प्रकृति विज्ञान र समाज

(सर्वसाधारणको लागि विज्ञान बोध)

मूल पुस्तक : केरल शास्त्र साहित्य परिषदद्वारा मलयालममा प्रकृति शास्त्र समूहम् नामबाट रचित पुस्तक

अंग्रेजी –  भारत जनविज्ञान समूहको लागि दिल्ली साइन्स फोरमद्वारा प्रकाशित पुस्तक

नोट : (यो सामग्री विशेषगरी विज्ञानलाई सजिलोसँग बुझ्न नसक्ने आम जनसमुदाय र वालवालिकाहरूको लागि अत्यन्त उपयोगी छ।)

कति चीजहरू !

साथीहरू, म तपाईंहरूसँग एउटा सीधा प्रश्न गर्दछु ? यो एउटा यस्तो प्रश्न हो, जसको उत्तर तपाईंहरू सबैले दिन सक्नुहुन्छ । प्रश्न यस्तो छ –

के तपाईंहरू विहान उठेदेखि राति सुत्न जाउन्जेलसम्म देखेका ती सम्पूर्ण चीजहरूको नाम बताउन सक्नुहुन्छ ?

धेरै सजिलो कुरा हो, होइन र ? तब सोच्न शुरू गर्नुहोस् – ती कुन सम्पूर्ण चीजहरू हुन्, जसलाई तपाईंले विहान आँखा खोल्ने वित्तिकै देख्नुभयो ?

पलङ, सिरानी, कोठाका पर्खाल, पर्खालमा टाँगिएको क्यालेन्डर, लोटामा पानी, कुर्सी, मेच, मेचमा किताबहरू, छतमा झुण्डिएको बल्ब, पर्खालमा घडी, खुला झ्याल, झ्याल पारी उभिएको रूख, उदाउदो सूर्य, ………….यस्ता धेरै चीजहरू ।

र, बाहिर बरण्डामा जाँदा तपाईंले के देख्नुभयो ? बाहिरको आँगन, कुखुरा र यताउता दौडिरहेका त्यसका चल्लाहरू …….हेत्तेरिका, हेर त यो बदमाश कुखुराले के गरेको ! हिँजो मैले रोपेको गुलावको विरूवा मुनिको माटो खोतल्यो……यसलाई बाहिर लखेट्न मन लाग्छ……..तर मलाई अण्डा कहाँबाट प्राप्त हुन्छ र ?

आँगन पारी झाँडीहरू र फूलले ढकमक्क विरूवाहरू – गुलाव, चमेली, आदि । आज गुलावका दुई फूल फुलेका छन् ……..तिनीहरूमध्ये एउटा टिप्नेछु।

आँगनमा धेरै प्रकारका रूख छन् – आँप, इमिली, नीम, मेरिगोल्ड,……….लु हेर त, दुइटा लोखर्के आँपका हाँगामा दौडिरहेका छन् र मेरिगोल्डमा काँगको गुँड पनि छ !

र, तपाईंले के देख्नुभयो ?

म दाँत माझ्न जाँदा धातुको नलीबाट सफा पानी बाहिर आइरहेको देखेँ, रातो रंगको बाल्टी देखेँ, जसमा पानी झरिरहेको थियो ……….

भान्साघरमा रोटी पकाउँदै गरेकी आमा, भाँडाकुँडा, अंगेनोमा आँगो, स्ट्याण्डमा बटुका र प्लेटहरू………चीनीको डिब्बातिर बढिरहेका कमिलाहरूको एक हुल……यी सबै ।

बस यति मात्र ? र, यसको अतिरिक्त केही देख्नुभएन ? खाजा खाएपछि तपाईंले के गर्नुभयो ?

ओहो, मैले देखेका धेरै चीजहरू थिए । खाजा खाएपछि म स्कूल जाँदा सडकमा रिक्सा र बसहरू तथा गाडीहरू पनि गुडिरहेका थिए। सडकको एकातिर विजुलीका खम्बा, यसको पारी हराभरा खेत र टाढा धेरै टाडा पहाड र जंगलहरू थिए। खेतको बीचमा रेलको लिग थियो, जसमाथि धुवा छोड्दै पूर्वतिर गइरहेको एउटा रेल थियो। सडकको अर्कोतिर एउटा ताल थियो, जहाँ एउटा भैंसीले नुहाइहेको थियो। मैले एउटा हात्ती पनि देखेँ – हात्तीमाथि हरियो पातको थुप्रोमा एउटा मानिस पनि बसेको थियो।

स्कूल पुगेपछि फाटक बाहिर मैले सानो दोकान देखेँ, जहाँ विभिन्न प्रकारका चीजहरू थिए। त्यसको ठीक अगाडि नजिकै छोलाको दोकान थियो, नमकीन र मीठा बदामहरू र अन्य धेरै प्रकारका खाने कुराहरू साना-साना डिब्बामा राखिएका थिए। मैने दोकानतिर गइरहेका धेरै बच्चाहरू पनि देखेँ।

फाटक भित्र, धेरै कोठा, हरेक कक्षा बाहिर तखताहरू, कक्षामा चक, ब्लाकबोर्ड, नक्सा र संसारको ग्लोब। र, स्कूलबाट घर फर्किँदा पनि मैले धेरै चीजहरू देखेँ।

र, राति तपाईंले के देख्नुभयो ?

आकाशमा चम्किरहेको चन्द्रमा, त्यसको चारैतिर चम्किरहेका असंख्य ताराहरू……जुनकिरी।

त्यसपछि तपाईंले देख्नुभयो होला, दिनभरी हामीले देखेका सम्पूर्ण चीजहरूलाई याद गर्नु धेरै मुश्किल काम हो। तिनीहरूको सूची बनाउन मुश्किल छ ! र, चीजहरू हामी दैनिक देख्दछौं। त्यो सीधा प्रश्नको उत्तर त्यति सजिलो छैन। तर साथीहरू हैरान हुनु आवश्यक छैन। कसैले पनि दिनभरी देखेका ती सम्पूर्ण चीजहरूको गणना गर्न सक्दैन। किन ? किनकि तिनीहरू धेरै-धेरै हुन्छन्।

माटो, हावा, पानी, आकाश, तारा, बादल, चन्द्रमा, रूखबोटविरूवा, फूल, पक्षी, जनावर, माछा, सर्प, कीरामाकुरा, मानिस, बर्षा, घाम, बरफ,……….हाम्रो चारैतिर छरिएका कैयौं धेरै चीजहरू छन्। के हामी यिनीहरूको गणना गर्न सक्छौं ? सय होलान्, हजार होलान्, होइन-होइन, सय होइन, हजार होइन, लाख र करोड होइन, अझ धेरै …….यति धेरै चीजहरू कि गणना नै गर्न सकिँदैन। र, यी सबै एक ठूलो, धेरै ठूलो परिवारको हिस्सा हुन्। के तपाईंहरूमध्ये कसैले यो परिवारको नाम बताउन सक्नुहुन्छ ?

अहँ ?

ब्रम्हाण्ड।

सानाभन्दा साना कमिला, ठूलाभन्दा ठूला हात्ती, पक्षी, चौपाया र मानिस…….पानी र वालुवा, आकाश र तारा, पर्वत र समुद्र, फूल र माहूरी – सानाभन्दा साना चीजहरूदेखि लिएर ठूलाभन्दा ठूला चीजहरू तपाईं, मेरा साथी र स्वयं म – हामी सबै केसँग जोडिएका छौं ?

ब्रम्हाण्डसँग ।

साथीहरू, हामी सबै जोडिएको यो ठूलो परिवारको नाम भुल्नुहुँदैन………ब्रम्हाण्ड ।

आकाशतिर

साथीहरू, के तपाईंहरूमध्ये कसैले माथि आकाशतिर कम्तीमा एकपटक पनि हेर्नुभएको छैन ?

छैन।

ठीक। आकाशतिर हेर्दा तपाईं के देख्नुहुन्छ ? यदि हामीले यसतर्फ दिउँसो हेर्यौं भने सूर्य देख्दछौं र शायद यसको चारैतिर सेतो बादल पनि देख्छौं। यदि बर्षातको मौसम छ भने हामी ठूला-ठूला काला बादल देख्छौं। र, यसतर्फ राति हेर्दा हामी के देख्छौं ?

स्पष्ट राति आकाशतिर हेर्नु कति धेरै सुखद हुन्छ ! र, खासगरी पूर्णिमाको राति ! चन्द्रमा………ठूलो चन्द्रमा……पापड जस्तै गोलो। केही दिन त हामी चन्द्रमाको एउटा सानो किनारा मात्र देख्छौ। हामी बलिरहेका, चम्किरहेका ताराहरूले भरपुर आकाश पनि देख्दछौं।

के तपाईंहरूमध्ये कसैले ताराहरूको संख्या गन्ने कोशिस गर्नुभएको छ ? यदि छैन भने एक रात कोशिस गरेर हेर्नुहोस्। तर तपाईं सबै तारालाई कहिल्यै गन्न सक्नुहुन्न। हामीले देखेका ताराहरू असंख्य छन्। यसको अर्थ हामीले देख्न नसक्ने अरू ताराहरू पनि छन् ? अवश्य । यस्ता असंख्य ताराहरू छन्, जसलाई हामी देख्न सक्दैनौं।

के सबै ताराहरू एकै प्रकारका छन् ?

एउटा उज्यालो राति आकाशतिर ध्यानपूर्वक हेर्नुहोस्। तपाईंले धेरै चम्किरहेका ताराहरू देख्नुहुनेछ। तर तिनीहरूमध्ये केही चम्किदैनन्। चम्किनेलाई तारा भनिन्छ र नचम्किनेलाई ग्रह भनिन्छ।

ग्रह र ताराहरूमा के फरक छ ?

एउटा सानो चालबाट तपाईं यो फरकलाई बुझ्न सक्नुहुन्छ। तपाईंहरू सबैले विजुलीको बल्ब त देख्नुभएको छ, जसलाई हामी राति घरमा प्रयोग गर्दछौं। तारा बल्ब जस्तै हुन्। तिनीहरूबाट प्रकाश निस्किन्छ। तर थोरै फरक छ – बल्ब त्यतिखेर चम्किन्छ, जब हामी त्यसलाई बाल्छौं। ताराहरूको मामिलामा बाल्ने कुनै प्रश्न नै उठ्दैन। तिनीहरूबाट हमेशा प्रकाश निक्लिरहन्छ।

मेचमा या त स्टिलको कुनै भाँडो वा ऐना बल्दै गरेको बल्ब मुनि राख्नुहोस्। के हुन्छ ? बल्बबाट निक्लिएको प्रकाश स्टिलको भाँडो वा ऐनामा प्रतिबिम्बित हुन्छ। यदि बल्बलाई बन्द गरियो वा हटाइयो भने स्टिलको भाँडो वा ऐना पनि चम्किन बन्द हुन्छ। ग्रह स्टिलको यो भाँडो वा ऐना जस्तै हो। भन्नुको अर्थ के हो भने ग्रहले त्यो प्रकाशलाई प्रतिबिम्बित गर्दछ, जुन उनीहरूलाई ताराबाट प्राप्त हुन्छ। उनीहरू स्वयं त न चम्किन्छन् र न प्रकाश नै दिन्छन्।

साथीहरू, तपाईंहरूमध्ये कसैले आफ्नो सबभन्दा परिचित तारा कुन हो भन्ने कुरा बताउनु सक्नुहुन्छ ?

ठीक, एकदमै ठीक। सूर्य।

र, तपाईंले सबभन्दा बढी चिनेजानेको ग्रह कुन हो ?

पृथ्वी !

सूर्य तारा हो भन्ने कुरा विश्वास गर्न थोरै समस्या हुन्छ। यदि यो तारा हो भने यसलाई हामी किन दिनमा मात्रै देख्दछौं; जबकि अन्य ताराहरू राति पनि देखिन्छन् ?

दिउँसो, सूर्यको तीव्र प्रकाशमा हामी अन्य ताराहरू देख्दैनौं। यदि एउटा ट्यूबलाइट निकट तपाईंले एउटा सानो ममबत्ती राख्नुभयो भने ममबत्तीको चमक एकदम फिका देखिन्छ। यदि ट्यूबलाइटलाई बन्द गरिदिने हो भने ममबत्ती तीव्र रूपमा चम्किन लाग्छ। ठीक यसरी नै दिउँसो सूर्यको चमकको कारण हामी अन्य ताराहरू देख्न सक्दैनौं। तर सूर्य अस्ताएपछि र अध्यारो भएपछि हामी आकाशमा चम्किरहेका ताराहरू देख्दछौं।

तपाईं के प्रश्न गर्न सक्नुहुन्छ भने सूर्य नै किन यति चम्किलो छ र अन्य ताराहरू छैनन्। वास्तविकता त के हो भने अन्य ताराहरूबाट पनि सूर्यको जस्तै धेरै प्रकाश निक्लिन्छ। र, सूर्यभन्दा पनि बढी चम्किने ताराहरू पनि छन्। तर सूर्य हाम्रो सबभन्दा निकट छ। अन्य ताराहरू हाम्रो पृथ्वीभन्दा धेरै टाढा छन्। त्यसकारण सूर्यलाई हामी धेरै ठूलो र धेरै चम्किलो देख्दछौं।

अब तपाईं सूर्य एक तारा हो भन्ने कुरा मान्नको लागि तयार हुनुभयो त ?

यो ब्रम्हाण्डमा सूर्य जस्ता धेरै ताराहरू छन् र पृथ्वी जस्ता कैयौं ग्रहहरू छन्।

एक हजार ? होइन। दस हजार ? होइन। एक लाख ? होइन। दस लाख ? होइन। एक करोड ? होइन। दस करोड ? होइन – असंख्य, अनगिन्ती।

के हामी यी सबै ताराहरूलाई देख्न सक्दछौं ?

बिल्कुल देख्न सक्दैनौं। केही हामीले आकाशतिर हेर्दा देख्न सक्दछौं। तर यस्ता कैयौं ताराहरू छन्, जसलाई हामी नांगा आँखाले देख्न सक्दैनौं। तिनीहरू धेरै-धेरै टाढा छन्।

हामीबाट धेरै-धेरै टाढा भएका यस्ता ताराहरूलाई हामी दूरदर्शी यन्त्रको माध्यमबाट देख्न सक्दछौं। तर दूरदर्शी यन्त्रबाट पनि हामी सबै ताराहरूलाई देख्न सक्दैनौं। यस्ता करोडौंकरोड ताराहरू छन्, जुन दूरदर्शी यन्त्रको पहुँचभन्दा बाहिर…….टाढा धेरै टाढा छन्। अब हामी केही कुरा पृथ्वीको बारेमा पनि जानौं।

पृथ्वी छ……के हो ?

एउटा ग्रह ।

के तपाईंले पृथ्वी लगातार सूर्यको चारैतिर घुम्छ भन्ने कुरा कहिल्यै जान्नुभएको छ ? अनुमान लगाएर हेर्नुहोस्, पृथ्वीलाई सूर्यको एकपटक चक्कर लगाउनमा कति समय लाग्छ ? ३६५ १/४, अर्थात् एक वर्ष।

वर्षभरिमा कहिले हामीलाई चीसो लाग्छ। र, वर्षभरिमा कहिले धेरै गर्मी पनि हुन्छ। यो सबै पृथ्वीले सूर्यको चारैतिर घुमेको कारणले भएको हो। सूर्यबाट हामीलाई आवश्यक पर्ने ताप र प्रकाश प्राप्त हुन्छ।

यदि सूर्यको ताप र प्रकाश पृथ्वीमा नपुग्ने हो भने न त बोटविरूवा हुन्छन्, न जनावर र न पृथ्वीमा कुनै चीज। मानिस पनि हुँदैनन्।

हामीलाई पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ भन्ने कुरा थाहा छ। तर ठीक त्यही समय पृथ्वी आफ्नो धुरीमा घुमिरहेको छ। पृथ्वी आफ्नो यो धुरीमा घुमेको कारणले नै दिन र रात हुन्छन्।

एकदम सही समयमा ?

पृथ्वी बेलुन जस्तै गोलो छ भन्ने कुरा त तपाईंहरूलाई सबैलाई थाहा छ नि ? सूर्यको सामु परेको पृथ्वीको भागमा दिन हुन्छ र सूर्यको ठीक सामुन्ने नभएको अर्को भाग रात हुन्छ।

आउनुहोस्, यसलाई बुझ्नको लागि एउटा सानो प्रयोग गरौं। फुटवल वा कुनै बेलुनलाई अध्यारो कोठामा मेचमाथि राख्नुहोस्। अब एउटा विद्युत टर्च बाल्नुहोस्। टर्चबाट निक्लिएको प्रकाश फुटवलको माथिल्लो भागमा पर्नेछ। अब बललाई घुमाउनुहोस्। तपाईंले के देख्नुहुनेछ भने जुन  भागमा पहिले अध्यारो थियो, त्यो भाग चम्किन लाग्छ र जुन भाग पहिले चम्किरहेको थियो, अब त्यो भाग अध्यारोमा डुबिरहेको हुन्छ। त्यहाँ अब अध्यारो भएको छ। यदि हामीले बललाई नघुमाउने हो भने यसको एक भागमा हमेशा प्रकाश पर्दछ – यसको एक भाग हमेशा चम्किन्छ र अर्को भागमा हमेशा अध्यारो हुन्छ।

हाम्रो पृथ्वी एक बल जस्तै हो, एक विशाल बल। किनभने यो गोलो-गोलो घुमिरहन्छ, यसको अलग-अलग भागहरूमा सूर्यको प्रकाश पर्दछ। यसको अर्थ के हो भने एकपछि अर्को भाग उज्यालो र अध्यारोमा आइरहन्छन्।

मानौं यदि हाम्रो पृथ्वी घुम्दैनथ्यो भने के हुन्थ्यो होला ?

यसको एक भागमा हमेशा दिन हुन्थ्यो र अर्को भागमा हमेशा रात। यस्तो हुन्छ ? यो कति नीरस हुन्थ्यो होला। तर हैरान हुनु आवश्यक छैन। पृथ्वी आफ्नो धुरीमा निरन्तर घुमिरहन्छ, त्यसछि रात र दिन हमेशा एकपछि अर्को लगातार आइरहन्छन्।

के कसैले पृथ्वीलाई आफ्नो धुरीमा घुमाउँदछ, जस्तो कि हामीले बललाई घुमाइरहेका थियौं ? अहँ। पृथ्वी आफ्नो धुरीमा स्वयं नै घुम्दछ।

हाम्रो देश संसारको गोलामा एकातिर छ र अमेरिका अर्कोतिर – विपरीत दिशामा छ। जब यहाँ दिन हुन्छ, अमेरिकामा राति हुन्छ। यहाँ तपाईं स्कूल गइरहनुभएको छ तर अमेरिकामा यसबेला बच्चा सुतिरहेका हुन्छन्। यो रोचक कुरा होइन र ?

पृथ्वी सूर्यको चारैतिर घुम्दछ भन्ने कुरा हामीले देख्यौं। पृथ्वी जस्तै अरू पनि ग्रहहरू छन्,  जसले सूर्यको परिक्रमा गर्दछन्।

के कसैलाई यी अन्य ग्रहहरूको नाम थाहा छ ?

अहँ।

यिनीहरूका नाम हुन् – बुध (मर्करी), शुक्र (भेनस), मंगल (मार्स), वृहस्पति (जुपिटर), शनि (स्याटर्न), अरूण (यूरेनस), बरूण  (नेप्च्यून) र यम (प्लुटो) । (तर प्लुटो अहिले ग्रहको रूपमा छैन।)

सूर्य र यसलाई परिक्रमा गर्ने ग्रहहरूको एक परिवार छ ।

त्यसको के नाम हो ?

सौर्य मण्डल।

पृथ्वी सौर्यमण्डलको एक सानो सदस्य हो र मानिस पृथ्वीमा बस्ने करौडौं जीवहरूमध्ये एक प्राणी हो।

हामीले चन्द्रमालाई त भुलिगयौं !

चन्द्रमा न त तारा, न ग्रह नै हो।

त्यसो हो भने यो के हो त ?

यो उपग्रह हो।

उपग्रह भन्नाले के बुझिन्छ ?

उपग्रह साना-साना पिण्ड हुन्छन्, जुन ग्रहका चारैतिर घुम्दछन्। चन्द्रमा एउटा उपग्रह हो, जुन पृथ्वीको चारैतिर घुम्छ। यो सूर्य र मंगल ग्रहको तुलनामा पृथ्वीको धेरै निकट छ। त्यसकारण हामीले यसलाई यति नजिकै देख्दछौं र आकाशमा यो यति स्पष्ट देखिन्छ। चन्द्रमा पनि पृथ्वीकै जसरी आफ्नो धुरीमा घुम्दछ।

चन्द्रमामा नील आर्मस्ट्रंग नामक अमेरिकीले सबभन्दा पहिले आफ्नो कदम राखेका थिए।

हामीले चन्द्रमा पृथ्वीको चारैतिर घुम्छ र पृथ्वी तथा चन्द्रमा दुवैले एकसाथ सूर्यको चारैतिर घुम्दछन् भन्ने कुरा थाहा पायौं ।

र, सूर्य ?

सूर्य पनि आकाशगंगाको चारैतिर घुम्छ र यसरी  नै ब्रम्हाण्डका करोडौं-करोड ताराहरूले पनि। हाम्रो सूर्य जसरी नै तिनीहरू पनि घुमिरहेका छन्।

पृथ्वी घुम्दा यहाँ रहेका हामी पनि घुम्दछौं वा चक्कर लगाउँदछौं। हामी निरन्तर घुमिरहने एक विशाल वेलुनको माथिल्लो हिस्सामा सूक्ष्म कमिलाको रूपमा छौं।

कति टाढा ! कति विशाल !

तपाईंलाई अर्को एउटा सीधा प्रश्न गरौं ?

सलाईको एक काँटी कति ठूलो हुन्छ ? थाहा छैन? त्यसो हो भने यसलाई एउटा रूलरले नापेर हेर्नुहोस्………कति ठूलो हुन्छ ?

लगभग ४ से.मी.।

र, पेन्सिलको लम्बाई कति हुन्छ ?

लगभग १० से. मी. ।

तपाईंहरू बजारमा कमिज-पाइजामाको लागि कपडा किन्न जानुभएकै होला ? कपडाको दोकानमा कपडा कसरी नापिन्छ ? कपडा सिलाउने मानिसले तपाईंको कमिजको लागि एक मीटर र तपाईंको पिताको कमिजको लागि २ मीटर कपडा लाग्छ भन्नेछ। कपडा मीटरले नापिन्छ।

अब अर्को एउटा कुरा, घरबाट तपाईंको विद्यालय कति टाढा छ ? ठीक २ कि. मी. । यो हामी ननापीकन भन्दछौं, किनकि सडकमा दूरी बताउने स्तम्भ राखिएका हुन्छन्।

तपाईं बस्ने ठाउँबाट सबभन्दा नजिकको शहर कति टाढा छ ?

३०  कि. मी. ।

यी सबै कुराबाट तपाईं के बुझ्नुहुन्छ ?

पहिलो कुरा,  विभिन्न प्रकारका नाप हुन्छन्, जस्तो कि – से. मी., मीटर, कि. मी.,  माइल, इत्यादि। अर्को कुरा, नाप कुनै खास काममा आउँछन्। पेन्सिल वा कलमको लम्बाई से.मी. मा निकालिन्छ। कपडा मीटरमा नापिन्छ। दूरीलाई कि. मी. मा बुझिन्छ। यसको अर्थ के हो भने छोटो दूरी छोटो र साना माँप वा इकाइहरू र लामो दूरी ठूला इकाइहरूमा निकालिन्छ।

के तपाईंले कुनै घरबाट विद्यालयको दूरीलाई से. मी. मा निकालेको सुन्नुभएको छ ? छैन ! ठीक त्यसैगरी एउटा पेन्सिलको लम्बाई पनि कि. मी. निकाल्न सकिंदैन। अब तपाईं के जान्न चाहनुहुन्छ भने नापबाट किन हामीले आफ्नो कुरा शुरू गर्यौं ? भर्खरै हामीले चन्द्रमा, सूर्य, ग्रहहरूको बारेमा जान्ने  कोशिस गरिरहेका थियौं। हामीले सूर्य हामीबाट सबभन्दा नजिकको तारा हो र अरू धेरै-धेरै टाढा छन् भन्ने कुरा थाहा पायौं।

सूर्य र अन्य तारा पृथ्वीबाट ठीक कति दूरीमा छन् ? यो “विशाल दूरी”, कति टाढा छ ?

