्मेलनहरूमा वा बैठकहरूमा कम्युनिष्टहरूको सहभागिताको लागि फ्र्याक्सनलाई सावधानीपूर्वक तयारी गर्नुपर्दछ। उदाहरणको रूपमा,  उनीहरूले प्रस्तावहरूको सविस्तार प्रतिपादन गर्नुपर्दछ, वक्ताहरू र वकिलहरूको ठीक-ठीक चुनाव गर्नुपर्दछ तथा चुनावमा सक्षम, अनुभवी र ऊर्जावान (चुस्तदुरूस्त र मेहनती) कमरेडहरूलाई उठाउनुपर्दछ।  

कम्युनिष्ट संगठनले आफ्ना फ्र्याक्सनहरूको माध्यमबाट मजदूरहरूका सबै बैठकहरू, चुनावी सभाहरू, प्रदर्शनहरू, राजनीतिक उत्सवहरू र विरोधी संगठनहरूका यस्तै सबै आयोजनाहरूको सम्बन्धमा सावधानीपूर्वक तयारी गर्नुपर्दछ। जहाँसुकै मजदूरले आफ्ना बैठकहरू आयोजित गर्दछन् तिनीहरूलाई स्रोताहरूको बीचमा पर्याप्त संख्यामा समूहहरूमा कम्युनिष्टहरूलाई फैल्याइदिनुपर्दछ तथा प्रचारको सन्तोषजनक परिणामलाई सुनिश्चित गर्नको लागि सबै तयारीहरू गर्नुपर्दछ।

मजदूरहरूका सबै संगठनहरूमा काम गर्नुपर्दछ

२८) कम्युनिष्टहरूले असंगठित र पिछडिएका मजदूरहरूलाई पार्टी पंक्तिमा स्थायी रूपमा कसरी सामेल गर्ने भन्ने कुरा पनि सिक्नुपर्दछ। आफ्ना फ्र्याक्सनहरूको सहायताले हामीले मजदूरहरूलाई ट्रेडयूनियनहरूमा सामेल हुने र आफ्नो पार्टीका मुखपत्रहरूलाई पढ्नको लागि प्रेरित गर्नुपर्दछ। शिक्षा समितिहरू, अध्ययन सर्कलहरू, खेलकुद क्लबहरू, नाट्य समितिहरू, सहकारी समितिहरू, उपभोक्ता संघहरू वा युद्ध पीडितका संघहरू,आदि जस्ता अन्य संगठनहरूलाई आफ्नो (अर्थात् कम्युनिष्ट पार्टी) र मजदूरहरूको बीचमा मध्यवर्तीको रूपमा प्रयोग गर्न सकिन्छ। जहाँ कम्युनिष्ट पार्टी गैरकानूनी ढंगले काम गरिरहेको हुन्छ, त्यहाँ यसप्रकारका मजदूर यूनियनहरू पार्टी बाहिर पार्टीका सदस्यहरूको पहलकदमीबाट अझ नेतृत्वदायी पार्टी कमिटीहरूको सहमतिबाट र तिनीहरूकै नियन्त्रणमा गठन गर्न  सकिन्छ।

राजनीतिप्रति असम्बद्ध सर्वहारा वर्गका धेरै मानिसहरूमा रूची जगाउन र त्यसपछि कालान्तरमा उनीहरूलाई कम्युनिष्ट पार्टीमा ल्याउनमा कम्युनिष्ट युवा संगठन र महिला संगठन पनि लाभदायक हुन सक्दछन्। यो काम यी संगठनहरूले आफ्ना शैक्षिक पाठ्यक्रमहरू, अध्ययन चक्रहरू, भ्रमण कार्यक्रमहरू, समारोह तथा बिदाका भ्रमणहरू, आदिको माध्यमबाट, पर्चाहरूको वितरणको माध्यमबाट, र पार्टी मुखपत्रको खपत बढाउने, आदिद्वारा गर्न सक्दछन्। आम आन्दोलनहरूमा सहभागी भएर मात्र मजदूरहरू आफ्ना निम्न पूँजीवादी (अर्थात् मध्यमवर्गीय) प्रवृत्तिहरूबाट मुक्त हुन सक्नेछन्।

निन्म-पूँजीवादी हिस्साहरूलाई आफ्नो पक्षमा ल्यानुपर्दछ

२९) क्रान्तिकारी सर्वहाराको सहानुभूतिहरूको रूपमा मजदूरहरूका अर्धसर्वहारा हिस्साहरूलाई आफ्नो पक्षमा ल्याउनको लागि तथा मध्यमपन्थी समूहरूको सर्वहारा वर्गप्रति अविश्वास हटाउनको लागि कम्युनिष्टहरूले भूस्वामीहरू, पूँजीपतिहरू र पूँजीवादी राज्यसँग तिनीहरूका विशेष शत्रुतापूर्ण अन्तर्विरोधहरूको प्रयोग गर्नुपर्दछ। यसको लागि उनीहरूसँग लामो कुराकानीको, उनीहरूका आवश्यकताहरूप्रति सुझबुझपूर्ण सहानुभूतिको तथा दुःखको समयमा उनीहरूलाई निशुल्क सहायता र परामर्श दिने आवश्यता पर्न सक्दछ। यी सबैबाट कम्युनिष्ट आन्दोलनप्रति उनीहरूमा विश्वास पैदा हुनेछ। कम्युनिष्टहरूले ती विरोधी संगठनहरूका हानिकारक प्रभावहरूलाई समाप्त गर्नको लागि काम गर्नुपर्दछ, जुन उनीहरूका जिल्लामा वर्चस्वकारी स्थितिमा हुन्छन् वा जसको श्रमजीवी किसान जनसंख्यामा, घरेलु उद्योगहरूमा काम गर्ने मानिहरूमा वा अन्य अर्धसर्वहारा वर्गहरूमा प्रभाव हुन्छ। शोषितहरू स्वयंको तिक्तापूर्ण अनुभवहरुबाट जसलाई सम्पूर्ण अपराधी पूँजीवादी व्यवस्थाको प्रतिनिधि वा साक्षात मूर्त रूप ठान्दछन्, ती मानिहरूलाई पर्दाफास गर्नु आवश्यक हुन्छ। कम्युनिष्ट आन्दोलन (आन्दोलनपरक प्रचार) को क्रममा दैनिकका ती सबै घटनाहरूको होशियारीपूर्वक र जोडदार ढंगले प्रयोग गरिनुपर्दछ, जसले राज्यले नोकरशाही र निम्न पूँजीवादी जनवाद तथा न्यायका आदर्शहरूको बीचमा टकरावको स्थिति उत्पन्न गर्दछ।

प्रत्येक स्थानीय ग्रामीण संगठनले आफ्नो जिल्लाका सबै गाउँहरू, वासस्थानहरू र छरिएका वस्तीहरूमा कम्युनिष्ट प्रचारप्रसारको लागि घर-घर घुमेर प्रचार गर्ने काम सावधानीपूर्क आफ्ना सदस्यहरूमा बाँडिदिनुपर्दछ।

सशस्त्र सेनाहरूमा कार्य

३०) पूँजीवादी राज्यहरूका सशस्त्र सेनाहरू र नौसेनाहरूको बीचमा प्रचारको तरीका प्रत्येक देशको विशेष परिस्थितिहरू अनुकूल हुनुपर्दछ। शान्तिवादी प्रकृतिको सैन्यवाद विरोधी आन्दोलन (आन्दोलनपरक प्रचार) अत्यन्त हानिकारक हुन्छ र यसले सर्वहारा वर्गलाई निशस्त्र गर्ने पूँजीवादी वर्गका प्रयासहरूको मद्दत गर्दछ। सर्वहारा वर्ग सैद्धान्तिक रूपमा पूँजीपति वर्गको हरेक प्रकारको सामरिक (वा सैन्य) संस्थाहरूलाई खारेज गर्दछ र सामान्यतः पूर्ण शक्तिका साथ यसो गर्दछ। तर पनि मजदूरहरूलाई भविष्यका क्रान्तिकारी लडाइँहरूको सैनिक प्रशिक्षण दिनको लागि उसले यी संस्थाहरू (सेना, राइफल, क्लब, नागरिक सुरक्षा संगठन, आदि) को प्रयोग गर्दछ। त्यसकारण घनिभूत राजनीतिक आन्दोलन (वा आन्दोलनपक प्रचार) को धार युवाहरू र मजदूरहरूको सैनिक प्रशिक्षणको विरूद्ध होइन, बरू सैन्यवादी सत्ता र अधिकारीहरूको प्रभुत्वको विरूद्ध केन्द्रित हुनुपर्दछ। मजदूरहरूलाई हतियारले लैस गर्ने प्रत्येक संभावनाको बढी तत्परतापूर्वक लाभ उठाउनुपर्दछ।

अधिकारीहरूको भौतिक रूपले सुविधाजनक स्थितिहरू, साधारण सैनिकप्रति खराब व्यवहार र उनीहरूको जीवनको सामाजिक असुरक्षा, आदिको रूपमा प्रकट हुने वर्ग अन्तर्विरोधहरूलाई सैनिकहरूको बीचमा बढीभन्दा बढी स्पष्ट गरिनुपर्दछ। यसको अतिरिक्त आन्दोलनपरक प्रचारको माध्यमबाट आम सैनिकहरूको बीचमा उनीहरूको भविष्य अटुट रूपले शोषित वर्गहरूको नियतिसँग जोडिएको छ भन्ने तथ्यलाई स्पष्ट गरिदिनुपर्दछ। प्रारम्भिक क्रान्तिकारी उद्वेलनको अपेक्षाकृत उन्नत क्रममा साधारण सैनिकहरू र नौसैनिकहरूद्वारा आफ्ना अधिकारीहरूको जनवादी ढंगले चुनाव गर्ने  र सैनिक परिषदहरूको गठन गर्ने माग पूँजीवादी शासनको आधारलाई कमजोर गर्नमा विशेष लाभदायक सिद्ध हुन सक्दछ।

पूँजीपति वर्गद्वारा वर्गयुद्धमा प्रयोग गरिने छानिएका सैनिक टुकडीहरू र विशेषगरी सशस्त्र स्वयंसेवक जत्थाहरूको विरूद्धमा आन्दोलनात्मक प्रचारको कार्वाहीको बेलामा सर्वाधिक सतर्कता र अधिकतम् सावधानी अपनाउनु सँधैं आवश्यकता हुन्छ।

जब यी सेनाहरू र जत्थाहरूको सामाजिक संरचना र भ्रष्ट आचरण अनुसार यस्तो अवसर उत्पन्न हुन्छ; तब (सेनामा) विघटनको स्थिति उत्पन्न गर्नको लागि आन्दोलनात्मक प्रचारको हरेक अनुकूल क्षणको उपयोग गरिनुपर्दछ। जहाँ यसको पूँजीवादी चरित्र उजागर हुन्छ, उदाहरणको रूपमा अधिकारीहरूको कोरमा, त्यहाँ सम्पूर्ण जनताको सामु  त्यसलाई पर्दाफास गर्नुपर्दछ तथा तिनीहरूलाई यति धेरै घृणा र सामाजिक तिरस्कारको पात्र बनाइदिनुपर्दछ  कि स्वयं आफ्नो अलगावको कारण उनीहरू भित्रैबाट विघटनको शिकार हुन्छन्।

(६)राजनीतिक संघर्षको संगठन

राजनीतिक अभियान यसरी  चलाउन सकिन्छ

३१) कम्युनिष्ट पार्टीको लागि यस्तो कुनै समय हुन सक्दैन जबकि त्यसको पार्टी संगठनले राजनीतिक कार्वाही गर्न नसकोस्।  प्रत्येक राजनीतिक र आर्थिक परिस्थितिको एवम् यी परिस्थितिहरूमा पैदा हुनै सबै मौकाहरूको प्रयोग गर्ने उद्देश्यबाट सांगठनिक रणनीति र रणकौशल विकसित गरिनुपर्दछ। पार्टी चाहे जतिसुकै कमजोर किन नहोस्, तर पनि त्यसले सुव्यवस्थित ढंगले चलाइने र कुशलपतापूर्वक संगठित परिवर्तनवादी प्रचारद्वारा उत्तेजनात्मक राजनीतक घटनाहरू वा समुच्च अर्थतन्त्रलाई प्रभावित गर्ने व्यापक हड्तालहरूको लाभ उठाउन सक्छ। एक पटक यदि पार्टीले कुनै परिस्थिति-विशेषको प्रयोग गर्ने फैसला लियो भने उसले आफ्ना सबै सदस्यहरू र पार्टी इकाईहरूको ऊर्जा यस अभियानमा केन्द्रित गरिदिनुपर्दछ।

