रूसको अभूतपूर्व क्रान्तिको बुँदागत रूपमा संक्षीप्त अध्ययन

लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी

रुसी क्रान्तिको बेला निर्वासनबाट रुस फर्किएपछि भीडलाई सम्बोधन गर्दै लेनिन

परिचय

  • सन् १९१७ मा भएको रूसको क्रान्ति मानव जातिको इतिहासमा सम्पूर्ण मानवताको लागि अनेकौं मूल्यमान्यता र अवस्थाहरूलाई जन्म दिएको एक अभूतपूर्व क्रान्ति थियो।
  • यो क्रान्तिको सम्पूर्ण संसारमा युगान्तरकारी प्रभाव पर्नगएको थियो।
  • रूसी क्रान्ति १९औं शताब्दीमा पूँजीवादले निम्त्याएका विभिन्न सम्स्याहरूको परिणाम थियो।

क्रान्तिको कारण

  • यो क्रान्तिका मुख्य कारणहरूमा – निरंकुश राजतन्त्र, सामाजिक-आर्थिक विषमता,  किसानहरूको खराब अवस्था,  श्रमजीवीहरूको दर्दनाक स्थिति,  समाजवादी विचारधाराको विकास, दार्शनिक विद्वानहरूको भूमिका,  तत्कालीन परिस्थिति, युद्धको जर्जर अवस्था, आदि थिए।  
  • त्यतिबेलासम्म रूसमा रोमानोभ वंशको निरंकुश जारशाही राजतन्त्र रहेको थियो।
  • यो राजतन्त्र दैवीय सिद्धान्तमा आधारित थियो, जहाँ राजाको इच्छा नै सबथोक हुन्थ्यो। कानून निर्माणदेखि लिएर सबै राज्यको क्रियाकलाप उसैमा निर्भर हुन्थ्यो।
  • यो शासन वंशानुगत कुलीन र सामन्ती वर्गद्वारा संचालन गरिन्थ्यो।
  • राजतन्त्रले जनताका आम समस्याहरूप्रति कुनै ध्यान दिदैनथ्यो। त्यसैले व्यापक रूपमा जनअसन्तोष वृद्धि भइरहेको थियो।
  • रूसमा दुई वर्ग विद्यमान थिए, जसमा एउटा विशेषाधिकार प्राप्त वर्ग थियो भने अर्को विशेषाधिकारविहीन वर्ग थियो।
  • यहाँ शोषक र शोषित वर्ग थिए। शोषक वर्गले शोषितहरूलाई नराम्रोसँग अन्याय, अत्याचार र दमन गर्दथ्यो।
  • यही शोषित वर्गले नै सामाजिक-आर्थिक रूपमा भएको असमानताको विरुद्धमा क्रान्तिको शुरुवात गरेको थियो।
  • रूसमा एक तिहाइ भूमिहीन किसान थिए।
  • भूमिहीन किसानहरूले जमिन्दार र सामन्तहरूको भूमिमा काम गर्नुपर्दथ्यो।
  • यिनीहरूमाथि विभिन्न अनावश्यक कर  लादिएको थियो। त्यसकारणले गर्दा उनीहरूको आर्थिक स्थिति झन भनो झन कष्टकर हुँदै गयो। जीवनयापनमा समस्या बढ्दै गयो।
  • सन् १८६१ मा कृषि दासहरूलाई मुक्तिको घोषणा गरिएको थियो तर यसबाट पनि किसानहरूको अवस्थामा परिवर्तन आएन।
  • उपरोक्त विविध कारणहरूले गर्दा सन् १९०५ मा युक्रेनको दक्षिण-पश्चिमी भाग, ककेशस, पोल्याण्ड र भोल्गा नदी क्षेत्रमा किसानहरूको विद्रोह भएका थिए।
  • रूसमा औद्योगिकीकरणको विकास भने ढिलो भएको थियो।
  • औद्योगिक विकासको लागि पूँजी पनि विदेशबाट नै आएको थियो।
  • विदेशी पूँजीपतिहरूले नाफामा मात्र ध्यान दिए।
  • श्रमिकहरूको शोषण व्यापक रूपमा वृद्धि भयो भने कार्य घण्टा पनि १६ देखि १८ सम्म पुग्यो।
  • किसान र मजदूरहरूको दयनीय स्थितिमा भएको बेलामा रूसमा समाजवादी विचारको प्रचारप्रसार भइरहेको थियो।
  • समाजवादी क्रान्तिकारी पार्टीले कृषक र मजदूरका हितका मुद्दाहरू उठाएर भूमि र कारखानाका सम्याहरूको समाधान गर्ने विचार व्यक्त गरे ।
  • समाजवादी विचारधारा धार्मिक, जातीय, नश्लीय र वर्गीय विभेदलाई अन्त्य गर्ने सोचका साथ अगाडि बढेको थियो।
  • यही बीचमा जार निकोलस द्वितीयले रूसीकरणको नीतिमा बल दिएको थियो।
  • त्यसपछि रुसी जातिहरू पनि समाजवादी विचारधाराको पक्षमा आएका थिए।
  • रूसी सामाजिक जनवादी पार्टी सन् १९०३ मा बोल्शेभिक र मेन्शेभिक गरी दुई भाग विभाजित भयो।
  • बोल्शेभिक नेताहरूमा भी.आई. लेनिन, स्टालिन, ट्राटस्की,  आदि थिए। बोल्शेभिक क्रान्तिकारी परिवर्तनमा जोड दिन्थे।
  • मेन्शेभिक गुट क्रमिक सुधारको पक्षधर थियो । यसले संवैधानिक तरीकाले शासन सुधारमा बल दिन्थ्यो। केरेन्स्की मेन्शेभिकको नेता थियो।
  • इभान तुर्गेनेभ, दोस्तोयेब्स्की, लियो टोल्सटोय, मेक्सिम गोर्की जस्ता लेखक र दार्शनिकहरूले जनतालाई क्रान्तिप्रति उत्प्रेरित गरिरहेका थिए।
  • गोर्कीको विश्वप्रसिद्ध उपन्यास ‘आमा’ ले मानिसहरूमा राष्ट्रियताको भावना उजागर गरिदियो भने टोल्सटोयको ‘युद्ध र शान्ति’ले रूसीहरूमा गौरवको भावना जागृत गरिदियो।