सूर्य सबभन्दा नजिकको तारा हो। अब तपाईं सोच्न सक्नुहुनेछ कि यो धेरै टाढा छैन होला ? थाहा छ, यो पृथ्वीबाट १५ करोड कि. मी. टाढा छ। स्पष्ट भएन ? विश्वास लाग्दैन ? तर यो साँचो हो। यत्रो धेरै संख्या तपाईं कसरी लेख्नुहुन्छ ? ठीक, सबभन्दा पहिले १५ लेख्नुहोस्, र त्यसको अगाडि अरू ७ वटा शून्य लेख्नुहोस, १५,००,००००० ।

तपाईंलाई भ्रमित भएको महसुस हुन्छ नि ? तपाईं के सोचिरहनुभएको छ भने सबभन्दा नजिकको तारा सूर्य हो र यो कसरी १५ करोड कि. मी. टाढा हुन्छ ! नजिकको भए पनि तारा र ग्रहहरूको दूरी करोड कि. मी. नै हुन्छ। अब सूर्यपछि अर्को नजिकको तारा कुन हो भन्ने कुरा हेर्नुहोस्। के तपाईंहरूमध्ये कसैले यसको नाम बताउन सक्नुहुन्छ ?

प्रोक्सीमा सेन्टाउरी ।

र, यो कति टाढा, अर्थात् कति नजिक छ ? केवल ४,२०,००,००,००,००,००० कि. मी. ।

बाफ रे बाफ ! कसरी पढ्ने यत्रो ठूलो संख्या ?

४२ लाख करोड कि. मी. ।

पढ्न कठिन हुन्छ।

तर याद राख्नुहोस्, यी दूरी केवल नजिकका ताराहरूको मात्र हो र यो मामिलामा अरू टाढा भएका ताराहरूको दूरी हामी कसरी निकाल्छौं ? कठीन कार्य छ नि ?  तर वैज्ञानिकहरूले यो समस्यालाई हल गर्ने मार्ग निकालेका छन्। कसरी ? जान्न चाहनुहन्छ ? ध्यानपूर्वक सुन्नुहोस् ।

हामी एउटा पेन्सिलको लम्बाई से. मी. बाट निकाल्दछौं, कपडाको मीटरमा, विद्यालयको दूरी कि. मी. मा। त्यसरी नै वैज्ञानिकहरूले अलग-अलग ताराहरूको दूरी निकाल्नको लागि केही इकाइहरू खोजेका छन्।

नापका यी इकाइहरूलाई प्रकाश मिनेट, प्रकाश वर्ष,  इत्यादि भनिन्छ।

यी शब्दहरूको अर्थ के हो ?

यी सबै बुझ्नको लागि हामीले पहिले प्रकाशको बारेका केही कुरा बुझ्नुपर्दछ।

हामी आफ्नो वरिपरिका चीजहरूलाई कसरी देख्न सक्दछौं ? सरल कुरा हो। आँखा खोल्दा चीजहरू देखिन लाग्छन्। तर आँखा खोल्दा मात्र के राति पनि चीजहरू देखिन्छन् ? देखिंदैनन्।

भन्नुको अर्थ के हो भने चीजहरूलाई देख्नको लागि आँखा खोल्नु मात्र पर्याप्त नभएर प्रकाशको उपस्थिति पनि आवश्यक हुन्छ। दिउँसो त हामी धेरै प्रकाश पाउँदछौं। तपाईंहरू सबैलाई थाहा छ कि यो प्रकाश हामीलाई कहाँबाट प्राप्त हुन्छ। सूर्यले हामीलाई प्रकाश र ताप दिन्छ। ठीक छ, अब बताउनुहोस् कि सूर्यको प्रकाश पृथ्वीसम्म कसरी आउँदछ ? हामीलाई के कुरा थाहा छ भने भान्साघरमा आगो बाल्दा वरिपरि प्रकाश र ताप फैलिन्छ। सूर्य लगातार बलिरहेको छ र यो बलिरहँदा प्रकाश र ताप पैदा हुन्छ। यही प्रकाश पृथ्वीसम्म आउँछ र यसरी हामीलाई यो प्राप्त हुन्छ।

हामीलाई के थाहा छ भने सूर्य धेरै-धेरै टाढा अर्थात् १५ करोड कि. मी. टाढा छ। यसको अर्थ के भयो भने सूर्यको प्रकाशले पृथ्वीसम्म आइपुग्नको लागि यो दूरी पार गर्नुपर्ने हुन्छ। अर्को  महत्त्वपूर्ण प्रश्न के हो भने प्रकाश कति तीव्र गतिमा हिड्दछ ? त्यसभन्दा अगाडि तपाईंलाई अरू केही  प्रश्न सोध्नुपर्ने हुन्छ ।

एक घण्टामा हामी कति हिड्न सक्दछौं ?

यदि छिटो हिड्यौं भने ५ देखि ६ कि. मी. । कार वा बस एक घण्टामा योभन्दा धेरै दूरीसम्म जानेछन् – लगभग ४० देखि ५० कि. मी.। र, हवाइजहाज त त्यो भन्दा अझ तीव्र रूपमा जानेछ – एक घण्टामा यो ४०० देखि ५०० वा ५०० देखि ८०० कि. मी. उड्नेछ। यस्ता पनि हवाइजहाज छन्, जुन एक घण्टामा २००० कि. मी. भन्दा पनि बढी उड्नेछन्। तपाईंले हवाइजहाज भन्दा पनि तीव्र गतिमा दौडने कुनै चीजको बारेमा सुन्नुभएको छ? रकेटको बारेमा के विशेष छ ? मानिस चन्द्रमा रकेटमा गएको हो, याद छ ? रकेट एक घण्टामा २० हजार कि. मी. भन्दा पनि बढी तीव्र रूपमा उड्न सक्दछ।

ठीक छ, अब प्रकाश कति तीव्र गतिमा हिड्छ भन्ने कुरा पत्ता लगाऔं। प्रकाश कार, बस, हवाइजहाज र रकेटहरूभन्दा पनि कैयौं गुना तीव्र गतिमा हिड्छ। एक घण्टामा यसले १०८,००,००,००० कि. मी. अर्थात् १०८ करोड कि. मी. को दूरी पार गर्दछ। र, एक सेकेण्डमा यसले ३ लाख कि. मी. को दूरी पार गर्दछ। प्रकाशले एक सेकेण्डमा पार गर्ने ३ लाख किलोमीटरको यो दूरीलाई नै एक ‘प्रकाश सेकेण्ड’ भनिन्छ। हाम्रा घडीहरूमा एक मिनेट साठी सेकेण्ड बराबर हुन्छ। यसरी एक प्रकाश मिनेट = ३,००,०००×६० = १८०,००,००० कि. मी. हुन्छ।

यसरी एक वर्षमा प्रकाशले पार गर्ने दूरीलाई एक प्रकाश वर्ष भनिन्छ। अलिकति यो तालिकालाई हेर्नुहोस् –

एक वर्ष = ३६५ १/४

एक दिन = २४ घण्टा

एक घण्टा = ६० मिनेट

एक मिनेट = ६० सेकेण्ड

एक सेकेण्डमा प्रकाश ३,००,०००  कि. मी. हिड्छ। एक वर्षमा प्रकाशले कति दूरी पार गर्नेछ ? हिसाब लगाउनुहोस्। उत्तर = ३,००,०००×६०×२४×३६५ १/४ कि. मी. को बराबर हुनेछ यति ठूलो संख्या। अब तपाईंले प्रकाश मिनेट वा प्रकाश वर्ष के हो भन्ने कुरा बुझ्नुभयो होला।

अब हामी सूर्य र अन्य ताराहरूको दूरीलाई कसरी बताउन सक्छौं भन्ने कुरा हेरौं। एक सेकेण्डमा ३,००,००० कि. मी. को गतिले हिडेर सूर्यको प्रकाश पृथ्वीसम्म आउनमा ८ मिनेट लाग्छ।

यसकारण सूर्य र पृथ्वीको दूरी ८ प्रकाश मिनेट छ। पहिले हामीले सूर्यको दूरीलाई कि. मी. मा लेख्दा कैयौं शून्य लगाउनु पर्दथ्यो। अब हामीले केवल ८ प्रकाश मिनेट लेख्दा हुनेभयो।

यसरी पेन्सिलको लम्बाई से. मी. मा, कपडाको लम्बाई मीटरमा, विद्यालयको दूरी कि. मी. मा र ताराहरूको दूरी प्रकाश वर्षहरूमा नापिन्छ।

अब सुन्नुहोस् – तपाईंहरूलाई एउटा रोचक कुरा भन्नेछु।

हामीलाई थाहा छ, प्रकाशको उपस्थितिमा हामी वरिपरिका चीजहरू देख्दछौं। र, यो कसरी हुन्छ ?

सूर्यबाट आउने प्रकाश हाम्रा चारैतिरका प्रकाशमा पर्दछ। यो प्रकाश यी चीजहरूमा प्रतिबिम्बित भएर हाम्रा आँखासम्म पुग्दछ, त्यसपछि आँखा र मस्तिष्क दुवैले एकसाथ काम गर्दछन् र हामी आफ्ना वरिपरिका चीजहरूलाई देख्न सक्दछौं। यो कुरा तपाईंहरूले बुझ्नुभयो ?

हामी सूर्यलाई कतिखेर देख्छौं ?

हामी सूर्यलाई त्यतिखेर देख्छौं, जतिखेर सूर्यबाट आउने प्रकाश हाम्रो आँखासम्म पुग्दछ। हामीले भर्खरै के जानेका छौं भने सूर्यबाट पृथ्वीसम्म प्रकाश आइपुग्न ८ मिनेट लाग्दछ। यसको अर्थ के भयो भने जुन प्रकाशलाई हामी देख्छौं, त्यसले सूर्यबाट ८ मिनेट पहिले हिड्न शुरू गरेको थियो। जब हामी सूर्यतिर ठीक तीन बजे हेर्दछौं, हामी २.५२ मा विद्यमान रहेको सूर्यलाई हेर्दछौं। यो कुरा विचित्र जस्तो लाग्छ नि ? सूर्यलाई हेर्दा प्रत्येक समयमा ८ मिनेट पहिलेको हुन्छ। यदि अहिले हामीले सूर्यलाई हेर्यौं भने त्यो एक पुरानो सूर्य हो र यदि हामी भर्खरैको सूर्यलाई हेर्न चाहन्छौं भने हामीले ८ मिनेटपछि हेर्नुपर्नेछ।

तपाईंलाई थाहा छ, हामीले केही समय पहिले हाम्रो एक छिमेकी तारा प्रोक्सिमा सेन्टाउरीको बारेमा कुरा गरेका थियौं। तपाईं यो तारालाई पृथ्वीबाट कति टाढा छ भन्ने ठान्नुहुन्छ ? ४,२०,००,००,००,००,००० कि. मी. । यो लेख्नमा, पढ्नमा, याद राख्नमा कति जटिल संख्या छ। हामी यसलाई हाम्रो मापको नयाँ इकाइमा लेख्न सक्छौं। अब यो ४.२ प्रकाश वर्ष हुनेछ।

अर्को शब्दमा प्रोक्सिमा सेन्टाउरीबाट पृथ्वीतिर आउने प्रकाश एक कक्षामा पढिरहेको व्यक्ति पाँच कक्षामा पुग्दा आइपुग्नेछ।

अहिलेसम्म हामीले हाम्रा दुई छिमेकी ताराहरूको कुरा गर्यौं, जुन हाम्रो निकट छन् । कस्तो निटक !

यी दुईको अतिरिक्त यो ब्रम्हाण्डमा करोडौंकरोड ताराहरू छन्। नाङ्गो आँखाले हामी लगभग तीन हजार ताराहरू देख्न सक्छौं। दूरदर्शी यन्त्रबाट योभन्दा कैयौं गुना धेरै ताराहरू देख्न सकिन्छ। तर ब्रम्हाण्डमा यस्ता असंख्य ताराहरू छन्, जुन मानिसका आँखा वा दूरदर्शी यन्त्रभन्दा बाहिर छन्। हामीलाई थाहा छ, कति छन् ? छैन ! हामी केवल यति मात्र भन्न सक्छौं, तिनीहरू असंख्य छन्। केही त हजारौं-हजार प्रकाश वर्ष टाढा छन्। केही तारा त हामीले आकाशतिर हेर्दा नै लोप भइसकेका हुन्छन्। तपाईंलाई थाहा छ, किन ?

अहिले हामीले जे देखिरहेका छौं, त्यो प्रकाश हो, जुन ती ताराहरूबाट हामीतिर आउन हजारौं वर्ष पहिले शुरू भएको थियो। भन्नुको अर्थ के हो भने ती ताराहरू त्यहाँ हजारौं वर्ष पहिले थिए। कसलाई थाहा छ, यो बीचमा तिनीहरूको के भयो। केहीमा विष्फोट भएर तिनीहरू नष्ट भए होलान् ! केही आफ्नो स्थानबाट अगाडि बढे होलान् !

गतिको बारेमा कुरा गर्दा मलाई एउटा कुरा याद आयो। तपाईं सोचिरहनुभएको थियो कि सबै तारा के स्थिर छन् – एकै स्थानमा रहेका छन् ? हैन, यस्तो होइन। हामीले के देखिसकेका छौं भने सूर्य, चन्द्रमा, हाम्रो पृथ्वी सबै गतिशील छन्। त्यसरी नै यो ब्रम्हाण्डका सबै तारा पनि गतिशील छन्।

एक उज्यालो रातमा आकाशतिर हेर्नुहोस्। तारा सामान्य रूपमा गुच्छाहरूमा देखिन्छन्, कुनै गुच्छामा दुई वा तीन तारा नै हुन्छन् र कुनैमा अनगिन्ती।

के तपाईं ताराहरूका यी समूहहरू वा गुच्छाहरूमध्ये केहीको नाम जान्नुहुन्छ ? – केही हुन् – ओरीयन (मृगशिरा), ग्रे बेयर (सप्तऋषि)।

ताराहरूको बारेमा एउटा अर्को रमाइलो कुरा छ। वर्षको केही महिनामा यदि तपाईंले आकाशतिर हेर्नुभयो भने बादलको वा आवरणको एक पातलो लेयर देख्न सक्नुहुन्छ। तर बादल जसरी न त यो आकाशमा तैरिन्छ न आफ्नो स्थानबाट अगाडि बढ्छ। के तपाईंले यसलाई कहिल्यै देख्नुभएको छ ? यो ताराहरूको एक गुच्छा हो। यदि तपाईंले यसलाई दूरदर्शक यन्त्रले हेर्नुभयो भने यसलाई असंख्य ताराहरूले बनेको देख्नुहुनेछ। ताराहरूको यो गुच्छालाई आकाश गंगा भनिन्छ।

आकाशगंगा एक ग्यालेक्सी (तारा-पुञ्ज) हो।

यो एक नयाँ शब्द हो । यसबाट तपाईं के बुझ्नुहुन्छ ? ग्यालेक्सी ताराहरूको एक ठूलो समूह हो। यसमा करोडौं ताराहरू हुनु सक्दछन्। हाम्रो सूर्य यो आकाशगंगाका करोडौं ताराहरूमध्ये केवल एक तारा हो। हाम्रो ब्रम्हाण्डमा आकाशगंगा जस्ता कैयौं ग्यालेक्सीहरू छन्। एउटा उदाहरण एन्ड्रोमेडा हो। यस्ता हजारौं आकाशगंगाहरू हामीभन्दा हजारौंहजार प्रकाशवर्ष टाढा परिक्रमा गरिरहेका छन्।

साथीहरू तपाईंहरूलाई डर लाग्छ ?  यो ब्रम्हाण्डको सीमा कहाँसम्म छ ?

यो नै सबभन्दा रोचक कुरा हो। ब्रम्हाण्डको कुनै अन्त छैन। त्यसकारण वैज्ञानिकहरूका अनुसार ब्रम्हाण्ड असीमित छ, अर्थात् जसको कुनै सीमा छैन।

हामीले जुन कुरा अहिले जानेका छौं, त्यो भुलेका छैनौं, यो ब्रम्हाण्डमा अरू करोडौंकरोड आकाशगंगाहरू छन्। यी आकाशगंगाहरू हामीबाट हजारौंहजार प्रकाशवर्ष टाढा छन्, ब्रम्हाण्ड अनन्त छ। अरू केही ?

यो विशाल ब्रम्हाण्डमा हाम्रो पृथ्वी एक सानो ग्रह हो। र, मानिस यो पृथ्वीका करोडौं जीवहरूमध्ये एक जीव हो।

ब्रम्हाण्ड कति विशाल छ ?

र, हामी कति साना छौं !

तर हामीमध्ये प्रत्येक यो ब्रम्हाण्डका अंग हौं !  साथीहरू, तपाईंहरूले अब आ-आफ्नो ठेगाना लेख्नुपर्दछ, यसरी –

पहिले आफ्नो नाम ।  त्यसपछि आफ्नो घरको नम्बर। आफ्नो गाउँको नाम। क्षेत्र।  प्रशासनिक विभाग। जिल्ला। राज्य। देश । महादेश। जुन ग्रहसँग सम्बन्ध छ।  हाम्रो तारा। हाम्रो आकाशगंगा। र, अन्तमा ब्रम्हाण्ड।

यसप्रकार हामी के देख्दछौं भने हाम्रो यति ठूलो ब्रम्हाण्डमा हाम्रो एक बेजोड ठेगाना छ। कति भाग्यमानी छौं हामी।

पृथ्वीको अतिरिक्त यो ब्रम्हाण्डमा के कतै अन्त पनि मानिस छन् ?  अहिलेसम्म त हामीलाई थाहा छैन। यसलाई हामी थाहा पनि कसरी पाउन सक्दछौं? हामी यो विशाल ब्रम्हाण्डको प्रत्येक कुनामा कसरी पुग्न सक्दछौं ? यो कल्पना गर्नु मुश्किल छ।

सूक्ष्मतम् संसार

साथीहरू,  तपाईंहरूमध्ये कसैले कमिला नदेखेको त हुनुहुन्न नि ? कोही छैन ? स्वभाविक नै हो।

हामीले कमिलाहरूलाई कसरी देखेका छैनौं त ?  तपाईंहरूमध्ये कसैले पनि कमिलालाई कहिले चीनीको टीन वरिपरि र कहिले तेलको डिब्बा वरिपरि, भुइँमा वा माटोमा देख्न सक्नुहुन्छ। तिनीहरूलाई हेर्नु धेरै रोचक छ। कहिलेकाहीँ हामी दुई वा तीनवटा कमिलाले एक महिनादेखि गहुँका दानालाई लाँदै गरेको देख्दछौं र यी बाहकहरूको अगाडि र पछाडि असंख्य कमिलाहरू पंक्तिबद्ध भएर अगाडि बढ्दछन्। तपाईंले कति फरक-फरक प्रकारका कमिलाहरू देख्नुभएको छ।

काला कामिला, खैरा कमिला, बुनकर कमिला, योद्धा कमिला, पट्टी चिर्ने कमिला, आदि-आदि। केही कमिलाहरू साना हुन्छन् र केही ठूला।

अब तपाईंले कमिलाभन्दा पनि साना चीजहरू देख्नुभएको छ ? छैन। याद गर्ने कोशिस गर्नुहोस्।

राति लालटिनको प्रकाश मुनि साना-साना कीरा कहिलेकाहीँ तपाईंको किताबहरूमा झरिरहेको देख्नुभएको होला। तिनीहरू धुलो कणहरू जस्तै देखिन्छन्, तर तिनीहरू वास्तवमा धेरै साना-साना कीराहरू हुन्। यदि तपाईंले यिनीहरूलाई ध्यानपूर्वक हेर्नुभयो भने यिनीहरूका साना-साना खुट्टा, प्वाँख र केही हरकत जस्तै देख्नुहुनेछ। यी सबभन्दा साना कीराहरू हुन्छन्, जसलाई हामी नाङ्गा आँखाले देख्न सक्दछौं। हाम्रा नाङ्गा आँखाले देख्न नसकिने कीराहरू पनि हुन्छन् र ?

धेरै हुन्छन्।

यिनीहरूको बारेका केही थप जान्न चाहनुहुन्छ ?

तपाईंहरूमध्ये धेरैलाई कहिलेकाहीँ रूँघा लागेको हुनुपर्दछ। रूँघा लाग्नु धेरै टाउको दुखाइको विषय हो। नाकमा सिँगान लगातार बगिरहन्छ र तपाईंलाई धेरै बैचैनी महसुस हुन्छ। र, ठीक नहोन्जेलसम्म यसले तपाईंलाई बाहिर निस्किएर घाम वा पानीमा खेल्न दिँदैन।

हामीलाई रूँघा कसरी लाग्छ भन्ने कुरा तपाईंलाई थाहा छ ?

रूँघा एक यस्तो अदृश्य (जसलाई तपाईं नाङ्गा आँखाले देख्न सक्नुहुन्न) जीवबाट पैदा हुन्छ, जुन हावाबाट सास लिइरहेको बेलामा तपाईंको नाकमा प्रवेश गर्दछ। त्यसलाई भाइरस भनिन्छ। एउटा भाइरस कमिलाभन्दा धेरै-धेरै सानो हुन्छ। यसलाई तपाईंले एक माइक्रोस्कोप यन्त्रको सहायताले पनि देख्न सक्नुहुन्छ। यसलाई हेर्नको लागि तपाईंलाई एक इलेक्ट्रोन सूक्ष्मदर्शक यन्त्रको आवश्यकता पर्दछ।

कसैलाई दूध-दही कसरी बन्दछ भन्ने कुरा थाहा छ ?

सजिलो कुरा छ। दूध अम्लीय भएपछि यो दही बन्छ। तर यो अम्लीय कसरी हुन्छ ?

यसमा केही यस्ता जीवहरूले काम गर्दछन्, जसलाई हामी देख्न सक्दैनौं। यिनीहरूलाई हामी ब्याक्टेरिया (जीवाणु) भन्दछौं। यी जीवाणुहरूलाई केवल सूक्ष्मदर्शक यन्त्रहरूको सहायताले मात्र देख्न सकिन्छ। भाइरस पनि एकप्रकारको सूक्ष्म जीवाणु हो। ब्याक्टेरिया पनि एकप्रकाको अतिसूक्ष्म जीवाणु नै हो। तपाईंले बासी रोटी खराब भएको र अचारमा ढुसी परेको देख्नु भएको छ ? यसलाई फंगस भनिन्छ र यो पनि अर्को प्रकारको सूक्ष्मतम् जीवाणु नै हो।

यसरी हाम्रो वरिपरि जल र वायुमा करोडौं प्रकारका यस्ता सूक्ष्म जीवाणु हुन्छन्। तिनीहरूमध्ये केही त धेरै खतर्नाक हुन्छन्। यदि तिनीहरूले हाम्रो शरीरमा प्रवेश गरे भने हामी बिरामी हुन्छौं। टीबी, चिकेनपक्स, हात्तीपाइले रोग, आउँ, मलेरिया, आदि बिरामी यिनै सूक्ष्मतम् घातक जीवाणुहरूबाट नै हुन्छ। बिरामी फैल्याउने यस्ता जीवाणुलाई कीटाणु भनिन्छ।

यिनीहरूमध्ये केही कीटाणु पिउने पानी र खानासँगै हाम्रो शरीरमा प्रवेश गर्दछन्। तर साथीहरू, यी सबै सूक्ष्मतम् जीवाणुहरू खराब मात्र हुन्छन् भन्ने नसोच्नुहोस्। यिनीहरूमध्ये केहीले राम्रो काम पनि गर्दछन्। हामीले पहिले नै दूधमा खमीर पैदा गर्ने ब्याक्टेरियाहरूको बारेमा जानेका छौं। त्यसरी फल पनि एकप्रकारको ब्याक्टेरियाको कारणले नै पाक्दछन्। एक अर्को प्रकारको सूक्ष्म जीवाणुले माटोलाई अझ बढी उर्बर बनाउँदछन्, मरेका वस्तुहरूलाई नष्ट गरी तिनीहरूलाई माटोमा मिलाउँदछन्। साथीहरू, मानिसमा पनि त केही असल र केही खराब हुन्छन्, होइन र ? त्यसरी नै जीवाणुहरूमा पनि केही असल हुन्छन् र केही खराब।

तपाईंलाई थाहा छ, यहाँ सूक्ष्मतम् जीवाणुहरूको किन कुरा भइरहेको छ ?

