मार्क्सवादी दर्शन

द्वन्द्वात्मक भौतिकवाद

द्वन्द्वात्मक भौतिकवादको परिभाषा

  • भौतिक पदार्थको द्वन्द्वात्मक गतिलाई संसारका सबै वस्तु, घटना र घटना प्रकृयाको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण÷आधार मान्ने दर्शन ।
  • द्वन्द्ववाद भनेको संसारका सवै वस्तु (जैविक वा अजैविक), घटना र घटना प्रकृया निरन्तर गतिमा र परिवर्तनको प्रकृयामा हुन्छन् भनेर व्याख्या गर्ने दर्शन हो ।

  द्वन्द्व र द्वन्द्वात्मकता

  • द्वन्द्व वस्तु, घटना र घटना प्रकृयामा अन्तर्निहित विरोधाभाष हो ।
  • द्वन्द्वात्मकता पदार्थका गति तथा क्रिया र सम्वन्धमा हुने दुई विपरित चरित्रका पक्षहरुको एकत्व हो ।
  • गतिमा आगमन र गमन तथा गतिशीलता र स्थिरता, क्रियामा क्रिया र प्रतिक्रिया, सम्वन्धमा शत्रुता र मित्रता जस्ता दुई पक्षको जुन एकत्व हुन्छ त्यो नै द्वन्द्वात्मकता हो । 
  • संसारका सवै वस्तु, घटना र घटना प्रकृयाहरू आफैमा गतियुक्त, विरोधाभासयुक्त, अन्तर्विरोधयुक्त र प्रतिपक्षयुक्त छन्  भनेर मान्ने दृष्टिकोण एवम् विश्लेषण पद्धति हो द्वन्द्ववाद ।
  • “द्वन्द्ववाद सार्वभौम अन्तर्सम्वन्धको विज्ञान हो ।”— एंगेल्स
  • “द्वन्द्ववाद बिपरित तत्वहरूको एकताको सिद्धान्त हो ।” — लेनिन
  • “द्वन्द्ववाद वस्तुहरुको अस्तित्व र विकासको नियम हो” — माओ

पदार्थ

  • भौतिक विज्ञानका अनुसार ज्ञानेन्द्रीय मार्फत हाम्रो जानकारीमा आउने बस्तुहरु जुन तत्वबाट बनेका छन्, त्यही तत्व पदार्थ हो ।
  • दर्शनमा पदार्थको परिभाषा अझ व्यापक हुन्छ ।
  • एंगेल्सका अनुसार “पदार्थ भनेको सम्पूर्ण भौतिक वस्तुहरुको कुलयोग हो ।”
  • लेनिनका अनुसार “पदार्थ भनेको चेतनाभन्दा बाहिर स्वतन्त्र रूपमा अस्तित्वमा रही मानव मस्तिष्कमा प्रतिविम्वित, चित्रित एवम् अनुभूत हुने वस्तुगत बास्तविकतालाई बुझाउने दार्शनिक भाव हो ।”

पदार्थका रुप

  • पृथ्वीमा ब्यापक रुपमा पाइने र हाम्रो दैनिक जीवनमा बारम्बार सम्पर्कमा आउने पदार्थका रूपहरू ठोस, तरल र ग्याँस हुन् । 
  • ब्रम्हाण्डमा सवन्दा ब्यापक मात्रामा रहेको पदार्थको रूप भने प्लाज्मा (Plasma)  हो ।
  • प्लाज्मा ग्याँसको जस्तो स्वभाव भएको तर ग्याँसभन्दा पातलो पदार्थ हो ।
  • अन्तरिक्षमा रहेका इलेक्ट्रोन र इओनहरू (विद्युत्ले भरिएका नेवुला) सवै प्लाज्माबाट बनेका छन् ।
  • पहिले द्रब्यलाई मात्र पदार्थ मान्ने गरिन्थ्यो ।
  • विद्युत्–चुम्बकीय क्षेत्र (Field) तथा एक्स किरण (X-Rays)  र रेडिओ तरंग (Radio activity)  को आविष्कार भएपछि क्षेत्र (Field)  लाई पनि पदार्थ मानिन्छ ।
  • द्रब्य र क्षेत्र पदार्थका दुई विपरित पक्ष हुन्, जसको अन्तक्र्रियाबाट असंख्य घटना (Phenomena) र प्रक्रियाहरू (processes) को अस्तित्व निर्धारण हुन्छ भन्ने समेत पुष्टि भएको छ ।