सन् १९०५ को क्रान्तिपछिको अवस्था

  •  सन् १९०५ मा जापानले आफ्नो साम्राज्यवादको विस्तारको क्रममा चीनको मंचुरिया क्षेत्रमा आक्रमण गरेको थियो। यही क्रममा त्यहाँ रहेका रूसका सेनाहरूसँग उसको युद्ध भयो।
  • यो युद्धमा रूसको पराजय भयो र यो पराजयले राजतन्त्रको कमजोरी प्रष्ट भयो।
  • यही क्रममा रूसको आर्थिक, सामाजिक एवं सैनिक कमजोरी हटाउनको लागि जनताले प्रतिनिधि सभा (ड्यूमा) को गठनको माग गरे।
  • सेन्ट पिटर्सवर्गमा मजदूरहरूले ९ जनवरी १९०५ मा पादरी गेपोनको नेतृत्वमा एक शान्तिपूर्ण जुलुस निकालेका थिए। जारले यसको निर्ममतापूर्वक दमन गरायो।
  • यो दिन आइतवार थियो त्यसकारण यसलाई रक्तपातपूर्ण आइतवारको नामले चिनिन्छ।
  • सन् १९०५ को आन्दोलनलाई वास्तविक क्रान्तिको दर्जा दिइँदैन तर यसलाई सफलताको एक कडी मानिन्छ।
  • लेनिनले पनि सन् १९०५ को यो परिवर्तनको महत्त्वलाई निरूपित गर्दै के भनेका थिए भने १९०५ को पूर्वाभ्यास बिना अक्टुबर १९१७ को बोल्शेभिक क्रान्तिको सफलता संभव थिएन।
  • आखिरीमा आन्दोलनले व्यापक रूपले लिंदै गएपछि रूसी शासकले जनताका मागहरूसमक्ष झुक्नुपर्‍यो। त्यसपछि ड्यूमाको गठन गरियो।
  • ड्यूमाको गठनले नागरिक अधिकारहरूको स्वीकृति एवम् निरंकुश राजतन्त्रको पतनको शूरूवातलाई सूचित गरिरहेको थियो।
  • प्रधानमन्त्री प्योत्र स्टोलिपिन (१९०६-११) द्वारा विभिन्न भूमिसुधार ल्याउने कोशिस गरियो। तर किसानहरूको संख्यामा तीव्र वृद्धि भएपछि सुधार असफल भयो।
  • रूसी ड्यूमामा धेरै संख्यामा कट्टरपन्थि र उग्र राजनीतिक दल आए।
  • जार निकोलस द्वितीयले यसलाई निरन्तर प्रतिरोधकको रूपमा हेर्नलाग्यो।
  • सन् १९०६ को प्रथम ड्यूमामा चुनावमा जमिन्दार वर्गलाई मात्र भोट प्राप्त होस् भनेर धाँधली गरियो। पछि यसलाई विघटित गरियो।
  • सन् १९०७ को दोस्रो ड्यूमा पनि विघटित गरियो। चुनावी प्रणालीलाई कठोर बनाइयो।
  • सन् १९०७-१२ को तेस्रो ड्यूमा र सन् १९१२-१९१७ को चौथो ड्यूमा भने धेरै पुरातनवादी थियो र यो धेरै समय चलेको थियो।
  • रूसले साम्राज्यवादी लाभको लागि पहिलो विश्वयुद्धमा भाग लिएको थियो।
  • यो युद्धमा भाग लिएको कारणले रूसको आर्थिक अवस्था नराम्ररी बिग्रियो।
  • सैनिकहरूलाई पर्याप्त मात्रामा युद्धसामग्री उपलब्ध गराइएन। यसकारणले गर्दा सैनिकहरू पनि असन्तुष्ट भए।
  • यस्तै अवस्थामा सन् १९१६-१७ मा रूसमा ठूलो अनिकाल लागेको थियो र त्यसमा धेरै खाद्यान्न संकट पैदा भएको थियो।