अघिल्लो अध्यायमा हामीले विशाल आकाशगंगाहरू र ताराहरूको कुरा गरेका थियौं, होइन र ? र, अब हामी के जान्दछौं भने ब्रम्हाण्डमा केवल ग्रह, तारा, आकाशगंगाहरू मात्र हुँदैनन्, बरू ब्याक्टेरिया, भाइरस जस्ता सूक्ष्मतम् जीवाणु पनि हुन्छन्।

र, ती सूक्ष्मतम् जीवाणु कति ठूला हुन्छन् ?

एक से.मी. का हजारौं भाग र कहिलेकाहीँ त एक से.मी. को हजारौं-हजार भाग बराबर हुन्छन्।

तपाईंको विद्यालयमा सूक्ष्मदर्शक यन्त्र छ ? यदि छ भने आफ्नो विज्ञानको शिक्षकलाई यसको मुनि पानीको एक थोपा देखाउनको लागि भन्नुहोस्। तपाईं आश्चर्यचकित हुनुहुनेछ। तपाईंले पानीको त्यो सानो थोपामा हजारौं सूक्ष्मतम् जीवाणु पौडदै र आलोकित हुँदै गरेको देख्नुहुनेछ।

हामीले आकाशतिर हेर्यौं भने एक विशाल संसार देख्नेछौं – विशाल ग्रहहरू, ताराहरू र आकाशगंगाहरूको संसार। अर्कोतिर पानीको एक सानो थोपामा हजारौं सूक्ष्मतम् जीवाणुहरूको एक सूक्ष्मतम् संसार हुन सक्दछ।

एक असीमित ब्रम्हाण्ड – र यसभित्र सूक्ष्मतम् जीवाणुहरूको एक अर्को सूक्ष्मतम् ब्रम्हाण्ड ! कति धेरै आश्चर्यजनक छ ! पर्खिनुहोस्, तपाईंको लागि अझै अरू पनि आश्चर्यहरू छन्।

यी सूक्ष्मतम् जीवाणुहरूभन्दा पनि सूक्ष्म चीजहरू हुन्छन्। कुनै बेला हामी तिनीहरूको बारेमा कुरा गर्नेछौं।  

अवस्था र अवस्था परिवर्तन

साथीहरू, अहिलेसम्म हामीले धेरै चीजहरूको बारेमा कुरा गर्यौं। तिनीहरूलाई थोरै स्मरण गर्ने कोशिस गर्नुहोस्।

हामीले रूख, पत्थर, पृथ्वी, सूर्य, चौपाया, तारा, मानिस, मेच, भाँडाकुँडा, धातुहरू, कमिलाहरू, इत्यादिको बारेमा कुरा गर्यौं। अन्त-अन्तमा हामीले सूक्ष्मतम् जीवाणुहरूको बारेमा कुरा गरेका छौं, जसलाई हामी नाङ्गा आँखाले देख्न सक्दैनौं। तर पनि अझै धेरै चीजहरू छन्, जसमाथि कुरा गर्न सकिन्छ। यदि तपाईंले हाम्रो वरिपरि छरिएर रहेका ती सम्पूर्ण चीजहरूको नाम लेख्ने कोशिस गर्नुहुनेछ भने तपाईंलाई धेरै नोटबुकहरूको आवश्यकता पर्नेछ। हाम्रो वरिपरि कैयौं धेरै चीजहरू छन्, यी सम्पूर्ण चीजहरूको एक सामान्य नाम छ। के कसैले त्यो नामलाई जान्नुहुन्छ ?

पदार्थ । यो नामलाई नभूल्नुहोस्।

पदार्थ के हो ? देखिने र नदेखिने सम्पूर्ण चीजहरू पदार्थबाट बनेका हुन्छन् – पत्थर, काठ, फलाम, माटो, तारा र यो असीम ब्रम्हाण्डमा उपस्थित करोडौंकरोड चीजहरू – पदार्थबाट बनेका हुन्छन्।

र, यो पदार्थका धेरै अवस्थाहरू हुन्छन्।

के तपाईंले हावालाई देख्नुभएको छ ? छैन। हामी हावालाई देख्न सक्दैनौं। यसमा न त रंग हुन्छ, न गन्ध नै। तर हामी सबै हावालाई महसुस गर्न सक्दछौं । हामी हावाबाट सुख प्राप्तिको लागि बाहिर खेततिर निक्लिन्छौं। यो हावा के हो ?

हावा हाम्रो चारैतिर विद्यमान छ। यो पदार्थको एक अवस्था हो। यो अवस्थालाई हामी ग्यासीय अवस्था भन्दछौं।

के कसैले अरू कुनै ग्यासको नाम बताउन सक्नुहुन्छ ? हो, पानीको वाफ। हामीले पानी उमालेपछि वाफ पाउँदछौं। अरू पनि धेरै ग्यासहरू छन्। तपाईंले हाइड्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड, आदिको नाम सुनेको हुनुपर्दछ, यी सबै ग्यासहरू हुन्। यी सबै ग्यास अवस्थामा पर्दाथ हुन्।

एउटा अर्को प्रकारको पनि पदार्थ हुन्छ – पानी, दूध, चिया, कफी, आदि। यिनीहरूलाई के भनिन्छ, तपाईंलाई थाहा छ ?

तरल । पदार्थका तीन अवस्थाहरू हुन् – ग्यास, तरल र ठोस।

साथीहरू, अब हामी एउटा अभ्यास गरेर हेरौं। यस्तै दस तरल र यस्तै ठोस पदार्थहरूको नाम लेख्नुहोस्, जुन तपाईंले आफ्नो वरिपरि देख्नुभएको छ । ठोसलाई तरलमा बदल्न सकिन्छ। यो कसरी संभव छ ? के तपाईंले कहिल्यै यो कुरामा ध्यान दिनु भएको छैन, यदि बरफको एउटा टुक्रालाई तातो प्लेटमा राख्नुभयो भने यो पग्लिन लाग्छ। वास्तवमा हामी एक ठोस बरफ तरल पानीमा बदलिन लागेको देख्दछौं। बरफ जस्तै अरू ठोस चीजहरूलाई तातो बनाएर तरल अवस्थामा बदल्न सकिन्छ।

यदि हामीले तरललाई तातो बनायौं भने के हुन्छ ?  हामीले पानीलाई तातो बनाउँदा के हुन्छ ?  यो वाफ बन्दछ। त्यसकारण यदि तरललाई तातो बनाउने हो भने त्यो ग्यास अवस्थामा बदलिन्छ। अब हामीले अहिले के बुझ्यौं त ?

यो ब्रम्हाण्डमा सबै वस्तुहरू पदार्थबाट बनेका हुन्छन्। पदार्थका तीन अवस्थाहरू हुन्छन् – ठोस, तरल र ग्यास। हामी ठोसलाई तरल र तरललाई ग्यासमा बदल्न सक्छौं । के हामीले केही छोड्यौं ?

हो, हामीले तापको कुरा गरेनौं, जसले ठोसलाई तरलमा बदलिदिन्छ। ताप के हो ? – ठोस, तरल वा ग्यास ?

ताप न त ठोस हो र न तरल एवम् न ग्यास नै हो।

केही यसप्रकारका अरू पनि वस्तुहरू छन्, जस्तै – प्रकाश, ध्वनि, र यी सबैको सामान्य नाम हो – ऊर्जा।

ताप ऊर्जाको एक प्रकार हो। प्रकाश ऊर्जाको एक अर्को रूप हो। विद्युत पनि  ऊर्जाकै एक रूप हो।

यो ऊर्जा के हो ?

कुनै पनि प्रकारको कार्य गर्नको लागि ऊर्जाको आवश्यकता पर्दछ। बिजुलीको बल्ब बाल्नको लागि ऊर्जाको आवश्यकता हुन्छ। यन्त्रहरूलाई चलाउनको लागि ऊर्जा चाहिन्छ। काम गर्न, खेल्न र हिड्नको लागि हामीलाई पनि ऊर्जा चाहिन्छ।

हामीलाई ऊर्जा कहाँबाट प्राप्त हुन्छ ?

हामीले खाने खानाबाट प्राप्त हुन्छ।

भोजनलाई केबाट ऊर्जा प्राप्त हुन्छ ? सूर्यबाट।

पदार्थलाई ऊर्जामा बदल्न सकिन्छ। ठीक यही हुन्छ, जब एक अणू बम विस्फोट हुन्छ । बलिरहेको सूर्यमा पनि पदार्थ निरन्तर ऊर्जामा बदलिन्छ। हामी पछि यसको बारेमा अझ बढी विस्तारपूर्वक जान्नेछौं। अहिले हामी पदार्थको बारेमा केही अरू बढी कुरा गरौं। हामीले भर्खरै हावा, पानी, पत्थर, फलाम, खाना, आदिको बारेमा कुरा गर्यौं।

जब हामी ‘हावा’ भन्दछौं, तपाईंको दिमागमा कुन कुरा आउँदछ ?

हामी हावाबाट सास लिन्छौं, तर यो देख्न सकिंदैन। यसको कुनै रंग हुँदैन, तर जब यो चल्छ, तब हामी यसलाई महसुस गर्न सक्दछौं।

र, जसलाई हामी ‘पानी’ भन्दछौं।

हामी पानी पिउँदछौं, यो गन्धहीन, रंगहीन एक तरल हुन्छ।

त्यसरी नै जब हामी पत्थर वा फलाम भन्दछौं, तिनीहरूका गुणहरूको बारेमा सोच्दछौं। वस्तुहरूलाई तिनीहरूका गुणहरू अनुसार सूचीबद्ध गर्न सकिन्छ – एक अलग नाम हुन्छ – वस्तु-तत्व (सब्सटेन्स)।

हामीले के याद राख्नुपर्दछ भने ब्रम्हाण्डका सबै वस्तुहरू पदार्थबाट बनेका हुन्छन्। जब हामी ‘वस्तु-तत्व’ भन्दछौं, यसको अर्थ ती चीजहरूसँग हो, जसलाई हामी तिनीहरूका गुणहरूका आधारमा जान्दछौं, जस्तो कि – पदार्थ, माटो, पानी, चीनी, इत्यादि।

हामीले वस्तु-तत्वहरूलाई विभिन्न आकार दिएपछि चीजहरू प्राप्त हुन्छन्। उदाहरणको लागि हामीले ग्रेनाइट पत्थरको एक सामान्य टुक्रालाई वृत्ताकार रूप दियौं भने चक्की बन्दछ। यदि हामीले यसलाई मानिसको आकार दियौं भने एक प्रतिमा बन्नेछ। चक्की र प्रतिमा चीजहरू हुन्। ठीक त्यसरी नै मेच पनि काठ तत्वबाट बनेको एक चीज हो। कुर्सी र पलङ काठबाट बनेका अरूचीजहरू हुन्।

साथीहरू, मलाई के विश्वास छ भने तपाईंहरूले पदार्थ, वस्तुतत्व र वस्तु वा चीजको अन्तरलाई बुझ्नुभयो होला।

एउटा अर्को कुरा, पदार्थ यो ब्रम्हाण्डका सम्पूर्ण जीवित र निर्जीव चीजहरूको सामान्य नाम हो। आफ्नो गुण दर्शाउने ती चीजहरूलाई वस्तु-तत्व भनिन्छ। जब हामी वस्तु-तत्वलाई विभिन्न आकार दिन्छौं, तब हामी वस्तु वा चीजहरू प्राप्त गर्दछौं।

कृपया, थोरै स्थान  

साथीहरू, के तपाईंहरू कहिल्यै खचाखच भरिएको बसमा चढ्नुभएको छ ?

तपाईं विद्यालय जाँदा बस खचाखच भएको देख्नुभएको होला। कुनै दिन त बसमा खुट्टा राख्ने समेत स्थान हुँदैन।

कहिलेकाहीँ तपाईंले कुनै जुक्ति लगाएर “कृपया, मलाई थोरै स्थान दिनुहुन्छ”, भन्दै  आफ्नो लागि बस्ने स्थान बनाउनु हुन्छ। नत्र भने, जति स्थान छ, त्यसमा उभिएर जानुभन्दा अर्को कुनै स्थान हुँदैन।

तब हामीलाई बस्न र उभिनको लागि स्थान चाहिन्छ। र, हामीलाई स्थान केको लागि चाहिन्छ ? आफ्ना किताबहरू राख्नको लागि स्थान, पेन्सिलहरू राख्नको लागि स्थान । हामीले यो ‘स्थान’ शब्दको उपयोग कैयौं पटक गरेका छौं। यसको अर्थ के हो त ?

दिनमा कैयौं पटक यो शब्दको उपयोग गर्दछौं, होइन र ? तपाईंको घरमा धेरै पाहुना आउँदा सुत्नको लागि पनि स्थान हुँदैन। केही  दिन त तपाईं स्कूल जाने तयारी गरिरहेको बेलामा आफ्ना पेन्सिलहरू राखेको स्थान भुल्नुहुनेछ। केही दिन तपाईंका धेरै पुस्तकहरू स्कूल लिएर जानुपर्ने हुँदा ब्यागमा टिफिनबक्स राख्नको लागि धेरै कम स्थान बाँकी रहन्छ।

साथीहरू, के तपाईंले यो स्थान के हो भन्ने बारेमा कहिल्यै सोच्नुभएको छ ?

कुनै पनि चीज हरेक चीज राख्नको लागि हामीलाई  स्थान चाहिन्छ। हामीलाई खेल्नको लागि, घर बनाउनको लागि र  खेती गर्नको लागि पनि स्थान चाहिन्छ। पृथ्वीलाई आफ्नो धुरीमा घुम्नको लागि स्थान चाहिन्छ। चन्द्रमा र सूर्य तथा हरेक चीजलाई हुनको लागि स्थान चाहिन्छ। ताराहरूको बीचमा स्थान हुन्छ। तपाईंले के कुराको पनि ध्यान दिनुपर्दछ भने हामीले स्थानको कुरा गर्दा कुनै वस्तु-पदार्थ, व्यक्ति वा चीजको पनि उल्लेख गर्दछौं।

किताबहरू राख्नको लागि स्थान चाहिन्छ । पृथ्वीलाई घुम्नको लागि स्थान चाहिन्छ। हामीलाई वस्नको लागि स्थान चाहिन्छ।

यदि किताबहरू हुँदैनथे भने हामी किताबहरू राख्नको लागि स्थानको कुरा कसरी गर्दछौं ? यदि पृथ्वी हुँदैनथ्यो भने हामी यसको धुरीमा घुम्नको लागि स्थानको कुरा कसरी गर्थ्यौं। यदि बस हुँदैनथ्यो भने हामीलाई बसभित्रको स्थानको विचार पनि आउँदैनथ्यो। के हामी नै  हुँदैनथ्यौं भने हामीलाई बस्न र उठ्नको लागि स्थान चाहिन्छ भनेर भन्न सक्थ्यौं ?

कल्पना गर्नुहोस्, तपाईं एउटा कोठामा बस्नुभएको छ।

तब हामी के भन्न सक्दछौं भने कोठाभित्रको स्थानमा धेरै चीजहरू छन्। ठीक त्यसरी नै हामी के भन्न सक्दछौं भने बाहिरको स्थानमा पनि धेरै चीज र वस्तुहरू छन्। कोठाभित्र स्थान हुन्छ भन्ने कुरा कसरी हुन्छ ? कोठा हुन्छ भन्ने कुरा कसरी ? यो धेरै स्पष्ट छ, किनकि कोठालाई आफूभित्र राख्नको लागि घर छ। त्यो घर त्यहाँ छ भन्ने कुरा कसरी हुन्छ ? किनकि यसलाई हामीले गारो, ढुंगा, काठ र सिमेन्टको उपयोग गरी बनाएका छौं। यसबाट के कुरा थाहा हुन्छ भने हामी स्थानको केवल तब कुरा गर्न सक्दछौं, जब हामी वस्तु वा पदार्थको कुरा गर्दछौं।

यो ब्रम्हाण्डमा प्रत्येक वस्तु केबाट बनेका छन् ? याद गर्नुहोस्, हामीले यसको बारेमा अघिल्लो अध्यायमा के भनेका छौं ? अवश्य, पदार्थबाट।

पदार्थ भएपछि मात्र वस्तु र चीजहरू हुन्छन्। अर्को शब्दमा, पदार्थ र स्थान (ठाउँ) अभिन्न मित्र हुन्। यो ब्रम्हाण्डमा केवल पदार्थ मात्र छैन, बरू स्थान पनि छ। स्थान भएपछि मात्र पदार्थ हुन्छ र पदार्थ भएपछि मात्र स्थान हुनेछ। साथीहरू, हामीले यो वास्तविकतालाई भुल्नु हुँदैन।

त्यसो हो भने, के पदार्थ र स्थानको बीचमा केवल यही एक मात्र सम्बन्ध छ ? होइन। हामी प्रायः लम्बाई, चौडाइ, उचाइ, क्षेत्रफल र आयतन जस्ता शब्दहरूलाई सुन्दछौं। लम्बाई के हो ? आयतन के हो ? के तपाईंले यसको बारेमा कहिल्यै सोच्नुभएको छ ? यी सबै ती साधन हुन्, जसलाई हामी स्थानबाट मापन गर्दछौं।

तपाईं लम्बाई शब्दबाट के बुझ्नुहुन्छ ?

कुनै वस्तुको लम्बाई यसको एउटा किनाराबाट अर्को किनारासम्मको दूरी हो। कुनै वस्तुले स्थानलाई लम्बाईको बराबर ठाउँ घेर्दछ। स्कूलको दूरीको अर्थ के हो ?  यसको अर्थ के हो भने घरबाट स्कूलसम्मको स्थानको लम्बाई, हैन र ?

कुनै वस्तुको क्षेत्रफलको के अर्थ हुन्छ ?  त्यो स्थानको क्षेत्रफल, जसलाई त्यो वस्तुले घेर्दछ। भन्नुको अर्थ के हो भने लम्बाई, चौडाई, उचाई, इत्यादि, स्थानलाई मापन गर्ने साधन हुन्।

हामी लम्बाईको कुरा कसरी गर्दछौं ?  मीटर, से.मी., वा प्रकाश वर्षहरूको अर्थमा। हामी लम्बाई, चौडाई र उचाई कसरी नाप्दछौं ? रूलर वा फिताको उपयोग गर्दछौं, हैन र ?  यदि हामीले रूलरलाई जहाँ छ त्यही रहन दियौं भने के हामी वस्तुको लम्बाई पाउन सक्छौं ?  पाउँदैनौं। त्यसो हो भने के गर्ने त ?  सबभन्दा पहिले हामीले रूलरलाई वस्तुको निकट लानुपर्छ र त्यसपछि यसलाई नाप्नुपर्दछ, त्यसपछि रूलरलाई हामी अर्को स्थानमा राख्दछौं। भन्नुको अर्थ के हो भने वस्तुलाई नाप्नको लागि हामीले रूलर घुमाउनु पर्दछ।

अब कुरा गरौं प्रकाश मिनट र प्रकाश वर्षको। हामी यिनीहरूलाई कसरी नाप्दछौं ?  सूर्य र अन्य ताराहरूबाट आउने प्रकाशद्वारा लिइएको समयको गणना गरेर।

यदि हामीले रूलरले नाप्न चाहन्छौं भने हामीले रूलर घुमाउन पर्दछ। यदि हामीले प्रकाश मिनेट वा प्रकाश वर्षबाट नाप्नुपर्‍यो भने प्रकाशलाई चलाउनु पर्दछ। संक्षेपमा, हामी कुनै चीज, आदिलाई एक स्थानबाट अर्को स्थान नलगीकन…….नघुमाइकन नाप्ने कुरा पनि सोच्न सक्दैनौं। तब मात्र हामी लम्बाईको गणना गर्न सक्दछौं, जब हामी कुनै चीजलाई घुमाउँदछौं। लम्बाई, स्थानको माप हो। भन्नुको अर्थ के हो भने यदि हामीले स्थानलाई नाप्नु छ भने हामीले पदार्थलाई गतिशील बनाउनै पर्दछ – एक स्थानबाट अर्को स्थान लानै पर्नेछ।

अब एक पटक जे कुरा हामीले यो परिच्छेदमा कुरा गर्यौं, त्यसमा ध्यान दिऔं। पदार्थ हुँदा नै स्थानको कुरा गर्न सकिन्छ। र, स्थानको मापनको लागि पदार्थलाई गतिशील बनाउनै पर्दछ।

साथीहरू, तपाईंहरूले पदार्थ र स्थानको बीचको सम्बन्धलाई बुझ्नु नै भयो होला ?

सूक्ष्मतम्भन्दा सूक्ष्मतम्

तपाईंहरूमध्ये कोही समुद्रको किनारामा जानुभएको छ ?

सूर्य अस्ताउँदै गरेको साँझको बेलामा समुद्रको किनारामा चम्किलो वालुवामा बस्नु धेरै आनन्ददायक हुन्छ। तपाईं समुद्रको वालुवामा अवश्य खेलेको हुनुपर्दछ। तपाईं मुठ्ठीभरी वालुवामा कति वालुवाका कणहरू भएको अनुमान लगाउनुहुन्छ ?  लाख, दस लाख हुनसक्दछ। वालुवाका कणतिर धेरै ध्यानपूर्वक हेर्नुहोस्, कति सानो हुन्छ यो !  यो कमिलाभन्दा पनि सानो हुन्छ ! तर के तपाईंले वालुवाका कणभन्दा पनि कुनै साना चीज देख्नुभएको छ ? हो – धूलो । धूलो कैयौं प्रकारका हुन्छन्। कार तीव्र रूपमा दौडिएको बेलामा वरिपरिका हरेक चीजहरूमा धूलो उड्दछ। धूलोका यी कणहरू हावामा फैलिन्छन् र हाम्रो आँखा वा नाकमा यसरी पस्दछन् कि हामी हाच्छ्यू गर्दै हैरान हुन्छौं। धूलोको यो एक प्रकार हुन्छ।

तपाईं धूलोका अरू कुन प्रकार जान्नुहुन्छ ? तपाईंले रसवर्धक तरकारीमा पिसिएको मसाला वा मसिनो मरिचको उपयोग भएको देख्नुभएको होला। स्कूलमा ब्लाकबोर्ड सफा गर्दा चकका कणहरू तल झर्दै गरेको देख्नुभएको  होला। यी वालुवाका कणभन्दा पनि साना धूलोका कणहरू हुन्। यी साना-साना कणहरूभन्दा पनि साना कुनै चीज के तपाईंले देख्नुभएको छ ? सोचेर हेर्नुहोस्।

बाहिर चम्किलो घाम लागेको बेला ढोका वा झ्यालको छिद्रबाट कोठाभित्र आइरहेको प्रकाशका किरणलाई हेर्नुहोस्। तपाईं के देख्नुहुन्छ ?  तपाईं किरणको मार्गमा हावामा फैलिरहेका धूलोका साना-साना कणहरूलाई देख्नुहुन्छ। तपाईं यी धूलोका कणहरूलाई प्रकाश भएको बेलामा मात्र देख्नुहुन्छ। यी धूलोका सूक्ष्म कण हुन्छन्, जुन हाम्रो चारैतिर हावामा छरिएका हुन्छन्। यी कण माटो वा वालुवाका कणहरूभन्दा पनि साना हुन्छन्। धेरै पहिले मानिसहरूको के विश्वास थियो भने ब्रम्हाण्डमा धूलोका यी सूक्ष्म कणहरूभन्दा सानो केही पनि छैन।

के उनीहरू सही थिए ? थिएनन्। धूलोका यी सूक्ष्म कणहरूभन्दा पनि कैयौं यस्ता चीजहरू छन्, जुन धेरै साना छन्। साथीहरू, साना-साना धूलोका कणहरू तिनीहरूभन्दा कैयौं गुना साना कणहरूबाट बन्दछन्। यी धेरै साना कणहरूलाई सूक्ष्मतम् कणहरू (मोलिक्यूल्स) भनिन्छ। यदि तपाईंले एक शक्तिशाली इलेक्ट्रोन सूक्ष्मदर्शक यन्त्रले हेर्नुभयो भने धूलोको एउटा सानो कण पनि यी सूक्ष्म कणहरूले बनेको थाहा पाउनु हुनेछ।

तपाईंलाई वस्तुहरू, वस्तुतत्वहरू र पदार्थमाथि गरिएका कुराहरू याद छ । छैन र ?  धेरै राम्रो !  यो ब्रम्हाण्डमा सबै वस्तुतत्व विभिन्न प्रकारका सूक्ष्म कणहरूबाट बनेका छन्। हामी आफ्नो चारैतिर फलाम, सुन, पानी, नून, चिनी, इत्यादि धेरै वस्तुहरू देख्दछौं र यिनीहरूमध्ये प्रत्येक एक-अर्कोबाट अलग छन्। फलाम सुनभन्दा फरक छ र पानी सुनभन्दा बिल्कुलै फरक छ। नून, पानी र त्यसरी नै चीनी भन्दा पनि बढी छन्।

अर्को शब्दमा, प्रत्येक वस्तुतत्व आफैमा बेजोड छन्। यस्तो किन हुन्छ ?