पदार्थको क्षेत्र

  • इलेक्ट्रोन, क्वान्टम र फोटोनहरूको आविष्कारले पदार्थ भनेको प्रत्यक्ष रूपले देखिने वा बोध हुने बृहत् जगत (Macrocosm) मात्र नभएर त्यसभन्दा विलकुलै भिन्न प्रकारको र अयान्त्रिक (Non-Mechanical)  नियमहरूबाट संचालित हुने सूक्ष्म जगत (Microcosm)  समेत हो भन्ने स्पष्ट भएको छ ।
  • १०–१५ सेन्टी मिटर आकारको परमाणु केन्द्रीकाको नाभीदेखि लिएर करिव १३ अर्ब प्रकाश वर्ष (१०२८ से.मी.) को क्षेत्रमा फैलिएको अधिमन्दाकिनी अहिले मानिसको जानकारीमा रहेको पदार्थको क्षेत्र हो ।

गति

  • सामान्य अर्थमा गति भनेको परिवर्तन हो ।
  • कुनै बस्तु वा घटना एक अवस्थाबाट अर्को अवस्थमा रुपान्तरण तथा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण हुनुलाई गति भनिन्छ ।
  • गति पदार्थको अस्तित्व प्रणाली हो ।
  • यो पदार्थको सवैभन्दा प्रमुख गुण हो ।
  • अर्को शब्दमा गति भनेको प्रकृति, जीवन, समाज र चिन्तनका हर क्षेत्रमा घट्ने समस्त घटनाहरुको प्रक्रिया हो
  • संसारमा गति विनाको पदार्थ र पदार्थ विनाको गति छैन र हुन पनि सक्तैन ।

गतिका रुप

एंगेल्सका अनुसार गतिका आधारभुत रुप निम्न प्रकार हुन्छन् –

  • यान्त्रिक गति – दिक्मा पिण्डहरुको स्थानान्तरणको गति ।
  • भौतिक गति – पदार्थका ठोस, तरल र ग्याँस पिण्डहरुका परमाणुको गति, तापको गति, विद्युतको गति, चुम्बकको गति र अन्तर आणविक तथा अन्तर नाभीकीय गति एवं ती सवै गतिसित सम्बन्धित सम्पूर्ण प्रकृया ।
  • रासायनिक गति – रासायनिक अणुहरुको संयोजन र वियोजनको गति  ।
  • जैविक गति – जैविक अंगहरुमा चल्ने सवै प्रकृयाहरुको गति ।
  • सामाजिक गति – समाजमा हुने परिवर्तनका सम्पूर्ण प्रकृयाहरुको गति । मानव समाजको विकासको गति  ।

गतिका सार्वभौम रुपः दिक् र काल

  • लेनिनका अनुसार जगतमा गतिमान पदार्थ बाहेक केही पनि छैन र गतिमान पदार्थहरु दिक् र काल अन्तर्गत गतिमान हुन्छन् ।
  • दिक् वा स्थान (Space)  – भौतिक बस्तुहरुमा त्रीआयाम हुने, निश्चित स्थान वा क्षेत्र आगेट्ने र एक–अर्काबीच अवस्थित हुने सार्वभौमिक स्वभावलाई बुझाउने दार्शनिक अवधारणा वा भाव  ।
  • काल वा समय (Time)  – संसारका सवै बस्तु वा घटनाहरु अस्तित्वमा आउने, निश्चित अवधिसम्म अस्तित्वमा हरने र अस्तित्वबाट लोप हुने क्रमलाई व्यक्त गर्ने दार्शनिक अवधारणा वा भाव ।