रूसको क्रान्तिका चरण

  • रूसको क्रान्ति फरवरी १९१७ (मार्च १९१७)  र अक्टुवर १९१७ (नोभेम्बर १९१७) गरी दुई चरणम भएको थियो।
  • फेब्रुअरी १९१८ (गेग्रोरियन क्यालेन्डर अनुसार मार्च १९१७) क्रान्तिको शुरुवात २२ जनवरी १९१७ मा सेन्ट पिटर्सवर्गको एक फ्याक्ट्रिमा तालाबन्दीको घोषणासँग शुरु भएको थियो।
  • भोलिपल्ट यो फ्याक्ट्रीका मजदूरहरूको समर्थनमा अन्य ५० फ्याक्ट्रीका मजदूरहरूले पनि हड्तालको घोषणा गरिदिए।
  • यी सम्पूर्ण कारखानाहरूमा हड्तालहरूको नेतृत्व महिलाले समेत गरिरहेका थिए।
  • २५ फेब्रुअरी १९१७ मा सरकारले ड्यूमालाई बर्खास्त गरिदियो।
  • २७ फेब्रुअरी १९१७ मा प्रदर्शनकारीहरूले पुलिस कार्यालयहरूमा हमला गरी तिनीहरूलाई तहसनहस बनाइदिए।
  • त्यसपछि सिपाही र मजदूरहरू मिलेर एउटा सोभियत वा परिषदको गठन गरे।
  • यहीँबाट पेट्रोग्राद सोभियतको जन्म भएको थियो।
  • अब जार निकोलस द्वितीयले आफ्नो भाई ड्यूक माइकलको पक्षमा सत्ताको परित्याग गरिदियो।
  • त्यसपछि ल्भोभको नेतृत्वमा एक अन्तरिम सरकारको गठन गरियो।
  • यस बीचमा लेनिन विदेशमा निर्वासित जीवन बिताइरहेका थिए। उनी रूस फर्किए र आफ्नो अप्रिल थेसिस प्रकाशित गरे।
  • अप्रिल थेसिसमा युद्ध समाप्त गरिनुपर्ने, सम्पूर्ण जमिन किसानहरूलाई प्रदान गरिनुपर्ने र बैंकहरूको राष्ट्रियकरण गरिनुपर्ने कुरा उल्लेख गरिएको थियो।
  • अब बोल्शेभिकहरूले धर्ना र प्रदर्शन गर्ने कार्यलाई निरन्तरता दिइरहे।
  • अव्यवस्था र अराजकताको यो माहौलमा ल्भोभले राजीनामा दियो।
  • त्यसपछि मेन्शेभिक पार्टीको केरेन्स्की नयाँ प्रधानमन्त्री बनेर नयाँ सरकारको गठन गर्यो।
  • राजतन्त्र हटाएपछि स्थापित भएको सरकारको नेतृत्व कुलीन र मध्यम वर्गको हातमा पुगेको थियो।
  • जारबाट सत्ता मजदूर वर्गले लिएका थिए तर तरून्तै त्यसलाई मध्यम वर्गले लिएको थियो।
  • जुलाई १९१७ मा अस्थायी सरकारको विरुद्ध भयंकर प्रदर्शन शुरु भयो। त्यसपछि बोल्शेभिक आन्दोलनलाई गैरकानूनी घोषणा गरियो।
  • बोल्शेभिक अखबार प्राब्धामाथि पनि प्रतिबन्ध लगाइयो।