प्रत्येक वस्तुतत्व एकप्रकारका कणहरूले नै बनेका हुन्छन्। फलामको छड फलामका कणहरूबाट बनेको हुन्छ, नून नूनकै कणहरूबाट र पानी पानीकै कणहरूबाट बनेको हुन्छ।

अब के तपाईंहरू बताउन सक्नुहुन्छ कि सुन केबाट बनेको हुन्छ ? सुनका कणहरूबाट ।

धेरै राम्रो।

त्यसो हो भने साना वा ठूला वस्तुतत्व केबाट बनेका हुन्छन् ? सूक्ष्म कणहरूबाट। र, यी सूक्ष्म कण केबाट बनेका हुन्छन् ? के ? तपाईंको मतलब यी सूक्ष्म कणहरूभन्दा पनि अझ सूक्ष्म कण हुन्छन् भन्ने हो ? अवश्य, साथीहरू। अझ-अझ सूक्ष्म कण हुन्छन् र यिनीहरूलाई अणु भनिन्छ। सूक्ष्म कण अणुहरूले बनेका हुन्छन्। केही सूक्ष्म कणहरूमा केवल एकै अणु हुन्छ। केही अन्यमा दुई अणु, तर त्यही प्रकारका । र, केही वस्तुत्वहरूका सूक्ष्म कणहरूको संख्या धेरै हुन्छ र तिनीहरूमा विभिन्न प्रकारका अणु हुन्छन्।

अब तपाईंको विचारमा, जसलाई हामी अणु भन्दछौं, त्यो कति ठूलो हुन्छ ? अणु कति ठूलो हुन्छ भन्ने बारेमा कुरा गर्नु धेरै रोचक हुन्छ। यदि १० करोड अणुहरूलाई एक पंक्तीमा एक-अर्कोसँग एकसाथ राख्दा कति ठूलो होला ? तपाईं अनुमान लगाउन सक्नुहुन्छ ? अहँ ? त्यसो हो भने सुन्नुहोस् – एक सेन्टीमीटर।

एक सेन्टीमीटर।

अब तपाईं एउटा अणुको आकार कत्रो हुन्छ भन्ने कुरा कल्पना गर्न सक्नुहुन्छ। यदि तपाईं एक सेन्टीमीटरलाई १० करोड बराबर भागमा बाड्नुहुन्छ भने ती भागहरूको एक भाग एउटा अणु जति ठूलो हुन्छ।

के सबै अणु एकै हुन्छन् ? हुँदैनन्। हामीले भर्खरै के बतायौं भने एउटा सूक्ष्म कणमा एक वा एकभन्दा बढी अणु हुन्छन् र केही वस्तुहरूका सूक्ष्म कणहरूमा केवल एकै प्रकारका अणु हुन्छन्। यसप्रकारका वस्तुहरूको एक सामान्य नाम हो। यिनीहरूलाई तत्व (इलेमेन्ट्स) भनिन्छ। अक्सिजनका सूक्ष्म कणहरूमा एकै प्रकारका अणु हुन्छन्। ठीक त्यसरी नै फलाम सुनका कणहरूमा पनि एकै प्रकारका अणु हुन्छन्। ती सबै तत्व हुन्छन्।

नूनका कणहरूको बारेमा हामी के सोच्दछौं ?

यसमा दुई प्रकारका अणु हुन्छन्। एउटा अणु सोडियम र अर्को क्लोरिनको। सोडियम र क्लोरिन दुई अलग-अलग प्रकारका तत्व हुन्। जब तिनीहरूका अणु मिल्दछन्, तिनीहरू सोडियम क्लोराइडका कण बन्दछन् र त्यसलाई अर्को शब्दमा नून भनिन्छ। ठीक त्यसरी नै हाइड्रोजनका दुई अणु र अक्सिजनको एक अणु मिले पानी कणको रचना गर्दछन्।

साथीहरू, हामीले अहिलेसम्म के-के कुरा गर्यौं ?  सूक्ष्म अणुहरूको बारेमा। ती कणहरूको बारेमा, जुन अणुहरूको संयोगबाट बन्दछन् र तत्वहरूको बारेमा।

हामीले तत्वहरूको बारेमा के बताएका थियौं ?

तत्व (इलिमेन्ट्स) ती वस्तुतत्व हुन्, जसमा केवल एकै प्रकारका अणु हुन्छन्। विभिन्न प्रकारका तत्वहरूले आफ्नो संयोगबाट विभिन्न प्रकारका वस्तुहरूको रचना गर्दछन्। संक्षेपमा, ब्रम्हाण्डका सबै वस्तुतत्व अणुहरूबाट बनेका हुन्छन्।

यो ब्रम्हाण्डका सबै वस्तुतत्वहरूको एक सामान्य नाम के हो ? तपाईंलाई याद छ ? – पदार्थ । यसप्रकार पदार्थको सूक्ष्मतम् कण अणु हो। यो ब्रम्हाण्डका प्रत्येक चीज करोडौं-करोड अणुहरूबाट बनेका हुन्छन्। हाम्रो शरीर, पत्थर, रूख, तारा, आदि सबै अणुहरूबाट बनेका हुन्छन्।

अब के कुरा गरौं भने यी सूक्ष्म अणु केबाट बनेका हुन्छन् ?  ती कणहरूबाट, जुन अणुहरूभन्दा पनि साना हुन्छन्। कल्पना गर्नुहोस् त ! यस्ता पनि कण छन्, जुन अणुभन्दा पनि साना हुन्छन्, जुन स्वयंमा एक सेन्टीमीटरका १० करोड भागको एक भाग जति ठूलो हुन्छ !

कुरा यही हो साथीहरू ! र, यी सूक्ष्मतम् कणहरूलाई मूलभूत कण भनिन्छ। अणु तीन मूलभूत कणहरूबाट बनेका हुन्छन् – प्रोटोन, न्यूट्रोन र इलेक्ट्रोन।

अणुको केन्द्रमा एक नाभिक (न्यूक्लियस) हुन्छ, जुन प्रोटोन र न्यूट्रोनको एक गुच्छा हुन्छ। तपाईंले माहुरीको घार देख्नुभएको होला ? अणुको केन्द्र न्यूक्लियस त्यस्तै हुन्छ। जसरी घारमा माहूरीहरू आउनेजाने गर्दछन्, त्यसरी नै अणुमा पनि न्यूट्रोन र प्रोटोन लगातार गतिशील रहन्छन् र कहिलेकाहीँ एक-अर्कोसँग टकराउँदछन् पनि। तिनीहरू कहिल्यै चुप लागेर बस्दैनन्।

र, इलेक्ट्रोनको बारेमा कुरा के हो ?

तिनीहरू लगातार न्यूक्लियस वा न्यूट्रोन र प्रोटोनहरूको समूहको चारैतिर चक्कर लगाइरहन्छन्। इलेक्ट्रोन एउटा अणुमा न्यूट्रोन र प्रोटनको केन्द्रीय गुच्छाको चारैतिर घुमिरहन्छन्। यी तीन प्रकारका मूलभूतकणहरूमा इलेक्ट्रोन सबभन्दा सानो हुन्छन्।

प्रत्येक प्रकारका अणुमा, प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोनको संख्यामा अन्तर हुन्छ। तर सबै प्रोटोन उस्तै हुन्छन्। त्यसरी नै न्यूट्रोन र इलेक्ट्रोन पनि उस्तै हुन्छन्।

त्यसो हो भने अब हामीले के बुझ्यौं त ?

एक विशाल असीम ब्रम्हाण्ड !

यो ब्रम्हाण्डमा करौडौं-करोड वस्तुत्व !

प्रत्येक सूक्ष्म कणमा सानाभन्दा साना अणु हुन्छन् ।

र, प्रत्येक अणुमा सूक्ष्मतम् मूलभूत कण हुन्छन् – प्रोटोन, न्यूट्रोन र इलेक्ट्रोन। र, यी सबै लगातार गतिशील छन्।

यो ब्रम्हाण्ड पनि कति अद्भूत, कति विचित्र छ !  हैन त?

समय के हो ?

साथीहरू , तपाईंहरू सबैलाई कथा सुन्न मन लाग्छ नि, हैन ? कसलाई मन लाग्दैन र ? तपाईंहरूले कुन-कुन कथाहरू सुन्नुभएको छ ?

मलाई लाग्छ, तपाईंहरूले कछुवा र खरायो दौडेको कथा अवश्य सुनेको हुनुपर्दछ।

हजुरआमाले “एक समयको कुरा……” भनेर कथा शुरू गर्दा तपाईंले यो कुन समय, कहिले र कति समय पहिले थियो भनेर सोध्नुभयो होला । र, हजुरआमाले कुनै समयको अर्थ धेरै-धेरै पहिले भनेर उत्तर दिनुभयो होला। जेसुकै भए पनि हामीले कथा सन्दा कति समय बित्यो भनेर थाहै पाउँदैनथ्यौं। ठीक त्यसरी नै तपाईं आफ्ना साथीहरूसँग खेल्दा पनि समय बितेको केही थाहा हुँदैन। तर जब तपाईं बिदाको दिनमा घरमा बिल्कुल एक्लै हुनुहुन्छ, तब समय धेरै मुश्किलले बितेको प्रतीत हुन्छ – समय धेरै ढिलो जान्छ।

यदि कुनै बिदाको दिन तपाईं ढीलो गरेर उठ्नुभयो भने आमाले भन्नुहुन्छ – हेर त, कति अबेर भइसक्यो ! बिदाको दिन त तिमी भैंसी जसरी सुत्छौं। र, तपाईं त्यसमा बिग्रिदै जानुहुन्छ नि ?

कहिलेकाही विद्यालयमा केही कक्षा यति नीरस र उँघ्नेखालका हुन्छन्, लाग्छ समय त्यहीँ रोकिएको छ। र, तपाईं घडीका सुई धेरै तीव्र रूपमा चलोस् भनेर कति तड्पिनु हुन्छ। यस्तो हुन्छ नि ? स्कूलमा अन्तिम कक्षाको समय सामान्य रूपले कस्तो लाग्छ ? शान्ति मिलेजस्तो हुन्छ ……मुक्ति मिल्यो। तपाईं स्वयंलाई भन्नुहुन्छ, अब घर जान केबल आघा घण्टा लाग्छ। स्कूलको घण्टी बज्ने वित्तिकै तपाईं दौडेर बसस्टप आउनुहुन्छ र पहिलो बस गइसकेको तपाईंले थाहा पाउनुहुनेछ। तपाईंलाई कसैले केही सेकेण्ड पहिले मात्र बस गएको कुरा भन्नेछ। ठीकै छ, पाँच मिनेट पछि अर्को बस छ। तपाईंको दाजू स्कूलको परीक्षा पास गरेर कलेजमा भर्ना भएपछि तपाईं के सोच्नुहुन्छ भने ओहो, पाँच वर्षपछि म दस कक्षा पास गरेर कलेजमा पुग्नेछु।

हजुरआमाले आफ्नो कथा केबाट शुरू गर्नुहुन्छ ?

धेरै वर्ष  पहिले……. र हामीले यसपछि के कुरा गरेका थियौं ? हो, हामीले बिदाको बारेमा कुरा गरिरहेका थियौं, जबकि समय चिप्ले कीराको गतिले कट्छ। स्कूलको अन्तिम पिरियडको बारेमा अरू आधा घण्टामा क्लासबाट मुक्ति पाउने, एउटा बस छुट्ने र अर्को बसको बाटो हेर्ने, जुन पाँच मिनेटपछि आउनेवाला छ र तपाईंका धेरै साना-साना साथीहरूको बारेमा, जो पाँच वर्षमा स्कूलको परीक्षा पास गर्नेछन्।

समय वर्ष, महिना, दिन, घण्टा, मिनेट र सेकेण्ड । हामी लगातार यी शब्दहरूलाई सुनिरहेका छौं, हैन र ?

यी क्षण, मिनेट, घण्टा, इत्यादि के हुन् ?

समय बताउने तरीका।

हामी समय कसरी बताउँदछौं ?

भित्ते घडी वा हातमा बाँधिएको घडीतिर हेरेर । के तपाईंहरू सबैलाई घडी हेरेर समय बताउन आउँछ ? तपाईंहरू कसरी समय बताउनुहुन्छ ? घडीका सुइलाई हेरेर। अवश्य। घडीमा कति सुई हुन्छन् ? तीन। छोटो सुइले के जनाउँदछ। घण्टा सुई। र, लामो – मिनेटको । अर्को एउटा तीव्र रूपमा चल्ने मसिनो सुइलाई सेकेन्ड सुइ भनिन्छ। घडीमा अरू के हुन्छ, हेरेर समय बताइन्छ। जब छोटो सुई तीन र लामो सुई १२ मा हुन्छ, तब हामी ३ बज्यो भन्छौं र जब छोटो सुई पाँच र छ को बीचमा हुन्छ, तब हामी भन्छौं साँढे पाँच बज्यो।

के तपाईं बन्द घडी हेरेर समय बताउन सक्नुहुन्छ ? अहँ । तपाईंलाई घडी चलिरहेको कुरा कसरी थाहा हुन्छ ? सुइ चलेको छ कि छैन र टिकटीक आवाज आएको छ कि छैन भनेर थाहा हुन्छ। घडी चलेको बेलामा यसको टिकटीक आवाज सुनिन्छ।

यो आवाज कसरी आउँछ भन्ने कुरा तपाईंलाई थाहा छ ?  घडीभित्र एक सानो चक्का हुन्छ, जसलाई सन्तुलनको चक्का भनिन्छ। सन्तुलनको चक्का लगातार घुमिरहन्छ। त्यो घुम्दा सेकेन्ड सुइ पनि घुमिरहन्छ। सेकेन्ड सुइसँगै मिनेट सुइ र मिनेट सुइसँगै घण्टा सुइ पनि घुम्छ। यदि तपाईंले घडी खोल्नुभयो भने सन्तुलनको चक्कासँगै टिकटीक गरिरहेको देख्न सक्नुहुन्छ।

यदि सन्तुलनको चक्का बन्द भयो भने घडीको सुइ घुम्दैन र घडी बन्द हुन्छ। यसको अर्थ के हो भने घडी सन्तुलनको चक्का घुमेपछि मात्र चल्छ ।

साथीहरू, तपाईंहरूले भित्ते घडी देखेकै हुनुपर्दछ। हाते घडीको जस्तै यो घडीका पनि सुई हुन्छन्। यसमा कुनै यस्तो चीज हुन्छ, जुन एकातिरबाट हल्लिरहन्छ, तपाईंलाई थाहा छ यसलाई के भनिन्छ ? पेण्डुलम।

यदि पेण्डुलम हल्निन बन्द भयो भने बुझ्नुस् कि बन्द भयो। पेण्डुलम हल्लिएपछि हामी सही समयको बारेमा जानकारी प्राप्त गर्न सक्दछौं।

हामी घडी नहेरिकन पनि समय बताउन सक्दछौं। हामीले मानिसले यस्तो भन्दै गरेको सुनेका छौं नि, विहानको समय छ, साँझको समय छ, राति भइसक्यो, इत्यादि। हामी यो सबै कुरा घडी नहेरीकन पनि भन्न सक्दछौं। यो कसरी हुन्छ?

हामी एकदम ठीक सूर्योदय भयो वा अथवा दिन शुरू भनेर कसरी भन्न सक्छौं ?  सूर्य उदाएपछि। ठीक त्यसरी नै जब सूर्य हाम्रो टाउको सीधा चम्किन्छ, त्यसपछि हामी दिउँसो भएको कुरा थाहा पाउँछौं। जब सूर्य अस्ताउँछ, तब हामी साँझ भएको कुरा थाहा पाउँछौं। ठीक त्यसरी साँझको थोरै समयपछि अध्यारो हुन्छ र राति हुन्छ।

त्यसो हो भने सूर्योदय, दिउँसो, साँझ र रात कसरी हुन्छन् ? किनभने सूर्य उदाउँछ र अस्ताउँछ।

सूर्य पूर्वमा उदाउँछ र पश्चिम अस्ताउँछ भन्ने कुरा हामीलाई किन लाग्छ ?  किनकि पृथ्वी आफ्नो धुरीमा घुम्दछ। यदि पृथ्वी आफ्नो धुरीमा नघुम्ने हो भने सूर्योदय हुँदैन र यदि सूर्योदय भएन भने विहान भयो, दिउँसो भयो, साँझ भयो, इत्यादि भनेर हामी भन्न सक्दैनौं। यसको अर्थ के हो भने पृथ्वी आफ्नो धुरीमा घुम्ने भएको कारणले गर्दा नै विहान, साँझ, दिउँसो र राति हुन्छ। होइन त ?

सूर्य विहान उदाउँछ र साँझ अस्ताउँदछ। अर्को विहान फेरि उदाउँछ र अर्को साँझ फेरि अस्ताउँदछ। फेरि उदाउँछ, फेरि अस्ताउँछ। यो क्रम निरन्तर चलिरहन्छ। सूर्य उदाउने, अस्ताउने र  फेरि उदाउने समयलाई के भनिन्छ ?  

धेरै सजिलो छ, दिन। एक दिनमा कति घण्टा हुन्छन् ?

चौबीस ।

एक दिन  ‍= चौबीस घण्टा।

एक घण्टा = साठी मिनेट।

एक मिनेट = साठी सेकेण्ड ।

यसरी सेकेण्ड, मिनेट, घण्टा र दिन समयलाई मापन गर्ने इकाइहरू हुन्। हामीले पहिले नै दूरीलाई कसरी नापिन्छ भन्ने कुरा  बताएका थियौं । साना इकाइहरूको उपयोग छोटो दूरी र ठूला इकाइहरूको उपयोग लामो दूरी नाप्नमा हुन्छ। ठीक त्यसरी नै समयको छोटो अन्तराललाई नाप्नको लागि सेकेण्ड र मिनेटको र लामो अन्तराललाई नाप्नको लागि घण्टा, दिन वा अन्य ठूला इकाइहरूको उपयोग हुन्छ। यसरी बाह्र महिना मिलाएर एक वर्ष हुन्छ। र, एक वर्षको अन्तमा हामी पुरानो क्यालेन्डर परिवर्तन गरेर नयाँ लगाउँदछौं।

हरेक समय बित्दै जाँदा के हुन्छ ?

हामी ठूला हुन्छौं। तपाईं एक कक्षाबाट पास भएर ठूलो कक्षामा पुग्नुहुनेछ। तपाईंको घरको आँपको रूख ठूलो हुनेछ र त्यसमा आँप फल्नेछन्। दशै-तिहार, क्रिसमस, ईद जस्ता चाडपर्वहरू फेरि आउनेछन् र तपाईलाई खुशी प्रदान गर्नेछन्।

साथीहरू तपाईंको उमेर अहिले १० वर्ष  भए १ वर्षपछि ११ वर्षको हुनुहुनेछ र जसको ११ छ, त्यो १२ र १२ को १३ हुनेछ। तपाईंकी हजुरआमाको उमेर अहिले ८० होला।

हजुरआमा कहिले जन्मेकी थिइन् ?  तपाईंको पिता र माता हजुरआमा भन्दा पछि जन्मिए र तपाईं पिता र मातापछि । हरेक बितेको समयसँगै कैयौं परिवर्तन भइरहन्छन्। यो भन्दा पहिले हामी केको बारेमा कुरा गरिरहेका थियौं ?

सेकेण्ड, मिनेट, घण्टा, इत्यादिको बारेमा। यिनीहरूको उपयोग समयका विभिन्न अवधिहरूलाई नाप्नको लागि गरिन्छ। घण्टा, दिन, इत्यादि अवधिहरूमा हामी कसरी पुगेका थियौं ?

यो कुरा बुझ्नको लागि हामी दिनबाट आफ्नो कुरा शुरू गरौं। सूर्य क्रमिक रूपमा दुई पटक उदाउने बीचको समयलाई दिन भनिन्छ। यसको अर्थ के हो भने सूर्य उदाउने, अस्ताउने र फेरि उदाउनमा लिइएको समय नै दिन हो। समयको यो अवधिलाई फेरि २४ भागहरूमा बाँडिएको थियो। जसको प्रत्येक भागलाई एक घण्टा भनियो, घण्टालाई फेरि साठी भागमा बाँडियो, जसको एक भागलाई मिनेट भनिन्छ, मिनेटलाई फेरि साठी भागमा, जसको प्रत्येक भागलाई सेकेण्ड भनिन्छ।

यदि यसप्रकारले भाग लगाइँदैनथ्यो भने समय बताउन धेरै मुश्किल हुन्थ्यो। समयका छोटा-छोटा अन्तराललाई बताउनको लागि एक सानो इकाई आवश्यक हुन्छ, अन्यथा हामीले दस मिनेट पहिलेको गएको थियो भन्नुको सट्टा “चौबीस भागको ६ भाग, इत्यादि पहिले गएको थियो” भन्नुपर्दछ। यदि हामीले पहिलो कुरा गर्यौं भने कसैले पनि बुझ्दैन। यसको अर्थ के भयो भने हामीलाई समयको छोटो र ठीक त्यस्तै प्रकारका इकाइहरू पनि चाहिन्छ। तर हामी यो कसरी बताउन सक्छौं  ?  किनकि पृथ्वी आफ्नो धुरीमा घुम्छ। पृथ्वी आफ्नो धुरीमा घुमेको कारणले नै सूर्योदय र सूर्यास्त हुन्छ। मानिलियौं यदि पृथ्वी नघुम्ने हो भने हामीलाई दिनलाई नाप्न सक्दैनौं। ठीक त्यसरी नै घडीका सुइ पनि चल्दैनन् र हामी घण्टालाई नाप्न सक्दैनौं। घडी यसभित्रको चक्का चलेपछि मात्र चल्छ। चक्का चलेपछि नै मिनेट र घण्टा सुइ घुम्दछन्।

त्यसो हो भने समय बताउनको लागि के आवश्यक छ ?

कुनै न कुनै चीज निरन्तर घुम्नु आवश्यक छ। दिनलाई नाप्नको लागि पृथ्वीले आफ्नो धुरीमा घुम्नु आवश्यक छ। सेकेण्ड, मिनेट र घण्टा बताउनको लागि घडीको पेण्डुलम हल्लिनु वा सन्तुलनका चक्का घुम्नु धेरै आवश्यक हुन्छ।

धेरै-धेरै समय पहिले घडी नभएको बेलामा मानिसहरू के गर्थे ? ओहो, यो कुरा त मैले भन्नै बिर्सेछु। केही मानिसहरू छायाँको लम्बाई हेरेर समय बताउन सक्थे। तर छायाँको लागि सूर्य उदाउनै पर्ने हुन्छ। र, छायाँको लम्बाईमा कहिले परिवर्तन हुन्छ ? जब आकाशमा सूर्य पूर्वबाट पश्चिमतिर यात्रा गर्दछ, हैन र ?

आफ्नो बगैंचामा खाल्डो खनेर यसमा एउटा खम्बा गाड्नुहोस्। अब के हेर्ने कोशिस गर्नुहोस् भने जसरी विहानदेखि बेलुकासम्म दिन घर्कदै जान्छ, त्यसरी नै त्यसरी नै  यसको छायाँको लम्बाई र स्थिति बदलिन्छ।

यसरी यदि सूर्यले पूर्वबाट पश्चिमतिर यात्रा नगर्ने हो भने हामी छायाको लम्बाई हेरेर समय बताउन सक्थ्यौं त ? अहँ। र, सूर्य पूर्वबाट पश्चिमतिर यात्रा गरिरहेको किन देखिन्छ ?  किनभने पृथ्वी आफ्नो धुरीमा घुम्दछ।

यसरी पृथ्वी आफ्नो धुरीमा नघुम्ने हो भने हामी समय बताउन सक्दैनथ्यो। भन्नुको अर्थ के हो भने हामीले जेसुकै गरे पनि जबसम्म कुनै चीज घुम्दैन, समयलाई नाप्न सकिंदैन।

र, सबै कुराहरू केबाट बनेका छन् ?