यसको अतिरिक्त पार्टीले आफ्ना न्यूक्लियस र मजदूर समूहहरूका कामको माध्यमबाट जुन सम्पर्क बनाउँदछ, ती सबैको प्रयोग राजनीतिक महत्त्वको केन्द्रहरूमा जनसभाहरू आयोजित गर्ने हड्तालहरूका अनुवर्ती कामहरूको लागि गरिनुपर्दछ। पार्टी-वक्ताहरूले यो कुराको पूर्ण कोशिस गर्नुपर्दछ कि उनीहरूले श्रोताहरूलाई के विश्वास दिलाउनुपर्दछ भने केवल साम्यवादले मात्र उनीहरूको संघर्षलाई सफलताको मुकामसम्म पुर्याउन सक्दछ। पार्टीका विशेष आयोगहरूले यी बैठकहरूको पूरा तयारी गर्नुपर्दछ। यदि कुनै कारणले पार्टीले स्वयं आफ्नो बैठक आयोजना गर्न सकेन भने त्यसलाई हड्तालीहरूद्वारा वा संघर्षरत सर्वहारा वर्गका कुनै अन्य हिस्साद्वारा आयोजित आम सभाहरूलाई संबोधन गर्नको लागि उपयुक्त कमरेडहरूलाई अवश्य पठाउनुपर्छ।

जहाँसुकै कुनै बैठक वा त्यसको ठूलो हिस्सालाई हाम्रा मागहरूको समर्थनको लागि राजी गर्न सक्ने संभावना हुन्छ, तब यी मागहरूलाई राम्रोसँग सूत्रबद्ध गरिनुपर्दछ र मंजुरीको लागि पेश गरिने प्रस्ताव र संकल्पहरूको पक्षबाट सही-सटिक ढंगले तर्कहरू पेश गरिनुपर्दछ। यदि यस्ता प्रस्ताव पारित हुन्छन् भने हरेक कोशिस त्यही मामिलामा त्यही ठाउँ वा अर्को ठाउँ हुने सबै बैठकहरूमा बढीभन्दा बढी संख्यामा यस्ता प्रस्ताव वा संकल्प स्वीकार गर्ने र कम्तीमा एक बलियो अल्पमतद्वारा तिनीहरूको समर्थन गर्ने हुनुपर्दछ। यसप्रकारले हामी आन्दोलनमा श्रमिक जनतालाई गोलबन्ध गर्नमा सफल हुन सक्नेछौं, उनीहरूलाई आफ्नो नैतिक प्रभाव अन्तर्गत ल्याउन सक्नेछौं र उनीहरूको बीचमा आफ्नो नेतृत्वलाई मान्यता दिलाउन सक्नेछौं।

यस्ता बैठकहरू पछि जुन कमिटीहरूले यिनीहरूको सांगठनिक तयारीहरूमा भाग लिएका छन् र यस्ता अवसरहरूको लाभ उठाएका छन्, तिनीहरूलाई पार्टीको नेतृत्वकारी कमिटीको सामुन्ने पेश गर्न एक रिपोर्ट तयार गर्नको लागि तथा अनुभवहरू वा संभावित गल्तीहरूबाट भविष्यमा उचित नतिजा निकाल्नको लागि सम्मेलन आयोजना गरिनुपर्दछ। हरेक यस्ता परिस्थिति विशेष अनुसार मजदूरहरूका व्यावहारिक मागहरूलाई लिएर पोस्टर, पर्चा र सार्वजनिक सूचना निकालिनुपर्दछ, तिनीहरूलाई मजदूरहरूको बीचमा बाँडेर यी मागहरूलाई प्रचारप्रसार गरिनुपर्दछ र उनीहरू स्वयंका मागहरूको माध्यमबाट तिनीहरूको बीचमा कसरी कम्युनिष्ट नीतिहरू उनीहरूको परिस्थितिसँग मेल खान्छन् तथा उनीहरूमाथि लागू हुन्छन् भन्ने कुरा सावित गरिदिनुपर्दछ। पोस्टरहरूको सही विभाजनको लागि तथा तिनीहरूलाई लगाउनको लागि उपयुक्त स्थान र उचित समयको छनौट गर्नको लागि विशेष रूपले संगठित समूहहरूको आवश्यकता हुन्छ। पर्चाहरूको वितरण कारखानाहरू  भित्र वा तिनको सामुन्ने तथा ती सभा-भवनहरूमा हुनुपर्दछ, जहाँ मजदूर जम्मा हुन्छन्। पर्चाहरूको वितरण सँगसँगै आकर्षक नाराहरू लगाउनुपर्दछ र बहस गरिनुपर्दछ, जसबाट कुराहरू श्रमिक जनताका हरेक मानिसको दिमागमा बसून्। विस्तारपूर्वक लेखिएका पर्चा भरसक सभाभवनहरू, कारखानाहरू, आवासीय क्षेत्रहरू वा यस्तै अन्य स्थानहरूमा बाँडिनुपर्दछ, जहाँ मानिस छापिएका चीजहरूलाई उचित रूपले ध्यान दएर पढ्न सकून्।

यसरी प्रचारको साथसाथै संघर्षको क्रममा ट्रेडयूनियनका सम्पूर्ण बैठकहरू र कारखानाका सबै बैठकहरूमा समानान्तर कार्वाही पनि गरिनुपर्दछ। यसप्रकारका बैठकहरूमा उपयुक्त वक्ताहरू र बहस गर्नेहरूलाई जनसमुदायको सामुन्ने हाम्रो दृष्टिकोणको व्याख्या गर्ने कुनै मौका हातबाट जान दिनुहुँदैन, चाहे यी बैठकहरू हाम्रा कामरेडहरूद्वारा बोलाइएका हुन् वा अन्य कुनै कारणले हाम्रो अनुकूल होस्। हाम्रो पार्टीका पत्रिकाहरूलाई यसप्रकारका विशेष आन्दोलनहरूका खबरहरू तथा तिनीहरूको पक्षमा दिइएका असल तर्कहरूलाई छाप्नको लागि बढीभन्दा बढी स्थान उपलब्ध गराउनुपर्दछ। वास्तवमा सम्पूर्ण पार्टी संगठनलाई केही समयको लागि यसप्रकारकाको आन्दोलनको सामान्य उद्देश्यको सेवामा निकट गरिदिनुपर्दछ ताकि हाम्रा कामरेडहरूले अथक शक्तिसँगै काम गर्न सकून्।

कारखानाका न्यूक्लियस (केन्द्रकहरू) मा आधारित सचल नेतृत्व र संगठन सफल प्रदर्शनको कुँजी हो !

३२) प्रदर्शनहरूको लागि अत्यन्त सचल र आत्मत्यागी नेतृत्वको आवश्यकता हुन्छ, जो कुनै विशेष कार्वाहीको लक्ष्यको पूर्तिको लागि दृढसंकल्प हुन्छ र कुनै पनि समय अमुक प्रदर्शन आफ्नो उच्चतम् संभव प्रभावकारितासम्म पुगिसकेको छ वा त्यो विशेष परिस्थितिमा जनताको कुनै कदम – प्रदर्शन, हड्ताल वा अन्तत्वगत्वा आम हड्तालहरूको  माध्यमबाट आन्दोलनलाई अगाडि विस्तारित गरी अझ बढी घनिभूत गर्न सकिन्छ भन्ने कुरा आँक्ने क्षमता राख्दछ। युद्धको क्रममा शान्तिका लागि गरिएका प्रदर्शनहरूले हामीलाई के सिकाएका छन् भने यस्ता प्रदर्शनहरू विसर्जित भएपछि पनि यदि त्यो प्रश्न वास्तविक महत्त्वको हुन्छ र व्यापक जनसमुदायको लागि त्यसको अझ बढी रूचिको प्रश्न बन्नजाने संभावना हुन्छ भने एक सच्चा सर्वहारा पार्टीले, चाहे त्यो जतिसुकै सानो र गैरकानूनी किन नहोस्, आफ्नो मार्गबाट हट्नु पनि हुँदैन र चुप पनि बस्नु हुँदैन। सडकहरूमा गरिने प्रदर्शन त्यतिखेर बढी प्रभावकारी हुनसक्दछ, जब त्यसलाई ठूला कारखानाहरूको आधारमा संगठित गरिन्छ। जब हाम्रा न्यूक्लियस र कार्यकर्ता समूहहरूले मौखिक र पर्चाको माध्यमबाट गरिएका प्रचारद्वारा धेरै राम्रो तयारी गरी कुनै परिस्थिति-विशेषमा विचार र कार्वाहीको एक निश्चित एकता हासिल गरेका हुन्छन्, तब व्यवस्थापक कमिटीले कारखानाहरूका गुप्त पार्टी सदस्यहरू र न्यूक्लियस तथा कार्यकर्ता समूहका नेताहरूको एक सम्मेलन, निर्धारित मितिमा आयोजित हुने बैठकको समय एवम् कार्यक्रम तय गर्नको लागि साथै नारा तय गर्न आन्दोलनलाई घनिभूत गर्ने संभावना, त्यसलाई समाप्त गर्ने वा तितरबितर गर्ने समय, आदिको बारेमा फैसला लिने उद्देश्यले बोलाउनुपर्दछ। प्रदर्शनको मेरूदण्ड निश्चित रूपमा सुप्रशिक्षित, अनुभवी र लगनशील पदाधिकारीहरूको समूह हुनुपर्दछ, जुन कारखानाहरूबाट प्रदर्शनको आरम्भ हुनेदेखि लिएर प्रदर्शनको विसर्जन हुने समयसम्म जनसमुदायसँग घुलमिल हुन्छ।

जिम्मेवार पार्टी कार्यकर्ताहरूलाई जनसमुदायको बीचमा व्यवस्थित ढंगले छरिदिनुपर्दछ ताकि पदाधिकारीगणले एक-अर्कोसँग सक्रिय सम्पर्क कायम राख्न सकून् र आवश्यक राजनीतिकि निर्देशन दिइरहन सकून्। प्रदर्शनको यसप्रकारको सचल र राजनीतिक रूपमा संगठित नेतृत्व हुनुले नै यो प्रभावकारी ढंगले संभव हुन सक्छ कि यस्ता प्रदर्शनहरूलाई लगातार नयाँ-नयाँ रूप दिन सकियोस् र तिनीहरूको परिणामस्वरूप यिनीहरूले घनिभुत भएर अझ ठूलो स्तरको जनकार्वाहीको रूप लिन सकून्।

मजदूर वर्गको संयुक्त संघर्षहरूको संगठन तथा सुधारवादीहरूको अलगाव

३३) जुन कम्युनिष्ट पार्टी आन्तरिक रूपमा दृढ छ, जसमा प्रज्वलित पदाधिकारीहरूको एक टुकडी विद्यमान छ र जनताको बीचमा जसको पर्याप्त आधार विद्यमान छ, ती पार्टीहरूलाई व्यापक अभियान चलाएर मजदूर वर्गका गद्दार समाजवादी नेताहरूको प्रभावलाई पूर्ण रूपले समाप्त गरिदिने र कम्युनिष्ट झण्डा मुनि श्रमिक जनसमुदायको बहुसंख्यालाई गोलबन्द गर्ने हरेक कोशिस गर्नुपर्दछ। अभियानहरूलाई विभिन्न तरीकाबाट कुन कुरालाई ध्यानमा राख्दै संगठित गरिनुपर्दछ भने परिस्थिति साँच्चै वास्तविक लडाइँ अनुकूल छ, वा अझै अस्थायी विरामको काल चलिरहेको छ। यदि परिस्थिति साँच्चै वास्तविक लडाइँको अनुकूल छ भने कम्युनिष्ट सक्रिय हुन्छन् र आफूलाई सर्वहारा आन्दोलनको अग्रपंक्तिमा उभ्याउँदछन्।

यस्ता कार्वाहीहरूको लागि  सांगठनिक पद्धतिहरूको चुनाव गरेको बेलामा पार्टीको आन्तरिक बनावटले पनि एक निर्णायक उपादानको रूपमा काम गर्दछ।

उदाहरणको रूपमा, जर्मनीमा सर्वहारा वर्गको सामाजिक रूपले निर्णायक हिस्सालाई जर्मन कम्युनिष्ट पार्टीको पक्षमा (जुन एक जनपार्टी थियो) ल्याएर खडा गर्नको लागि तथाकथित “खुला पत्र” प्रकाशित गर्ने तरीका प्रयोग गरिएको थियो, जुन अन्य देशहरूको तुलनामा त्यहाँको लागि धेरै प्रभावकारी थियो। यो तरीका अपनाएर जर्मनीको कम्युनिष्ट पार्टीले बढ्दो निराशा र तीव्र हुँदै गएको वर्गसंघर्षको कालमा  गद्दार समाजवादी नेताहरूलाई पर्दाफास गर्नको लागि सर्वहारा वर्गका अन्य जनसंगठनहरूलाई संबोधन गर्यो, जसको उद्देश्य के थियो भने सम्पूर्ण सर्वहारा वर्गको सामुन्ने उनीहरूलाई स्पष्ट सोधियोस् कि के उनीहरू (गद्दार समाजवादी नेता) सर्वहारा वर्गको स्पष्ट देखिने बर्बादीको विरूद्ध र त्यसको सानोभन्दा सानो मागको लागि पनि, यहाँसम्म कि रोटीका केही टुक्राहरूको लागि पनि आफ्ना तथाकथित शक्तिशाली संगठनहरूलाई साथ लिएर कम्युनिष्ट पार्टीसँग काँधमा काँध मिलएर संघर्षको मैदानमा आउनलाई तयार छन् ?