  • यही बीचमा प्रधान सेनापति जनरल कार्निलोभले सेप्टेम्बरको शुरूमा शासनमा अधिकार जमाउने प्रयास गरेको थियो। तर ऊ असफल भयो । तर अब जनताको मन  स्वेच्छाचारी शासनको भय व्याप्त भएको थियो।
  • जनतालाई अब केरेन्स्कीको सरकारमाथि पनि शंका हुन लागेको थियो।
  • अब जनताको झुकाव बोल्शेभिकहरूतिर अधिक रूपमा बढ्न लाग्यो।
  • लेनिनको नेतृत्वमा क्रान्तिको शुरुवात भयो।
  • अब अक्टुबर क्रान्ति वा बोल्शेभिक क्रान्तिको शुरुवात भयो।
  • बोल्शेभिकहरूले प्राब्दा नामक समाचारपत्र मार्फत् आफ्ना विचारहरूको प्रचारप्रसार शुरु गरेका थिए।
  • सम्पूर्ण रूसमा बोल्शेभिकहरूले युद्ध समाप्त होस्, किसानहरूलाई जमिन मिलोस् र गरीबहरूलाई खाना मिलोस् भनेर व्यापक रूपमा आन्दोलन गरे।
  • बोल्शेभिक पार्टी सशस्त्र क्रान्तिद्वारा सत्ता कब्जा गर्ने योजना बनाइरहेको थियो।
  • यो योजनालाई कार्यान्वयन गर्नको लागि पार्टीको पोलिटब्यूरोको बैठक बसे सैनिक क्रान्तिकारी समिति बनाइयो।
  • अक्टुबर १९१७ मा केरेन्स्कीले बोल्शेभिक नेताहरूलाई बन्दी बनाउने आदेश जारी गरेको थियो।
  • यही बीचमा अक्टोबरमा व्यापक ढंगले विद्रोह शुरु भयो।
  • छिट्टै नै सैनिक क्रान्तिकारी समितिले सरकारी कार्यालयहरूमा कब्जा जमायो।
  • त्यसपछि अखिल रूसी महाधिवेशनले सोभियत समाजवादी गणतन्त्रको घोषणा गर्यो।
  • यसपछि बोल्शेभिक पार्टीको नाम बदलेर रूसी कम्युनिष्ट पार्टी (बोल्शेभिक) राखियो।
  • नोभेम्बर १९१७ मा बोल्शेभिक पार्टीले संविधान सभाको चुनाव गरायो।
  • यो चुनावमा बोल्शेभिक कम्युनिष्ट पार्टीलाई बहुमत प्राप्त भयो।
  • जनवरी १९१८ मा भएको एसेम्बली बोल्शेभिकका प्रस्तावहरूलाई खारेज गरेपछि यही क्रममा लेनिनले एसेम्बली भंग गरिदिए।
  • त्यसपछि बोल्शेभिक पार्टी अखिल रूसी सोभियत महाधिवेशनको लागि हुने चुनावमा भाग लिने एकमात्र पार्टी रहेको थियो।
  • सन् १९१८ मा अन्य राजनीतिक सहयोगीहरूको असहमतिको बाबजुद बोल्शेभिकहरूले जर्मनीसँग ब्रेस्ट लिटोभस्क सन्धि गर्‍यो।