पदार्थबाट, अवश्य । पृथ्वी घडीमा सन्तुलनको चक्का र पर्खाल घडीको पेण्डुलम सबै पदार्थले बनेका हुन्। त्यसकारण हामी पदार्थको गतिबाट अलग रहेर समयको कुरा गर्न सक्दैनौं।

गति, गति – जहाँसुकै गति

साथीहरू, अहिलेसम्म हामीले धेरै कुराहरू गर्यौं। हामीले मूलभूत कणहरूदेखि लिएर ब्रम्हाण्डसम्म अर्थात् सूक्ष्मतमदेखि विशालतम् सम्मका कुरा गरेका छौं। तपाईंहरू थाकिसक्नुभयो होला। थोरै बेर रोकियौं र आराम गरौं।

चुपचाप बस्नुहोस्। केही गर्ने होइन। ठीक छ नि ? टाउको वा आफ्ना हात केही पनि नहल्लाउनुहोस्, केवल मूर्तिवत रूपमा बसिरहनुहोस् –  आँखासम्म नझिम्क्याउनुहोस्। हेर्नुहोस् त हामी यसरी कतिबेरसम्म बस्न सक्छौं। मैले के देखिरहेको छु भने एउटा साथीका आँखा झिम्किरहेका छन् र एउटा अर्को सानो साथीका कपाल हावामा लहराइरहेका छन्…….र अर्को तेस्रो साथीले आफ्नो टाउको कन्याइरहेको छ। तपाईंहरूमध्ये कोही पनि एकदम मूर्तिवत रूपमा चुपचाप बस्न सक्नुहुन्न। तर हैरान हुनु आवश्यक छैन। यो मुश्किल मात्र होइन, असंभव काम हो। केवल तपाईंहरू मात्र होइन, यो संसारमा कसैले पनि आफ्नो शरीरको कुनै पनि भागलाई यताउता नहल्लाइ, नडुलाइ चुपचाप बस्न सक्दैन। यदि हामीले एकदमै कोशिस गरेर आफ्ना हात, खुट्टा र टाउकोलागि स्थिर गर्यौं भने भने हाम्रो निरन्तर चल्ने सासको कारण हाम्रो छाति तलमाथि गरिरहन्छ।

हामी एकदम चुपचाप बस्दा वा सुत्दा पनि हाम्रा धेरै भित्री अवयवहरू गतिशील रहन्छन्। हाम्रो मुटु लगातार धड्किरहन्छ। रक्तनलीहरूद्वारा हाम्रो रगत शरीरका विभिन्न भागहरूमा बगिरहन्छ। हामीले खाने अन्न पनि हाम्रो पेटभित्र गएर परिवर्तित हुन्छ। आज तपाईंले के खाजा खानुभयो ? रोटी तरकारी ? जे भए पनि त्यो पेट र सानो आन्द्रामा गएर परिवर्तित हुन्छ। अन्नको पोषक तत्व रगतमा घोलिन्छ।

हामी आफूलाई थाहा नै नभइकन हामी ठूला भइरहेका हुन्छौं। हर पलसँगै हामी तिल बराबर बढिरहेका हुन्छौं। र, जब विकासको एक वर्ष पूरा हुन्छ, तब हामी के भन्दछौं भने हाम्रो उमेर एक वर्ष बढ्यो। दुई वा तीन वर्षपछि तपाईं अझ ठूलो हुनुहुनेछ। ठूलो हुँदै गएपछि कपडा पनि बदलिंदै जानेछन्। यसरी हरेक पलसँगै हाम्रो शरीमा कैयौं प्रकारका परिवर्तन वा आन्दोलन घटित भइरहेका हुन्छन्। केहीको बारेमा त हामीलाई खबर हुन्छ र केहीको बारेमा हामी बेखबर हुन्छौं।

त्यहाँ उभिइरहेको नीमको रूखतिर हेर्नुस् त । के त्यो चुपचाप उभिएको छ ? हावामा यसका पातहरू हल्लिरहेका छन्। यसको अतिरिक्त यसभित्र पनि धेरै परिवर्तन वा आन्दोलन भइरहेका छन् – कैयौं प्रकारका आन्दोलन। यसका माटोमा दबिएका जरा र जराका रेशाहरूले पानी सोसिरहेका छन्, जुन माटोबाट रसाइरहेको छ। नून र पानीलाई जराले सोस्दछ, त्यसपछि यसका प्रकाण्डबाट विभिन्न हाँगाहरू र पातहरूसम्म माथि आइरहेका छन्। के तपाईं नीमको रूखले आफ्नो खाना कसरी तयार गर्छ भन्ने कुरा जान्न चाहानुहुन्छ ?

यसका पातहरूले हावाबाट कार्बनडाइअक्साइड ग्रहण गर्दछन्, माटोबाट ग्रहण गरिएको पानी र नूनसँगै यसलाई मिलाउँदछ र सूर्यको प्रकाशको सहायताले यसलाई खानामा बदल्दछ। यही खाना यसको शरीरका विभिन्न भागमा पुग्दछ। यो दुई-तीन वर्ष पहिले कति सानो थियो। अहिले यो ठूलो भएको छ र फूलहरूले भरिएको छ। आउने समयमा यो अझ ठूलो हुन्छ । यसरी मानिस जस्तै रूख पनि स्थिर छैन। तिनीहरूको शरीरमा पनि अनेकौं प्रकारका परिवर्तन भइरहन्छन्। नयाँ शाखाहरू बन्दछन् र पात पहेला भएर झर्दछन्। त्यसको ठाउँमा कोमल-कोमल हरिया पात देखिन्छन्, जसको रंग विस्तारै-विस्तारै गहिरो हुँदै जान्छ। र, हरेक वर्ष फूलका गुच्छा निक्लिन्छन्। केही  हप्तापछि सुख्खा देखिन्छन्।

अब हामी थोरै माटोलाई हेरौं । के यो स्थिर छ ? अहँ। माटोमा पनि कैयौं परिवर्तन र आन्दोलन घटित हुन्छन्। यसभित्र हजारौं गड्यौंला र कीरा आन्दोलित भइरहेका हुन्छन्। माटोबाट पानी रसाइरहेको हुन्छ। झारपात तथा काठ माटोमा लगातार मिलिरहेका हुन्छन्।यसका असंख्य छिद्र भएर हावा यसमा प्रवेश गरिरहेको हुन्छ। रूखका जरा माटोमा लगातार धसिइरहेका हुन्छन्। माटोमा निरन्तर नयाँ वस्तुतत्व बनिरहेका हुन्छन्। तपाईंहरू सबैलाई के कुरा थाहा छ भने हामी पृथ्वीबाट कोइला, फलाम, सुन, हीरा,तामा, पेट्रोलियम, आदि पाउँदछौं। पृथ्वी मुनि सुन र कोइला कसरी बनिरहेका छन् ?

तिनीहरूको निर्माण पृथ्वीमा हजारौं वर्षदेखि भइरहेका परिवर्तनहरूको परिणाम हो। त्यसकारण जहाँसुकै आन्दोलन हुन्छ – गति हुन्छ – माटोमा गति, रूखमा गति, हाम्रो शरीरमा गति, हावामा गति……….तर यो गतिलाई छोडौं, हामी कोशिस गरेर कुनै यस्तो चीज निकालौं, जुन हिडडुल गर्दैन। हेर्नुहोस् त एउटा ठूलो चट्टान छ, जुन त्यहीँको त्यहीँ चुपचाप रहेको छ। हामीले यसलाई देख्दादेखि नै जस्ताको तस्तै त्यही छ – स्थिर, मूर्तिवत, हामीले बाजी मार्यौं। तर अफसोस् ! साथीहरू चट्टान केवल स्थिर प्रतीत मात्र हुन्छ, यसभित्र पनि कैयौं आन्दोलन घटित भइरहेका हुन्छन्।

यो चट्टान केबाट बनेको हुन्छ ? अणुहरूबाट हो नि ? हामीलाई थाहा छ, यो ब्रम्हाण्डका सबै चीजहरू अणुहरूबाट बनेका हुन्छन्, त्यसैले स्वाभाविक रूपमा यो चट्टान पनि अणुहरूबाट नै बनेको हुन्छ। र, यी अणु के गरिरहेका छन् ? यी सबै लगातार आन्दोलित भइरहेका छन् – एक पल पनि नरोकिइकन। यिनीहरू गतिशील छन्, यिनीहरूको लागि दिन र रात जस्तो कुनै चीज छैन। निरन्तर गतिमा रहनु नै तिनीहरूको काम हो। यसको अतिरिक्त चट्टानभित्र अरू पनि आन्दोलन घटित हुन्छन्। चट्टान विस्तारै-विस्तारै साना-साना टुक्राहरूमा विभाजित हुन्छन्। कैयौं माटोमा मिल्छन्। कसैले यसलाई साना-साना टुक्रा बनाएर घर बनाउने वा पर्खाल बनाउने काममा लाउँछन्।

यो संसारमा यस्तो कुनै पनि चीज छैन, जुन एक ठाउँमा रोकिएको होस्। हाम्रो चारैतिरका हरेक चीज निरन्तर  गतिशील छन्, निरन्तर परिवर्तित भइरहेका छन्। स्थिर देखिने पलङ, मेच, आदि जस्ता चीजमा पनि यस्ता करोडौं अणुहरू हुन्छन्, जुन निरन्तर कम्पित भइरहेका हुन्छन्।

यस्ता विभिन्न प्रकारका आन्दोलन, यस्ता विभिन्न प्रकारका गतिहरू के हुन्, जसलाई हामी दैनिक देख्दछौं ?

पृथ्वी आफ्नो धुरीमा घुम्दछ। हामी सबै पृथ्वीसँग घुम्दछौं। हामी मात्र होइन, बरू यो पृथ्वीमा भएका प्रत्येक चीजहरू यससँगै घुम्दछन्……..घर, रूख, सूकूल, भवन, प्रत्येक चीज र अन्य प्रत्येक चीज। किनकि पृथ्वी गतिशील छ, त्यसकारण दिन र रात हुन्छ। चन्द्रमा पृथ्वीको चारैतिर घुम्छ, सूर्य घुम्छ र अन्य ताराहरू पनि घुम्छन्, आकाशगंगाहरू पनि घुम्छन्। सानादेखि ठूला यो ब्रम्हाण्डमा रहेका प्रत्येक चीज घुम्दछन्।

सूक्षमतम् इलेक्ट्रोन, न्यूट्रोन र प्रोटनदेखि लिएर विशाल विशाल आकाशगंगाहरू – प्रत्येक चीज प्रतिपल घुमिरहेका छन्….गति, गति र सबैतिर गति। केही पनि रोकिएको छैन, केही पनि स्थिर छैन।

अलिकति सोच्नुहोस् त, हाम्रो शरीरमा कति परिवर्तन घटित हुन्छन् !  हामी बसेको कुर्सीमा त्यसका अणुहरू कम्पित हुन्छन्। हामी बस्ने पृथ्वी घुम्दछ, माटोमा अगणितीय गतिहरू छन्। चन्द्रमा घुम्छ र पृथ्वीको परिक्रमा गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्दछ। सूर्य पनि आफ्नो धुरीमा घुम्दछ। सबै ताराहरू घुम्दछन्। आफ्नो धुरीमा घुम्दै निहारिका अझ अगाडि बढ्दछ ! हरेक स्थानमा गति, यो आश्चर्यजनक कुरा होइन र ?

के सबै गति एक समान हुन्छन् ?

अहँ ।

केही गतिलाई हामी देख्न सक्दछौं र केहीलाई सक्दैनौं। हामी हावामा चीजहरू र पातहरू हल्लिएको देख्न सक्दछौं। हामी बस, कार, आदिको गतिलाई देख्न सक्दछौं।

हामी सूर्यको उदाउने र अस्ताउने कामलाई देख्न सक्दछौं। र, यसको कारण पनि जान्दछौं। तर यस्ता कैयौं गतिहरू छन्, जुन हामी देख्न सक्दैनौं। हामी चट्टान वा मेचभित्रका कणहरूको कम्पनलाई देख्न सक्दैनौं। यस्तो किन हो ? किनकि अणु अत्यन्तै सूक्ष्म हुन्छन्। तपाईंलाई अणुहरूको आकारलाई लिएर भएका हाम्रा कुरा थाहा छ नि ? यसको अर्थ के हो भने सूक्ष्मतम् भन्दा सूक्ष्मतम् र विशाल भन्दा विशाल गति हुन्छन्।

केही गतिहरूलाई हामी केवल महसुस गर्न सक्छौं। हाम्रो शरीरभित्र भएको गतिलाई देख्न सक्नु हाम्रो लागि संभव छैन। धेरै समयपछि हामीलाई यसको खबर आउँछ। तपाईं ठूलो हुनुहुनेछ, उच्च कक्षामा पुग्नुहुनेछ, ज्ञान प्राप्त गर्नुहुनेछ, तपाईंका दारीजुँगा आउनेछन्……..हामीलाई यी सम्पूर्ण परिवर्तनहरूको जानकारी हुन्छ। यद्यपि हामीले हाम्रो शरीरमा भइरहेका परिवर्तनहरूलाई तत्काल देख्न नसके पनि विस्तारै-विस्तारै हामीलाई त्यसको खबर हुन्छ। परिवर्तन गतिको अर्को नाम हो।

हाम्रो चारैतिर प्रत्येक चीज परिवर्तित हुन्छन्। यी भवनहरूलाई हेर्नुहोस् त ! दुई वर्षपहिले त्यहाँ बाँझो जमिन थियो। हाम्रा बाजेका पालादेखि अहिलेसम्म आउँदा धेरै परिवर्तनहरू भइसकेका छन्।

विगतमा कैयौं वर्षदेखि भएका कैयैं परिवर्तनहरूको परिणाम हो यो संसार। अझै पनि परिवर्तनहरू भइरहेका छन्  र भविष्यमा पनि निरन्तर भइरहन्छन्। परिवर्तन नहुने कुनै चीज छ त ? कुनै पनि छैन, हरेक चीज परिवर्तित हुन्छ। अपरिवर्तनशील वा स्थिर कुनै पनि चीज छैन।

पृथ्वी एक विशाल पुस्तक

लाखौंलाख वर्ष पहिले भएका चीजहरूको बारेमा हामी कसरी जान्दछौं ?  त्यसबेला लेख्ने-पढ्ने कुरा त केही पनि थिएनन्। त्यतिखेर के भएको थियो भन्ने कुरा बताउनका लागि किताबहरू पनि थिएनन्। वैज्ञानिकहरू यी सबै कुराको बारेमा कसरी जान्दछन् ?

तपाईंहरू यी सबै कुराको बारेमा जानकारी हासिल गर्न चाहानुहुन्छ भने सुन्नुहोस् । जुन पृथ्वीमा हामी बस्दछौं, त्यो एक विशाल पुस्तक हो। यो पृथ्वीका प्रत्येक वालुवाका कणसँग तपाईंलाई सुनाउनका लागि कहानीहरू छन्। ती हजारौं जनावरहरू एवम् बोटविरूवाहरूका अवशेष अझै पनि माटो मुनि लुकेर रहेका छन्, जुन पृथ्वीमा धेरै पहिले रहन्थे।

हड्डीका टुक्राहरू, खोपडीहरू, रूखबोटविरूवाहरूका अवशेष, हाम्रा आदिम पुर्खाले प्रयोग गर्ने ढुंगाका हतियाहरू, माटोका भाँडाकुँडाहरू, सिक्का, पुराना अरू धेरै चीजहरू, पत्थरका लिपिहरू,  मन्दिर र यसप्रकारका कैयौं चीजहरू त्यो माटोको धरातल मुनि रहेका छन्, जसमा हामी हिड्दछौं। यी सबैसँग तपाईंहरूलाई सुनाउका लागि हजारौं कहानीहरू छन् – यिनीहरूले हामीलाई कसरी हाम्रा आदिम पुर्खा बस्दथे भन्ने कुरा बताउँदछन्। त्यसरी नै उनीहरूले प्रयोग गर्ने औजार र हतियारका कहानीहरू पनि बताउँछन्। माटो मुनि दबिएका यी अवशेषहरूलाई जीवावशेष पनि भनिन्छ।

वैंज्ञानिकहरूको एउटा यस्तो समूह छ, जसले यी चीजहरूलाई उत्खनन् गरेर निकाल्दछन् र तिनीहरूको अन्वेषण गर्दछन्। यस्तो अध्ययन गर्ने वैज्ञानिकहरूलाई जीवावशेष वैज्ञानिक र विज्ञानको त्यो शाखालाई जीवाश्म विज्ञान भनिन्छ। जीवाश्म वैज्ञानिकहरूका यी खोजहरूद्वारा नै हामी आजभन्दा करोडौं वर्ष पहिलेको पृथ्वी, त्यसको उत्पत्ति, आदिको बारेमा जान्दछौं। त्यति मात्र होइन रूखमा हुने बाँदर कसरी मानिसमा विकसित भए भन्ने कुरा पनि जान्दछौं। हाम्रा पूर्वजहरूको वास्तविकताको बारेमा थोरै जानौं।

करोडौं वर्ष जमिनमा आएका बाँदरहरूले मानिसको जसरी आफ्ना दुई खुट्टाले हिड्न शुरू गरे। अलिकति सोच्नुस त हात खुला भयो भने कति धेरै काम गर्न सकिन्छ। मानिलिनुस् चौपाया जसरी हिड्दा हामीले अन्य काम गर्न सक्थ्यौं ?  

सबभन्दा पहिले हाम्रा पुर्खाले दुई खुट्टामा उभिन र हिड्न शुरू गरे। त्यसको परिणामस्वरूप उनीहरू हात पहिले नगरिएका काम गर्नको लागि स्वतन्त्र भए। यद्यपि यो परिवर्तनको लागि करोडौं वर्ष गुज्रिए। यसबेलासम्म जमिनमा बस्ने हाम्रा यी पूर्वज रूखमा बस्ने बाँदर जस्ता देखिंदैनथे। यद्यपि तिनिहरू हामीजस्ता पनि थिएनन्।

उनीहरू बाँदर र मानिस बीचका थिए। यदि साधारण रूपले भन्ने  हो भने तिनीहरू कपि-मानव थिए। यी कपि-मानवहरूले पनि धेरै समस्याहरूसँग जुध्नुपर्‍यो। सबभन्दा ठूलो समस्या खानाको थियो। उनीहरू फूर्तिला बाँदर जसरी अब रूखमा चढ्न सक्दैनथे। त्यसकारण फलहरूलाई फुटाउने कार्य उनीहरूको लागि सजिलो थिएन। तर उनीहरू आफ्ना हातमा एक हड्डी वा रूखको हाँगा लिन्थे; रूखबाट फलफूल वा खाद्यान्न झार्दथे र कन्दमूल पनि खन्न सक्थे। यति मात्र होइन उनीहरूले साना जनावरहरू मारेर पनि खान सक्दथे।

यसरी हाम्रा पूर्वज यी कपी-मानवले औजारहरूको उपयोग शुरू गरे। खाद्यान्न जुटाउनको लागि उनीहरूले पत्थर, भाँचिएका रूखका हाँगा र हड्डीका टुक्राहरूलाई औजारहरूको रूपमा उपयोग गरे। यसरी खाना जुटाउन सजिलो भयो। पहिले उनीहरू बाघ, चितुवा जस्ता मांसाहारी जनावरहरूबाट डराउँथे। तिनीहरूबाट आफ्नो रक्षा गर्नको लागि उनीहरू समूहमा बस्न लागे। बढ्दै गरेको भयसँगै यी समूहहरू अझ बढे र सामाजिक समुदायहरूको उत्पत्ति भयो।

यसरी हाम्रा आदिम पुर्खाहरूले औजारहरूको उपयोग गर्नुका साथै सामाजिक समुदायहरूमा बस्न लागे। यसपछि उनीहरूलाई अर्को आवश्यकता पर्नलाग्यो। समुदायभित्र आफ्ना कुराहरूलाई एक-अर्कोसम्म पुर्‍याउनु  आवश्यक हुन्थ्यो र त्यो बेला त अझ धेरै आवश्यक हुनगयो। सामूहिक रूपमा  शिकार गर्न गएको बेला यसको झन आश्यक पर्नगयो। योभन्दा पहिले उनीहरू विशिष्ट प्रकारका आवाजहरूको उपयोग गरी संकेतद्वारा एक-अर्कोसम्म आफ्नो कुरा पुर्‍याउँदथे। यसरी भाषाको जन्म भयो। भाषा केवल ध्वनिहरूभन्दा बढी केही होइन। यो व्यवस्थित उच्चारण पद्धति हो, जसको पछि एक लिपि आउँदछ।

जनावरहरूका आफ्नै प्रकारका भाषा हुन्छन्। बाँछोलाई भोक लाग्दा कराएर आमालाई बोलाउँदछ। पक्षीहरूले अन्य पक्षीहरूलाई आवाजले इशारा गर्दछन्, उनीहरू आफ्नै ढंगले एक-अर्कोका कुरा बुझ्दछन्। तर आफ्ना कुराहरूलाई एक-अर्कोसम्म पुर्‍याउने यी तरीका ती भन्दा बिल्कुल भिन्न छन्, जसबाट हामी एक-अर्कोसम्म आफ्नो कुरा लैजान्छौं। कारण के हो भने एक-अर्कोसम्म पुर्‍याउनको लागि जनावरहरूसँग धेरै कुरा हुँदैनन्। यसप्रकार हाम्रा आदिम पुर्खाहरूले कैयौं वर्षपछि औजारहरूलाई बनाउन र तिनीहरूको उपयोग गर्न सिके। उनीहरू व्यवस्थित सामाजिक समुदायहरूको रूपमा विकसित भए र साथै सम्प्रेषणको लागि – आफ्ना कुराहरूलाई एक-अर्कोसम्म पुर्‍याउनको लागि उनीहरूले भाषाको विकास गरे। र, यसरी उनीहरू मानिस बने।

यसरी यी कपि-मानव वास्तविक अर्थमा मानिस बने। उनीहरूले औजारहरू बनाउन, समुदायमा बस्न कहिले शुरू गरे र कहिले उनीहरूले भाषाको विकास गरे त ?

जब उनीहरूले औजारहरूको उपयोग शुरू गरे र उनीहरू समूहमा बस्न लागे, तब उनीहरूको बुद्धि र क्षमताको पनि विकास भयो। उनीहरू अब राम्रोसँग शिकार गर्न सक्थे। उनीहरू असल माँसु र सामान्य रूपले असल खाना खान सक्थे। यसबाट उनीहरूको मस्तिष्कको विकास भयो। उनीहरूका आफ्ना हातको श्रमले, सामूहिक कार्य गर्ने उनीहरूले क्षमताले, भाषाको उपयोगद्वारा आफ्ना कुरालाई एक-अर्कोसम्म पुर्‍याउने योग्यताले, उनीहरूको बुझाइ र उनीहरूका अन्य कार्यशक्तिहरूलाई अझ अगाडि बढायो।

यसरी मानिस अन्य जनावरहरूको तुलनामा बढी योग्य बन्यो। तर उसलाई आजको यो अवस्थासम्म पुग्नमा कैयौं हजार वर्ष लाग्यो। यो अर्कै कहानी हो।

वैज्ञानिकहरूको के विश्वास छ भने मानिससँग मिल्दाजुल्दा प्राणीहरू आजभन्दा लगभग २४ लाख वर्ष पहिले पैदा भएका थिए।

हाम्रा आदिम पुर्खा कसरी रहन्थे ?