कम्युनिष्ट पार्टीले जहाँसुकै पनि यसप्रकारको अभियानको शुरूवात गर्दछ भने उसले आफ्ना यस्ता कार्वाहीको पहुँच मजदूर वर्गको जनसंख्यासम्म बनाउनको लागि पूर्ण रूपमा सांगठनिक तयारीहरू गर्नुपर्दछ।

कारखानाका सबै पार्टी समूहहरू र पार्टीका ट्रेडयूनियन पदाधिकारीहरूले के गर्नु आवश्यक छ भने सर्वहारा वर्गका सबभन्दा जरूरी मागहरूलाई प्रतिनिधित्व गर्ने पार्टीद्वारा उठाइएका मागहरूमा, आफ्ना पछिका फ्याक्ट्री वा ट्रेडयूनियन बैठकहरूमा तथा सबै सार्वजनिक सभाहरूमा पनि, यसप्रकारका बैठकहरूको लागि पूरा तयारी गरी बहस गराउनुपर्दछ। जनसमुदायको अनुकूल मानसिक स्थितिको लाभ उठाउनको लागि सबै ठाउँमा पर्चा, विज्ञापन र पोस्टर बाँडिनुपर्दछ। जहाँ हाम्रा न्यूक्लियस र समूह जनसमुदायलाई हाम्रा मागहरूको पक्षमा ल्याएर उभ्याउने कोशिस गरिरहेका छन्, ती सबै ठाउँहरूमा यो काम प्रभावकारी ढंगले हुनुपर्दछ। हाम्रा पार्टी-प्रेस (अर्थात् पार्टीका पत्रिकाहरू र प्रकाशनहरूलाई) लाई, यस्ता अभियानका समुच्च क्रममा आन्दोलनका समस्याहरूमा, दैनिक लेखिएका साना-ठूला लेखहरूको माध्यमबाट, हरसंभव दृष्टिकोणले समस्याको हरेक पक्षलाई हेर्दै लगातार प्रकाश पारिनुपर्दछ। संगठनले यस्ता लेखहरूको लागि पार्टीका पत्रिकाहरूलाई लगातार सामग्री दिइरहनुपर्दछ र कुन कुरामाथि गहिरो दृष्टि दिनुपर्दछ भने पार्टीको यो अभियानलाई अगाडि बढाउनको लागि गरिरहिएका प्रयासहरूमा पत्रिकाहरूका सम्पादकगण कतै पछाडि नछुटुन्। यस्ता संघर्षहरूलाई अगाडि बढाउनको लागि पार्टीका संसदीय समूहहरू र नगर प्रतिनिधिहरूले पनि व्यवस्थित ढंगले काम गर्नुपर्दछ। विभिन्न संसदीय निकायहरूमा पार्टी नेतृत्वको निर्देशन अनुसार प्रस्ताव वा संकल्प पेश गर्ने माध्यमबाट उनीहरूले यो आन्दोलनलाई बहसको मुद्दा बनाउने कोशिस गर्नुपर्दछ। यी प्रतिनिधिहरूले स्वयंलाई संघर्षरत समुदायको सचेत सदस्य र वर्गदुश्मनहरूको खेमामा उनीहरूका हितहरूको प्रवक्ता ठान्नुपर्दछ तथा जिम्मेवार पदाधिकारी र पार्टी कार्यकर्ता ठान्नुपर्दछ।

यदि पार्टीका समस्त शक्तिहरूको एकताबद्ध र संगठनात्मक रूपले सुदृढ कार्वाहीहरू केही हप्ताभित्र हाम्रा मागहरूको समर्थनमा ठूलो संख्यामा र लगातार बढ्दो संख्यामा प्रस्ताव मन्जुर गराउनमा सफल हुन्छन् भने हाम्रो पार्टीको यो गम्भीर सांगठनिक कार्यभार हुनेछ कि तिनीहरूले हाम्रा मागहरूप्रति समर्थन प्रकट गर्ने जनसमुदायलाई गोलबन्द गरिदिनुपर्दछ। यदि आन्दोलनले एक विशेष ट्रेडयूनियन चरित्र अपनाउँछ भने यस्ता प्रयासहरू गरिनुपर्दछ, जसमा ट्रेडयूनियनहरूमा हाम्रो सांगठिनक प्रभाव बढोस् भन्ने कुरा सबभन्दा बढी आवश्यक हुन्छ।

यस अनुसार ट्रेडयूनियनभित्र काम गर्ने हाम्रा समूहहरूलाई, स्थानीय ट्रेडयूनियन नेताहरूको विरुद्ध पूर्ण तयारीको आधारमा प्रत्यक्ष कार्वाही गर्नुपर्दछ, जबाट या त यी नेताहरूको प्रभाव नै समाप्त हुन्छ, र  नभए यी हाम्रा पार्टीका मागहरूको आधारमा एक संगठित संघर्ष छोड्नको लागि बाध्य हुन्छन्। जहाँसुकै पनि फ्याक्ट्री काउन्सिल, औद्योगिक कमिटीहरू वा यस्ता अन्य संस्थाहरू विद्यमान छन्, त्यहाँ हाम्रा समूहहरूले यिनीहरूका पूर्णाधिवेशनहरूलाई यसकारण प्रभावित गर्ने भरपुर कोशिस गर्नुपर्दछ कि उनीहरूले संघर्षको समर्थन गर्ने पक्षमा फैसला लिउन् । यदि कुनै एक स्थानीय संगठनलाई कम्युनिष्ट नेतृत्वमा सर्वहारा वर्गद्वारा चलाइरहिएका मात्र रोजगारीको आन्दोलनको समर्थन गर्नको लागि प्रभावित गरिसकिएको हुन्छ भने ती सबैलाई आम सम्मेलनहरूमा एकताबद्ध गरिनुपर्दछ, जसमा कारखाना-बैठकहरूका विशेष प्रतिनिधिहरू पनि सामेल हुन्छन्; र यस्ता सम्मेलनहरूमा आन्दोलनको पक्षमा प्रस्ताव पारित गरिनुपर्दछ।

(७)नयाँ नेतृत्व

यस ढंगले कम्युनिष्ट प्रभाव अन्तर्गत सुदृढीकृत नयाँ नेतृत्वले संगठित मजदूरहरूको सक्रिय समूहहरूको यसप्रकारको एकताबाट नयाँ शक्ति हासिल गर्दछ; र यो नयाँ शक्तिको उपयोग समाजवादी पार्टीहरू र ट्रेडयूनियनहरूको नेतृत्वलाई नयाँ स्फूर्ति प्रदान गर्नमा वा त्यसपछि त्यसलाई पूर्ण रूपले पर्दाफास गर्नमा गरिनुपर्दछ।

हाम्रो पार्टीका आफ्ना सबभन्दा राम्रा संगठन भएका ती क्षेत्रहरूमा, र जहाँ त्यसले आफ्ना मागहरूको पक्षमा अधिकतम् समर्थन हासिल गरेको छ, त्यहाँ हामीले स्थानीय ट्रेडयूनियनहरू र औद्योगिक परिषदहरूमाथि संगठित दबाव पारेर यी क्षेत्रहरूका सबै छिटपुट आर्थिक संघर्षहरू तथा अन्य समूहहरूका विकसित भइरहेका आन्दोलनहरूलाई एकताबद्ध गरी एक समन्वित संघर्षको रूप दिनमा निश्चित रूपमा सफलता आर्जित गर्नुपर्दछ।

यसपछि यो आन्दोलनको तर्फबाट, अलग-अलग व्यवसायहरूका विशिष्ट हितहरूबाट अलग हटेर, कुनै निश्चित आम आधारभूत भागहरूलाई सूत्रबद्ध गरिनुपर्दछ र त्यसपछि जिल्लामा रहेका तमाम संगठनहरूको एकताबद्ध शक्तिको प्रयोग गर्दै यी मागहरूलाई हासिल गर्ने कोशिस गर्नुपर्दछ। त्यसपछि यसप्रकारको आन्दोलनमा कम्युनिष्ट पार्टीले आफूलाई संघर्षको लागि तयार सर्वहारा वर्गको नेता सिद्ध गर्न सक्नेछ, जबकि ट्रेडयूनियन नोकरशाही र समाजवादी पार्टी, जसले यो एकताबद्ध संगठित  संघर्षको विरोध गर्नेछन्, उनीहरू असली रूपमा केवल राजनीतिक रूपमा मात्र होइन, बरू व्यवहारिक सांगठनिक दृष्टिकोणबाट पनि पर्दाफास हुनेछन्।

तीव्र संकटको समयमा घटनाक्रमलाई यसरी प्रभावित गरिन्छ

३४) यस्ता गम्भीर राजनीतिक र आर्थिक संकटहरूको क्रममा, जसको परिणामस्वरूप नयाँ आन्दोलनले जन्म लिन्छन्, कम्युनिष्ट पार्टीले जनसमुदायमाथि आफ्नो नियन्त्रण कायम गर्ने कोशिस गर्नुपर्दछ। केही खास मागहरूलाई उठाउनुको सट्टा समाजवादी पार्टीहरू र ट्रेडयूनियनका सदस्यहरूसँग यो अपिल गर्नु र उनीहरूलाई सम्झाउनु शायद धेरै राम्रो हुन्छ कि उनीहरूका नोकरशाह नेताहरूद्वारा निर्णायक संघर्षमा छरपष्ट भइ भाग्ने कोशिसहरूको बावजुद कसरी मुश्किल र अपराधले उनीहरूलाई मालिकको विरूद्धमा अनिवार्य संघर्षमा झोकिदिएको छ।

पार्टीका मुखपत्रहरू, खासगरी दैनिक अखवारहरूले त दैनिक कुन कुरामा जोड दिनुपर्दछ भने कम्युनिष्ट कष्टप्रद मजदूरहरू आउने र वास्तविक संघर्षमा नेतृत्व दिनको लागि तयार छन्, उनीहरूका जुझारू संगठन कुनै पनि गम्भीर परिस्थितिमा, जहाँ संभव हुन्छ, सबै उत्पीडितहरूलाई सहयोग गर्नको लागि तयार छन्। दिनप्रतिदिन कुन कुरामाथि पनि संकेत गरिनुपर्दछ भने पुराना संगठनहरूद्वारा यी संघर्षहरूबाट भाग्ने र तिनीहरूमा रोकावट पुर्याउने कोशिहरूका बाबजुद, यी संघर्षहरू बेगर मजदूरहरूको बाँच्न लायक परिस्थितिहरूको निमार्णको कुनै संभावना छैन।