चेतना

  • “चेतना भनेको सचेत अस्तित्व वाहेक अरु केही होइन र मानिसको अस्तित्व भनेको उनिहरुको वास्तविक जीवन प्रकृया हो । चेतनाले जीवनको निर्धारण गर्दैन वरु जीवनले चेतनाको निर्धारण गर्दछ ।” –मार्क्स
  • मानव मस्तिष्कद्वारा भौतिक बास्तविकताको प्रतिविम्ब उतार्ने कार्य ।
  • मानव मस्तिष्क (उन्नत रुपमा सुगठित र जटिल किसिमले विकसित पदाथ) को कृया एवं विशिष्ट गुण  ।
  • पदार्थको उपज एवं पदार्थका गतिको सामाजिक रुपको एक विशिष्ट अभिव्यक्ति  ।
  • चेतनाको श्रोत बस्तुगत जगत हो र ज्ञानेन्द्रियहरु यसका अंग हुन् ।
  • यसको अन्तरबस्तुको निर्धारण भौतिक परिवेशद्वारा हुन्छ ।
  • यसको मुल आधार श्रम वा व्यवहार हो ।
  • जैविक विकास र सामाजिक विकास यसका पूर्वाधारहरु हुन् ।

चेतनाको उत्पत्ति, विकास र सारतत्व

  • चेतनाको उत्पत्ति श्रम आर्थत सामुहिक कृयाकलपाबाट भएको हो ।
  • सामाजिक कृयाकलापको परिणाम भएकोले यो सिंगो समाजसँग सम्बन्धित हुन्छ र यसको चरित्र सामाजिक हुन्छ । यसको अस्तित्वका आधार समाजमा रहेका हुन्छन् ।
  • चेतना भौतिक अस्तित्वको प्रतिविम्ब भएको र मानिसको भौतिक अस्तित्व भनेको उसको सामाजिक जीवन प्रकृया भएकाले यो मानिसको सामाजिक जीवनसँग गाँसिएको हुन्छ । त्यसैले वर्गीय समाजमा चेतनाको चरित्र पनि वर्गीय हुन्छ ।
  • चेतनाको निर्माणमा वर्तमान समाजको मात्र होइन इतिहासको समेत योगदान हुन्छ ।
  • चेतनाको चरित्र सामाजिक हुने भएकाले यसको निर्माणमा सामाजिक माध्यमहरु (शिक्षा, सूचना र संचारका माध्यमहरु) को ठूलो प्रभाव रहन्छ ।
  • सामाजिक जीवनका अवस्थाहरुको त झन् निर्णायक प्रभाव नै पर्दछ ।

द्वन्द्ववादका मूल नियम

  • वस्तु वा घटनाको अस्तित्व र विकासमा निर्णायक भूमिका खेल्ने स्थायी एवम् दोहोरिरहने अत्यावश्यक आन्तरिक सम्बन्धहरूलाई नियम भनिन्छ ।

द्वन्द्ववादका मूल नियम निम्न प्रकार छन्–

१. प्रतिपक्षको एकता र संघर्षको नियम । (सर्वत्र दुइपक्ष हुन्छन्)

२. मात्रात्मक पविर्तन र गुणात्मक फड्कोको नियम । गतिविनाको केही छैन । गति भनेको परिवर्तन हो

३. निषेधको निषेध हुने नियम । (सवैको शुरु र अन्त्य हुन्छ)