साथीहरू, अब हाम्रा आदिम पुर्खा कसरी रहन्थे भन्ने कुरा जान्ने समय आएको छ। हामी उनीहरूको बारेमा केही अरू जान्न चाहन्छौं। उनीहरू कहाँ बस्थे ?  उनीहरू कुन प्रकारकाको काम गर्थे ?  हामीले यी सम्पूर्ण प्रश्नहरूको उत्तर खोज्नु छ। वैज्ञानिकहरू के विश्वास गर्दछन् भने मानिस जस्ता प्राणीहरूको उत्पत्ति आजभन्दा करिब २० लाख वर्ष पहिले भएको थियो।

अर्धमानव हेर्दा कस्ता थिए ? साथीहरू, के तपाईंहरू अनुमान लगाउन सक्नुहुन्छ ?  बाँदरसँग धेरै मिल्दाजुल्दा थिए। जसको अनुहार शंकाकार थियो, बंगारा बाहिर निस्किएका थिए, रौंले ढाकिएको शरीर थियो, लामा नङ, लामा-लामा रौं र दाह्री………उनीहरू नाङ्गै हुन्थे – शरीरमा कुनै कपडा लगाउँदैनथे। उनीहरूलाई कपडाको बारेका केही जानकारी थिएन।

के तपाईंहरू जान्न चाहनुहुन्छ, यी आदिम मानिस कहाँ बस्थे ? उनीहरू गुफा र चट्टानका दरारहरूभित्र बस्थे। उनीहरू समूहमा बस्थे र उनीहरूलाई केवल एकैप्रकारको काम थाहा थियो। त्यो कुन काम थियो ? खाना जम्मा गर्नु। उनीहरूको जीवन सहज थिएन। उनीहरूले हिंस्रक पशुहरूबाट धेरै सावधान रहनु पर्थ्यो। उनीहरूले बादलको गर्जाइ, बिजुलीको चम्काई, आँधीतुफान, वर्षा जस्ता समस्याहरू सबै झेल्नुपर्दथ्यो। उनीहरूले खानाको खोजीमा घना जंगलमा मरीमरी घुम्नुपर्दथ्यो। वास्तवमा भन्ने हो भने उनीहरूको जिन्दगी ज्यादै जटिल थियो।

आदिम मानिस हाम्रो जसरी परिवारमा रहँदैनथे। उनीहरूले खानाको खोजीमा शिकारमा निक्लिएको बेला जंगली जनावरहरूबाट बच्नको लागि समूहमा बस्नु परेको थियो। जन्मबाट एक-अर्कोसँग जोडिएका सबै मानिसहरू एउटा समूहमा बस्थे र उनीहरू शिकार गर्न पनि सँगै हिड्थे। र, उनीहरूले जेसुकै प्राप्त गरे पनि सामूहिक रूपमा मिलेर खान्थे। उनीहरू शिकार सँगै गर्थे र औजार पनि सँगै हुन्थे।

हाम्रा आदिम पुर्खाले ‍औजारहरूको उपयोग गर्न जानेकोले मानिस बनेका हुन्। जनावर र मानिस बीचमा एउटा ठूलो फरक भनेको के हो भने मानिसले औजार बनाउन सक्दछन्  तर जनावरले बनाउन सक्दैनन्। त्यसकारणले गर्दा नै केही वैज्ञानिक मानिसलाई औजार बनाउने जनावर भन्दछन्। आदिम मानवले शुरूमा साधारण ढुंगालाई औजारहरूको रूपमा प्रयोग गर्थे। धेरै समयसम्म उनीहरू केवल पत्थर र रूखका हाँगा मात्र प्रयोग गर्न जान्दथे। यसरी रूखमा बस्ने बाँदर औजार बनाएर प्रयोग गर्न सिकेकोले मानिस बन्यो। पुरातत्ववेत्ताहरूले धेरै ढुंगाका औजार र हतियार खोजेर निकालेका छन्, जसको प्रयोग हाम्रा आदिम पुर्खाले गर्दथे।

सन्  १८५७ मा जर्मनीको ‘नियण्डरथल’ घाँटीमा वैज्ञानिकहरूले एक विचित्र प्रकारको मानिसको खोपडी र हड्डीहरू खोजेर निकाले। सावधानीपूर्वक यिनीहरूको परीक्षण गर्दा वैज्ञानिकहरूले के पत्ता लगाए भने यिनीहरू अझै पूर्ण मानिस नभइसकेका प्राणीका जीवावशेषहरू थिए। उनीहरूले मानव-प्राणीका यसप्रकारका प्रजातिलाई नियण्डरथल मानव भने। उनीहरूले नियण्डरथल मानिसका अंग र अनुहारको नाकनक्सा आजका मानिसको भन्दा बिल्कुल भिन्न भएको देखे। सन् १८९२ मा इण्डोनेशियाको जावा द्वीपमा केही अरू हड्डीहरूका ढाँचा र खोपडीहरूको उत्खनन गरियो। यिनीहरूलाई डाक्टर यूजिनी दबोएले खोजेर निकालेका थिए। यूजिनी एक डच वैज्ञानिक थिए र उनी हाम्रा आदिम पुर्खाका अवशेषहरूको खोजीमा इण्डोनेशियामा पुगेका थिए। उनले के पत्ता लगाए भने ती अवशेष नियण्डथल मानवभन्दा धेरै पहिले नै पृथ्वीमा बस्थे। उनले के पनि पत्ता लगाए भने यो जातिका मानिस अहिलेका मानिस जसरी नै सीधा उभिएर हिड्न सक्थे। हामी मानिसको यो जातिलाई ‘जावा मानव’ भन्दछौं। केही वर्षपछि सन् १९२६ मा प्रो.  डेविड्सन ब्लेक नामक वैज्ञानिकले चीनमा पेकिङ नजिकको चोकु तिन नामक गुफाबाट केही अरू खोपडी र हड्डीहरू खोजेर निकाले। गहिरो छानबिनपछि वैज्ञानिक के निस्कर्षमा पुगे भने यी जीवावशेष जावा मानव जस्ता पनि थिए। यिनीहरूलाई पेकिङ मानव नाम दिइयो। जावा मानव र पेकिङ मानव हामी जस्ता प्राणीसँग धेरै मिल्दाजुल्दा थिए। तिनीहरू ‘होमो इरेक्टस’ हुन् – होमो इरेक्टस अर्थात् सीधा उभिनसक्ने प्राणी।

सन् १९२४ मा अफ्रिकाको दक्षिण भागको कालाहारीको मरूभूमिबाट केही अरू खोपडीहरू निकालियो, जुन अस्ट्रेलोपिथेकस नामक मानव जातिका थिए। यी मानिस र बाँदर बीचका एक जाति थिए। तर सन् १९६१ मा एक धेरै रोचक खोज भयो। दुई जीवाश्म वैज्ञानिकहरू – लुई र मेरी लीकेले तान्जानियाको ओल्डुवाइ नामक स्थानमा एक प्राणी अवशेषको खोजी गरे। यो प्राणी केवल अस्ट्रेलोपिथेकसको जसरी दुई खुट्टाले मात्र हिड्दैनथ्यो, बरू यसको एउटा ठूलो मस्तिष्क पनि थियो। र, यो प्राणीले ढुंगाबाट औजारहरू पनि बनाउँदथ्यो। लीके परिवारले यो प्राणीको नाम ‘होमो हेविलस’ राखे। अफ्रिकामा आजभन्दा २० लाख वर्ष पहिले रहने यो प्राणी मानव जातिको सबभन्दा पुरानो सदस्य हो। सत्तरीको दसकमा दक्षिण र पूर्वी अफ्रिकामा यी अस्ट्रेलोपिथेकस र होमो हेविलसका कैयौं धेरै अवशेषहरू खोजेर निकालयो, जसले हामीलाई आधुनिक मानिस र बाँदरको बीचका कडीहरूलाई जीवनको बारेमा धेरै कुरा बताउँदछन्।

सन् १९६८ मा फ्रान्समा ‘क्रोम्याग्नन’ गुफाहरूमा केही खोपडीहरू प्राप्त भए, तिनीहरू मानिस जस्तै प्रतीत हुन्थे। यी क्रोम्याग्नन मानिस आजभन्दा ३५ हजार वर्ष पहिले रहन्थे। वैज्ञानिकहरूको के विश्वास छ भने क्रोम्याग्नन मानिसका केही यस्ता प्रकारका प्रजाति थिए, जो नियण्डरथल मानवभन्दा बढी बुद्धिमान र योग्य थिए।

यसरी प्राचीनतम् होमो हेबिलस २० लाख वर्ष पहिले पृथ्वीमा आएको थियो। यसपछि होमो इरेक्टस आयो, जसको जीवावशेष जावा र पेकिङका साथै पछि अन्य स्थानहरूमा  पनि प्राप्त भए। जुन सबभन्दा पुरानो छ, त्यो १५ लाख वर्ष पहिलेको हो। यो श्रेणी आधुनिक मानव र बाँदरको बीचको हो। यसपछि होमो सेपियन्स आए। यसपछि क्रोम्याग्नन मानव आए, जो लगभग हामी जस्तै थिए। आधुनिक मानिस आजभन्दा ४० हजार वर्ष पहिले यो पृथ्वीमा आएका थिए।

हाम्रा पूर्वजहरूको बारेमा अझै कैयौं धेरै वास्तविकताहरूको बारेमा पत्ता लगाउन बाँकी छ। अझै धेरै तथ्यहरू खोज्न बाँकी छ। संसारका वैज्ञानिकहरू यी तथ्यहरू र वास्विक कुराहरूलाई खोज्न तथा अझ बुझ्नको लागि दिनरात परिश्रम गरिरहेका छन्।

शुरू-शुरूमा हाम्रा आदिम पुर्खा आफ्नो वरिपरिबाट ढुंगा लिएर नरिवल, सुपारी जस्ता केही खानेकुरा फुटाउन चाहन्थे। उनीहरू सुपारी, ओखर फुटाउनको लागि वरिपरिका ढुंगा प्रयोग गर्थे।  हजारौं वर्पछि मानिसहरूले विस्तारै-विस्तारै ढुंगाको प्रयोग गरी बंचरो, छूरी, आदि बनाउन शुरू गरे। यसरी ढुंगाको उपयोग आजभन्दा लगभग १० हजार वर्ष पहिले भयो।

आदिम मानिसहरू समुदाय वा समूहमा बस्थे। यसरी कैयौं वर्ष गुज्रियो र यसको बीचमा धेरै परिवर्तनहरू भए। आदिम मानिस बढी बुद्धिमान हुँदै गए। उनीहरूले अझ परिष्कृत औजारहरूको निर्माण गर्न सिक्दै गए। धनुष र वाणहरूको आविष्कार भयो। उनीहरू पहिलेभन्दा बढी कुशलतापूर्वक शिकार गर्न सक्ने भए र अब उनीहरू माछा मार्न पनि सक्ने भए। उनीहरूले जनावरको छालाबाट कपडा बनाउन पनि सिके। उनीहरूले आगोको उपयोग गर्न पनि सिके। आगोको सहायताले अब उनीहरू आफ्नो खाना पकाउन सक्थे। त्योभन्दा अगाडि उनीहरू काँचै मासुसमेत खान्थे। खाना पकाएर खान थालेपछि आदिम मानिसको मस्तिष्कको विकास भयो।

विस्तारै-विस्तारै आदिम मानिसको सामाजिक जीवनमा केही परिवर्तन भए। यी परिवर्तनहरू के थिए ?  एक-अर्कोको निकट रहने समुदाय अब आपसमा विभाजित भए र अन्तर्क्रिया शुरू भयो। यो अन्तर्क्रिया वा आदानप्रदान एक-अर्कोका निकट भएका र सामान्य भाषा भएका मानिसहरूमा गहिरिंदै गएपछि जनजातिहरू बने। त्यसपछि कविलाको जन्म भयो। विस्तारै-विस्तारै खाना जुटाउने तरीकाहरूमा पनि परिवर्तन भयो। पहिले त उनीहरू केवल साना-साना जनावरहरूको शिकार गर्दथे। ठूला जनारहरूको शिकार गर्नको लागि न त उनीहरूसँग ठीक ढंगका औजार थिए र न सामूहिक शक्ति नै । उनीहरू कविला र जनजातिमा बस्न लागेपछि उनीहरूको सामूहिक शक्ति बढ्यो र उनीहरूले राम्रा हतियारहरू र औजारहरूको निर्माण गर्न सिके। अब उनीहरूले ऊनदार ठूला-ठूला जनावहरूको पनि कुनै कठिनाइ बिना नै शिकार गर्न सक्न भए।

हामीले के कुरा याद राख्नुपर्दछ भने त्यस बेलाका मानिस अझै फल, ओखर, कन्दमूल, इत्यादि जस्ता खाना जम्मा गरिरहेका थिए। यसको कैयौं वर्षपछि उनीहरूमा अन्न उत्पादन गर्ने क्षमताको विकास भयो। यो कृषिको खोज थियो । यसबाट मानिसले खेत बनाउन, रोप्न र यसरी अन्न उत्पादन गर्न सिके।

यो युगमा मानिसको सामाजिक जीवन आदिम वर्गविहीन समाजको रूपमा संगठित भयो। यो व्यवस्था अन्तर्गत मानिसहरूका कुनै वर्ग थिएनन् – उनीहरू सबै बराबर थिए। कविलाका सदस्यहरूले सामूहिक रूपले जम्मा गरेका खाने कुरामा सबै बराबरी हकदार हुन्थे। एक दिनमा जति खानेकुरा जम्मा गरिन्थ्यो,  त्यो उनीहरू सबैको लागि पर्याप्त हुन्थ्यो। संग्रह गर्ने वा अर्को दिनको लागि छोड्ने कुराको कुनै प्रश्न नै आउँदैनथ्यो। सबैलाई खानेकुरा जम्मा गर्नको लागि जहाँसुकै जाने स्वतन्त्रता थियो। तर विस्तारै-विस्तारै खाना जम्मा गर्ने कार्य उनीहरूको लागि जटिल बन्दै गयो। खाने कुराको अभाव खड्किदै गयो। यसरी समय गुज्रिदै गयो। खानेकुरा नै एक ठूलो समस्या बन्दै गयो। मानिसहरू खानेकुराको अभावले भोकमरीले मर्न लागे। त्यसपछि मानिसले विकल्प खोज्यो र कृषिको जन्म भयो।

कृषिको जन्म

साथीहरू, हाम्रा आदिम पुर्खाहरूले खानेकुराको अभावमा जुन जटिलताहरूलाई भोग्नुपरिरहेको थियो, त्यसको बारेमा हामी कुरा गरिरहेका थियौं।

समय बित्दै जाँदा खाना झन दुर्लभ हुँदै गयो। अब मानिसको सामु खाना जुटाउने नयाँ तरीका वा अन्नको स्रोतहरू खोज्ने तरीका के हुन सक्छ भन्ने मात्र विकल्प रहनगयो।

उनीहरूको यो खोजबाट नै कृषिको जन्म भयो।

हामी स्पष्ट रूपले त कहाँ र कसरी कृषिको जन्भ भयो भन्ने कुरा जान्दैनौं। तर हामी के कुरा जान्दछौं भने आजभन्दा करिब ८ हजार वर्ष पहिले मानिसहरूले ठूलो परिणाममा खेती गर्न शुरू गरेका थिए। यो कुरा कसैले एक दिनमा खोजेर निकालेको कुरा होइन। धेरै पहिले आजभन्दा ४० हजार वर्ष पहिले मानिस जंगली घाँस खाने गर्थे। हाम्रा आदिम पूर्वज फलमूल, कन्दमुल, जंगली घाँसका विउ, आदि जम्मा गर्नको लागि आफ्ना बच्चाहरूलाई सँगै लिएर जान्थे। उनीहरूले के देखे भने यी बीज जमिनमा झरेपछि केही समयपछि हरियो पालुवाको रूपमा जमिनमा फुट्थे। पहिलो पटक उनीहरूले यो कुरालाई धेरै गम्भीरतापूर्वक लिएनन्। पछि अन्नको अभाव हुँदै गएपछि भोकमरीबाट मानिस मर्ने भयले गर्दा मानिसहरूको दिमाग यसमाथि पर्नगयो। विस्तारै-विस्तारै उनीहरूले अन्नका दानालाई कसरी रोप्ने र उत्पन्न अन्नलाई कसरी जम्मा गर्ने भन्ने कुरा सिके। अब उनीहरूलाई जंगलमा मरी-मरी जम्मा गरेको भन्दा बढी अन्न प्राप्त हुनथाल्यो। गहुँ, जौ र यसप्रकारका अन्य अन्नहरू उत्पादन गर्न थालियो। यसरी कृषिसँगै मानिस अन्न जम्मा गर्नबाट परिवर्तित भएर अन्न उत्पादन गर्ने बन्यो। र, यसबाट मानिसहरूको जीवनमा अरू महत्त्वपूर्ण परिवर्तनहरू आए।

ती परिवर्तनहरू के थिए ?

खेती गर्नको लागि पानी, जमिनको आवश्यकता हुन्छ, साथै विभिन्न औजार हलो तान्नको लागि जनावरहरूको पनि आवश्यकता पर्दछ।

अरू केको आवश्यकता पर्दछ ?

जमिनको लगातार हेरविचारको आवश्यकता हुन्छ। ठीक त्यसरी नै पानी निरन्तर र पर्याप्त मात्रामा दिनुपर्दछ, जंगली जनावरहरूबाट यसको रक्षा गर्नुपर्दछ, यी सबै आवश्यक हुन्छ। यो सबै गर्नको लागि मानिसले खेतमा स्थायी रूपले बस्ने कुरा आवश्यक हुनगयो र उनीहरू त्यही बस्न लागे। अहिलेसम्म अन्न जम्मा गर्ने हाम्रा पूर्वज जंगलमा भड्किनमा अभ्यस्त थिए। फलफूल, कन्दमुल र जनावरको शिकारको लागि उनीहरू सदैव नयाँ-नयाँ इलाकाहरूमा घुमिरहन्थे। तर कृषिले जीवनको यो अवस्थालाई बदलिदियो। आफ्नो खेती र यसको उत्पादनको हेरविचारको लागि उनीहरूले स्थायी रूपले एकै ठाउँमा बस्न शुरू गरे। यसको लागि उनीहरूलाई घरहरूको आवश्यकता पर्‍यो। यसरी उनीहरूले बस्नको लागि घरहरू बनाउन शुरू गरे।

हलो जोत्नको लागि जनावरहरूको आवश्यकता परेपछि उनीहरूले विभिन्न प्रकारका जनावरहरू पाल्न शुरू गरे र आफ्नो घरमा तिनीहरूको पोषण गर्न लागे। यसरी नै गाइ, गोरू, कुकुर र घोडा जस्ता जनावरहरू पाल्तु बने।

राम्रो खेती गर्नको लागि नयाँ औजारहरूको पनि आवश्यकता पर्दथ्यो; त्यसकारण  मानिसले नयाँ-नयाँ औजारहरू पनि बनाउन शुरू गरे ……तर यी सम्पूर्ण परिवर्तनहरू रातारात भने भएका होइनन्। परीक्षण गर्दै, गल्ती गर्दै, क्रमशः, विस्तारै-विस्तारै हजारौं वर्षको समय लाग्यो।

खेती पानी, गर्मी, इत्यादिको लागि प्रकृतिमा निर्भर हुन्थ्यो। धेरै समयसम्म मानिसले प्राकृतिक शक्तिहरू र कार्यव्यापारहरूलाई बुझ्न सकेन। र, यसबाट अन्धविश्वास र धार्मिक संस्कारहरूको जन्म भयो। मानिस प्रकृतिसँग सामूहिक रूपले प्रार्थना गर्दथ्यो, किनभने उसले के विश्वास गर्दथ्यो भने प्रकृतिले वर्षा, हावा, बादल गर्जिने कुरा र बिजुली चम्किने कुरालाई काँधमा राखेर मानिसमाथि शासन गर्दछ। जीवन आरामपूर्वक कटोस् र उत्पादन राम्रो होस् भनेर उसले प्रकृतिसँग प्रार्थना गर्दथ्यो। प्रार्थना र धार्मिक संस्कार नै विस्तारै-विस्तारै धर्म र धार्मिक विश्वासहरूको रूपमा उत्पन्न भयो।

कृषिले मानिसलाई प्रकृतिको निकट ल्यायो। त्यो भन्दा पहिले उसले केवल फलफूल र कन्दमूल जम्मा गर्ने तथा खाने काम गर्दथ्यो। कृषिसँगै उसले प्रकृतिमा हुने परिवर्तनलाई पनि ध्यानपूर्वक हेर्न शुरू गर्‍यो।

उसले यस्तो किन गर्‍यो ?

किनभने कृषिले मानिसलाई पानी कहिले पर्छ, यसको कमी कहिले हुन्छ, गर्मी कहिले हुन्छ, कहिले हिमपात हुन्छ, आदि जस्ता कुरा बुझ्नु आवश्यक बनाइदिएको थियो। उसले प्रकृतिका कार्य-व्यापारहरूलाई ध्यानपूर्वक हेरेर के कुरा थाहा पाउनु आवश्यक थियो भने यदि बीजहरूलाई भारी वर्षमा रोपियो भने तिनीहरू सड्नेछन् र धेरै गर्मी हुँदा वाली सुक्नेछन्। उसले के पनि जान्यो भने कहिलेकाही वर्षभरी पनि वर्षा हुँदैन र कहिलेकाही सूर्य पनि धेरै तीव्र रूपमा चम्किन्छ। यसरी उसले विस्तारै-विस्तारै जलवायु, ऋतु  र मौसमको बारेमा बुझ्यो। र, आज त यी कुराले हाम्रो जीवनमा आकार लिएका छन्। तर शुरू-शुरूमा प्रकृतिका यी नियमितताहरू वा अनियमितताहरूलाई बुझ्न र हेर्नमा धेरै लामो समय लाग्यो। यसरी प्रकृतिलाई लिएर मानिसको ज्ञान निरन्तर बढ्दै गयो।

शहर र राजा

कृषिको लगातार विकास भइरह्यो। र, कृषिको विकाससँगसँगै मानिसहरूको बीचमा लडाइँहरू पनि बढ्न लाग्यो। यस्तो किन भएको थियो ?  

कृषि शुरू हुनुभन्दा पहिले पनि हाम्रा आदिम पुर्खाहरूले जाति-समुदायहरू  कबिलाहरूको रचना गरेको बेलामा विभिन्न कविलाहरूको बीचमा कहिलेकाहीँ लडाइ-झगडा हुने गर्दथे। यी लडाइँहरू कहिले शिकार क्षेत्रलाई लिएर हुन्थे भने कहिले हिंस्रक पशुलाई मार्ने सवालमा हुने गर्थे। आज पनि हामी तथाकथित सुसंस्कृत मानिसहरू धेरै तुच्छ कुरामा झगडा गरिरहेको देख्छौं। त्यसकारण यसमा कुनै आश्चर्यचकित हुनु जरूरी छैन कि यस्ता कुरालाई लिएर हाम्रा पुर्खा झगडा गर्थे।

कविलाहरूका  बीचमा भएका यी झगडाहरू पछि ठूला लडाइँहरूमा र केही यसप्रकारका  साना युद्धस्थलहरूमा बदलिए, जसले आफ्ना धेरै मानिसहरूलाई समेट्दथे। र, यसरी युद्धमा विजेताले सामान्यतः आफ्ना विरोधीहरूलाई मार्ने गर्दथे। के विश्वास गरिन्छ भने कहिलेकाहीँ जुन विरोधीहरूलाई उनीहरूले मार्थे, तिनीहरूको माँसु पनि खान्थे।

कृषिले जगडाका अरू नयाँ कारणहरू दियो। अब झगडा खेतीका जमिन र पाल्तु जनावरहरूलाई लिएर हुन्थे। कहिलेकाहीँ कविलाहरूको बीचमा जबर्जस्त युद्ध पनि शुरू हुन्थे। तर खेती आउनुसँगसँगै यो परिस्थिति बदलियो। उनीहरूले आफ्नो मर्जी अनुसार खाना जुटाउने स्वतन्त्रता गुमाए, किनभने कसैले उब्जाएको खेतीलाई प्रत्येक व्यक्तिले काट्न सक्दैनथ्यो। पहिले भोजन एकत्र गर्नमा कुनै प्रतिबन्ध थिएन, रोक थिएन। पुरूष शिकार गर्थे र स्त्रीहरू भने जहाँ प्राप्त हुन्छ, त्यहाँबाट खानेकुरा जम्मा गर्थे। तर कृषिको शुरुवातसँगै उनीहरूले यसरी खानेकुरा आफ्नो मर्जीमा जुटाउने स्वतन्त्रता गुमाए, किनभने कुनै एउटा मानिसले उत्पादन गरेको वालीलाई जोकोहीले काट्न सक्दैनथ्यो।

यसरी  हरेक जाति वा कविलाले आफ्नो कृषियोग्य भूमिको विकास गर्‍यो। त्यसपछि निजी सम्पत्तिको शुरूवात भयो। कविला युद्ध अझ बढी गम्भीर रूपले लड्न लागियो। तर एउटा परिवर्तन भयो। अब युद्धमा पराजित भएकाहरूलाई मार्नुको सट्टा बन्दी बनाउन लागियो। दृष्टिकोणमा भएको यो परिवर्तनको कारण के थियो भने विजेताहरूले यी बन्दीहरूलाई दास बनाएर जमिनमा काम लगाउन सक्दथे। यसपछि विजेताहरू स्वयंले भने काम गर्नुपरेन। सम्पूर्ण काम यी बन्दीहरूबाट लिन लागियो। र, विजेताहरूलाई केही समय सुस्ताउने समय मिल्यो। योभन्दा पहिले सबैले खानलाई पर्याप्त खाद्यान्न उत्पादनको लागि कठिन परिश्रम गर्नुपर्दथ्यो। तर अब जमिनमा दासहरूबाट भरपुर काम लिन लागियो र दास मालिक मोजमस्ती गर्न लागे।

यिनीहरूमध्ये केही मानिसलाई श्रमबाट मुक्त गरेर कुनै अन्य काममा लगाइन्थ्यो, तिनीहरू कलाकार, शिल्पकार, वैज्ञानिक, आदि बन्दै गए। विस्तारै-विस्तारै कला, साहित्य, विज्ञान र मूर्तिकलाको पनि विकास भयो।