ट्रेडयूनियनहरू र औद्योगिक संगठनहरूभित्र काम गर्ने कम्युनिष्ट फ्र्याक्सनहरूले कम्युनिष्टहरूको आत्मत्यागपूर्ण तत्परतामाथि लगातार जोड दिइरहनुपर्दछ र उनीहरूलाई आफ्ना साथी मजदूरहरूको सामुन्ने पनि संघर्षबाट बच्न सकिंदैन भन्ने कुरा स्पष्ट गरिदिनुपर्दछ। तर मुख्य कार्य यो परिस्थितिबाट पैदा हुने संघर्ष र आन्दोलनहरूलाई एकताबद्ध गर्नु र बलियो बनाउनु हो। उद्योगहरू र शिल्पकारीहरूका ती न्यूक्लियस र फ्र्याक्सनहरूलाई, जो संघर्षको दायरामा तानिएका छन्, केवल एक-अर्कोसँग घनिष्ठतम् सांगठनिक सम्बन्ध कायम राख्ने मात्र होइन, बरू जिल्ला कमिटी र केन्द्रीय कमिटीद्वारा यस्ता पदाधिकारीहरू र जिम्मेवार कार्यकर्ताहरूलाई उपलब्ध गराएर सबै आन्दोलनको नेतृत्व पनि गर्नुपर्दछ, जसले ती संघर्षहरूमा पहिलेदेखि लागेका मानिसहरूसँग काँधमा काँध मिलाएर आन्दोलनलाई नेतृत्व प्रदान गर्न सक्दछन्, संघर्षलाई व्यापक र घनिभुत बनाउन सक्दछन् तथा धेरै ठूलो क्षेत्रमा त्यसको प्रसार गर्न सक्दछन्। हरेक संगठनको मुख्य कर्तव्य के हो भने त्यसले सबै विभिन्न प्रकारका संघर्षहरूको समान चरित्रलाई बताउनुपर्दछ र त्यसमाथि जोड दिनुपर्दछ, ताकि आवश्यकता पर्दा राजनीतिक साधनहरूद्वारा प्रश्नका आम समाधानको विचारलाई अगाडि बढाउन सकियोस्। जति-जति संघर्ष बढी घनिभुत हुँदै जान्छ र सामान्य चरित्रको हुँदै जान्छ, त्यति-त्यति संघर्षको नेतृत्वको लागि एकैप्रकारका साधन वा अवयव निर्मित गरिनु आवश्यक हुन्छ। जहाँसुकै पनि हड्तालको नोकरशाही नेतृत्व असफल भइसकेको हुन्छ, त्यहाँ कम्युनिष्टले तुरून्त  सामुन्ने आउनुपर्दछ र एक दृढसंकल्प जुजारू नेतृत्वलाई सुनिश्चित बनाउनुपर्दछ। जहाँ अलग-अलग संघर्षलाई एकजुट गर्नमा सफलता हासिल गरिसकिएको हुन्छ, त्यहाँ आम कार्यकारी प्रारम्भिक संगठनमा जोड दिइनुपर्दछ र यही त्यो ठाउँ हो, जहाँ कम्युनिष्ट अनिवार्यतः नेतृत्व हासिल गर्ने कोशिस गर्दछन्। सक्षम प्रारम्भिक संगठन अन्तर्गत, आम (साझा) कार्यकारी संगठनको निर्माणमा सफलता त्यतिखेर हासिल हुन सक्दछ, जतिखेर फ्र्याक्सन र औद्योगिक परिषदहरूका बैठकहरूमा साथै सम्बन्धित उद्योगहरूका जनसभाहरूमा लगतार यसको वकालत गरिन्छ।

जब आन्दोलन व्यापक हुन्छ र मालिकहरूका संगठनको आक्रमणका कारण तथा सरकारी हस्तक्षेपका कारण राजनीतिक चरित्र अपनाउँदछ; तब मजदूर परिषदहरूको चुनावको लागि शुरूवाती प्रचार र सांगठनिक कार्य प्रारम्भ गरिदिनुपर्दछ, किनभने यस्ता चुनाव त्यसबेला संभव, यहाँसम्म कि आवश्यक पनि हुन सक्दछन्।

यही त्यो गन्तव्य हो, जहाँ पार्टीका सबै अवयवहरू-मुखपत्रहरूले किन संघर्षको आफू स्वयंको हतियार तयार गरेर मात्र मजदूर वर्गले आफ्नो वास्तविक मुक्ति हासिल गर्न सक्दछ भन्ने विचारमाथि जोड दिनुपर्दछ। यो प्रचारमा ट्रेडयूनियन नोकरशाही वा पुराना  समाजवादी पार्टीहरूप्रति अलिकति पनि नरम व्यवहार गरिनुहुँदैन।

३५) शक्ति आर्जित गरिसकेका कम्युनिष्ट पार्टीहरूलाई र विशेगरी ठूला पार्टीहरूलाई अनिवार्यतः जनकार्वाहीहरूको लागि तयार गरिनुपर्दछ। सबै राजनीतिक र आर्थिक जनआन्दोलनहरूलाई र साथै स्थानीय कार्वाहीहरूलाई यी आन्दोलनका अनुभवहरूलाई संगठित गर्ने दिशामा निर्देशित गर्नुपर्दछ ताकि व्यापक जनसमुदायसँग घनिष्ठ एकता कायम गर्न सकियोस्। सबै ठूला आन्दोलनहरूद्वारा आर्जित अनुभवहरूमाथि, नेतृत्वकारी पदाधिकारीहरू, जिम्मेवार पार्टी कार्यकर्ताहरूको विस्तृत सम्मेलनमा, ठूला र मझौला उद्योगहरूका विश्वस्त ट्रेडयूनियन प्रतिनिधिहरूसँग विचार-विमर्श हुनुपर्दछ। यस तरीकाबाट सम्पर्कको नेटवर्क लगातार विस्तारित र बलियो हुँदै जानेछ तथा उद्योगहरूका (ट्रेडयूनियनहरूका ) प्रतिनिधि संघर्षको भावनाबाट बढीभन्दा बढी ओतप्रोत हुँदै जानेछन्। नेतृत्वदायी पदाधिकारीहरू र जिम्मेवार पार्टी कार्यकर्ताहरूको बीचमा तथा ती दुवैका कारखानाका विभागीय स्तरका पदाधिकारीहरूसँग आपसी विश्वासको सम्बन्ध नै यो कुराको सबभन्दा ठूलो सुनिश्चितता हो कि परिस्थिति र पार्टीको वास्तविक शक्तिको मध्यनजरमा कुनै अपरिपक्व राजनीतिक कार्वाही गरिनेछैन।

पार्टी संगठन र ठूला र मझौला उद्योगहरूमा काम गर्ने सर्वहारा जनसमुदायको बीचमा घनिष्ठतम् सम्बन्ध बिना कम्युनिष्ट पार्टीको कुनै पनि ठूलो जनकार्वाही वा वास्तविक क्रान्तिकारी आन्दोलनले परिणाम दिन सक्दैन। विगत वर्ष (१९२० मा) इटलीमा जुन असंदिग्ध रूपले क्रान्तिकारी उभार आएको थियो र जसको सर्वाधिक सशक्त अभिव्यक्ति कारखानाहरूमा कब्जाको रूपमा सामुन्ने आएको थियो;  त्यसको असामयिक असफलताको लागि निश्चित रूपमा र धेरै हदसम्म ट्रेडयूनियन नोकरशाहीको गद्दारी र राजनीतिक पार्टी नेताहरूको अविश्वसनीयता जिम्मेवार थियो, तर यहाँ हार आंशिक रूपले के कारणले पनि भयो भने पार्टी संगठन र उद्योगहरूको बीचमा राजनीतिक सुझबुझ र पार्टीको भलाईमा रूचि राख्ने विभागीय प्रतिनिधिहरूको माध्यमबाट घनिष्ठ सम्बन्धको पूर्ण अभाव थियो। र, निस्सन्देह, यही चीजको नितान्त अभावको कारण यो वर्ष (१९२१ मा) भएको अंग्रेज कोइला-खानीको हड्तालले पनि असाधारण नोक्सान बेहोर्नुपरेको छ।  

(८)पार्टीका पत्र-पत्रिकाहरूको बारेमा

कम्युनिष्ट पत्रिकाले के गर्ने र के नगर्ने भन्ने सम्बन्धमा

३६) पार्टीले अथक परिश्रम गरेर कम्युनिष्ट पत्र-पत्रिकाहरूको विकास गर्नुपर्दछ र तिनीहरूको लगातार परिष्कार गर्नुपर्दछ। कुनै पनि पत्रिकाले  जबसम्म आफूलाई पार्टीको निर्देशनमा राख्दैन, तबसम्म त्यसलाई कम्युनिष्ट मुखपत्रको रूपमा मान्यता दिन सकिंदैन।

पार्टीका धेरै पत्रिका प्रकाशित गर्ने ठाउँमा उत्कृष्ट पत्रिका प्रकाशित गर्नमा बढी ध्यान दिनुपर्दछ। प्रत्येक कम्युनिष्ट पार्टीसँग एक राम्रो र यदि संभव हुन सक्छ भने दैनिक केन्द्रीय मुखपत्र हुनुपर्दछ।

३७) एउटा कम्युनिष्ट पत्रिकालाई कुनै पनि हालतमा पूँजीवादी प्रतिष्ठान बनाउनु हुँदैन जस्तो कि बुर्जुवा पत्रिका र धेरै “समाजवादी” पत्रिका हुन्छन्। हाम्रा पत्रिका सम्पूर्ण रूपले पूँजीवादी ऋण-संस्थाहरूबाट स्वतन्त्र हुनुपर्दछ। विज्ञापन जम्मा गर्ने सांगठनिक दक्षताले कानूनी रूपले काम गर्ने जन-पार्टीहरूको लागि पत्रिकाको अस्तित्वलाई कायम राख्न संभव बनाउँदछ,  तर यसभन्दा बढी विज्ञापनदाताहरूमाथि हाम्रो निर्भरता कतै पैदा हुनुहुँदैन। यसको विपरीत सर्वहारा वर्गका सम्पूर्ण सामाजिक प्रश्नहरूमाथि पत्रिकाको अटल दृष्टिकोणले नै हाम्रा सम्पूर्ण जनपार्टीहरूको बीचमा त्यसप्रति बढी सम्मानको भावना पैदा गर्नेछ।

हाम्रा पत्रिकाले सनसनीखोज खबरहरूको आम जनताको इच्छालाई पूरा गर्ने वा त्यसलाई मनोरन्जनको सामग्री प्रदान गर्ने काम गर्नुहुँदैन। त्यसले निम्न-पूँजीवादी लेखकहरू वा विशेषज्ञ पत्रकारहरूको आलोचनाको सामु झुक्नु हुँदैन र न तिनीहरूको नजरमा “सम्माननीय” बन्ने कोशिस नै गर्नु हुन्छ।

३८) कम्युनिष्ट पत्रिकाहरूले सर्वोपरी रूपमा उत्पीडित र लडाकु मजदूरहरूका हितहरूको ख्याल गर्नुपर्दछ। त्यसले हाम्रा सर्वोत्तम आन्दोलनकर्ता र सर्वहारा क्रान्तिको नेतृत्वकारी प्रचारक बन्नुपर्दछ।

पार्टी-सदस्यहरूका कार्वाहीहरूका सबै महत्त्वपूर्ण अनुभवहरूलाई एकत्रित गर्न र त्यसलाई कम्युनिष्ट कार्य-पद्धतिको लगातार सुधार तथा परिष्कारको मार्गदर्शनको लागि आफ्ना कमरेडहरूको सामु प्रस्तुत गर्नु हाम्रा पत्रिकाको उद्देश्य हुनुपर्दछ। यसप्रकार यिनीहरू हाम्रो क्रान्तिकारी कामको सर्वोत्तम संगठनकर्ता बन्नेछन्।

कुनै कम्युनिष्ट पत्रिका र खासगरी हाम्रा मुख्य पत्रिका हरेक किसिमका, चौतर्फी सांगठनिक कार्यहरूको माध्यमबाट मात्र, र उपरोक्त निश्चित लक्ष्यलाई दिमागमा राखेर मात्र, हामी कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयतालाई कायम गर्न सक्नेछौं र कामहरूको दक्षतापूर्वक विभाजन पनि गर्न सक्नेछौं ताकि पार्टी आफ्नो ऐतिहासिक अभियानलाई पूरा गर्नमा योग्य बनोस्।