गृहयुद्ध

  • सन् १९१७ देखि १९१९ को शुरुवातसम्म बोल्शेभिकहरूले आफ्ना विरोधीहरूको विरुद्धमा संघर्ष गर्नुपरेको थियो।
  • यी विरोधीहरू रोमानोभ राजवंशका समर्थकहरू, रूसमा फ्रान्स र अमेरिकाको जस्तै लोकतन्त्र स्थापना गर्नचाहने लोकतन्त्रवादीहरू र बोल्सेभिक पार्टीभित्रकै क्रान्तिकारी उपायबाट आर्थिक संगठनलाई बदल्न नचाहानेहरू थिए।
  • गृहयुद्धले भयंकर स्थिति पैदा गरिदिएको थियो।
  • बोल्शेभिक क्रान्ति रक्तहीन थियो तर पछिको गृहयुद्ध भने रक्तपातपूर्ण हुनपुग्यो।

रूसी क्रान्तिको प्रभाव

  • रूसको क्रान्तिको राजनीतिक, सामाजिक, आर्थिक र विश्वव्यापी प्रभाव परेको थियो
  • रूसमा निरंकुश राजतन्त्रको समाप्त भयो।
  • रूसमा सर्वहारा शासन स्थापित भयो।
  • लेनिनले जर्मनीसँग सन्धि गरी प्रथम विश्वयुद्धबाट रूसलाई अलग गरिदिए।
  • रुसमा पूँजीवादी विचारधाराको अन्त भयो।
  • रूसमा उपनिवेशवादको अन्त्य भयो।
  • रूसमा उत्पादनका साधन एवम् वितरणमा राज्यको नियन्त्रण स्थापित भयो।
  • वैज्ञानिक र प्राविधिक शिक्षामा बिशेष जोड दिइयो।
  • रूसमा नियोजित अर्थव्यवस्थाको माध्यमबाट विकासको नीति अपनाइएको थियो।
  • विशेषाधिकार प्राप्त वर्गको रूपमा कुलीन एवम् पादरी वर्गको समाप्ति भएको थियो।
  • शिक्षाको प्रचारप्रसार गर्नु र अनेकौं व्यक्तिलाई काम दिनुलाई राज्यको कर्तव्य निर्धारण गरिएको थियो।
  • यो प्रथम समाजवादी क्रान्ति थियो यसले विश्वलाई विभिन्न देशहरूका सर्वहारा वर्गमा आत्मविश्वासको संचार गरेको थियो।
  • यसले अनेकौं देशहरूमा कम्युनिष्ट सरकारको गठनलाई प्रोत्सान दिएको थियो।
  • रूसको सर्वहारा क्रान्तिको सफलताबाट संसारका श्रमिकहरूको महत्त्वलाई बढाइदिएको थियो।
  • यही क्रममा अन्तर्राष्ट्रिय श्रम संगठनको व्यापक रूपले निर्माण र विकास भएको थियो।
  • विश्वमा नियोजित अर्थव्यवस्थाको अवधारणाको लोकप्रियता बढेको थियो।
  • उपनिवेशहरूमा चलिरहेको राष्ट्रिय आन्दोलनलाई सशस्त्र क्रान्तिको प्रेरणा प्राप्त भएको थियो।
  • विश्वमा पूँजीवाद र समाजवाद बीचको वैचारिक संघर्षमा वृद्धि भएको थियो।