१) प्रतिपक्षको एकता र संघर्षको नियम

  • संसारका सबै वस्तु र घटनामा जीवनशील र मरणशील, नयां र पुराना , सकारात्मक र नकरात्मक आदि परस्पर विरोधी चरित्रका पक्षहरू हुन्छन् र ती दुर्ई पक्ष अर्थात् प्रतिपक्षहरूबीच एकता र सघर्ष चलिरहन्छ ।
  • भौतिक पदार्थका हरेक परमाणुमा ऋणात्मक र धनात्मक  विद्युतधारा भएका इलोक्ट्रोन र प्रोटोन हुन्छन् ।
  • विद्युतमा सकारात्मक र नकरात्मक धारा हुन्छन् ।
  • चुम्वकमा उत्तरी ध्रुव र दक्षिणी ध्रुव हुन्छन् ।
  • रासायनिक तत्वहरूमा संयोजन र बियोजन क्रिया हुन्छ ।
  • हरेक जैव शरीरमा परिपाचन र विपाचन क्रिया चलिरहन्छ ।
  • समाजको उत्पादन प्रणालीमा उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीच द्वन्द्वात्मकता हुन्छन् ।
  • तार्किक ज्ञानमा अमूर्त चिन्तन र विम्व निमार्ण तथा विश्लेषण र संश्लेष्ण कार्य हुन्छ ।

२) मात्रात्मक परिवर्तन र गुणात्मक रूपान्तरणको नियम

  • संसारका सबै वस्तु र घटनाहरू गतिशिल एवम् परिवर्तनशील हुन्छन् । परिवर्तनको प्रकृया मात्रात्मक र गुणात्मक ढङ्गले अगडि बढ्दछ । वस्तुको मात्रामा हुने परिवर्तन, ऊर्जाको मात्रामा हुने परिवर्तन र सम्बन्ध या अन्तर्विरोधको मात्रामा हुने परिवर्तनले वस्तु या घटनाको गुणमा पनि परिवर्तन ल्याउछ ।
  • इलोक्ट्रोन र प्रोटोनको संख्या फरक हुदा भिन्न तत्वको  परमाणु बन्दछ ।
  • H2O हुदा पानी बन्दछ भने  H2O2 हुदा हाइड्रोजन पेराक्साइड बन्दछ ।
  • जीव कोषको केन्द्रिकामा रहने जीवसूत्र (Chromosome) को संख्यामा भिन्नता हुदा फरक खालको जीवकोष बन्दछ । (भ्यागुताको १३, मुसाको २०, मान्छेको २३, नरवानरको २४, मटरकोसाको ७, प्याजको ८, ऊखुको ४० आदि ।
  • पानी ० डिग्रि से.को तापमानमा बरफ, १०० डिग्रि से. मा बाफ र ५५० डिग्रि से. मा ल्पाज्मा बन्दछ ।
  • सामाजिक सम्बन्ध या अन्तर्विरोधको मात्रामा हुने पिरिवर्तनले समाजको अवस्थामा परिवर्तन हुन्छ  ।

३) निषेधको निषेध हुने नियम

  • वस्तु वा घटनामा गुणात्मक परिवर्तन हुदा अस्तित्वको पुरानो रूप लोप हुने र नया रूप अस्तित्वमा आउने अबिच्छन्न प्रकृयाको नियमलाई निषेधको निषेध हुने नियम भनिन्छ ।
  • हाइड्रोजन र अक्सिजन निषेध भई पानी वा हाइड्रोजन पेराक्साइड बन्नु ।
  • बरफ निषेध भएर पानी तथा पानी निषेध भै वाफ अनि वाफ निषेध भएर ल्पाज्मा बन्नु ।
  • पुराना जीवकोष नष्ट हुनु र नयाँ जीवकोष बन्नु ।
  • पुराना उत्पादन सम्बन्ध विस्थापित भै नयाँ उत्पादन सम्बन्ध स्थापित हुनु ।
  • पुरानो सामाजिक व्यवस्था  विस्थापित भै नयाँ सामाजिक व्यवस्था स्थापित हुनु ।
  • ज्ञानका पुराना सीमा तोडिएर नया सीमा कायम हुनु ।