कम्युनिष्ट पत्रिकाको संगठन

३९) कम्युनिष्ट पत्रिकाले एक कम्युनिष्ट प्रतिष्ठान बन्ने कोशिस गर्नुपर्दछ, अर्थात् एक लडाकु सर्वहारा संगठन हुनुपर्दछ, त्यसले क्रान्तिकारी मजदूरहरू, पत्रिकामा नियमित लेख्ने कार्यकर्ताहरू, सम्पादकहरू, कम्पोजिटरहरू, मुद्रकहरू, वितरकहरू, स्थानीय सामग्री एकत्र गर्ने र पत्रिकामा त्यसमाथि चर्चा गर्ने मानिसहरू तथा पत्रिकाकाको प्रचारमा हरेक दिन सक्रिय रहने मानिसहरूको एक क्रियाशील समुदाय हुनुपर्दछ। पत्रिकालाई एक सच्चा लडाकु मुखपत्रको रूपमा ढाल्नको लागि र त्यसलाई कम्युनिष्टहरूको एक बलियो क्रियाशील समुदाय बनाउनको लागि कैयौं व्यावहारिक कदम उठाउनु आवश्यक हुन्छ।

एउटा कम्युनिष्टले आफ्नो पत्रिकासँग घनिष्ठतम् सम्पर्क कायम राख्नुपर्दछ । उसले त्यसको लागि काम गर्नुपर्दछ, त्यसको लागि त्याग गर्नुपर्दछ। यो उसको दैनिकको हतियार हो, जसलाई प्रयोगको लागि हरहमेशा तयार राख्नको लागि दैनिक, बराबर कस्दै र तीव्र बनाइरहनुपर्दछ। कम्युनिष्ट पत्रिकाको अस्तित्व कायम राख्नको लागि ठूला-ठूला भौतिक र आर्थिक बलिदानीहरूको निरन्तर आवश्यकता पर्नेछ। यसको अर्थ के हो भने जबसम्म स्वयं कम्युनिष्ट आन्दोलनको लागि शक्तिशाली आधार बन्ने एक कानूनी जनपार्टीभित्र यो पत्रिकाकाको धेरै व्यापक वितरण  र त्यसको एक यस्तो सुदृढ संगठन बन्ने स्थिति आउँदैन, तबसम्म यो पत्रिकाको विकास  र आन्तरिक सुधारको लागि सबै संसाधन पार्टी-सदस्यहरूका पंक्तिहरूको बीचबाट नै जुटाउनुपर्नेछ।

पत्रिकाको सक्रिय प्रचारक र पक्षपोषक बन्ने कुरा मात्र पर्याप्त हुँदैन। त्यसको लागि लेख्ने  बन्नु पनि आवश्यक हुन्छ।

दुर्घटनादेखि लिएर मजदूरहरुको आमसभासम्म, एक सहायकप्रति दुर्व्यवहारदेखि लिएर प्रतिष्ठानको वित्तीय रिपोर्टसम्म – वर्कशप भित्रको सामाजिक र आर्थिक रूचिको प्रत्येक घटनाको रिपोर्ट पत्रिकालाई तुरून्त पठाइनुपर्दछ। ट्रेडयूनियन फ्र्याक्सनहरूले आफ्ना सबै महत्त्वपूर्ण फैसलालाई, आफ्ना बैठकहरू र सचिवालयका प्रस्ताव साथै दुश्मनहरूका कुनै पनि कार्वाहीहरूका विशेष सूचना तत्काल पठाउनुपर्दछ। बाहिरी सडकहरूमा र आम सभाहरूमा सार्वजनिक जीवन सतर्कले पार्टी सदस्यहरूलाई प्रायः विस्तारपूर्वक सामाजिक पक्षहरूको समालोचना प्रस्तुत गर्नसक्ने मौका प्रदान गराउनेछ। यो समालोचना हाम्रा पत्रिमकामा छापिदा रूचि नलिने पाठक पनि हामी जीवनका दैनिक आवश्यकताहरूमाथि पनि कति निकटबाट दृष्टि दिन्छौं भन्ने कुरा सोच्न लाग्नेछन्।

मजदूरहरूका चिठ्ठीहरू

मजदूरहरूको जीवन स्थितिहरूको बारेमा मजदूरहरूद्वारा र मजदूर वर्गका संगठनहरूद्वारा पठाइएका संवादहरू/खबरहरूलाई सम्पादक मण्डलद्वारा विशेष सावधानी र लगावपूर्वक हेरिनुपर्दछ। तिनीहरूको प्रयोग यस्ता संक्षिप्त सूचनाहरूको रूपमा गर्न सकिन्छ, जसले हाम्रा पत्रिकाहरू र मजदूरहरूको जीवनको बीचको अन्तर्सम्बन्धहरूको भावनालाई प्रकट गर्दछ; अथवा, तिनीहरूलाई मजदूरहरूको दैनिक जिन्दगीबाट लिइएका यस्ता व्यावहारिक उदाहरणहरूको रूपमा प्रयोग गर्नुपर्दछ, जसले साम्यवादका सिद्धान्तहरूको व्याख्या गर्नमा मद्दत गरून्। यो व्यापक श्रमिक जनतालाई साम्यवादका महान आदर्शहरूको निकट ल्याउने सबभन्दा छोटो मार्ग हो। जहाँसुकै संभव हुन्छ, सम्पादक-मण्डलले दिनको कुनै सुविधाजनक समयमा यस्ता केही घण्टा ती मजदूरहरूसँग कुराकानी गर्नको लागि निर्धारित गरिनुपदर्छ, जो उनीहरूलाई भेट्न आएका छन् र त्यसबेला उनीहरूले मजदूरहरूका आकांक्षाहरू एवम् जिन्दगीका कष्टहरूको बारेमा तिनिहरूका गुनासाहरू, आदिलाई सुन्नुपर्दछ, आवश्यक पर्दा नोट गर्नुपर्दछ र सम्पूर्ण पार्टीको जानकारी बढाउनको लागि तिनीहरूको प्रयोग गर्नुपर्दछ।

प्राव्दाको उदाहरण

अवश्य यो पूँजीवादी व्यवस्थामा त के संभव हुन्छ भने हाम्रा पत्रिका कम्युनिष्ट मजदूरहरूका आदर्श समुदाय बनून्। यद्यपि कठिनमत् परिस्थितिहरूमा पनि एक यस्तो क्रान्तिकारी पत्रिकाको संगठनमा एक हदसम्मको सफलता हासिल गर्न सकिन्छ। सन् १९१२-१३ को समयमा हाम्रा रूसी कमरेडहरूद्वारा प्रकाशित ‘प्राव्दा’ को उदाहरणबाट यो कुरा प्रमाणित भइसकेको छ। यो पत्रिकाले वास्तवमा सबभन्दा महत्त्वपूर्ण रूसी केन्द्रको सचेतन, क्रान्तिकारी मजदूरहरूको स्थायी र सक्रिय संगठनको प्रतिनिधित्त्व गर्दथ्यो। कमरेडहरूले यो पत्रिकाको सम्पादन, प्रकाशन र वितरणको लागि आफ्नो सामूहिक शक्तिको प्रयोग गरे र तिनीहरूमध्ये धेरै कमरेडहरूले त यो काम आफ्नो जीविकोपार्जनको काम सँगसँगै गरे र पत्रिकाको लागि आवश्यक धन आफ्नो आम्दानीबाट निकाले। यसको बदलामा अखबारले उनीहरूलाई ती सर्वोत्तम चीजहरू प्रदान गर्यो, जसको उनीहरूलाई चाहना थियो, जसको उनीहरू आफ्ना कामहरूमा र आफ्नो संघर्षमा त्यसबेला प्रयोग गर्न सक्थे र आज पनि प्रयोग गर्न सक्दछन्। यसप्रकारको पत्रिकालाई वास्तवममा र साँचो अर्थमा सम्पूर्ण पार्टी सदस्य र धेरै क्रान्तिकारी मजदूरहरूले भन्न सक्दछन् : “हाम्रो पत्रिका।”

जन-अभियानहरूलाई चलाउने हतियार

४०) जुझारू कम्युनिष्ट पत्रिकाहरूलाई पार्टीद्वारा चलाइने अभियानहरूमा प्रत्यक्ष  सहभागी गराउनुपर्दछ। यदि कुनै निश्चित समयमा पार्टीको सक्रियता कुनै खास अभियानमा केन्द्रित हुन्छ भने पार्टी-मुखपत्रको कर्तव्य हुन्छ – त्यसले केवल आफ्ना सम्पादकीय पृष्ठभूमिहरूलाई मात्र होइन, बरू आफ्ना सबै विभागहरूलाई त्यो विशेष अभियानको सेवामा जोड्नुपर्दछ। सम्पादक मण्डलले यो अभियानलाई मद्दत पुर्याउनको लागि सबै स्रोतहरूबाट सामग्री प्रदान गर्नुपर्दछ तथा पत्रिकाका अस्तर्वस्तु र रूप – दुवैमा यो सामग्री विद्यमान रहनुपर्दछ।

४१) “आफ्नो पत्रिका” को लागि सहयोग जुटाउनको लागि एउटा पूरा व्यवस्था बनाइनुपर्दछ। यसको लागि सबभन्दा पहिलो जरूरी कुरा के हो भने मजदूरहरूमा हलचलको हरेक मौकाको, हरेक परिस्थितिको प्रयोग गरिनुपर्दछ, जबकि कुनै खास घटनाको कारणले मजदूरहरूको राजनीतिक र सामाजिक चेतना जागृत भएको होस्। यसप्रकारका प्रत्येक हड्ताल, आन्दोलन वा तालाबन्दी पछि, जसको क्रममा हाम्रा पत्रिकाले खुलेआम र दृढतापूर्वक मजूरहरूका हितहरूको रक्षा गरेका हुन्छन्, यी आन्दोलनहरूमा सामेल हुनेहरूको बीचमा प्रचारको कार्य संगठित गरिनुपर्दछ र चलाइनुपर्दछ। पत्रिकाका चन्दाका सूचीहरू र ग्राहक फारमहरूलाई यस्ता सम्पूर्ण कारखानाहरूमा बाँडिनुपर्दछ, जहाँ कम्युनिष्टहरूलाई आफ्नो काम होस्; उनीहरूलाई यस्ता कारखानाहरूका ट्रेडयूनियन फ्र्याक्सनहरूको बीचमा बाँडिनुपर्दछ, जहाँका मजदूरहरूले हड्तालहरूमा भाग लिएका हुन्छन्, यसको अतिरिक्त जहाँ संभव हुन्छ, ग्राहक फारमहरूलाई पत्रिकाको प्रचार गर्ने मजदूरहरूका विशेष दलहरूद्वारा घर-घर बाँडिनुपर्दछ।

यसरी प्रत्येक यस्ता चुनाव अभियानपछि, जसले मजदूरहरूमा जागृति पैदा गरेको हुन्छ, यस उद्देश्यको लागि विशेष दस्ता तैनाथ गर्नुपर्दछ, जो मजदूर पत्रिकाको लागि व्यवस्थित प्रचार चलाउँदै मजदूरहरूका घर-घर जाऊन्।

महंगी, बेरोजगारी र मजदूरहरूको व्यापक जनसंख्यालाई प्रभावित गर्ने अन्य कठिनाइहरूको रूपमा प्रकट हुने प्रच्छन्न राजनीतिक र आर्थिक संकटहरूको क्रममा, पेशागत आधारमा संगठित विभिन्न  उद्योगका मजदूरहरूलाई आफूसँग लिने हरसंभव कोशिस गर्नुपर्दछ र उनीहरूलाई यस्तो सक्रिय समूहमा संगठित गरिनुपर्दछ, जसले पत्रिकाको लागि व्यवस्थित ढंगले घर-घर गएर प्रचार गर्न सकोस्। अनुभवले के बताउँदछ भने यसप्रकारको प्रचार कार्यको लागि सबभन्दा उपयुक्त समय प्रत्येक महिनाको अन्तिम हप्ता हुन्छ। यदि कुनै स्थानीय समूहले कुनै महिनाको अन्तिम हप्तालाई यस्तो प्रचारको लागि प्रयोग नगरीकन त्यतिकै जान दिन्छ भने उसले कम्युनिष्ट आन्दोलनको प्रचारको सम्बन्धमा गम्भीर अपराध गर्दछ।