कृषिमा अझ अगाडि विकाससँगै मानिस र बढी उर्बर भूमि तथा पानीको राम्रो शाखा खोज्न लागियो। यसरी उनीहरू नदीका किनाराहरूमा बसे र ठूला-ठूला खेतीयोग्य भूमिको जन्म भयो। यसप्रकारको विकाससँगै अन्य कुराहरूको पनि आवश्यकता पर्दै गयो। नदी र नालाहरूमा पानी जम्मा गर्नको लागि बाँध बनाउनु जरूरी थियो र सँगै नहर खन्नु पनि आवश्यक थियो।

यसप्रकारका काम गर्नका लागि धेरै मानिसहरूको आवश्यकता पर्नगयो। यसरी विभिन्न गाउँका विभिन्न कविला एकसाथ बने र उनीहरूले एकसाथ काम गर्न शुरू गरे। उनीहरूले धान राख्नको लागि ठूला-ठूला गोदामहरू, ठूला-ठूला नहरहरू, खाल्डाहरू एकसाथ बनाउने काम गरे। उनीहरूले नयाँ-नयाँ मन्दिर बनाए। यी मन्दिरहरूका पूरोहित कविलाहरूका अगुवा बने। यी मन्दिर र किल्लाको वरिपरि नयाँ शहरहरूको विकास भयो – यस्ता शहर, जहाँ मानिसहरू एकसाथ बस्न शुरू गरे।

यी शहर पछि विकास भएका धेरै ठूला नदी, घाँटी, सभ्यताहरूका केन्द्र थिए। मेसोपोटामियाको सभ्यताको विकास टिग्रिस र यूफ्रेटिस नदी किनारामा भएको थियो। मिश्रको सभ्यता नाइल नदीको किनारमा विकसित भएको थियो। सिन्धु घाँटीको सभ्यता सिन्धु नदीको किनारामा विकसित भएको थियो। र, यसरी सभ्यताको विकास हुँदै गयो।

नगर राज्य शहर वरिपरि विकसित भए। यी नगरराज्यहरूको कामकाज चलाउनको लागि राजाहरूलाई चुनियो। यससँगै पूरोहित र व्यापारी पनि जोडिए। यसप्रकारका कैयौं ठूला-ठूला परिवर्तनहरू भइरहे।

इतिहासमा यसलाई नगर राज्यको सभ्यताहरूको समय भनिन्छ। नगरहरूको विकाससँगै कृषिको अतिरिक्त अन्य पनि धेरै कामकाज शुरू भए। नगरमा भवनहरूको आवश्यकता हुन्थ्यो र भवनलाई बनाउनु जरूरी हुन्थ्यो। नगर वा शहरमा भवन बनाउनको लागि कालिगढहरूको आवश्यकता पर्दथ्यो। सिकर्मी र डकर्मीको पनि आवश्यकता हुन्थ्यो। यसरी केही मानिस खेती गर्न छोडेर कालिगढ बने। केही सिकर्मी, डकर्मी, जुलाहा, आदि बने।

कृषिको विकासको ठीक पछि मानिसले धातुको खोज गर्‍यो र तिनीहरूको उपयोग गर्न सिक्यो। शुरूमा मानिसले तामाको खोजी गर्‍यो र तिनीहरूको उपयोग गर्‍यो। त्यसपछि पितल बनाउनको लागि तामासँग टीन मिलाउन सिक्यो । पित्तलबाट औजार र भाँडाकुँडा बनाउन सिक्यो। यसरी मानिसले धातुका औजारहरू पनि बनाउन लाग्यो र तिनीहरूको उपयोग गर्न लाग्यो। यो कुरा आजभन्दा  ५ हजार वर्ष पहिलेको हो।

वैज्ञानिकहरूले प्राचीन मानिसले प्रयोगमा ल्याएका पितलका औजारहरूलाई चीन, सिन्धु घाँटी, मेसोपोटामिया, मिश्र र यस्तै कैयौं स्थानहरूबाट खोजेर निकालेका छन्।

इतिहासमा पत्थरका औजारहरू उपयोग गरिने काललाई पाषाण काल भनिन्छ। ठीक त्यसैगरी तामा र पित्तलका औजारहरू प्रयोग गरिने युगलाई ताम्र युग भनिन्छ।

पित्तलको खोजको लगभग १५०० वर्षपछि मानिसहरूले फलामको खोज गरे र यो समयको वरिपरि नै मानिसहरूले फलामको ठूलो परिमाणमा उपयोग गर्न लागे। वैज्ञानिकहरूले यो युगलाई लौह युग भनेका छन्। सभ्यताहरूको इतिहासमा विज्ञान र प्रविधिको महत्त्वलाई निम्न नामहरूबाट बुझ्न सकिन्छ – पाषाण युग, ताम्र युग, लौह युग । फलामका औजारहरू उपलब्ध भएपछि मानिस धेरै शक्तिशाली बन्यो। कृषिको अझ विकास भयो। फलामको हलोले यो विकासलाई अझ तीव्र बनाइदियो।

मानिस अब पूराका पूरा जंगल फडानी गर्न सक्दथ्यो र धेरै खेतीयोग्य भूमि प्राप्त गर्न सक्दथ्यो। यी सम्पूर्ण विकासमा धेरै समस्याहरू पनि थिए।

तपाईंहरूलाई थाहा नै छ, प्राचीन समाजमा सबै मानिसहरू बराबर थिए। प्रत्येकले काम गर्नुपर्दथ्यो र एकता पनि थियो। तर अब समाजमा विभाजन भयो। अब मानिस मालिक र दासमा बाँडिए। एउटा अर्को ठूलो विभाजन पनि भएको थियो, जुन अझैसम्म चलिरहेको छ। प्राचीन समाजमा पुरूष र महिलाहरू फरक-फरक प्रकारका काम गर्थे। महिलाहरूद्वारा जम्मा गरिएको अन्न सम्पूर्ण कविलालाई बचाउनको लागि जरूरी थियो। र, पुरुष तथा स्त्री लगभग बराबर थिए। तर कृषिको विकास, हलोको आविष्कार र भूमिको निजी स्वामित्वपछि यो सबै बदलियो। महिलाहरूद्वारा गरिने काम अब सार्वजनिक थिएन। अब यिनीहरू सम्पूर्ण कविलाको लागि नभएर केवल परिवारको मद्दतको लागि थिए। पुरूष स्त्रीको मालिक बन्यो। यद्यपि उसले अझै पनि धेरै कठोर परिश्रम गर्नुपर्दथ्यो। अब ऊ पुरूषमाथि आश्रित भई, उसले पुरूषको सबै सुन्नुपर्‍यो। घरमै ऊ खेतमा काम गरिरहेको दास जस्तै भई। साथीहरू, यसरी हाम्रो समाज हाम्रो उन्नतिसँगै कैयौं टुक्राहरूमा विभाजित भयो।

सामन्त र पूँजीपति

दासहरूको अवस्था अत्यन्तै दयनीय थियो। दास मालिकहरूले उनीहरूलाई अत्यन्तै यातना दिन्थे र उनीहरूसँग बर्बर व्यवहार गर्दथे। उनीहरू दासहरूबाट रातदिन काम लिन्थे। जनावरहरूको जसरी उनीहरूलाई कोर्राले कुटिन्थ्यो र जंजिरले बाँधिन्थ्यो। उनीहरू भाग्न सक्दैनथे। मालिकहरूले ती दासहरूलाई जनावरहरूको जस्तै व्यवहार गर्थे। दासहरू पशु जस्तै किनबेच हुन्थे। कति भयंकर कुरा हो नि यो। होइन र ?

राजा आएपछि दासहरूको अवस्था अझ खराब भयो। राजाले दासहरूको उपयोग ठूला-ठूला राजमहल र स्मारक बनाउनको लागि गर्दथे। तपाईंहरूले मिश्रका विशाल पिरामिडहरूको बारेमा सुन्नुभएको होला। यी मिश्रका राजाहरूको चिहान हुन्। यी पिरामिड हजारौं दासहरूद्वारा बनाइएका थिए। दास यहाँ दिनरात काम गर्थे। विचारा दासहरू ती विशाल पत्थरहरू बोक्दाबोक्दै  र जमिन खन्दाखन्दै कतिपय मर्थे। के भनिन्छ भने राजाहरूलाई दासहरू मरिरहेको हेरेर आनन्द आउँथ्यो।

धेरै राजाहरू दासहरूलाई भयानक मनोरन्जन दिनको लागि विवश गर्दथे। के तपाईंहरू त्यस प्रकारका मनोरन्जनको बारेमा जान्न चाहनुहुन्छ, जुन प्राचीन युनान र रोममा प्रचलित थियो ? यी देशका राजाहरू र सामन्तहरूलाई एउटा दासले बाघसँग लड्दै गरेको हेर्न मजा आउँथ्यो। एक पटक यस्तै प्रकारको एक मनोरन्जनको लागि निर्णय लिइएको थियो। एउटा भयंकर ठूलो बाघलाई केही दिनदेखि भोकै पिन्जरामा राखियो। बाघसँग लड्ने तय गरिएको दासलाई पनि पिंजरामा राखिएको थियो। उसलाई धेरै खानपान गराइएको थियो। यो लडाइँ राजमहलको एक खुला रंगभूमिमा हुन्थ्यो। राजा र उसका दरबारियाहरू तथा नातेदार लडाइँलाई एक सुरक्षित स्थानबाट हेर्ने गर्दथे। दासलाई  रंगभूमिको बीचमा उभ्याइन्थ्यो र भोको बाघलाई पिंजराबाट निकालेर रंगभूमिमा छोडिन्थ्यो। भोको बाघ दासमाथि झम्टिन्थ्यो र यसरी लडाइँ शुरू हुन्थ्यो। दास आफूलाई बचाउने कोशिस गर्दथ्यो तर बाघ उसलाई टुक्रा-टुक्रा बनाउन चाहन्थ्यो। यो यसप्रकाको मनोरन्जन थियो, जसलाई राजा र उसका मानिसहरू मन पराउँथे। हजारौं दास यसरी मारिए। कति भयानक खेल, हैन त ?

दासहरू जनावरकै जिन्दगी बाँच्थे। घण्टौं मेहनत गरेपछि यदि उनीहरूले थोरै आराम गर्न चाहँदा राजा र सैनिक उनीहरूमा कोर्रा बर्साउँथे। शुरूमा त दासहरूले यी कठिनाहरूलाई कुनै विरोध बिना नै चुपचाप सहे। किनभने उनीहरू के सोच्थे भने उनीहरूलाई यातना दिए पनि र कोर्रा बर्साए पनि भोकमरीले मुर्नु पर्दैन। उनीहरू के सोच्थे भने मृत्युभन्दा कोर्रा खानु नै राम्रो हो। हुनसक्दा उनीहरूले कुनै मार्ग सोच्न सकेका थिएनन्। तर उनीहरूले यो ढंगले सोच्ने कुरा धेरै दिनसम्म चलेन। पिटाइ र यातनाबाट आजित भएका दासहरूले विरोध गर्न शुरू गरे। उनीहरू अब आफ्ना मालिकका आदेशहरूलाई वेवास्ता गर्नथाले । र, दासहरूको समूह राजाका विरूद्ध लड्न पनि तयार भए। के तपाईंहरूले दासहरूका एक महान नेता स्पार्टाकसको बारेमा सुन्नुभएको छ ? उनी एक बहादुर दास थिए, जो रोमन साम्राज्यको विरूद्ध लडे। विस्तारै-विस्तारै यो विरोध फैलिन शुरू भयो र राजा तथा सामन्त डराउन ले। उनीहरूले दासहरूलाई अब पुराना दिनमा जसरी अरू बढी श्रम गराउनको लागि विवश गराउन सक्दैनन् भन्ने कुरा देखे। यदि दासहरूले काम गर्न बन्द गरिदिए भने खेती मर्नेछ। अरू कुनै काम पनि थिएन। सामन्त र मालिकहरू भोकले मर्थे। उनीहरूले दासहरूलाई स्वतन्त्रता दिनुबाहेक अर्को कुनै मार्ग थिएन भन्ने कुरा महसुस गरे।

त्यतिखेरसम्म दासहरूलाई जनावरहरू जसरी मेहनत गर्ने मात्र अनुमति थियो। एउटा मालिकको लागि दास जनावर बराबर थिए। दासहरूले मालिकहरूको विरोध गर्न शुरू गरेपछि भने स्थिति बदलियो। त्यसपछि दासहरूलाई थोरै स्वतन्त्र मिल्यो। जमिनमा खेती गर्ने जिम्मा उनीहरूलाई दिइयो। उनीहरूले गरेको खेतीको एक भाग उनीहरूलाई दिइयो र बाँकी बचेको भाग खेत मालिकले राख्दथ्यो। यो एक किसिमको सम्झौता भयो। यसरी दास अब भूदास भए। दास व्यवस्था समाप्त भयो र एक नयाँ सामाजिक व्यवस्था सामुन्ने आयो – भूस्वामी र भूदासहरूको व्यवस्था। यी भूस्वामी वा जमिन्दारलाई सामन्तको रूपमा पनि जानिन्थ्यो। र, यो नयाँ व्यवस्थालाई सामन्तवाद भनिन्थ्यो। सामन्त युगमा पनि राजा थिए । राजाका धेरै मित्रहरू थिए, जो ठूला सम्पन्न भूस्वामी थिए। वास्तविकता के थियो भने यी ठूला-ठूला जमिन्दार थिए। हरेक कुरा एक भूस्वामी र जमिन्दारको मर्जी अनुसार हुन्थ्यो।

खेतहरूमा भूसादसले काम गर्दथे। उनीहरू धेरै  कडा परिश्रम गर्थे र धेरै उत्पादन गर्दथे। उनीहरूलाई थोरै स्वतन्त्रता पनि थियो। आफ्नो बदलिएको यो स्थितिमा अब उनीहरूलाई दासहरूलाई जसरी कोर्राले पिटिदैनथ्यो। यी भूतपूर्व दास खुशी थिए र बडो उत्साहपूर्वक काम गर्थे। यो समयमा धेरै ठूला-ठूला विकास भए। यद्यपि खेती मुख्य काम थियो। व्यापार र हस्त उद्योगको पनि विकास भयो। जताततै साना-साना उद्योग देखा पर्नलागे। यही समयमा कागज, छपाई र बारूदको पनि आवष्कार भयो।

समय बित्दै गयो। भूदासहरूले अति धेरै श्रम गरिरहे र धेरै उत्पादन गरिरहे। भूस्वामी धनी बन्दैगए। उनीहरूले ठूला-ठूला कोठीहरू बनाएर मोजमस्तीपूर्वक बस्न लागे।

तिनीहरूमध्ये केही व्यापारी बनेर व्यापर गर्न लागे। व्यापार गर्नको लागि उनीहरू नयाँ देशहरू खोज्नतिर लागे। उनीहरूमध्ये कैयौंले नचिनेका देशहरूको समुद्र वा स्थल मार्गद्वारा साहासिक यात्राहरू गरे।

नयाँ-नयाँ महादेश र नयाँ-नयाँ देशहरूको खोज भयो। क्रिस्टोफर कोलम्बसको जहाजी यात्रा र भास्को डी गामाको यात्राबाट विभन्न ठाउँ पत्ता लागेको यही बेला हो। अरू देशहरूको बारेमा अझ बढी थाहा हुँदै गयो। व्यापारीहरूले अन्य देशहरूबाट राम्रा चीजहरू ल्याएर आफ्ना देशमा बेच्न शुरू गरे र यसरी मुनाफा कमाए।

पोर्चुगिज,डच, फ्रान्सेली र अंग्रेज जस्ता देशहरूले आफ्नो साम्राज्य विस्तार गर्दै लगे। एशियाका धेरै देश, अफ्रिकन र दक्षिण अमेरिकाका देशहरूमा अंग्रेज, पोर्जुगिज, स्पेन र फ्रान्स तथा यूरोपका अन्य देशहरूले अधिकार जमाए। यी देशहरूलाई दास बनाए। सामन्ती युगमा विश्वका केही अन्यत्न शक्तिशाली देश युरोपका देश थिए। यही सामन्ती युगमा मानिसहरूले साना-साना उद्योग पनि शुरू गरे। कृषिको उन्नतिले धेरै-धेरै औजारहरूको आवश्यकतालाई पैदा गरिदिएको थियो। केही मानिसहरूले यो मौकाको फाइदा उठाएर यस्ता उद्योग स्थापित गरिदिए, जसले कृषि औजार बनाउँथे। केही अन्यले कपडा मिलहरू शुरू गरे र केहीले फलामका सामान बनाउने कारखाना बनाए।

यसरी हाम्रो समाजमा एउटा नयाँ समुदाय, नयाँ-नयाँ धनी मालिकहरूको समुदाय पैदा भयो – व्यापारीहरू र उद्योपतिहरूको समुदाय। सामन्ती युगमा समाजका अत्यन्त शक्तिशाली मानिस सामन्त थिए। उनीहरूको शब्द कानून थियो। उनीहरूको मर्जीको विरूद्धमा केही पनि हुन सक्दैनथ्यो। उनीहरूको विरोध गर्ने जोसुकैलाई कडाभन्दा कडा सजाय मिल्थ्यो। तर यो धेरै सम्पन्न भएको नयाँ समुदायले यी भूस्वामी र सामन्तहरूको विरोध गर्न लाग्यो। कैयौं उद्योगपति त सामन्तभन्दा पनि धनी थिए। यसरी यी नवधनाढ्य व्यापारीहरू, उद्योगपतिहरू र सामन्तहरूको बीचमा साना-साना लडाइँहरू शुरू भए। यी लडाइँहरूमा भूस्वामीहरूको खेतमा काम गर्ने भूदास भूस्वामीहरूका विरोधीहरूतिर आए। उनीहरू भूस्वामीहरूसँग पहिले असन्तुष्ट थिए। यी साना-साना झगडा समयसँगै ठूला हुँदै गए र विस्तारै ठूला युद्ध बने।

शुरूमा भूस्वामीहरूले जिते तर पछि स्थिति बदलियो। के तपाईंले प्रशिद्ध फ्रान्सेली क्रान्तिको बारेमा सुन्नुभएको छ ?  फ्रान्स युरोपको एक देश थियो। युद्धमा राजा र सामन्त एकातिर थिए र सामान्य जनता, नयाँ-नयाँ व्यापारी तथा पैसावाल उद्योगपति अर्कोतिर थिए। यो युद्ध सन् १७८९ मा एक क्रान्तिको रूपमा समाप्त भयो र यसको परिणाम के भयो भने राजा र जमिन्दारहरूलाई सत्ताबाट च्यूत गरियो। अब एउटा यस्तो सरकार सत्तामा आयो, जुन सामान्य मानिस, उद्योगपतिहरू र व्यापारीहरूका प्रतिनिधिहरूबाट बनेको थियो।

यसरी विस्तारै-विस्तारै सामन्तहरूको शक्ति कम हुँदै गयो र व्यापारी तथा उद्योगपतिहरूको शक्ति  बढ्यो। र, अन्तमा सामन्त शक्तिहीन भए। सत्ताबाट उनीहरूले निक्लिनुपर्‍यो। यूरोपमा सामन्तवाद समाप्त भयो र एक नयाँ समाजव्यवस्था पूँजीवाद प्रकट भयो। दुवै उद्योपति र व्यापारीहरूलाई पूँजीपति भन्न सकिन्छ। जुन समाज व्यवस्थालाई हामी पूँजीवाद भन्दछौं, त्यसका अगुवाहरू यिनै उद्योगपति र व्यापारी थिए।

यसरी सामन्तवादको स्थानमा पूँजीवाद आयो। सामन्तवादको समयमा किसान वा भूदास समाजका एक ठूला हिस्सेदार थिए, किनकि यिनैको मद्दतले भूस्वामी सम्पन्न हुँदै गएका थिए। तर पूँजीपतिहरूले व्यापार र उद्योगतिर बढी ध्यान दिए। उनीहरू कृषिसँग त्यसरी जोडिएका थिए। यी पूँजीपतिहरूको शक्ति दैनिक रूपमा बढ्दै गयो।

नाफाखोर

साथीहरू, हामीले आफ्नो कहानी कहाँ छोडेका थियौं ?  हामी त्यो कुरासम्म पुगेका थियौं, जहाँ भूस्वामीको स्थान व्यापारी र उद्योगपतिहरूले लिएका थिए, यही होइन र ? तपाईंहरू के सोचिरहनुभएको छ, यो परिवर्तन हुनमा कति समय लाग्यो होला ?

तपाईंहरूलाई थाहा छ, हामीले आफ्नो यो लामो कहानी कहाँबाट शुरू गरेका थियौं ?  हाम्रा आदि पुर्खाहरूबाट ! कसरी हाम्रो आदिम पुर्खा जंगलमा डुल्थे र काँचो माँसु तथा जंगली कन्दमूल खाएर बाँच्थे भन्ने कुरा तपाईंहरूलाई थाहा छ नि ?