द्वन्द्ववादका प्रवर्गहरु वा सहायक नियम

द्वन्द्ववादका उपर्युक्त मूल नियमका अतिरिक्त केही सहायक नियम पनि छन् ,जसलाई प्रवर्ग या भाव  भनिन्छ 

ती निम्न प्रकार छन् –

१) आम र विशेष ।

२) कारण र कार्य ।

३) सार र रूप ।

४) अन्तर्वस्तु र दृश्यरुप ।

५) सम्भावना र वास्तविकता ।

६) नियमितता र आकस्मिकता ।

१) आम र विशेष वा समष्टि र व्यष्टि –

  • वस्तु वा घटनाहरुको साझा लक्षण तथा चरित्रको समुच्चय आम वा समष्टि हो भने बस्तु वा घटनाको पृथक वा विशिष्ट लक्षण एवं चरित्र  विशेष वा व्यष्टि हो ।
  • विशेषको समुच्चय  आम हो । जस्तै ः धातु आम हो भने फलाम विशेष हो, अनाज आम हो भने गहू विषेश हो, प्राणी आम हो भने मानिस विषेश हो ।

२) कारण र कार्य –

  • कुनै खास घटनाको आधारका रुपमा रहेको घटना वा घटना समूह कारण हो भने त्यस कारणको असरले उत्पन्न हुने घटना कार्य हो ।
  • कारणविना कार्य हुँदैन ।
  • उत्पादनका साधनमाथिको व्यक्तिगत स्वामित्व कारण हो भने शोषण, बेरोजगारी, उत्पादनमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा, वर्गसंघर्ष आदि कार्य हुन् ।

३) सार र रुप—

  • वस्तु वा घटनाका आन्तरिक तत्व या संघटक अंग र प्रकृयाहरुको समुच्चय सार हो भने सारको संगठन वा संरचना रुप हो ।
  • सारबाट रुप बनेको हुन्छ र रुपमा सार व्यक्त हुन्छ ।
  • उत्पादक शक्ति सार हो भने उत्पादन सम्बन्धहरु रुप हुन् । त्यस्तै ज्द्दण्  सार हो भने पानी रुप हो । जनवाद सार हो भने बहुदलीयता रुप हो ।

४) अन्तर्बस्तु र दृश्यरुप—

  • बस्तु वा घटनाको आन्तरिक एवं आधारभूत र अपेक्षाकृत स्थिर पक्ष अन्तर्बस्तु वा स्वत्व हो भने स्वत्वको बाहिरी वा प्रकट रुप दृश्यरुप हो ।
  • दृश्यरुपमा अन्तर्बस्तु वा स्वत्व प्रकट हुन्छ ।
  • विद्युत अन्तर्बस्तु हो भने त्यसबाट चल्ने रेडियो, टी.भि., पंखा, टर्चलाइट, मोटर आदि दृश्यरुप हुन् ।

५) सम्भावना र वास्तविकता—

  • बस्तु वा घटनाको नयाँ रुपको उपस्थितिका निम्ति वर्तमानमा विद्यमान पूर्वाधार सम्भावना हो भने सम्भाबनाको यथार्थीकरण बास्तविकता हो ।
  • सम्भावना व्यवहारमा लागु भएपछि बास्तविकता हुन्छ ।
  • भ्रूणबाट बच्चा जन्मन सक्ने सक्भावना हुन्छ भने बच्चा जन्मिसकेपछि मात्रै वास्तविकता हुन्छ ।

६) अनिवार्यता र आकस्मिकता—

  • पदार्थको गतिका नियमको आधारमा निश्चित समय र प्रकृयामा घटना घट्नु अनिवार्यता हो भने अनिश्चित रुपले अचानक कुनै घटना घट्नु आकस्मिकता हो ।
  • वर्षा हुनु र लगाएको बाली तयार हुनु नियमितता  हो भने असिनाले बालि नष्ट गर्नु आकस्मिकता हो ।

धन्यवाद



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started