पत्रिकाको प्रचार गर्ने कुनै कार्यकर्ता समूहले हरेक सार्वजनिक सभा वा प्रदर्शनमा शुरुदेखि लिएर अन्तसम्म ग्राहक फारमहरूसँग विद्यमान रहनुपर्दछ। यही काम प्रत्येक ट्रेडयूनियन फ्र्याक्सनहरूले यूनियनका हरेक बैठकहरूमा गर्नुपर्दछ र प्रत्येक पार्टी समूह वा फ्र्याक्सनले अलग-अलग विभागहरूका बैठकहरूमा गर्नुपर्दछ।

पार्टी-प्रेसको रक्षा गर्नुपर्दछ

४२) प्रत्येक पार्टी-सदस्यले आफ्नो पत्रिकालाई सबै विरोधीहरूको आक्रमणहरुबाट लगातार बचाइरहनु पर्दछ तथा पूँजीवादी पत्रिकाहरूको विरूद्धमा जोडदार अभियान चलाइरहनुपर्दछ। उनीहरूलाई पूँजीवादी प्रेसको नीचता, झुटोपना, खबरहरूलाई दबाउने जस्ता हरकतहरू र पाखण्डको बारेमा पर्दाफास गर्नुपर्दछ र मानिसहरूको ध्यान त्यसतर्फ आकर्षित गर्नुपर्दछ।

तुच्छ गुटबन्दीको वाद-विवादमा नफसिकन  सामाजिक-जनवादी र स्वतन्त्र पत्रपत्रिकाहरूद्वारा दैनिकको एकदम प्रत्यक्ष वर्गसंघर्षहरूमाथि पर्दा हाल्ने गद्दार प्रवृत्तिको लगातार पर्दाफास गर्दै तथा निरन्तर आक्रमणकारी ढंगले उनीहरूको आलोचना गर्दै, उनीहरूमाथि जित हासिल गरिनुपर्दछ। ट्रेडयूनियन फ्र्याक्सनहरू र अन्य प्रकारका फ्र्याक्सनहरूले संगठित तरीकाले ट्रेडयूनियन र अन्य मजदूर संगठनका सदस्यहरूलाई यी सामाजिक जनवादीहरूलाई गुमराहमा पार्ने र पंगु बनाउने प्रभावबाट मुक्त बनाउनु आवश्यक हुन्छ। यसको अतिरिक्त हाम्रा पत्रिकाहरूको लागि घर-घरमा गएर प्रचार गर्ने कामलाई, खासगरी औद्योगिक मजदूरहरूको बीचमा प्रचारको कामलाई सामाजिक-जनवादी पत्रिकाहरूको विरुद्ध प्रचारको दिशामा, कुशलतापूर्वक निर्देशित गरिनुपर्दछ।

(९)पार्टी संगठनको ढाँचा

४३) चारैतिर फैलिंदै र स्वयंलाई बलियो बनाउँदै पार्टी संगठनले भौगोलिक विभाजनको कुनै स्कीमको आधारमा मात्र होइन, बरू कुनै जिल्ला विशेषको वास्तविक आर्थिक र राजनीतिक तथा यातायातका परिस्थितिहरूलाई दृष्टि दिएर संगठित गर्नुपर्दछ। त्यसको गुरूत्व केन्द्र प्रमुख शहरहरूमा र ठूला औद्योगिक केन्द्रहरूमा हुनुपर्दछ।

एउटा नयाँ पार्टीको निर्माण गरेको बेलामा सामान्यतः पार्टी संगठनलाई तुरून्त देशमा फैल्याइयोस् भन्ने एउटा प्रवृत्ति सामुन्ने आउँदछ। यसरी पार्टीसँग कार्यकर्ताहरूको संख्या अत्यन्तै कम छ भन्ने कुराको ख्याल नराखीकन यी थोरै कार्यकर्ताहरूलाई चारैतिर छरिन्छ। यसबाट पार्टीका नयाँ कार्यकर्ताहरूको भर्तीको क्षमता कम हुनजान्छ र पार्टीको विकास हल्का हुन्छ। यस अवस्थामा पार्टी कार्यालयहरूको एक व्यापक तन्त्र त अवश्य फस्टाएको देखिन्छ तर पार्टीले अत्यन्तै औद्योगिक शहरहरूमा पनि आफ्नो प्रभाव क्षेत्र कायम गर्नमा सफल हुनसक्दैन।

क्षेत्रीय तथा जिल्ला संगठन

४४) पार्टीका कामहरूलाई सर्वोच्च संभव सीमासम्म केन्द्रीकृत गर्नको लागि पार्टी नेतृत्वलाई पदानुक्रमका अनुसार एकको मुनि अर्कोको मातहतका कैयौं श्रेणीहरू बन्नेगरी विभाजन गर्ने कुरा उचित हुँदैन। आर्थिक, राजनीतिक गतिविधिहरू र यातायात परिवहनको केन्द्र हुने हरेक ठूला शहरहरूमा संगठनको संजाल खडा गर्ने र त्यसका वरिपरिका विस्तृत क्षेत्रमा र वरिपरिका आर्थिक-राजनीतिक महत्त्वका जिल्लाहरूमा फैल्याउने लक्ष्य हुनुपर्दछ। यी ठूला केन्द्रको पार्टी कमिटी नै पार्टीको सामान्य निकायको शीर्ष कमिटी हुनुपर्दछ र क्षेत्रका पार्टी सदस्यहरूसँग घनिष्ठ सम्बन्ध कायम राख्दै जिल्लाको सांगठनिक गतिविधिहरूको संचालन गर्नुपर्दछ र नीति-निर्देशनको काम गर्नुपर्दछ।

जिल्ला सम्मेलनद्वारा निर्वाचित र पार्टीको केन्द्रीय कमिटीद्वारा अनुमोदित यस्ता जिल्लाका संगठनकर्ताहरूको लागि स्थानीय संगठनको पार्टी जीवनमा सक्रिय सहभागिता गराउनु अनिवार्य हुन्छ। जिल्लाको पार्टी कमिटीलाई त्यो स्थानका पार्टी कार्यकर्ताहरूको बीचबाट सदस्यहरूको चुनाव गरी स्वयंलाई लगातार बलियो बनाइरहनुपर्दछ ताकि त्यो जिल्लाका व्यापक जनसमुदाय र कमिटीको बीचमा घनिष्ठ सम्बन्ध कायम रहोस्। संगठन विकसित हुँदै गएपछि जिल्लाको नेतृत्वदायी कमिटी त्यो स्थानको विशेष नेतृत्वदायी राजनीतिक निकाय पनि बनोस् भन्ने प्रयास गरिनुपर्दछ। यसरी पार्टीको केन्द्रीय कमिटीसँग जिल्लाको पार्टी कमिटीले सामान्य पार्टी संगठनको वास्तविक नेतृत्वकारी अवयवको भूमिका निभाउनुपर्दछ।

एक पार्टी जिल्लाका सीमा रेखाहरू स्थान-विशेषको भौगोलिक क्षेत्रसम्म प्राकृतिक रूपले सीमित रहँदैन। त्यसको सीमा जिल्ला कमिटी त्यो जिल्लाका सबै स्थानीय संगठनहरूका गतिविधिहरूलाई समान रूपले निर्देशित गर्ने स्थितिमा छ वा छैन भन्ने कुराबाट तय हुनुपर्दछ। कहिलेकाही यो असंभव भयो भने जिल्लालाई विभाजित गरिदिनुपर्दछ र नयाँ जिल्ला पार्टी बनाइदिनुपर्दछ।

धेरै ठूला देशहरूमा केन्द्रीय कमिटी र विभिन्न जिल्ला कमिटीहरूको बीच, साथै विभिन्न जिल्ला कमिटीहरू र स्थानीय कमिटीहरूको बीचमा पनि, सम्पर्क राख्ने कडीको रूपमा केही मध्यवर्ती संगठन बनाउनु पनि आवश्यक हुन्छ। कुनै अवस्थामा केही मध्यवर्ती संगठनहरूलाई, उदाहरणको लागि कुनै ठूलो शहरको बलियो सदस्य भएको कुनै संगठनलाई, नेतृत्वकारी भूमिका सुम्पिने सल्लाह पनि दिन सकिन्छ, तर सामान्य नियमको रूपमा यसबाट बच्नुपर्दछ किनकि यसबाट विकेन्द्रीकरणको खतरा रहन्छ।

स्थानीय संगठन

४५) ठूला मध्यवर्ती संगठन स्थानीय पार्टी संगठनहरूको बीचबाट नै गठित गरिन्छन्, जस्तो ग्रामीण क्षेत्रका पार्टी समूहहरूबाट वा साना नगरका र जिल्लाका वा ठूला शहरका विभिन्न भागहरूका पार्टी समूहहरूबाट।

कुनै पनि स्थानीय पार्टी संगठन जब यस हदसम्म विकसित भइसकेको छ कि त्यो कानूनी संगठन जसरी अस्तित्वमा आउँछ  वा आफ्ना सबै सदस्यहरूको आम बैठक गर्न सक्दैन भने त्यसलाई विभाजित गरिदिनुपर्दछ।  

हरेक पार्टी संगठनमा सदस्यहरूलाई दैनिक पार्टी कार्वाहीहरूको लागि समूहहरूमा संगठित गरिदिनुपर्दछ। ठूला संगठनहरूमा विभिन्न समूहहरूलाई सामूहिक निकायहरूमा मिलाइदिने सुझाव दिन सकिन्छ। नियमानुसार यस्ता सदस्यहरूलाई आफ्नो कामको स्थानमा अन्य कुनै यस्ता स्थानमा समूहमा सामेल गरिनुपर्दछ, जहाँ उनीहरूलाई दैनिक कामहरूको क्रममा एक-अर्कोसँग भेट्ने अवसर प्राप्त हुन्छ। यसप्रकारको सामूहिक समूहको उद्देश्य हो – पार्टी कार्वाहीहरूलाई विभिन्न साना-साना कार्यकारी समूहहरुमा बाँडिदिनु, विभिन्न पदाधिकारीहरूबाट रिपोर्ट प्राप्त गर्नु  र सदस्यताको लागि उमेद्वारहरूलाई प्रशिक्षित गर्नु।

कम्युनिष्ट अन्तर्राष्ट्रियसँग पार्टीको सम्बन्ध

४६) सम्पूर्ण पार्टीले कम्युनिष्ट अन्तर्राष्ट्रियको मार्गदर्शनमा काम गर्नुपर्दछ। सम्बद्ध पार्टीका कार्य-पद्धतिहरूलाई प्रभावित गर्ने अन्तर्राष्ट्रियका कार्यकारी निर्देशनहरू र प्रस्तावहरूलाई सर्वप्रथम, या त (i) उक्त पार्टीको केन्द्रीय कमिटीलाई, या (ii) त्यो कमिटीको माध्यमबाट कुनै विशेष कमिटीलाई, या (iii) पार्टीका सम्पूर्ण सदस्यहरूलाई पठाइनुपर्दछ।

अन्तर्राष्ट्रियका निर्देशन एवम् प्रस्ताव पार्टीको लागि र स्वाभाविक रूपमा, सम्पूर्ण पार्टी सदस्यहरूको लागि अनिवार्य रूपले मान्य हुन्छ।

केन्द्रीय कमिटी र पोलिट ब्यूरो

४७) पार्टीको केन्द्रीय कमिटी पार्टी महाधिवेशनमा चुनिन्छ र त्यसैप्रति जवाफदेही हुन्छ। केन्द्रीय कमिटीले राजनीतिक र सांगठनिक कामहरूको लागि आफ्नो बीचबाट एक सानो निकाय (पोलिट ब्यूरो) छान्दछ, जसका दुई उपकमिटीहरू हुन्छन्। यी दुवै उपकमिटीहरू पार्टीका राजनीतिक कामहरू र दैनिकका कार्वाहीहरूको लागि उत्तरदायी हुन्छन्। यी उपकमिटीहरू वा ब्यूरोले  पार्टीको केन्द्रीय कमिटीको नियमित रूपमा हुने संयुक्त अधिवेशनहरूको व्यवस्था गर्दछन् जहाँ तात्कालिक महत्त्वका निर्णय पारित गरिन्छन्। सामान्य र राजनीतिक परिस्थितिहरूको अध्ययन गर्नको लागि र पार्टीको आन्तरिक स्थितिको स्पष्ट बोध कायम गर्नको लागि जुनसुकै बेला पनि पार्टीको जीवनलाई प्रभावित गर्ने निर्णय लिनु आवश्यक हुन्छ, तब केन्द्रीय कमिटीमा विभिन्न इलाकाहरूका प्रतिनिधिहरूको उपस्थिति आवश्यक हुन्छ। र, यही कारणले यदि रणकौशलको प्रश्नमाथि मतभेद खडा भयो र तिनीहरू गम्भीर प्रकृतिका हुन्छन् भने केन्द्रीय कमिटीले तिनीहरूलाई दबाउनु हुँदैन। यसको विपरीत यी (विभिन्न) मतहरूको प्रतिनिधित्व केन्द्रीय कमिटीमा हुनुपर्दछ। तर सानो ब्यूरो (पोलिटब्यूरो) को कामकाज समान लाइनको आधारमा संचालित हुनुपर्दछ र एक दृढ तथा निश्चित नीतिलाई लागू गर्नको लागि त्यसले स्वयंको प्राधिकारमा र साथै केन्द्रीय कमिटीको स्पष्ट बहुमतमा निर्भर रहनुपर्दछ।