विस्तारै-विस्तारै हाम्रा आदिम पुर्खाहरूको जीवनशैलीमा परिवर्त शुरू भयो। उनीहरू समूहमा गुफामा बस्न लागे, उनीहरूले ढुंगा र काठलाई औजारहरूको रूपमा प्रयोग गरे। भाषाको विकास हुँदै गएपछि त्यसको कैयौं वर्षपछि उनीहरूले कृषि उपज उत्पादन शुरू गरे। उनीहरूले घर बनाएर एक ठाउँमा बस्न लागे।

यसको अतिरिक्त हामीले अरू के थाहा पाएका थियौं ? हामीले दास, भूस्वामीको कुरा गरेका थियौं र अब हामीले उद्योगपति र व्यापारीहरूको कुरा शुरू गरेका छौं । तपाईंहरूले कसरी पूँजीपति भनिने व्यापारी र उद्योगपतिहरूको समूहले सामन्तहरूलाई पराजित गरे र तिनीहरूको शक्ति तथा प्रभावलाई तहसनहस बनाए भन्ने कुरा भुल्नुभएको छैन होला।

यही समयमा युरोपमा, खासगरी इङ्ल्याण्डमा धेरै परिवर्तनहरू भए – औद्योगिक क्रान्ति भयो।

साथीहरू तपाईंहरूलाई औद्योगिक क्रान्ति भनेको के हो भन्ने कुरा थाहा छ ? छैन। त्यसो भए सुन्नुहोस्।

धेरै पहिले, सामन्तको समयमा पनि कपडा बनाउने र फलामका कामका केही साना-साना उद्योग थिए। शुरू-शुरूमा यी उद्योगहरूबाट पैदा हुने चीजहरू मुख्य रूपले हातले बनाइएका हुन्थे वा फेरि साना-साना औजारहरूबाट बन्थे। हातले समान बनाउँदा धेरै समय लाग्थ्यो। यदि हातले कमिज बनाउने हो भने धेरै दिन लाग्छ तर मेशिनले बनाउने हो भने धेरै छिटो बन्छ। यदि मालहरूको उत्पादन हातबाट हुने हो भने उत्पादको एक सीमा हुनेछ। केवल केही सामानलाई छोडेर यदि सबै सामान यसरी उत्पादन गर्ने र बेच्ने हो भने उत्पादनकर्ता र व्यापारी दुवैलाई धेरै कम नाफा हुन्छ। यो समस्यालाई हल गर्नको लागि उनीहरूले माल बढी तीव्र रूपमा पैदा गर्ने नयाँ तरीका खोज्न शुरू गरे। त्यसपछि उनीहरूले कात्ने र बुन्ने मेशिनको आविष्कार गरे। यसरी कपडा धेरै तीव्र रूपमा र राम्रोसँग बनाउन सकिन्थ्यो। कात्ने र बुन्ने काम धेरै तीव्र रूपमा गर्नसक्ने स्प्रेनिंग जानी यो समयको आविष्कार थियो। वाफबाट चल्ने वाष्प इन्जिन यही समयमा बनाइएको थियो। जेम्स वाटले यसलाई बनाए। यी नयाँ मेशिनहरूको अतिरिक्त नयाँ-नयाँ वस्तुहरूलाई बनाउने तरीका पनि यसबेला खोजियो। बेसमारले स्पात बनाउने प्रक्रिया खोजेर निकाले।

यी सम्पूर्ण प्रकारका आविष्कार र खोज १८औं  र १९औं शताब्दीमा भए। यसको परिणामस्वरूप उद्योगहरूको विकास भयो। उत्पादनकर्ता बढी मात्रामा र धेरै कम समयमा सामान पैदा गर्न लागे र जसको परिणामस्वरूप नाफामा वृद्धि हुनगयो। व्यापारीहरूलाई पनि यसबाट लाभ मिल्यो। थोरै समयमा उद्योगको सम्पूर्ण प्रारूप नै बदलियो। यही परिवर्तनलाई औद्योगिक क्रान्ति भनिन्छ। धेरै छोटो समयमा ठूला-ठूला परिवर्तन भएकोले हामी यसलाई क्रान्ति भन्छौं।

औद्योगिक क्रान्तिले नयाँ पूँजीपतिहरूलाई आफ्नो शक्ति कैयौं गुना बढाउनमा मद्दत गर्‍यो। उनीहरू लगातार धनी हुँदै गए र सामन्त र जमिन्दारहरूको शक्ति निरन्तर कम हुँदैगयो।

सामन्ती युगमा कृषि एक मुख्य व्यवसाय थियो। तर विस्तारै-विस्तारै उद्योगहरूको वृद्धि हुँदै गयो र ती खेतीभन्दा बढी महत्त्वपूर्ण बने। उद्योगहरूको वृद्धिसँगै मुनामामा पनि वृद्धि हुँदैगयो। यो युगमा धेरै नयाँ चीजहरूको आविष्कार भयो। यसपछि पनि कैयौं नयाँ आविष्कार भइरहे। विजुलीको आविष्कारले ठूलो परिवर्तन गरिदियो। एडिशनले विजुलीको बल्वको आविष्कार गरे र अलेक्जेण्डर ग्रामबेलले टेलिफोनको आविष्कार गरे। मार्कोनीले रेडियोको आविष्कार गरे।

पूँजीपतिहरूको मुनाफाको लोभले नयाँ-नयाँ समस्याहरू पैदा गर्‍यो। पूँजीपतिहरूलाई थोरै मुनाफा हुनेवित्तिकै उनीहरू बढी मुनाफाको चाहना गर्नलागे। उनीहरूको मुनाफाको भोकको कुनै अन्त थिएन। त्यसपछि उनीहरूले अझ धेरै कारखानाहरू निर्माण गर्दै गए। यी कारखानाहरूको वरिपरि नै कामदाहरूको संख्या बढी रहनलागे। वरिपरिको क्षेत्रमा जनसंख्या वृद्धि तीव्र भएपछि नयाँ समस्याहरू पैदा भए। पिउने पानीको समस्याले कामदारहरूमा स्वास्थ्यको चिन्ता बढ्न लाग्यो। सुविधाहरूको कुनै नाम थिएन। र, समस्याहरूको कुनै अन्त थिएन,  तिनीहरू निरन्तर आइरहन्थे।

त्यही बेला गरीबहरूको संख्या पनि बढ्यो। एकातिर धनी मानिसहरू थिए र अर्कोतिर धेरै गरीब र सर्वसाधारण मानिस थिए। एकातिर आलिसान भवन र महल थिए भने अर्कोतिर झुपडी वस्तीहरू थिए। धनीहरू खुब सजिसजाउ भएर बस्ने गर्दथे भने गरीब भोकले मर्दथे। पूँजीपतिहरू आवश्यक र अनावश्यक सबै वस्तुहरू उत्पादन गर्थे। उत्पादन बिनाको कुनै योजना पनि बढ्दै गयो । जेबाट बढी मुनाफा हुन्थ्यो, त्यो पैदा गरियो। सामान्य मानिसको लागि जुन चीजहरू आवश्यक थिए, तिनीहरूको उत्पादनमा कुनै ध्यान दिइएन। उद्योगपतिहरूको चिन्ता त विलासी सामग्रीहरूको उत्पादन गर्नुमा थियो, जसबाट उनीहरूलाई बढीभन्दा बढी मुनाफा प्राप्त हुन्थ्यो।

उत्पादनकर्ताहरू र व्यापारीहरूले मूल्य बढाएर, कालो बजारी गरेर र मिलावट गरेर आफ्ना मुनाफलाई बढाउने कोशिस गरे। यसबाट गरीबहरूको जिन्दगी खराबभन्दा खराब हुँदै गयो।

कैयौं नयाँ मेशिनहरूलाई बनाइए, जसले मानिसहरूलाई बेरोजगार बनाइदिए र यसरी बेरोजगारी दिनप्रतिदिन बढ्दै गयो।

कृषि पनि बढीभन्दा बढी अब यो मुनाफाखोर प्रवृत्तिको प्रभावमा आउँदै गयो। ठूला-ठूला जमिन्दारहरूको हातबाट कैयौं किसानहरूका जमिनका साना-साना टुक्रामा काम गर्ने मानिसहरूको भूमि खोसियो। र, यी जमिन्दार सबै मानिसहरूलाई काम पनि दिन चाहँदैनथे। यसरी मानिस गाउँ छोडेर कामको खोजीमा शहरतिर आउनलागे। कैयौं पटक त उनीहरूलाई काम मिल्दैनथ्यो र उनीहरूले खराब बस्ती र फुटपाथमा जिन्दगी गुजार्नुपर्दथ्यो।

स्थिथि असहनीय हुँदै गएपछि कैयौं देशहरूमा विरोध गर्न शुरू गरियो। पूँजीवादी व्यवस्था धर्मराउन लाग्यो। मानिसहरूले यो व्यवस्था बदल्नुपर्दछ भन्ने महसुस गर्न लागे। आज यो परिवर्तन भइरहेको छ।

एक नयाँ सुखी संसार

साथीहरू, हामी के कुरा गरिरहेका थियौं ?

हामी स्वार्थी मालिकहरू र उद्योगपतिहरूको कुरा गरिरहेका थियौ, जसलाई बढीभन्दा बढी हुने नाफाको बारेमा चिन्ता छ। त्यसरी नै हामी ती सामान्य मानिसहरूको कुरा गरिरहेका थियौं, जो लगातार गरीबी र अन्धकारमा डुबिरहेका छन्।

आज यो संसारमा हजारौं मानिस दुःखकष्ट र गरीबीको जिन्दगी बाँचिरहेका छन्। के तपाईंहरू कल्पना गर्न सक्नुहुन्छ, तपाईंहरूले जस्तै धेरैले श्रम गरेका छन्,  पढ्नबाट वंचित भएका छन् र श्रम गरेपछि पनि बिहानबेलुका खान पाएका छैनन्। आफ्नो बिरामीको उपचार गराउनमा असमर्थ छन्, मानिसहरू विस्तारै-विस्तारै मृत्युको मुखमा गइरहेका छन्। हजारौं मानिसहरूलाई आफ्ना सामान्य आवश्यकहरू पूरा गर्न पनि मुश्किल भइरहेको छ। उनीहरूसँग कुनै काम छैन। कैयौं मानिसहरू फुटपाथ र झुपडी वस्तीहरूमा बसिरहेका छन्। कैयौं भिखारी बनेका छन्। र, काम पाएकाहरूले दिनरात मेहनत गर्दा पनि उनीहरूको दैनिक गुजारा चल्ने पैसा प्राप्त गर्न सकेका छन्।

यसप्रकारका हजारौं गम्भीर समस्याहरू छन्। के यी समस्याहरूको हल खोज्नुपर्दैन ? के निरक्षरता, गरीबी, बिरामी जस्ता समस्या र भोकले मर्दै गरेका लाखौं मानिसहरूको यस्तो कष्टपूर्ण स्थितिलाई त्यतिकै छोडिदिने हो ?

निश्चित रूपले यो अवस्था बदल्नुपर्दछ। यो कसरी हुन सक्दछ ?  के हामी यो गर्न सक्छौं ? अवश्य। विज्ञान र प्रविधिले यी परिवर्तनहरूलाई अझ बढी संभव बनाइदिएको छ। आज मुनाफाको लागि पागलपूर्ण ढंगले दौडिरहेको स्थिति बन्द हुनुपर्दछ र आम जनताका आवश्यकताका चीजहरू बढीभन्दा बढी उत्पादन हुनुपर्दछ। गरीब र धनीको बीचमा रहेको खाडलको अन्त्य हुनुपर्दछ र यसको लागि के आवश्यक हुन्छ भने मानिसहरूले एकसाथ मिलेर काम गर्नुपर्दछ ।

जसरी खेल खेल्दा सबै सदस्यहरूले एकसाथ मिलेर खेल्छन् र खेल जित्छन्, त्यसरी नै हाम्रो समाजका सदस्यहरूले पनि समस्या समाधानमा एकमत भएर लाग्नुपर्दछ। मुठ्ठीभर मानिसहरू सम्पूर्ण सुख र सुविधाहरूको जिन्दगी जिउँछन् र असंख्य मानिसहरू गरीबी र कष्टपूर्ण जिन्दगी काट्छन्। उनीहरूको बीचमा सहयोग संभव हुँदैन। के परस्पर एक-अर्कोलाई सहयोग गर्दै सबै एकै रूपमा रहने समाज हुन सक्दछ ? के तपाईंहरूमध्ये कसैले यसप्रकारको समाजको नाम बताउन सक्नुहुन्छ ? समाजवादी समाज।

हामीले ‘समाजवाद’ नामको शब्दलाई सुनेका छौं। वास्तविक समाजवाद त्यतिखेर संभव हुन्छ, जतिखेर मानिस बढी धनको अन्धो दौडलाई छोडेर समान रूपले काम गर्दछन्। समाजवादी समाजमा ठूला-ठूला करोडपति र असाहाय भिखारी हुँदैनन्। सबै मानिसलाई सुखपूर्वक बाँच्ने र सँगसँगै काम गर्ने अवसर प्राप्त हुनेछ। प्रत्येक व्यक्तिलाई पढ्ने-लेख्ने सुविधा मिल्नेछ र प्रत्येक व्यक्तिको स्वास्थ्यको रक्षा गरिनेछ। सबैलाई बस्नको लागि सुन्दर स्वच्छ घर हुनेछन्। सुन्दर जिन्दगी हुनेछ।

यसरी समाजवादी समाज त्यो हो, जहाँ प्रत्येक व्यक्ति बराबर हुनेछ। हाम्रो लक्ष्य यस्तै समाज निर्माण गर्नु हुनेछ। यस्तो समाज निर्माण गर्नमा तपाईंहरू प्रत्येकको उत्तिकै भूमिका हुनेछ।

विज्ञानको कहानी

तपाईंहरू आफ्नो कहानीको अन्ततिर जाँदै हुनुहुन्छ। यहाँ केवल विज्ञानको बारेमा एउटा कुरा बताउन बाँकी छ।

के तपाईंहरूले विज्ञान शब्द सुन्नुभएको छ ?

अवश्य। कैयौं पटक। आफ्नो विद्यालयमा तपाईंहरूले धेरै विज्ञानका विषहरू पढ्नुभएको छ। तिनीहरू हुन् – भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, गणित, आदि। भौतिक विज्ञान केको बारेमा हुन्छ ?  प्रकाश, ताप, विद्युत, प्राकृतिक शक्तिहरू, इत्यादिको बारेमा। र, रसायन विज्ञान ?  रसायन विज्ञानमा हामी विभिन्न वस्तु तत्वहरूको रचना, धातुहरूका गुण, वस्तुतत्वहरूको स्थितिमा परिवर्तन, आदि कुराको बारा सिक्दछौं। जीव विज्ञानमा हामी रूखबोटविरूवा र प्राणीहरूको अध्ययन गर्दछौं।

तपाईंहरूले अरू कुन-कुन विज्ञानको बारेमा सुन्नु भएको छ ?  के तपाईंहरूले चिकित्सा विज्ञानको बारेमा सुन्नुभएको छ ?  चिकित्सा विज्ञान के हो ?  यो विज्ञानको त्यो शाखा हो, जसले हामीलाई मानव शरीर, रोगव्याधि र यसलाई कसरी रोक्न सकिन्छ वा यसको उपचार कसरी हुन्छ भन्ने कुराको ज्ञान गराउँदछ। अरू पनि धेरै यस्ता विज्ञानका विषहरू छन् जस्तो कि खगोल विज्ञान, प्रविधि, अर्थशास्त्र, इतिहास, भूगोल, इत्यादि।

त्यो कुन औजार थियो,  जसको प्रयोग सबभन्दा पहिले हाम्रा आदिम पुर्खाले गरेका थिए ? पत्थर । पत्थरका औजारहरूको उपयोगबाट नै उनीहरू मानिस बनेका हुन्। उनीहरूले औजारहरूको उपयोग गर्नलागे र साथै उनीहरूले आफ्नो वरिपरिको प्रकृतिलाई धेरै ध्यानपूर्वक हेर्न शुरू गरे। विस्तारै-विस्तारै उनीहरूको ज्ञान बढ्यो । पत्थरको उपयोगबाट उनीहरूको लागि फलहरू जम्मा गर्न र जनावरहरूको शिकार गर्न सजिलो भयो। यी सबैले उनीहरूलाई नयाँ र परिस्कृत औजारहरूको खोजी गर्न सिकाए।

सबभन्दा पहिले त उनीहरूले जुन पत्थर भेटे, त्यसलाई नै औजारको रूपमा उपयोग गरे। उनीहरू फलफूल झार्नको लागि पत्थर फ्याँक्थे वा ओखर जस्तो कुनै बलियो चीजलाई फुटाउनमा पनि त्यसको उपयोग गर्थे। यो कालको नाम के हो ? पूर्व पाषाण काल।

पछि उनीहरूले औजारहरूलाई धारिलो बनाउन शुरू गरे।यसरी मानिसहरूले धारिला पत्थरका छुरी रछिनाहरू जस्ता हतियार प्रयोग गर्न सिके। यो युगलाई नवपाषाण युग भनिन्छ।

अहिलेसम्म हामीले के-के कुरा गर्यौं ?

नयाँ-नयाँ खोजहरू, नयाँ ज्ञान, हाम्रा अज्ञानी पुर्खाको विकासको बारे। पछि उनीहरूले आगोको खोजी गरे। उनीहरूले आफ्नो खाना पकाएर खान लागे। उनीहरूले भाँडा बनाउन सिके। जनावरहरूको छालाबाट कपडा बनाउन सिके। र, उनीहरूले धनुष, वाण तथा गुलेली बनाउन पनि जाने।

धनुष मानिसले बनाएको पहिलो यन्त्र हो।

विस्तारै-विस्तारै ज्ञान बढ्दै गयो। के यो सबै एकै दिन भयो ? अहँ। यो कुनै एक दिन वा एक महिना वा कैयौं वर्षमा पनि भएन। सयौं, हजारौं वर्षको क्रममा मानिसले यो ज्ञान प्राप्त गरेको हो।

पछि मानिसहरूले कच्चा धातुहरूलाई अलग-अलग गरी त्यसबाट औजार बनाउन सिके। हाम्रा आदिम पुर्खाले कुन धातुहरूको उपयोग गरे ?  तामा र पित्तल। मानिसहरूले तामा र पित्तलको उपयोग गर्न सिकेको युग भनेको ताम्र युग हो।

यसको सयौं वर्ष पछाडि लौह युग आयो। लौह युगमा फलामको ठूलो परिणाममा उपयोग गरियो।

यसरी मानिसको ज्ञान दिनप्रतिदिन बढ्दै गयो र उनीहरू धेरै शक्तिशाली बने। अब उनीहरू शक्तिलाई नियन्त्रित गर्न लागे, जसबाट पहिले उनीहरू डराउँथे।

समय बित्दै जाँदा कृषिको शुरूवात भयो। यो कसरी शुरू भयो भन्ने कुरा तपाईंहरूलाई थाहा छ नि ? कृषिको शुरूवात भएपछि मानिसले जलवायु र रूखबोटविरूवाको विकासको बारेमा अझ धेरै जान्यो। पछि यो ज्ञानलाई विज्ञानको एक शाखा वनस्पतिशास्त्रको रूपमा बुझियो।

कृषियोग्य भूमिलाई नाप्नु पनि जरूरी थियो। यसबाट गणितको शुरूवात भयो। तपाईंहरूले कक्षामा ज्यामितिको त अध्ययन गर्नुभएको होला नि ?  ज्यामिति शब्दको अर्थ के हो ?  भू-मापन। यसपछि उनीहरूले आफ्नो खेतीलाई सिंचाई गर्न बाँध बाँधे। उनीहरूले घर बनाउन सिके र चक्काको आविष्कार गरे, जसबाट उनीहरूले साना रथ बनाएर चलाउन लागे। उनीहरूले नदीमा खियाउनको लागि ठूला-ठूला नाउहरू पनि बनाए।

हामीले अघिल्लो अध्यायमा आदिम मानिसहरूको लागि खाना जुटाउनु एक जटिल कार्य थियो भन्ने कुरा बताएका छौं। कृषिको शुरूवात भएपछि केही मानिसहरूलाई आराम गर्ने बढी समय मिल्यो। दासहरू खेतमा कडा परिश्रम गर्नलागे । र, समय निकाल्ने मानिसहरूले नयाँ चीजहरूको बारेमा सिक्न शुरू गरे। उनीहरू आकाशमा ताराहरू, हाम्रो शरीर, प्रकृति, इत्यादिको बारेमा सोच्न लागे। र, यसपछि त ज्ञानको प्रवाह बढ्दै गयो।

यसरी समय अगाडि बढिरह्यो र यो ब्रम्हाण्डको बारेमा मानिसले धेरै कुरा जान्न लाग्यो। यही कालमा हामीले पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भन्ने कुरा जान्यौं। यसको अर्थ पृथ्वी सूर्यको चारैतिर घुम्छ र यो फुटवल जस्तै गोलो छ। के तपाईंलाई पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भन्ने कुरा खोजेर निकाल्ने वैज्ञानिकको नाम थाहा छ ? निकोलस कोपर्निकस।

दास व्यवस्था र सामन्ती व्यवस्थाको समयमा मानिसहरूले अझ बढी ज्ञान प्राप्त गरे। यसरी आज हामीसँग जुन ज्ञान छ, त्यो सामूहिक ज्ञान हो, जसलाई हाम्रा पूर्वजहरूले करौडौं वर्षको क्रमा प्राप्त गरेका हुन्। यो ज्ञान करोडौं-करोड मानिसहरूको सामूहिक श्रमको परिणाम हो।व्यापारीहरू र उद्योगपतिहरूको समयमा हाम्रो गजबल  बढेको हो।

र, कैयौं नयाँ आविष्कारसँगै हाम्रो ज्ञानमा पनि धेरै वृद्धि भयो। विज्ञान यो सम्पूर्ण ज्ञानको सामूहिक नाम हो।

त्यसो हो भने विज्ञानको अर्थ के हो ?  विज्ञानको अर्थ ज्ञान हो। यो केवल ज्ञान मात्र होइन, एक यस्तो ज्ञान हो, जुन सुस्थापित र सुव्यवस्थित हुन्छ।

सुस्थापित भनेको के हो ? यदि तपाईंलाई कसैले पानीको एक गिलास दिएर यो चिनी मिलाएको पानी हो-मीठो छ – भन्यो भने के तपाईं मान्नुहुनेछ ?  अहँ। हामी यसलाई चाख्नेछौं र यदि यो मीठो भयो भने हामी सामुन्नेको कुरा गर्नेछौं। ठीक त्यसरी नै वैज्ञानिक पहिले जाँच गर्दछन्, प्रयोग गर्दछन्, चीजहरूलाई धेरै ध्यानपूर्वक हेर्दछन् र फेरि तिनीहरूलाई स्थापित गर्दछन्।

यसरी विज्ञानको अर्थ यस्तो ज्ञान हो, जुन प्रयोग र जाँचपछि स्थापित गरिन्छ।

विज्ञान ज्ञान हो तर केको बारेमा ज्ञान ? यो हाम्रो चारैतिर छरिएका चीजहरूको बारेमा ज्ञान हो। हाम्रो चारैतिर छरिएका चीजहरूको के नाम हो ? प्रकृति वा ब्रम्हाण्ड।

विज्ञान ब्रम्हाण्डको ज्ञान हो, यस्तो ज्ञान, जसलाई प्रयोग र परीक्षणद्वारा स्थापित गरिन्छ। र, अब विज्ञान कसको लागि हो ?  विज्ञान बिना बसहरू हुँदैनन्, रेगगाडीहरू हुँदैनन्  र  विजुली पनि हुँदैन………..। त्यसो हुँदा त जीवन धेरै मुश्किल हुन्छ नि। कति कष्टकर हुन्छ।

विज्ञानले हामीलाई सानोभन्दा सानो पिन र ठूलोभन्दा ठूलो रकेटसम्म दिएको छ, जसले मानिसलाई चन्द्रमासम्म लिएर गएको छ। विज्ञानले हामीलाई घर, सडक, सिनेमा, रेडियो, प्लास्टिक र स्टीलका भाँडा, इत्यादि-इत्यादि दिएको छ।

विज्ञानले नै हामीलाई तारा, पृथ्वी र धेरै-धेरै वर्ष पहिले रहने हाम्रा आदि पूर्खाहरूको बारेमा बताएको छ।

यदि चिकित्सा विज्ञानको विकास नभएको भए हामीलाई कति कष्ट हुन्थ्यो होला। बिरामीको कारण कैयौं मानिसहरू मर्थे। तर आज लगभग सबै बिरामीहरूको लागि नयाँ-नयाँ औषधिहरूको खोज गरिएको छ। जनताको स्वास्थ्यको रक्षाको लागि कदम उठाइएको छ र धेरै बिरामीहरूको रोगथाम गरिरहिएको छ।

विज्ञान कति असल चीज हो !

तर पख्नुस्, यसको एक खराब पक्ष पनि छ। विज्ञानको खराब पक्ष के हो ?  विज्ञानको कारणले गर्दा केही मानिस घातकभन्दा घातक हतियार बनाउनमा सफल भएका छन्। के तपाईंले हिरोसिमा र नागासाकीको बारेमा सुन्नुभएको छ ? जहाँ अणु बमबाट लाखौं मानिसहरू मारियो। के तपाईंले युद्धमा विषालु ग्यासको प्रयोगले मानिसहरू मारिएको कुरा सुन्नुभएको छ ?

विज्ञानको यो दुरूपयोगको लागि को जिम्मेवार छ ? हामी स्वयं।

योजना बिना गरिरहिएको औलोगिकीकरणले पर्यावरणलाई अति धेरै बर्बाद गरेको छ। कैयौं कारखानाहरूको प्रदुषित पानी निकटका नदीहरूमा जम्दछ। माछा मर्दछन् र यी नदीहरूबाट पानी पिउने मानिस बिरामी हुन्छन्। जंगल फडानी र आगगालीबाट जलवायु परिवर्तन हुन्छ।

त्यसो हो भने यसको समाधान के हो त ?

विज्ञानको उपयोग सोचेर-बुझेर गर्नुपर्दछ। यसको उपयोग केवल मानिसहरूको भलाइको लागि हुनुपर्दछ। यसको उपयोग गरीबी, भोकमरी तथा बेरोजगारीको अन्त्यको लागि हुनुपर्दछ।

आज हाम्रो देशमा कति  धेरै मानिस अन्धविश्वासमा डुबेका छन्। यी सबैलाई बदल्नको लागि प्रत्येक मानिसले वैज्ञानिक ज्ञानबाट सोच्ने एक वैज्ञानिक तरीका र एक वैज्ञानिक स्वभाव प्राप्त गर्नुपर्दछ। प्रत्येक मानिसले वरिपरि छरिएका चीजहरूको बारेमा जान्नुपर्दछ र तिनीहरूलाई बुझ्ने कोशिस गर्नुपर्दछ।

गरीबीको कारण के हो ? मानिस चन्द्रमा पुग्न पनि सफल भएको छ र विज्ञानले यति धेरै प्रगति गरिसकेको छ। तर पनि किन यो संसारमा अझै अन्धविश्वास र गरीबी छ ?

यी सम्पूर्ण कुरा हामीले बुझ्नुपर्दछ। हामीले यिनीहरूलाई कसरी बुझ्न सक्छौं ?

हामीले वैज्ञानिक ढंगले चीजहरूको जाँच र परीक्षण गर्नुपर्दछ। यति मात्र पर्याप्त छ ?  अहँ। हामीले गरीबी र अज्ञानतालाई हटाउने कोशिस गर्नुपर्दछ।

विज्ञान समाजको भलाईको लागि हो। विज्ञान बेरोजगारी अन्त्य गर्नका लागि हो। विज्ञान गरीबीलाई जरैबाट उखेलेर फ्याँक्नको लागि हो। विज्ञान समाजलाई पूर्ण रूपले बदल्नको लागि हो। विज्ञान समाजिक क्रान्तिको लागि हो।



2 responses to “प्रकृति विज्ञान र समाज”

  1. Your post are impressively detailed.

    Like

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started