रूसको क्रान्तिपछि अवस्था

  • रूसको क्रान्तिको प्रमुख नेता लेनिन र स्टालिन थिए।
  • क्रान्तिपछि रूसमा विश्वयुद्धको समस्या, गृहयुद्धको समस्या, ऋणको समस्या, सामाजिक-आर्थिक समस्या, आदि देखा परे।
  • क्रान्तिपछि साम्यवादी व्यवस्थाको स्थापना र नयाँ आर्थिक नीतिको विकास गरियो।
  • लेनिनले रूसमा गृहयुद्धको क्रममा युद्धरत साम्यवादको नीति अपनाएका थिए।
  • लेनिनले जमिन्दार र भूस्वामीहरूको कब्जामा रहेको जमिनलाई राज्य नियन्त्रणमा लिएका थिए।
  • पछि लेनिनले नयाँ आर्थिक नीति (१९२१) ल्याएका थिए।
  • यस नीति अन्तर्गत लेनिनले भूमिमा किसानहरूको स्वामित्व प्रदान गरेका थिए।
  • किसानहरूले सरकारलाई कर दिएपछि आफ्नो अतिरिक्त उत्पादनलाई खुला बजारमा बेच्ने अनुमति प्रदान गरिएको थियो।
  • उद्योगहरूलाई राष्ट्रियकरण गरिनुका साथै सीमित संख्यामा मजदूर भएका कारखानाहरूलाई निजि रूपमा पनि हस्तान्तरण गरिएको थियो। यसरी निजी उद्योग र व्यापारलाई पनि अनुमति प्राप्त भएको थियो।
  • विदेशी कम्पनीमा सम्झौता गरी उनीहरूलाई रूसमा कार्य गर्ने अनुमति दिइएको थियो।
  • एउटा सीमासम्म व्यक्तिगत सम्पत्तिको अवधारणालाई स्वीकार गरिएको थियो।
  • लेनिनले नयाँ आर्थिक नीतिको माध्यमबाट मिश्रित अर्थव्यवस्था लागू गरेका थिए। यसमा समाजवादी पद्धतिसँग पूँजीवादका असपल पक्षलाई पनि अपनाइएको थियो।
  • सन् १९२४ मा लेनिनको मृत्यु भयो।
  • यसपछि स्टालिनले सत्ताका सबै दावेदारलाई परास्त गरी शक्ति आफ्नो हातमा लिए।
  • त्यसपछि कृषिको सामूहिकीकरण गरियो।
  • सन् १९२५ मा योजना आयोगको स्थापना गरियो।
  • अस्त्र-शस्त्र, हतियार एवम् यातायातका साधनहरूको तीव्र विकास भयो।
  • यसरी रूसलाई आर्थिक दृष्टिले शक्तिशाली बनाउनका साथै सैनिक दृष्टिले पनि सक्षम बनाइएको थियो।

समाप्त



One response to “रूसको अभूतपूर्व क्रान्तिको बुँदागत रूपमा संक्षीप्त अध्ययन”

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started