पार्टीको केन्द्रीय कमिटीले, यो आधारमा काम गरी, खासगरी कानूनी ढंगले काम गर्ने पार्टीहरूमा, कमभन्दा कम समयमा अनुशासनको एक आधार हाल्नसक्नेछ, जसको लागि पार्टी सदस्यहरूको बिनाशर्त विश्वास हासिल गर्नुपर्दछ। साथै, यसरी काम गर्दा ती भट्काव र ढुलमुलपन पनि सामुन्ने आउँदछन्, जुन जिम्मेवार कार्यकर्ताहरूमा पैदा भइरहन्छन् र जसलाई पहिचान गरेर समाप्त गर्नुपर्दछ। यसरी पार्टीमा यसप्रकारका गडबडीहरूलाई त्यो सीमासम्म पुग्नुभन्दा पहिले नै हटाउन सकिन्छ, जब तिनीहरूलाई फैसलाको लागि पार्टी महाधिवेशनमा लैजानु अनिवार्य हुन्छ।

४८) हरेक नेतृत्वकारी पार्टी कमिटीले कार्यका विभिन्न शाखाहरूमा प्रसिद्धि हासिल गर्नको लागि आफ्ना सदस्यहरूको बीचमा काम गर्नुपर्दछ। यसको लागि कैयौं विशेष कमिटीहरू गठनको आवश्यकता पर्न सक्दछ। उदाहरणको लागि, प्रचार कमिटी, सम्पादकीय कार्यको लागि कमिटी, ट्रेडयूनियन अभियानको लागि कमिटी, सम्पर्क कमिटी, इत्यादि। हरेक विशेष कमिटी या त केन्द्रीय कमिटीको मातहत हुन्छ या जिल्ला कमिटीको।

सबै कमिटीहरूका गतिविधिहरूमाथि तथा तिनीहरूको संरचनामा नियन्त्रण कायम राख्ने जिम्मेवारी जिल्ला कमिटीको हातमा, वा अन्ततः केन्द्रीय कमिटीको हातमा हुनुपर्दछ। समय-समयमा विभिन्न किसिमका पार्टी कार्यहरूसँग जोडिएका मानिसहरूको, जस्तो कि सम्पादकहरू, संगठनकर्ताहरू, प्रचारकहरू, आदिको, कार्य एवम् पद बदलिदिने सुझाव दिइन्छ, ताकि यसबाट पार्टीको कामकाजमा कुनै अवरोध पैदा नहोस्। सम्पादकहरू र प्रचारकहरूले कुनै न कुनै पार्टी समूहद्वारा संचालित नियमित पार्टी कार्यहरूमा अवश्य हिस्सा लिनुपर्दछ।

४९) पार्टीको केन्द्रीय कमिटीको र साथै कम्युनिष्ट अन्तर्राष्ट्रियको पनि उनीहरूले कुनै पनि समय सबै कम्युनिष्ट संगठनहरूबाट, उनीहरूका कुनै पनि निकाय वा कमिटीबाट र अलग-अलग सदस्यहरूबाट पूरा रिपोर्टको माग गर्नसक्ने पनि अधिकार हुन्छ। केन्द्रीय कमिटीका प्रतिनिधि वा त्यसद्वारा अधिकृत कमरेडहरूलाई कुनै पनि बैठक वा अधिवेशनमा अनिवार्यतः निर्णायक अधिकारसँगै सामेल गरिन्छ। पार्टीको केन्द्रीय कमिटीसँग हमेशा अधिकार प्राप्त प्रतिनिधि (कमिसार) उपलब्ध हुनुपर्दछ, अर्थात् विभिन्न जिल्लाहरू र क्षेत्रहरूका नेतृत्वकारी निकायहरूलाई निर्देशन र सूचनाहरू केवल सर्कुलरहरू र पत्रिकाहरूद्वारा मात्र पठाइनु हुँदैन, बरू राजनीति र संगठनका सवालहरूमाथि प्रत्यक्ष मौखिक र जिम्मेवारीको माध्यमबाट पनि यो काम गरिनुपर्दछ।

पार्टीको प्रत्येक संगठन र प्रत्येक शाखा तथा प्रत्येक सदस्यको उसले पार्टीको केन्द्रीय कमिटी वा अन्तर्राष्ट्रियलाई कुनै पनि समय आफ्नो इच्छा, सुझाव, राय र गुनासाहरू प्रत्यक्ष रूपमा पठाउन सक्ने अधिकार हुन्छ।

तल्ला कमिटीहरू माथिल्ला कमिटीको मातहत हुन्छन्

५०) नेतृत्वकारी पार्टी निकायहरूको निर्देशन र फैसला मान्नु मातहत संगठनहरू र अलग-अलग संस्थाहरूको लागि अनिवार्य हुन्छ। नेतृत्वकारी निकायहरूको दायित्व र उनीहरूको नेतृत्वकारी स्थितिको दुरूपयोग वा गलत प्रयोगलाई रोक्ने कर्तव्यको निर्वाह औपचारिक ढंगले केवल आंशिक मात्र हुन सक्दछ। औपचारिक रूपमा  तिनीहरूको जवाफदेहिता जति कम हुन्छ (उदाहणको रूपमा गैरकानूनी घोषित गरिएका पार्टीहरूमा), त्यति नै बढी अनिवार्य उनीहरूको पार्टी सदस्यहरूको रायको अध्ययन गर्ने, नियमित र ठोस सूचना प्राप्त गर्ने र विस्तृत रूपले सोचविचार तथा विमर्श पछि मात्र आफ्नो फैसला तयार गर्ने दायित्व हुनजान्छ।

५१) पार्टी सदस्यहरूको लागि उनीहरूले आफ्ना सम्पूर्ण सार्वजनिक कार्वाहीहरूमा एक जुझारू संगठनको अनुशासित सदस्यहरू समान आचरण गर्नु अनिवार्य हुन्छ। कार्यको उचित तरीका के हो भन्ने सवालमा यदि मतभेदहरू सामुन्ने आए भने जहाँसम्म संभव हुन्छ, यसलाई पार्टी संगठनमा पहिले भएका बहसका आधारमा हल गरिनुपर्दछ  र बहसमा जुन निर्णयमा पुगिन्छ, त्यही आधारमा काम गरिनुपर्दछ। यदि बाँकी अन्य सदस्यहरूको रायमा संगठन वा पार्टी कमिटीको निर्णय गलतै लागे पनि यी कमरेडहरूले आफ्ना सम्पूर्ण सार्वजनिक गतिविधिहरूमा कुन तथ्यलाई कदापि भुल्नु हुँदैन भने सामान्य मोर्चाको एकतालाई नोक्सान पुर्याउनु वा एकदम तोडिदिनु अनुशासनहीन आचरणको सबभन्दा भद्दा रूप हो र सैनिक दृष्टिले सबभन्दा संगीन गल्ती हो।

हरेक पार्टी सदस्यको सर्वोपरी कर्तव्य कम्युनिष्ट पार्टीको र सबभन्दा बढेर कम्युनिष्ट अन्तर्राष्ट्रियको, साम्यवादका सम्पूर्ण दुश्मनहरूको विरूद्ध रक्षा गर्नु हो। यसको विपरीत, जुन व्यक्तिले यो कुरा भुल्दछ र पार्टी वा कम्युनिष्ट अन्तर्राष्ट्रियमाथि सार्वजनिक रूपले आक्रमण गर्दछ, त्यो घटिया कम्युनिष्ट हो।

५२) पार्टीको संविधानका धाराहरू यसरी तयार गरिनुपर्दछ कि तिनीहरू नेतृत्वकारी पार्टी निकायहरूको मार्गमा, सामान्य पार्टी संगठनहरूको निरन्तर विकासको मार्गमा र पार्टी सक्रियताको निरन्तर प्रगतिको मार्गमा अवरोध नबनून्, बरू सहयोगी बनून्। सम्पूर्ण सम्बद्ध पार्टीहरूद्वारा कम्युनिष्ट अन्तर्राष्ट्रियका निर्णयहरूको तुरून्त पालना गरिनुपर्दछ, यहाँसम्म कि  कम्युनिष्ट अन्तर्राष्ट्रियका फैसलाहरू अनुसार पार्टीको विद्यमान संविधान र पार्टी निर्णयहरूमा आवश्यक परिवर्तन पछिको कुनै तारिखमा नै गर्न संभव हुने स्थितिमा पनि पालना गरिनुपर्दछ।

(१०) कानूनी र गैरकानूनी कार्य

तत्परता

५३) पार्टीले यसरी संगठित हुनुपर्दछ कि हमेशा संघर्षको स्थितिमा पैदा हुने सबै परिवर्तनहरू अनुसार स्वयंलाई तीव्रतापूर्वक ढाल्ने स्थितिमा रहोस्। कम्युनिष्ट पार्टीले आफूलाई एक यस्तो जुझारू संगठनको रूपमा विकसित गर्नुपर्दछ, जुन कुनै एक स्थानमा केन्द्रित दुश्मनको भारी शक्तिबाट खुला मोर्चा लिनबाट सुरक्षित रहन सक्षम होस्। तर अर्कोतिर, दुश्मनको शक्तिको यस्तो कुनै केन्द्रीकरणको निश्चित रूपमा लाभ उठाउँदै, त्यसमाथि यस्तो ठाउँमा हमला गरिनुपर्दछ, जहाँ उसलाई यसको सबभन्दा कम शंका हुन्छ। पार्टी संगठनको लागि सबभन्दा ठूलो गल्ती कुनै एक विद्रोहमा र सडकमा हुने संघर्षमा वा केवल घोर दमनका परिस्थितिहरूमा आफ्नो सम्पूर्ण शक्ति दाउमा लगाउनु हुनेछ। कम्युनिष्टहरू सदैव तयार रहने सोचको आधारमा आफ्ना प्रारम्भिक क्रान्तिकारी कामलाई बढी भन्दा बढी दोषमुक्त बनाउँदै जान्छन् किनभने प्रायः शान्त र तीव्र क्रममा बदलिएका लहरहरूको पूर्वानुमान लगाउन सक्नु असंभव हुन्छ। र, यदि यस्तो संभव भए पनि पार्टी-कार्यहरूको पुनर्गठनका धेरै मामिलाहरूमा दूरदृष्टिको कुनै प्रयोग गर्न सकिंदैन किनकि नियमको रूपमा, परिवर्तन तीव्र रूपमा आउँदछ, र प्रायः अचानक आउँदछ।

५४) पूँजीवादी देशहरूका कानूनी कम्युनिष्ट पार्टीहरू सशस्त्र संघर्षको लागि, वा सामान्यतः गैरकानूनी संघर्षको लागि, यथोचित रूपले तयार रहने पार्टी-कार्यभारको महत्त्वलाई बुझ्नमा असफल रहन्छन्। कम्युनिष्ट संगठनले आफ्नो अस्तित्वको स्थायी कानूनी आधारमा भरोसा गर्ने र कानूनी कार्यभारहरूका आवश्यकताहरू अनुसार आफ्ना कामहरूलाई संचालित गर्ने गल्ती प्रायः गर्ने गर्दछन्।

अर्कोतिर, गैरकानूनी पार्टीहरू प्रायः कानूनी गतिविधिहरूका ती सबै संभावनाहरूको प्रयोग गर्नमा असफल हुन्छन्, जसको लाभ एक यस्तो पार्टी संगठनको निर्माणको लागि उठाउन सकिन्छ, जसको क्रान्तिकारी जनसमुदायसँग निरन्तर जीवन्त सम्पर्क बनिरहन्छ। यस्ता भूमिगत संगठनहरूको सामुन्ने, जसले यी महत्त्वपूर्ण सच्चाइहरूको उपेक्षा गर्दछन्, कुन खतरा विद्यमान  रहन्छ भने उनीहरू केवल यस्ता षड्यन्त्रकारीहरूका समूहमा परिवर्तित हुन्छन्, जो निरर्थक काममा आफ्नो श्रम नष्ट गरिरहन्छन्।

यी दुवै प्रवृत्तिहरू गलत छन्। हरेक कानूनी कम्युनिष्ट संगठनको लागि आफ्नो अस्तित्वलाई भूमिगत रूपले कायम राख्नको लागि र सर्वोपरी रूपमा क्रान्तिकारी विस्फोटहरूको लागि आफ्नो पूर्ण तयारीलाई कसरी सुनिश्चित गर्ने भन्ने कुरा जान्नु आवश्यक हुन्छ। अर्कोतिर, प्रत्येक गैरकानूनी कम्युनिष्ट संगठनले घनिभुत पार्टी सक्रियताद्वारा महान क्रान्तिकारी जनताको संगठनकर्ता र वास्तविक नेता बन्नको लागि कानूनी मजदूर आन्दोलनद्वारा उपलब्ध गराइने सबै संभावनाहरूको पूरा-पूरा प्रयोग गर्नुपर्दछ।

गैरकानूनी र कानूनी कामको बीचमा अभेद्य पर्खाल हुँदैन

५५) कानूनी र भूमिगत – दुवै पार्टी सर्कलहरूमा गैरकानूनी कम्युनिष्ट संगठनात्मक कार्यहरूलाई बाँकी पार्टी संगठन र कार्यहरूबाट अलग, शुद्ध सैनिक संगठनको रूपमा स्थापित गर्ने र कायम राख्नेतर्फ अग्रसर हुने एक प्रवृत्ति विद्यमान रहन्छ। यो बिल्कुल गलत हुन्छ। यसको विपरीत, पूर्व-क्रान्तिकारी कालमा हाम्रा सैनिक संगठनको गठनको काम मुख्यतः कम्युनिष्ट पार्टीका आम कार्यहरूद्वारा नै गरिनुपर्दछ। समुच्च पार्टीलाई नै क्रान्तिको लागि जुझारू संगठनको रूपमा विकसित गरिनुपर्छ।

पूर्व-क्रान्तिकारी कालमा, अपरिपक्व ढंगले बनाइएका अलग-थलग क्रान्तिकारी सैनिक संगठनहरूमा, प्रत्यक्ष र उपयोगी पार्टी कार्यको अभावमा, विघटनतिर प्रवृत्त हुने प्रवृत्तिहरू विद्यमान रहन्छन्।

५६) निस्सन्देह, एक गैरकानूनी पार्टीको लागि कुन कुरा अति आवश्यक हुन्छ भने त्यसले आफ्ना सदस्यहरू र पार्टी-संस्थाहरूलाई अधिकारीहरूको दृष्टिमा आउनुबाट बचाउनुपर्छ र पंजीकरण, लापरवाहीपूर्वक चन्दा संकलन गर्ने तथा बिना सुझबुझ क्रान्तिकारी सामग्रीको वितरण जस्ता कुनै पनि कार्वाहीद्वारा पार्टी सदस्य वा पार्टी संस्थाहरूको गोप्यता भंग हुने यस्ता कुनै कामहरू पैदा हुनै दिनुहुँदैन। यी कारणहरूबाट त्यसले (अर्थात् गैरकानूनी पार्टी) खुल्ला सांगठनिक तरीकाहरूको त्यो हदसम्म प्रयोग गर्न सक्दैन, जुन हदसम्म एउटा कानूनी पार्टीले गर्न सक्दछ। तर पनि यस मामिलामा व्यवहारको माध्यमबाट त्यसले बढीभन्दा बढी दक्षता प्राप्त गर्न सक्दछ।

अर्कोतिर, एउटा कानूनी जनपार्टीले गैरकानूनी कामहरू र संघर्षको विस्तारको लागि पूर्ण रूपले तयार रहनुपर्दछ। कुनै पनि स्थितिमा उसले आफ्ना तयारीहरूमा कमजोरी हुन दिनुहुँदैन (उदाहरणको रूपमा, ऊसँग सदस्यहरूका फाइलहरूका प्रतिलिपिहरू लुकाउनको लागि सुरक्षित स्थान अवश्य हुनुपर्छ, अधिकांश मामिलाहरूमा चिठ्ठीपत्र नष्ट गरिदिनुपर्दछ, महत्त्वपूर्ण दस्तावेजहरूलाई सुरक्षित स्थानमा राख्नुपर्दछ तथा सन्देशवाकहरूलाई षड्यन्त्रकारी कामहरूको तालिम दिनुपर्दछ)।

कानूनी र गैरकानूनी – दुवै पार्टी सर्कलहरूमा प्रायः के मानिन्छ भने गैरकानूनी संगठनहरू सूक्ष्म रूपमा र बिल्कुल अलग र पूर्ण रूपले एक सैनिक संस्थाको रूपमा हुनुपर्दछ, जुन पार्टीभित्र पनि एकदम अलग-थलग स्थितिमा विद्यमान रहोस्। यस्तो मान्नु बिल्कुल गलत हुन्छ। पूर्व-क्रान्तिकारी कालमा हाम्रो लडाकू संगठनको निर्माण मुख्यतः कम्युनिष्ट पार्टीका आम पार्टी-कार्यमाथि निर्भर हुनुपर्दछ। समुच्च पार्टीलाई नै क्रान्तिको लागि लडाकु संगठनको रूपमा ढालिनुपर्दछ।

क्रान्तिको आवश्यकता अनुसार एक लडाकु पार्टी संगठन तयार गर्नुपर्दछ

५७) त्यसकारण सामान्य पार्टी-कार्यको विभाजन पूर्व-क्रान्तिकारी कालमा नै क्रान्तिका आवश्यकताहरू अनुसार बनाइने एक लडाकु संगठनको स्थापना र सुदृढीकरणको सुनिश्चित होस् भन्ने ढंगले गरिनुपर्दछ। सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने कम्युनिष्ट पार्टीका सम्पूर्ण गतिविधिहरूमा यसको निर्देशक संस्था क्रान्तिकारी आवश्यकताहरूद्वारा निर्देशित हुनुपर्दछ र संभव भएसम्म पार्टीले यी आवश्यकताहरू के हुन सक्दछन् भन्ने कुरा जान्ने कोशिस गर्नुपर्दछ। स्पष्ट छ, यो सजिलो काम होइन तर केवल यसकारणले मात्र कम्युनिष्ट संगठनात्मक नेतृत्वको यो अति महत्त्वपूर्ण मुद्दालाई बेवास्ता गर्न सकिंदैन।

सबभन्दा राम्रोसँग संगठित पार्टीले पनि यदि खुल्ला क्रान्तिकारी उभारहरूको क्रममा आफ्ना कामहरूमा भारी परिवर्तन गर्नुपर्यो भने उसको सामु धेरै कठिन र जटिल कार्यभार खडा हुन्छन्। हाम्रा राजनीतिक पार्टीले केही दिनभित्र नै आफ्ना तमाम शक्तिहरूलाई क्रान्तिकारी संघर्षको लागि गोलबन्द गर्नुपर्ने कुरा बिल्कुल संभव छ। त्यसलाई पार्टी शक्तिहरूको अतिरिक्त आफ्ना रिजर्व शक्तिहरू, सहानुभूति संगठनहरू, अर्थात् असंगठित क्रान्तिकारी जनसमुदायहरूलाई संगठिन गर्न पनि संभव छ। एक नियमित लालसेना गठन गर्ने कुराको अहिलेसम्म सवाल उठ्दैन। हामीले पहिलेदेखि संगठित सेना बेगर नै पार्टीको नेतृत्वमा जनताद्वारा विजय प्राप्त गर्नु छ।

यही कारणले गर्दा यदि हाम्रा पार्टी यस्तो मौकाको लागि पूर्ण रूपले तयार र संगठित छैनन् भने हाम्रा सबभन्दा सहासी कोशिसहरूले पनि सफलता हासिल गर्न सक्नेछैनन्।

विशेष गोप्य ढाँचा तयार गर्नु आश्यक हुन्छ

५८) क्रान्तिकारी केन्द्रीय निर्देशक कमिटीहरू क्रान्तिकारी परिस्थितिहरूको सामना गर्नमा असमर्थ सिद्ध भएको देखिएको छ। जहाँसम्म साना-ठूला कार्यभारहरूको सवाल छ, तर तिनका हेडक्वार्टरमा सँधै अव्यवस्था, भ्रम र अराजकताको स्थिति बनिरहेको छ। कहिलेकाहीँ त कामकाजको एकदम आधारभूत प्रकारको विभाजन पनि गरिंदैन। गुप्तचार विभाग प्रायः यति नराम्रोसँग संगठित हुन्छ कि फाइदाको सट्टा नोक्सान बढी पुग्दछ। डाक र अन्य संचार-साधन एकदम भरोसायोग्य हुँदैनन्। डाक र यातायातका सबै गोप्य प्रबन्ध, गोप्य स्थान र छापाखाना, आदि सामान्यतः सौभाग्य र दुर्भाग्यपूर्ण परिस्थितिहरूको दयामा हुन्छन् तथा दुश्मन शक्तिहरूका “भडकाउ एजेन्टहरू” को लागि सुनौलो मौका प्रदान गर्दछन्।

यी सबै दोषहरूलाई त्यतिखेरसम्म ठीक गर्न सकिंदैन, जतिखेरसम्म पार्टीले यो खास कामको लागि आफ्नो प्रशासनिक तन्त्रमा एक विशेष शाखा संगठित गर्दैन। सैनिक गुप्तचर सेवाको लागि अभ्यास, विशेष प्रशिक्षण र जानकारीको जरूरत हुन्छ। राजनीतिक पुलिसको विरूद्धमा जासुसी मामिलामा पनि यही कुरा लागू हुन्छ। दीर्घकालीन अभ्यासद्वारा मात्र सन्तोषजनक ढंगले गुप्तचर विभाग तयार गर्न सकिन्छ। हरेक कानूनी कम्युनिष्ट पार्टीले, चाहे त्यो जतिसुकै सानो किन नहोस्, यी सम्पूर्ण विशिष्ट क्रान्तिकारी कार्यहरूको लागि गोप्य तयारीहरू गर्नुपर्दछ। अधिकांश मामिलाहरूमा यस्तो गोप्य ढाँचा पूर्णतः कानूनी गतिविधिहरूको माध्यमबाट खडा गर्न सकिन्छ।

उदाहरणको रूपमा, पहिलेदेखि तय गरिएका कोड-व्यवस्थाद्वारा, सावधानीपूर्वक बाँडिएका पर्चा र पत्रिकाहरूमा लेखिने पत्रहरूको माध्यमबाट गोप्य डाक व्यवस्था तथा यातायात-संचार व्यवस्था स्थापित गर्नु बिल्कुल संभव हुन्छ।

हरेक पार्टी-सदस्य र हरेक क्रान्तिकारी मजदूर भावी क्रान्तिकारी सेनाको संभावित सिपाही हो

५९) कम्युनिष्ट संगठनकर्ताहरूले पार्टीका हरेक सदस्यलाई र हरेक क्रान्तिकारी मजदूरलाई भावी क्रान्तिकारी सेनाका संभावित सैनिकको रूपमा हेर्नुपर्दछ। यसकारण संगठनकर्ताले उसलाई पार्टीमा यस्तो स्थान दिनुपर्दछ, जुन उसको भावी भूमिका अनुरूप होस्। उसको वर्तमान पार्टी गतिविधि वर्तमान पार्टी कार्यको लागि जरूरी र उपयोगी सेवाहरूको रूपमा हुनुपर्दछ, केवल अनावश्यक ड्रिलको रूपमा होइन, जसलाई आज एक व्यवहारिक कार्यकर्ताले खारेज गरिदिन्छ। यो कुरा कहिल्यै भुल्नुहुँदैन कि यसप्रकारको गतिविधि प्रत्येक कम्युनिष्टको लागि अन्तिम संघर्षका आवश्यकताहरूको लागि सबभन्दा राम्रो तयारी हो।

स्रोत – https://www.marxists.org/history/international/comintern/3rd-congress/organisation/guidelines.htm



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started